29.12.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे – अब घर
जानुछ त्यसैले देहसहित देहका सबै सम्बन्धहरूलाई बिर्सिएर म एकलाई याद ग रेर पावन बन।
”
प्रश्न:–
आत्माको
सम्बन्धमा कुनचाहिँ एउटा सूक्ष्म कुरा सूक्ष्म बुद्धि हुनेले मात्र बुझ्न सक्छन्?
उत्तर:–
१- आत्मामा
सियोमा जस्तै बिस्तारै बिस्तारै खिया लाग्दै गएको छ। त्यो खिया यादमा रहेमा उत्रँदै
जान्छ। खिया उत्रिएपछि अर्थात् आत्मा तमोप्रधानबाट सतोप्रधान बनिसकेपछि बाबाको
आकर्षण हुन्छ र ऊ बाबासँगै फर्केर जान सक्छ। २- जति खिया उत्रिँदै जान्छ, त्यति
अरूलाई सम्झाउँदा आकर्षण हुन्छ। यी कुरा धेरै सूक्ष्म छन्, जुन मोटो बुद्धि भएकाले
बुझ्न सक्दैनन्।
ओम् शान्ति ।
भगवानुवाच। अब
बुद्धिमा को आयो? ती जुन गीता पाठशाला आदि छन्, त्यहाँ पढ्नेहरूलाई त भगवानुवाच
भन्नाले श्रीकृष्ण नै बुद्धिमा आउँछ। यहाँ तिमी बच्चाहरूलाई त श्रेष्ठभन्दा श्रेष्ठ
बाबाको याद आउँछ। यस समयमा यो सङ्गमयुग हो, पुरुषोत्तम बन्ने। बाबा बसेर
बच्चाहरूलाई सम्झाउनुहुन्छ– देहसहित देहका सबै सम्बन्ध तोडेर आफूलाई आत्मा सम्झ। यो
धेरै जरुरी कुरा हो, जुन कुरा बाबाले यस सङ्गमयुगमा सम्झाउनुहुन्छ। आत्मा नै पतित
बनेको छ। फेरि आत्मा पावन बनेर घर जानुछ। पतितपावनलाई याद गर्दै आएका छन्, तर केही
जान्दैनन्। मानिसहरू बिल्कुल घोर अन्धकारमा छन्। भक्ति रात हो, ज्ञान दिन हो। रातमा
अन्धकार, दिनमा उज्यालो हुन्छ। दिन हो सत्ययुग, रात हो कलियुग। अहिले तिमी कलियुगमा
छौ, सत्ययुगमा जानुछ। पावन दुनियाँमा पतित हुने प्रश्न नै हुँदैन। पतित भइसकेपछि
मात्र पावन हुने प्रश्न उठ्छ। पावन भएको बेलामा पतित दुनियाँ याद पनि हुँदैन। दुनियाँ
अहिले पतित छ, त्यसैले पावन दुनियाँ याद आउँछ। पतित दुनिया अन्तिम भाग हो, पावन
दुनिया पहिलो भाग हो। त्यहाँ पावन दुनियामा कोही पतित हुन सक्दैन। जो पावन थिए, तिनै
फेरि पतित बनेका छन्। ८४ जन्म पनि उनीहरूकै हुन्छ भनेर सम्झाइन्छ। यी बुझ्नुपर्ने
धेरै गुह्य कुरा छन्। आधाकल्प भक्ति गरेका छन्, त्यो यति छिट्टै छुट्न सक्दैन।
मानिसहरू बिल्कुल घोर अन्धकारमा छन्, करोडौँमा कोही निस्कन्छन्, मुस्किलले कसैको
बुद्धिमा बस्छ। मुख्य कुरा त बाबा भन्नुहुन्छ– देहका सबै सम्बन्ध भुलेर म एकलाई याद
गर। आत्मा नै पतित बनेको छ, त्यही आत्मा पवित्र बन्नुछ। यो ज्ञान पनि बाबाले नै
दिनुहुन्छ किनकि उहाँ बाबा प्रिन्सिपल, सुनार, डाक्टर, वकिल सबै कुरा हुनुहुन्छ। यी
नाम त्यहाँ हुँदैनन्। त्यहाँ यो पढाइ पनि हुँदैन। यहाँ पढ्छन् नोकरी गर्नको लागि।
पहिला महिलाहरूले त्यति पढ्दैनथे। यी सबै पछि सिकेका हुन्। पति मरेर गयो भने कसले
सम्हाल्छ? त्यसैले महिलाहरूले पनि सबै कुरा सिकिरहन्छन्। सत्ययुगमा त यस्ता कुरा
हुँदैनन्, जसको चिन्तन गर्नुपर्छ। यहाँ मानिसहरूले धन आदि जम्मा गर्छन्, यस्तै समयको
लागि। त्यहाँ त यस्तो ख्याल नै हुँदैन, जसको चिन्ता गर्नुपर्छ। बाबाले तिमी
बच्चाहरूलाई कति धनवान बनाइदिनुहुन्छ। स्वर्गमा धेरै खजाना हुन्छन्। हीरा जुहारतका
खानीहरू सबै भरपुर हुन्छन्। यहाँ जमिन बाँझो छ, त्यसैले त्यति मलिलो हुँदैन।
त्यहाँका फूल र यहाँका फूल आदिमा रातदिनको फरक छ। यहाँ त सबै चीजबाट मलिलोपन नै
सकिइसकेको छ। अमेरिका आदिबाट जतिसुकै बीज ल्याए पनि मलिलोपन निस्कँदै जान्छ। धरती
नै यस्तो छ, जसमा धेरै मेहनत गर्नुपर्छ। त्यहाँ त हरेक चीज सतोप्रधान हुन्छ। प्रकृति
पनि सतोप्रधान, त्यसैले सबै कुरा सतोप्रधान हुन्छ। यहाँ त सबै चीज तमोप्रधान छन्।
कुनै चीजमा शक्ति रहेको छैन। यो फरक पनि तिमीले बुझेका छौ। जहिले पनि सतोप्रधान
चीजहरू देख्दा, त्यो त ध्यानमा मात्रै देख्छौ। त्यहाँका फूल आदि कति राम्रा हुन्छन्।
हुन सक्छ– त्यहाँको अन्न आदि सबै तिमीले देख्न पाउँछौ। बुद्धिले बुझ्न सक्छौ।
त्यहाँको हरेक चीजमा कति शक्ति हुन्छ। नयाँ दुनियाँ कसैको बुद्धिमा आउँदै आउँदैन।
यो पुरानो दुनियाँको त कुरै नगर। गफ पनि धेरै लम्बाचौडा लगाउँछन्, मानिसहरू बिल्कुल
अन्धकारमा सुतेका छन्। तिमीले भन्छौ– बाँकी थोरै समय छ, त्यसैले तिम्रो कुरा सुनेर
कोही हाँस्छन् पनि। यथार्थमा त उनीहरूले बुझ्छन्, जसले आफूलाई ब्राह्मण सम्झन्छन्।
यो नयाँ भाषा, रुहानी पढाइ हो नि! आध्यात्मिक पिता नआएसम्म कसैले बुझ्न सक्दैन।
आध्यात्मिक पितालाई तिमी बच्चाहरूले चिन्दछौ। तिनीहरू गएर योग आदि सिकाउँछन्, तर
तिनीहरूलाई कसले सिकायो? यस्तो त भन्दैनन्– आध्यात्मिक पिताले सिकाउनुभयो। बाबाले त
सिकाउनुहुन्छ नै रुहानी बच्चाहरूलाई। तिमी सङ्गमयुगी ब्राह्मणले मात्र बुझ्छौ।
ब्राह्मण पनि उनै बन्छन् जो आदि सनातन देवीदेवता धर्मका हुन्छन्। तिमी ब्राह्मणहरू
कति थोरै छौ। दुनियाँमा त किसिम किसिमका अथाह जातिहरू छन्। एउटा किताब अवश्य होला,
जसबाट थाहा हुन्छ– दुनियाँमा कति धर्म, कति भाषाहरू छन्। तिमीलाई थाहा छ– यी सबै
रहँदैनन्। सत्ययुगमा त एक धर्म, एक भाषा मात्रै थियो। सृष्टि चक्रलाई तिमीले जानेका
छौ। त्यसैले भाषाहरूलाई पनि जान्न सक्छौ– यी सबै रहँदैनन्। यति सबै शान्तिधाम
जान्छन्। यो सृष्टिको ज्ञान अहिले तिमी बच्चाहरूलाई मिलेको छ। तिमीले मानिसहरूलाई
सम्झाउँछौ, फेरि पनि बुझ्दै बुझ्दैनन्। कुनै ठुला मानिसहरूबाट उद्घाटन पनि यसकारण
गराउँछन् किनकि उनीहरू नामी छन्। आवाज फैलिन्छ– वाह! प्रेसिडेन्ट, प्राइम मिनिस्टरले
उद्घाटन गरे। यहाँ बाबा जानुभयो भने मानिसहरूले कहाँ बुझ्छन्– परमपिता परमात्माले
उद्घाटन गर्नुभयो, यो कुरा मान्दैनन्। कुनै ठुला मानिस कमिस्नर आदि आए भने उनको पछि
अरू पनि दौडन्छन्। यिनको पछि त कोही दौडदैन। अहिले तिमी ब्राह्मण बच्चाहरू त धेरै
कम छौ। धेरै सङ्ख्या भएपछि बुझ्नेछन्। अहिले यदि बुझे भने बाबाकहाँ दौडन्छन्।
एकजनाले बच्चीलाई भनेको थियो– जसले तिमीलाई यो सिकाउनुभयो, हामी किन सिधै उहाँकहाँ
नजाने? तर सियोमा खिया लागेको छ भने चुम्बकको आकर्षण कसरी हुन्छ र? खिया पुरै
निस्किएपछि मात्र चुम्बकलाई समात्न सक्छ। सियोको एउटा कुनामा खिया लागेको छ भने पनि
त्यति तान्दैन। सारा खिया उत्रियो भने त अन्त्यमा यस्ता बन्छौ त्यसपछि त बाबासँगै
फर्केर जान्छौ। अहिले त फिक्र छ– हामी तमोप्रधान छौँ, खिया लागेको छ। जति याद गर्छौ,
त्यति खिया सफा हुँदै जान्छ। बिस्तारै बिस्तारै खिया निस्कँदै जान्छ। खिया लागेको
पनि बिस्तारै बिस्तारै हो नि, फेरि उत्रिन्छ पनि त्यसरी नै। जसरी खिया लागेको छ,
त्यसरी नै सफा हुनुछ, त्यसको लागि बाबालाई याद पनि गर्नुछ। यादले कसैको धेरै खिया
उत्रिएको छ, कसैको कम। जति धेरै खिया उत्रिएको हुन्छ, त्यति उसले अरूलाई सम्झाउनमा
आकर्षण गर्छ। यी धेरै सूक्ष्म कुरा हुन्। मोटो बुद्धि भएकाले बुझ्न सक्दैनन्।
तिमीलाई थाहा छ– राजधानी स्थापना भइरहेको छ। सम्झाउनको लागि पनि दिनप्रतिदिन
युक्तिहरू निस्किरहन्छन्। पहिला कहाँ थाहा थियो र– प्रदर्शनी, म्युजियम आदि बनाउँछौँ
भनेर। पछि गएर हुन सक्छ अरू केही निस्किनेछ। अहिले त समय बाँकी छ, स्थापना हुनुछ।
निराश पनि हुनुहुँदैन। कर्मेन्द्रियहरूलाई वशमा पार्न सक्दैनन्, त्यसैले गिर्छन्।
विकारमा गए भने फेरि सियोमा धेरै खिया लाग्छ। विकारबाट धेरै खिया लाग्दै जान्छ।
सत्ययुग-त्रेतामा बिल्कुल थोरै, फेरि आधाकल्प छिटो छिटो खिया लाग्छ। तल गिर्छन्,
त्यसैले निर्विकारी र विकारी भनिन्छ। निर्विकारिता देवताहरूको निसानी हो नि! बाबा
भन्नुहुन्छ– देवीदेवता धर्म प्रायः लोप भएको छ। निसानीहरू त छन् नि! सबैभन्दा राम्रा
निसानी यी चित्रहरू हुन्। तिमीले यो लक्ष्मीनारायणको चित्र लिएर परिक्रमा गराउन
सक्छौ किनकि तिमी यस्तै बन्छौ नि! रावण राज्यको विनाश, रामराज्यको स्थापना हुन्छ।
त्यो रामराज्य, यो रावण राज्य, यो हो सङ्गम। धेरैभन्दा धेरै प्वइन्टहरू छन्।
डक्टरहरूको बुद्धिमा कति औषधिहरू याद रहन्छन्। ब्यारिस्टरको बुद्धिमा पनि अनेक
प्रकारका प्वइन्टहरू हुन्छन्। धेरै टपिकहरूको त धेरै राम्रो किताब बन्न सक्छ। फेरि
भाषणमा जाँदा प्वइन्टहरू आँखाको अगाडि ल्याऊ। तीक्ष्ण बुद्धि भएकाले तुरुन्तै
हेर्छन्। पहिला त लेख्नुपर्छ– हामीले यसरी यसरी सम्झाउँछौँ। भाषण गरेपछि पनि याद
आउँछ नि! यसरी सम्झाएको भए राम्रो हुन्थ्यो। यी प्वइन्टहरू अरूलाई सम्झाउनाले
बुद्धिमा बस्छन्। टपिकहरूको लिस्ट बनेको होस्। फेरि एउटा टपिक लिएर भित्र भित्र
भाषण गर्नुपर्छ वा लेख्नुपर्छ। फेरि हेर्नुपर्छ– सबै प्वइन्टहरू लेखेको छु? जति
मेहनत गर्छौ, त्यति राम्रो छ। बाबाले त बुझ्नुहुन्छ नि– यो राम्रो सर्जन हो, यसको
बुद्धिमा धेरै प्वइन्टहरू छन्। भरपुर भयौ भने सेवाबिना मजा आउँदैन।
तिमीले प्रदर्शनी
गर्छौ, कहीँबाट २-४, कहीँबाट ६-८ निस्कन्छन्। कहीँ त एकजना पनि निस्कँदैन। हजारौँले
हेरे, निस्किए कति थोरै, त्यसैले अहिले ठुला ठुला चित्र पनि बनाइरहन्छन्। तिमी
होसियार हुँदै जान्छौ। ठुला ठुला मानिसहरूको के हाल छ, त्यो पनि तिमीले देख्छौ।
बाबाले सम्झाउनुभएको छ– जाँच गर्नुपर्छ, कसलाई यो ज्ञान दिनुपर्छ। नाडी हेर्नुपर्छ,
जो मेरा भक्त हुन्। गीतावालाहरूलाई मुख्य कुरा एउटै सम्झाऊ– भगवान् श्रेष्ठभन्दा
श्रेष्ठलाई नै भनिन्छ। उहाँ निराकार हुनुहुन्छ। कुनै पनि देहधारी मानिसहरूलाई भगवान्
भन्न सकिँदैन। तिमी बच्चाहरूलाई अहिले सारा समझ आएको छ। संन्यासी पनि घरको संन्यास
गरेर भाग्छन्। कोही ब्रह्मचारी नै जान्छन्। फेरि अर्को जन्ममा पनि त्यस्तै हुन्छ।
जन्म त अवश्य माताको गर्भबाटै लिन्छन्। जहिलेसम्म विवाह गरेका हुँदैनन्,
त्यतिबेलासम्म बन्धनमुक्त हुन्छन्, कुनै सम्बन्धी आदि त्यति याद आउँदैनन्। विवाह गरे
भने फेरि सम्बन्ध याद आउँछ। समय लाग्छ, छिट्टै बन्धनमुक्त हुँदैनन्। आफ्नो जीवन
कहानीको बारेमा त सबैलाई थाहा हुन्छ। संन्यासीले सम्झन्छन् होला– पहिला हामी गृहस्थी
थियौँ, फेरि संन्यास गरेका हौँ। तिम्रो हो ठुलो संन्यास, त्यसैले मेहनत हुन्छ। ती
संन्यासीहरूले विभूत लगाउँछन्, कपाल खौरन्छन्, भेष परिवर्तन गर्छन्। तिमीलाई त यसो
गर्ने आवश्यकता छैन। यहाँ त ड्रेस फेर्ने कुरा पनि छैन। तिमीहरूले सेतो साडी लगाएनौ
भने पनि केही छैन। यो त बुद्धिको ज्ञान हो। हामी आत्मा हौँ, बाबालाई याद गर्नुछ,
यसबाटै खिया निस्कन्छ र हामी सतोप्रधान बन्छौँ। फर्केर त सबैलाई जानुछ। कोही योगबलले
पावन बन्छन्, कसैले सजाय खाएर जान्छन्। तिमी बच्चाहरूले खिया उतार्ने नै मेहनत
गर्नुपर्छ, त्यसैले यसलाई योग अग्नि पनि भनिन्छ। अग्निबाट पाप भस्म हुन्छन्। तिमी
पवित्र बन्छौ। काम चितालाई पनि अग्नि भनिन्छ। काम अग्निमा जलेर काला बनेका छौ। अब
बाबा भन्नुहुन्छ– गोरो बन। यी कुरा तिमी ब्राह्मणहरू सिवाय अरू कसैको बुद्धिमा बस्न
सक्दैन। यी कुरा नै न्यारा छन्।
तिमीलाई भन्छन्–
यिनीहरूले त शास्त्रहरूलाई पनि मान्दैनन्। नास्तिक बनेका छन्। भन– शास्त्र त हामीले
पनि पढ्थ्यौँ, फेरि बाबाले ज्ञान दिनुभयो। ज्ञानबाट सदगति हुन्छ। भगवानुवाच, वेद,
उपनिषद् आदि पढेर, दानपुण्य आदि गरेर कसैले पनि मलाई प्राप्त गर्दैनन्। मद्वारा नै
मलाई प्राप्त गर्न सक्छन्। बाबाले नै आएर लायक बनाउनुहुन्छ। आत्मामा खिया लागेपछि
मात्र बाबालाई बोलाउँछन्– आएर पावन बनाउनुहोस्! आत्मा जुन तमोप्रधान बनेको छ,
त्यसलाई सतोप्रधान बन्नुछ, तमोप्रधानबाट तमो, रजो, सतो फेरि सतोप्रधान बन्नुछ। यदि
बीचमा गडबड भयो भने खिया लाग्छ।
बाबाले हामीलाई यति
उच्च बनाउनुहुन्छ, त्यसैले त्यो खुसी हुनुपर्छ नि! बेलायतमा पढ्नको लागि खुसीले
जान्छन् नि! अहिले तिमी कति समझदार बन्छौ। कलियुगमा कति तमोप्रधान बेसमझ बन्छन्। जति
प्यार गर्छौ त्यति नै अवरोध गर्छन्। तिमी बच्चाहरूले बुझेका छौ– हाम्रो राजधानी
स्थापना हुन्छ। जसले राम्रोसँग पढ्छन्, यादमा रहन्छन्, उनीहरूले राम्रो पद पाउँछन्।
कलमी यहाँबाटै लाग्छ। दिनप्रतिदिन अखबार आदिबाट तिम्रो नाम प्रसिद्ध हुँदै जान्छ।
अखबारहरू त सबैतिर जान्छन्। तिनै अखबारवालाले कहिले त हेर राम्रो लेख्छन्, कहिले
नराम्रो पनि लेख्छन् किनकि तिनीहरू पनि सुने सुनाएको भरमा चल्छन् नि! जसले जे सुनायो,
त्यही लेखिदिन्छन्। सुने सुनाएको भरमा धेरै चल्छन्, त्यसलाई परमत भनिन्छ। परमत आसुरी
मत भयो। बाबाको हो श्रीमत। कसैले उल्टो कुरा बतायो भने बस् आउनै छोडिदिन्छन्। जो
सेवामा रहन्छन्, उनीहरूलाई सबै थाहा हुन्छ। यहाँ तिमीले जति पनि सेवा गर्छौ, यो हो
तिम्रो नम्बरवन सेवा। यहाँ तिमीले सेवा गर्छौ, त्यहाँ फल मिल्छ। कर्तव्य त यहाँ
बाबासँगै गर्छौ नि! अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) आत्मारूपी सियोमा खिया लागेको छ, त्यसलाई योगबलले उतारेर सतोप्रधान बन्ने मेहनत
गर्नुछ। कहिल्यै पनि सुने सुनाएको कुरामा लागेर पढाइ छोड्नुछैन।
२) बुद्धिलाई ज्ञानका
प्वइन्टहरूले भरपुर राखेर सेवा गर्नुछ। नाडी हेरेर ज्ञान दिनुछ। धेरै तीक्ष्ण बुद्धि
बन्नुछ।
वरदान:–
कलियुगी
दुनियाँको दुःख अशान्तिको दृश्य देख ्दा पनि सदा साक्षी र बेहदको वैरागी भव
यस कलियुगी दुनियाँमा
जेसुकै होस् तर तिम्रो सदा चढ्तीकला हुन्छ। दुनियाँको लागि हाहाकार छ र तिम्रो लागि
जयजयकार छ। तिमी कुनै पनि परिस्थितिबाट आत्तिँदैनौ किनकि तिमी पहिलादेखि नै तयार
छौ। साक्षी भएर हरेक प्रकारको खेल हेरिरहेका छौ। कोही रुन्छ, चिच्याउँछ, साक्षी भएर
हेर्नमा मजा आउँछ। जसले कलियुगी दुनियाँको दुःख अशान्तिको दृश्य साक्षी भएर देख्छन्,
उनीहरू सहजै बेहदका वैरागी बन्छन्।
स्लोगन:–
जस्तोसुकै धरती
तयार गर्नुछ भने पनि वाणीका साथै वृत्तिले सेवा गर।
अव्यक्त इसारा:– अब
सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ
जसरी कुनै मेसिनलाई
सेट गरिन्छ, त्यसलाई एक पटक सेट गरेपछि फेरि स्वत: चलिरहन्छ। यसै रीतिले आफ्नो
सम्पूर्ण स्टेज वा बाबासमान स्टेज वा कर्मातीत स्थितिको स्टेजको सेटलाई यसरी सेट
गरिदेऊ, जसले गर्दा फेरि सङ्कल्प, शब्द वा कर्म त्यही सेटिङ अनुसार स्वत: चलिरहनेछ।