03.12.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
अहिले होलिएस्ट अफ द होली बाबाको गोद मा आएका छौ , तिमी मनसामा पनि होली (पवित्र)
बन्नुछ ।”
प्रश्न:–
होलिएस्ट अफ द
होली (सम्पूर्ण पवित्र) बच्चाहरूको नसा र निसानी के हुन्छन्?
उत्तर:–
उनीहरूलाई नसा
हुन्छ– हामीले होलिएस्ट अफ द होली (परम पवित्र) बाबाको गोद लिएका छौँ। हामी
होलिएस्ट देवी-देवता बन्छौँ, उनीहरूभित्र मनसामा पनि खराब विचार आउन सक्दैन। उनीहरू
सुगन्धित फूल हुन्छन्, उनीहरूबाट कुनै पनि उल्टो कर्म हुन सक्दैन। उनीहरूले
अन्तर्मुखी बनेर आफ्नो जाँच गर्छन्– मबाट सबैलाई सुगन्ध आउँछ? मेरो आँखा कसैमा
डुब्न त डुब्दैन?
गीत:–
मरना तेरी गली
में...
ओम् शान्ति ।
बच्चाहरूले
गीत सुन्यौ फेरि मनभित्र विचार सागर मन्थन गरेर त्यसको अर्थ पनि निकाल्नुपर्छ। यो
कसले भन्यो– मरना तेरी गली में? आत्माले भन्यो किनकि आत्मा पतित छ। पावन त अन्त्यमा
भनिन्छ अर्थात् शरीर पनि पावन मिलेपछि मात्र पावन आत्मा भनिन्छ। अहिले त पुरुषार्थी
छन्। यो पनि थाहा छ– बाबाको साथमा आएर मर्नुपर्छ। एक बाबालाई छोडेर अर्कोलाई आफ्नो
बनाउनु अर्थात् एकबाट मरेर अर्कोको साथमा जिउनु। लौकिक पिताको बच्चाले पनि शरीर
छोड्यो भने अर्को पिताको साथमा गएर जन्म लिन्छ नि। यो पनि त्यस्तै हो। तिमी मरेर
फेरि होलिएस्ट अफ द होलीको गोदमा जान्छौ। होलिएस्ट अफ होली को हुनुहुन्छ? (बाबा)
हुनुहुन्छ र होली को हुन्? (संन्यासी) हुन्, यी संन्यासीहरू आदिलाई भनिन्छ होली।
तिमीमा र संन्यासीहरूमा फरक छ। तिनीहरू होली बन्छन् तर जन्म त फेरि पनि पतितबाट
लिन्छन् नि। तिमी बन्छौ होलिएस्ट अफ द होली। तिमीलाई बनाउनेवाला हुनुहुन्छ होलिएस्ट
अफ द होली बाबा। उनीहरू घरबार छोडेर होली बन्छन्। आत्मा पवित्र बन्छ नि। तिमी
स्वर्गका देवीदेवता भएपछि तिमी होलिएस्ट अफ द हुन्छौ। यो तिम्रो संन्यास हो बेहदको।
त्यो संन्यास हो हदको। उनीहरू होली बन्छन्, तिमी बन्छौ होलिएस्ट अफ द होली। बुद्धिले
पनि भन्छ– हामी त नयाँ दुनियाँमा जान्छौँ। ती संन्यासी आउँछन् नै रजोमा। फरक भयो
नि। कहाँ रजो, कहाँ सतोप्रधान। तिमी होलिएस्ट अफ द होलीद्वारा होलिएस्ट बन्छौ। उहाँ
ज्ञान सागर पनि हुनुहुन्छ, प्रेमको सागर पनि हुनुहुन्छ। अंग्रेजीमा ओसन अफ नलेज
अर्थात् ज्ञानको सागर, ओसन अफ लभ अर्थात् प्रेमको सागर भनिन्छ। तिमीलाई कति उच्च
बनाउनुहुन्छ। यस्ता उच्चभन्दा उच्च होलिएस्ट अफ द होलीलाई बोलाउँछन्– आएर
पतितहरूलाई पावन बनाउनुहोस्। पतित दुनियाँमा आएर हामीलाई होलिएस्ट अफ द होली
बनाउनुहोस्। त्यसैले बच्चाहरूलाई कति नसा रहनुपर्छ– हामीलाई कसले पढाउनुहुन्छ! हामी
के बन्छौँ? दैवीगुण पनि धारण गर्नुछ। बच्चाहरूले लेख्छन्– बाबा हामीलाई मायाले धेरै
तुफान ल्याउँछ। हामीलाई मनसाबाट शुद्ध बन्न दिँदैन,हामीलाई होलिएस्ट अफ होली बन्नुछ
भने किन यस्ता नराम्रा सङ्कल्पहरू आउँछन्? बाबा भन्नुहुन्छ– अहिले तिमी बिल्कुल
अपवित्र बनेका छौ। धेरै जन्मको अन्त्यमा अब बाबाले फेरि तिमीलाई जोडले पढाउनुहुन्छ।
त्यसैले बच्चाहरूको बुद्धिमा यो नसा रहनुपर्छ– हामी के बनिरहेका छौँ। यी
लक्ष्मी-नारायणलाई यस्ता कसले बनाउनुभयो? भारतवर्ष स्वर्ग थियो नि। यस समयमा
भारतवर्ष तमोप्रधान भ्रष्टाचारी छ। फेरि यस भारतवर्षलाई हामीले होलिएस्ट अफ द होली
बनाउँछौँ। बनाउनेवाला त अवश्य चाहिन्छ नि। आफूमा पनि त्यो नसा आउनुपर्छ– हामी देवता
बन्नुछ। त्यसका लागि गुण पनि त्यस्तै हुनुपर्छ। एकदम तलबाट माथि चढेका छौ। सिँढीमा
पनि उत्थान र पतन लेखिएको छ नि। जो तल गिरेका छन् उनीहरूले कसरी आफूलाई होलिएस्ट अफ
द होली भनाउँछन्। होलिएस्ट अफ द होली बाबाले नै आएर बच्चाहरूलाई होलिएस्ट
बनाउनुहुन्छ। तिमी यहाँ आएका नै हौ विश्वको मालिक होलिएस्ट अफ द होली बन्नका लागि,
त्यसैले कति नसा हुनुपर्छ। हामीलाई यति उच्च बनाउन बाबा आउनुभएको छ। हामी
मनसा-वाचा-कर्मणा पवित्र बन्नुछ। सुगन्धित फूल बन्नुछ। सत्ययुगलाई भनिन्छ नै–
फूलहरूको बगैँचा। त्यहाँ कुनै पनि दुर्गन्ध हुँदैन। दुर्गन्ध देह अभिमानलाई भनिन्छ।
कुदृष्टि कसैमाथि पनि जानुहुँदैन। यस्तो उल्टो काम नहोस् जसले दिललाई खाइरहन्छ र
हिसाबकिताब बन्छ। तिमीले २१ जन्मका लागि धन जम्मा गर्छौ। तिमी बच्चाहरूलाई थाहा छ–
हामी धेरै सम्पत्तिवान् बनिरहेका छौँ। आफ्नो आत्मालाई हेर्नुपर्छ– हामी दैवीगुणहरूले
भरपुर छौँ? जसरी बाबा भन्नुहुन्छ त्यसरी नै हामीले पुरुषार्थ गर्छौं। तिम्रो लक्ष्य
उद्देश्य हेर त कस्तो छ। कहाँ संन्यासी कहाँ तिमी!
तिमी बच्चाहरूलाई नसा
हुनुपर्छ– हामी कसको गोदमा आएका छौँ! उहाँले हामीलाई के बनाउनुहुन्छ? अन्तर्मुखी
भएर हेर्नुपर्छ– हामी कहाँसम्म लायक बनेका छौँ? हामी कति गुल गुल वा फूल बन्नुपर्छ,
जसबाट सबैलाई ज्ञानको सुगन्ध आउँछ? तिमीले अनेकौँलाई सुगन्ध दिन्छौ नि। आफूसमान
बनाउँछौ। पहिला त नसा हुनुपर्छ– हामीलाई पढाउनेवाला को हुनुहुन्छ! उनीहरू त सबै
भक्तिमार्गका गुरु हुन्। ज्ञानमार्गको गुरु कोही हुन सक्दैन– सिवाय एक परमपिता
परमात्मा। बाँकी हुन्छन् भक्तिमार्गका। भक्ति हुन्छ नै कलियुगमा। सबैमा रावण प्रवेश
गर्छ। यो कुरा पनि दुनियाँमा कसैलाई थाहा छैन। अहिले तिमीलाई थाहा छ– सत्ययुगमा हामी
१६ कला सम्पूर्ण थियौँ, फेरि एक दिन पनि बित्यो भने त्यसलाई पूर्णिमा कहाँ भनिन्छ
र। यो पनि त्यस्तै हो। बिस्तारै जुम्रा जस्तै चक्र घुमिरहन्छ। अब तिमी पूरा १६ कला
सम्पूर्ण बन्नुछ, त्यो पनि आधाकल्पका लागि। फेरि कलाहरू कम हुँदै जान्छन्, यो ज्ञान
तिम्रो बुद्धिमा छ त्यसैले तिमी बच्चाहरूलाई कति नसा हुनुपर्छ। धेरैको बुद्धिमा यो
ज्ञान हुँदैन– हामीलाई पढाउनेवाला को हुनुहुन्छ? ओसन अफ नलेज। बच्चाहरूलाई त
भन्नुहुन्छ– नमस्ते बच्चाहरू। तिमी ब्रह्माण्डका पनि मालिक हौ, सबै त्यहाँ रहन्छौ
फेरि विश्वका पनि तिमी मालिक बन्छौ। तिम्रो हौसला बढाउनका लागि बाबा भन्नुहुन्छ–
तिमी मभन्दा उच्च बन्छौ। म विश्वको मालिक बन्दिनँ, आफूभन्दा पनि तिमीलाई उच्च
महिमालायक बनाउँछु। बाबाका बच्चाहरू उच्च चढ्छन् भने बाबाले सम्झनुहुन्छ नि–
यिनीहरूले पढेर यति उच्च पद पाएका छन्। बाबा पनि भन्नुहुन्छ– हामीले तिमीलाई पढाउँछौँ।
अब आफ्नो पद जति बनाउन चाहन्छौ, त्यति पुरुषार्थ गर। बाबा हामीलाई पढाउनुहुन्छ–
पहिला त यसको नसा चढ्नुपर्छ। बाबा त जुनसुकै बेला आएर कुरा गर्नुहुन्छ। उहाँ त मानौँ
यिनमा नै हुनुहुन्छ । तिमी बच्चाहरू उहाँका हौ नि। यो रथ पनि उहाँकै हो नि। त्यसैले
यस्ता होलिएस्ट अफ द होली बाबा आउनुभएको छ, बाबाले तिमीलाई पावन बनाउनुहुन्छ। अब
तिमीले फेरि अरूलाई पावन बनाऊ। म रिटायर हुन्छु। तिमी होलिएस्ट अफ द होली बनेपछि यहाँ
कुनै पतित आउन सक्दैन। यो होलिएस्ट अफ द होलीको चर्च हो। त्यो चर्चमा त सबै विकारी
जान्छन्, सबै पतित अनहोली छन्। यो त धेरै ठुलो होली चर्च हो। यहाँ कुनै पतितले पाउ
पनि राख्न सक्दैन। तर अहिल्यै गर्न सकिँदैन। बच्चाहरू पनि त्यस्तै पवित्र बनिसकेपछि
मात्र यस्ता काइदा निकालिन्छन्। यहाँ कोही भित्र आउन सक्दैन। सोध्छन् नि– हामी आएर
सभामा बसौँ? बाबा भन्नुहुन्छ– अफिसरहरू आदिसँग काम छ भने उनीहरूलाई बसाउनुपर्छ।
तिम्रो नाम प्रसिद्ध भएपछि फेरि तिमीलाई कसैको परवाह हुँदैन। अहिले परबाह
राख्नुपर्छ, होलिएस्ट अफ द होलीले पनि दुःख सहनुहुन्छ। अहिले नाइँ भन्न सकिँदैन।
प्रभाव निस्किएपछि फेरि मानिसहरूको दुस्मनी पनि कम हुन्छ। तिमीले पनि सम्झाउँछौ–
हामी ब्राह्मणहरूलाई राजयोग सिकाउनेवाला होलिएस्ट अफ द होली बाबा हुनुहुन्छ।
संन्यासीहरूलाई होलिएस्ट अफ द होली कहाँ भनिन्छ र। उनीहरू आउँछन् नै रजोगुणमा।
उनीहरू विश्वका मालिक बन्न सक्छन् र? अहिले तिमी पुरुषार्थी हौ। कहिले त तिम्रो
चालचलन धेरै राम्रो हुन्छ, कहिले त फेरि यस्तो चालचलन हुन्छ जसलेगर्दा नाम बदनाम
गरिदिन्छौ। धेरै सेन्टरहरूमा यस्ता आउँछन् जसले अलिकति पनि केही जान्दैनन्। तिमीले
आफूलाई पनि बिर्सन्छौ– हामी के बन्छौँ। बाबाले पनि चालचलनबाट बुझ्नुहुन्छ– यिनीहरू
के बन्छन्? भाग्यमा उच्च पद रहेछ भने आचरण बडो रोयल्टीको हुन्छ। केवल हामीलाई कसले
पढाउनुहुन्छ भन्ने याद भयो भने पनि अपार खुसी हुन्छ। हामी ईश्वरीय विद्यार्थी हौँ
त्यसैले कति आदर हुनुपर्छ। अहिले अझै सिकिरहेका छौ। बाबाले त बुझ्नुहुन्छ– अझै टाइम
लाग्छ। नम्बरवार त हरेक कुरामा हुन्छन् नै। भवन पनि पहिला सतोप्रधान हुन्छ फेरि
सतो-रजो-तमो हुन्छ। अब तिमी सतोप्रधान, १६ कला सम्पूर्ण बन्नेछौ। भवन बन्दै गइरहेको
छ। तिमी सबै मिलेर स्वर्गको भवन बनाइरहेका छौ। यसमा पनि तिमीलाई धेरै खुसी हुनुपर्छ।
विश्व जो बिल्कुल अपवित्र बनेको छ, त्यसलाई सम्पूर्ण पवित्र बनाउँछौँ, त्यसैले
आफूमाथि कति सावधानी राख्नुपर्छ। हाम्रो दृष्टि यस्तो नहोस् जसले गर्दा हाम्रो पद
नै भ्रष्ट हुन्छ। यस्तो होइन– बाबालाई लेखेँ भने बाबाले के भन्नुहोला। होइन, अहिले
त सबैले पुरुषार्थ गरिरहेका छौ। उनीहरूलाई पनि अहिले होलिएस्ट अफ द होली कहाँ
भनिन्छ र। बनिसकेपछि फेरि यो शरीर पनि रहँदैन। तिमी पनि होलिएस्ट अफ द होली बन्छौ।
बाँकी त्यसमा हुन्छन् पदहरू। त्यसका लागि पुरुषार्थ गर्नु र गराउनुछ। बाबाले धेरै
प्वइन्टहरू त दिइरहनुहुन्छ। कोही आए भने तुलना गरेर देखाऊ। कहाँ यी होलिएस्ट अफ द
होली, कहाँ ती होली। यी लक्ष्मी-नारायणको त जन्म नै सत्ययुगमा हुन्छ। उनीहरू आउँछन्
नै पछि, कति फरक छ। बच्चाहरूले जान्दछन्– शिवबाबाले हामीलाई यस्ता बनाइरहनुभएको छ।
बाबा भन्नुहुन्छ– म एकलाई याद गर। आफूलाई अशरीरी आत्मा सम्झ। उच्चभन्दा उच्च
शिवबाबाले पढाएर उच्चभन्दा उच्च बनाउनुहुन्छ, ब्रह्माद्वारा हामीले यो पढ्छौँ।
ब्रह्मा सो विष्णु बन्छन्। यो पनि तिमीलाई थाहा छ। मनुष्यले त केही पनि बुझ्दैनन्।
अहिले सारा सृष्टिमा रावण राज्य छ। तिमीले रामराज्य स्थापना गरिरहेका छौ, जसलाई
तिमीले नै जान्दछौ। ड्रामा अनुसार हामी स्वर्ग स्थापना गर्न लायक बनिरहेका छौँ। अब
बाबाले लायक बनाउनुहुन्छ। बाबा सिवाय शान्तिधाम, सुखधाम कसैले लैजान सक्दैनन्। गफ
मारिरहन्छन्– फलानो स्वर्ग गयो, मुक्तिधाम गयो। बाबा भन्नुहुन्छ– यी विकारी, पतित
आत्माहरू शान्तिधाम कसरी जान्छन्। तिमीले भन्न सक्यौ भने उनीहरूले बुझ्नेछन्–
यिनीहरूलाई कति शुद्ध गर्व छ। यस्तो विचार सागर मन्थन गर, कसरी सम्झाउने।
हिँड्दाडुल्दा दिलभित्र आउनुपर्छ। धैर्यता पनि धारण गर्नुपर्छ, हामी पनि लायक बनौँ।
भारतवर्षका मानिसहरू नै पूरा लायक र पूरा नालायक बन्छन्। अरू कोही बन्दैनन्। अहिले
बाबाले तिमीलाई लायक बनाइरहनुभएको छ। ज्ञान बडो मजाको छ। दिलभित्र बडो खुसी हुन्छ–
हामीले यस विश्वलाई होलिएस्ट अफ द होली बनाउँछौँ। चालचलन बडो रोयल चाहिन्छ। खानपान,
चालचलनबाट थाहा हुन्छ। शिवबाबाले तिमीलाई यति उच्च बनाउनुहुन्छ। उहाँका बच्चा बनेका
छौ भने उहाँको नाम प्रसिद्ध गर्नुछ। चालचलन यस्तो होस् जसले बुझुन्– यिनीहरू त
होलिएस्ट अफ द होलीका बच्चा हुन्। बिस्तारै बिस्तारै तिमी पनि त्यस्तै बन्दै जान्छौ।
महिमा निस्कँदै जान्छ। फेरि काइदा कानुन सबै निकालिन्छ, जसले गर्दा कुनै पतित भित्र
आउन सक्दैन । बाबाले बुझ्न सक्नुहुन्छ, अझै टाइम चाहिन्छ। बच्चाहरूले धेरै
पुरुषार्थ गर्नुछ। आफ्नो राजधानी पनि तयार होस्। तब गर्न निकाल्न सकिन्छ। त्यसपछि त
यहाँबाट तल आबूरोडसम्म लाइन लाग्नेछ। अहिले तिमी अगाडि बढ। बाबाले तिम्रो भाग्यलाई
बढाइरहनुहुन्छ। पदम भाग्यशाली पनि काइदा अनुसार भनिन्छ नि। पाउमा पदम देखाउँछन् नि।
यो सबै तिमी बच्चाहरूको महिमा हो। फेरि पनि बाबा भन्नुहुन्छ– मनमनाभव, बाबालाई याद
गर। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यस्तो कुनै काम गर्नुहुँदैन जसले दिल खाइरहन्छ। पूरा सुगन्धित फूल बन्नुछ। देह
अभिमानको दुर्गन्ध निकालिदिनुछ।
२) चालचलन बडो रोयल
बनाउनुछ। होलिएस्ट अफ द होली बन्ने पूरा पुरुषार्थ गर्नुछ। दृष्टि यस्तो नहोस् जसले
पद भ्रष्ट हुन्छ।
वरदान:–
निराशा को
चितामा बसेका आत्माहरूलाई नयाँ जीवनको दान दिने त्रिमूर्ति प्राप्तिहरूले सम्पन्न
भव
सङ्गमयुगमा बाबाद्वारा
सबै बच्चाहरूलाई एभरहेल्दी, वेल्दी र ह्याप्पी रहने त्रिमूर्ति वरदान प्राप्त हुन्छ।
जुन बच्चाहरू यी तीनै प्राप्तिहरूले सदा सम्पन्न रहन्छन् उनीहरूको सौभाग्य,
हर्षितमुख चेहरा देखेर मानव जीवनमा जिउने उमङ्ग-उत्साह आउँछ किनकि अहिले मनुष्य
जीवित हुँदा पनि निराशाको चितामा बसेका छन्। अब यस्ता आत्माहरूलाई मरजीवा बनाऊ। नयाँ
जीवनको दान देऊ। सदा स्मृतिमा रहोस्– यी तीनै प्राप्तिहरू हाम्रा जन्मसिद्ध अधिकार
हुन्। तीनैको धारणाहरूका लागि डबल अन्डरलाइन लगाऊ।
स्लोगन:–
न्यारा र
अधिकारी भएर कर्ममा आउनु– यही बन्धनमुक्त स्थिति हो।
अव्यक्त इशारा:– अब
सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ
कर्मातीतको अर्थ नै
हो– सबै प्रकारका हदका स्वभाव-संस्कारबाट अतीत अर्थात् न्यारा। हद हो बन्धन, बेहद
हो निर्बन्धन। ब्रह्माबाबासमान अब हदको मेरो मेरोबाट मुक्त हुने अर्थात् कर्मातीत
हुने अव्यक्ति दिवस मनाऊ, यसैलाई नै स्नेहको सबुत भनिन्छ।