30.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– माया
दुस्मन तिम्रो सामुन्ने छ , त्यसैले आफ्नो धेरै धेरै सम्हाल गर्नुछ , यदि
चल्दा-चल्दै मायामा फस्यौ भने आफ्नो भाग्य मा रेखा लगाइ दि न् छौ। ”
प्रश्न:–
तिमी राजयोगी
बच्चाहरूको मुख्य कर्तव्य के हो?
उत्तर:–
पढ्नु र पढाउनु,
यही तिम्रो मुख्य कर्तव्य हो। तिमी ईश्वरीय मतमा छौ। तिमी कुनै जङ्गलमा जानुछैन।
घर-गृहस्थमा रहेरै शान्तिमा बसेर बाबालाई याद गर्नुछ। अल्फ र बे, यही दुई शब्दमा
तिम्रो सारा पढाइ आउँछ।
ओम् शान्ति ।
बाबाले पनि
ब्रह्माद्वारा भन्न सक्नुहुन्छ– प्यारा बच्चाहरू गुडमर्निङ्ग! तर फेरि बच्चाहरूले
पनि जवाफ दिनुपर्छ। यहाँ छ नै बाबा र बच्चाहरूको कनेक्सन। जो नयाँ छन्, जबसम्म पक्का
हुँदैनन्, तिनीहरूले केही न केही सोधिरहन्छन्। यो त पढाइ हो, भगवानुवाच पनि लेखिएको
छ। भगवान निराकार हुनुहुन्छ। यो कुरा बाबाले राम्रोसँग पक्का निश्चय
गराउनुहुन्छ,कसैलाई पनि सम्झाउनका लागि किनकि त्यस तर्फ मायाको जोर छ। यहाँ त त्यो
कुरा छैन। बाबाले त बुझ्नुहुन्छ– जसले कल्प पहिला वर्सा लिएका छन्, उनीहरू आफै
आउनेछन्। यस्तो होइन कि फलाना नजाओस्, यसलाई समातौँ। गयो भने गयो। यहाँ त जीवन छँदै
मर्ने कुरा छ। बाबाले एडप्ट गर्नुहुन्छ। एडप्ट गरिन्छ नै केही वर्सा दिनका लागि।
बच्चाहरू आमा-बुबाकहाँ आउँछन् नै वर्साको लालचमा। धनवानको बच्चा कहिल्यै गरिबकहाँ
धर्मपुत्र बन्छ र! यति धनदौलत आदि सबै छोडेर कसरी जान्छन्। एडप्ट गर्छन् धनवानले।
अहिले तिमीलाई थाहा छ– बाबाले हामीलाई स्वर्गको बादसाही दिनुहुन्छ। किन उहाँको
नबन्ने। हरेक कुरामा लालच त हुन्छ। जति धेरै पढ्छन्, त्यति ठुलो लालच हुन्छ।
तिमीलाई पनि थाहा छ– बाबाले हामीलाई एडप्ट गर्नुभएको छ बेहदको वर्सा दिन। बाबाले पनि
भन्नुहुन्छ– तिमीहरू सबैलाई मैले फेरि ५ हजार वर्ष पहिला अनुसार एडप्ट गर्छु। तिमीले
पनि भन्छौ– बाबा हामी हजुरका हौँ। ५ हजार वर्ष पहिला पनि हजुरका बनेका थियौँ। तिमी
यथार्थमा कति ब्रह्माकुमार-कुमारीहरू छौ। प्रजापिता पनि त प्रसिद्ध हुनुहुन्छ।
जबसम्म शूद्रबाट ब्राह्मण बन्दैनन्, तबसम्म देवता बन्न सक्दैनन्। तिमी बच्चाहरूको
बुद्धिमा अब यो चक्र घुमिरहन्छ– हामी शूद्र थियौँ, अहिले ब्राह्मण बनेका छौँ, फेरि
देवता बन्नुछ। सत्ययुगमा हामीले राज्य गर्छौँ। त्यसैले यो पुरानो दुनियाँको विनाश
अवश्य हुनुछ। पूरा निश्चय बसेन भने फेरि गइहाल्छन्। कयौँ कच्चा छन् जो गिर्छन्, यो
पनि ड्रामामा निश्चित छ। माया दुस्मन सामुन्ने उभिएको छ, त्यसैले उसले आफूतिर खिच्छ।
बाबाले घरी घरी पक्का गराउनुहुन्छ, मायामा नफस्नु, नत्र आफ्नो भाग्यको रेखा
मेटाइदिनेछौ। बाबाले नै सोध्न सक्नुहुन्छ– पहिला कहिल्यै मिलेका थियौ? अरू कसैलाई
सोध्ने बुद्धि आउँदै आउँदैन। बाबा भन्नुहुन्छ– म पनि फेरि गीता सुनाउन आउनुपर्छ।
आएर रावणको जेलबाट छुटाउनुपर्छ। बेहदका बाबाले बेहदको कुरा सम्झाउनुहुन्छ। अहिले
रावणको राज्य छ, पतित राज्य छ, जुन आधाकल्पदेखि सुरु भएको हो। रावणका १० शिर
देखाउँछन्, विष्णुका ४ भुजा देखाउँछन्। यस्तो कुनै मानिस हुँदैन। यो त प्रवृत्ति
मार्ग देखाइन्छ। यो हो लक्ष्य-उद्देश्य, विष्णुद्वारा पालना। विष्णुपुरीलाई
कृष्णपुरी पनि भनिन्छ। श्रीकृष्णका त २ हात नै देखाउँछन् नि। मानिसहरूले त केही पनि
बुझ्दैनन्। बाबाले हरेक कुरा सम्झाउनुहुन्छ। त्यो सबै हो भक्ति मार्ग। अहिले
तिमीलाई ज्ञान छ, तिम्रो लक्ष्य-उद्देश्य नै हो नरबाट नारायण बन्ने। यो गीता पाठशाला
हो नै जीवनमुक्ति प्राप्त गर्नका लागि। ब्राह्मण त अवश्य चाहिन्छ। यो हो रुद्र
ज्ञान यज्ञ। शिवलाई रुद्र पनि भनिन्छ। अब बाबा सोध्नुहुन्छ– ज्ञान यज्ञ कृष्णको हो
वा शिवको हो? शिवलाई परमात्मा नै भनिन्छ, शङ्करलाई देवता भनिन्छ। उनीहरूले फेरि शिव
र शङ्करलाई मिलाइदिएका छन्। अब बाबा भन्नुहुन्छ– मैले यिनमा प्रवेश गरेको छु। तिमी
बच्चाहरूले भन्छौ– बापदादा। उनीहरूले भन्छन्– शिवशङ्कर। ज्ञान सागर त हुनुहुन्छ नै
एक।
अहिले तिमीलाई थाहा
छ– ब्रह्मा सो विष्णु बन्छन् ज्ञानद्वारा। चित्र पनि अवश्य बनाउँछन्। विष्णुको
नाभिबाट ब्रह्मा निस्किए। यसको अर्थ पनि कसैले बुझ्न सक्दैनन्। ब्रह्माको हातमा
शास्त्र देखाइदिएका छन्। अहिले शास्त्रहरूको सार बाबा बसेर सुनाउनुहुन्छ वा
ब्रह्माले? यिनी पनि मास्टर ज्ञान सागर बन्छन्। बाँकी चित्र यति धेरै बनाएका छन्,
ती कुनै यथार्थ छैनन्। ती सबै भक्ति मार्गका चित्र हुन्। मानिसहरू कुनै ८-१० भुजा
भएका हुँदैनन्। यो त केवल प्रवृत्ति मार्ग देखाइएको छ। रावणको पनि अर्थ बताइएको छ–
आधाकल्प हुन्छ रावण राज्य, रात। आधाकल्प हुन्छ रामराज्य, दिन। बाबाले हरेक कुरा
सम्झाउनुहुन्छ। तिमीहरू सबै एक बाबाका सन्तान हौ। बाबाले ब्रह्माद्वारा विष्णुपुरीको
स्थापना गर्नुहुन्छ र तिमीलाई राजयोग सिकाउनुहुन्छ। अवश्य सङ्गममा नै राजयोग
सिकाउनुहुन्छ। द्वापरमा गीता सुनाउनुभयो, यो त गलत हुन्छ। बाबाले सत्य बताउनुहुन्छ।
धेरैलाई ब्रह्माको, श्रीकृष्णको साक्षात्कार हुन्छ। ब्रह्माको सेतो वस्त्र नै
देख्छन्। शिवबाबा त हुनुहुन्छ बिन्दु। बिन्दुको साक्षात्कार भयो भने केही बुझ्न
सक्दैनन्। तिमीले भन्छौ– हामी आत्मा हौँ, तर आत्मालाई कसले देखेको छ? कसैले देखेको
छैन। त्यो त बिन्दु हो। बुझ्न सकिन्छ नि। जो जुन भावनाले जसको पूजा गर्छ, उसलाई
त्यही साक्षात्कार हुन्छ। अर्को रूप देखे भने अलमलिन्छन्। हनुमानको पूजा गरे भने
उनलाई त्यही देखिन्छ। गणेशको पुजारीलाई त्यही देखिन्छ। बाबा भन्नुहुन्छ– मैले
तिमीलाई यति धनवान बनाएँ, हीरा जुहारतका महल थिए, तिमीसँग अनगिन्ती धन थियो, तिमीले
अहिले त्यो सबै कहाँ गुमायौ? अहिले तिमी कङ्गाल बनेका छौ, भीख मागिरहेका छौ। बाबाले
त भन्न सक्नुहुन्छ नि। अहिले तिमी बच्चाहरूले जान्दछौ– बाबा आउनुभएको छ, हामी फेरि
विश्वको मालिक बन्छौँ। यो ड्रामा अनादि बनेको छ। हरेकले ड्रामामा आफ्नो पार्ट
खेलिरहेका छन्। कसैले एक शरीर छोडेर अर्को लिन्छन्, यसमा रुने के कुरा छ। सत्ययुगमा
कहिल्यै रुँदैनन्। अहिले तिमी मोहजित बनिरहेका छौ। मोहजित राजाहरू यी
लक्ष्मी-नारायण आदि हुन्। त्यहाँ मोह हुँदैन। बाबाले अनेक प्रकारका कुराहरू
सम्झाइरहनुहुन्छ। बाबा हुनुहुन्छ निराकार। मानिसहरूले त उहाँलाई नाम-रूपबाट न्यारा
भनिदिन्छन्। तर नाम-रूपबाट न्यारा कुनै चीज कहाँ हुन्छ र। हे भगवान, ओ गड फादर
भनिन्छ नि। त्यसैले नाम-रूप छ नि। लिङ्गलाई शिव परमात्मा, शिवबाबा पनि भनिन्छ। बाबा
त हुनुहुन्छ नि अवश्य। बाबाका बच्चाहरू पनि अवश्य होलान्। निराकारलाई निराकार
आत्माले नै बाबा भन्छ। मन्दिरमा गए भने उहाँलाई भन्छन् शिवबाबा, फेरि घरमा आएर
पितालाई पनि भन्छन् बाबा। अर्थ त बुझ्दैनन्, हामीले उहाँलाई शिवबाबा किन भन्छौँ!
बाबाले सबैभन्दा ठुलो पढाइ दुई शब्दमा पढाउनुहुन्छ– अल्फ र बे। अल्फलाई याद गर्यौ
भने बे-बादसाही तिम्रो हो। यो धेरै ठुलो परीक्षा हो। मानिसहरूले ठुलो परीक्षा पास
गरेपछि पहिलाको पढाइ कहाँ याद रहन्छ र। पढ्दा पढ्दै अन्त्यमा सार बुद्धिमा आउँछ। यो
पनि यस्तै हो। तिमीले पढ्दै आएका छौ। अन्त्यमा फेरि बाबा भन्नुहुन्छ– मनमनाभव, तब
देहको अभिमान टुट्छ। यो मनमनाभवको बानी पर्यो भने अन्त्यमा पनि बाबा र वर्सा याद
रहन्छ। मुख्य हो नै यो कुरा, कति सहज छ। त्यो पढाइमा पनि अहिले त थाहा छैन के के
पढ्छन्। जस्तो राजा त्यस्तै उनीहरूले आफ्नो रसमरिवाज चलाउँछन्। अगाडि मन, सेर, पाउको
हिसाब चल्थ्यो। अहिले त किलो आदि के के निस्किएको छ। कति बेग्लाबेग्लै प्रान्त भएका
छन्। दिल्लीमा जुन चीज एक रुपैयाँ सेर मिल्छ, त्यही चीज मुम्बईमा मिल्छ दुई रुपैयाँ
सेर, किनकि प्रान्त अलग अलग छन्। हरेकले सम्झन्छन्– हामीले आफ्नो प्रान्तलाई भोकै
कहाँ मार्छौँ र। कति झगडा आदि हुन्छन्, कति हंगामा छ।
भारतवर्ष कति सम्पन्न
थियो, फेरि ८४ को चक्कर लगाउँदा लगाउँदा कङ्गाल बनेको छ। भनिन्छ– हीराजस्तो अमूल्य
जन्म कौडीमा गुमायौ...। बाबा भन्नुहुन्छ– तिमी कौडीहरूको पछाडि किन मर्छौ। अब त
बाबाबाट वर्सा लेऊ, पावन बन। बोलाउँछौ पनि– हे पतित-पावन आउनुहोस्, पावन बनाउनुहोस्!
त्यसैले यसबाट सिद्ध छ– पावन थियौ, अहिले छैनौ। अहिले हो नै कलियुग। बाबा
भन्नुहुन्छ– मैले पावन दुनियाँ बनाउँछु जसबाट पतित दुनियाँको अवश्य विनाश हुन्छ,
त्यसैले नै यो महाभारत लडाइँ हुन्छ, जुन यस रुद्र ज्ञान यज्ञबाट प्रज्वलित भएको छ।
ड्रामामा त यो विनाश हुने पनि निश्चित छ। सबैभन्दा पहिला त बाबालाई साक्षात्कार भयो।
देख्नुभयो– यति ठुलो राज्यभाग्य मिल्छ, त्यसपछि धेरै खुसी हुन लाग्यो, फेरि विनाशको
साक्षात्कार पनि गराउनुभयो। मनमनाभव, मध्याजीभव। यी गीताका शब्द हुन्। कुनै कुनै
गीताका शब्द ठीक छन्। बाबाले पनि भन्नुहुन्छ– तिमीलाई यो ज्ञान सुनाउँछु, यो फेरि
प्रायः लोप हुन्छ। कसैलाई पनि थाहा छैन– लक्ष्मी-नारायणको राज्य थियो, त्यतिबेला अरू
कुनै धर्म थिएन। त्यस समयमा जनसङ्ख्या कति थोरै थियो होला, अहिले कति छ। त्यसैले यो
परिवर्तन हुनुपर्छ। अवश्य विनाश पनि चाहिन्छ। महाभारत लडाइँ पनि हुन्छ। अवश्य भगवान
पनि हुनुहुन्छ। शिवजयन्ती मनाउँछन् तर शिवबाबाले आएर के गर्नुभयो? त्यो पनि
जान्दैनन्। अहिले बाबा सम्झाउनुहुन्छ, गीताबाट श्रीकृष्णको आत्मालाई राज्यभाग्य
मिल्यो। माता-पिता भनिन्छ गीतालाई, जसबाट तिमी फेरि देवता बन्छौ। गीताको ज्ञानबाट
राजयोग सिकेर श्रीकृष्ण यो बने। उनीहरूले फेरि शिवबाबाको सट्टा श्रीकृष्णको नाम
राखिदिएका छन्। त्यसैले बाबा सम्झाउनुहुन्छ, यो त आफूभित्र पक्का निश्चय गर, कसैले
उल्टोसुल्टो कुरा सुनाएर तिमीलाई नगिराओस्। धेरै कुरा सोध्छन्– विकारबिना सृष्टि
कसरी चल्छ? यो कसरी हुन्छ? अरे, तिमी आफैले भन्छौ– त्यो वाइसलेस दुनियाँ थियो।
सम्पूर्ण निर्विकारी भन्छौ नि, फेरि विकारको कुरा कसरी हुन सक्छ? अहिले तिमीलाई थाहा
भएको छ– बेहदका बाबाबाट बेहदको बादसाही मिल्छ, त्यसैले यस्ता बाबालाई किन याद
गर्दैनौ? यो हो नै पतित दुनियाँ। कुम्भको मेलामा कति लाखौँ जान्छन्। भन्छन्– त्यहाँ
एउटा नदी गुप्त छ। तर नदी गुप्त हुन सक्छ र? यहाँ पनि गोमुख बनाएका छन्। भन्छन्–
गङ्गा यहाँ आउँछिन्। अरे, गङ्गा आफ्नो मार्ग लिएर समुद्रमा जान्छिन् कि यहाँ तिम्रो
पहाडमा आउँछिन्। भक्तिमार्गमा कति धक्का छ।
ज्ञान, भक्ति, फेरि
हो वैराग्य। एउटा छ हदको वैराग्य, अर्को छ बेहदको वैराग्य। संन्यासी घरबार छोडेर
जङ्गलमा रहन्छन्, यहाँ त त्यो कुरा छैन। तिमीले बुद्धिद्वारा सारा पुरानो दुनियाँको
संन्यास गर्छौ। तिमी राजयोगी बच्चाहरूको मुख्य कर्तव्य हो पढ्नु र पढाउनु। तर
राजयोग कुनै जङ्गलमा कहाँ सिकाइन्छ र। यो स्कुल हो। शाखाहरू निस्किँदै जान्छन्। तिमी
बच्चाहरूले राजयोग सिकिरहेका छौ। शिवबाबाबाट पढेका ब्राह्मण-ब्राह्मणीहरूले
सिकाउँछन्। एक शिवबाबाले कहाँ सबैलाई बसेर सिकाउनुहुन्छ र। त्यसैले यो भयो पाण्डव
सरकार। तिमी ईश्वरीय मतमा छौ। यहाँ तिमी कति शान्तिमा बसेका छौ, बाहिर त अनेक
हङ्गामा छन्। बाबा भन्नुहुन्छ– ५ विकारहरूको दान दियौ भने ग्रहण छुट्छ। मेरो बन्यौ
भने म तिम्रा सबै कामनाहरू पूरा गरिदिन्छु। तिमी बच्चाहरूलाई थाहा छ– अब हामी
सुखधाममा जान्छौँ, दु:खधाममा आगो लाग्नुछ। बच्चाहरूले विनाशको साक्षात्कार पनि गरेका
छन्। अब समय धेरै कम छ, त्यसैले यादको यात्रामा लाग्यौ भने विकर्म विनाश हुन्छन् र
उच्च पद पाउँछौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाको वर्साको पूरा अधिकार लिनका लागि जीवन छँदै मर्नुछ। एडप्ट हुनुछ। कहिल्यै
पनि आफ्नो उच्च भाग्यको रेखा मेटाउनुछैन।
२) कुनै पनि
उल्टो-सुल्टो कुरा सुनेर संशयमा आउनुछैन। अलिकति पनि निश्चय नहल्लियोस्। यो
दु:खधामलाई आगो लाग्नेछ, त्यसैले यसबाट आफ्नो बुद्धियोग निकाल्नुछ।
वरदान:–
विशेषता रूपी
सञ्जीवनी बुटीद्वारा मूर्छितलाई सुरजित गर्ने विशेष आत्मा भव
हरेक आत्मालाई
श्रेष्ठ स्मृतिको, विशेषताहरूको स्मृति रूपी सञ्जीवनी बुटी खुवायौ भने ऊ मूर्छितबाट
सुरजित (जागृत) हुन्छ। विशेषताहरूको स्वरूपको दर्पण उसको अगाडि राख। अरूलाई स्मृति
दिलाउनाले तिमी विशेष आत्मा बन्छौ। यदि तिमीले कसैको कमजोरी सुनायौ भने उसले
लुकाउँछ, टार्छ, तिमीले विशेषता सुनायौ भने स्वयं नै आफ्नो कमजोरी स्पष्ट अनुभव
गर्छ। यही सञ्जीवनी बुटीले मूर्छितलाई सुरजित बनाएर उड्दै जाऊ र उडाउँदै जाऊ।
स्लोगन:–
नाम-मान-शान र
साधनहरूको सङ्कल्पमा पनि त्याग नै महान् त्याग हो।
अव्यक्त इसारा–
सङ्कल्पहरूको शक्ति जम्मा गरेर श्रेष्ठ सेवाको निमित्त बन
निमित्त बनेका
बच्चाहरूले विशेष आफ्नो हरेक सङ्कल्पमाथि अटेन्सन दिनुपर्छ, तिमी निर्विकल्प,
निरव्यर्थ सङ्कल्पमा रह्यौ भने बुद्धिले ठीक निर्णय गर्छ, निर्णय ठीक भयो भने
निवारण पनि सहजै गर्छौ। निवारण गर्नुको सट्टा यदि तिमीले नै कारण, कारण भनिरहन्छौ
भने तिमी भन्दा पछाडिकाले पनि हरेक कुरामा कारण बताइरहन्छन्।