02.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीले विकारहरूको दान गरिद ियौ भने राहुको ग्रहण उत्रिन्छ , दे दान तो छुटे ग्रहण।”

प्रश्न:–
वृक्षपति बाबाले आफ्ना सबै बच्चाहरूमाथि बृहस्पतिको दशा बसाल्नको लागि कुन स्मृति दिलाउनुहुन्छ?

उत्तर:–
हे प्यारा बच्चाहरू! तिम्रो आदि सनातन देवीदेवता धर्म अति श्रेष्ठ थियो। तिमी सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण थियौ। तिमी म सागरका बच्चाहरू काम चितामा बसेर काला भएका छौ, तिमीलाई ग्रहण लागेको छ। अब म तिमीहरूलाई फेरि गोरो बनाउन आएको हुँ, यो स्मृति आएमा बृहस्पतिको दशा बस्छ।

गीत:–
ओम् नमः शिवाय...

ओम् शान्ति ।
यो कसको महिमा सुन्यौ? बेहदका बाबाको। उच्चभन्दा उच्च बाबा परमपिता परमात्मा नै हुनुहुन्छ। लौकिक पिताको लागि त सबैले परमात्मा भन्दैनन्। तिमी बच्चाहरूलाई थाहा छ सबै आत्माहरूका पारलौकिक बाबा– उहाँ हुनुहुन्छ उच्चभन्दा उच्च। उहाँको नाम नै हो शिव। नाम रूप बिना त कुनै चिज हुँदैन। यस समयमा सबैलाई राहुको ग्रहण लागेको छ, त्यसैले यसलाई कलियुगी दुनियाँ भनिन्छ। ग्रह दशाहरू पनि हुन्छन्, बृहस्पतिको दशा, शुक्रको दशा... अहिले तिम्रो बृहस्पतिको दशा छ। जसको महिमा सुन्यौ, उच्चभन्दा उच्च भगवान शिवबाबा, उहाँको वास्तविक नाम हो शिव। बाँकी किसिम किसिमका अनेक नाम राखिदिएका छन्। वास्तविक नाम हो शिवबाबा। बाबा सम्झाउनुहुन्छ म बीजरूप, चैतन्य हुँ। सत, चित भन्छन् फेरि भन्छन् उहाँ सुखको सागर, आनन्द, शान्तिको सागर हुनुहुन्छ। महिमा सबै उहाँ एकको नै हुन्छ। सबैले महिमा गाउँछन् तर केही पनि बुझ्दैनन्। एकदम पत्थरबुद्धि भएका छन्। पत्थरबुद्धि कसले बनायो? रावणले। सत्ययुगमा तिमीहरू पारसबुद्धि थियौ, आजभन्दा ५ हजार वर्ष पहिला यो भारतवर्ष पारसपुरी थियो, जसमा देवीदेवता रहन्थे। भारतवर्ष नै अविनाशी खण्ड भनेर गायन गरिएको छ। भारतवर्षमा नै पारसबुद्धि देवता थिए, यस समयमा पत्थरबुद्धि पतितहरू रहन्छन्। पतित कसरी बन्छन्, यो पनि बाबाले सम्झाउनुभएको छ। द्वापरदेखि काम चितामा बस्न थालेपछि काला बन्छन्। काम अग्निमा सबै भस्म भएका छन्। त्यसमा पनि खासगरी भारतवर्षको कुरा हो। भारतवर्षमा पारसबुद्धि देवताहरूको राज्य थियो, त्यसलाई विष्णुपुरी, रामराज्य पनि भनिन्थ्यो। यो कुरा बाबा आएर बताउनुहुन्छ। मीठा-प्यारा बच्चाहरू! तिमीहरू सत्ययुगमा हुँदा सर्वगुण सम्पन्न थियौ। यो तिम्रो महिमा हो। त्यहाँ विकार हुँदैनन्। द्वापरदेखि रावण, ५ विकारहरूको राज्य सुरु भएको हो। त्यसैले रामराज्य परिवर्तन भएर रावण राज्य हुन्छ। अहिले ग्रहण लागेको छ। बिल्कुलै भारतवर्ष कालो भएको छ। बृहस्पतिको दशा सबैभन्दा राम्रो हुन्छ। भारतवर्षमा सत्ययुगमा बृहस्पतिको दशा थियो। फेरि त्रेतामा शुक्रको दशा हुन्छ अनि दुई कला कम भए। त्यसलाई भनिन्छ नै त्रेतायुग। फेरि द्वापर, कलियुग आयो। सिँढी ओर्लंदै आयौ, शनिको दशा लाग्यो। यस समयमा सबैमाथि राहुको दशा छ। सूर्यलाई ग्रहण लाग्यो भने भन्छन् दे दान तो छुटे ग्रहण।

अब रुहानी बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ– यो हो रुहानी ज्ञान। यो कुनै शास्त्रहरूको ज्ञान होइन। शास्त्रहरूको ज्ञानलाई भक्तिमार्ग भनिन्छ। सत्ययुग-त्रेतामा भक्ति हुँदैन। ज्ञान र भक्ति, फेरि हुन्छ वैराग्य अर्थात् यस पुरानो दुनियाँलाई छोड्नुपर्छ। यो हो शूद्र वर्ण। विराटरूप देखाउँछन् ब्राह्मण, देवता, क्षत्रिय, वैश्य... यो भारतवर्षको नै कथा हो। विराटरूप बनाउँछन् पनि, तर पत्थरबुद्धिले बुझ्दैनन्। किन पत्थरबुद्धि छन्? किनकि पतित छन्। तिमीहरू नै पारसबुद्धि थियौ, सम्पूर्ण निर्विकारी थियौ। आजभन्दा ५ हजार वर्ष पहिला भारतवर्ष स्वर्ग थियो अरू कुनै खण्ड थिएन, यो कुरा बाबाले सम्झाउनुहुन्छ। यो राजयोग कसले सिकाउनुहुन्छ? शिवाचार्यले। उहाँ हुनुहुन्छ ज्ञानको सागर। कुनै मानिसलाई ज्ञानको सागर, सबैको पतितपावन भन्न सकिँदैन। सबैको मुक्तिदाता एक बाबा मात्रै हुनुहुन्छ। बाबा स्वयं नै आउनुहुन्छ– दुःखमा रावणबाट मुक्त गर्न, फेरि गाइड बनेर लैजानुहुन्छ। उहाँलाई रुहानी पण्डा भनिन्छ। बाबा भन्नुहुन्छ– म तिमी सर्व आत्माहरूको पण्डा हुँ, सबैलाई फर्काएर लैजान्छु। मजस्तो गाइड कोही हुँदैन। भन्छन् पनि परमपिता मुक्तिदाता, पथप्रदर्शक, आनन्दको सागर (गड फादर इज लिबरेटर, गाइड, ब्लिसफुल...) सबैमाथि रहम गर्नुहुन्छ किनकि सबै सागरका बच्चाहरू काम चितामा बसेर जलेर मरेका छन्। त्यसमा पनि खास भारतवर्षको कुरा हो। बाबा भन्नुहुन्छ– तिमी १६ कला सम्पूर्ण, सम्पूर्ण निर्विकारी थियौ। अब काम चितामा बसेर तिमी के बनेका छौ! अब फेरि बाबा आउनुभएको छ। वृक्षपति बाबाले आएर मनुष्य मात्रमाथि बृहस्पतिको दशा बसाल्नुहुन्छ। खास भारतवर्ष, आम विश्वमाथि यस समयमा राहुको ग्रहण लागेको छ। बाबा भन्नुहुन्छ– म नै आएर भारतवर्षको खास, दुनियाँको आम गति-सद्गति गर्छु। तिमी यहाँ आएका हौ नै पारसबुद्धि बन्न। परमप्रिय (मोस्ट बिलभ्ड) बाबा हुनुभयो– बाबा सबै आसिकहरूको मासुक एक मात्र हुनुहुन्छ। सबै राष्ट्रमा लिङ्ग अवश्य बनाउँछन् किनकि सबैका पिता हुनुहुन्छ नि! शिवका मन्दिर भारतवर्षमा धेरै छन्, जसलाई शिवालय भन्छन्, रहने स्थान। सत्ययुगमा हुन्छन् देवीदेवता धर्मका मानिसहरू, तर त्यो धर्म कहिले थियो, उनीहरूको राज्य कहिले थियो... यो कुरा कसैलाई थाहा छैन। सत्ययुगको आयु लामो लेखिदिएका छन्। बाबा बसेर सम्झाउनुहुन्छ तिमीमाथि अब बृहस्पतिको दशा बसिरहेको छ– २१ जन्मको लागि। वृक्षपति हुनुहुन्छ ज्ञानको सागर पतितपावन, जसलाई सबैले पुकार्छन्। तिमी मातपिता हामी बालक तिम्रा, सबैले उहाँको महिमा गर्छन्। अवश्य सत्ययुग त्रेतामा सुख धेरै थियो। बाबा हेभिनली गड फादर हुनुहुन्छ, स्वर्गको रचयिता हुनुहुन्छ भने अवश्य हामी पनि स्वर्गमा हुनुपर्छ। बाबा सम्झाउनुहुन्छ तिमी सबै स्वर्गवासी थियौ, अहिले नर्कवासी बनेका छौ। आदि सनातन देवीदेवता भारतवर्षको नै धर्म हो। जसरी क्रिस्चियन धर्मका हुन्छन्, उनीहरू क्रिस्चियन धर्मका नै चलिआएका छन्। बाबा भन्नुहुन्छ– तिमी देवीदेवता धर्मका आत्माहरूले आफ्नो धर्मलाई किन भुलेका छौ! किनकि तिमी देवीदेवता धर्मका थियौ।

बाबाले स्मृति दिलाउनुहुन्छ– तिम्रो सबैभन्दा श्रेष्ठ धर्म, कर्म थियो। अहिले तिमी नीच, पापी, कङ्गाल बनेका छौ, तिमीहरू हौ नै देवताहरूका पुजारी, फेरि आफूलाई हिन्दु किन भनाउँछौ? भारतवर्षको यो के हाल भएको छ। जो देवता धर्मका हुन् उनीहरू विकारी बनेको कारणले आफूलाई देवता भनाउँदैनन्। बाबा भन्नुहुन्छ– अब यस पतित दुनियाँको अन्त्य हुन्छ, महाभारत लडाइँ पनि सामुन्ने उभिएको छ। भगवानुवाच– मैले तिमीलाई सत्ययुगको लागि राजयोग सिकाउँछु। भगवान त एक मात्र हुनुहुन्छ, हामी उहाँका बच्चा सालिग्रामहरू हौँ। बाबा भन्नुहुन्छ– तिमी जो पूज्य थियौ तिमीहरू नै पुजारी भक्त बनेका छौ। अब फेरि ज्ञान लिन्छौ पूज्य देवता बन्नको लागि। फेरि द्वापरदेखि पूज्य सो पुजारी बन्छौ। तिमीले पूरा ८४ जन्म लिन्छौ। जसले ८४ जन्म लिएका छन् उनीहरू नै आएर ब्रह्माकुमार कुमारी बन्छन्। ब्रह्माद्वारा आदि सनातन देवीदेवता धर्मको स्थापना– यो पनि गायन गरिएको छ। प्रजापिता हुनुहुन्छ भने धेरै बच्चाहरू पनि होलान्। प्रजापिता त अवश्य यहाँ नै हुनुपर्छ। कति धेरै प्रजा छन्। यी ब्राह्मणहरू नै फेरि देवता बन्नुछ। बाबाले आएर शूद्रबाट परिवर्तन गरेर ब्राह्मण धर्मको स्थापना गर्नुहुन्छ। यस सङ्गमयुगमा नै आदि सनातन देवीदेवता धर्मको स्थापना हुन्छ। यो हो कल्याणकारी सङ्गमयुग। यस लडाइँलाई नै कल्याणकारी भनिन्छ। यस विनाशपछि नै फेरि स्वर्गको गेट खुल्छ। तिमी यहाँ आएका हौ स्वर्गवासी बन्न वा विष्णुपुरीमा जान। तिमी बच्चाहरूमाथि अहिले बृहस्पतिको अविनाशी दशा छ। १६ कला सम्पूर्ण भनिन्छ। फेरि दुई कला कम हुन्छन् अनि शुक्रको दशा भनिन्छ। सत्ययुगमा बृहस्पतिको दशा हुन्छ फेरि त्रेतामा शुक्रको दशा हुन्छ। फेरि तल गिर्दै आएका छौ, मङ्गलको, शनिको, राहुको दशा पनि हुन्छ। जन्मजन्मान्तर दशाहरू उल्टो घुम्दै आएका छन्। अहिले बाबाद्वारा बृहस्पतिको दशा बसेको छ। उहाँ हुनुहुन्छ बेहदका बाबा, ज्ञानको सागर, पतितपावन। उहाँ नै तिम्रो बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। बाँकी सबै हुन् झुटा, तिनीहरूले कसैको सद्गति गर्न सक्दैनन्। यसलाई भनिन्छ विकारी दुनियाँ। त्यो हो निर्विकारी दुनियाँ। अहिले विकारी दुनियाँमा सबै धेरै दुःखी छन्। लडाइँ मारामार के के भइरहेको छ, यसलाई भनिन्छ– अनाहकमा रगतको खेल... बिना कुनै कसुर के के गरिरहन्छन्। एउटै बम यस्तो खसाल्छन् जसले तुरून्तै सबै खतम हुन्छन्। यो त्यही सङ्गमयुगको समय हो। तिमी देवताहरूको लागि फेरि नयाँ दुनियाँ हुनुपर्छ। त्यसैले अब बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू मनमनाभव! यो कुन बाबाले भन्नुभयो? शिवबाबाले। उहाँ त हुनुहुन्छ निराकार। हुन त निराकार त तिमी पनि हौ। तर तिमी पुनर्जन्ममा आउँछौ, म आउँदिनँ। यस समयमा सबै पतित छन्, एक जना पनि पावन छैनन्। पतित बन्नु नै छ। सतो-रजो-तमोमा ओर्लनुपर्छ। यस समयमा सारा वृक्ष जीर्ण अवस्था पुगेको छ। दुनियाँ बिल्कुलै पुरानो भएको छ। अब फेरि त्यसलाई नयाँ बनाउनुपर्छ। पतित दुनियाँमा हेर कति मानिस छन्। पावन दुनियाँमा धेरै कमले राज्य गर्छन्। त्यहाँ एउटै धर्म थियो अरू कुनै धर्म थिएन। भारतवर्षलाई नै हेभिन भनिन्छ। गाइन्छ– घटमै सूर्य, घटमै चन्द्रमा...। सत्ययुगमा ९ लाख आत्माहरू हुन्छन्, पछि फेरि वृद्धि हुन्छ। पहिला धेरै साना फूलहरूको वृक्ष हुन्छ, काँडाहरूको कति ठुलो जङ्गल छ। दिल्लीमा मुगल गार्डेन हेर कति राम्रो छ। त्योभन्दा ठुलो कुनै गार्डेन अरू कुनै छैन। जङ्गल हेर कति ठुलो हुन्छ। सत्ययुगी बगैँचा पनि धेरै सानो हुन्छ। फेरि वृद्धि हुँदाहुँदा ठुलो हुँदैजान्छ। अहिले त काँडाहरूको जङ्गल भएको छ। रावण आएपछि काँडा बन्छन्। यो हो काँडाहरूको जङ्गल। आपसमा लड्छन् अनि एकअर्कालाई मारपिट गर्छन्। कति क्रोध छ, बाँदरभन्दा पनि बिग्रेका भनिन्छ। त्यसैले बाबा भन्नुहुन्छ– मेरा प्यारा बच्चाहरू! तिमीमाथि अहिले वृक्षपतिको दशा छ। दे दान तो छुटे ग्रहण। अब सम्पूर्ण निर्विकारी यहीँ बन्नुछ। फेरि यो शरीर छोडेर गएर शिवालयमा आउँछौ। शिवालयमा धेरै सुख हुन्छ। देवीदेवताहरूको राज्य हुन्छ। सत्ययुगलाई भनिन्छ शिवालय, कलियुगलाई भनिन्छ वेश्यालय। यो वेश्यालय रावणले स्थापन गरेको हो। अब बाबा भन्नुहुन्छ– पतितबाट पावन बन्नुछ, कसरी बन्छौ? के त्रिवेणीमा, गङ्गामा स्नान गरेर पावन बन्छौ? यो स्नान त जन्मजन्मान्तर गर्दै आएका छौ। करोडौँ मानिस गएर स्नान गर्छन्। धेरै नदीनाला तलाउ आदि छन्, जहाँ पानी देख्छन् त्यहाँ गएर स्नान गर्छन् किनकि आफूलाई पतित ठान्छन्। अब पारसनाथले तिम्रो पारसबुद्धि बनाइरहनुभएको छ। त्यसैले यस्ता पारसनाथ बाबालाई कति प्यारले याद गर्नुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) यस काँडाको दुनियाँबाट फूलको बगैँचामा जानको लागि जति पनि काँडाहरू (विकार) छन्, तिनलाई निकालिदिनुछ। पारस बनाउने बाबालाई बडो प्यारले याद गर्नुछ।

२) यस कल्याणकारी सङ्गमयुगमा शूद्रबाट ब्राह्मण सो देवता बन्ने पुरुषार्थ गर्नुछ। राहुको ग्रहणलाई उतार्नको लागि विकारहरूको दान दिनुछ।

वरदान:–
सङ्गमयुगमा हरेक कर्म कलाको रूपमा गर्ने १६ कला सम्पन्न भव

सङ्गमयुग विशेष कर्मरूपी कला देखाउने युग हो। जसको हरेक कर्म कलाको रूपमा हुन्छ उनीहरूको हरेक कर्मको वा गुणहरूको गायन हुन्छ। १६ कला सम्पन्न अर्थात् हरेक आचरण सम्पूर्ण कलाको रूपमा देखियोस्- यही सम्पूर्ण स्टेजको निसानी हो। जसरी साकारको बोल्ने, हिँड्ने... सबैमा विशेषता देख्यौ, त्यसैले यो कला भयो। उठ्ने बस्ने कला, हेर्ने कला, हिँड्ने कला थियो। सबैमा न्यारापन र विशेषता थियो। त्यसैले त्यसरी नै फलो फादर गरेर १६ कला सम्पन्न बन।

स्लोगन:–
पावरफुल उही हो जसले तुरुन्तै परख गरेर फैसला गर्छ।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भए र शक्तिशाली यादको अनुभव गर ।

तिमी बच्चाहरूको योग ज्वालास्वरूप शक्तिशाली भएपछि पवित्रताको अग्निले सेकेन्डमा विश्वको किचडालाई भस्म गर्न सक्छ। पवित्रताको यो शक्ति महान् शक्ति हो। अन्त्यमा तिमी सम्पूर्ण पवित्र बनेपछि तिम्रो श्रेष्ठ सङ्कल्पको लगनको अग्निले यो सबै फोहोर भस्म हुन्छ।