03.10.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी हौ सच्चा सच्चा परवाना पुतलीहरू जो अहिले शमा बाबा माथि बलिहार हुन्छौ , यही बलिहार भए को यादगार नै यो दीपावली हो।”

प्रश्न:–
बाबाले आफ्ना बच्चाहरूलाई कुन समाचार सुनाउनुभएको छ?

उत्तर:–
बाबाले सुनाउनुभएको छ– तिमी आत्माहरू निर्वाणधामबाट कसरी आउँछौ र म कसरी आउँछु। म को हुँ, के गर्छु, कसरी रामराज्य स्थापना गर्छु, कसरी तिमी बच्चाहरूलाई रावणमाथि विजय दिलाउँछु। अहिले तिमी बच्चाहरूले यी सबै कुरा जान्दछौ। तिम्रो ज्योति जागेको छ।

गीत:–
तुम्हीं हो माता पिता...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। आत्माहरूले यी जिस्मानी कर्मेन्द्रियहरूबाट गीत सुन्यौ। गीतमा पहिला त ठीक थियो। पछाडिका फेरि भक्तिका शब्द थिए। हामी हजुरको पाउको धुलो हौँ। तर बच्चाहरू पाउको धुलो कहाँ हुन्छन् र। यो गलत हो। बाबाले बच्चाहरूलाई सही शब्द सम्झाउनुहुन्छ। बाबा आउनुहुन्छ पनि त्यहाँबाट जहाँबाट बच्चाहरू आउँछन्, त्यो हो निर्वाणधाम। बच्चाहरूलाई सबै आउने समाचार त सुनाउनुभयो। आफ्नो पनि सुनाउनुभयो– म कसरी आउँछु, आएर के गर्छु। रामराज्य स्थापना गर्नको लागि रावणमाथि विजय दिलाउँछु। बच्चाहरूलाई थाहा छ– रामराज्य र रावणराज्य यस पृथ्वीमा नै भनिन्छ। अहिले तिमी विश्वको मालिक बन्छौ। धरती, आकाश, सूर्य आदि सबै तिम्रो हातमा आउँछन्। त्यसैले भनिन्छ– रावणराज्य सारा विश्वमा र रामराज्य पनि सारा विश्वमा छ। रावणराज्यमा कति करोड छन्, रामराज्यमा थोरै हुन्छन् फेरि बिस्तारै बिस्तारै बढ्छन्। रावणराज्यमा धेरै नै धेरै बढ्छन् किनकि मनुष्य विकारी बन्छन्। रामराज्यमा हुन्छन् निर्विकारी। यो मानिसहरूको नै कहानी हो। त्यसैले राम पनि बेहदको मालिक हुनुहुन्छ, रावण पनि बेहदको मालिक हो। अहिले कति अनेक धर्म छन्। गायन पनि छ– अनेक धर्महरूको विनाश। बाबाले वृक्षमा पनि सम्झाउनुभएको छ।

अब विजया दशमी मनाउँछन्, रावणलाई जलाउँछन्। यो हो हदको जलाउनु। तिम्रो त हो बेहदको कुरा। रावणलाई पनि केवल यहाँ रहनेले नै जलाउँछन्, विदेशमा पनि जहाँ जहाँ भारतवर्षका मानिसहरू धेरै हुन्छन् त्यहाँ पनि जलाउँछन्। त्यो हो हदको विजया दशमी। देखाउँछन्– लङ्कामा रावणले राज्य गर्थ्यो, सीतालाई चोरेर लङ्कामा लग्यो। यो भयो हदको कुरा। अब बाबा भन्नुहुन्छ– सारा विश्वमा रावणको राज्य छ। अहिले रामराज्य छैन। रामराज्य अर्थात् ईश्वरद्वारा स्थापना गरिएको राज्य। सत्ययुगलाई भनिन्छ रामराज्य। माला जप्छन्, रघुपति राघव राजाराम भन्छन् तर राजारामलाई जप्दैनन्, जसले सारा विश्वको सेवा गर्नुहुन्छ, उहाँको माला जप्छन्।

भारतवर्षकाले विजया दशमीपछि फेरि दीपावली मनाउँछन्। दीपावली किन मनाउँछन्? किनकि देवताहरूको राज्याभिषेक (ताजपोशी) हुन्छ। राज्याभिषेकमा बत्ती आदि धेरै बाल्छन्। एक त राज्याभिषेक अर्को फेरि भनिन्छ– घर घरमा दीपावली। हरेक आत्माको ज्योति जाग्छ। अहिले सबै आत्माहरूको ज्योति निभेको छ। यो ज्योति कलियुगी हो अर्थात् अन्धकार हो। अन्धकार अर्थात् भक्तिमार्ग। भक्ति गर्दागर्दै ज्योति कम हुन्छ। बाँकी त्यो दीपावली त बनाबटी हो। यस्तो होइन– राज्याभिषेक भयो भने पटका पट्काउँछन्। दीपावलीमा लक्ष्मीलाई बोलाउँछन्। पूजा गर्छन्। यी उत्सव हुन् भक्तिमार्गका। जति पनि राजाहरू गद्दीमा बस्छन् उनीहरूको राज्याभिषेक दिवस धुमधामले मनाइन्छ। यी सबै हुन् हदका। अब त बेहदको विनाश, सच्चा सच्चा विजयादशमी हुनुछ। बाबा आउनुभएको छ सबैको ज्योति जगाउन। मानिसहरूले सम्झन्छन्– हाम्रो ज्योति महाज्योति (शिवबाबा) सँग मिल्छ। ब्रह्म समाजीहरूको मन्दिरमा सदैव ज्योति बाल्छन्। सम्झन्छन्– जसरी पुतली ज्योतिमा फन्को लगाएर बलिहार हुन्छन् त्यसैगरी हाम्रो आत्मा पनि अब महाज्योतिमा मिल्छ। यसमा पनि दृष्टान्त बनाएका छन्। अहिले तिमी हौ आधाकल्पको आशिक। तिमी आएर एक माशुकमाथि बलिहार भएका छौ, जल्ने कुरा त होइन। जस्तै ती आशिक माशुक एकअर्काको प्रेममा डुब्छन्। यहाँ उहाँ बाबा एउटै माशुक हुनुहुन्छ, बाँकी सबै हुन् आशिक। भक्तिमार्गमा आशिकले त्यो माशुकलाई याद गरिरहन्छन्। माशुक बाबा हजुर आउनुहोस् तब हामी हजुरमाथि बलि चढ्नेछौँ। हजुर सिवाय हामीले अरू कसैलाई पनि याद गर्दैनौँ। यो तिम्रो जिस्मानी लभ होइन। ती आशिक-माशुकको जिस्मानी लभ हुन्छ। बस् एकअर्कालाई हेरिरहन्छन्, मानौँ हेरेर नै तृप्त हुन्छन्। यहाँ त एक बाबा माशुक हुनुहुन्छ र बाँकी सबै हुन् आशिक। सबैले बाबालाई याद गर्छन्। हुन त कसैले प्रकृति आदिलाई पनि मान्छन्। फेरि पनि ओ गड! हे भगवान! मुखबाट अवश्य निस्किन्छ। सबैले उहाँलाई बोलाउँछन्, हाम्रो दु:ख हटाइदिनुहोस्। भक्तिमार्गमा त धेरै आशिक-माशुक हुन्छन्, कोही कसको आशिक, कोही कसको आशिक। हनुमानका कति आशिक होलान्? सबैले आआफ्नो माशुकको चित्र बनाएर फेरि आपसमा मिलेर बसेर उनको पूजा गर्छन्। पूजा गरेर फेरि माशुकलाई डुबाइदिन्छन्। अर्थ केही पनि निस्किँदैन। यहाँ त्यो कुरा छैन। यहाँ तिम्रो माशुक सदा गोरो हुनुहुन्छ, कहिल्यै कालो बन्नुहुन्न। बाबा मुसाफिर आएर सबैलाई गोरो बनाउनुहुन्छ। तिमी पनि मुसाफिर हौ नि। दूरदेशबाट आएर यहाँ पार्ट खेल्छौ। यो कुरा तिमीहरूमध्ये पनि नम्बर अनुसार पुरुषार्थ अनुसार बुझ्छौ। अहिले तिमी त्रिकालदर्शी बनेका छौ। रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछौ त्यसैले तिमी भयौ त्रिकालदर्शी ब्रह्माकुमार-कुमारीहरू। जस्तै जगतगुरु आदिको पनि पदवी मिल्छ नि। तिमीलाई यो पदवी मिल्छ। तिमीलाई सबैभन्दा राम्रो पदवी मिल्छ स्वदर्शन चक्रधारी। तिमी ब्राह्मण नै स्वदर्शन चक्रधारी हौ वा शिवबाबा पनि हुनुहुन्छ? (शिवबाबा पनि हुनुहुन्छ) हो, किनकि स्वदर्शन चक्रधारी आत्मा हुन्छ नि– शरीरको साथमा। बाबा पनि यसमा आएर सम्झाउनुहुन्छ। शिवबाबा स्वदर्शन चक्रधारी नहुनुभएको भए तिमीलाई कसरी स्वदर्शन चक्रधारी बनाउनुहुन्थ्यो। उहाँ सबैभन्दा सुप्रिम उच्चभन्दा उच्च आत्मा हुनुहुन्छ। देहलाई कहाँ भनिन्छ र। उहाँ सुप्रिम बाबाले नै आएर तिमीलाई सुप्रिम बनाउनुहुन्छ। स्वदर्शन चक्रधारी आत्माहरू सिवाय अरू कोही बन्न सक्दैन। कुन आत्माहरू? जो ब्राह्मण धर्ममा छन्। यो कुरा शूद्र धर्ममा हुँदा जान्दैनथ्यौ। अहिले बाबाबाट तिमीले जानेका छौ। कति राम्रा राम्रा कुरा छन्। तिमीले नै सुन्छौ र खुसी हुन्छौ। बाहिरकाले यो सुने भने आश्चर्य मान्छन्, ओहो! यो त धेरै उच्च ज्ञान हो। अच्छा, तिमी पनि यस्तो स्वदर्शन चक्रधारी बन्यौ भने फेरि चक्रवर्ती राजा विश्वको मालिक बन्छौ। यहाँबाट बाहिर गयौ समाप्त। माया यति बहादुर छ, जाहाँको त्यहीँ नै राखिदिन्छ। जसरी गर्भमा बच्चाले प्रतिज्ञा गरेर निस्किन्छ फेरि पनि जहाँको त्यहीँ रहन्छ। तिमीले प्रदर्शनी आदिमा सम्झाउँछौ, धेरै राम्रो राम्रो भन्छन्। ज्ञान धेरै राम्रो छ, म यस्तो पुरुषार्थ गर्छु, यो गर्छु...। बस् बाहिर निस्कियो, जहाँको त्यहीँ रह्यो। तर फेरि पनि केही न केही असर हुन्छ। यस्तो होइन– उनीहरू फेरि आउँदैनन्। वृक्षको वृद्धि हुँदै जान्छ। वृक्ष बढ्दै गयो भने फेरि सबैलाई तान्छन्। अहिले त यो हो रौरव नर्क। गरुड पुराणमा पनि यस्ता यस्ता रोचक कुरा लेखिदिएका छन्, जुन मानिसहरूलाई सुनाउँछन् जसले गर्दा केही डर हुन्छ। त्यसबाट नै निस्किएको छ– मनुष्यले सर्प, बिच्छी आदि बन्छन्। बाबा भन्नुहुन्छ– मैले तिमीलाई विषय वैतरणी नदीबाट निकालेर क्षीरसागरमा पठाइदिन्छु। वास्तवमा तिमी शान्तिधाम निवासी थियौ। फेरि सुखधाममा पार्ट खेल्न आयौ। अहिले फेरि हामी जान्छौँ शान्तिधाम र सुखधाममा। ती धाम त याद गर्छौ नि। गाउँछन् पनि– तिमी माता-पिता...। त्यो धेरै सुख त हुन्छ नै सत्ययुगमा। अहिले हो सङ्गम। यहाँ अन्त्यमा त्राहि त्राहि गर्छन् किनकि अति दु:ख हुन्छ। फेरि सत्ययुगमा अति सुख हुन्छ। अति सुख र अति दु:खको यो खेल बनेको छ। विष्णु अवतार पनि देखाउँछन्। लक्ष्मी-नारायणका जोडी मानौँ माथिबाट आउँछन्। अब माथिबाट शरीरधारी कोही कहाँ आउँछन् र! माथिबाट त हरेक आत्मा। तर ईश्वरको अवतरण धेरै विचित्र छ, उहाँले नै आएर भारतवर्षलाई स्वर्ग बनाउनुहुन्छ। उहाँको त्यस अवतरणको पर्व शिवजयन्ती मनाउँछन्। परमपिता परमात्मा शिवले नै मुक्ति-जीवनमुक्तिको वर्सा दिनुहुन्छ भन्ने थाहा भए त फेरि सारा विश्वमा परमपिता परमात्माको पर्व मनाउँथे। शिवबाबा नै मुक्तिदाता र गाइड हुनुहुन्छ भन्ने बुझेका भएमात्र बेहदका बाबाको यादगार मनाउने थिए। उहाँको जन्म नै भारतवर्षमा हुन्छ। शिवजयन्ती पनि भारतवर्षमा मनाउँछन्। तर पूरा पहिचान छैन त्यसैले सार्वजनिक विदा पनि गर्दैनन्। जुन बाबा सबैको सदगतिदाता हुनुहुन्छ, उहाँको जन्मभूमि, जहाँ आएर उहाँले अलौकिक कर्तव्य गर्नुहुन्छ, त्यहाँ त उहाँको जन्मदिन र तीर्थ यात्रा धुमधामसँग मनाउनुपर्छ। तिम्रो यादगार मन्दिर पनि यहाँ नै छ। तर कसैलाई थाहा छैन– शिवबाबा नै आएर मुक्त गरेर गाइड बन्नुहुन्छ। भन्छन् सबै दु:खबाट छुटाएर सुखधाममा लैजानुहोस् तर बाबालाई नै चिन्दैनन्। भारतवर्ष धेरै उच्चभन्दा उच्च खण्ड हो। भारतवर्षको महिमा अपरम्पापार भनी गायन गरिएको छ। यहाँ नै शिवबाबाको जन्म हुन्छ, उहाँलाई कसैले मान्दैनन्, हुलाक टिकट बनाउँदैनन्। अरूको त धेरै हुलाक टिकट बनाइरहन्छन्। अब कसरी सम्झाउने जसले गर्दा यसको महत्त्व सबैलाई थाहा हुन्छ। बेलायतमा पनि संन्यासी आदि गएर भारतवर्षको प्राचीन योग सिकाउँछन्, तिमीले यो राजयोगको विषयमा बताउँदा तिम्रो धेरै नाम चल्छ। भन, राजयोग कसले सिकाउनुभएको थियो, यो कसैलाई थाहा छैन। कृष्णले पनि हठयोग त सिकाएनन्। त्यो हठयोग हो संन्यासीहरूको। जो धेरै राम्रा पढेलेखेका छन् जसले आफूलाई दार्शनिक कहलाउँछन्, उनीहरूले यी कुरा बुझेर सुध्रिए भने, भन्छन्– हामीले पनि शास्त्र पढेका छौँ, तर अहिले बाबाले जे सुनाउनुहुन्छ त्यो सही हो। बाँकी सबै हो गलत। त्यसैले यो पनि बुझ्नुछ– अवश्य ठुलोभन्दा ठुलो तीर्थ स्थान यो हो, यहाँ बाबा आउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– यसलाई भनिन्छ– धर्म भूमि। यहाँ जति धर्मात्मा रहन्छन् त्यति अरू कहीँ रहँदैनन्। तिमीले कति दानपुण्य गर्छौ। बाबालाई चिनेर, तन-मन-धन सबै यस सेवामा लगाइदिन्छौ। बाबाले नै सबैलाई मुक्त गर्नुहुन्छ। सबैलाई दु:खबाट छुटाउनुहुन्छ। अरू धर्मस्थापक कसैले दु:खबाट छुटाउँदैनन्। उनीहरू त आउँछन् नै उनीहरूको पछाडि। नम्बर अनुसार सबै पार्ट खेल्न आउँछन्। पार्ट खेल्दाखेल्दै तमोप्रधान बन्छन्। फेरि बाबा आएर सतोप्रधान बनाउनुहुन्छ। त्यसैले यो भारतवर्ष कति ठुलो तीर्थ हो। भारतवर्ष सबैभन्दा पहिलो नम्बरको उच्च भूमि हो। बाबा भन्नुहुन्छ– मेरो यो जन्मभूमि हो। म आएर सबैको सदगति गर्छु। भारतवर्षलाई स्वर्ग बनाइदिन्छु।

तिमी बच्चाहरूलाई थाहा छ– बाबा स्वर्गको मालिक बनाउन आउनुभएको छ। यस्ता बाबालाई धेरै प्यारले याद गर। तिमीलाई देखेर अरूले पनि यस्तै कर्म गर्छन्। यसलाई नै भनिन्छ– अलौकिक दिव्य कर्म। यस्तो नसम्झ– कसैले जान्दैनन्। यस्ता निस्किन्छन् जसले तिम्रो यी चित्र पनि लैजानेछन्। राम्रा राम्रा चित्र बने भने पानी जहाज (स्टिमर) भरेर लैजान्छन्। पानी जहाज जहाँ जहाँ रोकिन्छ त्यहाँ यी चित्र प्रदर्शनी गरिदिन्छन्। तिमीबाट धेरै सेवा हुनेछ। धेरै उदारचित्त हुण्डी भर्ने साँवलशाह पनि निस्किन्छन् जसले यस्तो काम गर्न थाल्छन्। जसले गर्दा सबैलाई थाहा हुन्छ– यी को हुन् जसले यस पुरानो दुनियाँलाई परिवर्तन गरेर नयाँ दुनियाँ स्थापना गर्छन्। पहिला तिम्रो पनि तुच्छ बुद्धि थियो, अहिले तिमी कति स्वच्छ बुद्धि बनेका छौ। जान्दछौ– हामीले यस ज्ञान र योगबलले विश्वलाई स्वर्ग बनाउँछौँ। बाँकी सबै मुक्तिधाममा जान्छन्। तिमी पनि अथोरिटी बन्नुछ। बेहदका बाबाका बच्चा हौ नि। शक्ति मिल्छ यादबाट। बाबालाई वर्ल्ड अलमाइटी अथोरिटी भनिन्छ। बाबाले सबै वेद शास्त्रहरूको सार बताउनुहुन्छ। त्यसैले बच्चाहरूलाई कति उमङ्ग हुनुपर्छ सेवाको। मुखबाट ज्ञान रत्न सिवाय अरू केही ननिस्कियोस्। तिमीहरू हरेक रूप-बसन्त हौ। तिमीले देख्छौ– सारा दुनियाँ हराभरा बन्छ। सबै कुरा नयाँ हुन्छ, त्यहाँ दु:खको नाम हुँदैन। पाँच तत्त्व पनि तिम्रो सेवामा हाजिर हुन्छन्। अहिले तिनीहरूले ईश्वरीय सेवामा डिससर्भिस गर्छन् किनकि मनुष्य लायक छैनन्। बाबाले अहिले लायक बनाउनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) रूप-बसन्त बनेर मुखबाट सदैव ज्ञान रत्न नै निकाल्नुछ। सेवाको उमङ्गमा रहनुछ। यादमा रहनु र सबैलाई बाबाको याद दिलाउनु– यही दिव्य अलौकिक कार्य गर्नुछ।

२) सच्चा सच्चा आशिक बनेर एक माशुकमाथि बलिहार जानुछ अर्थात् बलि चढ्नुछ, अनि मात्रै सच्चा दीपावली हुन्छ।

वरदान:–
विश्व महाराजनको पदवी प्राप्त गर्ने सर्व शक्तिहरूको स्टकले सम्पन्न भरपुर भव

जुन विश्व महाराजनको पदवी प्राप्त गर्ने आत्माहरू छन् तिनीहरूको पुरुषार्थ केवल आफैप्रति हुँदैन। आफ्नो जीवनमा आउने विघ्न वा परीक्षाहरूलाई पास गर्नु– यो त धेरै साधारण हो तर जो विश्व महाराजन बन्ने आत्माहरू छन् उनीहरूसँग अहिलेदेखि नै सर्व शक्तिहरूको स्टक भरपुर हुन्छ। उनीहरूको हर पल, हर सङ्कल्प अरूको प्रति हुन्छ। तन-मन-धन, समय, श्वाँस सबै विश्व कल्याणमा सफल भइरहन्छ।

स्लोगन:–
एउटै कमजोरीले अनेक विशेषताहरूलाई समाप्त गरिदिन्छ त्यसैले कमजोरीहरूलाई छोडपत्र देऊ।

अव्यक्त इसारा:– स्वयं र सबैप्रति मनसाद्वारा योगक ा शक्तिहरूको प्रयोग गर

आफ्नो शुभभावना, श्रेष्ठ कामना, श्रेष्ठ वृत्ति, श्रेष्ठ भाइब्रेसनद्वारा कुनै पनि स्थानमा रहेर पनि मनसाद्वारा अनेक आत्माहरूको सेवा गर्न सक्छौ। यसको विधि हो– लाइट हाउस, माइट हाउस बन्नु। यसमा स्थूल साधन, अवसर वा समयको समस्या छैन। केवल लाइट-माइटले सम्पन्न बन्ने आवश्यकता छ।