02.08.26 Avyakt Bapdada Nepali Murli 17.02.2011 Om Shanti Madhuban
“म नसा सेवाद्वारा
आत्माहरूलाई अञ्ज ु ली दिने सेवा गर्दै लामो समय देखि तीव्र पुरुषार्थ गरेर एभर रेडी
रह्यौ भने मालाको दाना बन्छौ।”
आज स्नेहका सागर आफ्ना
स्नेही बच्चाहरूसँग मिल्न आउनुभएको छ। मेरो बाबा आउनुहोस् भन्दै बच्चाहरूले याद गरे,
अनि बाबाले पनि मेरा स्नेही बच्चाहरू भन्नुहुन्छ, स्नेहमा यस्तो आकर्षण छ जसले हरेक
बच्चाले बाबालाई आफ्नो बनाए र बाबाले हरेक बच्चालाई मेरा बच्चाहरू भन्दै आफूमा
समाहित गर्नुभयो। कमाल छ, बच्चाहरूले भने मेरो बाबा, अनि 'मेरो' शब्दमा यति स्नेह
भरिएको छ जसले गर्दा बाबाले पनि भन्नुभयो मेरा बच्चाहरू, स्नेहले केबाट के
बनाइदिन्छ। हरेक बच्चाको मस्तकमा आज स्नेहका लहरहरू प्रवाहित भइइरहेका छन्, यो
देखेर बापदादा हर्षित भइरहनुभएको छ। स्नेह नै दिललाई आफ्नो बनाउने साधन हो। त्यसैले
हरेक बच्चा भित्र आज स्नेहका लहरहरू प्रवाहित भइरहेको देखेर बापदादा पनि खुसी
भइरहनुभएको छ।
अहिले भर्खरै ५
मिनेटको लागि बापदादाले सबैलाई एउटा ड्रिल गराइरहनुभएको छ। आफ्नो मनसा शक्तिले
सृष्टिमा जति पनि तिम्रा भक्त वा अनेक दुःखी अशान्त आत्माहरूले तिमीलाई हे हाम्रा
पूर्वजहरू हामीलाई थोरै समयको लागि भए पनि शान्ति दिनुहोस्, अलिकति सुखको अञ्जुली
दिनुहोस्, बचाउनुहोस्! भन्दै याद गरिरहेका छन्, यस्ता आत्माहरूलाई यहाँ बसेर इमर्ज
गर, तिनीहरूका बचाऊ! बचाऊ! यस्ता आवाज सुनिरहेका छौ? त्यसैले यस्ता आत्माहरू समक्ष
आफ्नो मनसा शक्तिद्वारा सुखशान्तिका किरणहरू प्रवाहित गर। यो मनसा सेवा दिनभरिमा
बारम्बार गरिराख किनकि बाबाका साथसाथै तिमी बच्चाहरू पनि विश्व सेवक हौ। दिनभरि
वाणीद्वारा जसरी सेवाको लागि निमित्त बन्छौ, त्यसैगरी बीच बीचमा मनसा सेवाको पनि
अभ्यास गर्दै जाऊ। यसमा तिमी आफूलाई पनि फाइदा छ किनकि तिम्रो मन सदा सेवामा बिजी
रह्यो भने मायाले तिमीलाई बीच बीचमा जुन फाल्तु सङ्कल्प वा व्यर्थ सङ्कल्प गराउँछ,
त्यसबाट बच्नेछौ। मेहनत गर्नुपर्ने छैन। अहिले बापदादा सोध्नुहुन्छ, तिम्रो
पुरुषार्थ कस्तो चलिरहेको छ? के जवाफ दिन्छौ? पुरुषार्थ भइरहेकै छ तर कहिलेकाहीँ...!
सदा पुरुषार्थ चलिरहेको छैन। त्यसैले अब बापदादा सबै बच्चाहरूको यो रेकर्ड देख्न
चाहनुहुन्छ, बच्चाहरूको यो 'कहिलेकाहीँ' भन्ने शब्द समाप्त होस्। के यो हुन सक्छ, 'कहिलेकाहीँ'
समाप्त हुन्छ? समयमा तयार हुन्छौ? भइरहेका छौँ, हुनु नै छ..., यसको सट्टा अहिल्यै
एभर रेडी बन्न सक्छौ? किन? एभर रेडी रहने अभ्यास लामो समयदेखि बनायौ भने मायाजित,
मनजित, जगतजित बन्ने यो संस्कारले पनि अन्त्य समयमा पनि यो लामो समयको अभ्यासले
विजयी बनाएर तिमीलाई विशेष मालाको दाना बनाउनेछ। सम्मानसहित पास (पास विद अनर)
बन्नेछौ। पास होइन, सम्मानसहित पास। त्यसैले भन, यो हिम्मत छ नि! सम्मानसहित पास त
हुनु छ नि? जसबाट द्वापरदेखि लिएर अहिलेसम्म पूज्य बन्छौ अर्थात् मालाका दाना बन्छौ,
त्यसैले तिम्रो आफूलाई मालाको दाना बनाउने शुद्ध सङ्कल्प छ नि!
बापदादाले पनि दिनहुँ
अमृतवेला आफ्ना मालाका दानाहरूलाई देख्नुहुन्छ र विशेष मिलन मनाउनुहुन्छ। त्यसैले
तिमी सबैले आफूलाई मालाका दानाहरूमा सम्झन्छौ। हुन त अर्को १६ हजारको माला पनि छ,
तर पनि त्यो त सेकेन्ड माला भयो। विशेष माला जुन गायन र पूजन योग्य बन्छ, त्यो पहिलो
माला हो। त्यसैले आज बापदादाले तिनै पहिलो नम्बरका मालाका दानाहरूलाई हेरिरहनुभएको
थियो किनकि ब्रह्माबाबाको साथमा विशेष राज्य अधिकारी साथी तिनीहरू नै बन्छन्। आज
ब्रह्माबाबाले आफ्ना अहिलेका तीव्र पुरुषार्थी र भविष्यका राज्य अधिकारी
बच्चाहरूलाई देखिरहनुभएको छ, तिनमा तख्तमा त दुवैथरी नै बस्छन् तर राज्यका साथी
तिनीहरूको पहिलो माला हुन्छ। त्यसैले आफूलाई चेक गरेका छौ। बापदादाको साथमा त जानेछौ
किनकि अहिले तिमी सबैको फिर्ती यात्रा (रिटर्न जर्नी) हो। जानु नै छ भने बाबाको
साथमा जानु छ, एक्लै जानु छैन। त्यसैले साथै जाने नजिकका दानाहरू को हुनेछन्? लामो
समयका तीव्र पुरुषार्थी बच्चाहरू नै हुनेछन्। पुरुषार्थी होइन, कहिलेकाहीँ
पुरुषार्थ गर्नेहरू होइन। लामो समयका पुरुषार्थीहरू नै बाबासमान राज्य अधिकारी
बन्नेछन्। त्यसैले के सम्झन्छौ? तिम्रो पुरुषार्थ तीव्र छ? जसले सम्झन्छौ म तीव्र
पुरुषार्थीको लाइनमा छु, तिमीहरूले हात उठाऊ। तीव्र पुरुषार्थी, पुरै हात उठाऊ, आधा
हात उठाउँछन्। अच्छा, धेरैले उठाइरहेका छन्। फेरि लामो हात उठाऊ, यस्तो (आधा) होइन।
अच्छा।
बापदादाले त दिनहुँ
बच्चाहरूको चार्ट हेर्नुहुन्छ। अधिकांश तीव्र पुरुषार्थी पनि छन् तर ‘कहिलेकाहीँ’
भन्ने शब्द पनि सँगै जोडिदिन्छन्। तर बाबाले किन भनिरहनुभएको छ? कृपया ध्यान
दिनुहोस् (अटेन्सन प्लिज), सूक्ष्म सङ्कल्पमा पनि हलचल नहोस्। लामो समयदेखि अचल,
अडोल, शुद्ध सङ्कल्पधारी बन्नु नै छ। धेरै बच्चाहरूले धेरै मीठा-मीठा रुहरिहान
गर्छन्, भन्छन् बाबा हामी तयार भइहाल्नेछौँ किनकि समय जति नजिक आउँछ, त्यति तिमी
बच्चाहरूको स्थिति हलचलमा आउँछ त्यसपछि त वैराग्य स्वतः आइहाल्छ। तर तिम्रो टिचर को
हुनेभयो? समय वा बाबा? समय त तिम्रो रचना हो। त्यसैले बाबाले अहिले इसारा
दिइरहनुभएको छ– लामो समयको तीव्र पुरुषार्थले अन्त्यमा सम्मानसहित पास बनाउनेछ। पास
त सबै हुनेछन् तर सम्मानसहित पास बन्नको लागि लामो समयको लगातार तीव्र पुरुषार्थ
गर्ने आवश्यकता छ त्यसैले आजको मिति नोट गर, अब पनि कहिलेकाहीँ, केही (समथिङ्ग),
भइहाल्छौँ, गरिहाल्छौँ... यी भनाइहरू पछि पनि आउनुहुँदैन। बाबाको प्यार त सदैव
हुन्छ। अन्तिम दानामा पनि बाबाको प्यार हुन्छ। किन? दिलबाट मेरो बाबा त भने, आजका
ठुला ठुला आत्माहरूले मेरो बाबा भन्दैनन्, तर उसले मेरो बाबा त मान्छ त्यसैले बाबाको
प्यार त उसँग पनि छ। बच्चाहरूसँग प्यार त बाबाको सदा नै हुन्छ, अन्तिमसम्म पनि
हुन्छ, अन्तिममा आउनेहरूसम्म पनि हुन्छ। स्नेहले नै तिमीलाई बाबाको बनाएको छ।
बापदादाले यो पनि भन्नुभएको छ, अधिकांश बच्चाहरूको बाबामा स्नेह छ र यो स्नेह
रहिरहनेछ तर केवल स्नेह होइन, शक्ति पनि हुनुपर्छ। तीव्र पुरुषार्थ पनि हुनुपर्छ।
बापदादाको त
बच्चाहरूमा विश्वास छ नि! त्यसैले अहिलेदेखि नै पदम-पदमगुणा यस्ता बच्चाहरूलाई बधाई
दिइरहनुभएको छ। वाह बच्चाहरू वाह! हिम्मतवान् छौ। तिम्रो हिम्मत र बाबाको मदत त हुने
नै छ। अब एउटा कुरा गर। आफ्नो मनलाई बिजी राख्नको लागि, जसरी पहिला बाबाले भन्नुभयो
सेकेन्डमा रोकिऊँ, म बिन्दु हुँ, बिन्दु लगाउनु छ र सबैलाई बिन्दु रूपमा देख्नुछ।
देख्छौ नै बिन्दु त्यसपछि अरू कुनै पनि सङ्कल्प चल्नेछैन। मनसा सेवाको अटेन्सन
राख्नु, यति दुःखी आत्माहरू जो कराइरहेका छन्, उनीहरूलाई शक्तिका किरणहरू प्रवाहित
गर्ने सेवामा अझ धेरै समयसम्म मन लगाउनुछ। मनसा सेवा धेरै श्रेष्ठ सेवा हो।
दुःखीहरूलाई पनि फाइदा र तिमी आफुलाई पनि फाइदा। डबल फाइदा छ। जसरी वाचाले सेवा
गर्छौ र सेवा बढ्दै पनि जान्छ, दिलबाट गर्छौ, सङ्ख्या पनि बढ्दै जान्छ, सेन्टर पनि
बढ्दै जान्छन्, वाचाको सेवा धेरैजसोको ठिक छ। सबैको होइन, धेरैजसोको। त्यसैगरी अब
मनबाट विशेष आत्माहरूलाई अञ्जुली दिने सेवा पनि गरिराख। मनलाई फ्री नछोड। कुनै न
कुनै सेवा गर्दा मनबाट शक्ति दिने, मुखबाट वाणीको सेवा, कर्ममा गुणहरूबाट सेवा,
सम्बन्ध-सम्पर्कमा खुसी दिने सेवा, यी भिन्न भिन्न सेवाहरूमा मनलाई बिजी राख किनकि
सारा विश्वमा सबैभन्दा धनी आत्माहरू को हुन्? तिमीहरू नै हौ नि! तिमीहरूलाई कति
खजानाहरू मिलेका छन्? त्यसैले हर खजानाबाट सेवा गर। खजानालाई जति सेवामा लगाउँछौ,
त्यति खजानाहरू बढ्दै जानेछन् त्यसैले अहिले जसरी स्वको सेवाको अटेन्सन दिन्छौ,
त्यसैगरी दुःखी आत्माहरूलाई, आफ्ना भक्तहरूलाई मनसाद्वारा सकारात्मक किरणहरू
प्रवाहित गर्ने सेवा पनि अटेन्सन दिएर दिनभरि गरिराख, धेरै आत्माहरू कराउँछन्, तर
तिमीले सुन्दैनौ। धेरैजसो हरेक घरमा कुनै न कुनै दुःखको कारण छ। यस्ता दुःखीहरूलाई
सुख दिने को हो? भन, को हो? तिमी नै त हौ। त्यसैले यो मनसा सेवालाई दिनभरि चेक गर–
कति समय मनसा सेवा गरेछौ? जसरी स्वप्रति समय दिन्छौ, त्यसैगरी मनसा सेवाप्रति कति
समय दियौ? रहमदिल हौ नि! त्यसैले दुःखीहरूमाथि रहम, दया गर। तिम्रो गीत पनि छ नि, ओ
माँ बाप दुःखियों पर रहम करो! बापदादाले यो पिडाको आवाज धेरै सुन्नुपर्छ। तिमीहरूले
कम सुन्छौ तर अब सुन। कहाँ जान्छन् उनीहरू, तिम्रै त भाइबहिनी हुन्। त्यसैले आफुलाई
पनि फाइदा गर, मनलाई पनि बिजी राख र दुःखीहरूको दुःख हरण गर। उनीहरू दु:खले कराउँछन्,
उनीहरूको दिल दु:खले कराउँछ। बापदादाले त सुन्नुहुन्छ, अनि बच्चाहरूलाई याद
गर्नुहुन्छ र तिमी बच्चाहरूलाई भन्नुहुन्छ हे मेरा प्यारा बच्चाहरू, सिकिलधे
बच्चाहरू अब रहमदिल रूप धारण गर! आफ्ना ब्राह्मणहरूमा पनि एकअर्काका सहयोगी बन।
संस्कार जस्तोसुकै भएपनि तिम्रो काम के हो? संस्कारसँग टक्कर खानु वा उनीहरूलाई पनि
संस्कारको टक्करबाट छुटाउनु। तिम्रो पनि टाइटल छ नि, दुःखहर्ता सुखकर्ता। बाबाका
साथी हौ नि! तिमी बाबाका साथीहरूले के सङ्कल्प गरेका छौ? यस विश्वलाई दुःख
अशान्तिबाट परिवर्तन गरेर सुखशान्ति स्थापना गर्नु नै छ। गर्नु छ नि! हात उठाऊ।
गर्नु छ? कि केवल हेर्नु छ, भइरहेकै छ तर अहिल्यै परिवर्तन गर्नु छ। ब्राह्मण आत्मा
नै भएपनि हेरेर मात्र नबस, यिनीहरूले गरिरहेका छन् तर उनीहरूलाई पनि वाणी र मनसा
सङ्कल्पद्वारा परिवर्तन गर, गर्नु पर्दैन र! बापदादाले सुनिरहनुहुन्छ, बापदादासम्म
कुरा पुग्यो, कुरा पुग्यो भने आफै बाबाको निर्देशनमा चल, यसमा जिम्मेवार बापदादा र
उहाँका साथी मुरब्बी बच्चाहरू, निमित्त बनेका बच्चाहरू हुन्छन्। सदा आफ्नो मनलाई
व्यर्थ सङ्कल्पहरूको सट्टा अब दुःखी आत्माहरूलाई, चाहे ब्राह्मण हुन् वा कोही पनि
हुन्, डिस्टर्ब आत्मालाई सहयोग देऊ। सहयोगी बन। अच्छा।
नयाँ नयाँ बच्चाहरू
जो पहिलोपटक आएका छौ तिमीहरूले एक सेकेन्डमा १० मिनेटको काम गर्नु छ। समय अलिकति पनि
व्यर्थ गुमाउनुहुँदैन, अटेन्सन दिनुछ। आफ्नो पुरुषार्थ तीव्र बनाएर जति अगाडि बढ्न
चाहन्छौ त्यति बढ्न सक्छौ। यसमा तिमी सबैलाई सबै ब्राह्मणहरू, बाबाबाट शुभभावना,
शुभकामना छ। अच्छा। (सबै मधुबन निवासी उठ)
मधुबन निवासी नभएको
भए तिम्रो अतिथि सत्कार कसले गर्थ्यो। आरामले आउँछौ, खान्छौ, पिउँछौ, रिफ्रेस हुन्छौ
त्यसैले मधुबन निवासीहरूको लागि ताली बजाऊ। बापदादालाई थाहा छ, ठाउँ कम भएको कारण
मधुबन निवासीहरूले अलिकति टाढा बसेर सुन्नुपर्छ। यो पनि सेवा हो, मधुबन निवासीहरूको
यो पनि सेवा हो। अरूलाई सुख दियौ, सुखदाता भयौ नि! त्यसैले मधुबन निवासीहरूको काम
हो सुख दिनु र सुख लिनु किनकि जति पनि आउँछन् उनीहरूको अनुभवबाट तिमीले अनुभव
सुनाउँछौ, त्यो अनुभवबाट एकअर्कालाई फाइदा हुन्छ। धेरै फाइदाहरू हुन्छन् तर टाइम कम
भएको कारण सुनाउँछन् कम। तर मधुबन निवासीहरूको टाइटल के भयो? सुख दिनु र सुख लिनु।
सुखदाताका बच्चाहरू पिताको अनुसरण (फलो फादर) गर्छन्। अच्छा
यसपटक जो आएका छौ
त्यसमा मुरली नियमित सुन्छौ होला, कोही छौ जसले मुरली सुन्दैनौ, तिमीहरूले हात उठाऊ।
कोही छैनन्। अच्छा। तिमीहरू उठ जसले पढ्दैनौ वा सुन्दैनौ। थोरै छौ। केही कुरा छैन
तर अहिले बाँकी जति पनि समय मिलेको छ त्यसमा बाबाको महावाक्य अवश्य सुन्नु वा
पढ्नुछ। परमधामबाट बापदादा आउनुहुन्छ, सूक्ष्मवतनबाट ब्रह्माबाबा आउनुहुन्छ, अनि
आएर महावाक्य उच्चारण गर्नुहुन्छ त्यसैले मुरली कहिल्यै पनि एक दिन पनि नछुटाउनु।
छुटायौ भने आफ्नो बापदादाको दिलतख्त छुट्नेछ त्यसैले जसले पनि मुरली छुटाउँछन्
उनीहरूले सम्झनुपर्छ हामी तीन तख्तको मालिक होइन, दुई तख्तको मालिक पनि यथाशक्ति
बन्नेछौँ त्यसैले मुरली, मुरली, मुरली किनकि मुरलीमा दिनहुँको निर्देशन हुन्छ, चारै
विषयको निर्देशन हुन्छ, त्यसैले दिनहुँको निर्देशन लिनु छ नि। जसले पनि कारण-अकारण
मुरली छुटाउँछौ, तिमीहरूले कसरी नियमित मुरली सुन्ने भनेर आफ्नो प्रोग्राम बनाऊ।
कुनै न कुनै समाधान बनाऊ। आजकाल साइन्सका साधनहरू तिम्रो लागि निस्केका छन्।
ब्रह्माबाबामा प्रवेशताको १०० वर्ष पहिला यो साइन्स निस्केको हो, तिम्रो काममा पनि
आउनेछ त्यसैले त्यसलाई प्रयोग गर, फाइदा उठाऊ। अच्छा– अगाडि बसेका वा जहाँसुकै बसेर
भए पनि यो मुरली सुन्ने बच्चाहरूलाई बापदादाको दिलोज्यान, स्नेह र प्रेमसहित
याद-प्यार एवं नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
सेवाको टर्न यु.पी.
बनारसको हो:–
यु.पी. सँग ब्रह्माबाबा र जगदम्बाको धेरै प्यार रहेको छ। जति ब्रह्माबाबा यु.पी. मा
जानुभएको छ त्यति मुम्बइमा पनि जानुभएको छ, तर यु.पी. मा पनि जानुभएको छ। त्यसैले
जुन ठाउँमा ब्रह्माबाबाको पाउ परेको छ त्यो स्थान कति भाग्यमानी छ। लखनउ र कानपुर
दुवै नै यस भाग्यका अधिकारी बनेका छन्। मुम्बइ पनि भाग्यमानी बनेको छ तर आज यु.पी.
को टर्न हो। माता र पिताका शिक्षाका प्रत्यक्ष बुँदहरू यु.पी. मा परेका छन्। अब
यु.पी. ले यसपछि के गर्नु छ? वाणीद्वारा मेलाहरूमा सेवा त गर्छौ तर अहिलेको समय
अनुसार जुन बापदादाले पहिला पनि भन्दै आउनुभएको छ– वारिस र माइक नाम प्रसिद्ध बनाऊ,
नाम प्रसिद्ध हुनुको अर्थ यो हो– उनीहरूका भनाइको प्रभाव सुन्नेहरूमाथि परोस्, यस्ता
माइक तयार गर। यस्ता वारिसहरूको ग्रुप हरेक सेन्टरमा होस्। कति सेन्टर छन् यु.पी.
मा, धेरै छन् नि! त्यसैले त्यति नै वारिस निकाल्नुपर्छ। हिसाब गर कति सेन्टर छन् र
कति वारिस बनेका छन्? अनि जति बन्नुपर्ने हो त्यति बनेका छन् वा बनाउनु छ? बनाउनु छ
भने समयको कुनै भरोसा छैन, छिटोभन्दा छिटो वारिस र माइक निकाल, जसको आवाजले अनेक
आत्माहरूको भाग्यको रेखा खुलोस् किनकि तिमीले त धेरै सेवा गरेका छौ, जो पुराना
आत्माहरू छन् तिनीहरूले पनि धेरै सेवा गरे। अहिले अझै सेवा गराऊ। सेवा गर्नेहरू
तयार गर। गर्न सक्छौ नि! टिचरहरूले हात उठाऊ। अच्छा। टिचरहरू पनि धेरै छौ। त्यसैले
तिमीहरूले पनि टिचरहरू जति नै तयार गर। सानो वा ठुलो हरेक सेन्टरले, सेन्टरको
लिस्टमा माइक र वारिस छन् भने तिनीहरूले अवश्य आफ्नो प्रमाण दिनु छ किनकि समयको कुनै
भरोसा छैन। जहिले पनि जे पनि हुन सक्छ त्यसैले बापदादा सबै जति पनि जोन आउँछन्, आएका
छैनन् भने पनि, सबै जोनलाई यही भन्नुहुन्छ– अझ अगाडि बढ। क्लासहरू त चलिरहन्छन्,
सङ्ख्या पनि बढिरहन्छ तर अहिले निमित्त बन्नेहरू बनाऊ र बनाउनको लागि बापदादाले
देख्नुभएको छ, हरेक जोनमा यस्ता आत्माहरू छन् जो निमित्त बन्न सक्छन्। त्यसैले यु.पी.
ले एक त भक्तहरूको कल्याण गर, भक्त भनाउँदाहरू थोरै छन्, तर भक्त पनि छन्।
उनीहरूलाई भक्तिको फल दिलाऊ। धेरै मेहनत गर्छन्। बापदादाले देख्नुभयो, हरेक आफ्नो
पुरुषार्थमा बढिरहेका पनि छन् तर अझै पनि बढ्ने ठाउँ (मार्जिन) छ। पुरुषार्थ
गरिरहेका छौ, यस्तो होइन, गरिरहेका छैनौ। गरिरहेका पनि छौ तर अलिकति अझै स्पिड बढाऊ।
राम्रा छौ र राम्रो सेवा गर्छौ। सबै दादीहरूले पनि तिमीहरूलाई बधाई दिइरहनुभएको छ।
पाण्डव पनि कति आउँछन्। पाण्डव पनि कम छैनन्। कति यस्ता सेवाहरू छन् जुन पाण्डवले
नै गर्न सक्छन् त्यसैले पाण्डवहरूलाई पनि बापदादा र सर्व मधुबन निवासीले बधाई
दिइरहनुभएको छ। अच्छा।
वरदान:–
बुद्धिरूपी
पाउ मर्यादाको रेखाभित्र राख्ने सर्वप्राप्तिसम्पन्न शक्तिशाली भव
जुन बच्चाहरूले बुद्धि
रूपी पाउ अलिकति पनि मर्यादाको रेखाबाट बाहिर निकाल्दैनन् उनीहरू भाग्यमानी र प्रिय
बन्छन्। उनीहरूलाई कहिल्यै कुनै पनि विघ्न अथवा तुफान, हैरानी, उदासी आउन सक्दैन।
आयो भने सम्झनुपर्छ, अवश्य बुद्धिरूपी पाउ मर्यादाको रेखाबाट बाहिर निकालेका छौ।
रेखाबाट बाहिर निस्कनु अर्थात् फकिर बन्नु त्यसैले कहिल्यै फकिर अर्थात् माग्ने
होइन, सर्वप्राप्तिसम्पन्न शक्तिशाली बन।
स्लोगन:–
जो सदा न्यारा
र बाबाको प्यारा छन् उनीहरू सुरक्षित रहन्छन्।
अव्यक्त इसारा:–
अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन
दृढता सफलताको कुञ्जी
हो। सफलता तिमी बच्चाहरूको जन्मसिद्ध अधिकार हो, त्यसैले दृढतालाई प्रयोग गर,
बेपरबाह नबन, भइहाल्छ, गरिहाल्छौँ.. यो नसोच। दृढ सङ्कल्पले मनका व्यर्थ
सङ्कल्पहरूलाई समाप्त गरेर विजयी बन।