01.11.26    Avyakt Bapdada     Nepali Murli    05.03.2012     Om Shanti     Madhuban


अहिले चारैतिर दुःख अशान्ति बढिरहेको छ , त्यसैले आफ्नो विश्वकल्याणी स्वरूपलाई प्रत्यक्ष गर , मनसा सेवा बढाऊ , बाबाको सङ्गतको रङबाट डबल होली बन


आज बापदादाले हरेक बच्चाको भाग्यका रेखाहरू देखिरहनुभएको छ। मस्तकमा चम्किरहेका सिताराका रेखा, नयनहरूमा स्नेह र शक्तिका रेखा, ओठहरूमा मुस्कानका रेखा, पाउमा हर कदममा पदमका रेखा देखिरहनुभएको छ। तिमीहरू सबै पनि आफ्नो भाग्यका रेखाहरू देखेर हर्षित हुन्छौ नि! दिलमा यही गाउँछौ– वाह मेरो भाग्य! हरेकको मस्तक त्यस दिव्य सिताराले चम्किरहेको देखेर बापदादा पनि खुसी भइरहनुभएको छ र दिलमा यही गीत गाउनुहुन्छ– वाह बच्चाहरू वाह! बच्चाहरूको दिलबाट कुन गीत सुनिरहनुभएको छ? वाह बाबा वाह! त्यसैले बच्चाहरू पनि वाह! बाबा पनि वाह! अनि यो सारा सभा के भयो? वाह! वाह! वाह! त्यसैले आफ्नो भाग्यलाई देखेर सदा यसरी नै हर्षित भइराख जसरी अहिले सबै हर्षित भइरहेका छौ। यो भाग्य अहिले सङ्गमयुगमा नै मिल्छ। सङ्गमयुगको हर घडीको धेरै ठुलो महत्त्व छ। सङ्गमयुगको एक घडी अविनाशी हुन्छ किनकि हर घडीको २१ जन्महरूसँग सम्बन्ध छ। अहिलेको एक घडीको सम्बन्ध २१ जन्महरूसँग छ। त्यसैले चेक गर, एक घडी व्यर्थ गयो भने एक जन्मको कुरा होइन, २१ जन्मको सम्बन्धको कुरा हो, त्यसैले बापदादाले बच्चाहरूलाई समय समयमा ध्यान खिचिरहनुभएको छ– सङ्गमयुगको एक घडीलाई पनि, एक सङ्कल्पलाई पनि व्यर्थ नगुमाऊ किनकि यसबाट एक जन्म व्यर्थ गुमाउँदैनौ तर २१ जन्म व्यर्थ गुमाउँछौ। सङ्गमयुगको महत्त्व हर पल याद राख।

बापदादाले व्यर्थ समय र व्यर्थ सङ्कल्पको गृहकार्य सबैलाई दिनुभएको थियो। सबैले गृहकार्य गरेका छौ? जसले सम्झन्छौ यसमा हाम्रो ध्यान गयो र धेरैजसो सफलता पनि प्राप्त भयो, लक्ष्यको लक्षणसम्म परिणाम हुन्छ, तिमीहरूले हात उठाऊ। अच्छा। पाण्डवहरूले उठाइरहेका छन्? पुरै हात उठाऊ। अहिले सबैले काम गरेका छैनौ। सङ्गमयुगको महत्त्वलाई सदा बुद्धिमा याद राख्यौ भने अविनाशी बाबाद्वारा यो कार्य मिलेको छ। हर घडी अविनाशी बन्छ किनकि अविनाशी बाबाले यो वरदान दिनुभएको छ। त्यसपछि सहजै हुनेछ। बाबाले सुनाउनुभयो– हरेक ब्राह्मण बच्चाको कदममा पदमको रेखा छ। सोच, कदममा पदमको रेखा छ भने कति पदमहरूको लागि सङ्गमयुगमा सुनौलो अवसर छ। हरेकले यो आफ्नो भाग्य स्मृतिमा राख्नु छ। कति बच्चाहरूले सोच्छन्– बापदादा के चाहनुहुन्छ? बापदादा यही चाहनुहुन्छ– एक एक बच्चा डबल राजा बनुन्। अहिले स्वराज्य अधिकारी र भविष्यमा विश्व राज्य अधिकारी। कुनै पनि बच्चा डबल राजा बन्नमा कमी नहोस्। त्यसो भए हरेक बच्चा डबल राज्य अधिकारी हौ नि! शिर हल्लाऊ। त्यसैले हरेक बच्चा डबल राज्य अधिकारी हौ! शिर हल्लाऊ। अनि बाबालाई कति खुसी हुन्छ।

बापदादाले दिनहुँ हरेक बच्चाको रेकर्ड हेर्नुहुन्छ, अनि के देख्नुहुन्छ? हरेकले आफ्नो मनमा त बुझिसकेका होलान्। राज्य अधिकारी बनेका त छन् तर अहिले जो स्वराज्य अधिकारी हौ, स्वराज्य अधिकारी अर्थात् मन, बुद्धि, संस्कारलाई आफ्नो कन्ट्रोलमा चलाउने। जब चाह्यो, जसरी चाह्यो, त्यस्तै अधिकार रहुन। जसरी यी स्थूल कर्मेन्द्रियहरू हात छन्, खुट्टा छन्, आफ्नो नियन्त्रणमा रहन्छन्, त्यसैगरी मन, बुद्धि, संस्कारमाथि जब चाह्यो, जसरी चाह्यो, त्यसरी नै रुलिङ पावर र कन्ट्रोलिङ पावर होस्। अहिले हेर्दा नम्बरवार धेरै छन्। हुन् यी (मन, बुद्धि, संस्कार) पनि मेरा। मन म होइन, मेरो हो। संस्कार मेरा हुन्, बुद्धि मेरो हो तर नियन्त्रण गर्ने शक्ति, शासन गर्ने शक्ति नम्बरवार छन्। बापदादाले समयको सूचना पनि समय समयमा दिइरहनुभएको छ, त्यस समय अनुसार तिमीहरूको एक एकको स्वमान हो विश्व कल्याणकारी। अब समय अनुसार हरेक बच्चाले विश्व कल्याणी स्वरूपलाई प्रत्यक्ष गर्ने समय हो। चारैतिर दुःख अशान्ति बढिरहेको छ। तिम्रा भाइ, तिम्रा बहिनीहरू, परिवारहरू दुःखी भइरहेका छन् भने तिमीलाई आफ्नो परिवारमाथि दया लाग्दैन!

अहिले बापदादाले यही इसारा दिइरहनुभएको छ– स्वपुरुषार्थको साथसाथै विश्व सेवा गर, जसरी वाचाको सेवा वर्तमान समयमा राम्रो धुमधामले गरिरहेका छौ। बापदादा खुसी हुनुहुन्छ, यो ७५ वर्षको महोत्सव (जुबली) ले सबैको मनमा धेरैजसोमा सेवाको उमङ्ग ल्याएको छ। बापदादा देखेर खुसी हुनुहुन्छ तर अब मनसा सेवाको पनि आवश्यकता छ किनकि सबैतिर विश्व कल्याणकारी बन्नु छ, त्यसमा मनसा, वाचा र कर्मणा अर्थात् अहिले चालचलन र चेहराबाट तीनै सेवाको आवश्यकता छ। दिनहुँ चेक गर, तीनै सेवाहरूमा कति प्रतिशत सेवा गर्छौ? वाचामा त बापदादाले पनि सर्टिफिकेट दिनुभयो तर अहिले मनसा सूक्ष्म भाइब्रेसनद्वारा आत्माहरूको दुःख अशान्तिको सहारा बन्नुपर्छ। के तिमीलाई दया लाग्दैन? जस्तासुकै भए पनि बच्चाहरू त हुन् नि, त्यसैले बापदादालाई त बच्चाहरूमाथि दया लाग्छ। अहिले हरेक बच्चा केवल सेन्टर कल्याणी होइन, जोन कल्याणी होइन विश्व कल्याणी बन्नु छ। त्यसैले बापदादा अहिले यही ध्यान गराइरहनुभएको छ– आफ्ना भक्तहरूको कल्याणकारी बन किनकि यो सङ्गमयुगको धेरै ठुलो महत्त्व छ। अहिले सङ्गमयुगमा जे चाह्यो जति चाह्यो त्यति बाबाबाट सहयोग मिल्न सक्छ। त्यसैले सुन्यौ, अहिले के गर्नु छ? मनसा सेवालाई बढाऊ। आफ्नो कार्य अनुसार जसरी ट्राफिक कन्ट्रोलको समय निश्चित गरिएको छ, त्यसैगरी हरेकले मनसा सेवाको पनि समय निश्चित गर्नुपर्छ। धेरै दुःख भएपछि, त्यस समयमा सबैको ध्यान त्यस हलचलमा हुन्छ तर अहिले मनसा सेवाको समय हो, त्यसैले हरेक बच्चाले आफ्नो विश्व कल्याणीको स्वरूप इमर्ज गर्नु छ। विश्व कल्याणमा स्वकल्याण स्वतः र सहजै हुनेछ किनकि मन स्वतन्त्र छ भने व्यर्थ आउँछ तर मन व्यस्त भयो भने व्यर्थ सहजै समाप्त हुनेछ। बापदादाले चक्कर लगाएर चारैतिर देश विदेशका अज्ञानी बच्चाहरूलाई हेर्दा दया लाग्छ, त्यसैले तिमी सबै पनि अब दुःखहर्ता सुखकर्ता बन।

त्यसैले हेर, दुनियाँका आत्माहरूको होली र तिम्रो होलीमा कति अन्तर छ। बापदादाले पहिला पनि भन्नुभएको छ– तिम्रा भक्तहरू तिमीहरूले गरेका कार्यको सिको गर्नमा होसियार छन् किनकि यी सबै विधिहरू द्वापरमा आउने आत्माहरूले बनाएका हुन्। सबैभन्दा पहिलो जन्म थियो नि, त्यसैले उनीहरूको बुद्धि पनि जसरी नियम छ पहिला सतोप्रधान फेरि रजो, तमोमा आउँछन्, त्यसरी नै उनीहरूको बुद्धि आफ्नो हिसाबले सतो थियो, त्यसैले तिम्रो एक एक विशेषतालाई देखेर, तिमी सदा उत्साहमा खुसीमा रहन्छौ, त्यसैलाई उत्सवको रूपमा मनाउन सुरु गरेका छन्। जसरी शिवरात्रिमा पनि बताउनुभयो नि, सिको गर्नमा कति होसियार छन्। त्यसैगरी अहिले पनि तिमी सदा सङ्गममा उत्साहमा रहन्छौ, तिम्रो उत्साहलाई उनीहरूले उत्सवको रूपमा यादगार बनाएका छन्। होलीमा के गर्छन्? तिमीले पनि आफ्नो जीवनलाई रङ्ग्याएका छौ तर तिम्रो रङ कुन हो? तिमी सबैको रङ हो बाबाको सङ्गतको रङ। सारा समय बाबाको सङ्गतको रङमा रहन्छौ नि! उनीहरूले पनि रङ त बनाए तर देह अभिमानी (बडी कन्सियस) छन् नि! त्यसैले स्थूल रङ बनाइदिएका छन्। तर तिमीहरू सबै सदा यस कल्याणकारी सङ्गममा यस रङमा, सङ्गतको रङमा रहन्छौ नि! रङ लगाएका छौ नि! सङ्गतको रङ लाग्यो र अङ्ग्रेजी होलीलाई पवित्रता भनिन्छ। त्यसैले सङ्गतको रङमा तिमी होली अर्थात् पवित्र बन्छौ। पवित्र बनेका छौ नि! पवित्रताको व्रत सबैले लिएका छौ नि पक्का! चाहे नम्बरवार छौ तर ब्राह्मण बन्नु अर्थात् पवित्रताको व्रत लिनु किनकि बाबा सदा पवित्र हुनुहुन्छ। बाबा हुनुहुन्छ नै पवित्र स्वरूप। बन्नु पर्दैन। उहाँको स्वरूप नै पवित्रता हो। त्यसैले होलीको विशेषता जान्दछौ के हो? पवित्र त तिमी बन्छौ तर तिमी सङ्गतको रङमा डबल पवित्र बन्छौ। धर्मपिताहरू, महान् आत्माहरू पवित्र बन्छन् तर उनीहरूले केवल आत्मालाई पवित्र बनाउँछन्। शरीर र आत्मा दुवै पवित्र त्यस्ता त तिमी भविष्यमा बन्छौ। सुरुदेखि लिएर हेर द्वापरदेखि जति पनि आएका छन्, पवित्र बनेका छन् तर डबल पवित्र कोही बनेको छैन। शरीर पनि पवित्र आत्मा पनि पवित्र। तिमी भविष्यमा राज्य अधिकारी बन्दा आत्मा र शरीर दुवै पवित्र हुनेछन्। सारा चक्र घुम। द्वापरदेखि आएका छन्, द्वापरदेखि अहिलेसम्म हेर, कोही डबल पवित्र बनेको छ! त्यसैले किन तिमी डबल पवित्र रहनेहरू, यति महान् बनेका छौ? किनकि तिमीलाई कुन रङ लागेको छ? परमात्माको सङ्गतको रङ लागेको छ। त्यसैले जसरी परम आत्मा पवित्र हुनुहुन्छ, त्यसैगरी तिमी पनि २१ जन्म डबल पवित्र रहन्छौ। चाहे धर्मपिता आऊन् तर उनीहरू पनि डबल पवित्र होइनन्। यो तिम्रो भाग्य हो किनकि तिमी रहन्छौ नै परमात्माको सङ्गतमा। सङ्गतको रङ यति पक्का हुन्छ जसले गर्दा डबल पवित्र बन्छौ। अनि होलीको अर्को अर्थ हो– हो ली (भइसक्यो)। भइसक्यो, जे भयो त्यो भयो। हो ली। त्यसैले हो ली गर्न आउँछ? जे भइसक्यो त्यो भइसक्यो। हो ली शब्दको अर्थ के निस्कन्छ? जे भयो भयो। यसबाट तिमी २१ जन्म डबल होली हुन्छौ। एक जन्म होइन किनकि सङ्गमको एक एक सेकेन्डको सम्बन्ध २१ जन्महरूसँग छ। यहाँ तिमीले एक सेकेन्ड वा एक मिनेट सफल गर्छौ भने तिम्रो २१ जन्म सफल हुनेछ, पक्कापक्की (ग्यारेन्टी) छ। त्यसैले यस्तो होली मनायौ? होली गर्न आउँछ? जे भयो त्यो भयो, हो ली। अनि तेस्रो रूपरेखा के गर्छन्? पहिला जलाउँछन् फेरि मनाउँछन्। त्यसैले तिमीले के गर्छौ? योग अग्निबाट आफ्ना कमजोरीहरूलाई, संस्कारहरूलाई जुन अनेक जन्महरूका उल्टा संस्कार छन् तिनलाई योग अग्निबाट जलायौ नि! जलायौ कि अहिले पनि जलाइरहेका छौ? जलायौ? जसले सम्झन्छौ हामीले योग अग्निबाट आफ्ना पहिलाका संस्कार जलायौँ र जले तिमीहरूले हात उठाऊ। जले कि अहिले पनि आउँछन्? अलि अलि त आउँछन्? बापदादाको समीप आफ्नो चार्ट पठाउँछौ नि, त्यतिबेला भन्छौ– धेरै त गए, भन्नमा चतुर छन् नि! त्यसैले भन्छौ– धेरै त खतम भए, कहिलेकाहीँ केही इमर्ज हुन्छ। तर जल्नु अर्थात् जल्नु। जलेपछि नामनिसान नै रहँदैन। मारेपछि शरीरको यादगार त देखिन्छ, तर जलेपछि समाप्त शरीर हुन्छ। जसरी रावणलाई पनि हेर केवल मारेनन् जलाए पनि, जसले गर्दा बिल्कुल नामनिसान खतम भयो। त्यसैगरी तिमीहरू सबैले पनि आफूले नोट गर संस्कारहरूलाई मारेका छौ वा जलाएका छौ? भष्म गरेका छौ? पुराना संस्कारलाई जलाएनौ भने बीच बीचमा इमर्ज हुन्छन्। तर भक्तहरूले सबै सिको गरेका छन्। तिमीहरूले जलाउँछौ उनीहरूले पनि जलाउँछन् फेरि मनाउँछन्। नजलाईकन मनाउँदैनन्। त्यसैले तिमीहरू त संस्कारहरूलाई जलाउँदै होली बनेका छौ। कोही बनिरहेका छौ, कोही बनिसकेका छौ। त्यसैले तिमीहरूले बाबाको सङ्गतको रङको होली मनायौ। अहिले सङ्गतमा बसेका छौ नि, त्यसैले सङ्गतको रङको होली मनायौ नि! मनायौ? हात उठाऊ। मनायौ। होली मनाउनु अर्थात् होली बन्नु, पवित्र बन्नु। जस्तो बाबा त्यस्तै बच्चाहरू छन्। मानौँ तिम्रो कुनै संस्कार जुन जलेको छैन, इमर्ज भयो भने राम्रो लाग्छ? सङ्कल्प आउँछ नि– अब तीव्र पुरुषार्थबाट यसलाई जलाउनु नै छ। केवल मार्नु छैन, के हुन्छ भने कोही कोहीले संस्कारलाई मारेका छन्, त्यसैले मरेको कहिलेकाहीँ फेरि ब्युँतिन्छ। तर जलायौ भने फेरि कहिल्यै आउँदैन।

त्यसैले आज जलाउनु छ वा मारेको नै ठिक छ? जलाउने शक्ति छ? छ शक्ति? सङ्कल्प गर्न सक्छौ? कतिले भन्छन्, बापदादासँग रुहरिहान गर्छन् नि। धेरै मीठा मीठा रुहरिहान गर्छन्, भन्छन्– बाबा हामीले त धेरै कोसिस गर्छौँ, फेरि फेरि त्यही संस्कार आउँछ। चाहन्नौँ तर आउँछ। कारण थाहा छ? जलाउँछौ, बापदादाले देख्नुहुन्छ, पुरुषार्थ धेरै गर्छौ तर पुरुषार्थको साथसाथै दृढ सङ्कल्पको आवश्यकता छ। दृढता सफलताको साँचो हो। जुन दृढ सङ्कल्प गरिन्छ, दृढको अर्थ नै हो फेरि फर्केर आउँदैन। फेरि जान्दछौ धेरै मीठा मीठा कुरा गर्छौ। फेरि आउँछ नि, अनि के भन्छौ? रुहरिहान त सबैले गर्छौ नि! धेरै मीठो रुहरिहान गर्छौ, भन्छौ– चाहँदैनौँ तर आउँछ। त्यसैले शक्ति कम छ नि! दृढता कम छ नि! दृढ सङ्कल्पधारी बन। गर्नु नै छ। अनि त्यस दृढ सङ्कल्पलाई दिनहुँ चेक गर– कुन कारणले फेरि दृढतामा कमजोरी आयो? अनि त्यस परिस्थितिमाथि विशेष ध्यान दिइराख– यो फेरि नआओस्। मास्टर सर्वशक्तिमान्को सिटमा बसेर त्यस सङ्कल्पलाई, संस्कारलाई समाप्त गर। कति बच्चाहरूले भन्छन्– हामीले धेरै पटक अनुभव गर्छौँ, कहिलेकाहीँ कुनै शक्ति चाहन्छौँ नि, अनि त्यतिबेला त्यो शक्ति आउँदैन। छन त शक्ति छ तर समयमा कहिलेकाहीँ शक्तिलाई इमर्ज गर्छन् नि, तैपनि आउँदैन मास्टर सर्वशक्तिमान्। तिम्रो टाइटल के हो? मास्टर सर्वशक्तिमान् अनि भन्छौ के? समयमा शक्ति आउँदैन। कारण? आफ्नो मास्टर सर्वशक्तिमान्को सिटमा सेट हुँदैनौ। अहिले अफिसमा गयौ भने पनि जसलाई अर्डर गर्ने अधिकार हुन्छ, उसले अर्डर गर्छ भने मान्छन् नि। यसरी अरू कसैले भन्यो भने मान्छन् र? त्यसैले तिम्रो सिट मास्टर सर्वशक्तिमान् को सिट हो। त्यस सिटमा सेट हुँदैनौ भने तिमीले आह्वान गरे पनि समयमा शक्ति आउँदैन। यसको लागि बापदादाले बारम्बार भन्नुभएको छ– आफ्नो मनलाई व्यस्त राख। कहिले कुन शक्तिलाई दिनभरिमा इमर्ज राख, कहिले कुनै शक्तिलाई इमर्ज गरेर हेर– त्यसको तागत के हो? यसरी अनुभव गरिरह्यौ र आफ्नो सिटमा सेट रह्यौ भने त्यो शक्ति तिम्रो अगाडि सदा जी हाजिर हुनेछ। तिम्रो शक्ति हो नि! त्यसैले होली मनायौ? तिमीले त सदा होली मनाइरहन्छौ। सदा बाबाको सङ्गतको रङ लगाइरहन्छौ। रङमा रङ्गिएका छौ नि? अच्छा।

आज बापदादाले हरेक बच्चालाई एउटा स्वमान दिनुहुन्छ– हरेक बच्चा दृढ सङ्कल्पधारी विशेष आत्मा बन। सङ्कल्प गर्छौ अनि भयो, यसलाई भनिन्छ दृढ सङ्कल्प। भन्छन् दृढ सङ्कल्प गरेँ तर दृढता अर्थात् हो नै सफलता। सफलता छैन भने दृढता भनिँदैन। त्यसैले अब दृढतासम्पन्न भव! यो आफ्नो विशेष स्वमान दिनहुँ अमृतवेला स्मृतिमा ल्याउनु र त्यस विधिपूर्वक अगाडि बढ्नु। सङ्गमयुगको समय धेरै प्यारो छ, एक सेकेन्ड होइन, एक सेकेन्ड एक वर्षको प्राप्तिसमान छ, त्यसैले बापदादा भनिरहनुहुन्छ– एक सेकेन्ड पनि व्यर्थ नजाओस्। एक सङ्कल्प पनि व्यर्थ नजाओस्। समर्थ बन र समर्थ बनाऊ। ठिक छ नि! अच्छा।

चारैतिरका परमपवित्र (होलीएस्ट) बच्चाहरूलाई जो हरेक कदममा मेरो बाबा, मेरो बाबा भन्दै उडिरहेका छौ र सदा आफ्नो तीव्र पुरुषार्थद्वारा अगाडि बढिरहेका छौ र बढाइरहन्छौ, यस्ता बापदादाको दिलका नूरे रत्नहरूलाई बापदादाले धेरै, धेरै, धेरै, धेरै दिलको प्यार दिइरहनुभएको छ। साथै होलीको बधाई पनि दिइरहनुभएको छ किनकि वास्तवमा तिमी नै होली हौ र अरू कोही पनि डबल होली बन्दैनन्। तिमी नै डबल होली बन्छौ, त्यसैले पदमगुणा बधाई छ, बधाई छ।

वरदान:–
स्वयंमाथि बापदादालाई समर्पण गराउने त्यागमूर्त , निश्चयबुद्धि भव

“बाबा मिल्नुभयो सबै थोक मिल्यो” यस खुमारी वा नसामा सबैथोक त्याग गर्ने ज्ञानस्वरूप, निश्चयबुद्धि बच्चाहरूले बाबाद्वारा खुसी, शान्ति, शक्ति वा सुखको अनुभूति गर्छौ र लोकलाजको पनि पर्वाह नगरेर, सदा कदम अगाडि बढाइरहन्छौ। तिमीहरूलाई दुनियाँको सबैथोक तुच्छ, असार अनुभव हुन्छ। यस्ता त्यागमूर्त, निश्चयबुद्धि बच्चाहरूमाथि बापदादा आफ्नो सर्व सम्पत्ति सहित समर्पित हुनुहुन्छ। जसरी बच्चाहरूले सङ्कल्प गर्छौ– बाबा हामी हजुरका हौँ, त्यसैगरी बाबाले पनि भन्नुहुन्छ– जे बाबाको त्यो तिम्रो।

स्लोगन:–
सहजयोगी उनीहरू हुन् जसले आफ्नो हर सङ्कल्प र कर्मबाट बाबाको स्नेहको भाइब्रेसन फैलाउँछन्।

अव्यक्त इसारा:– ब्रह्माबाबासमान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर

तिमी सबै ब्राह्मण आत्माहरूले जन्म लिनासाथ यो व्रत लिएका छौ– हामी बाबासमान सम्पन्न र सम्पूर्ण बन्नु छ। जसरी सबैले एभररेडी शब्द भन्छौ, त्यसैगरी सम्पन्न र सम्पूर्ण बन्नमा सदा तत्पर होऊ, यसमा लापरबाही नगर।