01.12.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– दिनहुँ
विचार सागर मन्थन ग र ेमा खुसीको पार ा चढ्छ , हिँड्दा-डुल्दा याद रहोस्– हामी
स्वदर्शन चक्रधारी हौँ ”
प्रश्न:–
आफ्नो उन्नति
गर्ने सहज साधन कुन हो?
उत्तर:–
आफ्नो उन्नतिका
लागि दिनहुँ चार्ट राख। चेक गर– आज दिनभरि कुनै आसुरी काम त गरिएन? जसरी
विद्यार्थीले आफ्नो रजिस्टर राख्छन्, त्यसरी नै तिमी बच्चाहरूले पनि दैवी गुणहरूको
रजिस्टर राख्यौ भने उन्नति हुँदै जान्छ।
गीत:–
दूर देश के
रहने वाला...
ओम् शान्ति ।
बच्चाहरूलाई
थाहा छ– दूरदेश कुन देशलाई भनिन्छ। दुनियाँमा एक जना पनि मनुष्यले जान्दैन। जतिसुकै
ठुला विद्वान्, पण्डित भए पनि यसको अर्थ बुझ्दैनन्। तिमी बच्चाहरूले बुझेका छौ। बाबा,
जसलाई सबै मनुष्य मात्रले याद गर्छन्– हे भगवान... ! उहाँ अवश्य माथि मूलवतनमा
हुनुहुन्छ, अरू कसैलाई पनि यो थाहा छैन। यस ड्रामाको रहस्य पनि अहिले तिमी
बच्चाहरूले बुझेका छौ। सुरुदेखि लिएर अहिलेसम्म जे भयो, जे हुनेवाला छ, सबै तिम्रो
बुद्धिमा छ। यो सृष्टि चक्र कसरी घुम्छ, त्यो बुद्धिमा रहनुपर्छ नि। तिमी बच्चाहरूले
पनि नम्बरवार बुझ्छौ। विचार सागर मन्थन गर्दैनौ त्यसैले खुसीको पारा पनि चढ्दैन।
उठ्दा-बस्दा बुद्धिमा हुनुपर्छ– हामी स्वदर्शन चक्रधारी हौँ। आदिदेखि अन्त्यसम्म म
आत्मालाई सारा सृष्टि चक्रको विषयमा थाहा छ। बस्न त तिमी यहाँ बसेका छौ, तर बुद्धिमा
मूलवतन याद आउँछ। त्यो हो स्वीट साइलेन्स होम, निर्वाणधाम, साइलेन्स धाम, जहाँ
आत्माहरू रहन्छन्। यी कुरा तिमी बच्चाहरूको बुद्धिमा तुरुन्तै आउँछन्, अरू कसैलाई
थाहा छैन। जतिसुकै शास्त्र आदि पढिरहे पनि वा सुनिरहे पनि फाइदा केही पनि हुँदैन।
ती सबै छन् उतरतीकलामा। तिमी अहिले चढिरहेका छौ। फर्केर जानका लागि स्वयं तयारी
गरिरहेका छौ। यो पुरानो कपडा छोडेर हामी घर जानुछ। खुसी हुन्छ नि! घर जानका लागि
आधाकल्प भक्ति गरेका छौ। सिँढी तल ओर्लंदै गयौ। अहिले बाबाले हामीलाई सहज रूपमा
सम्झाउनुहुन्छ। तिमी बच्चाहरूलाई खुसी हुनुपर्छ। बाबा भगवानले हामीलाई पढाउनुहुन्छ–
यसमा धेरै खुसी हुनुपर्छ। बाबाले सम्मुख पढाउँदै हुनुहुन्छ। बाबा जो सबैका पिता
हुनुहुन्छ, उहाँले हामीलाई फेरि पढाउँदै हुनुहुन्छ। अनेक पटक पढाउनुभएको छ। तिमीले
चक्कर लगाएर पूरा गरिसकेपछि फेरि बाबा आउनुहुन्छ। यस समयमा तिमी हौ स्वदर्शन
चक्रधारी। तिमीले विष्णुपुरीका देवता बन्नका लागि पुरुषार्थ गरिरहेका छौ। दुनियाँमा
अरू कसैले पनि यो ज्ञान दिन सक्दैन। शिवबाबाले हामीलाई पढाउँदै हुनुहुन्छ, यसमा कति
खुसी हुनुपर्छ। बच्चाहरूलाई थाहा छ– यी शास्त्र आदि सबै भक्तिमार्गका हुन्, यी
सदगतिका लागि होइनन्। भक्तिमार्गको सामग्री पनि चाहिन्छ नि। भक्तिमार्गको सामग्री
अथाह छ। बाबा भन्नुहुन्छ– यसबाट तिमी गिर्दै आएका छौ। कति ठाउँ ठाउँमा भट्किन्छन्।
अहिले तिमी शान्त भएर बसेका छौ। तिमीले ठक्कर खाने कुरा सबै छुट्यो। तिमीलाई थाहा
छ– थोरै समय बाँकी छ, आत्मालाई पवित्र बनाउनका लागि बाबाले त्यही मार्ग बताइरहनुभएको
छ। भन्नुहुन्छ– मलाई याद गरेमा तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ फेरि सतोप्रधान
दुनियाँमा आएर राज्य गर्छौ। बाबाले यो मार्ग कल्प कल्प अनेक पटक बताउनुभएको छ। फेरि
आफ्नो अवस्थालाई पनि हेर्नुपर्छ, विद्यार्थीले पुरुषार्थ गरेर आफूलाई होसियार
बनाउँछन् नि। पढाइको पनि रजिस्टर हुन्छ र चालचलनको पनि रजिस्टर हुन्छ। यहाँ तिमीले
पनि दैवीगुण धारण गर्नुपर्छ। दिनहुँ आफ्नो चार्ट राखेमा धेरै उन्नति हुन्छ– आज
दिनभरि कुनै आसुरी कुकर्म त गरिएन? हामी त देवता बन्नुछ। लक्ष्मी-नारायणको चित्र
सामुन्ने राखिएको छ। यो चित्र कति सिम्पल छ। माथि शिवबाबा हुनुहुन्छ। प्रजापिता
ब्रह्माद्वारा यो वर्सा दिनुहुन्छ त्यसैले अवश्य सङ्गममा ब्राह्मण-ब्राह्मणीहरू
हुन्छन् नि। देवताहरू हुन्छन् सत्ययुगमा। ब्राह्मण हुन्छन् सङ्गममा। कलियुगमा
हुन्छन् शूद्र वर्णका। विराटरूप पनि बुद्धिमा धारण गर। हामी अहिले छौँ ब्राह्मण टुपी,
फेरि देवता बन्छौँ। बाबाले ब्राह्मणहरूलाई पढाउँदै हुनुहुन्छ देवता बनाउनका लागि।
त्यसैले दैवीगुण पनि धारण गर्नुपर्छ, त्यतिकै मीठो पनि बन्नुपर्छ। कसैलाई दुःख
दिनुहुँदैन। जसरी शरीर निर्वाहका लागि केही न केही काम गरिन्छ, त्यसरी नै यहाँ पनि
यज्ञ सेवा गर्नुपर्छ। कसैले बिरामी छ, सेवा गर्दैन भने फेरि उसको सेवा पनि
गर्नुपर्छ। मानौँ कोही बिरामी छ, शरीर छोड्यो भने, तिमी दुःखी हुने वा रुने कुरा
छैन। तिमी त बिल्कुल शान्तिमा बाबाको यादमा रहनुपर्छ। कुनै आवाज निकाल्नुछैन।
उनीहरूले त मरेको लाशलाई श्मशानमा लैजान्छन् त्यसपछि भन्दै जान्छन्– राम नाम संग
है। तिमीले केही पनि भन्नुछैन। तिमीले साइलेन्सबाट विश्वमाथि विजय प्राप्त गर्छौ।
उनीहरूको हो साइन्स, तिम्रो हो साइलेन्स।
तिमी बच्चाहरूले
ज्ञान र विज्ञानको यथार्थ अर्थ पनि जानेका छौ। ज्ञान हो समझ र विज्ञान हो सबै कुरा
बिर्सनु, ज्ञानभन्दा पनि पर। त्यसैले ज्ञान पनि छ, विज्ञान पनि छ। आत्माले जान्दछ–
म शान्तिधामको निवासी हुँ फेरि ज्ञान पनि छ। रुप र बसन्त। बाबा पनि रुप-बसन्त
हुनुहुन्छ नि। रुप पनि छ र उहाँमा सारा सृष्टि चक्रको ज्ञान पनि छ। उनीहरूले
विज्ञान भवन नाम राखेका छन्। अर्थ केही बुझ्दैनन्। तिमी बच्चाहरूले बुझेका छौ– यस
समयमा साइन्सबाट दुःख पनि छ, सुख पनि छ। त्यहाँ सुखै सुख हुन्छ। यहाँ छ अल्पकालको
सुख। बाँकी त दुःखै दुःख छ। घरमा मानिसहरू कति दुःखी हुन्छन्। सम्झन्छन्– बरू कहीँ
मरियो भने यो दुःखको दुनियाँबाट छुट्नेथियौँ। तिमी बच्चाहरूलाई त थाहा छ– बाबा
आउनुभएको छ हामीलाई स्वर्गवासी बनाउन। कति गदगद हुनुपर्छ। कल्प कल्प बाबा हामीलाई
स्वर्गवासी बनाउन आउनुहुन्छ। त्यसैले यस्तो बाबाको मतमा चल्नुपर्छ नि।
बाबा भन्नुहुन्छ– मीठे
बच्चे! कहिल्यै कसैलाई दुःख नदेऊ। गृहस्थ व्यवहारमै रहेर पवित्र बन। हामी भाइ-बहिनी
हौँ, यो हो प्यारको नाता। अरू कुनै दृष्टि जान सक्दैन। हरेकको बिमारी आआफ्नै छ,
त्यस अनुसार राय पनि दिइरहनुहुन्छ। सोध्छन्– बाबा यस्तो यस्तो हालत हुन्छ, यो हालतमा
के गरौँ? बाबा सम्झाउनुहुन्छ– भाइ-बहिनीको नराम्रो दृष्टि हुनुहुँदैन। कुनै पनि झगडा
नहोस्। म तिमी आत्माहरूको पिता हुँ नि। शिवबाबा ब्रह्मा तनबाट बोल्दै हुनुहुन्छ।
प्रजापिता ब्रह्मा शिवबाबाको बच्चा हुनुभयो, साधारण तनमा नै आउनुहुन्छ नि। विष्णु त
हुनुभयो सत्ययुगको। बाबा भन्नुहुन्छ– म यिनमा प्रवेश गरेर नयाँ दुनियाँ रच्न आएको
छु। बाबा सोध्नुहुन्छ– तिमी विश्वको महाराजा-महारानी बन्छौ? हजुर बाबा, किन नबन्ने।
हो, यसमा पवित्र रहनुपर्छ। यो त मुस्किल छ। अरे, तिमीलाई विश्वको मालिक बनाउँछु,
तिमी पवित्र रहन सक्दैनौ? लाज लाग्दैन? लौकिक पिताले पनि सम्झाउँछन् नि– फोहोरी काम
नगर। यही विकारलाई छोड्ने कुरामा नै विघ्न पर्छ। सुरुदेखि लिएर यसमाथि हङ्गामा चल्दै
आएको छ। बाबा भन्नुहुन्छ– मीठे बच्चे! यस विकारमाथि विजय प्राप्त गर्नुछ। म आएको
हुँ पवित्र बनाउन। तिमी बच्चाहरूलाई ठिक बेठिक, राम्रो नराम्रो सोच्ने बुद्धि मिलेको
छ। यी लक्ष्मी-नारायण हुन् लक्ष्य उद्देश्य। स्वर्गवासीहरूमा दैवीगुण हुन्छन्,
नर्कवासीहरूमा अवगुण छन्। अहिले रावणराज्य छ, यो पनि कसैले बुझ्न सक्दैनन्। रावणलाई
हरेक वर्ष जलाउँछन्। दुस्मन हो नि। जलाउँदै आएका छन्। बुझ्दैनन्– यो को हो? हामी सबै
रावण राज्यका हौँ नि, त्यसैले अवश्य हामी असुर ठहरियौँ। तर आफूलाई कसैले असुर
सम्झँदैनन्। धेरैले भन्छन् पनि– यो राक्षस राज्य हो। यथा राजा-रानी तथा प्रजा। तर
यति पनि समझ छैन। बाबा बसेर सम्झाउनुहुन्छ– रामराज्य अलग हुन्छ, रावणराज्य अलग
हुन्छ। अहिले तिमी सर्वगुण सम्पन्न बनिरहेका छौ। बाबा भन्नुहुन्छ– मेरा भक्तहरूलाई
ज्ञान सुनाऊ, जसले मन्दिरहरूमा गएर देवताहरूको पूजा गर्छन्। बाँकी यस्ता यस्ता
मानिसहरूसँग मेहनत नगर। मन्दिरहरूमा तिमीलाई धेरै भक्तहरू मिल्छन्। नाडी पनि
छाम्नुपर्छ। डाक्टरहरूले देख्नेबित्तिकै तुरुन्तै बताइदिन्छन्– यिनलाई के बिमारी छ।
दिल्लीमा एक अजमलखाँ वैद्य प्रसिद्ध थिए। बाबाले त तिमीलाई २१ जन्मका लागि सदा
स्वस्थ, सदा सम्पन्न बनाउनुहुन्छ। यहाँ त छन् नै सबै रोगी, अस्वस्थ। त्यहाँ त
कहिल्यै रोग हुँदैन। तिमी सदा स्वस्थ, सदा सम्पन्न बन्छौ। तिमीले आफ्नो योगबलबाट
कर्मेन्द्रियहरूमाथि विजय प्राप्त गर्छौ। तिमीलाई यी कर्मेन्द्रियहरूले कहिल्यै धोका
दिन सक्दैनन्। बाबाले सम्झाउनुभएको छ– राम्रोसँग यादमा बस, देहीअभिमानी भएमा
कर्मेन्द्रियहरूले धोका दिँदैनन्। यहाँ नै तिमीले विकारहरूमाथि विजय प्राप्त गर्छौ।
त्यहाँ कुदृष्टि हुँदैन। रावण राज्य नै हुँदैन। त्यो हो नै अहिंसक देवी-देवताहरूको
धर्म। लडाइँ आदिको कुनै कुरा हुँदैन। यो लडाइँ पनि अन्तिममा हुनेछ, यसबाट स्वर्गको
द्वार खुल्नेछ। फेरि कहिल्यै लडाइँ हुँदैन। यज्ञ पनि यो लास्ट हो। फेरि आधाकल्प कुनै
यज्ञ हुनेछैन। यसमा सारा फोहोर स्वाहा हुन्छ। यस यज्ञबाट नै विनाश ज्वाला निस्किएको
छ, सारा सफाइ हुनेछ। फेरि तिमी बच्चाहरूलाई साक्षात्कार पनि गराइएको छ, त्यहाँका
शूबीरस (अमृत) आदि पनि धेरै स्वादिष्ट फस्टक्लास चीजहरू हुन्छन्। अहिले तिमीले त्यो
राज्यको स्थापना गरिरहेका छौ भने कति खुसी हुनुपर्छ।
तिमीहरूको नाम पनि हो
शिवशक्ति जगत माता। शिवबाट तिमीले शक्ति लिन्छौ केवल यादबाट। कुनै भट्किने कुरा छैन।
उनीहरूले सम्झन्छन्– जसले भक्ति गर्दैनन् उनीहरू नास्तिक हुन्। तिमीले भन्छौ– जसले
बाबा र रचनालाई जान्दैनन् तिनीहरू नास्तिक हुन्, तिमी अहिले आस्तिक बनेका छौ।
त्रिकालदर्शी पनि बनेका छौ। तिमीले तीनै लोक, तीनै काललाई जानेका छौ। यी
लक्ष्मी-नारायणलाई बाबाबाट यो वर्सा मिलेको छ। अब तिमी त्यस्ता बन्छौ। यी सबै कुरा
बाबाले नै सम्झाउनुहुन्छ। शिवबाबा आफै भन्नुहुन्छ– म यिनमा प्रवेश गरेर सम्झाउँछु।
नत्र म निराकारले कसरी सम्झाऊँ। प्रेरणाबाट पढाइ हुन्छ र? पढाउनका लागि त मुख
चाहिन्छ नि। गोमुख त यो हो नि। यी बडी मम्मा हुन् नि, ह्युमन माता हुन्। बाबा
भन्नुहुन्छ– मैले यिनद्वारा तिमी बच्चाहरूलाई सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य
सम्झाउँछु, युक्ति बताउँछु। यसमा आशीर्वादको कुनै कुरा छैन। बाबाको निर्देशनमा
चल्नुछ। श्रीमत मिल्छ। कृपाको कुरा छैन। भन्छन्– बाबा घरी घरी बिर्सिन्छ, कृपा
गर्नुहोस्। अरे, यो याद गर्ने काम त तिम्रो हो। मैले के कृपा गर्छु र। मेरा लागि त
सबै बच्चाहरू हुन्। कृपा गरेँ भने त सबै तख्तमा बस्छन्। पद त पढाइ अनुसार पाउनेछन्।
पढ्नु त तिमीले पर्छ नि। पुरुषार्थ गरिराख। परमप्रिय बाबालाई याद गर्नुछ। पतित आत्मा
फर्केर जान सक्दैन। बाबा भन्नुहुन्छ– जति तिमीले याद गर्छौ, याद गर्दा गर्दै पावन
त्यति नै बन्छौ। पावन आत्मा यहाँ रहन सक्दैन। पवित्र बन्यौ भने शरीर नयाँ चाहिन्छ।
पवित्र आत्मालाई शरीर अपवित्र मिल्ने, यो नियम छैन। संन्यासीहरूले पनि विकारबाट
जन्म लिन्छन् नि। यी देवताहरूले विकारबाट जन्म लिँदैनन्, जसले गर्दा फेरि संन्यास
गर्नुपर्छ। यी त महान् ठहरिए नि। सच्चा सच्चा महात्मा यी हुन् जो सदैव सम्पूर्ण
निर्विकारी छन्। त्यहाँ रावण राज्य हुँदैन। हो नै सतोप्रधान रामराज्य। वास्तवमा राम
पनि भन्नुहुँदैन। शिवबाबा हुनुहुन्छ नि। यसलाई भनिन्छ राजस्व अश्वमेध अविनाशी रुद्र
ज्ञान यज्ञ। रुद्र वा शिव भन्नु एउटै हो। श्रीकृष्णको त नाम छैन। शिवबाबा आएर ज्ञान
सुनाउनुहुन्छ, उनले फेरि रुद्र यज्ञ आयोजन गर्दा माटाको लिङ्ग र सालिग्राम बनाउँछन्।
पूजा गरेर फेरि फोरिदिन्छन्। जसरी बाबाले देवीहरूको उदाहरण बताउनुहुन्छ। देवीहरूलाई
सजाएर, खुवाएर, पिलाएर, पूजा गरेर फेरि डुबाइदिन्छन्। त्यसरी नै शिवबाबा र
सालिग्रामहरूको बडो प्रेम र शुद्धताले पूजा गरेर फेरि विसर्जन गरिदिन्छन्। यो हो
सारा भक्तिको विस्तार। अहिले बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ– जति बाबाको यादमा
रहन्छौ त्यति खुसीमा हुन्छौ। राति दिनहुँ आफ्नो चार्ट हेर्नुपर्छ। केही भुल त गरिनँ?
आफ्नो कान समात्नुपर्छ– बाबा आज मबाट यो भुल भयो, क्षमा गर्नुहोला। बाबा भन्नुहुन्छ–
सत्य लेख्यौ भने आधा पाप काटिन्छ। बाबा त बस्नुभएको छ नि। आफ्नो कल्याण गर्न चाहन्छौ
भने श्रीमतमा चल। चार्ट राखेमा धेरै उन्नति हुन्छ। खर्च त केही छैन। उच्च पद पाउनुछ
भने मनसा-वाचा-कर्मणा कसैलाई पनि दुःख दिनुहुँदैन। कसैले केही भन्यो भने सुनेको
नसुन्यै गरिदिनुपर्छ। यसैमा मेहनत गर्नुपर्छ। बाबा आउनुहुन्छ नै तिमी बच्चाहरूको
दुःख हटाएर सदाका लागि सुख दिन। त्यसैले बच्चाहरू पनि यस्तै बन्नुपर्छ। मन्दिरहरूमा
सबैभन्दा राम्रो सेवा हुन्छ। त्यहाँ तिमीलाई धेरै धार्मिक मन भएका मानिसहरू मिल्छन्।
प्रदर्शनीमा धेरै आउँछन्। प्रोजेक्टरबाट पनि प्रदर्शनी मेलामा सेवा राम्रो हुन्छ।
मेलामा खर्च हुन्छ भने अवश्य फाइदा पनि छ नि। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाले ठिक बेठिकलाई बुझ्ने बुद्धि दिनुभएको छ, त्यही बुद्धिको आधारमा दैवीगुण
धारण गर्नुछ, कसैलाई दुःख दिनुछैन, आपसमा भाइ-बहिनीको सच्चा प्यार होस्, कहिल्यै
कुदृष्टि राख्नुछैन।
२) बाबाको हरेक
निर्देशनमा चलेर राम्रोसँग पढेर आफूमाथि आफैले कृपा गर्नुछ। आफ्नो उन्नतिका लागि
चार्ट राख्नुछ, कसैले दुःख दिने कुरा गर्छ भने सुनेको नसुन्यै गरिदिनुछ।
वरदान:–
ईश्वरीय
रोयल्टीको संस्कारद्वारा हरेकको विशेषताको वर्णन गर्ने पुण्य आत्मा भव
सदा स्वयंलाई विशेष
आत्मा सम्झेर हर सङ्कल्प वा कर्म गर्नु र हरेकमा विशेषता देख्नु, वर्णन गर्नु,
सबैप्रति विशेष बनाउने शुभकल्याणको कामना राख्नु– यही ईश्वरीय रोयल्टी हो। रोयल
आत्माहरूले अर्काद्वारा छोडिएको चीजलाई स्वयंमा धारण गर्न सक्दैनन् त्यसैले सदा
अटेन्सन रहोस्– कसैको कमजोरी वा अवगुणलाई हेर्ने नेत्र सदा बन्द होस्। एकअर्काको
गुणगान गर, स्नेह, सहयोगको पुष्पको लेनदेन गर्ने गरेमा पुण्य आत्मा बन्छौ।
स्लोगन:–
वरदानको
शक्तिले परिस्थितिरूपी आगोलाई पनि पानी बनाइदिन्छ।
अव्यक्त इशारा:– अब
सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ
निराकारी स्वरूपको
मुख्य शिक्षाको वरदान हो “कर्मातीत भव”। आकारीस्वरूप अथवा फरिस्तापनको वरदान हो डबल
लाइट भव। डबल लाइट अर्थात् सर्व कर्म बन्धनबाट हल्का र लाइट अर्थात् सदा
प्रकाशस्वरूपमा स्थित रहनु। यस्ता डबल लाइट रहनेले सहजै कर्मातीत स्थिति प्राप्त
गर्न सक्छन्। त्यसैले सेवामा आउँदा अब यो धुन लगाऊ– म सम्पन्न वा कर्मातीत बन्नु नै
छ।