04.10.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे–
सर्वश्रेष्ठ बन्नको लागि स्वयं भगवानले तिमीलाई श्रेष्ठ मत दिइरहनुभएको छ , जसबाट
तिमी नर्कवासीबाट स्वर्गवासी बन्छौ।”
प्रश्न:–
देवता बन्ने
बच्चाहरूले विशेष कुन कुराको ध्यान राख्नुपर्छ?
उत्तर:–
कहिल्यै कुनै
कुरामा रिसाउनुहुँदैन, अनुहार मुर्दाजस्तो बनाउनुहुँदैन। कसैलाई पनि दु:ख
दिनुहुँदैन। देवता बन्नुछ भने मुखबाट सदैव फूल निस्कियोस्। यदि काँडा वा पत्थर
निस्कियो भने पत्थरको पत्थर ठहरियौ। गुण धेरै राम्रो धारण गर्नुछ। यहाँ नै सर्वगुण
सम्पन्न बन्नुछ। सजाय खायौ भने फेरि पद राम्रो मिल्दैन।
ओम् शान्ति ।
नयाँ विश्व वा
नयाँ दुनियाँको मालिक बन्ने रुहानी बच्चाहरूलाई रुहानी बाबा बसेर सम्झाउनुहुन्छ। यो
त बच्चाहरूले बुझेका छौ– बाबा आउनुभएको छ बेहदको वर्सा दिन। हामी लायक थिएनौँ।
भन्छन्– हे प्रभु म लायक छैन, मलाई लायक बनाउनुहोस्! बाबाले बच्चाहरूलाई
सम्झाउनुहुन्छ– तिमी त मनुष्य हौ, यी देवताहरू पनि मनुष्य हुन् तर यिनीहरूमा
दैवीगुण छन्। यिनीहरूलाई सच्चा सच्चा मनुष्य भनिन्छ। मानिसहरूमा आसुरी अवगुण रहेछन्
भने चालचलन जनावरको जस्तो हुन्छ। दैवीगुण हुँदैनन्, त्यसैले त्यसलाई आसुरी अवगुण
भनिन्छ। अब फेरि बाबा आएर तिमीलाई श्रेष्ठ देवता बनाउनुहुन्छ। सचखण्डमा रहने सच्चा
सच्चा मनुष्य यी लक्ष्मी-नारायण हुन्, यिनीहरूलाई फेरि देवता भनिन्छ। यिनीहरूमा
दैवीगुण हुन्छन्। हुन त गायन पनि गर्छन्– हे पतित-पावन आउनुहोस्! तर पावन राजाहरू
कसरी हुन्छन् फेरि पतित राजाहरू कसरी हुन्छन्, यो रहस्य कसैले जान्दैनन्। त्यो हो
भक्तिमार्ग। ज्ञान त अरू कसैले जान्दैन। तिमी बच्चाहरूलाई बाबाले सम्झाउनुहुन्छ र
यस्ता पावन राजा बनाउनुहुन्छ। कर्म त यी देवताहरूले पनि सत्ययुगमा गर्छन् तर पतित
कर्म गर्दैनन्। उनीहरूमा दैवीगुण हुन्छन्। फोहोरी काम नगर्नेहरू नै स्वर्गवासी
हुन्छन्। नर्कवासीलाई मायाले फोहोरी काम गराउँछ। अब भगवान बसेर श्रेष्ठ काम
गराउनुहुन्छ र श्रेष्ठ मत दिनुहुन्छ– यस्तो फोहोरी काम नगर। सर्वश्रेष्ठ बन्नको लागि
सर्वश्रेष्ठ मत दिनुहुन्छ। देवताहरू श्रेष्ठ हुन्छन् नि। रहन्छन् पनि नयाँ दुनियाँ
स्वर्गमा। यो कुरा पनि तिमीहरूमध्ये नम्बर अनुसार पुरुषार्थ अनुसार जान्दछौ त्यसैले
माला पनि बन्छ ८ को वा १०८ को, हुन त १६१०८ को पनि भनिन्छ, तर त्यो पनि के नै भयो
र! यति करोड मानिसहरू छन्, यिनीहरूमा १६ हजार निस्किए भने के भयो र। चौथाइ (पच्चीस)
पर्सेन्ट पनि होइन। बाबाले बच्चाहरूलाई कति उच्च बनाउनुहुन्छ, दिनहुँ बच्चाहरूलाई
सम्झाउनुहुन्छ– कुनै पनि विकर्म नगर। तिमीलाई यस्तो बाबा मिल्नुभएको छ भने धेरै खुसी
हुनुपर्छ। तिमीले बुझेका छौ– हामीलाई बेहदका बाबाले एडप्ट गर्नुभएको छ। हामी उहाँका
बनेका छौँ। बाबा हुनुहुन्छ स्वर्गको रचयिता। त्यसैले यस्तो स्वर्गको मालिक बन्न
लायक सर्वगुण सम्पन्न बन्नुपर्छ। यी लक्ष्मी-नारायण सर्वगुण सम्पन्न थिए। यिनीहरूको
विशेषताको महिमा गरिन्छ, फेरि ८४ जन्मपछि नालायक बन्छन्। एक जन्म मात्रै पनि तल
ओर्लिए भने अलिकति कला कम भयो। यसरी बिस्तारै बिस्तारै कम हुँदैजान्छ। जसरी ड्रामा
पनि जुम्राजस्तै चल्छ नि। तिमी पनि बिस्तारै बिस्तारै तल ओर्लियौ भने १२५० वर्षमा
दुई कला कम हुन्छ। फेरि रावण राज्यमा छिटो छिटो कला कम हुन्छ। ग्रहण लाग्छ। जस्तै
सूर्य-चन्द्रमालाई पनि ग्रहण लाग्छ नि। यस्तो होइन– चन्द्रमा सिताराहरूलाई ग्रहण
लाग्दैन, सबैलाई पूरा ग्रहण लागेको छ। अब बाबा भन्नुहुन्छ– यादबाट नै ग्रहण उत्रन्छ।
कुनै पनि पाप नगर। पहिलो नम्बर पाप हो देह अभिमानमा आउनु। यो कडा पाप हो।
बच्चाहरूलाई यस एक जन्मको लागि नै शिक्षा मिल्छ किनकि अब दुनियाँ परिवर्तन हुनेछ।
फेरि यस्तो शिक्षा कहिल्यै मिल्दैन। ब्यारिस्टरी आदिको शिक्षा त तिमीले
जन्मजन्मान्तर लिँदै आएका छौ। स्कुल आदि त सदा हुन्छन् नै। यो ज्ञान एकपटक मिल्यो,
बस्। ज्ञान सागर बाबा एकैपटक आउनुहुन्छ। उहाँले आफ्नो र आफ्नो रचनाको
आदि-मध्य-अन्त्यको सारा ज्ञान दिनुहुन्छ। बाबाले कति सहजै सम्झाउनुहुन्छ– तिमी
आत्माहरू पार्टधारी हौ। आत्माहरू आफ्नो घरबाट आएर यहाँ पार्ट खेल्छन्। त्यसलाई
मुक्तिधाम भनिन्छ। स्वर्ग हो जीवनमुक्ति। यहाँ त छ जीवन बन्ध। यी शब्द पनि यथार्थ
रीतिले याद गर्नुछ। मोक्ष कहिल्यै हुँदैन। मानिसहरूले भन्छन्– मोक्ष मिलोस् अर्थात्
आवागमनबाट निस्किऊँ। तर पार्टबाट त निस्कन सकिँदैन। यो अनादि बनिबनाउ खेल हो।
विश्वको इतिहास भूगोल हुबहु दोहोरिन्छ। सत्ययुगमा उनै देवताहरू आउँछन्। फेरि पछि
इस्लामी, बौद्धी आदि सबै आउँछन्। यो मानव वृक्ष बन्छ। यसको बीज माथि हुनुहुन्छ। बाबा
हुनुहुन्छ मनुष्य सृष्टिको बीजरूप। मनुष्य सृष्टि त सदा भइ नै रहन्छ तर सत्ययुगमा
धेरै सानो हुन्छ फेरि बिस्तारै बिस्तारै धेरै वृद्धि हुन्छ। अच्छा, फेरि सानो कसरी
हुन्छ? बाबा आएर पतितबाट पावन बनाउनुहुन्छ। कति थोरै पावन बन्छन्। करोडौँमा कोही
निस्किन्छन्। आधाकल्प धेरै कम हुन्छन्। आधाकल्पमा कति वृद्धि हुन्छ। त्यसैले
सबैभन्दा धेरै सम्प्रदाय यी देवताहरूको हुनुपर्छ किनकि सबैभन्दा पहिला यिनीहरू
आउँछन् तर अरू अरू धर्महरूमा जान्छन् किनकि बाबालाई नै भुलेका हुन्छन्। यो हो एकै
भुलको खेल। भुलेपछि कङ्गाल हुन्छन्। भुल्दाभुल्दै एकदम भुल्छन्। भक्ति पनि पहिला
एकको गर्छन् किनकि सबैको सदगति गर्ने त एक हुनुहुन्छ फेरि अरू कसैको भक्ति किन
गर्नुपर्छ। यी लक्ष्मी-नारायणलाई पनि बनाउनेवाला त शिव हुनुहुन्छ नि। श्रीकृष्ण
बनाउनेवाला कसरी हुन सक्नुहुन्छ। यो त हुन सक्दैन। राजयोग सिकाउनेवाला श्रीकृष्ण
कसरी हुन सक्नुहुन्छ। उहाँ त हुनुहुन्छ सत्ययुगका राजकुमार। कति भुल गरिदिएका छन्।
बुद्धिमा बस्दैन। अब बाबा भन्नुहुन्छ– मलाई याद गर र दैवीगुण धारण गर। कुनै पनि
सम्पत्तिको झगडा आदि छ भने त्यसलाई समाप्त गरिदेऊ। झगडा गर्दागर्दै त प्राण पनि
निस्किन्छ। बाबा सम्झाउनुहुन्छ– यिनले छोडे कुनै झगडा आदि कहाँ गरे र! थोरै मिल्यो
भने जान देऊ, त्यसको सट्टा कत्रो राज्य भाग्य मिल्यो। यी बाबा बताउँछन्– मलाई
साक्षात्कार भयो विनाश र राज्य भाग्यको त्यसपछि कति खुसी भयो। मलाई विश्वको बादसाही
मिल्नेछ भने यो सबै के हो। यस्तो कहाँ कोही भोकै मर्छन् र। पैसा नहुनेले पनि पेट त
भर्छन् नि। मम्माले केही ल्याइन् र। मम्मालाई कति याद गर्छन्। बाबा भन्नुहुन्छ– याद
गर्छौ, यो त ठीक हो, तर अहिले मम्माको नाम-रूपलाई याद गर्नुछैन। हामीले पनि
उनलेजस्तै धारणा गर्नुछ। हामी पनि मम्माजस्तै राम्रो बनेर गद्दी लायक बनौँ। केवल
मम्माको महिमा गर्नाले कहाँ हुन्छ र! बाबाले त भन्नुहुन्छ– म एकलाई याद गर, यादको
यात्रामा रहनुछ। मम्मालेजस्तै ज्ञान सुनाउनुछ। मम्माको महिमाको सबुत तिमी पनि
त्यस्तै महिमालायक बनेर देखाएपछि मात्रै हुन्छ। केवल मम्मा मम्मा भनेर पेट भरिँदैन।
झन् पेट पिठिउँसँग टाँसिन्छ। शिवबाबालाई याद गरेमा पेट भरिन्छ। यी दादालाई पनि याद
गरेर पेट भरिँदैन। याद गर्नुछ एकलाई। बलिहारी एकको हो। युक्तिहरू रच्नुपर्छ सेवाको।
सदैव मुखबाट फूल निस्कियोस्। यदि काँडा पत्थर निस्किन्छ भने पत्थरको पत्थर ठहरियौ।
गुण धेरै राम्रो धारण गर्नुछ। तिमीलाई यहाँ सर्वगुण सम्पन्न बन्नुछ। सजाय खायौ भने
फेरि पद राम्रो मिल्दैन। यहाँ बच्चाहरू आउँछन् बाबाबाट डाइरेक्ट सुन्न। यहाँ बाबाले
ताजा ताजा नशा चढाउनुहुन्छ। सेन्टरमा नशा चढ्छ फेरि घर गयौ, सम्बन्धी आदि देख्यौ भने
समाप्त। यहाँ तिमीले बुझ्छौ– हामी बाबाको परिवारमा बसेका छौँ। त्यहाँ आसुरी परिवार
हुन्छ। कति झगडा आदि हुन्छन्। त्यहाँ जानेबित्तिकै गएर हिलोमा पुग्छौ। यहाँ त तिमीले
बाबालाई भुल्नुहुँदैन। दुनियाँमा सच्चा शान्ति कसैलाई पनि मिल्न सक्दैन। पवित्रता,
सुख, शान्ति, सम्पत्ति बाबा सिवाय अरू कसैले दिन सक्दैन। यस्तो होइन– बाबाले
आशीर्वाद दिनुहुन्छ– आयुष्मान भव, पुत्रवान भव। होइन, आशीर्वादले केही पनि मिल्दैन।
यो मानिसहरूको भुल हो। संन्यासी आदिले पनि आशीर्वाद दिन सक्दैनन्। आज आशीर्वाद
दिन्छन्, भोलि आफै मर्छन्। पोप पनि हेर कति आएर गए। गुरुहरूको गद्दी चल्छ, सानैमा
पनि गुरु मरेभने अर्को बनाउँछन् वा सानो चेलालाई गुरु बनाइदिन्छन्। उहाँ त बापदादा
दाता हुनुहुन्छ। उहाँले लिएर के गर्नुहुन्छ। बाबा त निराकार हुनुहुन्छ नि। लिन्छ
साकारले। यो पनि बुझ्ने कुरा हो। यस्तो कहिल्यै भन्नुहुँदैन– हामीले शिवबाबालाई
दिन्छौँ। होइन, हामीले शिवबाबाबाट पदम लियौँ, दिएनौँ। बाबाले त तिमीलाई अनगिन्ती
दिनुहुन्छ। शिवबाबा त दाता हुनुहुन्छ, तिमीले उहाँलाई कसरी दिन्छौ? मैले दिएँ, यो
सम्झनाले फेरि देह अभिमान आउँछ। हामीले शिवबाबाबाट लिइरहेका छौँ। बाबाको पासमा यति
धेरै बच्चाहरू आउँछन्, आएर बस्छन् त्यसैले प्रबन्ध गर्नुपर्छ नि। अर्थात् तिमीले
दिन्छौ आफ्नै लागि। उहाँले आफ्नो लागि कहाँ केही गर्नुछ र! राजधानी पनि तिमीलाई
दिनुहुन्छ त्यसैले गर्छौ पनि तिमीले। तिमीलाई आफूभन्दा पनि उच्च बनाउँछु। यस्ता
बाबालाई तिमीले भुल्छौ। आधाकल्प पूज्य, आधाकल्प पुजारी। पूज्य बन्नाले तिमी सुखधामको
मालिक बन्छौ फेरि पुजारी बनेपछि दु:खधामको मालिक बन्छौ। यो पनि कसैलाई थाहा छैन–
बाबा कहिले आएर स्वर्गको स्थापना गर्नुहुन्छ। यी कुरा तिमी सङ्गमयुगी ब्राह्मणले नै
जान्दछौ। बाबाले यति राम्रो रीतिले सम्झाउनुहुन्छ फेरि पनि बुद्धिमा बस्दैन। जसरी
बाबाले सम्झाउनुहुन्छ त्यसैगरी युक्तिले सम्झाउनुपर्छ। पुरुषार्थ गरेर यस्तो
श्रेष्ठ बन्नुछ। बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ– बच्चाहरूमा धेरै राम्रा दैवीगुण
हुनुपर्छ। कुनै कुरामा रिसाउनुहुँदैन, मुर्दाजस्तो अनुहार बनाउनुहुँदैन। बाबा
भन्नुहुन्छ– यस्तो कुनै काम अब नगर। चण्डी देवीको पनि मेला लाग्छ। चण्डिका तिनलाई
भनिन्छ जो बाबाको मतमा चल्दैन। जसले दु:ख दिन्छन्, यस्तो चण्डिकाहरूको पनि मेला
लाग्छ। मनुष्य अज्ञानी छन् नि, अर्थ कहाँ बुझ्छन् र। कसैमा तागत छैन, उनीहरू त मानौँ
खोक्रा छन्। तिमीले बाबालाई राम्रो रीतिले याद गरेमा बाबाद्वारा तिमीलाई तागत मिल्छ।
तर यहाँ बस्दा पनि धेरैको बुद्धि बाहिर भट्किरहन्छ त्यसैले बाबा भन्नुहुन्छ– यहाँ
चित्रहरूको अगाडि बस्यौ भने तिम्रो बुद्धि यसमा व्यस्त हुन्छ। गोलामा, सिँढीमा
कसैलाई सम्झायौ भने भन– सत्ययुगमा धेरै कम मनुष्य हुन्छन्। अहिले त धेरै मनुष्य छन्।
बाबा भन्नुहुन्छ– मैले ब्रह्माद्वारा नयाँ दुनियाँको स्थापना गराउँछु, पुरानो
दुनियाँको विनाश गराउँछु। बसेर यस्ता प्रकारले प्राक्टिस गर्नुपर्छ। आफ्नो मुख आफैले
खोल्न सक्छौ। भित्र जे चल्छ त्यो बाहिर पनि निस्किनुपर्छ। गुँगा त छैनौ नि। घरमा
चिच्याउनको लागि मुख खुल्छ, ज्ञान सुनाउनको लागि खुल्दैन! चित्र त सबैलाई मिल्न
सक्छन्, हिम्मत राख्नुपर्छ– आफ्नो घरको कल्याण गरौँ। आफ्नो कोठा चित्रहरूले सजायौ
भने तिमी व्यस्त रहन्छौ। यो मानौँ तिम्रो लाइब्रेरी हुन्छ। अरूको कल्याण गर्नको लागि
चित्र आदि सजाइदिनुपर्छ। जो आउँछ उसलाई सम्झाऊ। तिमीले धेरै सेवा गर्न सक्छौ। अलिकति
मात्रै सुने भने पनि प्रजा बन्छन्। बाबाले यति उन्नतिका युक्तिहरू बताउनुहुन्छ।
बाबालाई याद गर त्यसबाट तिम्रा विकर्म विनाश हुन्छन्। तर गङ्गामा गएर एकदम डुब्यौ
भने पनि विकर्म विनाश हुँदैनन्। यो सबै हो अन्धश्रद्धा। हरिद्वारमा त सारा सहरको
फोहोर आएर गङ्गामा मिसिन्छ। सागरमा कति फोहोर मिसिन्छ। नदीहरूमा पनि फोहोर
मिसिइरहन्छ, त्यसबाट फेरि पावन कसरी बन्न सक्छन्। मायाले सबैलाई बिल्कुल बेसमझ
बनाइदिएको छ।
बाबाले बच्चाहरूलाई
नै भन्नुहुन्छ– मलाई याद गर। तिम्रो आत्माले बोलाउँछ नि– हे पतित-पावन आउनुहोस्!
तिम्रो शरीरको लौकिक पिता त हुनुहुन्छ। पतितपावन एउटै बाबा हुनुहुन्छ। अहिले हामी
उहाँ पावन बनाउने बाबालाई याद गर्छौँ। जीवनमुक्ति दाता एउटै हुनुहुन्छ, अर्को कोही
छैन। यति सहज कुराको अर्थ पनि कसैले बुझ्दैनन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) मुखबाट ज्ञान रत्न निकाल्ने अभ्यास गर्नुछ। कहिल्यै मुखबाट काँडा वा पत्थर
निकाल्नुछैन। आफ्नो र घरको कल्याण गर्नको लागि घरमा चित्र सजाइदिनुछ, त्यसमाथि
विचार सागर मन्थन गरेर अरूलाई सम्झाउनुछ। बिजी रहनुछ।
२) बाबासँग आशीर्वाद
माग्नुको सट्टा उहाँको श्रेष्ठ मतमा चल्नुछ। बलिहारी शिवबाबाको हो त्यसैले उहाँलाई
नै याद गर्नुछ। यो अभिमान नआओस्– हामीले बाबालाई यति दियौँ।
वरदान:–
बा बा समान
स्थितिद्वारा समयलाई समीप ल्याउने तत् त्वम् को वरदानी भव
आफ्नोपनलाई मेटाउनु
अर्थात् बाबासमान स्थितिमा स्थित भएर समयलाई समीप ल्याउनु। जहाँ आफ्नो देहमा वा
आफ्नो कुनै पनि वस्तुमा आफ्नोपन छ त्यहाँ समानतामा पर्सेन्टेज छ, पर्सेन्टेज अर्थात्
डिफेक्ट, यस्तो डिफेक्टवाला कहिल्यै परफेक्ट बन्न सक्दैन। परफेक्ट बन्नको लागि
बाबाको लवमा सदा लवलीन रहने गर। सदा लवमा लवलीन रहनाले सहजै अरूलाई पनि आफूसमान वा
बापसमान बनाउन सक्छौ। बापदादा आफ्नो लवली र लवलीन रहने बच्चाहरूलाई सदा तत् त्वम्
को वरदान दिनुहुन्छ।
स्लोगन:–
एक अर्काको
विचारहरूलाई रिगार्ड राखेमा स्वयंको रेकर्ड राम्रो बन्छ।
अव्यक्त-इसारा:– स्वयं
र सबैप्रति मनसाद्वारा योगको शक्तिहरूको प्रयोग गर
मनसा सेवाको लागि मन,
बुद्धि व्यर्थ सोच्नबाट मुक्त हुनुपर्छ। ‘मनमनाभव’ को मन्त्रको सहजस्वरूप हुनुपर्छ,
जुन श्रेष्ठ आत्माहरूको मनसा अर्थात् सङ्कल्प श्रेष्ठ र शक्तिशाली छ, शुभभावना, जो
शुभकामनायुक्त छन् उनीहरूले मनसाद्वारा शक्तिहरूको दान दिन सक्छन्।