02.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिम्रो प्रतिज्ञा छ , हजुर आउ नुभए प छि हामी बलिहार जा न्छौँ । अब बाबा आउनुभएको छ– तिमीलाई प्रतिज्ञा याद दिलाउन।”

प्रश्न:–
कुन मुख्य विशेषताका कारणले पूज्य केवल देवताहरूलाई मात्रै भन्न सकिन्छ?

उत्तर:–
यो देवताहरूको नै विशेषता हो, जसले कहिल्यै कसैलाई याद गर्दैनन्। न बाबालाई याद गर्छन्, न कसैको चित्रलाई याद गर्छन्, त्यसैले उनीहरूलाई पूज्य भनिन्छ। त्यहाँ सुखै सुख हुन्छ त्यसैले कसैलाई याद गर्ने आवश्यकता हुँदैन। अहिले तिमी एक बाबाको यादबाट यस्तो पूज्य, पावन बनेका छौ जसबाट फेरि याद गर्ने आवश्यकता नै हुँदैन।

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरू... ! तर रुहानी आत्मा त भनिँदैन। रुह अथवा आत्मा एउटै कुरा हो। रुहानी बच्चाहरूलाई बाबा सम्झाउनुहुन्छ। पहिला कहिल्यै पनि आत्माहरूलाई परमपिता परमात्माले ज्ञान दिनुभएको छैन। बाबा स्वयं भन्नुहुन्छ– म एक पटक मात्र कल्पको पुरुषोत्तम सङ्गमयुगमा आउँछु। यस्तो अरू कसैले भन्न सक्दैन– सारा कल्पमा सङ्गमयुग सिवाय, बाबा स्वयं कहिल्यै आउनु नै हुन्न। भक्ति पूरा भइसकेपछि बाबा सङ्गममा नै आउनुहुन्छ र बाबा बसेर फेरि बच्चाहरूलाई ज्ञान दिनुहुन्छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। यो कुरा कैयौँ बच्चाहरूका लागि धेरै मुस्किल लाग्छ। छ धेरै सहज तर बुद्धिमा राम्रोसँग बस्दैन। त्यसैले घरी घरी सम्झाइरहनुहुन्छ। सम्झाउँदा पनि बुझ्दैनन्। स्कुलमा टिचरले १२ महिना पढाउँछन् फेरि पनि कोही फेल भइदिन्छन्। यहाँ बेहदका बाबाले पनि दिनहुँ बच्चाहरूलाई पढाउनुहुन्छ। फेरि पनि कसैलाई धारणा हुन्छ, कसैले बिर्सन्छन्। मुख्य कुरा त यही सम्झाइन्छ– आफूलाई आत्मा सम्झ र बाबालाई याद गर। बाबाले नै भन्नुहुन्छ– म एकलाई याद गर, अरू कुनै मनुष्य मात्रले कहिल्यै भन्न सक्दैनन्। बाबा भन्नुहुन्छ– मैले एक पटक मात्र तिमी बच्चाहरूलाई सम्झाउँछु। तिमीले नै यो ज्ञान प्राप्त गर्छौ। अरू कसैले लिँदैनन्। प्रजापिता ब्रह्माका तिमी मुख वंशावली ब्राह्मणले यो ज्ञान बुझ्छौ। थाहा छ– कल्प पहिला पनि बाबाले यस सङ्गममा यो ज्ञान सुनाउनुभएको थियो। तिमी ब्राह्मणहरूको नै पार्ट हो, यी वर्णहरूमा पनि घुम्नु त अवश्य छ। अरू धर्मका मानिसहरू यी वर्णमा आउँदैनन्, भारतवर्षका मानिसहरू नै यी वर्णमा आउँछन्। ब्राह्मण पनि यहाँ नै बन्छन्, त्यसैले बाबा भारतवर्षमा आउनुपर्छ। तिमी हौ प्रजापिता ब्रह्माका मुख वंशावली ब्राह्मण। ब्राह्मणपछि फेरि हुन्छन् देवता र क्षत्रिय। क्षत्रिय कोही बन्दैनन्। तिमीलाई त ब्राह्मण बनाउनुहुन्छ फेरि तिमी देवता बन्छौ। उनीहरूकै फेरि बिस्तारै बिस्तारै कला कम हुँदै जाँदा उनीहरूलाई क्षत्रिय भनिन्छ। क्षत्रिय अटोमेटिकली बन्छन्। बाबाले त आएर ब्राह्मण बनाउनुहुन्छ फेरि ब्राह्मणबाट देवता फेरि उनै क्षत्रिय बन्छन्। तीनै धर्म एउटै बाबाले अहिले स्थापना गर्नुहुन्छ। यस्तो होइन– सत्ययुग-त्रेतामा फेरि आउनुहुन्छ। मनुष्यले नबुझेको कारणले भनिदिन्छन्– सत्ययुग-त्रेतामा पनि बाबा आउनुहुन्छ। बाबा भन्नुहुन्छ– म युग युगमा आउँदिनँ, म आउँछु नै एक पटक, कल्पको सङ्गममा। तिमीलाई मैले नै ब्राह्मण बनाउँछु– प्रजापिता ब्रह्माद्वारा। म त परमधामबाट आउँछु। अच्छा ब्रह्मा कहाँबाट आउँछन्? ब्रह्माले त ८४ जन्म लिन्छन्, मैले लिन्नँ। ब्रह्मा सरस्वती जो विष्णुका दुई रूप लक्ष्मी-नारायण नै बन्छन्, उनीहरूले नै ८४ जन्म लिन्छन् फेरि उनीहरूको धेरै जन्मको अन्त्यमा प्रवेश गरेर यिनलाई ब्रह्मा बनाउँछु। मैले यिनको नाम ब्रह्मा राख्छु। यो नाम कुनै यिनको आफ्नो होइन। बच्चाको जन्म भयो भने छैटी गर्छन्, जन्मदिन मनाउँछन्, यिनको जन्मपत्रिकाको नाम त लेखराज थियो। त्यो त सानो छँदाको नाम थियो। यिनमा अहिले सङ्गममा बाबाले प्रवेश गर्नुभएपछि नाम परिवर्तन भएको छ । त्यो नाम पनि यिनी वानप्रस्थ अवस्थामा हुँदा मात्र परिवर्तन हुन्छ। ती संन्यासी त घरबार छोडेर गएपपछि मात्र नाम परिवर्तन हुन्छ। यिनी त घरमा नै रहन्छन्, यिनको नाम ब्रह्मा राखियो, किनकि ब्राह्मण चाहिन्छ नि। तिमीलाई आफ्नो बनाएर पवित्र ब्राह्मण बनाउनुहुन्छ। पवित्र बनाइन्छ। यस्तो होइन– तिमी जन्मैदेखि नै पवित्र छौ। तिमीलाई पवित्र बन्ने शिक्षा मिल्छ। पवित्र कसरी बन्ने? यो हो मुख्य कुरा।

तिमीलाई थाहा छ– भक्तिमार्गमा पूज्य एक जना पनि हुन सक्दैन। मनुष्यले गुरुहरू आदिलाई ढोग्छन् किनकि घरबार छोडेर पवित्र बन्छन्, बाँकी उनीहरूलाई पूज्य भनिँदैन। पूज्य त्यो हो जसले कसैलाई पनि याद गर्दैन। संन्यासीहरूले ब्रह्म तत्त्वलाई याद गर्छन् नि, प्रार्थना गर्छन्। सत्ययुगमा कसैलाई पनि याद गर्दैनन्। अब बाबा भन्नुहुन्छ– तिमीले याद गर्नुछ एकलाई। त्यो त हो भक्ति। तिम्रो आत्मा पनि गुप्त छ। आत्मालाई यथार्थ रीतिले कसैले चिन्दैनन्। सत्ययुग-त्रेतामा पनि शरीरधारीले आफ्नो नामबाट पार्ट खेल्छन्। नाम बिना त पार्टधारी हुन सक्दैनन्। जहाँ भए पनि शरीरको नाम अवश्य राखिन्छ। नाम बिना पार्ट कसरी खेल्छन्। त्यसैले बाबाले सम्झाउनुभएको छ– भक्तिमार्गमा गाउँछन्– हजुर आउनुभयो भने हामी हजुरलाई नै आफ्नो बनाउनेछौँ, दोस्रो न कोही। हामी हजुरकै बन्छौँ, यो आत्माले भन्छ। भक्तिमार्गमा जति पनि देहधारी छन् तिनको नाम राखिन्छ, तिनीहरूलाई हामीले पूजा गर्दैनौँ। हजुर आउनुहुन्छ त्यसपछि हजुरमाथि नै कुर्बान जान्छौँ। कहिले आउनुहुन्छ, यो पनि जान्दैनन्। अनेक देहधारीहरूको, नामधारीहरूको पूजा गरिरहन्छन्। आधाकल्प भक्ति पूरा भएपछि मात्रै बाबा आउनुहुन्छ। भन्नुहुन्छ– तिमीले जन्मजन्मान्तर भन्दै आयौ– हामीले हजुर बाहेक अरू कसैलाई पनि याद गर्दैनौँ। आफ्नो देहलाई पनि याद गर्दैनौँ। तर मलाई चिन्दै चिन्दैनौ भने याद कसरी गर्छौ। अब बाबाले बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ– मीठा-प्यारा बच्चाहरू, आफूलाई आत्मा सम्झ र बाबालाई याद गर। बाबा नै पतितपावन हुनुहुन्छ, उहाँलाई याद गर्नाले तिमी पावन सतोप्रधान बन्छौ। सत्ययुग-त्रेतामा भक्ति हुँदैन। तिमीले कसैलाई पनि याद गर्दैनौ। न बाबालाई, न चित्रहरूलाई। त्यहाँ त सुखै सुख हुन्छ। बाबाले सम्झाउनुभएको छ– जति तिमी नजिक आउँदै जान्छौ, त्यति कर्मातीत अवस्था हुँदै जान्छ। सत्ययुगमा नयाँ दुनियाँ, नयाँ भवनमा खुसी पनि धेरै हुन्छ फेरि २५ प्रतिशत पुरानो भएपछि भने मानौँ स्वर्ग नै बिर्सिन्छ। त्यसैले बाबा भन्नुहुन्छ– तिमीले गाउँथ्यौ– हजुरकै बन्छौँ, हजुरकै कुरा सुन्छौँ। त्यसैले अवश्य हजुर भनेर परमात्मालाई नै भन्छौ नि। आत्माले परमात्मा बाबाका लागि भन्छ। आत्मा सूक्ष्म बिन्दु हो, त्यसलाई देख्नका लागि दिव्य दृष्टि चाहिन्छ। आत्माको ध्यान गर्न सकिँदैन। हामी आत्मा यति सानो बिन्दु हौँ, यस्तो सम्झेर याद गर्न मेहनत हुन्छ। आत्माको साक्षात्कार गर्ने कोसिस गर्दैनन्, परमात्माको साक्षात्कारका लागि कोसिस गर्छन्, जसका लागि सुनेका छन्– उहाँ हजार सूर्यभन्दा तेजोमय हुनुहुन्छ। कसैलाई साक्षात्कार भयो भने भन्छन्– धेरै तेजोमय थियो किनकि त्यही सुनेका हुन्छन्। जसको नवधा भक्ति गर्छन्, देख्छन् पनि त्यही। नत्र विश्वास नै बस्दैन। बाबा भन्नुहुन्छ– आत्मालाई नै देखेका छैनन् भने परमात्मालाई कसरी देख्छन्। आत्मालाई देख्न नै कसरी सक्छन् र अरू सबैको त शरीरको चित्र छ, नाम छ, आत्मा छ बिन्दु, धेरै सानो छ, त्यसलाई कसरी देखिन्छ। धेरै कोसिस गर्छन्, तर यी आँखाले देख्न सक्दैनन्। आत्मालाई ज्ञानका अव्यक्त आँखा मिल्छन्।

अहिले तिमीलाई थाहा छ– हामी आत्मा कति साना छौँ। म आत्मामा ८४ जन्मको पार्ट पहिल्यै निश्चित छ, जुन मैले रिपिट गर्नुछ। बाबाको श्रीमत मिल्छ श्रेष्ठ बनाउनका लागि, त्यसैले त्यसमा चल्नुपर्छ। तिमीले दैवी गुण धारण गर्नुपर्छ। खानपान पनि रोयल हुनुपर्छ, चालचलन बडो रोयल चाहिन्छ। तिमी देवता बन्छौ। देवताहरू स्वयं पूज्य हुन्छन्, तिनीहरूले कहिल्यै कसैको पूजा गर्दैनन्। तिनीहरू त डबल सिरताज हुन् नि। तिनीहरूले कहिल्यै कसैलाई पूजा गर्दैनन्, त्यसैले पूज्य ठहरिए नि। सत्ययुगमा कसैलाई पूजा गर्ने आवश्यकता नै हुदैन। बाँकी, हो, एकअर्कालाई सम्मान अवश्य दिन्छन्। यस्तो नमन गर्नु, यसलाई सम्मान भनिन्छ। यस्तो होइन– दिलमा उनीहरूलाई याद गर्नुछ। आदर त गर्नु नै छ। जस्तै प्रेसिडेन्ट हुन्छन्, सबैले उनलाई आदर गर्छन्। थाहा छ– यिनी ठुलो पदका हुन्। नमन कहाँ गर्नुछ र। त्यसैले बाबा सम्झाउनुहुन्छ– यो ज्ञानमार्ग बिल्कुल अलग चीज हो, यसमा केवल आफूलाई आत्मा सम्झनुछ जुन तिमीले बिर्सेका छौ। शरीरको नामलाई याद गरेका छौ। काम त अवश्य नामबाटै गर्नुछ। नाम बिना कसलाई कसरी बोलाउँछौ। हुन त तिमी शरीरधारी बनेर पार्ट खेल्छौ तर बुद्धिले शिवबाबालाई याद गर्नुछ। श्रीकृष्णका भक्तहरूले सम्झन्छन्– हामीले श्रीकृष्णलाई नै याद गर्नुछ। बस् जता हेर्छु– कृष्ण नै कृष्ण छन्। हामी पनि कृष्ण, तिमी पनि कृष्ण। अरे तिम्रो नाम अलग, उहाँको नाम अलग... सबै कृष्ण नै कृष्ण कसरी हुन सक्छन्। सबैको नाम कृष्ण कहाँ हुन्छ र, जे आउँछ त्यही भनिरहन्छन्। अब बाबा भन्नुहुन्छ– भक्तिमार्गका सबै चित्र आदिलाई बिर्सेर एक बाबालाई याद गर। चित्रहरूलाई त तिमीले पतितपावन भन्दैनौ, हनुमान आदि पतितपावन कहाँ हुन् र। अनेक चित्र छन्, कोही पनि पतितपावन छैनन्। कुनै पनि देवी आदि जसको शरीर छ उनीहरूलाई पतितपावन भनिँदैन। ६-८ भुजा भएका देवी आदि बनाउँछन्, सबै आफ्नो बुद्धिले। यिनीहरू को हुन्, त्यो त जान्दैनन्। यिनीहरू पतितपावन बाबाका सन्तान बाबाका मदतगार हुन्, यो कसैलाई पनि थाहा छैन। तिम्रो रूप त यो साधारण नै छ। यी शरीर त विनाश हुन्छन्। यस्तो होइन– तिम्रा चित्र आदि रहन्छन्। यी सबै खतम हुन्छन्। वास्तवमा देवी तिमीहरू हौ। नाम पनि लिइन्छ– सीता देवी, फलानी देवी। राम देवता भनिँदैन। फलानी देवी वा श्रीमती भनिदिन्छन्, त्यो पनि गलत हुन्छ। अब पावन बन्नका लागि पुरुषार्थ गर्नुछ। तिमीले भन्छौ पनि– पतितबाट पावन बनाउनुहोस्। यस्तो भन्दैनौ– लक्ष्मी-नारायण बनाउनुहोस्। पतितबाट पावन पनि बाबाले बनाउनुहुन्छ। नरबाट नारायण पनि उहाँले बनाउनुहुन्छ। उनीहरूले पतितपावन निराकारलाई भन्छन् र सत्य नारायणको कथा सुनाउनेले फेरि अरूलाई देखाएका छन्। यस्तो त भन्दैनन्– बाबा! सत्य नारायणको कथा सुनाएर अमर बनाउनुहोस्, नरबाट नारायण बनाउनुहोस्। केवल भन्छन्– आएर पावन बनाउनुहोस्। बाबाले नै सत्य नारायणको कथा सुनाएर पावन बनाउनुहुन्छ। तिमीले फेरि अरूलाई सत्य कथा सुनाउँछौ। यो कुरा अरू कसैले जान्न सक्दैनन्। तिमीले मात्र जान्दछौ। तिम्रो घरमा मित्र, सम्बन्धी, भाइ आदि छन् तर तिनीहरूले पनि बुझ्दैनन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) स्वयंलाई श्रेष्ठ बनाउनका लागि बाबाको जुन श्रीमत मिल्छ, त्यसैमा चल्नुछ, दैवीगुण धारण गर्नुछ। खानपान, चालचलन सबै रोयल बनाउनुछ।

२) एकअर्कालाई याद गर्नुछैन, तर सम्मान अवश्य दिनुछ। पावन बन्ने पुरुषार्थ गर्नु र गराउनुछ।

वरदान:–
नीरस वातावरणमा खुसीको झलकको अनुभव गराउने एभरह्याप्पी भव

एभरह्याप्पी अर्थात् सदा खुसी रहनु, यो वरदान जुन बच्चाहरूलाई प्राप्त भएको छ तिनीहरू दुःखको लहर उत्पन्न गर्ने वातावरणमा, नीरस वातावरणमा, अप्राप्तिको अनुभव गराउने वातावरणमा पनि सदा खुसी रहन्छन् र आफ्नो खुसीको झलकबाट दुःख र उदासीको वातावरणलाई यसरी परिवर्तन गर्छन् जसरी सूर्यले अन्धकारलाई परिवर्तन गरिदिन्छ। अन्धकारको बीचमा उज्यालो बनाउनु, अशान्ति भित्र शान्ति ल्याउनु, नीरस वातावरणमा खुसीको झलक ल्याउनु यसलाई भनिन्छ एभरह्याप्पी वा सदा सुखी। वर्तमान समयमा यही सेवाको आवश्यकता छ।

स्लोगन:–
अशरीरी त्यो हो जसलाई शरीरको कुनै पनि आकर्षणले आफूतिर आकर्षित गर्दैन।

अव्यक्त इशारा:– अब सम्पन्न वा कर्मात ी त बन्ने धुन लगाऊ

कर्मातीतको अर्थ यो होइन– कर्मबाट अतीत होऊ। कर्मबाट न्यारा होइन, कर्मको बन्धनमा फस्नुबाट न्यारा– यसलाई भनिन्छ कर्मातीत। कर्मयोगको स्थितिले कर्मातीत स्थितिको अनुभव गराउँछ। यो कर्मयोगी स्थिति अति प्यारा र न्यारा स्थिति हो, यसबाट कुनै जतिसुकै ठुलो मेहनतको कार्य भए पनि यस्तो लाग्छ मानौँ काम गरिरहेको छैन तर खेल खेलिरहेको छु।