01.10.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– दिनहुँ
रातमा आफ्नो चार्ट हेर, डायरी बनाऊ त ्यस ब ाट कतै घाटा नपरोस् भन्ने डर हुन्छ ।”
प्रश्न:–
कल्प पहिलाका
भाग्यशाली बच्चाहरूलाई बाबाको कुन कुरा तुरुन्त टच हुन सक्छ?
उत्तर:–
बाबाले दिनदिनै
बच्चाहरूलाई जुन यादको युक्ति बताउनुहुन्छ, त्यो भाग्यशाली बच्चाहरूलाई नै टच
भइरहन्छ। उनीहरूले त्यसलाई तुरुन्त अमलमा ल्याउँछन्। बाबा भन्नुहुन्छ– प्यारा
बच्चाहरू! केही समय एकान्तमा बगैँचामा गएर बस। बाबासँग मीठा मीठा कुरा गर, आफ्नो
चार्ट राख त्यसबाट उन्नति भइरहन्छ।
ओम् शान्ति ।
मिलिटरीलाई
सबैभन्दा पहिला सावधान गराइन्छ– अटेन्सन प्लिज! बाबाले पनि बच्चाहरूलाई भन्नुहुन्छ–
आफूलाई आत्मा निश्चय गरेर बाबालाई याद गरिराखेका छौ? बच्चाहरूलाई सम्झाइएको छ– यो
ज्ञान बाबाले यस समयमा नै दिन सक्नुहुन्छ। बाबाले मात्रै पढाउनुहुन्छ। भगवानुवाच छ
नि– मूल कुरा यो हो– भगवान को हुनुहुन्छ? कसले पढाउनुहुन्छ? यो कुरा पहिला बुझ्ने र
निश्चय गर्नुपर्ने हुन्छ। फेरि अतीन्द्रिय सुखमा पनि रहनुछ। आत्मालाई धेरै खुसी
हुनुपर्छ। हामीलाई बेहदका बाबा मिल्नुभएको छ। बाबा एकैपटक आएर मिल्नुहुन्छ वर्सा
दिन। केको वर्सा? विश्वको बादसाहीको वर्सा दिनुहुन्छ, ५ हजार वर्ष पहिलाजस्तै। यो त
पक्का निश्चय छ– बाबा आउनुभएको छ। फेरि सहज राजयोग सिकाउनुहुन्छ, सिकाउनुपर्छ।
बच्चालाई कसैले सिकाउँदैन। आफै मुखबाट मम्मा बाबा निस्किरहन्छन् किनकि शब्द त
सुन्छन् नि। उहाँ हुनुहुन्छ रुहानी बाबा। आत्मालाई आन्तरिक गुप्त नशा हुन्छ। आत्माले
नै पढ्नुछ। परमपिता परमात्मा त ज्ञानका सागर हुनुहुन्छ नै। उहाँले केही पढ्नुभएको
छैन। उहाँमा ज्ञान सदैव रहिरहन्छ, केको ज्ञान हुन्छ? यो पनि तिम्रो आत्माले बुझ्छ।
बाबामा सारा सृष्टिको आदि मध्य, अन्त्यको ज्ञान छ। कसरी एक धर्मको स्थापना र अनेक
धर्महरूको विनाश हुन्छ, यो सबै जान्नुहुन्छ– त्यसैले उहाँलाई जानीजाननहार भनिदिन्छन्।
जानीजाननहारको अर्थ के हो? यो कसैले पनि बिल्कुलै जान्दैनन्। अहिले तिमी
बच्चाहरूलाई बाबाले सम्झाउनुभएको छ– यो स्लोगन पनि अवश्य लगाऊ– मनुष्य भएर यदि
रचयिता र रचनाको आदि, मध्य, अन्त्य, अवधि, ड्रामाको रिपीटेसन (पुनरावृत्ति) लाई
जानेन भने के भन्ने... यो रिपीटेसन शब्द पनि धेरै जरुरी छ। यसमा सुधार त भइरहन्छ
नि। गीताको भगवान को हुनुहुन्छ... यो चित्र ठुलो फस्टक्लास छ। सारा संसारमा यो हो
सबैभन्दा नम्बर एक भुल। परमपिता परमात्मालाई नचिनेका हुनाले फेरि भनिदिन्छन्– सबै
भगवानका रूप हुन्। जसरी साना बच्चालाई सोधिन्छ– तिमी कसको बच्चा हौ? भन्छन्– फलानोको।
फलानो कसको बच्चा हुन्? फलानोको। फेरि भनिदिन्छन्– ऊ हाम्रो बच्चा हो। त्यसैगरी
यिनीहरूले पनि भगवानलाई चिन्दैनन् त्यसैले भनिदिन्छन्– हामी भगवान हौँ। यति धेरै
पूजा पनि गर्छन् तर बुझ्दैनन्। गायन पनि छ– ब्रह्माको रात, त्यसैले अवश्य ब्राह्मण
ब्राह्मणीहरूको पनि रात हुन्छ। यी सबै धारण गर्ने कुरा हुन्। यो धारणा उनीहरूलाई
हुन्छ जो योगमा रहन्छन्। यादलाई नै बल भनिन्छ। ज्ञान त हो आम्दानीको श्रोत। यादबाट
शक्ति मिल्छ जसबाट विकर्म विनाश हुन्छन्। तिमीले बुद्धिको योग बाबासँग लगाउनुछ। यो
ज्ञान बाबाले अहिले मात्रै दिनुहुन्छ फेरि कहिल्यै मिल्दैन। बाबा सिवाय अरू कसैले
यो ज्ञान दिन सक्दैन। बाँकी सबै हुन् भक्तिमार्गका शास्त्र, कर्मकाण्डका कर्महरू।
त्यसलाई ज्ञान भनिँदैन। आध्यात्मिक ज्ञान एक बाबासँग छ र उहाँले ब्राह्मणहरूलाई
मात्रै दिनुहुन्छ। अरू कसैसँग आध्यात्मिक ज्ञान हुँदैन। दुनियाँमा कति धर्म, मठ,
पन्थ छन्, कति मतहरू छन्। बच्चाहरूलाई सम्झाउनमा कति मेहनत हुन्छ। कति तुफान आउँछन्।
गाउँछन् पनि– नैया मेरी पार लगाओ। सबैको डुङ्गा त पार जान सक्दैन। कोही डुब्छ पनि,
कोही अड्किन्छ। २-३ वर्ष हुन्छ, कयौँलाई पत्तै हुँदैन। कोही त टुक्रा टुक्रा हुन्छन्।
कोही त्यहीँ रोकिन्छन्, यसमा मेहनत धेरै छ। बनाबटी योग पनि कति निस्किएका छन्। कति
योग आश्रम छन्। रुहानी योग आश्रम कुनै हुन सक्दैन। बाबाले नै आएर आत्माहरूलाई रुहानी
योग सिकाउनुहुन्छ। बाबा भन्नुहुन्छ– यो त धेरै सहज योग हो। यस्तो सहज केही पनि छैन।
आत्मा नै शरीरमा आएर पार्ट खेल्छ। बढीमा ८४ जन्म हुन्छन्, अरूका त कम कम हुँदै
जान्छन्। यी कुरा पनि तिमी बच्चाहरूमध्ये केहीको बुद्धिमा मात्रै छ। धेरै मुस्किलले
बुद्धिमा धारणा हुन्छ। पहिलो कुरा बाबा सम्झाउनुहुन्छ– जहाँ गए पनि सबैभन्दा पहिला
बाबाको परिचय देऊ। बाबाको परिचय कसरी दिने, यसको लागि युक्ति रचिन्छ। यसमा निश्चय
भइसकेपछि मात्र बुझ्छन्– बाबा त सत्य हुनुहुन्छ। अवश्य बाबाले सत्य कुरा नै
बताउनुहुन्छ। यसमा संशय ल्याउनुहुँदैन। यादमा नै मेहनत छ, यसमा मायाले अवरोध गर्छ।
घरी घरी याद गर्नै भुलाउँछ त्यसैले बाबा भन्नुहुन्छ– चार्ट लेख। त्यसबाट बाबाले पनि
देख्नुहुन्छ– कसले कति याद गर्छन्। चौथाइ पर्सेन्टले पनि चार्ट राख्दैनन्। कसैले
भन्छन्– म त सारा दिन यादमा रहन्छु। बाबा भन्नुहुन्छ– यो त धेरै मुस्किल छ। सारा
दिन रात त बाँधेलीहरू जसले मार खाइरहन्छन् उनीहरू यादमा रहन्छन् होला, शिवबाबा कहिले
यी सम्बन्धीहरूबाट हामी छुट्छौँ? आत्माले पुकार्छ– बाबा हामी बन्धनबाट कसरी छुटौँ।
यदि कोही धेरै यादमा रहन्छौ भने बाबालाई चार्ट पठाऊ। डाइरेक्सन मिल्छ– दिनहुँ रातमा
आफ्नो चार्ट निकाल, डायरी राख। डायरी राखेमा डर हुन्छ, हाम्रो घाटा नदेखियोस्।
बाबाले देख्नुभयो भने के भन्नुहोला– यति परमप्रिय बाबालाई यति समय मात्रै याद गर्छौ!
लौकिक पितालाई, स्त्रीलाई तिमीले याद गर्छौ, तर मलाई यति अलिकति पनि याद गर्दैनौ!
चार्ट लेख्यौ भने आफैलाई लाज लाग्छ। यस हालतमा मैले पद पाउन सक्दिनँ, त्यसैले बाबाले
चार्टमा जोड दिइरहनुभएको छ। बाबालाई र ८४ को चक्रलाई याद गरेमा फेरि चक्रवर्ती राजा
बन्छौ। आफूसमान बनायौ भने प्रजामाथि राज्य गर्छौ। यो हो नै राजयोग– नरबाट नारायण
बन्ने। लक्ष्य उद्देश्य नै यो हो। जसरी आत्मालाई देखिँदैन, अनुभव गरिन्छ। यसमा आत्मा
छ, यो पनि अनुभव गरिन्छ। यी लक्ष्मी-नारायणको अवश्य राजधानी हुन्छ। यिनीहरूले
सबैभन्दा धेरै मेहनत गरेका छन् त्यसैले त छात्रवृत्ति पाएका हुन्। अवश्य यिनीहरूका
प्रजा धेरै हुन्छन्। उच्चभन्दा उच्च पद पाएका छन्, अवश्य धेरै योग लगाएका होलान्
त्यसैले पास विद अनर भएका हुन्। यसको पनि कारण निकाल्नुपर्छ, हाम्रो योग किन
लाग्दैन? कामधन्दा आदिको झन्झटमा धेरै बुद्धि जान्छ। त्यसबाट समय निकालेर यतातिर
धेरै ध्यान दिनुपर्छ। केही समय निकालेर बगैँचामा एकान्तमा बस्नुपर्छ। महिला त जान
सक्दैनन्। उनीहरूले त घर सम्हाल्नुछ। पुरुषहरूलाई सहज छ। कल्प पहिलाका जो भाग्यशाली
हुन्छन् उनीहरूलाई नै यो अनुभूती हुन्छ। पढाइ त धेरै राम्रो छ। बाँकी हरेकको बुद्धि
आआफ्नो हुन्छ। जसरी भए पनि बाबाबाट वर्सा लिनुछ। बाबाले डाइरेक्शन सबै दिनुहुन्छ।
गर्ने त बच्चाहरूले नै हो। बाबाले जनरल डाइरेक्शन दिनुहुन्छ। एक एक आएर व्यक्तिगत
पनि कसैले सोध्यो भने राय दिन सक्नुहुन्छ। तीर्थमा अग्ला अग्ला पहाडहरूमा जाँदा
पण्डाहरूले सावधान गरिरहन्छन्। ठुलो मुस्किलले जान्छन्। तिमी बच्चाहरूलाई त बाबाले
धेरै सहज युक्ति बताउनुहुन्छ। बाबालाई याद गर्नुछ। शरीरको भान समाप्त गर्नुछ। बाबा
भन्नुहुन्छ– मलाई याद गर। बाबा आएर ज्ञान दिएर जानुहुन्छ। आत्माजस्तो तीक्ष्ण रकेट
अरू कुनै हुन सक्दैन। उनीहरूले चन्द्रमा आदि तिर जानमा कति समय गुमाउँछन्। यो पनि
ड्रामामा पहिल्यै निश्चित छ। यो साइन्सको कलाले पनि विनाशमा मद्दत गर्छ। त्यो हो
साइन्स, तिम्रो हो साइलेन्स। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु– यो हो डेड
साइलेन्स। म आत्मा शरीरबाट अलग छु। यो शरीर पुरानो जुत्ता हो। सर्प, कछुवाको उदाहरण
पनि तिम्रो लागि हो, तिमीले नै किराजस्ता मानिसहरूलाई भुँ भुँ गरेर मनुष्यबाट देवता
बनाउँछौ। विषय सागरबाट क्षीर सागरमा लैजाने तिम्रो काम हो। संन्यासीहरूले यो यज्ञ,
तप आदि केही पनि गर्नुछैन। भक्ति र ज्ञान हो नै गृहस्थीहरूको लागि। उनीहरूलाई त
सत्ययुगमा आउनु नै छैन। उनीहरूले यी कुराहरूबाट के जान्दछन्। यी निवृत्ति
मार्गवालाहरूको विषयमा पनि ड्रामामा यो कुरा पहिल्यै निश्चित छ। जसले पूरा ८४ जन्म
लिएका छन्– उनीहरू नै ड्रामा अनुसार आइरहन्छन्। यसमा पनि नम्बर अनुसार निस्किरहन्छन्।
माया धेरै प्रबल छ। आँखाहरू धेरै विकारी छन्। ज्ञानको तेस्रो नेत्र मिलेपछि आँखाहरू
पवित्र बन्छन् फेरि आधाकल्प कहिल्यै विकारी बन्दैनन्। यी आँखाहरू छन् धेरै धोकेबाज।
तिमीले जति बाबालाई याद गर्छौ त्यति कर्मेन्द्रियहरू शीतल हुन्छन्। फेरि २१ जन्म
कर्मेन्द्रियहरूलाई चञ्चलतामा आउनुपर्दैन। त्यहाँ कर्मेन्द्रियहरूमा चञ्चलता हुँदैन।
सबै कर्मेन्द्रियहरू शान्त, सतोगुणी हुन्छन्। देह अभिमानपछि नै सबै सैतानी आउँछ।
बाबाले तिमीलाई देहीअभिमानी बनाउनुहुन्छ। आधाकल्पको लागि तिमीलाई वर्सा मिल्छ। जसले
जति मेहनत गर्छन्, त्यति उच्च पद पाउँछन्। मेहनत गर्नुछ– देहीअभिमानी बन्ने, त्यसपछि
फेरि कर्मेन्द्रियहरूले धोका दिँदैनन्। अन्त्यसम्म युद्ध चलिरहन्छ। कर्मातित अवस्था
प्राप्त भएपछि मात्र त्यो लडाइँ पनि सुरुहुन्छ। दिनप्रतिदिन आवाज फैलिँदै जान्छ,
मृत्युसँग डराउँछन्।
बाबा भन्नुहुन्छ– यो
ज्ञान सबैको लागि हो। केवल बाबाको परिचय दिनुछ। हामी आत्माहरू सबै भाइ भाइ हौँ।
सबैले एक बाबालाई याद गर्छन्। परमपिता परमात्मा भन्छन्। हुन त कोही प्रकृतिलाई
मान्नेहरू हुन्छन्। तर परमात्मा त हुनुहुन्छ नि। उहाँलाई याद गर्छन्
मुक्ति-जीवनमुक्तिको लागि। मोक्ष त हुँदैन। विश्वको इतिहास भूगोल दोहोरिन्छ।
बुद्धिले पनि भन्छ– सत्ययुग हुँदा एउटै भारतवर्ष थियो। मानिसहरूले त केही पनि
जान्दैनन्। यी लक्ष्मी-नारायणको राज्य थियो नि। लाखौँ वर्षको कुरा हुन सक्दैन। लाखौँ
वर्ष हुन्थ्यो भने कति धेरै जनसङ्ख्या हुन्थ्यो। बाबा भन्नुहुन्छ– अब कलियुग पूरा
भएर सत्ययुगको स्थापना भइरहेको छ। उनीहरूले सम्झन्छन्– कलियुग त अझै बच्चा छ, यति
हजार वर्षको अवधि हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– यो कल्प हो नै ५ हजार वर्षको।
भारतवर्षमा नै यो स्थापना भइरहेको छ। भारतवर्ष नै अब स्वर्ग बनिरहेको छ। अहिले
हामीले श्रीमतमा यो राज्य स्थापना गरिरहेका छौँ। अब बाबा भन्नुहुन्छ– म एकलाई याद
गर। पहिला सुरुमा शब्द नै यिनै भन। बाबामा निश्चय नभएसम्म प्रश्न सोधिरहन्छन्। फेरि
कुनै कुराको उत्तर मिलेन भने सम्झन्छन्– यिनीहरूले केही पनि जान्दैनन् र भन्छन्–
भगवानले हामीलाई पढाउनुहुन्छ त्यसैले पहिला सुरुमा त यही एउटै कुरामा अडिग होऊ।
पहिला बाबाको निश्चय गरून्– अवश्य सबै आत्माहरूका पिता एउटै हुनुहुन्छ र उहाँ
हुनुहुन्छ रचयिता। त्यसैले अवश्य सङ्गममा नै आउनुहुन्छ। बाबा भन्नुहुन्छ– म युग
युगमा होइन, कल्पको सङ्गमयुगमा आउँछु। म हुँ नै नयाँ सृष्टिको रचयिता। त्यसैले बीचमा
कसरी आउँछु। म आउँछु नै पुरानो र नयाँको बीचमा। यसलाई पुरुषोत्तम सङ्गमयुग भनिन्छ।
तिमी पुरुषोत्तम पनि यहाँ बन्छौ। लक्ष्मी-नारायण सबैभन्दा पुरुषोत्तम हुन्। लक्ष्य
उद्देश्य कति सहज छ। सबैलाई भन– यो स्वर्ग स्थापना भइरहेको छ। बाबाले भन्नुभएको छ–
पुरुषोत्तम शब्द अवश्य भन किनकि यहाँ तिमी कनिष्ठबाट पुरुषोत्तम बन्छौ। यस्ता यस्ता
मुख्य कुरा भुल्नुहुँदैन। संवतको मिति पनि अवश्य लेख्नुपर्छ। यहाँ तिम्रो राज्य
पहिलादेखि नै सुरुहुन्छ, अरूको राज्य पहिलादेखि सुरुहुँदैन। ती धर्म स्थापक त आए
त्यसपछि उनीहरूको पछाडि उनीहरूको धर्मको वृद्धि हुन्छ। करोडौँ बने भने मात्र राज्य
चल्छ। तिम्रो त सुरुदेखि सत्ययुगमा राज्य भाग्य हुन्छ। यो कसैको पनि बुद्धिमा
आउँदैन– सत्ययुगमा यति राज्य भाग्य कहाँबाट आयो। कलियुग अन्त्यमा यति धेरै धर्म छन्,
फेरि सत्ययुगमा एक धर्म, एक राज्य कसरी भयो? कति हीरा जुहारतका महल छन्। भारतवर्ष
यस्तो थियो जसलाई प्याराडाइज भनिन्थ्यो। ५ हजार वर्षको कुरा हो। लाखौँ वर्षको हिसाब
कहाँबाट आयो। मानिसहरू कति अल्मलिएका छन्। अब उनीहरूलाई कसले सम्झाउँछ। उनीहरूले कहाँ
सम्झन्छन् र– हामी आसुरी राज्यमा छौँ। यिनीहरूको (देवताहरूको) महिमा त सर्वगुण
सम्पन्न... हो, यिनीहरूमा ५ विकार हुँदैनन् किनकि देहीअभिमानी हुन्छन् त्यसैले बाबा
भन्नुहुन्छ– मुख्य कुरा हो यादको। ८४ जन्म लिँदालिँदै तिमी पतित बनेका हौ, अब फेरि
पवित्र बन्नुछ। यो ड्रामाको चक्र हो। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) ज्ञानको तेस्रो नेत्र धारण गरेर आफ्नो धोकेबाज आँखाहरूलाई पवित्र बनाउनुछ।
यादबाट नै कर्मेन्द्रियहरू शीतल, सतोगुणी बन्छन् त्यसैले यही मेहनत गर्नुछ।
२) कामधन्दा आदिबाट
समय निकालेर एकान्तमा गएर यादमा बस्नुछ। कारण हेर्नुछ– हामीलाई योग किन लाग्दैन।
आफ्नो चार्ट अवश्य राख्नुछ।
वरदान:–
सहनशक्तिद्वारा
अविनाशी र मधुर फल प्राप्त गर्ने सबैको स्नेही भव
सहन गर्नु मर्नु होइन
तर सबैको दिलमा स्नेहले जिउनु हो। जस्तोसुकै विरोधी होस्, रावणभन्दा पनि तीक्ष्ण
होस्, एकपटक होइन १० पटक सहन गर्नुपरे पनि सहनशक्तिको फल अविनाशी र मधुर हुन्छ।
केवल यो भावना नराख– मैले यति सहन गरेँ भने यसले पनि केही गरोस्। अल्पकालको फलको
भावना नराख। रहम भाव राख– यही हो सेवा भाव। सेवा भाव हुनेले सबैका कमजोरीहरूलाई
समाहित गरिदिन्छन्। उनीहरूको विरोध गर्दैनन्।
स्लोगन:–
जे बितिसक्यो
त्यसलाई भुलिदेऊ, बितेका कुराबाट शिक्षा लिएर अगाडिको लागि सदा सावधान रहने गर।
अव्यक्त इसारा:– स्वयं
र सबैप्रति मनसाद्वारा योगको शक्तिहरूको प्रयोग गर
जसरी बापदादालाई रहम
आउँछ, त्यसैगरी तिमी बच्चाहरू पनि मास्टर रहमदिल बनेर आफ्नो मनसा वृत्तिले
वायुमण्डलद्वारा आत्माहरूलाई बाबाबाट मिलेका शक्तिहरू देऊ। छोटो समयमा सारा विश्वको
सेवा सम्पन्न गर्नुछ, तत्त्वसहित सबैलाई पावन बनाउनुछ त्यसैले मनसाद्वारा तीव्रगतिले
सेवा गर, योगको शक्तिको प्रयोग गर।