31.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
सवेरै सवेरै उठेर धेरै प्यारले भन– बाबा गुडमर्निङ्ग ! यही यादबाट तिमी सतोप्रधान
बन्छौ। ”
प्रश्न:–
एक्युरेट
यादद्वारा बाबाको करेन्ट लिनका लागि मुख्य कुन गुणहरूको आवश्यकता छ?
उत्तर:–
धेरै धैर्यवान्
भएर समझ र गम्भीरताले आफूलाई आत्मा सम्झेर याद गर्नाले बाबाको करेन्ट मिल्छ र आत्मा
सतोप्रधान बन्दैजान्छ। तिमीलाई अहिले बाबाको यादले सताउनुपर्छ किनकि बाबाबाट धेरै
ठुलो वर्सा मिल्छ, तिमी काँडाबाट फूल बन्छौ, सबै दैवीगुण आउँछन्।
ओम् शान्ति ।
बाबा
भन्नुहुन्छ– मीठे बच्चे तत्त्वम् अर्थात् तिमी आत्माहरू पनि शान्त स्वरूप हौ। तिमी
सर्व आत्माहरूको स्वधर्म हो नै शान्ति। शान्तिधामबाट फेरि यहाँ आएर आवाजमा आउँछौ।
यी कर्मेन्द्रियहरू तिमीलाई मिल्छन् पार्ट खेल्नका लागि। आत्मा सानो-ठुलो हुँदैन,
शरीर सानो-ठुलो हुन्छ। बाबा भन्नुहुन्छ– म त शरीरधारी होइन। मलाई बच्चाहरूसँग
सम्मुख मिल्न आउनुपर्छ। मानौँ, जसरी पिता हुन्छन्, उनीबाट बच्चाहरू पैदा हुन्छन्,
त्यसपछि त्यो बच्चाले यस्तो भन्दैन कि म परमधामबाट आएर जन्म लिएर माता-पितासँग
मिल्न आएको हुँ। कुनै नयाँ आत्मा आएर कसैको पनि शरीरमा वा कुनै पुरानो आत्मा कसैको
शरीरमा प्रवेश गर्छ भने यस्तो भन्दैन– माता-पितासँग मिल्न आएको हुँ। उसलाई स्वतः
माता-पिता मिल्छन्। यहाँ यो नयाँ कुरा हो। बाबा भन्नुहुन्छ– म परमधामबाट आएर तिमी
बच्चाहरूको सम्मुख आएको छु। तिमीलाई नलेज दिन्छु किनकि म हुँ नलेजफुल, ज्ञानको सागर,
म आउँछु तिमी बच्चाहरूलाई पढाउन, राजयोग सिकाउन।
तिमी बच्चाहरू अहिले
सङ्गममा छौ, फेरि जानुछ आफ्नो घर, त्यसैले पावन त अवश्य बन्नुछ। मनमा धेरै खुसी
हुनुपर्छ। ओहो! बेहदका बाबा भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! मलाई याद गर,
त्यसबाट तिमी सतोप्रधान, विश्वको मालिक बन्छौ। बाबाले बच्चाहरूलाई कति प्यार
गर्नुहुन्छ। यस्तो होइन– केवल टिचरको रूपमा पढाएर घर जानुहुन्छ। उहाँ त बाबा पनि
हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ। तिमीलाई पढाउनुहुन्छ। यादको यात्रा पनि
सिकाउनुहुन्छ। त्यसैले विश्वको मालिक बनाउने, पतितबाट पावन बनाउने बाबासँग धेरै
प्रेम हुनुपर्छ। सवेरै सवेरै उठेर सबैभन्दा पहिला शिवबाबालाई गुडमर्निङ्ग भन्नुपर्छ।
बच्चाहरूले आफ्नो दिलसँग सोध्नुछ– म सवेरै उठेर बेहदका बाबालाई कति याद गर्छु! सवेरै
उठेर बाबालाई गुडमर्निङ्ग भन्यौ, ज्ञानको चिन्तनमा रह्यौ भने खुसीको पारा चढ्छ।
मुख्य हो नै याद, यसबाट भविष्यको लागि धेरै ठुलो कमाइ हुन्छ। कल्पकल्पान्तर यो कमाइ
काममा आउँछ। तिमी धेरै धैर्यवान् बनेर, गम्भीरता र समझले याद गर्नुछ। मोटो हिसाबमा
त भनिदिन्छन्– हामीले बाबालाई धेरै याद गर्छौँ तर एक्युरेट याद गर्नमा मेहनत छ। जसले
बाबालाई धेरै याद गर्छन्, उनीहरूलाई करेन्ट धेरै मिल्छ किनकि यादबाट याद मिल्छ। योग
र ज्ञान दुई चीज हुन्। योगको विषय धेरै ठुलो छ। योगले नै आत्मा सतोप्रधान बन्छ। याद
बिना सतोप्रधान हुन असम्भव छ। राम्रोसँग प्यारले बाबालाई याद गरेमा स्वतः करेन्ट
मिल्छ। स्वस्थ बन्छौ। करेन्टले आयु पनि बढ्छ। बच्चाहरूले याद गरे भने बाबाले पनि
सर्चलाइट दिनुहुन्छ।
प्यारा बच्चाहरूले यो
पक्का याद राख्नुछ। शिवबाबाले हामीलाई पढाउनुहुन्छ। शिवबाबा पतित-पावन पनि
हुनुहुन्छ। सद्गतिदाता पनि हुनुहुन्छ। सद्गति अर्थात् स्वर्गको राज्यभाग्य
दिनुहुन्छ। बाबा कति मीठो हुनुहुन्छ। कति प्यारले बसेर बच्चाहरूलाई पढाउनुहुन्छ।
बाबाले, दादाद्वारा हामीलाई पढाउनुहुन्छ। बाबाले बच्चाहरूलाई कति प्यार गर्नुहुन्छ,
कुनै तकलिफ दिनुहुन्न। केवल भन्नुहुन्छ– मलाई याद गर र चक्रलाई याद गर। बाबाको यादमा
दिल एकदम शीतल हुनुपर्छ। एक बाबाको नै यादले सताउनुपर्छ किनकि बाबाबाट कति ठुलो
वर्सा मिल्छ। आफैलाई हेर्नुपर्छ– बाबासँग मेरो कति प्रेम छ। कहाँसम्म ममा दैवी गुण
छन्! किनकि तिमी बच्चाहरू अब काँडाबाट फूल बनिरहेका छौ। जति जति योगमा रहन्छौ, त्यति
काँडाबाट फूल, सतोप्रधान बन्दै जान्छौ। जसले धेरै काँडाहरूलाई फूल बनाउँछन्,
उनीहरूलाई नै सच्चा सुगन्धित फूल भनिन्छ। उनीहरूले कहिल्यै कसैलाई काँडा लगाउँदैनन्।
क्रोध पनि ठुलो काँडा हो। धेरैलाई दु:ख दिन्छन्। अहिले तिमी बच्चाहरू काँडाहरूको
दुनियाँबाट किनारामा आएका छौ, तिमी सङ्गममा छौ। जसरी मालीले फूलहरूलाई अलग्गै गमलामा
निकालेर राख्छन्, त्यसैगरी तिमी फूलहरूलाई पनि अब सङ्गमयुगी गमलामा अलग्गै राखिएको
छ। फेरि तिमी फूलहरू स्वर्गमा जान्छौ। कलियुगी काँडाहरू भस्म हुन्छन्।
बाबा भन्नुहुन्छ– मीठे
बच्चे! जति तिमीले धेरैको कल्याण गर्छौ, त्यति तिमीलाई नै प्रतिफल मिल्छ। धेरैलाई
मार्ग बतायौ भने धेरैको आशीर्वाद मिल्छ। ज्ञान रत्नले झोली भरेर फेरि दान गर्नुछ।
ज्ञान सागरले तिमीलाई रत्नका थालीहरू भरेर दिनुहुन्छ, जसले त्यसको दान गर्छन्,
उनीहरू नै सबैलाई प्रिय लाग्छ। बच्चाहरूको मनमा कति खुसी हुनुपर्छ। जो समझदार
बच्चाहरू हुन्छन्, उनीहरूले त भन्छन्– हामीले बाबाबाट पूरै वर्सा लिन्छौँ। एकदम
आकर्षित हुन्छन्। बाबासँग धेरै प्रेम हुन्छ किनकि तिमीलाई थाहा छ– प्राण दिनेवाला
बाबा मिल्नुभएको छ। नलेजको वरदान यस्तो दिनुहुन्छ, जसबाट हामी के बाट के बन्छौँ,
कङ्गालबाट सम्पन्न बन्छौँ। यति भण्डार भरपुर बनाइदिनुहुन्छ। जति बाबालाई याद गर्छौ,
त्यति प्रेम हुन्छ, आकर्षण हुन्छ। सियो सफा भयो भने चुम्बकतिर तानिन्छ नि। बाबाको
यादले खिया निस्किँदै जान्छ। एक बाबा बाहेक अरू कोही याद नआओस्।
बाबा सम्झाउनुहुन्छ–
मीठे बच्चे! गफलत नगर। स्वदर्शन चक्रधारी बन, लाइट हाउस बन। स्वदर्शन चक्रधारी बन्ने
अभ्यास राम्रो भयो भने फेरि तिमी ज्ञानको सागरजस्तै हुन्छौ। जसरी विद्यार्थी पढेर
टिचर बन्छन् नि। तिम्रो धन्दा नै यो हो। सबैलाई स्वदर्शन चक्रधारी बनाऊ, त्यसपछि नै
चक्रवर्ती राजा-रानी बन्छौ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी बिना मलाई पनि
बेचैनीजस्तै हुन्छ। समय भएपछि बेचैनी हुन्छ। बस् अब म जाऊँ। बच्चाहरूले धेरै
पुकार्छन्, धेरै दु:खी छन्। दया लाग्छ, त्यसैले म आउँछु तिमी बच्चाहरूलाई सबै
दु:खबाट छुटाउन। अहिले तिमी बच्चाहरू घर जानुछ, फेरि त्यहाँबाट तिमी आफै सुखधाम
जान्छौ। त्यहाँ म तिम्रो साथी बन्दिनँ। आफ्नो अवस्था अनुसार तिम्रो आत्मा जान्छ।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाको करेन्ट स्वत: लिनका लागि धेरै प्यारले बाबालाई याद गर्नुछ। यही यादले नै
स्वस्थ बनाउँछ। करेन्ट लिनाले नै आयु बढ्छ। यादले नै बाबाको सर्चलाइट मिल्छ।
२) लापरबाही गर्न
छोडेर स्वदर्शन चक्रधारी, लाइट हाउस बन्नुछ, यसबाटै ज्ञान सागर बनेर चक्रवर्ती
राजा-रानी बनिन्छ।
वरदान:–
सबैलाई खुसखबरी
सुनाउने खुसीको खजानाले भरपुर भण्डार भव
सदैव आफ्नो यो
स्वरूपलाई सामुन्ने राख– हामी खुसीको खजानाले भरपुर भण्डार हौँ। जुन जति अनगिन्ती र
अविनाशी खजाना मिलेका छन्, ती खजानाहरूलाई स्मृतिमा ल्याऊ। खजानाहरूलाई स्मृतिमा
ल्याउनाले खुसी हुन्छ र जहाँ खुसी छ, त्यहाँ सदाकालको लागि दु:ख टाढा हुन्छ।
खजानाहरूको स्मृतिले आत्मा समर्थ बन्छ, व्यर्थ समाप्त हुन्छ। भरपुर आत्मा कहिल्यै
हलचलमा आउँदैन, ऊ स्वयं पनि खुसी हुन्छ र अरूलाई पनि खुसखबरी सुनाउँछ।
स्लोगन:–
योग्य बन्नुछ
भने कर्म र योगको ब्यालेन्स राख।
अव्यक्त इसारा–
सङ्कल्पहरूको शक्ति जम्मा गरेर श्रेष्ठ सेवाको निमित्त बन
सेवामा मुखद्वारा
सन्देश दिनमा समय पनि लगाउँछौ, सम्पत्ति पनि लगाउँछौ, हलचलमा पनि आउँछौ, थाक्छौ पनि...
तर श्रेष्ठ सङ्कल्पको सेवामा यो सबै बच्छ। त्यसैले यो सङ्कल्प शक्तिलाई बढाऊ। दृढता
सम्पन्न सङ्कल्प गर, तब प्रत्यक्षता पनि छिट्टै हुन्छ।
ड्रामाका केही गुह्य
रहस्य (सन्देश पुत्रीहरूद्वारा)
१) यो विराट फिल्म (ड्रामा)
मा हरेक मनुष्यात्मामा आ-आफ्नो पोजिसन अनुसार सारा जीवनको ज्ञान अथवा अभिनय पहिला
नै समाहित भएर रहन्छ। जीवात्मामा सारा जीवनको पहिचान समाहित भएको कारणले समयमा
प्रत्यक्ष हुन्छ। हरेकमा आ-आफ्नो सम्पूर्णताको अवस्था अनुसार जानकारी अथवा अभिनय
जुन समाहित भएको छ, त्यही समयमा प्रत्यक्ष हुन्छ, जसबाट तिमी हरेक जानीजाननहार बन्छौ।
२) यो विराट फिल्मको
सेकेन्ड सेकेन्डको अभिनय नयाँ हुने कारणले तिम्रो बुझाइमा यस्तो आउँछ, मानौँ अहिले
भर्खरै यहाँ आएको छु। हरेक सेकेन्डको अभिनय अलग हुन्छ, कल्प अगाडिको घडी दोहोरिन्छ
तर जुन समयमा यथार्थ जीवनमा चल्छौ, त्यस समयमा नयाँ महसुस हुन्छ। यही समझले अगाडि
बढ्दै जाऊ। यस्तो कसैले भन्न सक्दैन– मैले त ज्ञान प्राप्त गरिसकेँ, अब म जान्छु,
होइन। जबसम्म विनाश हुँदैन, तबसम्म सारा अभिनय र सारा ज्ञान नयाँ हुन्छ।
३) यो विराट ड्रामाको
जुन भावी बनेको छ..., त्यो निश्चयले नै बनेको छ। भावीलाई कसैले टार्छ वा बनाउँछ,
त्यो सबै आफैमाथि छ। आफ्नो शत्रु र आफ्नो मित्र म नै हुँ। अहिले तिमी धेरै रमणीय,
मीठो बन्नु र बनाउनु छ।
४) यो विराट फिल्ममा
यो सहन गर्नु पनि तिम्रो लागि कल्प पहिलाको एउटा मीठो सपना हो किनकि तिमीलाई फेरि
पनि केही हुँदैन, जसले पनि तिमीलाई हैरान पारेका छन्, उनीहरूले पनि भन्छन् मैले
यिनलाई यति हैरान पारेँ, दु:खी बनाएँ, तर यिनीहरू त फेरि पनि डिभाइन युनिटी,
सुप्रिम युनिटी, विजयी पाण्डव बनेर रहन्छन्। यो बनेको भावीलाई कसैले टार्न सक्दैन।
५) यो विराट फिल्ममा
हेर कस्तो आश्चर्य छ, जसमा तिमी प्रत्यक्ष पाण्डव पनि आएका छौ र तिम्रो पुराना
चित्र र निसानीहरू पनि अहिलेसम्म कायम छन्। जसरी पुरानो कागज, पुरानो शास्त्र, गीता
पुस्तक आदि सम्हालेर राख्छन्। फेरि त्यसको धेरै मान हुन्छ। यस्ता पुराना चीजहरू
कायम हुँदाहुँदै अब नयाँ वस्तु आविष्कार हुन्छ। पुरानो गीता यथार्थमा हुँदाहुँदै,
नयाँ गीता आविष्कार भएको छ। पुरानोको अन्त्य नयाँको स्थापना भएपछि मात्र हुन्छ।
अहिले तिमीले यथार्थमा ज्ञानलाई जीवनमा प्रत्यक्ष धारण गर्नाले दुर्गा, काली आदि
बनेका छौ। फेरि पुरानो स्थूल जड चित्रहरूको विनाश हुन्छ र नयाँ चैतन्य स्वरूपको
स्थापना हुन्छ।
६) यो विराट फिल्मको
योजना अनुसार सङ्गमको मीठो समयमा तिमी अनन्य दैवी बच्चाहरूले नै विकारहरूमाथि विजय
प्राप्त गरेर वैकुण्ठको मीठो चिट्ठा पाउँछौ। तिम्रो यो ललाट कति भाग्यशाली छ। यस
समयमा तिमी नर र नारीले अविनाशी ज्ञानले पूज्य योग्य देवता पद प्राप्त गर्छौ, यही
हो यस सङ्गमको मनोहर आश्चर्यजनक समयको आश्चर्यजनक रीति।
७) ईश्वर साक्षी भएर
हेरिरहनुभएको छ– मैले जुन कलाकारहरूलाई अनेक गहना, आभूषणले शृङ्गार गरेर यो
सृष्टिरूपी रङ्गमञ्चमा नृत्य गर्न पठाएको थिएँ, उनीहरूले कसरी अभिनय गरिरहेका छन्।
मैले आफ्ना दैवी बच्चाहरूलाई गोल्डेन मनी, सिल्भर मनी दिएर भनेको थिएँ– यो आभूषण,
यो गहना लगाएर खुसी भएर साक्षी बनी अभिनय पनि गर्नु र साक्षी भएर यो खेललाई पनि
हेर्नु। फस्नु छैन तर आधाकल्प राज्य भाग्य भोगेर फेरि आधाकल्प आफ्नै रचेको मायामा
फस्यौ। अब फेरि मैले तिमीलाई भन्छु– यो मायालाई छोडिदेऊ। यो ज्ञानमार्गमा विकारी
कार्यबाट पल्टेर निर्विकारी बन्नाले आदि, मध्य, अन्त्य दु:खबाट छुटेर
जन्मजन्मान्तरको लागि सुख प्राप्त गर्छौ।
८) आफूभन्दा कुनै पनि
उच्च अवस्थाकाद्वारा यदि कुनै सावधानी मिल्छ भने त्यसलाई राजयुक्त सम्झेर लिनुमा नै
कल्याण छ। उसको भित्रको राजलाई जान्नुपर्छ– यसमा अवश्य कुनै कल्याण समाहित भएको छ।
यो जुन प्वाइन्ट मलाई यिनीद्वारा मिल्यो, त्यो बिल्कुल यथार्थ छ, त्यसलाई धेरै
खुसीले स्वीकार गर्नुपर्छ किनकि यदि मद्वारा कहिल्यै कुनै भुल भयो भने त्यो
प्वाइन्ट याद आउनाले स्वयंलाई सुधार गर्न सकिन्छ, त्यसैले कुनै पनि सावधानी होस्,
धेरै विशाल बुद्धिले धारण गर्नाले तिमीले उन्नति गर्न सक्छौ।
९) अहिले तिमी नित्य
अन्तर्मुख भएर योगमा रहनुछ किनकि अन्तर्मुखी हुनाले स्वयंलाई देख्न सक्छौ। केवल
देख्ने होइन, परिवर्तन पनि गर्न सक्छौ। यही हो सर्वोत्तम अवस्था। हरेक आफ्नो स्टेज
प्रमाण पुरुषार्थी छ भन्ने थाहा भएकाले कुनै पनि पुरुषार्थीको लागि विवाद चल्न
सक्दैन किनकि ऊ आफ्नो स्टेज अनुसार पुरुषार्थी छ, उसको स्टेजलाई हेरेर उसबाट गुण
ग्रहण गर। यदि गुण ग्रहण गर्न सक्दैनौ भने उसलाई छोडिदेऊ।
१०) तिमी सदैव आफ्नो
सर्वोत्तम लक्ष्यलाई अगाडि राखेर आफैलाई नै हेर। तिमी हरेक व्यक्तिगत पुरुषार्थी
हौ, तिमीले आफैतर्फ नजर राखेर अगाडि दौडिराख, अरू कसैले जेसुकै गरिरहोस् तर म आफ्नो
स्वरूपमा स्थित रहुँ, अन्य कसैलाई नहेरूँ। आफ्नो बुद्धियोगबलले म उसको अवस्थालाई
जानुँ। अन्तर्मुखताको अवस्थाले नै तिमी अनेक परीक्षाहरूमा पास हुन सक्छौ। अच्छा, ओम्
शान्ति।