02.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
डबल अहिंसक रुहानी सेना हौ , तिमीले श्रीमत अनुसार आफ्नो दैवी राजधानी स्थापना
गर्नुछ ।”
प्रश्न:–
तिमी रुहानी
सेवाधारी बच्चाहरूले सबैलाई कुन कुराको चेतावनी दिन्छौ?
उत्तर:–
तिमीले सबैलाई
चेतावनी दिन्छौ– यो त्यही महाभारत लडाइँको समय हो, अब यो पुरानो दुनियाँ विनाश
हुनुछ, बाबाले नयाँ दुनियाँको स्थापना गराइरहनुभएको छ। विनाशपछि फेरि जयजयकार हुनेछ।
तिमीले आपसमा मिलेर सल्लाह गर्नुपर्छ– विनाशभन्दा पहिला सबैलाई बाबाको परिचय कसरी
मिल्छ।
गीत:–
तूने रात
गँवाई सोय के...
ओम् शान्ति ।
बाबाले
सम्झाइरहनुभएको छ– सर्वोच्च हुनुहुन्छ भगवान, फेरि उहाँलाई सर्वोच्च कमान्डर इन चिफ
आदि पनि भन्न सक्छौ किनकि तिमी सेना हौ नि। तिम्रो सुप्रिम कमान्डर को हुनुहुन्छ?
यो पनि जानेका छौ, दुई सेना छन्– तिनीहरू हुन् जिस्मानी, तिमी हौ रुहानी। तिनीहरू
हदका, तिमी बेहदका। तिमीहरूमध्ये कमान्डर पनि छन्, जनरल पनि छन्, लेफ्टिनेन्ट पनि
छन्। बच्चाहरूलाई थाहा छ– हामीले श्रीमतमा राजधानी स्थापना गरिरहेका छौँ। लडाइँ
आदिको त कुनै कुरा छैन। हामीले श्रीमत अनुसार सारा विश्वमाथि फेरि आफ्नो दैवी राज्य
स्थापना गरिरहेका छौँ । कल्प कल्प हाम्रो यो पार्ट खेलिन्छ। यी सबै बेहदका कुरा हुन्।
ती लडाइँहरूमा यी कुरा हुँदैनन्। सर्वोच्च हुनुहुन्छ बाबा। उहाँलाई जादुगर, रत्नागर,
ज्ञानको सागर पनि भनिन्छ। बाबाको महिमा अपरम्पार छ। तिमीले बुद्धिद्वारा केवल
बाबालाई याद गर्नुछ। मायाले याद गर्न बिर्साइदिन्छ। तिमी डबल अहिंसक रुहानी सेना
हौ। तिमीलाई यही ख्याल हुन्छ– हामीले आफ्नो राज्य कसरी स्थापना गर्ने। ड्रामाले
अवश्य गराउनेछ। पुरुषार्थ त गर्नुपर्ने हुन्छ नि। जुन राम्रा राम्रा बच्चाहरू छन्,
उनीहरूले आपसमा सल्लाह गर्नुपर्छ। मायासँग त तिम्रो युद्ध अन्त्यसम्म चलिरहन्छ। यो
पनि जान्दछौ– महाभारत लडाइँ अवश्य हुनुछ। नत्र पुरानो दुनियाँको विनाश कसरी हुन्छ।
बाबाले हामीलाई श्रीमत दिइरहनुभएको छ। हामी बच्चाहरूले फेरि आफ्नो राज्य-भाग्य
स्थापना गर्नुछ। यो पुरानो दुनियाँको विनाश भएपछि फेरि भारतवर्षमा जयजयकार हुनुछ,
जसको लागि तिमी निमित्त बनेका छौ। त्यसैले आपसमा मिल्नुपर्छ। कसरी कसरी हामीले सेवा
गर्ने र सबैलाई बाबाको सन्देश सुनाउने– अब यो पुरानो दुनियाँको विनाश हुनुछ। बाबाले
नयाँ दुनियाँको स्थापना गरिरहनुभएको छ। लौकिक पिताले पनि नयाँ घर बनाउँदा बच्चाहरू
खुसी हुन्छन्। त्यो हो हदको कुरा, यो हो सारा विश्वको कुरा। नयाँ दुनियाँलाई
सत्ययुग, पुरानो दुनियाँलाई कलियुग भनिन्छ। तर पुरानो दुनियाँ हो भने यो थाहा
हुनुपर्छ– बाबा कहिले र कसरी आएर नयाँ दुनियाँ स्थापना गर्नुहुन्छ। तिमीहरूमध्ये
नम्बरवार पुरुषार्थ अनुसार थाहा छ। सबैभन्दा ठुला हुनुहुन्छ बाबा, बाँकी फेरि
नम्बरवार महारथी, घोडसवार, प्यादा हुन्छन्। कमान्डर, क्याप्टेन, यो त केवल उदाहरण
दिएर सम्झाइन्छ। त्यसैले बच्चाहरूले आपसमा मिलेर सल्लाह गर्नुपर्छ– सबैलाई बाबाको
परिचय कसरी दिने, यो हो रुहानी सेवा। हामीले आफ्ना भाइ-बहिनीहरूलाई कसरी चेतावनी
दिने– बाबा नयाँ दुनियाँ स्थापना गर्नको लागि आउनुभएको छ। पुरानो दुनियाँको विनाश
पनि सामुन्ने खडा छ। यो त्यही महाभारत लडाइँ हो। मानिसहरूले त यो पनि बुझ्दैनन्–
महाभारत लडाइँपछि फेरि के हुन्छ!
तिमीले अहिले अनुभव
गर्छौ–हामी अहिले सङ्गममा पुरुषोत्तम बनिरहेका छौँ। अहिले बाबा आउनुभएको छ
पुरुषोत्तम बनाउन, यसमा लडाइँ आदिको कुनै कुरा नै छैन। बाबाले सम्झाउनुहुन्छ– प्यारा
बच्चाहरू! पतित दुनियाँमा एकजना पनि पावन हुन सक्दैन र पावन दुनियाँमा फेरि एकजना
पनि पतित हुन सक्दैन। यति सानो कुरा पनि कसैले बुझ्दैनन्। तिमी बच्चाहरूलाई सबै
चित्र आदिको सार सम्झाइन्छ। भक्तिमार्गमा मानिसहरूले जति पनि जप-तप, दान-पुण्य आदि
गर्छन्, त्यसबाट अल्पकालको लागि काग विष्टासमान सुखको प्राप्ति हुन्छ। तर कोही यहाँ
आएर बुझिसकेपछि मात्र यी कुरा बुद्धिमा बस्छन्। यो हो नै भक्तिको राज्य। ज्ञान
अलिकति पनि छैन। जसरी पतित दुनियाँमा पावन एकजना पनि छैनन्, त्यसैगरी ज्ञान पनि एक
बाबा बाहेक अरू कसैमा छैन। वेद-शास्त्र आदि सबै भक्तिमार्गका हुन्। सिँढी ओर्लनु नै
छ। अहिले तिमी ब्राह्मण बनेका छौ, यसमा नम्बरवार सेना हुन्छन्। मुख्य मुख्य जो
कमान्डर, क्याप्टेन, जनरल आदि छन्, उनीहरूले आपसमा मिलेर सल्लाह गर्नुपर्छ, हामीले
बाबाको सन्देश कसरी दिऊँ। बच्चाहरूलाई सम्झाइएको छ– मेसेन्जर, पैगम्बर अथवा गुरु
एउटै हुनुहुन्छ। बाँकी सबै भक्तिमार्गका हुन्। सङ्गमयुगी केवल तिमी हौ। यो
लक्ष्मी-नारायणको लक्ष्य उद्देश्य बिल्कुल एक्युरेट छ। भक्तिमार्गमा बसेर
सत्यनारायणको कथा, तीजरीको कथा, अमर कथा सुनाउँछन्। अहिले बाबाले तिमीलाई सच्चा
सत्यनारायणको कथा सुनाइरहनुभएको छ। भक्तिमार्गमा विगतका कुरा छन्, जो आएर जान्छन्
पछि फेरि उनीहरूका मन्दिर आदि बनाउँछन्। जसरी शिवबाबाले अहिले तिमीलाई पढाइरहनुभएको
छ, फेरि भक्तिमार्गमा यादगार बनाउनेछन्। सत्ययुगमा शिव वा लक्ष्मी-नारायण आदिका कुनै
चित्र हुँदैनन्। ज्ञान बिल्कुल अलग छ, भक्ति अलग छ। यो पनि तिमीलाई थाहा छ, त्यसैले
बाबाले भन्नुभएको छ– हियर नो इभिल, टक नो इभिल...
तिमी बच्चाहरूलाई
अहिले कति खुसी छ, नयाँ दुनियाँ स्थापना भइरहेको छ। सुखधामको स्थापनाको लागि बाबाले
हामीलाई फेरि निर्देशन दिइरहनुभएको छ, त्यसमा पनि नम्बर वन निर्देशन दिनुहुन्छ–
पावन बन। पतित त सबै छन् नि। त्यसैले जो राम्रा राम्रा बच्चाहरू छन्, उनीहरूले आपसमा
मिलेर सल्लाह गर्नुपर्छ– सेवालाई कसरी बढाउने, गरिबहरूलाई कसरी ईश्वरीय सन्देश दिने,
बाबा त कल्प पहिला जस्तै आउनुभएको छ। भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई
याद गर। राजधानी अवश्य स्थापना हुनुछ। यो कुरा अवश्य बुझ्नेछन्। जो देवी-देवता
धर्मका होइनन्, उनीहरूले बुझ्दैनन्। विनाशकाले विपरीत बुद्धि छन् नि। तिमी
बच्चाहरूलाई थाहा छ– हाम्रो धनी (बाबा) हुनुहुन्छ, त्यसैले तिमी न विकारमा जानुछ, न
लडाइँझगडा गर्नुछ। तिम्रो ब्राह्मण धर्म धेरै उच्च छ। उनीहरू शूद्र धर्मका, तिमी
ब्राह्मण धर्मका। तिमी चोटी, उनीहरू पाउ। चोटीभन्दा माथि हुनुहुन्छ सर्वोच्च भगवान
निराकार। यी आँखाले नदेख्ने हुनाले विराट रूपमा चोटी (ब्राह्मण) र शिवबाबालाई
देखाउँदैनन्। केवल भन्छन्– देवता, क्षत्रिय, वैश्य, शूद्र। जो देवता बन्छन्, उनीहरू
नै फेरि पुनर्जन्म लिएर क्षत्रिय, वैश्य, शूद्र बन्छन्। विराट रूपको अर्थ पनि कसैले
जान्दैनन्। अहिले तिमीले बुझेका छौ, त्यसैले सही चित्र बनाउनुछ। शिवबाबालाई पनि
देखाइएको छ र ब्राह्मणलाई पनि देखाइएको छ, तिमीले अब सबैलाई यो सन्देश दिनुछ–
आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुहोस्। तिम्रो काम हो सन्देश दिनु। जसरी बाबाको
महिमा अपरम्पार छ, त्यसैगरी भारतवर्षको पनि धेरै महिमा छ। यो ज्ञान ७ दिन कसैले
सुन्यो भने पनि बुद्धिमा बस्छ। भन्छन्– फुर्सद छैन। अरे, आधा कल्पदेखि पुकार्दै आयौ,
अब उहाँ बाबा यथार्थमा आउनुभएको छ। बाबालाई आउनु नै छ अन्त्यमा। यो पनि तिमी
ब्राह्मणहरूलाई थाहा छ नम्बरवार पुरुषार्थ अनुसार। पढाइ सुरु गर्यौ अनि निश्चय भयो।
माशुक आउनुभएको छ, जसलाई हामीले पुकार्थ्यौं, अवश्य कुनै शरीरमा आउनुभएको होला।
उहाँको त आफ्नो शरीर छैन। बाबा भन्नुहुन्छ– म यिनमा प्रवेश गरेर तिमी बच्चाहरूलाई
सृष्टिको चक्रको, रचयिता र रचनाको नलेज दिन्छु। यो अरू कसैलाई थाहा छैन। यो पढाइ
हो। धेरै सहज बनाएर सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई कति धनवान बनाउँछु।
कल्प कल्प तिमीजस्तो पवित्र र सुखी कोही हुँदैन। तिमी बच्चाहरूले यस समयमा सबैलाई
ज्ञान दान दिन्छौ। बाबाले तिमीलाई रत्नहरूको दान दिनुहुन्छ, तिमीले अरूलाई दिन्छौ।
विश्वलाई स्वर्ग बनाउँछौ। तिमीले आफ्नै तन-मन-धनद्वारा श्रीमतमा विश्वलाई स्वर्ग
बनाइरहेका छौ। यो कति उच्च कार्य हो। तिमी गुप्त सेना हौ, यो कसैलाई पनि थाहा छैन।
तिमीलाई थाहा छ– हामीले विश्वको बादसाही लिइरहेका छौँ, श्रीमतद्वारा श्रेष्ठ
बनिरहेका छौँ। अब बाबा भन्नुहुन्छ– म एकलाई याद गर। श्रीकृष्णले त भन्न सक्दैनन्,
उनी त प्रिन्स थिए। तिमी प्रिन्स बन्छौ नि। सत्ययुग-त्रेतामा पवित्र प्रवृत्तिमार्ग
हुन्छ। अपवित्र राजाहरूले पवित्र राजा-रानी लक्ष्मी-नारायणको पूजा गर्छन्। पवित्र
प्रवृत्ति मार्गवालाहरूको राज्य चल्छ, फेरि हुन्छ अपवित्र प्रवृत्तिमार्ग। आधा आधा
छ नि। दिन र रात। लाखौँ वर्षको कुरा हो भने आधा आधा त हुन सक्दैन। लाखौँ वर्ष हो भने
फेरि हिन्दु जो वास्तवमा देवता धर्मका हुन्, उनीहरूको सङ्ख्या धेरै ठुलो हुनुपर्छ।
अनगिन्ती हुनुपर्छ। अहिले त गन्ती गर्छन् नि। यो ड्रामामा निश्चित छ, फेरि पनि
हुनेछ। मृत्यु सामुन्नेखडा छ। यो त्यही महाभारत लडाइँ हो। त्यसैले आपसमा मिलेर
सेवाका योजना बनाउनुछ। सेवा गर्दै पनि जान्छन्। नयाँ नयाँ चित्र निस्कन्छन्,
प्रदर्शनी पनि गर्छन्। अच्छा, फेरि के गर्नुछ? अच्छा, रुहानी म्युजियम बनाऊ। आफैले
देखेर गए भने फेरि अरूलाई पठाउनेछन्। गरिब अथवा धनवानले धर्माऊ त निकाल्छन् नि।
धनवानले धेरै निकाल्छन्, यसमा पनि यस्तै छन्। कसैले एक हजार निकाल्छन्, कसैले कम।
कसैले त दुई रुपैयाँ पनि पठाइदिन्छन्। भन्छन्– एक रुपैयाँको इँटा लगाइदिनु होला। एक
रुपैयाँ २१ जन्मको लागि जम्मा गरिदिनु होला। यो हो गुप्त। गरिबको एक रुपैयाँ,
धनवानको एक हजार बराबर हुन्छ। गरिबसँग थोरै छ भने के गर्न सक्छन्। हिसाब छ नि।
व्यापारीहरूले धर्माऊ निकाल्छन्, अब के गर्नुपर्छ। बाबालाई मद्दत दिनुछ। बाबाले फेरि
रिटर्नमा २१ जन्मको लागि दिनुहुन्छ। बाबा आएर गरिबहरूलाई मद्दत गर्नुहुन्छ। अब त यो
दुनियाँ नै रहनेछैन। सबै माटोमा मिल्नेछ। यो पनि थाहा छ– स्थापना अवश्य हुनुछ कल्प
पहिला जस्तै। निराकार बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देहका सबै धर्म त्यागेर एक
बाबालाई याद गर। यी ब्रह्मा पनि रचना हुन् नि। ब्रह्मा कसका बच्चा हुन्, कसले रचना
गर्नुभयो। ब्रह्मा-विष्णु-शङ्करलाई कसरी रचना गर्नुहुन्छ, यो पनि कसैलाई थाहा छैन।
बाबा आएर सत्य कुरा सम्झाउनुहुन्छ। ब्रह्मा पनि अवश्य मनुष्य सृष्टिमा नै हुनुपर्छ।
ब्रह्माको वंशावलीको गायन गरिएको छ। भगवानले मनुष्य सृष्टिको रचना कसरी रच्नुहुन्छ,
यो कसैलाई थाहा छैन। ब्रह्मा त यहाँ हुनुपर्छ नि। बाबा भन्नुहुन्छ– जसमा मैले
प्रवेश गरेको छु, यिनी पनि धेरै जन्मको अन्त्यका हुन्। यिनले पूरा ८४ जन्म लिएका छन्।
ब्रह्मा कुनै रचयिता होइनन्। रचयिता त एक निराकार नै हुनुहुन्छ। आत्माहरू पनि
निराकार छन्। उनीहरू त अनादि छन्। कसैले रचना गरेको होइन, फेरि ब्रह्मा कहाँबाट आए।
बाबा भन्नुहुन्छ– मैले यिनमा प्रवेश गरेर यिनको नाम परिवर्तन गरिदिएँ। तिमी
ब्राह्मणहरूको पनि नाम परिवर्तन गरिदिएँ। तिमी राजऋषि हौ, सुरुमा संन्यास गरेर साथमा
बस्न थाल्यौ अनि नाम परिवर्तन गरिदिएँ। फेरि देखेँ, मायाले खाइदिन्छ, त्यसैले माला
बनाउन, नाम राख्न छोडिदिएँ।
आजकाल दुनियाँमा हरेक
कुरामा धेरै ठगी छ। दुधमा पनि ठगी। सत्य चिज त मिल्दैन। बाबाको लागि पनि ठगी।
स्वयंलाई नै भगवान भन्न थाल्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– आत्मा के हो,
परमात्मा के हुनुहुन्छ। तिमीहरू मध्ये पनि नम्बरवार पुरुषार्थ अनुसार छौ। बाबालाई
थाहा छ– कसले कसरी पढ्छन् र फेरि पढाउँछन्, कुन पद पाउनेछन्। निश्चय छ– हामी
बाबाद्वारा विश्वको राजकुमार बनिरहेका छौँ। त्यसैले यस्तो पुरुषार्थ गरेर देखाउनुछ।
जसबाट हामी राजकुमार बनौँ। फेरि ८४ को चक्र लगायौँ, अब फेरि बनिरहेका छौँ। यो हो
नर्क, यसमा केही पनि रहेको छैन। फेरि बाबा आएर भण्डार भरपुर गरेर काल कंटक
हटाइदिनुहुन्छ। तिमीले सबैसँग सोध– यहाँ भण्डार भरपुर गर्न आएका हौ नि। अमरपुरीमा
काल आउन सक्दैन। बाबा आउनु नै हुन्छ भण्डार भरपुर गरेर काल कंटक हटाउन। त्यो हो
अमरलोक, यो हो मृत्युलोक। यस्ता मीठा मीठा कुरा सुन्नु-सुनाउनु छ। व्यर्थ कुरा होइन।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबा विश्वको मालिक बन्ने पढाइ पढाउन आउनुभएको छ, त्यसैले कहिल्यै यसो भन्नुछैन–
मलाई फुर्सद छैन। श्रीमतमा तन-मन-धनद्वारा विश्वलाई स्वर्ग बनाउने सेवा गर्नुछ।
२) आपसमा धेरै ज्ञानका
मीठा मीठा कुरा सुन्नु र सुनाउनुछ। बाबाको यो निर्देशन सदैव याद रहोस्– हियर नो
इभिल, टक नो इभिल...।
वरदान:–
हदका सबै
कामनाहरूमाथि विजय प्राप्त गर्ने कामजित जगतजित भव
काम विकारको अंश सबै
हदका कामनाहरू हुन्। कामना एउटा हुन्छ वस्तुहरूको, दोस्रो व्यक्तिद्वारा हदको
प्राप्तिको, तेस्रो हो सम्बन्ध निर्वाह गर्नमा, चौथो हो सेवा भावनामा हदको कामनाको
भाव। कुनै पनि व्यक्ति वा वस्तुप्रति विशेष आकर्षण हुनु– इच्छा होइन तर यो राम्रो
लाग्छ, यो पनि काम विकारको अंश हो। जब यो सूक्ष्म अंश पनि समाप्त हुन्छ तब भनिन्छ–
कामजित जगतजित।
स्लोगन:–
दिलको
महसुसताद्वारा दिलाराम बाबाको आशीर्वाद लिने अधिकारी बन।