01.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिम्रो
बुद्धिमा अहिले सारा ज्ञानको सार छ , त्यसैले तिमीलाई चित्रहरूको पनि आवश्यक छैन ,
तिमीले बाबालाई याद गर र अरूलाई याद गराऊ।”
प्रश्न:–
अन्तिम समयमा
तिमी बच्चाहरूको बुद्धिमा कुन ज्ञान रहनेछ?
उत्तर:–
त्यस समयमा
बुद्धिमा यही रहनेछ– अहिले हामी घर फर्किन्छौँ। फेरि त्यहाँबाट चक्रमा आउनेछौँ।
बिस्तारै बिस्तारै सिँढीबाट ओर्लनेछौँ, फेरि बाबा आउनुहुनेछ चढ्तीकलामा लैजान। अहिले
तिमीलाई थाहा छ– पहिला हामी सूर्यवंशी थियौँ फेरि चन्द्रवंशी बन्यौँ... यसमा
चित्रहरूको आवश्यक छैन।
ओम् शान्ति ।
प्यारा
बच्चाहरू! आत्म अभिमानी भएर बसेका छौ? ८४ को चक्र तिम्रो बुद्धिमा छ अर्थात् आफ्नो
भेराइटी जन्मको ज्ञान छ। विराट रूपको पनि चित्र छ नि। यसको ज्ञान पनि बच्चाहरूमा छ–
कसरी हामीले ८४ जन्म लिन्छौँ। मूलवतनबाट पहिला सुरुमा देवी-देवता धर्ममा आउँछौँ। यो
ज्ञान बुद्धिमा छ, यसमा चित्रको कुनै आवश्यक छैन। हामीले कुनै चित्र आदि याद
गर्नुछैन। अन्त्यमा केवल यो याद रहनेछ– हामी आत्मा हौँ, मूलवतनवासी हौँ, यहाँ हाम्रो
पार्ट छ। यो भुल्नुहुँदैन। यो मनुष्य सृष्टिको चक्रकै कुरा हो र धेरै सिम्पल छ। यसमा
चित्रहरूको बिल्कुलै आवश्यक छैन किनकि यी चित्र आदि सबै भक्तिमार्गका चिज हुन्।
ज्ञानमार्गमा त पढाइ हुन्छ। पढाइमा चित्रहरूको आवश्यक हुँदैन। यी चित्रहरूलाई केवल
सुधार गरिएको छ। जस्तै उनीहरूले भन्छन्– गीताका भगवान श्रीकृष्ण हुन्, हामीले भन्छौँ–
गीताका भगवान शिव हुनुहुन्छ। यो पनि बुद्धिले बुझ्नुपर्ने कुरा हो। बुद्धिमा यो
ज्ञान हुन्छ– हामीले ८४ को चक्कर लगाएका छौँ। अब हामी पवित्र बन्नुछ। पवित्र बनेर
फेरि नयाँ सिराबाट चक्कर लगाउनेछौँ। यो सार हो जुन बुद्धिमा राख्नुछ। जसरी बाबाको
बुद्धिमा विश्वको इतिहास-भूगोल वा ८४ जन्मको चक्र कसरी घुम्छ भन्ने कुरा छ, त्यसरी
नै तिम्रो बुद्धिमा छ– पहिला हामी सूर्यवंशी फेरि चन्द्रवंशी बन्छौँ। चित्रहरूको
आवश्यक छैन। केवल मानिसहरूलाई सम्झाउनको लागि यी चित्र बनाइएका हुन्। ज्ञानमार्गमा
त बाबा केवल भन्नुहुन्छ– मनमनाभव। जस्तै यो चतुर्भुजको चित्र छ, रावणको चित्र छ, यी
सबै सम्झाउनको लागि देखाउनुपर्छ। तिम्रो बुद्धिमा त यथार्थ ज्ञान छ। तिमीले चित्र
बिना पनि सम्झाउन सक्छौ। तिम्रो बुद्धिमा ८४ को चक्र छ। चित्रहरूद्वारा केवल सहज
बनाएर सम्झाइन्छ, यिनीहरूको आवश्यक छैन। बुद्धिमा छ– पहिला हामी सूर्यवंशी घरानाका
थियौँ फेरि चन्द्रवंशी घरानाका बन्यौँ। त्यहाँ धेरै सुख हुन्छ, जसलाई स्वर्ग भनिन्छ,
यो कुरा चित्रहरूमा सम्झाइन्छ। अन्त्यमा बुद्धिमा यो ज्ञान रहनेछ। अहिले हामी जान्छौँ,
फेरि अर्को चक्कर लगाउनेछौँ। सिँढीमा सम्झाइन्छ, जसबाट मानिसहरूलाई सहज हुन्छ।
तिम्रो बुद्धिमा यो सारा ज्ञान पनि छ– कसरी हामी सिँढी ओर्लन्छौँ। फेरि बाबाले
चढ्तीकलामा लैजानुहुन्छ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई यी चित्रहरूको सार सम्झाउँछु।
जस्तै गोला छ भने त्यसमा सम्झाउन सकिन्छ– यो ५ हजार वर्षको चक्र हो। यदि लाखौँ वर्ष
हुन्थ्यो भने सङ्ख्या कति बढ्थ्यो। देखाउँछन् क्रिश्चियन २ हजार वर्ष भयो। यसमा कति
मानिस हुन्छन्। ५ हजार वर्षमा कति मानिस हुन्छन्। यो सारा हिसाब तिमीले बताउँछौ।
सत्ययुगमा पवित्र भएका कारण थोरै मानिस हुन्छन्। अहिले त कति धेरै छन्। लाखौँ वर्षको
आयु हुन्थ्यो भने सङ्ख्या पनि अनगिन्ती हुन्थ्यो। क्रिश्चियनको तुलनामा जनसङ्ख्याको
हिसाब त निकाल्छन् नि। हिन्दुहरूको जनसङ्ख्या कम देखाउँछन्। क्रिश्चियन धेरै बनेका
छन्। जो राम्रा समझदार बच्चाहरू छन्, उनीहरूले चित्र बिना पनि सम्झाउन सक्छन्।
विचार गर, यस समयमा कति धेरै मानिस छन्। नयाँ दुनियाँमा कति थोरै मानिस हुनेछन्।
अहिले त पुरानो दुनियाँ हो, जसमा यति धेरै मानिस छन्। फेरि नयाँ दुनियाँ कसरी
स्थापना हुन्छ, कसले स्थापना गर्नुहुन्छ, यो कुरा बाबाले नै सम्झाउनुहुन्छ। उहाँ नै
ज्ञानको सागर हुनुहुन्छ। तिमी बच्चाहरूले केवल यो ८४ को चक्र मात्रै बुद्धिमा
राख्नुछ। अहिले हामी नर्कबाट स्वर्गमा जान्छौँ, त्यसबाट भित्र खुसी हुन्छ नि।
सत्ययुगमा दु:खको कुनै कुरा हुँदैन। यस्तो कुनै अप्राप्त वस्तु हुँदैन जसको
प्राप्तिको लागि पुरुषार्थ गर्नु पर्छ। यहाँ पुरुषार्थ गर्नुपर्छ। यो मेसिन चाहियो,
यो चाहियो... त्यहाँ त सबै सुख उपलब्ध हुन्छन्। जस्तै कुनै महाराजा छन् भने
उनीहरूसँग सबै सुख उपलब्ध हुन्छन्। गरिबसँग त सबै सुख उपलब्ध हुँदैनन्। तर यो त
कलियुग हो, त्यसैले बिमारी आदि सबै कुरा छन्। अहिले तिमीले पुरुषार्थ गर्छौ नयाँ
दुनियाँमा जानको लागि। स्वर्ग-नर्क यहीँ हुन्छ।
यो सूक्ष्मवतनको जुन
रमाइलो छ, यो पनि टाइम पास गर्नको लागि हो। कर्मातित अवस्था नभएसम्म टाइम पास गर्नको
लागि यो खेल हो। कर्मातित अवस्था आउँछ, पुग्यो। तिमीलाई यही याद रहनेछ– हामी आत्माले
अब ८४ जन्म पूरा गर्यौँ, अब हामी घर जान्छौँ। फेरि आएर सतोप्रधान दुनियाँमा
सतोप्रधान पार्ट खेल्नेछौँ। यो ज्ञान बुद्धिमा लिएका छौ, यसमा चित्र आदिको आवश्यक
छैन। जस्तै ब्यारिस्टरले कति पढ्छन्, ब्यारिस्टर बने, बस् जुन पाठ पढे त्यो खतम।
रिजल्ट निस्कियो प्रारब्धको। तिमीले पनि पढेर फेरि गएर राज्य भाग्य गर्नेछौ। त्यहाँ
ज्ञानको आवश्यकता हुँदैन। यी चित्रहरूमा पनि सही वा गलत के हो, यो अहिले तिम्रो
बुद्धिमा छ। बाबा बसेर सम्झाउनुहुन्छ, लक्ष्मी-नारायण को हुन्? यी विष्णु के हुन्?
विष्णुको चित्रमा मानिसहरू अल्मलिन्छन्। नबुझिकन गरेको पूजा पनि व्यर्थ जस्तै हुन्छ,
केही पनि बुझ्दैनन्। जस्तै विष्णुलाई चिन्दैनन्, लक्ष्मी-नारायणलाई पनि चिन्दैनन्।
ब्रह्मा-विष्णु-शङ्करलाई पनि चिन्दैनन्। ब्रह्मा त यहाँ छन्, यिनी पवित्र बनेर शरीर
छोडेर जानेछन्। यिनलाई यो पुरानो दुनियाँसँग वैराग्य छ। यहाँको कर्मबन्धन दु:खदायक
छ। अब बाबा भन्नुहुन्छ– आफ्नो घर जाऊँ। त्यहाँ दु:खको नामनिसान हुनेछैन। पहिला तिमी
आफ्नो घरमा थियौ फेरि राजधानीमा आयौ, अब बाबा फेरि आउनुभएको छ पावन बनाउन। यस समयमा
मानिसहरूको खानपान आदि कति अशुद्ध छ। के के चिज खाइरहन्छन्। त्यहाँ देवताहरूले यस्ता
अशुद्ध चिज कहाँ खान्छन् र। हेर भक्तिमार्ग कस्तो छ, मानिसको पनि बलि चढ्छ। बाबा
भन्नुहुन्छ–ड्रामा यस्तो पनि बनेको छ। पुरानो दुनियाँबाट फेरि नयाँ अवश्य बन्नुछ।
अहिले तिमीलाई थाहा छ– हामी सतोप्रधान बनिरहेका छौँ। यो त बुद्धिले जान्दछ नि, यसमा
त चित्र नभए अझ राम्रो। नत्र मानिसहरूले धेरै प्रश्न सोध्छन्। बाबाले ८४ जन्मको
चक्रको विषयमा सम्झाउनुभएको छ। हामी यसरी सूर्यवंशी, चन्द्रवंशी, वैश्यवंशी बन्छौँ,
यति जन्म लिन्छौँ। यो कुरा बुद्धिमा राख्नुपर्ने हुन्छ। तिमी बच्चाहरूले
सूक्ष्मवतनको रहस्य पनि बुझेका छौ, ध्यानमा सूक्ष्मवतनमा जान्छौ, तर यसमा न योग छ,
न ज्ञान छ। यो केवल एक प्रचलन हो। सम्झाइन्छ, कसरी आत्मालाई बोलाइन्छ, फेरि जब आत्मा
आउँछ तब रुन्छन्, पश्चात्ताप हुन्छ, हामीले बाबाको भनाइ मानेनौँ। यी सबै कुरा
बच्चाहरूलाई सम्झाउनको लागि हो जसबाट पुरुषार्थमा लागिरहुन्, गल्ती नगरुन्।
बच्चाहरूले सदा यो अटेन्सन राखनुछ– हामीले आफ्नो टाइम सफल गर्नुछ, व्यर्थ
गुमाउनुछैन, अनि मात्र मायाले गल्ती गराउन सक्दैन। बाबाले पनि सम्झाइरहनुहुन्छ–
प्यारा बच्चाहरू! समय व्यर्थ नगुमाऊ। धेरैलाई मार्ग बताउने पुरुषार्थ गर। महादानी
बन। बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्। जति पनि आउँछन् उनीहरूलाई यो
सम्झाऊ र ८४ को चक्रको विषयमा बताऊ। विश्वको इतिहास-भूगोल कसरी रिपिट हुन्छ,
संक्षेपमा सारा चक्र बुद्धिमा रहनुपर्छ।
तिमी बच्चाहरूलाई खुसी
हुनुपर्छ– अब हामी यो फोहोरी दुनियाँबाट छुट्छौँ। मानिसहरूले सम्झन्छन्–
स्वर्ग-नर्क यहीँ छ। जोसँग धेरै धन छ, उनीहरूले सम्झन्छन्– हामी स्वर्गमा छौँ।
राम्रो कर्म गरेका छौँ त्यसैले सुख मिलेको छ। अहिले तिमीले धेरै राम्रो कर्म गर्छौ
जसबाट तिमीले २१ जन्मको लागि सुख पाउँछौ। उनीहरूले त एक जन्मको लागि सम्झन्छन्– हामी
स्वर्गमा छौँ। बाबा भन्नुहुन्छ– त्यो अल्पकालको सुख हो, तिम्रो सुख २१ जन्मको हो।
जसको लागि बाबा भन्नुहुन्छ– सबैलाई मार्ग बताउँदै जाऊ। बाबाको यादबाट नै निरोगी
बन्छौ र स्वर्गको मालिक बन्नेछौ। स्वर्गमा हुन्छ राज्य भाग्य । त्यसलाई पनि याद गर।
राज्य भाग्य थियो, अहिले छैन। भारतवर्षकै कुरा हो। बाँकी त हुन् उपकथाहरू (बाइप्लटहरू)।
अन्त्यमा सबै जानेछन् फेरि हामी आउनेछौँ नयाँ दुनियाँमा। अब यो सम्झाउन चित्रहरूको
आवश्यक कहाँ छ र। यो केवल बुझाउनको लागि मूलवतन, सूक्ष्मवतन देखाइन्छ। सम्झाइन्छ,
बाँकी यी त भक्ति मार्गकाले चित्र आदि बनाएका हुन्। त्यसैले हामीले पनि फेरि
सुधारेर बनाउनुपर्छ। नत्र भन्छन्– तिमी त नास्तिक हौ, त्यसैले सुधार गरेर बनाइएको
छ। ब्रह्माद्वारा स्थापना, शङ्करद्वारा विनाश... वास्तवमा यो पनि ड्रामामा निश्चित
छ। कसैले कहाँ के गर्छ र । वैज्ञानिकले पनि आफ्नो बुद्धिले यी सबै बनाउँछन्। हुन त
कसैले जतिसुकै बम नबनाऊ भनोस् तर जससँग धेरै छन्, उनीहरूले समुद्रमा हाले भने मात्र
फेरि अर्को कसैले बनाउँदैन। उनीहरूले राखेका छन् भने अवश्य अरूले पनि बनाउनेछन्।
अहिले तिमी बच्चाहरूलाई थाहा छ– सृष्टिको विनाश त अवश्य हुनु नै छ। लडाइँ पनि अवश्य
लाग्नुछ। विनाश हुन्छ, फेरि तिमीले आफ्नो राज्य लिन्छौ। अब बाबा भन्नुहुन्छ– प्यारा
बच्चाहरू! सबैको कल्याणकारी बन।
बच्चाहरूलाई आफ्नो
उच्च तकदिर बनाउनको लागि बाबाले श्रीमत दिनुहुन्छ– प्यारा बच्चाहरू! आफ्नो सबै कुरा
धनी (बाबा) को नाममा सफल गर। कसैको दबिएर रहनेछ धुलोमा, कसैको राजाले खानेछन्...।
धनी स्वयं भन्नुहुन्छ– प्यारा बच्चाहरू, यसमा खर्च गर, यो रुहानी हस्पिटल,
युनिभर्सिटी खोल त्यसबाट धेरैको कल्याण हुनेछ। धनीको नाममा तिमीले खर्च गर्छौ जसको
रिटर्नमा फेरि २१ जन्मको लागि तिमीलाई मिल्छ। यो दुनियाँ नै खतम हुनुछ, त्यसैले
धनीको नाममा जति हुन सक्छ सफल गर। धनी शिवबाबा हुनुहुन्छ नि। भक्तिमार्गमा पनि धनीको
नाममा गर्थे। अहिले त डाइरेक्ट छ। धनीको नाममा ठुला ठुला युनिभर्सिटी खोल्दै जाऊ
त्यसबाट धेरैको कल्याण हुनेछ। २१ जन्मको लागि राज्य-भाग्य पाउनेछौ। नत्र यो धनदौलत
आदि सबै खतम हुनेछ। भक्तिमार्गमा खतम हुँदैन। अहिले त खतम हुनुछ। तिमीले खर्च गर,
फेरि तिमीलाई नै रिटर्न मिल्नेछ। धनीको नाममा सबैको कल्याण गर त्यसबाट २१ जन्मको
लागि वर्सा मिल्नेछ। कति राम्रोसँग सम्झाउनुहुन्छ, फेरि जसको तकदिरमा छ उनीहरूले
खर्च गरिरहन्छन्। आफ्नो घरबार पनि सम्हाल्नुछ। यिनको (ब्रह्माबाबाको) पार्ट नै यस्तो
थियो। एकदम जोडले नशा चढ्यो। बाबाले बादसाही दिनुहुन्छ फेरि गदाई के गर्ने। तिमीहरू
सबै बादसाही लिनको लागि बसेका छौ भने फलो गर न। थाहा छ– यिनले कसरी सबै छोडिदिए। नशा
चढ्यो, ओहो! राज्य भाग्य मिल्छ, अल्फलाई अल्लाह मिल्यो भने बे (साझेदार) लाई पनि
राज्य भाग्य दिइयो। राज्य भाग्य थियो, कम थिएन। राम्रो फर्टाइल (समृद्ध) धन्दा थियो।
अब तिमीलाई यो राज्य भाग्य मिलिरहेको छ, त्यसैले धेरैको कल्याण गर। पहिला भट्टी
बन्यो फेरि कोही पाकेर तयार भए, कोही काँचै रहे। गभर्मेन्टले नोट बनाउँछ फेरि ठीक
बनेन भने गभर्मेन्टले जलाइदिनुपर्छ। पहिला त चाँदीका रुपियाँ चल्थे। सुन र चाँदी
धेरै थियो। अहिले त के भइरहेको छ। कसैको राजाले खाइदिन्छन्, कसैको डाँकुले
खाइदिन्छन्, डाँका पनि हेर कति लाग्छन्। अनिकाल पनि पर्नेछ। यो हो नै रावण राज्य।
रामराज्य सत्ययुगलाई भनिन्छ। बाबा भन्नुहुन्छ– तिमीलाई यति उच्च बनाएँ फेरि कङ्गाल
कसरी बन्यौ! अहिले तिमी बच्चाहरूलाई यति ज्ञान मिलेको छ त्यसैले खुसी हुनुपर्छ।
दिनप्रतिदिन खुसी बढ्दै जानेछ। जति यात्राको नजिक हुनेछौ त्यति खुसी हुनेछ। तिमीलाई
थाहा छ– शान्तिधाम-सुखधाम सामुन्ने खडा छ। वैकुण्ठका वृक्ष देखिइरहेका छन्। बस्, अब
आइपुगी नै हाल्यौँ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आफ्नो टाइम सफल गर्न अटेन्सन राख्नुछ। मायाले गल्ती गराउन नसकोस्– यसको लागि
महादानी बनेर धेरैलाई मार्ग बताउनमा व्यस्त रहनुछ।
२) आफ्नो तकदिर उच्च
बनाउनको लागि धनीको नाममा सबै कुरा सफल गर्नुछ। रुहानी युनिभर्सिटी खोल्नुछ।
वरदान:–
उच्चभन्दा
उच्च बाबालाई प्रत्यक्ष गर्ने शुभ र श्रेष्ठ कर्मधारी भव
जसरी दाहिने हातबाट
सदा शुभ र श्रेष्ठ कर्म गरिन्छ, त्यसरी नै तिमी दाहिने हात बच्चाहरू सदैव शुभ वा
श्रेष्ठ कर्मधारी बन, तिम्रो हरेक कर्म उच्चभन्दा उच्च बाबालाई प्रत्यक्ष गर्नेवाला
होस्। किनकि कर्मले नै सङ्कल्प वा बोलीलाई प्रत्यक्ष प्रमाणको रूपमा स्पष्ट गर्दछ।
कर्मलाई सबैले देख्न सक्छन्, कर्मद्वारा अनुभव गर्न सक्छन्, त्यसैले चाहे रुहानी
दृष्टिद्वारा, चाहे आफ्नो खुसीको, रुहानियतको चेहराद्वारा बाबालाई प्रत्यक्ष गर– यो
पनि कर्म नै हो।
स्लोगन:–
रुहानियतको
अर्थ हो– नयनमा पवित्रताको झलक र मुखमा पवित्रताको मुस्कान होस्।