01.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– परोपकार घरबाट सुरु हुन्छ (च्यारिटी बिगिन्स एट होम) , आफ्ना परिवारजनहरूलाई ज्ञान सुनाऊ , आफ्ना साथीहरू (हमजिन्स) को कल्याण गर।”

प्रश्न:–
कुनचाहिँ श्रीमत पालना गर्ने बच्चाहरूले आफ्नो अवस्थालाई एकरस बनाउन सक्छन्?

उत्तर:–
स्थितिलाई एकरस बनाउनको लागि बाबाको श्रीमत छ– प्यारा बच्चाहरू! दिनहुँ सवेरै सवेरै उठेर धेरै प्यारले बाबालाई याद गर। आफूलाई आत्मा सम्झेर बाबाले जे सुनाउनुहुन्छ, त्यो सुन। याद गरेनौ भने फालतु विचारहरू चल्नेछन्, व्यर्थ सङ्कल्प आउनेछन्, त्यसैले बाबा राय दिनुहुन्छ– प्यारा बच्चाहरू! दिनहुँ सवेरै सवेरै उठेर आफैसँग प्रतिज्ञा गर– हिँड्दाडुल्दा, भोजन गर्दा... भोजन बनाउँदा एक बाबालाई नै याद गर्नेछु।

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरूलाई थाहा छ, रुहानी बाबा सबै रुहहरूका पिता हुनुहुन्छ, जो सबैभन्दा उच्चभन्दा उच्च हुनुहुन्छ, उहाँलाई नै शिवाय नमः भन्छन्। फादर पनि भन्छन्, उहाँ बाबा स्वर्गको रचयिता हुनुहुन्छ, जसलाई पतितपावन, ज्ञानको सागर भनिन्छ। अब तिमीले बुझेका छौ, हामी उहाँको साथमा बसेका छौँ। यो कुरा तिमी बच्चाहरूले सम्झाउनु छ। जसरी कतै एउटा गीता पाठशालामा श्रीकृष्णको ६ फुट लामो चित्र थियो। अब श्रीकृष्णलाई वास्तवमा सानो नै देखाउँछन्, फेरि भन्छन् श्रीकृष्ण गीताका भगवान थिए। त्यसोभए गीता कहिले सुनाए? बाल्यकालमा वा ६ फुटका भएपछि सुनाए? राधा र श्रीकृष्णको जोडी थियो। राधा, कृष्णको के नाता पर्थिन्? राधालाई भगवती र श्रीकृष्णलाई भगवान भन्छन्। यी दुवैको के सम्बन्ध छ, यो कुरा कसैलाई पनि थाहा छैन। श्रीकृष्णले गीताको उपदेश दिए, तर कहिले दिए? तिमीले यस्ता किसिमका प्रश्न सोध्यौ भने मानिसहरूले बुझ्नेछन्– यो कुरा त ब्रह्माकुमार-कुमारीहरू बाहेक अरू कसैले सोध्न सक्दैनन्। जति पनि कुनै पनि ठुला ठुला राजाहरू आदि छन्, तिनीहरू संन्यासीहरूलाई देखेर अवश्य पाउ पर्छन्। कसैलाई पनि सोध्ने हिम्मत नै हुँदैन। तिमीले त हिम्मत गर्छौ। उनीहरूले भन्नेछन्, ब्रह्माकुमारीहरूमा यति ज्ञान छ, जसले बसेर रचयिता र रचनाको यति ज्ञान दिन्छन्। उहाँको जीवनी सुनाउँछन्। तिमीले सोध्न सक्छौ– शिवजयन्ती मनाउँछौ, पूजा आदि पनि गर्छौ भने अवश्य उहाँ कहिल्यै आउनुभएको होला, त्यसैले त शिवजयन्ती मनाइन्छ? उहाँ कहिले आउनुभयो? शिवबाबा त निराकार हुनुहुन्छ, उहाँको आफ्नो शरीर छैन। शिवजयन्ती मनाउँछन् भने अवश्य शरीरमा आउनुभएको होला? निराकारको जयन्ती कसरी हुन सक्छ? आत्मा त अमर छ। मर्ने र जन्मिने भएपछि जयन्ती मनाइन्छ। आत्माको जयन्ती हुँदैन। आत्मा त अविनाशी छ। यस्तो भनिँदैन आत्माको जयन्ती। शिव त निराकार हुनुहुन्छ, उहाँको चित्र लिङ्गको बनाइन्छ। तिमी बच्चाहरूमा यी विचारहरू हुनुपर्छ। यहाँबाट आफ्नो घर, कामधन्दामा गएपछि यी कुराहरू नै बुद्धिबाट निस्कन्छन्। चिन्तन चल्दैन। गुरुहरू आदिका जन्जिरमा पनि धेरै फसेका छन्। कुरै नसोध। अबलाहरू धेरै सोझा हुन्छन् नि! तिमीले तिनीहरूलाई सोध्न सक्छौ– शिवजयन्ती मनाइन्छ तर उहाँ को हुनुहुन्छ? उहाँ आएर के गर्नुभयो र कहिले आउनुभयो? जयन्ती अर्थात् जन्म। निराकार शिवको जन्म मनाइयो, उहाँ निराकार हुनुहुन्छ भने उहाँको फेरि जन्म कसरी मनाइन्छ? उहाँ कसको देहमा आउनुभयो? आत्मा शरीरमा प्रवेश गरेपछि भनिन्छ जन्म भयो। आत्मा त आत्मा नै हो। शरीरमा प्रवेश गर्छ, अनि भनिन्छ आत्माले शरीर लिएको छ, पार्ट खेल्नको लागि। उहाँ त निराकार हुनुहुन्छ। उहाँले जन्म कसरी लिनुभयो? कसको देहमा आउनुभयो? उहाँलाई त परमात्मा भनिन्छ। यो कुरा कसैलाई पनि थाहा छैन। पढ्न त धेरै शास्त्र आदि पढेका हुन्छन्, तर केही पनि थाहा हुँदैन। अहिले तिमी ज्ञानले भरपुर भएका छौ। अब तिमीले नै ज्ञान सुनाउनु छ। कोही कोही दुई-तीन वर्ष ज्ञानमा आउँछन्, फेरि अज्ञान प्रवेश हुन्छ। बाबाले फेरि अज्ञानलाई निकालेर ज्ञानको धारणा गराउनुहुन्छ। अब तिमी बच्चाहरूलाई ज्ञान दिइन्छ। तर पुरुष ज्ञानमा, स्त्री अज्ञानमा भए भने मानौँ हाँस र बकुल्ला बन्छन्, त्यसैले पहिला त स्त्रीलाई ज्ञान दिनुपर्छ। स्त्रीले पतिलाई गुरु, ईश्वर मान्छन् भने स्त्रीले गुरुको आज्ञा मान्नुपर्छ नि! यो यहाँको कुरा हो। त्यहाँ त आज्ञा मान्ने नमान्ने सवाल नै हुँदैन। सबै प्यारले ज्ञानमा चल्छन्। त्यहाँ यस्तो कुनै कुरा हुँदैहुँदैन, त्यसैले परोपकार घरबाट सुरु हुन्छ (च्यारिटी बिगिन्स एट होम)। स्त्री ज्ञानमा आएकिछिन्, पति आएका छैनन् भने के गर्न सक्छिन् र! ज्ञानको भुँ भुँ गर्नु छ। बच्चाहरूलाई पनि ज्ञानको भुँ भुँ गर्नु छ। आफ्ना साथी भाइहरूको कल्याण गर। उनीहरूलाई पनि बताऊ– बाबालाई याद गर। अब लडाइँ सामुन्ने उभिएको छ, बाबा आउनुभएको छ। मानिसहरूले पुकार्छन्– हे पतितपावन आउनुहोस्! पतित दुनियाँको विनाश हुनु छ भने तिमी फेरि पतित किन बन्छौ! माता ज्ञानमा छन् भने माताको काम हो– आफ्ना साथी भाइहरूको कल्याण गर्नु।

अहिले तिमीले बाबाबाट २१ जन्मको लागि सारा राज्य लिन्छौ। तिमीलाई कसैले हात लगाउन सक्दैन। तिमी सारा विश्वको मालिक बन्छौ। फरक हेर कति छ! यस्तो वर्सा दिनेलाई कति याद गर्नुपर्छ! यहाँ त धेरै छन्, जसले सारा दिन शिवबाबालाई याद नै गर्दैनन्। सारा दिन घरको, कामधन्दाको झमेलामा नै रहन्छन्। नत्र बिहान उठेर बाबालाई धेरै प्रेमले याद गर्नुपर्छ। बाबा, हजुरसँग मैले प्रतिज्ञा गर्छु। हजुरबाट मैले अवश्य वर्सा लिनेछु। बाबा, हजुर कति मीठो हुनुहुन्छ। हजुरको यादबाट मेरा विकर्म विनाश हुनेछन्। मनमनै आफैसँग कुरा गर्नु, त्यसलाई विचार सागर मन्थन गर्नु भनिन्छ। बाबा, हजुरबाट मैले पूरा वर्सा लिएरै छाड्नेछु। अब म तमोप्रधानबाट सतोप्रधान अवश्य बन्नु छ, अनि मात्रै सत्ययुगी राज्य पाउनेछु। बाबा, हजुरलाई मैले निरन्तर याद गर्नेछु। ६३ जन्ममा मैले कति पाप गरेको छु। शिरमा कति बोझ छ, त्यसैले बाबा मैले हजुरलाई धेरै याद गर्छु। बाबा, मैले भोजन तयार गर्छु, घुम्न जान्छु, तैपनि हजुरको यादमा रहनेछु। यस्ता प्रकारका कुरा गर्दै प्रतिज्ञा गरेमा विकर्म विनाश हुँदै जानेछन्। बाबा, मैले भोजन बनाउँछु हजुरको यादमा। म सतोप्रधान अवश्य बन्नु छ। के थाहा भोलि शरीर छुटिहाल्यो भने म सतोप्रधान बन्दै बन्दिनँ! मृत्युको डर छ नि! बाबा, मैले जीवनछँदै हजुरबाट अवश्य वर्सा लिनेछु। फेरि हेर्नुपर्छ– आज सारा दिनमा मैले बाबालाई कति याद गरेँ। कुनै पनि हालतमा यादको यात्रामा अवश्य रहनु छ। गृहस्थ व्यवहारमा पनि रहनु छ। युक्तिले चल्नु छ। यसरी तीव्र वेगले पुरुषार्थमा लाग्यौ भने याद पनि रहनेछ र आयु पनि बढ्नेछ। भविष्यमा तिम्रो आयु बढ्नेछ, याद गरेनौ भने पद पनि सानो हुनेछ। पुरुषार्थ गरेर बाबाबाट वर्सा त लिनु छ नि र स्वदर्शन चक्रधारी बन्नु छ। जसरी हिन्दुहरूलाई क्रिस्चियन बनाउनको लागि नन (इसाई भिक्षुणी) हरू धेरै घुमिरहन्छन्। घर घरमा, पसल पसलमा जान्छन्, सबैलाई भन्छन्– बाइबल लेऊ, यो लेऊ, हाम्रो क्रिस्चियन धर्ममा धेरै सुख छ। उनीहरूको पनि मिसन (अभियान) हो, बौद्धहरूको पनि मिसन हो। हिन्दु आत्माहरूले यो बुझ्दैनन्– यिनीहरूले के गर्छन्! हाम्रा हिन्दु धर्मका आत्माहरूलाई क्रिस्चियन बनाइरहन्छन्। तिमीले प्रदर्शनीमा कति सम्झाउँछौ। दिन त मन्तव्य (ओपिनियन) लेखेर पनि दिन्छन्। घर गएपछि खतम। यसको लागि गायन गरिएको छ– बाँदरको अगाडि रत्न राख्यौ भने उसले पत्थर सम्झेर फ्याँकिदिन्छ। त्यसैले यी अविनाशी ज्ञान रत्न पनि पत्थर सम्झेर फ्याँकिदिन्छन्। यिनीहरूले पनि केही बुझ्दैनन्। हो, जो यस धर्मका हुन्, उनीहरूको टच (अनुभूति) हुनेछ। कुरा धेरै सहज छ। बाबा स्वर्गको रचयिता हुनुहुन्छ। बाबा भारतभूमिमा नै एकैपटक आउनु हुन्छ।

बाबा भन्नुहुन्छ– तिमीले म पतितपावन बाबालाई बोलाउँदै आएका छौ। अब म आएको छु, तिमीलाई स्वर्गको मालिक बनाउन। तिमीले भन्छौ पनि– हामीले यो भ्रष्टाचारी सृष्टिलाई श्रेष्ठाचारी बनाएरै छोड्नेछौँ। अहिले त सबै नर्कवासी छन्। तिमी अहिले शिवबाबाको श्रीमतमा छौ। शिव भगवानुवाच– मैले तिमीलाई स्वर्गको मालिक, राजाहरूको राजा बनाउँछु। गीतामा धेरै राम्रो लेखिएको छ, भन्छन्– म यी साधुहरूको पनि उद्धार गर्न आउँछु। त्यसैले यो ज्ञान उनीहरूलाई पनि सुनाउनुपर्छ नि! पुकार्छन् पनि– पतितपावन सीताहरूका राम। अब यसको पनि अर्थ बुझ्दैनन्। सबै भक्तहरू अथवा सीताहरू हुन्। उनीहरूले पुकार्छन्– हे राम, आएर हामी सीताहरूको उद्धार गर्नुहोस्! फेरि भन्छन् रघुपति राघव राजा राम... वास्तवमा राजा रामको कुरा होइन। मुख्य भुल यो हो, जुन शिवको सट्टा श्रीकृष्णको नाम राखिदिएका छन्। उनीहरूलाई सोध्नुपर्छ– श्रीकृष्ण वा श्रीरामलाई काला किन देखाइएको छ? सत्ययुग, त्रेतामा सुन्दर नै हुन्छन्, फेरि श्याम हुन्छन्। पहिला हुन्छ सत्ययुग (गोल्डन एज), त्रेता युग (सिल्भर एज), फेरि द्वापरयुग (कपर एज), कलीयुग (आइरन एज)। यतिबेला कलीयुग छ। सत्ययुग हुँदा कति मान थियो। त्यसैले गएर युक्तिले सम्झाउनुपर्छ। उनीहरूले त्यति छिट्टै आफ्नो हठ छोड्नेछैनन्। कल्पवृक्षको आयु धेरै हुन्छ, अनि वृक्ष जीर्ण अवस्थामा पुग्छ, अवधि त यो दुनियाँको पनि हुन्छ नि! नयाँ दुनियाँ र पुरानो दुनियाँ। ओल्ड अर्थात् कलियुग, तमोप्रधान दुनियाँ। यसमा एक जना पनि सतोप्रधान हुन सक्दैन। अब तमोप्रधान खतम हुनु छ। नयाँ दुनियाँ कसले स्थापन गर्नुहुन्छ? उहाँ बाबाले। यस्तो होइन, प्रलय हुन्छ। बाबालाई पुकार्छन् नै पतित भएपछि मात्रै। फेरि भन्छन्– आएर पावन बनाउनुहोस्। आउनु त अवश्य पुरानो दुनियाँमै हुन्छ। पतितपावन भन्छन् भने अवश्य अन्त्यमा नै आउनुहुनेछ। स्वयं भन्नुहुन्छ– म कल्प कल्प, कल्पको सङ्गमयुगमा आउँछु– पावन दुनियाँ बनाउन। अहिले सङ्गमयुग हो।

अहिले बाबाले सबैलाई सद्गतिमा लैजानुहुन्छ। त्यसैले यस्ता बाबाको श्रीमतमा चल्नुपर्छ नि! आफ्नो अवस्थालाई स्थिर बनाउनु (जमाउनु) छ। सवेरै उठेर बाबालाई याद गर्नुपर्छ। आफूलाई आत्मा सम्झनु छ। यी शरीरका कर्मेन्द्रियहरू (अर्गन्स) हुन्। बाबा भन्नुहुन्छ– हे प्यारा बच्चाहरू! मैले तिमीलाई जे सुनाउँछु, त्यो सुन। मुक्ति-जीवनमुक्तिको लागि अरू कसैको कुरा नसुन। परमधामबाट बाबा आउनुभएको छ पावन बनाउन। फेरि तिमीले पुराना शास्त्रहरूलाई किन याद गर्छौ। भक्ति गर्छौ नै भगवान मिल्नुहुनेछ भनेर। उहाँ त सर्वको सद्गतिदाता बाबा हुनुहुन्छ नि! बाबाबाहेक यो ज्ञान अरू कसैले दिन सक्दैन। यी लक्ष्मीनारायणलाई पनि यो राज्य कसरी मिल्यो? आत्माको लागि भन्छन्, त्यो बिन्दु हो। चम्किन्छ अजब सितारा। बाबा सम्झाउनुहुन्छ– तिमीले मलाई भन्छौ परमात्मा, सुप्रिम सोल। लौकिक पितालाई कहिल्यै परमात्मा भन्छन् र? परमात्मा जो परमधाममा रहनुहुन्छ, उहाँलाई भनिन्छ सुप्रिम सोल। उहाँ तिम्रो पिता हुनुहुन्छ। उहाँ आएर यिनमा प्रवेश गर्नुहुन्छ। शिव बाबा सतगुरु शिष्यको छेउमा बस्नुहुन्छ नि! यी कुराहरू कुनै शास्त्रमा छैनन्। अहिले तिमीलाई थाहा छ, उहाँ हाम्रो बाबा हुनुहुन्छ। ५ हजार वर्ष पहिला पनि बाबाले योग सिकाउनुभएको थियो– मलाई याद गर र विष्णुपुरीलाई याद गर, त्यसैले अवश्य सङ्गममा नै भन्नुहुनेछ। सत्ययुगमा थियो एक धर्म। त्यसैले अवश्य फेरि एक धर्म हुनेछ नि! यति धेरै धर्म सबै विनाश हुनेछन्। यो टाइम त्यही हो। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा मैले तिमीलाई विश्वको मालिक बनाउनेछु। बाबाको यादबाट नै तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। बाबा भन्नुहुन्छ– जुन बच्चाहरूले राम्रो सेवा गर्छन्, मैले उनीहरूलाई याद गर्छु किनकि मेरा मदतगार हुन्। धेरैको कल्याण गर्छन्, त्यसैले उनीहरू मलाई प्यारा लाग्छन्। तिमीलाई त एक बाबा नै प्यारा लाग्नुहुन्छ, जसबाट वर्सा मिल्छ, त्यसैले तिमी बच्चाहरूले राम्रोसँग पुरुषार्थ गर्नुपर्छ। यादको यात्रामा रहनु छ। धेरै फालतु विचारहरू पनि आउनेछन्। भक्तिमार्गमा आफैलाई पनि मार्छन् वा पिट्छन्, हामीलाई शिवको दर्शन होस् भनेर, धेरै मेहनत गर्छन् दर्शनको लागि। यहाँ तिमीले बुझेका छौ, बाबाको यादबाट पाप काटिन्छन् र २१ जन्मको लागि वर्सा मिल्छ। दर्शन भएर मात्रै कुनै पाप काटिँदैनन्। बाबा जसले विश्वको मालिक बनाउनुहुन्छ, उहाँलाई त धेरै प्रेमले याद गर्नुपर्छ। अहिले तिम्रो बुद्धिमा छ, हामी के बनिरहेका छौँ। अर्को जन्ममा हामी गएर यो बन्नेछौँ। यो कलेज नै हो सत्ययुगका राजकुमार राजकुमारी बन्ने। बाबा आएर देवीदेवता धर्मको साथै दैवी साम्राज्य (डिटी किङडम) पनि स्थापन गर्नुहुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबाले मुक्ति-जीवनमुक्तिको लागि जे जति ज्ञानका कुराहरू सुनाउनुभएको छ, त्यही सुन्नु र धारण गर्नु छ, बाँकी सबै भुलिदिनु छ। आफ्नो र आफ्नो लौकिक परिवारको कल्याण गर्नु छ।

२) व्यर्थ विचारहरूलाई समाप्त गर्नको लागि सवेरै सवेरै उठेर विचार सागर मन्थन गर्नु छ। यादको यात्रामा लागिरहनु छ।

वरदान:–
ज्ञान-योगका शक्तिशाली किरणहरूद्वारा पुराना संस्काररूपी कीटाणुहरूलाई भष्म गर्ने मास्टर ज्ञान सूर्य भव

जस्तोसुकै पतित वातावरणलाई पनि परिवर्तन गर्नको लागि अथवा पुराना संस्काररूपी कीटाणुहरूलाई भष्म गर्नको लागि यही स्मृति राख– म मास्टर ज्ञान सूर्य हुँ। सूर्यको कर्तव्य हो उज्यालो दिनु र फोहोरलाई समाप्त गर्नु। त्यसैले ज्ञान-योगको शक्ति वा श्रेष्ठ आचरणद्वारा यही कर्तव्य गरिराख। शक्ति कम भयो भने ज्ञानले केवल उज्यालो दिनेछ तर पुराना संस्काररूपी कीटाणु समाप्त हुनेछैनन्, त्यसैले पहिला योग तपस्याद्वारा शक्तिशाली बन।

स्लोगन:–
शुभभावना, शुभकामनाका श्रेष्ठ सङ्कल्पले नै बचतको खाता बढाउँछन्।

अव्यक्त इसारा:– अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर

वर्तमान समयमा तिमी बच्चाहरूले आफ्नो रहमदिल र दाता स्वरूप प्रत्यक्ष गर। तिम्रा सबै भण्डारहरू निरन्तर खुला रहनुपर्छ। अनादि, आदि दातापनको संस्कार आफ्नो जीवनमा सदा इमर्ज राखेर, परमात्म सन्देशवाहक बनेर विश्वमा बाबाको प्रत्यक्षताको सन्देश फैलाऊ। बेहदको दाता बनेर विश्वको गोलामा उभिएर, बेहदको सेवामा भाइब्रेसन फैलाऊ। महान दाता बन।