01.01.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
बाबाकहाँ आएका छौ रिफ्रेस हुन , बाबा र वर्सालाई याद गर ेमा सदा रिफ्रेस ह ु नेछौ
।”
प्रश्न:–
समझदार
बच्चाहरूको मुख्य निसानी के हुन्छ?
उत्तर:–
जो समझदार छन्,
उनीहरूलाई अपार खुसी हुन्छ। यदि खुसी छैन भने बुद्धु हुन्। समझदार अर्थात्
पारसबुद्धि बन्नेवाला। तिनीहरूले अरूलाई पनि पारसबुद्धि बनाउँछन्। रुहानी सेवामा
बिजी रहन्छन्। बाबाको परिचय नदिई रहन सक्दैनन्।
ओम् शान्ति ।
बाबा बसेर
सम्झाउनुहुन्छ, यी दादाले पनि बुझ्छन् किनकि बाबा बसेर दादाद्वारा सम्झाउनुहुन्छ।
तिमीले जसरी बुझ्छौ, त्यसरी नै दादाले पनि बुझ्छन्। दादालाई भगवान् भनिँदैन। यो हो
भगवानुवाच। बाबाले मुख्य के कुरा सम्झाउनुहुन्छ– देहीअभिमानी बन। यो कुरा किन
भन्नुहुन्छ? किनकि आफूलाई आत्मा सम्झेमा हामी पतितपावन परमपिता परमात्माबाट पावन
बन्नेछौँ। यो ज्ञान बुद्धिमा छ। सबैलाई सम्झाउनुछ, बोलाउँछन् पनि– हामी पतित छौँ।
नयाँ दुनियाँ अवश्य नै पावन हुन्छ। नयाँ दुनियाँ बनाउने, स्थापना गर्ने बाबा
हुनुहुन्छ। उहाँलाई नै पतितपावन बाबा भनेर बोलाउँछन्। पतित पावनका साथै उहाँलाई बाबा
पनि भन्छन्। बाबालाई आत्माहरूले बोलाउँछन्। शरीरले बोलाउँदैन। हाम्रो आत्माका पिता
पारलौकिक हुनुहुन्छ, उहाँ नै पतितपावन हुनुहुन्छ। यो त राम्रोसँग याद हुनुपर्छ। यो
नयाँ दुनियाँ हो वा पुरानो दुनियाँ हो, यो बुझ्न त सकिन्छ नि! यस्ता बुद्धु पनि छन्,
जसले सम्झन्छन्– हामीलाई अपार सुख छ। हामी त मानौँ स्वर्गमा बसेका छौँ। तर यो पनि
बुझ्नुपर्छ– कलियुगलाई कहिल्यै स्वर्ग भन्न सकिँदैन। नाम नै छ कलियुग, पुरानो पतित
दुनियाँ। यसमा त अन्तर छ नि! मानिसहरूको बुद्धिमा यति कुरा पनि बस्दैन। बिल्कुल
जडजडीभूत अवस्था छ। बच्चाहरूले पढ्दैनन् भने भन्छन् नि– तिमी त पत्थरबुद्धि हौ।
बाबाले पनि लेख्नुहुन्छ– तिम्रा गाउँनिवासी त बिल्कुल पत्थरबुद्धि छन्। बुझ्दैनन्
किनकि अरूलाई सम्झाउँदैनन्। आफै पारसबुद्धि बनेका छन् भने अरूलाई पनि बनाउनुपर्छ।
पुरुषार्थ गर्नुपर्छ। यसमा लाज मान्ने आदि त कुरा नै छैन। तर मानिसहरूको बुद्धिमा
आधाकल्पदेखि उल्टो शब्द बसेको छ, त्यसैले त्यो बिर्सिँदैन। कसरी बिर्सने? बिर्साउने
तागत पनि त एक बाबासँग नै छ। बाबा बाहेक यो ज्ञान अरू कसैले त दिन सक्दैन। अर्थात्
सबै अज्ञानी ठहरिए। उनीहरूको ज्ञान फेरि कहाँबाट आउँछ! जबसम्म ज्ञान सागर बाबा आएर
सुनाउनुहुन्न। तमोप्रधान भनेकै अज्ञानी दुनियाँ। सतोप्रधान भनेको दैवी दुनियाँ। फरक
त छ नि! देवीदेवताहरूले नै पुनर्जन्म लिन्छन्। समय पनि घुमिरहन्छ। बुद्धि पनि कमजोर
हुँदै जान्छ। बुद्धिको योग लगाएमा जुन तागत मिल्छ, त्यो फेरि समाप्त हुन्छ।
अहिले तिमीलाई बाबाले
सम्झाउनुहुन्छ, त्यसबाट तिमी कति रिफ्रेस हुन्छौ। तिमी रिफ्रेस थियौ र विश्राममा
थियौ। बाबाले पनि लेख्नुहुन्छ नि– प्यारा बच्चाहरू! आएर रिफ्रेस पनि होऊ र विश्राम
पनि लेऊ। रिफ्रेस भएपछि तिमी सत्ययुगमा विश्रामपुरीमा जान्छौ। त्यहाँ तिमीलाई धेरै
विश्राम मिल्छ। त्यहाँ सुख-शान्ति-सम्पत्ति आदि सबै कुरा तिमीलाई मिल्छन्। त्यसैले
बाबाकहाँ आउँछन् रिफ्रेस हुन, विश्राम लिन। रिफ्रेस पनि शिवबाबाले बनाउनुहुन्छ।
विश्राम पनि बाबाकहाँ लिन्छौ। विश्राम भनेको शान्त। थाकेर विश्राममा बस्छन् नि! कोही
कहीँ, कोही कहीँ जान्छन् विश्राम लिन। त्यसमा त रिफ्रेसमेन्टको कुरा नै छैन। यहाँ
तिमीलाई बाबाले दिनहुँ सम्झाउनुहुन्छ, त्यसैले तिमी यहाँ आएर रिफ्रेस हुन्छौ। याद
गर तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। सतोप्रधान बन्नको लागि नै तिमी यहाँ आउँछौ।
त्यसको लागि पुरुषार्थ के हो? मीठा-प्यारा बच्चाहरू! बाबालाई याद गर। बाबाले त सारा
शिक्षा दिनुभएको छ। यो सृष्टि चक्र कसरी घुम्छ, तिमीलाई विश्राम कसरी मिल्छ। अरू
कसैलाई पनि यी कुरा थाहा छैनन्, त्यसैले उनीहरूलाई पनि सम्झाउनुपर्छ, जसले गर्दा
उनीहरू पनि तिमीजस्तै रिफ्रेस हुन्। तिम्रो कर्तव्य नै यो हो, सबैलाई सन्देश दिनु।
अविनाशी रिफ्रेस हुनुछ। अविनाशी विश्राम पाउनुछ। सबैलाई यो सन्देश देऊ। यही याद
दिलाउनुछ– बाबा र वर्सालाई याद गर। यो कुरा त धेरै सहज छ। बेहदका बाबाले स्वर्ग
रच्नुहुन्छ। स्वर्गकै वर्सा दिनुहुन्छ। अहिले तिमी सङ्गमयुगमा छौ। मायाको श्राप र
बाबाको वर्सालाई तिमीले जान्दछौ। जब माया रावणको श्राप मिल्छ, त्यसपछि पवित्रता पनि
समाप्त, सुखशान्ति पनि समाप्त, अनि धन पनि समाप्त हुन्छ। कसरी बिस्तारै बिस्तारै
समाप्त हुन्छ– त्यो पनि बाबाले सम्झाउनुभएको छ। कति जन्म लाग्छ, दुःखधाममा कुनै
विश्राम कहाँ हुन्छ र! सुखधाममा विश्राम नै विश्राम हुन्छ। मानिसहरूलाई भक्तिले कति
थकाउँछ। जन्मजन्मान्तर भक्तिले थकाउँछ। कङ्गाल बनाउँछ। यो पनि अब तिमीलाई बाबाले
सम्झाउनुहुन्छ। नयाँ नयाँ आए भने कति सम्झाइन्छ। कहीँ जादु नहोस् भनेर हरेक कुरामा
मानिसहरूले धेरै सोच्छन्। सम्झन्छन्–अरे, तिमीले भन्छौ– जादुगर। त्यसपछि मैले पनि
भन्छु– जादुगर हुँ। तर जादु कुनै त्यो होइन, जसले भेडाबाख्रा आदि बनाइदिन्छन्।
जनावर त होइनन् नि! यो बुद्धिले बुझिन्छ। गायन पनि छ– सुरमण्डलको साजले...। यस समयमा
मानिसहरू मानौँ भेडाजस्तै छन्। यी कुरा यहाँको लागि हुन्। सत्ययुगमा यसरी गाउँदैनन्,
यस समयमाकै गायन हो। चण्डिकाको कति मेला लाग्छ। सोध– उनी को थिइन्? भन्छन्– देवी।
अब यस्तो नाम त त्यहाँ हुँदैन। सत्ययुगमा त सदैव शुभ नाम हुन्छ। श्री रामचन्द्र,
श्रीकृष्ण... श्री भनिन्छ श्रेष्ठलाई। सत्ययुगी सम्प्रदायलाई श्रेष्ठ भनिन्छ।
कलियुगी विकारी सम्प्रदायलाई श्रेष्ठ कसरी भन्ने! श्री अर्थात् श्रेष्ठ। अहिलेका
मानिसहरू त श्रेष्ठ छैनन्। गायन पनि छ– मनुष्यबाट देवता...। फेरि देवताबाट मनुष्य
बन्छन् किनकि ५ विकारमा जान्छन्। रावण राज्यमा सबै मनुष्य नै मनुष्य छन्। त्यहाँ
हुन्छन् देवताहरू। त्यसलाई देवलोक, यसलाई मनुष्यलोक भनिन्छ। देवलोकलाई दिन भनिन्छ।
मनुष्य लोकलाई रात भनिन्छ। दिन उज्यालोलाई भनिन्छ। रात अज्ञान अन्धकारलाई भनिन्छ।
यो फरक तिमीले जान्दछौ। तिमीले बुझेका छौ– हामीले पहिला केही पनि जान्दैनथ्यौँ।
अहिले सबै कुरा तिम्रो बुद्धिमा छन्। ऋषिमुनिहरूलाई सोध्छन्– रचयिता र रचनाको
आदि-मध्य-अन्त्यलाई जान्नुहुन्छ? त्यसमा उनीहरू पनि नेती नेती भनेर गए। हामीले
जान्दैनौँ। अहिले तिमीले बुझेका छौ– हामी पनि पहिला नास्तिक थियौँ। बेहदका बाबालाई
चिन्दैनथ्यौँ। उहाँ हुनुहुन्छ वास्तवमा अविनाशी बाबा, आत्माहरूका पिता। तिमी
बच्चाहरूलाई थाहा छ– हामी उहाँ बेहदका बाबाका बनेका छौँ, जो कहिल्यै जल्नुहुन्न। यहाँ
त सबै जल्छन्, रावणलाई पनि जलाउँछन्। शरीर हो नि! फेरि पनि आत्मालाई त कहिल्यै कसैले
जलाउन सक्दैन। त्यसैले बच्चाहरूलाई बाबाले यो गुप्त ज्ञान सुनाउनुहुन्छ, जुन ज्ञान
बाबासँग मात्रै छ। यो आत्मामा गुप्त ज्ञान छ। आत्मा पनि गुप्त छ। आत्मा यो मुखद्वारा
बोल्छ, त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देह अभिमानी नबन। आत्म अभिमानी
बन। नत्र मानौँ उल्टो बन्छौ। आफूलाई आत्मा हुँ भन्ने बिर्सिन्छौ। ड्रामाको रहस्यलाई
पनि राम्रोसँग बुझ्नुछ। ड्रामामा जे पहिल्यै निश्चित छ, त्यो हुबहु रिपिट हुन्छ। यो
कसैलाई थाहा छैन। ड्रामा अनुसार सेकेन्ड-बाइ-सेकेन्ड कसरी चलिरहन्छ, यो ज्ञान पनि
बुद्धिमा छ। आकाशको कुनै पनि पार पाउन सक्दैनन्। धरतीको पाउन सक्छन्। आकाश सूक्ष्म
छ, धरती त स्थूल छ। कैयौँ चीजहरूको पार पाउन सक्दैनन्। जबकि भन्छन् पनि– आकाशै आकाश,
पातालै पाताल छ। शास्त्रहरूमा सुनेका छन् नि, त्यसैले माथि पनि गएर हेर्छन्। त्यहाँ
पनि दुनियाँ बसाउने कोसिस गर्छन्। दुनियाँ त धेरै बसाइएको छ नि! भारतखण्डमा केवल
एउटै देवीदेवता धर्म थियो र यसमा विभाजन आदि थिएन, फेरि कति बसाएका छन्। तिमीले
विचार गर। भारतखण्डको पनि कति सानो क्षेत्रमा देवताहरू हुन्छन्। जमुनाको किनार
हुन्छ। दिल्ली परिस्तान थियो, अहिले यसलाई कब्रिस्तान भनिन्छ, जहाँ अकालमा मृत्यु
भइरहन्छ। अमरलोकलाई परिस्तान भनिन्छ। त्यहाँ धेरै स्वाभाविक सुन्दरता हुन्छ।
भारतखण्डलाई वास्तवमा परिस्तान भन्थे। यी लक्ष्मीनारायण परिस्तानका मालिक हुन् नि!
कति शोभायमान छन्। सतोप्रधान छन् नि! स्वाभाविक सुन्दरता थियो। आत्मा पनि
चम्किरहन्छ। बच्चाहरूलाई देखाइएको थियो– कृष्णको जन्म कसरी हुन्छ। सारा कोठामा नै
मानौँ चमत्कार हुन्छ। त्यसैले बाबा बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ। अहिले तिमीले
परिस्तानमा जानको लागि पुरुषार्थ गरिरहेका छौ। नम्बरवार त अवश्य हुनुपर्छ। एकैनासका
सबै हुन सक्दैनन्। विचार गरिन्छ, यति सानो आत्माले कति ठुलो पार्ट खेल्छ। शरीरबाट
आत्मा निस्कयो भने शरीरको के हाल हुन्छ। सारा दुनियाँका कलाकारहरूले त्यही पार्ट
खेल्छन् जुन अनादि बनेको छ। यो सृष्टि पनि अनादि छ। त्यसमा हरेकको पार्ट पनि अनादि
छ। यो सृष्टिरूपी वृक्ष हो, यो कुरा जानेपछि मात्र त्यसलाई तिमीले वन्डरफुल भन्छौ।
बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ। ड्रामामा फेरि पनि जसको लागि जति समय छ,
बुझ्नमा त्यति समय लिन्छन्। बुद्धिमा फरक हुन्छ नि! आत्मा मन-बुद्धिसहित छ नि,
त्यसैले कति फरक हुन्छ। बच्चाहरूलाई थाहा हुन्छ– हामीले छात्रवृत्ति लिनुछ। त्यसबाट
मनभित्र खुसी हुन्छ नि! यहाँ पनि भित्र आउनासाथ लक्ष्य उद्देश्य सामुन्ने देखिन्छ,
त्यसमा अवश्य खुसी हुन्छ नि! अहिले तिमीलाई थाहा छ– यस्ता बन्नको लागि यहाँ पढ्न
आएका छौँ। नत्र कहिल्यै कोही आउन सक्दैन। यो हो लक्ष्य उद्देश्य। यस्तो कुनै स्कुल
कहीँ पनि हुँदैन, जहाँ अर्को जन्मको लक्ष्य उद्देश्यलाई देख्न सकिन्छ। तिमीले
देखिरहेका छौ– यिनीहरू स्वर्गका मालिक हुन्, हामी नै यस्ता बन्ने छौँ। हामी अहिले
सङ्गमयुगमा छौँ। न त्यो राज्यका हौँ, न यो राज्यका। हामी बीचमा छौँ, गइरहेका छौँ।
खिवैया (बाबा) पनि निराकार हुनुहुन्छ। डुङ्गा (आत्मा) पनि निराकार छ। डुङ्गालाई
तानेर परमधाममा लैजानुहुन्छ। निराकार बाबाले निराकार बच्चाहरूलाई लैजानुहुन्छ।
बाबाले नै बच्चाहरूलाई साथमा लैजानुहुन्छ। यो चक्र पूरा हुन्छ, फेरि हुबहु रिपिट
हुन्छ। एक शरीर छोडेर अर्को लिन्छौ। सानो बनेर फेरि ठुलो बन्छौ। जसरी आँपको कोयालाई
जमिनमुनि गाडियो भने त्यसबाट फेरि आँपको बिरुवा उम्रिन्छ। त्यो हो हदको वृक्ष। यो
मनुष्य सृष्टिरूपी वृक्ष हो, यसलाई भेराइटी वृक्ष भनिन्छ। सत्ययुगदेखि लिएर
कलियुगसम्म सबैले पार्ट खेलिरहन्छन्। अविनाशी आत्माले ८४ को चक्रको पार्ट खेल्छ।
लक्ष्मीनारायण हुनुहुन्थ्यो, जो अहिले हुनुहुन्न। चक्कर लगाएर अब फेरि उहाँहरू नै
त्यस्तै बन्नुहुन्छ। भनिन्छ– पहिला उहाँहरू लक्ष्मीनारायण हुनुहुन्थ्यो, फेरि
उहाँहरूको यो हो अन्तिम जन्ममा ब्रह्मा-सरस्वती हुनुहुन्छ। अहिले अवश्य सबै फर्केर
जानुछ। स्वर्गमा त यति मानिस थिएनन्। न इस्लामी, न बौद्धी... कुनै पनि धर्मका
कलाकारहरू थिएनन्, देवीदेवताहरू सिवाय। यो समझ पनि कसैमा छैन। समझदारलाई टाइटल
मिल्नुपर्छ नि! जति जसले पढ्छ, नम्बरवार पुरुषार्थ अनुसार त्यस्तै पद पाउँछ। त्यसैले
तिमी बच्चाहरूलाई यहाँ आउनासाथ यो लक्ष्य उद्देश्य देखेर खुसी हुनुपर्छ। खुसीको त
पारावार छैन। पाठशाला वा स्कुल होस् त यस्तो! छ कति गुप्त, तर जबरजस्त पाठशाला छ।
जति ठुलो पढाइ, त्यति ठुलो कलेज। त्यहाँ सबै सुविधाहरू हुन्छन्। आत्माले पढ्नुछ,
फेरि चाहे सुनको तख्तमा, चाहे काठको तख्तमा चढोस्। बच्चाहरूलाई कति खुसी हुनुपर्छ
किनकि शिव भगवानुवाच हो नि! पहिलो नम्बरमा हुनुहुन्छ यहाँ विश्वका राजकुमार।
बच्चाहरूलाई अब थाहा भएको छ। कल्प कल्प बाबाले नै आएर आफ्नो परिचय दिनुहुन्छ। म
यिनमा प्रवेश गरेर तिमी बच्चाहरूलाई पढाइरहेको छु। देवताहरूमा यो ज्ञान कहाँ हुन्छ
र! ज्ञानबाट देवता बने, फेरि पढाइको आवश्यकता हुँदैन, यो कुरा बुझ्नको लागि धेरै
विशाल बुद्धि चाहिन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) यो पतित दुनियाँको बुद्धिले संन्यास गरेर पुरानो देह र देहका सम्बन्धीहरूलाई
भुलेर आफ्नो बुद्धि बाबा र स्वर्गतिर लगाउनुछ।
२) अविनाशी विश्रामको
अनुभव गर्नको लागि बाबा र वर्साको स्मृतिमा रहनुछ। सबैलाई बाबाको सन्देश दिएर
रिफ्रेस गर्नुछ। रुहानी सेवामा लाज मान्नुछैन।
वरदान:–
सङ्गठनमा एकमत
र एकरस स्थितिद्वारा सफलता प्राप्त गर्ने सच्चा स्नेही भव
सङ्गठनमा एकले भन्यो,
अर्कोले मान्यो– यो हो सच्चा स्नेहको रेस्पोन्ड। यस्ता स्नेही बच्चाहरूको उदाहरण
देखेर अरूले पनि सम्पर्कमा आउनको लागि हिम्मत राख्छन्। सङ्गठन पनि सेवाको माध्यम
बन्छ। जहाँ मायाले देख्छ– यिनीहरूको युनिटी राम्रो छ, घेरा छ, त्यसोभएपछि त्यहाँ
आउने हिम्मत राख्दैन। एकमत र एकरस स्थितिको संस्कारले नै सत्ययुगमा एक राज्यको
स्थापना गर्छ।
स्लोगन:–
कर्म र योगको
ब्यालेन्स राख्नेहरू नै सफल योगी हुन्।
सङ्गमयुगी सबै तीव्र
पुरुषार्थी भाइबहिनीहरूलाई नयाँ युगका साथै नयाँ वर्षको धेरै धेरै शुभ बधाई। नयाँ
वर्षको यो पहिलो जनवरी महिना प्यारा साकार बाबाको स्मृति महिना हो, हामी सबै बाबाका
बच्चाहरूले अव्यक्त वतनको सूक्ष्म लीलाहरूको अनुभव गर्न तथा स्वयंलाई
ब्रह्माबाबासमान सम्पन्न वा सम्पूर्ण बनाउनको लागि पूरै महिना आफ्नो बन्धनमुक्त,
जीवनमुक्त स्थिति बनाउनको लागि मन र मुखको मौन राखौँ। बुद्धिबलले अव्यक्त वतनको सैर
गरौँ, यही लक्ष्यले यस महिनाको अव्यक्त इसारा पठाइरहेका छौँ।
अव्यक्त इसारा :– यस
अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
बापदादा चाहनुहुन्छ–
मेरो एक एक बच्चा मुक्ति-जीवनमुक्तिको वर्साको अधिकारी बनोस्। अहिलेको अभ्यासको
प्रतिफल सत्ययुगमा स्वाभाविक जीवन हुन्छ तर वर्साको अधिकार अहिले सङ्गममा छ, त्यसैले
यदि कुनै पनि बन्धनले तान्छ भने कारण सोच र त्यसको निवारण गर।