01.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सारा विश्वलाई शान्ति दिनु एक बाबाको नै काम हो त्यसैले भन्छन् हे शान्तिद ाता , यसकारण पुरस्कार पनि बाबालाई मिल्नुपर्छ।”

प्रश्न:–
कुन बच्चाहरूले बाबालाई पूरा पूरा अनुसरण गर्न सक्छन्?

उत्तर:–
जो बाबासमान पावन बन्छन्, उनीहरूले नै पूरा पूरा अनुसरण गर्न सक्छन्। २– जो पक्का आसिक बन्छन् उनीहरूले नै म मासुकलाई अनुसरण गर्न सक्छन्। यस्ता आसिकहरूलाई नै मैले सँगै लैजान्छु त्यसैले शास्त्रहरूमा देखाउँछन्– गाईको पुच्छर समातेमा पार भइन्छ। अब यहाँ गाईको वा पुच्छरको त कुरै छैन।

गीत:–
तू प्यार का सागर है...

ओम् शान्ति ।
बापदादा दुवै हुनुहुन्छ नि! अब यो त बच्चाहरूलाई थाहा छ, आत्माहरूको बाबा शिवबाबा हुनुहुन्छ। यो पनि तिमीलाई थाहा छ, म पतितपावन हुँ, म निराकार हुँ। तिमी पनि निराकार हौ, शान्तस्वरूप हौ। निराकार बाबा पनि शान्तस्वरूप हुनुहुन्छ, आत्मा पनि शान्तस्वरूप हो। आत्माको स्वधर्म नै शान्ति हो। तिम्रो निवासस्थान हो– शान्तिधाम। यज्ञ आदि रच्दा भन्छन् शान्तिदेवा (शान्तिदाता) किनकि शान्तिको सागर त उहाँ परमात्मा हुनुहुन्छ। सारा विश्वलाई शान्ति दिने उहाँ बाबा हुनुहुन्छ। यस्ता धेरै छन् जसलाई शान्तिको क्षेत्रमा काम गरेकोमा पुरस्कार मिल्छ। कहिल्यै कसैलाई पुरस्कार मिल्यो भने भन्छन् यिनी शान्ति स्थापन गर्न निमित्त बनेका छन्, यसमा प्रतिष्ठित मानिसहरूको नाम लिन्छन्। तर शान्ति त हुनुपर्छ– सारा विश्वमा। नत्र अशान्तिमा रहनेहरूले अरूलाई पनि अशान्त पार्छन्। यो हो नै रावण राज्य। रावण दुस्मन हो नि, रामलाई दुस्मन भनिँदैन। रामको कहिल्यै पुत्ला जलाउँदैनन्। न त्रेताका रामको, न परमपिता परमात्माको। रामराज्य त सबैले चाहन्छन् तर रामराज्य केलाई भनिन्छ, यो पनि कसैलाई थाहा छैन। केवल भन्छन् नयाँ दुनियाँ होस्, नयाँ दिल्लीमा रामराज्य होस्। नयाँ दिल्ली भन्छन्, नाम त धेरै राखिन्छन्। दिल्ली सबैको राजधानी हुन्छ। दिल्ली नै परिस्तान थियो। राधाकृष्णलाई पनि त्यहीँ देखाउँछन्। यी राधाकृष्ण दुवै नै मुख्य राजकुमार र राजकुमारी हुन्। केवल दुई जना होइनन् अवश्य अरू पनि होलान्। ८ राजगद्दी त गायन गरिन्छ, बुद्धिले काम लिनुछ। सत्ययुगमा अवश्य राजगद्दी अरू पनि हुन्छन्। यहाँ पनि हेर कति राजगद्दीहरू छन्, वृद्धि हुँदाहुँदै धेरै हुन्छन्। फलानो फलानो गाउँको महाराजा, साना साना गाउँ पनि धेरै छन् नि! सत्ययुगमा यति कहाँ थिए र! त्यहाँ त लक्ष्मीनारायणको नै नाम प्रसिद्ध छ। २५०० वर्ष उनीहरूको राज्य चलेको हो। मानिसहरूले भन्छन् लाखौँ वर्ष भयो, यो विचार गर्ने कुरा हो। यो हो आत्माहरूको लागि भोजन। बाबाले यो रुहानी भोजन दिनुहुन्छ– तिम्रो बुद्धिलाई, आत्मालाई।

अहिले तिम्रो बुद्धिको ताल्चा खुलेको छ। ऋषिमुनि आदि सबैले भन्थे– हामीले रचयिता र रचनालाई जान्दैनौँ। अब तिमी बच्चाहरूले यस्तो भन्दैनौ। तिमीले त रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जानेका छौ। तिमीले आफ्नो ८४ को चक्रको विषयमा पनि जानेका छौ। आरम्भमा तिमी देवीदेवता थियौ। फेरि मध्यमा रावण प्रवेश भएपछि विकारी बनेका छौ। अब हुन्छ अन्त्य। तिमीलाई थाहा छ अहिले पुरानो दुनियाँको विनाश हुन्छ फेरि आरम्भ हुन्छ। आरम्भमा हुन्छ– रामराज्य। मध्यदेखि रावण राज्य सुरु हुन्छ। अब रावण राज्य पूरा हुन्छ फेरि रामराज्य सुरु हुन्छ। नरबाट नारायण बन्नुछ नि। यो हो सत्य नारायणको कथा। तिमीलाई थाहा छ– सर्व शास्त्रमयी शिरोमणि श्रीमत गीता हो। श्रीमत मिल्छ– श्रेष्ठ बन्नको लागि। श्री भनिन्छ श्रेष्ठलाई। तिमी बच्चाहरूलाई थाहा छ एक गीता शास्त्र हो जसलाई देवीदेवता धर्मको शास्त्र भनिन्छ, जसबाट सङ्गममा देवता धर्मको स्थापना हुन्छ। सत्ययुगमा त कोही पतित हुँदैनन् जसलाई पावन बनाउनुपर्छ। अब तिमीलाई बाबाले सम्झाउनुहुन्छ गीतालाई पतितपावनी भन्न सकिँदैन। गीताद्वारा पावन बन्न सक्दैनन्। गीताको भगवानलाई पतितपावन भनिन्छ। यो कुरा राम्रोसँग याद गर। गीता हो आदि सनातन देवीदेवता धर्मको शास्त्र। गीताको समयमा नै महाभारी महाभारत लडाइँ पनि भएको थियो, जसबाट अनेक धर्म विनाश भए र एक धर्मको स्थापना भएको हो। गीतालाई भन्छन्– देवीदेवता धर्मको शास्त्र। ब्राह्मणहरूको शास्त्र भन्दैनन्। ब्राह्मणहरूको नाम गीतामा छैन। परमपिता परमात्माले नै आएर ब्रह्माद्वारा यी सबै वेद शास्त्रहरू आदिको सार बताउनुहुन्छ। अब तिमीले बुझेका छौ सत्ययुगमा त ब्राह्मण हुँदैनन्। त्यहाँ हुन्छन् लक्ष्मीनारायण, देवताहरू, ब्रह्मापछि हुन्छन् विष्णु। चित्रहरूमा पनि देखाइएको छ– ब्रह्माद्वारा विष्णुपुरीको स्थापना। ब्रह्मा र विष्णु सँगसँगै त हुँदैनन्। ब्रह्माद्वारा देवीदेवता धर्मको स्थापना हुन्छ। यी विस्तारमा बुझ्ने कुराहरू हुन्। अहिले तिमी बच्चाहरूले शिवबाबाबाट स्वर्गको वर्सा लिन्छौ। तिमी त हकदार ठहरियौ नि! मुख्य धर्मशास्त्र हुन् ४, श्रीमत भगवद् गीता हो नम्बरवन शास्त्र जसबाट नम्बरवन धर्मको स्थापना हुन्छ। फेरि हुन्छन् इस्लामी, बौद्धी। एक गीता नै हो– जसमा श्रीमत भगवद् गीता लेखिएको छ अरू कुनै शास्त्रमा श्रीमत छैन। श्रीमत इस्लामी वा श्रीमत बौद्धी शास्त्र गायन गरिँदैन। श्रीमत भगवद् गीता हो नै एक। त्यसबाट कुन धर्म स्थापन भयो? आदि सनातन देवीदेवता धर्मको स्थापना भयो र यो स्थापना हुन्छ अन्त्यमा। यी बुझ्ने कुराहरू हुन्।

अहिले बाबाले हामीलाई टिचरको रूपमा पढाउनुहुन्छ– यो बुद्धिमा रहनुपर्छ। बाबा हाम्रो पिता हुनुहुन्छ र टिचर पनि हुनुहुन्छ। बाबाले पढाइबाट सबैको सद्गति गर्नुहुन्छ त्यसैले सद्गुरु पनि ठहरिनुभयो। बाबालाई सबैले याद गर्छन्। तर गीतामा श्रीकृष्णको नाम राखिदिएका छन्। उनी त ज्ञानको सागर होइनन्। उनलाई ज्ञानको सागर बाबाले यस्तो बनाउनुभएको हो त्यसैले उहाँ बाबा टिचर पनि हुनुहुन्छ। यहाँ तिमीले नयाँ कुराहरू सुन्छौ, शास्त्र आदि त धेरै पढ्दै सुन्दै आयौ। अब तिमीले बाबाबाट डाइरेक्ट सुन्छौ। पहिला सबै शरीरधारी मानिसहरूद्वारा सुनेका थियौ। अहिले तिमीले बुझेका छौ– हामी आत्मा वास्तवमा अशरीरी थियौँ। पछि फेरि शरीर धारण गरेका छौँ। बाबा पनि अशरीरी हुनुहुन्छ। शिवलिङ्ग बनाउँछन् नि! आत्माले शरीरद्वारा उहाँलाई पुजा गर्छ। पुकार्छन् पनि– हे परमपिता परमात्मा आएर हामी पतितहरूलाई पावन बनाउनुहोस्! लिङ्गको पूजा गर्छन् तर यो कहाँ जान्दछन् र, उहाँ पतितपावन बाबा हुनुहुन्छ, जसलाई हामीले पुकार्छौँ। शिव भगवान हुनुहुन्छ, ईश्वर हुनुहुन्छ। बस् यत्तिकै याद गर्छन्। उहाँलाई बाबा भन्यो भने बुद्धिमा आउँछ, बाबाबाट वर्सा मिल्नुपर्छ। हामीलाई वर्सा मिलेको छ त्यसैले हामीले पुजा गर्छौँ। तिमीहरूलाई वर्सा अवश्य मिलेको छ। कहिले मिल्यो, यो भुलेका छौ। अब तिमी बच्चाहरूले बुझेका छौ, तिमी बच्चाहरूले भन्छौ हामी बाबाकहाँ आएका छौँ। शिवबाबा ब्रह्माको तनमा आएर सम्झाउनुहुन्छ। त्रिमूर्तिको नाम प्रसिद्ध छ। त्रिमूर्ति मार्ग नाम पनि राखिएको छ। बाबाको महिमा धेरै छ। गीतमा पनि सुन्यौ बाबा प्यारको सागर हुनुहुन्छ..., सबैको सद्गतिदाता हुनुहुन्छ। सबैको सुख शान्तिदाता हुनुहुन्छ। सबैको दुःखहर्ता, सुखकर्ता हुनुहुन्छ। धेरै प्यारा हुनुहुन्छ नि! उहाँभन्दा प्यारो चिज अरू कुनै हुँदैन। जुन बाबाले स्वर्गको मालिक बनाउनुहुन्छ, उहाँ अवश्य प्यारा हुनुहुन्छ नि! उहाँ हुनुहुन्छ बेहदका बाबा। उहाँ बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू मबाट स्वर्गको बादसाही मिल्छ नि! तिमी आत्माहरू भाइ भाइ हौ। अहिले बाबाद्वारा यो ज्ञान सुनिरहेका छौ। सबै आत्माहरूले बाबालाई याद गर्छन्, बाबा हामीलाई आएर पावन बनाउनुहोस्! अब आत्माले भन्छ बाबा आउनुभएको छ पावन बनाउन। उहाँ बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! ५ हजार वर्ष पहिला तिमीलाई पावन बनाउन आएको थिएँ। अब म बाबालाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन् र तिम्रा सबै दुःख हट्छन्। पुकार्छन् पनि हे पतितपावन आउनुहोस्! अथवा ताली बजाइरहन्छन्, दु:खले पुकारिरहन्छन् पतितपावन सीताराम... त्यसो हो भने आफै पतित ठहरिए नि! यो हो नै नर्क, यसलाई रौरव नर्क भनिन्छ। गरुडपुराणमा त रोचक कुराहरू धेरै लेखिदिएका छन्, यो गर्नाले यस्तो बनिन्छ, यो हुन्छ... फेरि भनिदिन्छन्– गाईको पुच्छर समातेमा स्वर्गमा जान्छन्। यस्तो केही लेखिएको छ। अब जनावरको त कुरा होइन। तिमीहरू गाई माता हौ नि! तिम्रो पुच्छर अथवा तिम्रो कम्मर कसैले नसमातेसम्म बाटो मिल्न सक्दैन। पुच्छर त छैन। भन्छन् पनि तिम्रो पुच्छर समातेर तर्छन्। अब यहाँ पुच्छर त समात्नुछैन, तर फलो गर्नुछ। संन्यासीहरूका फलोअरहरू त धेरै हुन्छन् तर फलो गर्नु अर्थात् पवित्र बन्नु। तिमीहरू त सच्चा सच्चा फलोअर हौ। शिवबाबा भन्नुहुन्छ– म आएको छु तिमी सबैलाई फर्काएर लैजान। तिमीले मलाई याद गरेमा तिम्रा पाप भस्म हुन्छन्। पावन नबनीकन फलो गर्न सक्दैनौ। शिवबाबालाई पूरा फलो गर्नुछ। तिमी यहाँ बसेका छौ– फलो गर्नको लागि। भक्तिमार्गमा पनि मलाई याद गर्दै आएका छौ। तिमीलाई थाहा छ आत्माहरू आसिक हुन्– परमात्मा मासुक हुनुहुन्छ। आत्माहरूले उहाँलाई याद गर्छन् र उहाँ आउनुभएको छ लिनको लागि। उहाँ बाबा भन्नुहुन्छ– मलाई फलो गरेमा तिमीलाई मसँगै लैजान्छु। कसरी फलो गर्ने त्यो पनि सम्झाउनुहुन्छ– म हुँ पावन, तिमी हौ पतित। त्यसैले अवश्य पावन बन्नुपर्छ, अवश्य फलो गर्नुपर्छ। विकारीले त फलो गर्न सक्दैनन्। फलो गर्नको लागि मसमान पवित्र बन। के मैले पतितहरूलाई आफूसँगै शान्तिधाम लैजान्छु र! यति सबै मानिसले भक्ति, तप, दानपुण्य आदि गर्छन्– मुक्ति पाउनको लागि किनकि यहाँ दुःख छ र चाहन्छन्– हामी आफ्नो घर फर्केर जाऊँ। बाबा भन्नुहुन्छ– पवित्र अवश्य बन्नुपर्छ। म पावन हुँ, त्यसैले त तिमीलाई पावन बनाउँछु। आउँछु पनि ब्रह्माको तनमा। म रचयिता हुँ, म यस ब्रह्माको तनमा आउँछु। देखाउँछन् पनि ब्रह्माद्वारा बाबाले देवीदेवता धर्मको स्थापना गर्नुहुन्छ। तिमी बी.के.हरूले नै जानेका छौ, शिवबाबालाई फलो गर्नुछ। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा मैले प्रतिज्ञा गर्छु– मैले तिमीहरूलाई पावन दुनियाँमा लैजान्छु। पावन दुनियाँमा जाने अरू कुनै उपाय छैन। भन्छन् पतितपावन... कि त दृष्टि माथि जान्छ कि त पानीतिर हेर्छन्। गङ्गा त पतितपावनी होइन। यी त सागरबाट निस्किएका नदीहरू हुन्। अब पुच्छर त तिम्रो समात्नुपर्छ। बाबा भन्नुहुन्छ– तिमी पावन बन्नुछ, मलाई फलो गर्नुछ, अनि मात्रै सँगै जान सक्छौ। बाबा भन्नुहुन्छ– तिमी मेरो साथमा रहन्थ्यौ, अहिले ८४ को चक्कर लगाएर पतित बनेका छौ। अब फेरि मलाई याद गरेमा पावन बन्छौ। संन्यासीले पनि गृहस्थीलाई भन्छन्– फलो गर्ने हो भने घरबार छोड। बाबा भन्नुहुन्छ– म परमधाममा रहन्छु, तिमी पनि परमधाम जान्छौ वा यहाँ नै विषय सागरमा बस्न राम्रो लाग्छ। तिमीले त पुकार्दै आएका छौ– हे पतितपावन आउनुहोस्! अब बाबा आउनुभएको छ उहाँले तिमीलाई साथै लैजानुहुन्छ। कल्प कल्प आएर तिमीलाई साथै लैजान्छु। फेरि सत्ययुगमा तिमी धेरै सुखी हुन्छौ। यी लक्ष्मीनारायण स्वर्गका मालिक थिए नि! यिनीहरूलाई यति सुख दिने को हुनुहुन्छ? स्वर्ग रच्ने परमपिता परमात्मा (हेभिनली गड फादर)। बाबाले याद दिलाउनुहुन्छ तिमीले मेरो जयन्ती मनाउँछौ। परमपिता परमात्माको जयन्ती सबैले मनाउँछन्। मेरो यो जन्मस्थान हो। क्रिस्चियनहरूले कहाँ मान्छन् र! उनीहरूले त क्राइस्टलाई मान्छन्। शिवजयन्ती सबैले मनाउँछन्। यो भारतवर्ष सबैका पतितपावन बाबाको जन्मस्थान हो। बाबा सबैका सुखदाता हुनुहुन्छ। सबैलाई मुक्त गर्नुहुन्छ। त्यसैले भारतवर्ष कति उच्च छ।

बाबालाई थाहा छ ड्रामा अनुसार मेरा बच्चाहरू धेरै दुःखी भएपछि मात्रै म वर्सा दिन आउँछु। बाबा हुनुहुन्छ ज्ञानको सागर, सुखको सागर... तिमी बच्चाहरूलाई वर्सा दिइरहनुभएको छ। बाबा भन्नुहुन्छ मलाई फलो गर। यो पनि जानेका छौ हामी आत्मा विकारी छौँ त्यसैले शरीर पनि विकारी नै छ। सत्ययुगमा आत्मा पवित्र हुन्छ त्यसैले शरीर पनि पवित्र मिल्छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! अब पावन बन। यादले नै तमोप्रधानबाट सतोप्रधान बन्छौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबाबाट स्वर्गको वर्सा लिनको लागि ‘हामी आत्मा भाइ भाइ हौँ ’– यसमा पक्का निश्चय राख्नुछ। धेरै प्यारले रहनुछ। जसरी बाबा अति प्रिय हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि प्रिय बन्नुछ।

२) बाबासमान पावन बनेर बाबालाई पूरा पूरा अनुसरण गर्नुछ। बाबासँगै फर्केर शान्तिधाम घर जानको लागि पावन अवश्य बन्नुछ।

वरदान:–
निर्बल आत्माहरूमा शक्तिहरूको बल भर्ने ज्ञानदाता सो वरदाता भव

वर्तमान समयमा निर्बल आत्माहरूमा त्यति शक्ति छैन जसले फड्को मार्न सक्छन्, उनीहरूलाई अतिरिक्त बल चाहिन्छ। त्यसैले तिमी विशेष आत्माहरूले स्वयंमा विशेष शक्ति भरेर उनीहरूलाई फड्को मार्न लगाउनुछ। यसको लागि ज्ञानदाताको साथसाथै शक्तिहरूको पनि वरदाता बन। रचयिताको प्रभाव रचनामा पर्छ त्यसैले वरदानी बनेर आफ्ना रचनाहरूलाई सर्व शक्तिहरूको वरदान देऊ। अहिले यही सेवाको आवश्यकता छ।

स्लोगन:–
साक्षी भएर हरेक खेल हेर्यौ भने सेफ पनि रहन्छौ र मजा पनि आउँछ।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भए र शक्तिशाली यादको अनुभव गर ।

तिमी महान् तपस्वी आत्माहरूले ज्वालारूप शक्तिशाली यादद्वारा प्राप्तिका किरणहरूको अनुभूति गर्नु र गराउनुछ। तिम्रो तपस्वी स्वरूप अरूलाई दिने स्वरूप हो। जसरी सूर्यले विश्वलाई उज्यालो दिन्छ र अनेक विनाशी प्राप्तिहरूको अनुभूति गराउँछ त्यसैगरी तिमीले पनि आफ्ना तपस्वीस्वरूपद्वारा शान्ति र शक्तिका किरणहरू प्रवाहित गरिराख।