03.08.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे –
तिमीहरू सच्चा सच्चा राजऋषि , राजयोगी हौ , राज्य भाग्य प्राप्त गर्नको लागि पवित्र
अवश्य बन्नु छ। ”
प्रश्न:–
कुन चाहिँ
अटेन्सनले राज्य भाग्यको लायक बनाउँछ?
उत्तर:–
पढाइमा पूरा
पूरा अटेन्सन भयो भने राज्य भाग्य मिल्छ। बाबाले जे सुनाउनुहुन्छ त्यसलाई राम्रोसँग
सुनेर धारण गर्नुछ। बाबाले सुनाउनुभएको कुरा तिमी बच्चाहरूले सुन्यौ भने राज्य
भाग्य मिल्छ। मुरली सुन्ने बेलामा हाइ गर्छौ वा झुल्छौ, बुद्धि भट्किन्छ भने राज्य
भाग्य गुमाउनेछौ, त्यसैले पढाइमा पूरा अटेन्सन देऊ।
गीत:–
हमें उन राहों
पर चलना है...
ओम् शान्ति ।
रुहानी बाबाले
रुहानी बच्चाहरूलाई सम्झाइरहनुभएको छ। बाबाले आज बच्चाहरूलाई हठयोग र राजयोगमा
सम्झाउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ, उनीहरूले जेसुकै सिकाए पनि त्यो सबै हठयोग
हो किनकि उनीहरू कर्म संन्यासी हुन्। वास्तवमा गृहस्थीहरूले हठयोग, कर्म संन्यास
सिक्नु छैन। त्यो त हो नै निवृत्तिमार्ग । त्यो धर्म नै छुट्टै हो। तिम्रो धर्म
देवीदेवता धर्म हो जसबाट देवीदेवताहरूले राजयोगबाट नै राज्य पाएका हुन्। अहिले तिमी
राजऋषि हौ। ऋषि उनीहरूलाई भनिन्छ जो पवित्र हुन्छन्। तिमी अहिले पवित्र छौ। पवित्र
रहेनन् भने तिनीहरूलाई ऋषि भनिँदैन। तिमी राज्य भाग्य पाउनको लागि पवित्र बन्छौ।
उनीहरू कुनै राज्य भाग्य पाउनको लागि पवित्र बन्दैनन्। तिमीलाई थाहा छ, पवित्र
दुनियाँमा हाम्रो पवित्र राज्य थियो। भारतवर्षमा नै ५ हजार वर्ष पहिला
देवीदेवताहरूको पूज्य पवित्र प्रवृत्तिमार्ग थियो। अहिले तिनै देवीदेवताहरू पुजारी
पतित बनेका छन्। पतित कसरी बने? ८४ जन्मको हिसाब छ नि! बाबा जसले सहज राजयोग
सिकाइरहनुभएको छ, उहाँले नै तिमीलाई ८४ जन्मको हिसाब बताउनुहुन्छ। अरू धर्मलाई
संन्यास धर्मका मानिसहरूले के जान्दछन्। यो देवीदेवताहरूको प्राचीन धर्म हो। त्यो
पछाडिको धर्म हो। जो बितेर गइसकेका छन्, तिनीहरूलाई संन्यासीहरूले जान्न सक्दैनन्।
तिमीलाई थाहा छ,
हठयोग अनेक प्रकारका छन्। द्वापरदेखि भक्तिमार्गसँगै हठयोग सुरु हुन्छ। फेरि अहिले
राजयोग छ। त्यो हठयोग जन्मजन्मान्तर सिक्दै आएका छन्। राजयोग तिमीले एक जन्ममा नै
सिक्छौ। उनीहरूले जन्मजन्मान्तर पुनर्जन्म लिएर हठयोग सिक्नु नै छ। तिमीले राजयोग
सिक्नको लागि पुनर्जन्म लिनुपर्दैन। यो राजयोग तिमीले केवल सङ्गममा नै सिक्छौ।
राज्य मिल्यो, स्वर्ग भयो, त्यसपछि अरू सबै धर्म खतम हुन्छन्। तिमी राजऋषि हौ।
राधाकृष्ण पनि पवित्र हुन्छन् नि! श्रीकृष्णलाई महात्मा पनि भन्छन्। महात्मा पवित्र
हुन्छन्। तिमी पनि अहिले महात्मा वा राजऋषि हौ। महात्मा अर्थात् पवित्र, महान् आत्मा।
यी कुराहरू कुनै शास्त्रहरूमा छैनन्। शास्त्र त पछि बन्छन्। बसेर कथाजस्तै लेख्छन्।
जे बितेर जान्छ, बसेर त्यो खेल बनाउँछन्। त्यसमा सत्य त हुँदैन। अब बाबाले
बच्चाहरूलाई यथार्थमा पढाउनुहुन्छ। त्यसको फेरि इतिहास बनाएका छन्। यादव, कौरव,
पाण्डव थिए, अवश्य सङ्गममा होलान्। बसेर सङ्गमयुगको इतिहास बनाएका छन्। चाडपर्वहरू
पनि सबै सङ्गमयुगकै हुन्। राखी बन्धन पनि पवित्रतामा आधारित छ। पछि फेरि त्यसको
यादगार चल्छ। यहाँ बाबाले पनि सबैलाई पवित्र बनाएर प्रतिज्ञा गराउनुहुन्छ। सिखहरूले
कङ्गन (बाला) लगाउँछन्, त्यो पनि पवित्रताको निसानी हो। हिन्दुहरूले जनै लगाउँछन्,
त्यो पनि पवित्रताको निसानी हो। तर पवित्र रहँदैनन्। राखी बाँध्छन्, अर्थ कहाँ
बुझ्छन् र! राखी पहिला ब्राह्मणहरूले बाँध्थे। अहिले बहिनीले भाइलाई राखी बाँध्छन्,
भाइहरूले खर्च दिन्छन्। अहिले यो सबै फेसन भएको छ। वास्तवमा यो पवित्रताको कुरा हो।
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! काम महाशत्रु हो। ती ब्राह्मणहरूले कसैले यसरी
सम्झाउँदैनन्। अहिले बेहदका बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! प्रतिज्ञा गर, हामी
पवित्र बन्छौँ। कहिल्यै विकारमा जाँदैनौँ। बोलाउँछौ पनि यसैले, आएर पतितहरूलाई पावन
बनाउनुहोस्! सत्ययुग त्रेतामा कसैले बोलाउँदैनन्। त्यो त रामराज्य नै हो। यो रावण
राज्य हो। रामराज्यमा ५ विकार हुँदैनन्। जस्ता राजारानी त्यस्तै प्रजा... अहिले तिमी
बच्चाहरूलाई थाहा छ, हामीले बाबाबाट स्वर्गको बादसाही लिइरहेका छौँ। यो नर्कबाट
अवश्य जानु छ। बाबा पावन बनाएर स्वर्गमा लैजान आउनुभएको छ। त्यसोभए हामी किन पावन
नबन्ने। उनीहरूका हठयोग त अनेक प्रकारका छन्। जयपुरको म्युजियममा गएर हेर,
हठयोगीहरूका भेराइटी छन्। त्यसबाट केही पनि हुँदैन। सिँढी तल ओर्लँदै जान्छन्।
बाबाले सम्झाउनुभएको
छ, जुनबेला दुनियाँ पतित बन्छ, रावणको राज्य हुन्छ, त्यतिबेला धरती हल्लिन थाल्छ।
सुनका महल आदि सबै तल जान्छन्। महलहरू आदि कसैले लुटेका कहाँ हुन् र! त्यहाँ त
मन्दिरहरू लुटेका हुन्। केही गहना, सुन आदि लगेका हुन्। गहनाहरूको सबैभन्दा बढी सोख
तिमीलाई छ। तिमीले स्वर्गमा आउनेबित्तिकै गहना लगाउँछौ, राज्य गर्छौ। अरू धर्मका
मानिसहरूले आउनेबित्तिकै राज्य गर्दैनन्। तिमीले बेहदका बाबाबाट स्वर्गको बादसाहीको
वर्सा लिन्छौ। त्यसैले उहाँ बाबा बसेर सम्झाउनुहुन्छ, गीता पढेर सुनाउनुहुन्न।
गीतामा जे जति लेखिएको छ, त्यो सबै मैले भनेको होइन, त्यो त मानिसहरूले मेरा
महावाक्यहरूलाई पछि बसेर शास्त्र बनाएका हुन्। मैले जे तिमीलाई सुनाएँ, त्यो तिमीले
नै सुन्यौ र फेरि गएर राज्य गर्छौ। त्यहाँ स्वर्गमा यो ज्ञान हुँदैन। यहाँ त बाबा
टिचर बसेर शिक्षा दिनुहुन्छ। बाबाले त हिन्दीमा नै सम्झाउनुहुन्छ। यहाँ सबैले हिन्दी
भनिरहन्छन् नि! जुन उनीहरूको भाषा हो। वास्तवमा प्राचीन भाषा हिन्दी नै हो, संस्कृत
होइन। यो संस्कृत त शङ्कराचार्यपछि निस्किएको हो। जो आउँछन्, उनीहरूले आफ्नै भाषा
चलाउँछन्। बाँकी यस्तो होइन बाबाले गीता संस्कृतमा सुनाउनुभएको हो। होइन। गुरुनानकको
आफ्नै ग्रन्थ छ। उनले सिख धर्म स्थापन गरे, उनलाई पनि अवतार मान्छन्। त्यसमा राजाहरू
पनि हुन्छन्। संन्यासीहरूको राज्य हुँदैन। बाबाले सम्झाउनुभएको छ– बुद्ध, क्राइस्ट
आदि पहिला गृहस्थी आत्मा थिए। तर गृहस्थी पतित आत्माले त धर्म स्थापन गर्न सक्दैनन्।
उनीहरूमा पवित्र आत्मा आउँछ, जसले धर्म स्थापन गर्छ। अरू धर्म त धेरै किसिम किसिमका
छन्, आएर आफ्नो सानो मठ, पन्थ स्थापन गर्छन्। वृक्षमा पनि देखाइएको छ नि! त्यसैले
हठयोग र राजयोगमा धेरै फरक छ। यी कुराहरू बुझ्ने कुरा हुन्, जसले बुझेका हुँदैनन्,
उनीहरू उङ्घ्छन्, हाइ गरिरहन्छन्। यहाँ त तिमीलाई खजाना मिल्छन्। धेरै ठुलो कमाइ छ।
तिमीले रत्नहरूले झोली भर्छौ। त्यसैले यो कुरा आँखा खोलेर सुन्नुपर्छ। निदाइरहे वा
बुद्धि बाहिर भट्किरह्यो भने उनीहरूले राजधानी पाउन सक्दैनन्।
तिमी राजऋषि हौ।
राज्य भाग्य प्राप्त गर्नेहरू हौ। बाबाले राजधानी स्थापन गर्नुहुन्छ। श्रीकृष्णले
गर्दैनन्। श्रीकृष्णले त बाबाबाट वर्सा लिन्छन्। तिम्रो बाबा निराकार हुनुहुन्छ,
जसबाट वर्सा लिइरहेका छौ– विश्वको बादसाहीको। तिमी कति धनवान् बन्छौ। यहाँ एउटै बाबा
आएर राजयोग सिकाउनुहुन्छ। त्यसमा पनि घुम, फिर, खाऊ, पिऊ, केवल बाबालाई याद गर।
धनवानले अवश्य राम्रोसँग खान्छन्। उनीहरूले त आफ्नो कमाइको फल खान्छन्। मालपुवा
खाउन् वा रोटी खाउन्। तिमीले बाबालाई याद गर। चाहे जेसुकै खाऊ। त्यसोभए पैसा केको
लागि हो। बाबाले कुनै मनाही गर्नुहुन्न। केवल बाबासँग योग लगाउनु छ। यो राज्य भाग्य
स्थापन गर्नमा खर्च छैन। त्यो लडाइँ आदिमा कति खर्च हुन्छ। हवाइजहाजमा कति खर्च
हुन्छ। खस्यो भने एकदम खतम हुन्छन्। कति नोक्सान हुन्छ। त्यसैले बाबा भन्नुहुन्छ–
हिँड्दाडुल्दा पनि बाबालाई याद गर। स्वदर्शन चक्र घुमाइराख। हामीले ८४ जन्म पूरा
गरेका छौँ। अब जाऊँ वतनतिर। घर गएर फेरि आएर राज्य गर्नेछौँ। तिमी नाटकका पात्र हौ
नि। त्यो बाइसकोप त दुई-अढाई घण्टा चल्छ। यो बेहदको नाटक ५ हजार वर्ष चल्छ, यसलाई
मानिसले मात्रै जान्न सक्छन्। यो दुनियाँ काँडाहरूको जङ्गल हो। सबैभन्दा ठुलो काँडा
विकारको हो, जसले आदि, मध्य, अन्त्य दुःख दिन्छ। दोस्रो नम्बरको काँडा क्रोध हो।
त्यसको निसानी यो महाभारत लडाइँ हेर। कुनै कुरामा रिस उठ्यो भने तुरून्तै बम हान्न
सुरु गरिदिन्छन्। अहिले त यस्ता यस्ता बम बनाएका छन्, जसको कुरै नसोध। सत्ययुगमा
कुनै लडाइँ आदि हुँदैन। सङ्गममा नै यो महाभारत लडाइँ देखाइएको छ। अरू कुनै शास्त्रमा
लडाइँको कुरै छैन। त्यहाँ त तिमी सारा विश्वको मालिक हुन्छौ। त्यहाँ लडाइँको कुरा
हुन सक्दैन। शास्त्रहरूमा असुर र देवताहरूको लडाइँ देखाइएको छ। तर देवताहरू अहिंसक
हुन्छन्। तिमी योगबलले विश्वको मालिक बन्छौ। यो साइलेन्स बल हो, यसमा तिमीले केही
बोल्नु छैन। यादको बलले तिमीले बाबाबाट विश्वको बादसाही लिन्छौ। फरक हेर कति छ।
साइन्स बलले विनाश हुन्छ। त्यही साइन्सबाट फेरि सत्ययुगमा सुख देख्नेछौ। साइन्सबाट
आविष्कार गर्छन्, त्यो त सुखको लागि गर्छन्। यिनीहरूले पनि आएर केही ज्ञान लिनेछन्।
प्रदर्शनीमा त सबै आउँछन्। पछि गएर सबै आउनेछन्। तिम्रो यो साइलेन्स बलको आवाज
फैलिनेछ।
तिमीले प्रश्न सोध्छौ–
गीताको भगवान् को हुनुहुन्छ? यस्तो प्रश्न कसैले सोध्न सक्दैन। जहाँ यो प्रश्न
लेख्छौ, त्यहाँ त्यसको साथमा चित्र पनि देऊ। गीताको भगवान् परमपिता परमात्मा
हुनुहुन्छ वा श्रीकृष्ण? श्रीकृष्ण जसले पूरा ८४ जन्म लिन्छन्। पतितबाट पावन बनाउने
त बाबा नै हुनुहुन्छ। श्रीकृष्णको आत्मा त ८४ जन्म लिएर श्याम बनेको छ। बाबाले
उनैलाई बसेर सम्झाउनुहुन्छ, तिमीले ८४ जन्म लिएका छौ। तिमीले आफ्ना जन्महरूको विषयमा
जान्दैनौ। कलाकारहरूलाई थाहा त हुनुपर्छ नि, हामीले ८४ जन्म कसरी लिन्छौँ।
संन्यासीहरूको धर्म नै छुट्टै छ। यहाँका मानिसहरूलाई आफ्नो धर्मको विषयमा थाहा नभएका
हुनाले अरू अरू धर्ममा गइरहन्छन्। कुनै गुरुको आशीर्वादले कसैलाई धन मिल्यो भने
उनीहरूकै पछि लाग्छन्। फेरि टाट पल्टियो भने भन्छन्, भगवानको भावी। बच्चा मिल्यो भने
धेरै खुसी हुन्छन्। मानौँ १०-१२ दिनपछि बच्चा मरेछ भने भन्छन्, ईश्वरको भावी।
यिनीहरूलाई जीवित पार्ने मेरो हातमा छैन। बाबाले यस्ता धेरै उदाहरण देखेका छन्।
यस्ता यस्ता धेरै हुन्छन्। यहाँ त बाबा बस्नुभएको छ। बाबा बच्चाहरूलाई
सम्झाउनुहुन्छ– मीठा-प्यारा बच्चाहरू पावन बन! याद हुन्छ, महाभारी महाभारत लडाइँ
लागेको बेलामा द्रौपदीले पुकारेकी थिइन्– बाबा, हामीलाई यी दुशासनले नग्न बनाउँछन्,
हामीलाई यिनीहरूबाट बचाउनुहोस्। ५ हजार वर्षको कुरा हो। यसै विषमा नै यी अबलाहरूमाथि
अत्याचार हुन्छ। कतिपय त स्त्रीहरू पनि यस्ता हुन्छन्, जो विषबिना रहन सक्दैनन्।
उनीहरूको नाम पनि राखिएको छ– शूर्पणखा, पूतना। जसले विषको लागि हैरान पार्छन्,
उनीहरू हुन्– कंस, जरासन्ध, शिशुपाल... यी सबैको विनाश त हुनु नै छ। यस समयमा आसुरी,
रावण राज्य छ, फेरि ईश्वरीय राज्य हुन्छ। हामीले कसरी ८४ जन्म लिन्छौँ, यो सारा
चक्रलाई त तिमीले जानेका छौ। यो कुरा विकारमा गएको बेलामा बिर्सन्छन्। विकारमा
जानेहरूको मुख नै पहेँलो हुन्छ। आफैले सम्झन्छन्– यो मैले के गरेँ। बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! यो विषय वैतरणीको नालीमा नजाऊ। यसले तिमीलाई आदि, मध्य, अन्त्य
दुःख दिन्छ। यसमा नफस। हामी कहिल्यै विकारमा जाँदैनौँ, यो कसम खाऊ। भगवानुवाच छ–
काम महाशत्रु हो। हरेक चित्रमा पहिला त यो लेख। ज्ञान सागर, पतित-पावन गीता
ज्ञानदाता शिव भगवानुवाच। अनि फेरि श्रीकृष्णको नाम उडिहाल्छ। हामीलाई गीताको
भगवानले बसेर यो बताउनुहुन्छ। त्यही ज्ञान हामीले लिन्छौँ। भगवानले नै आएर नयाँ
दुनियाँ स्थापन गर्नुहुन्छ र पुरानो दुनियाँको विनाश हुन्छ। रुद्र ज्ञान यज्ञ हो
नि। यथार्थमा हुनुहुन्छ शिवबाबा। रुद्र बाबा भनिँदैन। मुम्बईमा बाबुरीनाथको पनि
मन्दिर छ। तर बबुल भनिन्छ काँडालाई। बाबुरीनाथ नाम किन राखिएको छ? यो कसैले
बुझ्दैनन्। चित्र त शिवकै हुन्छ। बाँकी त अनेक नाम राखिदिएका छन्। शिवबाबाले नै आएर
काँडाको जङ्गललाई फूलको बगैँचा बनाउनुहुन्छ, उहाँ नै तिम्रो बाबा हुनुहुन्छ। उहाँको
नाम शिव हो। शिव परमात्माय नमः, ब्राह्मण देवीदेवताय नमः अक्षर एकदम स्पष्ट छन्।
अहिले उहाँ परमपिता परमात्मा बसेर यस रथद्वारा सम्झाइरहनुभएको छ। हुबहु जसरी लौकिक
पिताले सम्झाउँछन्– प्यारा बच्चाहरू! हाम्रो कुललाई कलङ्क नलगाउनु। कुनै नराम्रो
काम नगर्नु। उहाँ बाबा पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू! विकारमा त कहिल्यै नजानु।
पवित्र नबनीकन स्वर्गमा उच्च पद पाउन सक्दैनौ। तिमीले धेरै जबर्जस्त कमाइ गरिरहेका
छौ। बाँकी सबैले गुमाइरहेका छन्। चाहे कसैसँग पदम छ। ठुला ठुला महल बनाइरहेका छन्।
लाखौँ रुपैयाँ खर्च गर्छन्। तिमीले बुझेका छौ, त्यो सबै समयको बर्बादी (वेस्ट अफ
टाइम) हो। यो केही काम आउँदैन, सबै खतम हुन्छ। उनीहरूले त ठान्छन्– दुनियाँ अझै
१०-१२ हजार वर्ष चल्छ। तिमी बच्चाहरूलाई थाहा छ, मृत्यु त सामुन्ने उभिएको छ,
शिरमाथि। केही समयभित्र यो भूकम्प आदि भएर सबै डामाडोल हुन्छ। भूकम्प आदिमा अनगिन्ती
मर्छन्। अब त विनाश हुनु नै छ। विनाशको साक्षात्कार र स्थापनाको साक्षात्कार गरेका
छौ। त्यो फेरि यी आँखाले देख्नेछौ। भक्तिमार्गमा कति धेरै गर्छन्, तर कोही वैकुण्ठ
जान सक्दैनन्। ज्ञानबिना सद्गति हुन सक्दैन। यी सबै भक्तिमार्गका खेलौना हुन्। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) कुल कलङ्कित बनाउने कुनै पनि नराम्रो काम गर्नु छैन। आफूले आफैँसँग पवित्र बन्ने
प्रतिज्ञा गर्नु छ।
२) अब आफ्नो समय, धन
बर्बाद गर्नु छैन। फूलहरूको बगैँचामा जानको लागि काँडाहरू निकाल्नु छ।
वरदान:–
अलौकिक खेल र
खेलौनाहरूसँग खेल्दै सदा शक्तिशाली बन्ने अचल - अडोल भव
अलौकिक जीवनमा मायाका
विघ्न आउनु पनि एउटा खेल हो, जसरी शारीरिक शक्तिको लागि खेल खेलाइन्छ, त्यसैगरी
अलौकिक युगमा परिस्थितिहरूलाई खेलौना सम्झेर यो अलौकिक खेल खेल। यिनीहरूसँग नडराउनु
वा नआत्तिनु। सर्व सङ्कल्पहरूसहित स्वयंलाई बापदादामाथि बलिहार गरिदियौ भने मायाले
कहिल्यै आक्रमण गर्न सक्दैन। दिनहुँ अमृतवेला साक्षी बनेर स्वयंका सर्व
शक्तिहरूद्वारा श्रृंगार गरेमा अचल अडोल रहनेछौ।
स्लोगन:–
कुनै पनि
संसारको समाचार सुन्नु, सुनाउनु– यो पनि स्वयंमा फोहोर जम्मा गर्नु हो।
अव्यक्त इसारा :–
अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ ( पवित्र ) बन
बापदादाको मुख्य आदेश
छ– निरन्तर यादमा बस र मन, वाणी, कर्मले पवित्र बन। सङ्कल्पमा पनि अपवित्रता वा
अशुद्धता हुनुहुँदैन– यसलाई भनिन्छ सम्पूर्ण पवित्र। सङ्कल्पमा पनि पुराना अशुद्ध
संस्कार बुद्धिमा आए, व्यर्थ सङ्कल्प चले वा स्वप्न देखियो भने पनि सम्पूर्ण पवित्र
भनिँदैन, त्यसैले पवित्र भव वा योगी भवको पहिलो पाठलाई स्वरूपमा ल्याऊ, अनि मात्र
बापसमान र बाबाको समीप आउने अधिकारी बन्न सक्छौ।