02.10.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– सबैभन्दा
मीठो शब्द हो ‘बाबा’ , तिम्रो मुखबाट सदा बाबा ! बाबा ! निस्किरहोस् , सबैलाई
शिवबाबाको परिचय दि ँदै जाऊ ।”
प्रश्न:–
सत्ययुगमा कुनै
मनुष्य त के जनावर पनि रोगी हुँदैनन्, किन?
उत्तर:–
किनकि
सङ्गमयुगमा बाबाले सबै आत्माहरूको र बेहद सृष्टिको यस्तो अपरेसन गरिदिनुहुन्छ,
जसबाट रोगको नामनिसान नै रहँदैन। बाबा हुनुहुन्छ अविनाशी सर्जन। अहिले जुन यो सारा
सृष्टि रोगी छ, यस सृष्टिमा फेरि दु:खको नामनिसान हुँदैन। यहाँको दु:खबाट बच्नको
लागि धेरै धेरै बहादुर बन्नुछ।
गीत:–
तुम्हें पाके
हमने...
ओम् शान्ति ।
डबल पनि भन्न
सक्छौ, डबल ओम् शान्ति। आत्माले आफ्नो परिचय दिइरहेको छ। म आत्मा शान्त स्वरूप हुँ।
हाम्रो निवासस्थान शान्तिधाममा छ र बाबाका हामी सबै सन्तान हौँ। सबै आत्माहरूले ओम्
भन्छन्, त्यहाँ हामी सबै भाइ भाइ हौँ फेरि यहाँ भाइ-बहिनी बन्छौँ। अब भाइ-बहिनीबाट
नाता सुरुहुन्छ। बाबा सम्झाउनुहुन्छ– सबै हाम्रा बच्चाहरू हौ, तिमीहरू ब्रह्माका पनि
सन्तान हौ त्यसैले भाइ-बहिनी ठहरियौ। तिम्रो अरू कुनै सम्बन्ध छैन। प्रजापिताका
सन्तान ब्रह्माकुमार-ब्रह्माकुमारी हौ। पुरानो दुनियाँलाई रूपान्तरण गर्न बाबा यस
समयमा नै आउनुहुन्छ। बाबाले ब्रह्माद्वारा नै फेरि नयाँ सृष्टि रच्नुहुन्छ।
ब्रह्मासँग पनि सम्बन्ध छ नि। युक्ति पनि कति राम्रो छ। सबै
ब्रह्माकुमार-ब्रह्माकुमारी हौ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुछ र आफूलाई
भाइ-बहिनी सम्झनुछ। विकारी दृष्टि हुनुहुँदैन, यहाँ त कुमार-कुमारी जति ठुला ठुला
हुँदै जान्छन् त्यति आँखाहरू विकारी बन्दै जान्छन् फेरि विकारी कर्म गरिहाल्छन्।
विकारी कर्म हुन्छ रावण राज्यमा। सत्ययुगमा विकारी कर्म हुँदैन। विकारी शब्द नै
हुँदैन। यहाँ त विकारी कर्म धेरै हुन्छ। त्यसको लागि फेरि अदालत आदि पनि छन्। त्यहाँ
अदालत आदि हुँदैन। आश्चर्य छ नि। न जेल, न पुलिस, न चोर आदि हुन्छन्। यी सबै हुन्
दु:खका कुरा, जुन यहाँ भइरहेका छन् त्यसैले बच्चाहरूलाई सम्झाइएको छ, यो त खेल हो
सुख र दु:खको, हार र जितको। यसलाई पनि तिमीले नै बुझ्छौ। गायन पनि छ– मायाबाट हारे
हार हो, मायामाथि विजय बाबाले आएर आधाकल्पको लागि पहिराउनुहुन्छ। फेरि आधाकल्प
हार्नुपर्छ। यो कुनै नयाँ कुरा होइन। यो त साधारण पाइ पैसाको खेल हो फेरि तिमीले
मलाई याद गरेमा आधाकल्पको लागि आफ्नो राज्य भाग्य लिन्छौ। रावणराज्यमा मलाई भुल्छौ।
रावण दुस्मन हो, त्यसलाई हरेक वर्ष भारतवर्ष निवासीले नै जलाउँछन्। जुन देशमा धेरै
भारतवर्षका मानिसहरू हुन्छन् त्यहाँ पनि जलाउँछन् होला। भन्छन्– यो भारतवर्ष
निवासीको धर्मको उत्सव हो। विजया दशमी मनाउँछन् त्यसैले तिमी बच्चाहरूले सम्झाउनुछ–
त्यो त हदको कुरा हो। रावणराज्य त अहिले सारा विश्वमा नै छ। केवल लङ्कामा मात्रै
होइन। विश्व त धेरै ठुलो छ नि। बाबाले सम्झाउनुभएको छ– यो सारा सृष्टि सागरमा अडिएको
छ। मानिसहरूले भन्छन्– तल एउटा साँढे वा गाई छ जसको सिङमा सृष्टि अडीएको छ फेरि थाके
भने परिवर्तन हुन्छन्। तर यो कुरा त होइन। पृथ्वी त पानीमा अडिएको छ, चारैतिर पानी
नै पानी छ। त्यसैले अहिले सारा दुनियाँमा रावण राज्य छ फेरि राम अथवा ईश्वरीय राज्य
स्थापना गर्न बाबा आउनुपर्छ। केवल ईश्वर भनेमा पनि भनिदिन्छन्– ईश्वर त
सर्वशक्तिमान हुनुहुन्छ, सबै कुरा गर्न सक्नुहुन्छ। फालतु महिमा हुन्छ। त्यति लभ
हुँदैन। यहाँ ईश्वरलाई बाबा भनिन्छ। बाबा भन्नाले वर्सा मिल्ने कुरा हुन्छ। शिवबाबा
भन्नुहुन्छ– सदैव बाबा! बाबा! भन्नुपर्छ। ईश्वर वा प्रभु आदि शब्द भुल्नुपर्छ।
बाबाले भन्नुभएको छ– म एकलाई याद गर। प्रदर्शनी आदिमा सम्झाउँदा पनि घरी घरी
शिवबाबाको परिचय देऊ। शिवबाबा एउटै उच्चभन्दा उच्च हुनुहुन्छ, जसलाई परमपिता
परमात्मा भनिन्छ। बाबा शब्द सबैभन्दा मीठो छ। शिवबाबा, शिवबाबा मुखबाट निस्किन्छ।
मुख त मनुष्यको नै हुन्छ। गाईको मुख कहाँ हुन सक्छ र। तिमी हौ शिव शक्तिहरू। तिम्रो
मुख कमलबाट ज्ञान अमृत निस्किन्छ। तिम्रो नाम प्रसिद्ध बनाउन गाईको मुख भनिदिएका छन्।
गङ्गाको लागि यस्तो भनिँदैन। अहिले मुखकमलबाट अमृत निस्किन्छ। ज्ञान अमृत पिएपछि
फेरि विष पिउन सक्दैनौ। अमृत पिएर तिमी देवता बन्छौ। अब म आएको छु– असुरहरूलाई देवता
बनाउन। तिमी अहिले दैवी सम्प्रदाय बनिरहेका छौ। सङ्गमयुग कहिले, कसरी हुन्छ, यो पनि
कसैलाई थाहा छैन। तिमीलाई थाहा छ– हामी ब्रह्माकुमार-कुमारीहरू पुरुषोत्तम सङ्गमयुगी
हौँ। बाँकी जति पनि छन् ती सबै कलियुगी हुन्। तिमी कति थोरै छौ। वृक्षको ज्ञान पनि
तिमीलाई छ। वृक्ष पहिला सानो हुन्छ फेरि बढ्दै जान्छ। कसरी थोरै बच्चाहरू जन्मिन्छन्,
यसमा कति आविष्कार गरिरहन्छन्। तर नर चाहत कुछ और, भई कुछ औरे की और। सबैको मृत्यु
त हुनु नै छ। अहिले फसल धेरै राम्रो हुन्छ, वर्षा भयो भने कति नोक्सान पारिदिन्छ।
प्राकृतिक प्रकोपलाई
त कसैले बुझ्न सक्दैन। कुनै कुराको ठेगान कहाँ छ र। कहीँ फसल भयो र त्यहाँ असिना
परेमा कति नोक्सान हुन्छ। पानी परेन भने पनि नोक्सान, यसलाई प्राकृतिक विपत्ति
भनिन्छ। यस्तो त धेरै हुनेछ, यसबाट बच्नको लागि धेरै बहादुर हुनुपर्छ। कसैको अपरेसन
भयो भने त्यतिबेला कयौँले त्यो देख्न सक्दैनन्, देख्नेबित्तिकै बेहोस हुन्छन्। अहिले
यो सारा फोहोरी सृष्टिको अपरेसन हुनुछ। बाबा भन्नुहुन्छ– म आएर सबैको अपरेसन गर्छु।
सारा सृष्टि रोगी छ। अविनाशी सर्जन पनि बाबाको नाम हो। उहाँले सारा विश्वको अपरेसन
गरिदिनुहुन्छ, जसबाट फेरि विश्वमा रहनेहरूलाई कहिल्यै दु:ख हुँदैन। बाबा कति ठुलो
सर्जन हुनुहुन्छ। आत्माहरूको पनि अपरेसन, बेहद सृष्टिको पनि अपरेसन गर्नुहुन्छ।
त्यहाँ मनुष्य त के जनावर पनि रोगी हुँदैनन्। बाबा सम्झाउनुहुन्छ– मेरो र बच्चाहरूको
के पार्ट छ। यसलाई भनिन्छ रचनाको आदि-मध्य-अन्त्यको ज्ञान जुन तिमीले मात्रै
लिइरहेका छौ। बच्चाहरूलाई सबैभन्दा पहिला त यो खुसी हुनुपर्छ।
आज सदगुरुवार हो, सदा
सत्य बोल्नुपर्छ। व्यापारमा पनि भनिन्छ नि– सत्य बोल। ठगीको कुरा नगर। फेरि पनि
लोभमा आएर केही धेरै दाम बताएर सौदा गर्छन्। सत्य त कहिल्यै कसैले बोल्दैनन्। झुटै
झुटो बोल्छन् त्यसैले सत्यलाई याद गर्छन्। भनिन्छ नि– सत नाम सङ्ग होस्। अहिले
तिमीलाई थाहा छ– बाबा जो सत्य हुनुहुन्छ उहाँ नै हामी आत्माहरूको सङ्ग हो। अहिले
सत्यको साथमा तिमी आत्माहरूको सङ्गत भएको छ त्यसैले तिमी नै साथ जान्छौ। तिमी
बच्चाहरूलाई थाहा छ– शिवबाबा आउनुभएको छ, जसलाई सत्य भनिन्छ। उहाँले हामी
आत्माहरूलाई पवित्र बनाएर साथै लैजानुहुन्छ एकैपटक। सत्ययुगमा यस्तो भनिँदैन– राम
राम सङ्ग छ वा सत्य नाम सङ्ग छ। भनिँदैन। बाबा भन्नुहुन्छ– अहिले म तिमी बच्चाहरूको
पासमा आएको छु, नयनमा राखेर लैजान्छु। यो नयन होइन, तेस्रो नेत्र। तिमीलाई थाहा छ–
यस समयमा बाबा आउनुभएको छ– बाबाले साथै लैजानुहुन्छ। शङ्करको बरियाँत होइन, यो शिवका
बच्चाहरूको बरियाँत हो। उहाँ पतिहरूका पति पनि हुनुहुन्छ। भन्नुहुन्छ– तिमी सबै
बेहुली हौ। म हुँ बेहुला। तिमी सबै आशिक हौ, म हुँ माशुक। माशुक एउटै हुन्छ नि।
तिमीहरू आधाकल्पदेखि म एक माशुकका आशिक हौ। अहिले म आएको छु तिमीहरू सबै भक्तिनी
हौ। भक्तहरूको रक्षा गर्नेवाला हुनुहुन्छ भगवान। आत्माले भक्ति गर्छ शरीरको साथमा।
सत्ययुग-त्रेतामा भक्ति हुँदैन। भक्तिको फल सत्ययुगमा भोग्छौ, जुन फल अहिले बाबाले
बच्चाहरूलाई दिइरहनुभएको छ। उहाँ तिम्रो साजन हुनुहुन्छ, जसले तिमीलाई साथै
लैजानुहुन्छ फेरि तिमी आफ्नो पुरुषार्थ अनुसार गएर त्यहाँ राज्य भाग्य लिन्छौ। यो
कतै पनि लेखिएको छैन। भनिन्छ– शङ्करले पार्वतीलाई अमरकथा सुनाए। तिमी सबै हौ
पार्वतीहरू। म हुँ कथा सुनाउने अमरनाथ। अमरनाथ एकलाई नै भनिन्छ। उच्चभन्दा उच्च बाबा
हुनुहुन्छ, उहाँको त आफ्नो देह छैन, भन्नुहुन्छ– म अमरनाथले तिमी बच्चाहरूलाई अमरकथा
सुनाउँछु। शङ्कर-पार्वती यहाँ कहाँबाट आए। उनीहरू त छन् नै सूक्ष्मवतनमा, जहाँ
सूर्य-चन्द्रमाको पनि प्रकाश हुँदैन।
सत्य बाबाले अहिले
तिमीलाई सत्य कथा सुनाउनुहुन्छ। बाबा बाहेक सच्चा कथा अरू कसैले सुनाउन सक्दैन। यो
पनि बुझ्छौ– विनाश हुनमा समय लाग्छ। दुनियाँ कति ठुलो छ, कति धेरै भवन आदि पल्टेर
समाप्त हुन्छन्। भूकम्पमा कति नोक्सान हुन्छ। कति मर्छन्। बाँकी तिम्रो सानो वृक्ष
हुन्छ। दिल्ली परिस्तान बन्छ। एउटै परिस्तानमा लक्ष्मी-नारायणको राज्य चल्छ। कति
ठुला ठुला महल बन्छन् होला। बेहदको जागिर मिल्छ। तिमीले केही खर्च गर्नुपर्दैन। बाबा
भन्नुहुन्छ– यिनको (ब्रह्माको) जीवनमा नै कति सस्तो अन्न थियो। त्यसैले सत्ययुगमा
कति सस्तो हुन्छ होला। दिल्ली जति त एक एक जनाको घर र जमिन आदि हुन्छ। मीठा नदीहरूमा
तिम्रो राज्य चल्छ। एक एकलाई के हुँदैन होला। सदा अन्न मिलिरहन्छ। त्यहाँका फलफूल
पनि देखेका छौ, कति ठुला ठुला हुन्छन्। सूक्ष्मवतनको साक्षात्कारमा तिमीले अमृत (शूबीरस)
पिएर आउँछौ। भनिन्थ्यो– त्यहाँ माली छ। अब माली त अवश्य वैकुण्ठमा अथवा नदी किनारमा
हुन्छ। त्यहाँ कति थोरै हुन्छन्। कहाँ अहिले यति करोड, कहाँ ९ लाख हुन्छन् र सबै
कुरा तिम्रो हुन्छ। बाबाले यस्तो राज्य भाग्य दिनुहुन्छ जुन हामीबाट कसैले छिन्न
सक्दैन। आकाश, धरती आदि सबैका मालिक तिमी हुन्छौ। गीत पनि बच्चाहरूले सुन्यौ। यस्ता
यस्ता गीत ६-८ वटा छन् जुन सुनेमा मात्रै पनि खुसीको पारा चढ्छ। हेर, आफ्नो स्थितिमा
केही गडबड छ, भने गीत बजाऊ। यो हो खुसीको गीत। तिमीले त अर्थ पनि जान्दछौ। बाबाले
धेरै युक्तिहरू बताउनुहुन्छ आफूलाई हर्षितमुख बनाउने। बाबालाई लेख्छन्– बाबा त्यति
खुसी हुँदैन। मायाका तुफान आउँछन्। अरे मायाका तुफान आए भने तिमीले बाजा बजाऊ।
खुसीको लागि ठुला ठुला मन्दिरहरूमा पनि प्रवेशद्वारमा बाजा बजिरहन्छ। मुम्बईमा
माधवबागमा लक्ष्मी-नारायणको मन्दिरको प्रवेशद्वारमा पनि बाजा बजिरहन्छ। तिमीलाई
भन्छन्– यो फिल्मी गीत किन बजाउँछौ। उनीहरूलाई के थाहा यो पनि ड्रामा अनुसार काममा
आउने चीज हो। यसको अर्थ त तिमी बच्चाहरूले मात्रै बुझ्छौ। यो सुन्यौ भने पनि खुसी
हुन्छौ। तर बच्चाहरूले भुल्छन्। घरमा कोही उदास रहेछन् भने पनि गीत सुनेमा धेरै खुसी
हुन्छन्। यो धेरै महत्त्वपूर्ण चीज हो। कसैको घरमा झगडा चल्यो भने भन, भगवानुवाच–
काम महाशत्रु हो। यसमाथि विजय पाएपछि हामी विश्वको मालिक बन्छौँ फेरि फूलहरूको वर्षा
हुनेछ, जयजयकार हुनेछ। सुनका फूल वर्षनेछन्। तिमी अहिले काँडाबाट सुनका फूल बनिरहेका
छौ नि। फेरि तिम्रो अवतरण हुन्छ, फूल वर्षंदैन तर तिमी फूल बनेर आउँछौ। मानिसहरूले
सम्झन्छन्– सुनका फूल वर्षन्छन्। एक राजकुमार बेलायतमा गए, त्यहाँ उनले पार्टी दिएका
थिए, उनको लागि सुनका फूल बनाउन लगाए। ती फूल सबैमाथि वर्षा गरे। खुसीको कारण यति
आदर सत्कार गरे। सक्कली सुनका नै बनाए। बाबाले तिनको स्टेट आदि पनि राम्रो रीतिले
जान्नुहुन्छ। वास्तवमा तिमी फूल बनेर आउँछौ। सुनका फूल तिमी माथिबाट ओर्लन्छौ। तिमी
बच्चाहरूलाई कत्रो चिट्ठा परिरहेको छ विश्वको बादसाहीको। जसरी लौकिक पिताले
बच्चाहरूलाई भन्छन्– तिम्रो लागि यो चीज ल्याएको छु भन्दा बच्चाहरू कति खुसी हुन्छन्।
बाबाले पनि भन्नुहुन्छ– तिम्रो लागि स्वर्ग सौगात ल्याएको छु। तिमीले त्यहाँ राज्य
गर्छौ कति खुसी हुनुपर्छ। कसैलाई सानो सौगात दिइयो भने भन्छन्– बाबा हजुरले त
हामीलाई विश्वको बादसाही दिनुहुन्छ, यो सौगात के हो। अरे शिवबाबाको यादगार साथै
रह्यो भने शिवबाबाको याद हुन्छ र तिमीलाई पदम मिल्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) फर्केर सत्यको सङ्गमा जानुछ त्यसैले सदा सच्चा भएर रहनुछ। कहिल्यै पनि झुटो
बोल्नुछैन।
२) हामी ब्रह्माबाबाका
बच्चाहरू आपसमा भाइ-बहिनी हौँ, त्यसैले कुनै पनि विकारी कुकर्म गर्नुछैन। भाइ भाइ र
भाइ-बहिनी सिवाय अरू कुनै सम्बन्धको भान रहनुछैन।
वरदान:–
यादको बलले
आफ्नो वा अरूको श्रेष्ठ पुरुषार्थको गतिविधिलाई जान्ने मास्टर त्रिकालदर्शी भव
जसरी वैज्ञानिकहरूले
पृथ्वीबाट अन्तरिक्ष (स्पेस) मा जानेहरूको हरेक गतिविधिलाई जान्न सक्छन्। त्यसैगरी
तिमी त्रिकालदर्शी बच्चाहरूले साइलेन्स अर्थात् यादको बलले आफ्नो वा अरूको श्रेष्ठ
पुरुषार्थ वा स्थितिको गतिविधिलाई स्पष्ट जान्न सक्छौ। दिव्य बुद्धि बनेर यादको
शुद्ध सङ्कल्पमा स्थित हुनाले त्रिकालदर्शी भवको वरदान प्राप्त हुन्छ र यथार्थमा
ल्याउनको लागि नयाँ नयाँ योजना स्वत: इमर्ज हुन्छन्।
स्लोगन:–
सबैको सहयोगी
बन्यौ भने स्नेह स्वत: प्राप्त भइरहन्छ।
अव्यक्त इसारा:– स्वयं
र सबैप्रति मनसाद्वारा योगको शक्तिहरूको प्रयोग गर
कसैले पनि यो भन्न
सक्दैन– हामीलाई त सेवाको अवसर छैन। कोही बोल्न सक्दैनन् भने मनसा वायुमण्डलबाट
सुखको वृत्ति, सुखमय स्थितिले सेवा गर। स्वास्थ ठीक छैन भने घर बसेर पनि सहयोगी बन,
केवल मनसामा शुद्ध सङ्कल्पहरूको स्टक जम्मा गर, शुभभावनाहरूले सम्पन्न बन।