04.08.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे – बाबाको
राइट ह्यान्ड बन्नु छ भने हरेक कुरामा सदाचारी ( राइटियस ) बन , सदा श्रेष्ठ कर्म
गर। ”
प्रश्न:–
कुन चाहिँ
संस्कारले सेवामा धेरै विघ्न पार्छ?
उत्तर:–
भाव-स्वभावको
कारण आपसमा जुन द्वैत मतको संस्कार हुन्छ, त्यसले सेवामा धेरै विघ्न पार्छ। दुई मतले
धेरै नोक्सान हुन्छ। क्रोधको भूत यस्तो छ, जसले भगवानको विरोध गर्न पनि बेर
लगाउँदैन, त्यसैले बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! यस्तो कुनै पनि संस्कार
छ भने त्यसलाई निकालिदेऊ।
गीत:–
तकदीर जगाकर
आई हूँ...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले गीत सुन्यौ। रुहानी बच्चाहरू अर्थात् शिवबाबा जो परम आत्मा (सुप्रीम
रुह) हुनुहुन्छ, उहाँका बच्चा आत्माहरूले शरीररूपी कर्मेन्द्रियहरूद्वारा गीत सुन्यौ।
अब त बच्चाहरू आत्म अभिमानी बन्नु छ। यसमा धेरै मेहनत पनि छ। घरी घरी आफूलाई आत्मा
सम्झेर बाबालाई याद गर्नु छ। यो गुप्त मेहनत हो। बाबा पनि गुप्त हुनुहुन्छ, त्यसैले
मेहनत पनि गुप्त गराउनुहुन्छ। बाबा स्वयं आएर भन्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई
याद गर्छौ भने कल्प ५ हजार वर्ष पहिलाजस्तै फेरि सतोप्रधान बन्छौ। तिमी बच्चाहरूले
बुझेका छौ, हामी नै सतोप्रधान थियौँ, फेरि हामी नै अब तमोप्रधान बनेका छौँ।
सतोप्रधान बन्नु नै छ। गीतमा पनि भन्छन्, जुन तकदिर गुमाएका छौँ, त्यो फेरि पाउनको
लागि सेवा गराउने एक मात्र सर्वशक्तिमान् बाबा हुनुहुन्छ, किनकि सबैलाई पावन
बनाउनुहुन्छ नि! बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– हे रुहानी बच्चाहरू! तिमी अहिले
तकदिर बनाउन आएका छौ। विद्यार्थीहरू स्कुलमा तकदिर बनाउन जान्छन् नि! ती
विद्यार्थीहरू त साना बच्चा हुन्छन्। तिमी साना छैनौ, तिमी त ठुला बुजुर्ग हौ।
तकदिर बनाइरहेका छौ। हो, कोही बुढाबुढी पनि छन्। बुढेसकालभन्दा जवानीमा पढ्नु राम्रो
हुन्छ, जवानको बुद्धि राम्रो हुन्छ। यो त सबैको लागि धेरै सहज छ। तिम्रो शरीर त ठुलो
छ नि! यी शिशु (बेबी) हुन्, यति बुझ्न सक्दैनन् किनकि अङ्गहरू (अर्गन्स) साना छन्।
निन्दा-स्तुति, दुःखसुख यी कुराहरूलाई तिमीले बुझ्न सक्छौ। आत्मा त बिन्दु हो। शरीर
बढिरहन्छ। आत्मा त सदा उस्तै नै हुन्छ। कहिल्यै घटबढ हुँदैन। त्यस आत्माको बुद्धिको
लागि बाबाले कस्तुरीजस्तो सौगात दिइरहनुभएको छ किनकि अहिले त बुद्धि एकदम तमोप्रधान
बनेको छ। त्यसैले अब स्वच्छ बनिरहेको पनि छ। यी चित्रहरू तिमीलाई सम्झाउनमा धेरै
काम आउँछन्। भक्तिमार्गमा देवताहरूको अगाडि गएर शिर झुकाउँछन्, पूजा गर्छन्। पहिला
तिमी पनि अन्धश्रद्धाले मन्दिरहरूमा जान्थ्यौ। शिवका मन्दिरमा जान्थ्यौ, तिमीलाई यो
कहाँ थाहा थियो र, उहाँ शिवबाबा हुनुहुन्छ। बाबाबाट अवश्य वर्सा मिलेको हुनुपर्छ,
त्यसैले त उहाँको महिमा गायन गरिन्छ। कसैले राम्रो काम गरेर गएका रहेछन् भने
उनीहरूको महिमा गायन गरिन्छ। हुलाक टिकट (स्ट्याम्प) बनाउनुपर्छ शिवबाबाको। शिवबाबा
गीता ज्ञानदाता (सर्मोनाइजर)... यस्तो टिकट सहजै बन्न सक्नेछ। उहाँ बाबाले सबैलाई
सुख दिनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई सुखधामको मालिक बनाउँछु। वृद्ध
माताहरूले पनि यो त बुझेका होलान्, हामी शिवबाबाको समीप आएका छौँ, जो विचित्र
हुनुहुन्छ, उहाँले यस चित्र (तन) मा प्रवेश गर्नुभएको छ। निराकारलाई विचित्र भनिन्छ।
बुद्धिमा हुन्छ, हामी शिवबाबाको समीप जान्छौँ, जसले यो अस्थायी चित्र धारण गर्नुभएको
छ। पतितहरूलाई पावन बनाएर मुक्ति-जीवनमुक्ति दिनुहुन्छ अथवा शान्तिधाम, सुखधाम
निवासी बनाउनुहुन्छ। मानिसहरूले शान्तिको लागि नै कोसिस गर्छन्। भगवान् मिल्नुभयो
भने शान्ति मिल्छ, सुखको लागि पुरुषार्थ गर्दैनन्। बस् बाबाको समीप घर जाऊँ, भगवान्
मिल्नुहुनेछ। यस समयमा सबै मुक्तिको चाहना राख्नेहरू छन्। जीवनमुक्ति लिने केवल तिमी
ब्राह्मणहरू मात्रै हौ। बाँकी सबै मुक्तिको चाहना राख्नेहरू छन्। जीवनमुक्तिको बाटो
बताउने कोही छँदैछैन। संन्यासी आदिको समीप गएर शान्ति माग्छन्। भन्छन्, मनको शान्ति
कसरी मिल्छ। जति पनि मार्ग देखाउनेहरू छन्, तिनीहरू मुक्तिमा जानेहरू नै हुन्।
मोक्ष के हो, त्यो पनि बुद्धिमा आउँदैन। हैरान भएर भन्छन्, मुक्तिमा गयौ भने राम्रो
हुन्छ। वास्तवमा मुक्तिधाम आत्माहरूको निवासस्थान हो। यति धेरै सेन्टरहरूका बच्चाहरू
छन्, सबैलाई थाहा छ, हामीले नयाँ दुनियाँको लागि राज्य भाग्य लिन्छौँ। बाबाले
हामीलाई नयाँ दुनियाँको राज्य दिनुहुन्छ। कहाँ दिनुहुन्छ? नयाँ दुनियाँमा दिनुहुन्छ
वा पुरानो दुनियाँमा दिनुहुन्छ? बाबा भन्नुहुन्छ– म सङ्गममा आउँछु। म न सत्ययुगमा,
न कलियुगमा आउँछु। दुवैको बीचमा आउँछु। बाबाले त सबैलाई सद्गति दिनुहुन्छ नि! यस्तो
त होइन, दुर्गतिमा छोडेर जानुहुन्छ। सद्गति र दुर्गति सँगसँगै रहन सक्दैनन्। तिमी
बच्चाहरूलाई थाहा छ, यो पुरानो दुनियाँ विनाश हुनु छ, त्यसैले यससँग मोह राख्नुछैन।
बुद्धिले भन्छ, अवश्य अहिले हामी सङ्गमयुगमा छौँ। यो दुनियाँ परिवर्तन हुनेछ। अब
बाबा आउनुभएको छ, बाबा भन्नुहुन्छ– म कल्प कल्प सङ्गममा आउँछु। तिमीलाई दुःखबाट
छुटाएर हरिको द्वार लैजान्छु। यो ज्ञानको कुरा हो। हरिद्वार, कृष्णको द्वार अर्थात्
कृष्णपुरीलाई भनिन्छ। अच्छा, त्यसको पछाडि फेरि लक्ष्मण झुला बनाइदिएका छन्। पहिला
हरिद्वार आउँछ। सत्ययुगलाई हरिद्वार भनिन्छ। फेरि राम लक्ष्मण आदि देखाउँछन्। त्यो
कुरा केही होइन। त्यो त बनाइएको कुरा हो। रामका कति भाइ देखादिइदिएका छन्! ४ भाइ त
हुँदैनन्। ४-८ भाइ त यहाँ हुन्छन्। एकातिर छन् ईश्वरीय सन्तान, अर्कातिर छन् आसुरी
सन्तान।
अहिले तिमीलाई थाहा
छ, शिवबाबा ब्रह्माको तनमा आउनुभएको छ। शिव हुनुहुन्छ बाबा, ब्रह्मा हुन् दादा।
प्रजापिता हुनुहुन्छ। उहाँ आत्माहरूको पिता त अनादि हुनुहुन्छ, यसै समयमा
ब्राह्मणहरूलाई रच्नुहुन्छ। यस्तो होइन शिवबाबाले सालिग्रामलाई रच्नुहुन्छ। होइन,
सालिग्राम त अविनाशी नै हुन्छन्। केवल बाबा आएर पवित्र बनाउनुहुन्छ। आत्मा पवित्र
नबेसम्म शरीर कसरी पवित्र बन्न सक्छ। हामी आत्माहरू पवित्र थियौँ, त्यतिबेला
सतोप्रधान थियौँ। अहिले अपवित्र तमोप्रधान छौँ, फेरि सतोप्रधान कसरी बन्ने। यो त
सहजै बुझाइको कुरा हो। तिमी यस समय खाद मिसिएका हुनाले पतित तमोप्रधान भएका छौ। अब
फेरि सतोप्रधान बन्नु छ। हिसाबकिताब चुक्ता गरेर सबै शान्तिधाम वा सुखधाममा आउनेछन्।
आत्माहरू निराकारी घरबाट कसरी आउँछन्, त्यसको यादगार पनि क्रिस्चियनहरूले वृक्षमा
चिम (बल्ब) बालेर मनाउँछन्। तिमीलाई थाहा छ, यी सबै धर्महरूका भिन्नाभिन्नै शाखाहरू
हुन्, त्यहाँबाट आत्माहरू कसरी नम्बरवार तल ओर्लन्छन्, यो ज्ञान (नलेज) तिमीलाई
मिलेको छ। हामी आत्माहरूको घर शान्तिधाम हो। अहिले सङ्गम हो। त्यहाँबाट सबै आत्माहरू
आउनेछन्, फेरि सबै जानेछन्। प्रलय त हुनेवाला छैन। तिमीलाई थाहा छ, हामी बाबाबाट
तकदिर बनाउन, फेरि स्वराज्य लिन आएका छौँ। यो कुनै केवल भन्ने कुरा मात्र होइन।
यादबाट नै वर्सा मिल्छ। बाबा भन्नुहुन्छ– देहसहित जति पनि देहका इष्टमित्र आदि छन्,
सबैलाई भुलिदेऊ। चित्र र विचित्र हुन्छन् नि! विचित्र उहाँलाई भनिन्छ, जसलाई देख्न
सकिँदैन। यी धेरै सूक्ष्म कुराहरू हुन्। आत्मा कति सानो छ। त्यस आत्माले घरी घरी
पार्ट खेल्नुपर्छ तर कसैको बुद्धिमा यस्ता कुराहरू छैनन्। पहिला सुरुमा त यो
बुद्धिमा बसाउनु छ– हामी आत्मा हौँ, उहाँ हाम्रो बाबा हुनुहुन्छ। उहाँलाई नै
पतित-पावन, हे भगवान् भनेर याद गर्छन्। अरू कुनै ठाउँमा जाने आवश्यकता नै छैन।
त्यसैले याद पनि एकलाई गर्नुपर्छ नि! भगवानलाई याद गरेमा अवश्य उहाँबाट केही मिल्ने
कुरा होला। फेरि घर घरमा ठक्कर किन खान्छौ! भगवान त परमधामबाट आउनुपर्छ नि! हामी त
परमधाम जान सक्दैनौँ किनकि पतित छौँ। पतित त्यहाँ जान सक्दैनन्। अहिले तिमीले
आश्चर्य (वन्डर) मान्छौ। भक्तिमार्गको पार्ट कस्तो अद्भुत (वन्डरफुल) छ। एक
भगवानलाई नै याद गर्छन्– हे ईश्वर, हे परमपिता, ओ परमपिता (गड फादर)! उहाँ एउटै नै
हुनुहुन्छ, फेरि अरूतिर किन ठक्कर खान्छौ! उहाँ एक बाबा माथि रहनुहुन्छ। तर यो सबै
पहिल्यै निश्चित छ, ड्रामा अनुसार भक्ति गर्छन्, एकदम बेसमझ भएर। अहिले तिमी फेरि
एकदम समझदार बन्छौ। श्रीमतमा चल्नेहरू नै समझदार बन्छन्। उनीहरू फेरि लुकेर रहन
सक्दैनन्, उनीहरूले सदैव श्रेष्ठाचारी काम नै गर्नेछन्। बाबा भन्नुहुन्छ– म
दुःखहर्ता सुखकर्ता हुँ, त्यसैले बच्चाहरू पनि कति मीठो बन्नुपर्छ। बाबाको राइट
ह्यान्ड बन्नुपर्छ। यस्ता बच्चाहरू नै बाबालाई प्रिय लाग्छन्। राइट ह्यान्ड हुन्
नि! तिमीलाई थाहा छ, देब्रे (लेफ्ट) हातले त्यति काम गर्न सक्दैनन् किनकि दाहिने
हातले सही (राइटियस) काम गर्छ, त्यसैले यस दाहिने हातलाई नै शुभ काममा लगाउँछन्।
पूजा सधैँ दाहिने हातले गर्छन्। बाबा भन्नुहुन्छ– हरेक कुरामा श्रेष्ठाचारी बन। बाबा
मिल्नुभएको छ भने खुसी हुनुपर्छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर, अनि फेरि अन्त
मति सो गति हुनेछ। मत र गत वा गति दिने मत एउटै हो। भनिन्छ पनि– ईश्वरको गत मत
ईश्वरले नै जान्नुहुन्छ। पतित-पावन उहाँ नै हुनुहुन्छ। उहाँलाई थाहा छ, म
मानिसहरूलाई पावन बनाएर दुर्गतिबाट सद्गतिमा कसरी लैजानुहुन्छ। भक्तिमार्गमा कति
मेहनत गर्छन् तर सद्गति हुँदैन। फल केही पनि मिल्दैन, सद्गति दिने त एक बाबा मात्रै
हुनुहुन्छ। भक्तिमा जसले जुन भावनाले पूजा गर्छन्, उनीहरूलाई त्यो फल दिने म नै
हुँ। त्यो पनि ड्रामामा पहिल्यै निश्चित छ, तिनीहरूलाई आफै मिल्छ– आफ्नो पुरुषार्थले।
अब तिमी बच्चाहरू आफ्नै पुरुषार्थले पवित्र बन्नु छ। बाबा भन्नुहुन्छ– मीठा-प्यारा
बाबालाई याद गर। उहाँ सर्वशक्तिमान् अधिकारी (अलमाइटी अथोरिटी) ले कति राम्रो
बनाउनुहुन्छ। तिमीले सबै कुरा जानिसकेका छौ, फेरि बाबाबाट वर्सा लिइरहेका छौ। रचयिता
र रचनाको ज्ञान तिम्रो बुद्धिमा छ। तिमीलाई थाहा छ, यो ज्ञान हामीमा थिएन। यज्ञ, तप
आदि गर्नु, शास्त्र आदि सुन्नु– यो शास्त्रहरूको ज्ञान हो। त्यसलाई भक्ति भनिन्छ।
त्यसमा लक्ष्य उद्देश्य (एम अब्जेक्ट) केही हुँदैन। पढाइमा लक्ष्य उद्देश्य हुन्छ।
कुनै न कुनै प्रकारको ज्ञान हुन्छ। हामीलाई पतितबाट पावन बन्ने ज्ञान पतित-पावन
बाबाले दिनुभएको छ। सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान बाबाले दिनुभएको छ। यो सृष्टि
चक्र कसरी घुम्छ, यसमा सबै पात्रहरू पार्टधारी हुन्। यो नाटक अनादि बनेको छ। यो
बेहदको ज्ञान त अवश्य हुनुपर्छ।
तिमी बच्चाहरूलाई थाहा
छ, अहिले हामी घोर अन्धकारबाट निस्केर घोर उज्यालोमा गइरहेका छौँ। तिमी अहिले देवता
बनिरहेका छौ। यो पनि सम्झाउनु छ, आदि सनातन त देवीदेवता धर्म हुन्छ, जसलाई हिन्दु
धर्म भनिदिएका छन्। बिस्तारै बिस्तारै यो कुरा पनि बुझ्नेछन्। बच्चाहरू तयार
हुनुपर्छ। यसमा त धेरै बच्चाहरू चाहिन्छन्। दिल्लीमा सम्मेलन (कन्फ्रेन्स)
गर्नुपर्छ। परिस्तान पनि दिल्लीलाई भनिन्छ। यही यमुनाको किनार थियो, दिल्ली राजधानी
(क्यापिटल) हुन्छ। यो धेरैको हातमा आएको छ। देवताहरूको राजधानी पनि यही थियो,
दिल्लीमा धेरै ठुलो सम्मेलन हुनुपर्छ तर माया यस्तो छ, जसले त्यस्तो सम्मेलन गर्न
दिँदैन। धेरै विघ्न पार्छ। आजभोलि भाव-स्वभाव पनि धेरै भएका छन् नि! तिमी बच्चाहरू
आपसमा मिलेर सेवामा लाग्नु छ। तिनीहरू पनि आपसमा मिल्दैनन् त्यसैले तिनीहरूको राज्य
भाग्य नै उडिहाल्छ, दुई पार्टी भए भने राष्ट्रपतिलाई पनि उडाइदिन्छन्। द्वैत मतले
ठुलो नोक्सान पार्छ। फेरि भगवानको पनि विरोध गर्न बेर लगाउँदैनन्। नोक्सान पनि धेरै
हुन्छ। क्रोधको भूत आयो भने फेरि कुरै नसोध, त्यसैले बाबा भन्नुहुन्छ– गुड जाने गुड
की गोथरी जाने। बाबाले बच्चाहरूलाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाइरहनुभएको
छ। अब कसैले धारणा गरोस् वा नगरोस्, त्यो सबै तिम्रो पुरुषार्थमा आधारित छ। यस्तो
होइन, कसैमाथि बाबाले आशीर्वाद वा कृपा गर्नुहुन्छ, यसमा कृपा आदि माग्ने कुरा छैन।
प्रेरणाबाट योग र ज्ञान सिकाउनु हुन्थ्यो भने, फेरि त बाबा भन्नुहुन्छ– म यस गन्दा
दुनियाँमा किन आउँथेँ? प्रेरणा, आशीर्वाद यी सबै भक्तिमार्गका शब्द हुन्। यसमा
पुरुषार्थ गर्नुपर्छ, प्रेरणाको कुरा होइन। तिमीलाई ३ इन्जिन मिलेका छन् सँगसँगै।
त्यहाँ त पिता अलग, टिचर अलग मिल्छन्, गुरु पछाडि मिल्छन्। यहाँ त यी तीनै जना
सँगसँगै हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई पूज्य बनाउँछु, तिमी फेरि पुजारी
बन्छौ। बडो युक्तिले सम्झाउनु छ। यस्तो नहोस्, कोही बेहोस होस्। पहिला सुरुमा मुख्य
हो दुई पिताको कुरा। भगवान् पिता हुनुहुन्छ, उहाँको जन्म शिवजयन्ती पनि यहीँ
मनाउँछन्। अवश्य शिवबाबाले स्वर्गको मालिक बनाउनुहुन्छ होला। भारतवर्षमा नै स्वर्ग
थियो। अहिले नर्कको विनाशको लागि महाभारत लडाइँ सामुन्ने उभिएको छ। अवश्य बाबाले नयाँ
दुनियाँको स्थापना गराउनुहुन्छ। बाबाको श्रीमतमा नै हामीले भन्छौँ, सारा विश्वलाई
हामी पावन बनाएरै छोड्छौँ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) जसरी बाबा दुःखहर्ता सुखकर्ता हुनुहुन्छ, त्यसैगरी बापसमान बन्नु छ। धेरै मीठो
बन्नु छ। सदा शुभ कर्म गरेर बाबाको राइट ह्यान्ड बन्नु छ।
२) कहिल्यै दुई मत
बनाउनु छैन। भाव-स्वभावमा आएर एकअर्काको विरोध गर्नु छैन। क्रोधको भूत निकाल्नु छ।
वरदान:–
स्वयंको
स्मृतिमा रहेर आफ्नो हर कर्मलाई संयम बनाउने अधिकारी स्वरूप भव
जसरी साकारमा स्वयंको
स्मृतिमा रहेका हुनाले जुन कर्म गर्नुभयो, त्यही ब्राह्मण परिवारको संयम बन्यो।
स्वयंको नसामा रहेको कारण अथोरिटीले भन्न सक्नुहुन्थ्यो साकारद्वारा कुनै उल्टो
कर्म भयो भने पनि सुल्टो पारिदिनेछु। स्वयंको स्वरूप स्मृतिमा रहेमा यो नसा हुन्छ
कुनै कर्म उल्टो हुनै सक्दैन। तिमी बच्चाहरू पनि जुनबेला स्वयंको स्थितिमा स्थित
हुन्छौ, त्यतिबेला जुन सङ्कल्प चल्छ, जुन वचन बोल्छौ वा कर्म गर्छौ, त्यही संयम (नियम)
बन्नेछ।
स्लोगन:–
पवित्रताको
स्तम्भ मजबुत बनायौ भने यो स्तम्भले लाइट हाउसको काम गरिरहनेछ।
अव्यक्त इसारा :–
अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन
बुद्धिमा अशुद्ध
सङ्कल्प वा पुराना संस्कार सङ्कल्पको रूपमा पनि आउँछन् भने सम्पूर्ण वैष्णव भनिँदैन।
जसरी कसैले अकर्तव्य कार्य देख्यो भने पनि देखपछि त्यसको असर हुन्छ, त्यसको पनि
हिसाब बन्छ। यस हिसाबले सोच्यौ भने पुराना संस्कार वा अशुद्ध सङ्कल्प बुद्धिमा
आउँछन् भने पनि सम्पूर्ण वैष्णव वा सम्पूर्ण पवित्र कसरी भनिन्छ र!