05.02.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा आ उनुभ एक ो छ तिमीलाई रावण राज्यबाट मुक्त गरेर सदगति दिन , नर्कवासीलाई स्वर्गवासी बनाउन।”

प्रश्न:–
बाबाले तिमी बच्चाहरूलाई कुन कुन स्मृति दिलाउनुभएको छ?

उत्तर:–
हे प्यारा बच्चाहरू! तिमी स्वर्गवासी थियौ। आजभन्दा ५ हजार वर्ष पहिला विश्व स्वर्ग थियो, हीरा सुनका महल थिए। तिमी सारा विश्वका मालिक थियौ। धरती आकाश सबै तिम्रा थिए। भारतखण्ड शिवबाबाद्वारा स्थापना गरिएको शिवालय थियो। त्यहाँ पवित्रता थियो। अब फेरि त्यस्तै दुनियाँ बन्न लागेको छ।

गीत:–
नयन हीन को राह दिखाओ प्रभू...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरू (आत्माहरू) ले यो गीत सुन्यौ। कसले भन्नुभयो? आत्माहरूका रुहानी बाबाले। त्यसपछि रुहानी बाबालाई रुहानी बच्चाहरूले भने– हे बाबा! उहाँलाई ईश्वर पनि भनिन्छ, पिता पनि भनिन्छ। कुन पिता? परमपिता किनकि बाबा दुई हुनुहुन्छ– एक लौकिक, अर्का पारलौकिक। लौकिक बाबाका बच्चाहरूले पारलौकिक बाबालाई पुकार्छन्– हे बाबा! ठीक छ, बाबाको नाम के हो? शिव। उहाँ त निराकार हुनुहुन्छ, उहाँ पुजिनुहुन्छ। उहाँलाई भनिन्छ सुप्रिम फादर (परमपिता)। लौकिक बाबालाई सुप्रिम भनिँदैन। उच्चभन्दा उच्च सबै आत्माहरूका बाबा एउटै हुनुहुन्छ। सबै जीव आत्माहरूले उहाँ बाबालाई याद गर्छन्। आत्माहरूले यो भुलेका छन्– हाम्रो बाबा को हुनुहुन्छ? पुकार्छन्– ओ गड फादर (हे परमपिता), हामी नयनहीनलाई नयन दिनुहोस्, त्यसपछि हामीले आफ्ना बाबालाई चिन्नेछौँ। भक्तिमार्गको ठक्करबाट छुटाउनुहोस्। सदगतिको लागि तेस्रो नेत्र लिनको लागि, बाबासँग भेट्नको लागि पुकार्छन् किनकि बाबाले नै कल्प कल्प आएर स्वर्ग बनाउनुहुन्छ। अहिले कलियुग हो, कलियुगपछि सत्ययुग आउनुछ। यो हो पुरुषोत्तम सङ्गमयुग। बेहदका बाबा आएर जो पतित भ्रष्टाचारी बनेका छन्, उनीहरूलाई पुरुषोत्तम बनाउनुहुन्छ। यी (लक्ष्मीनारायण) पुरुषोत्तम यहाँ नै थिए। लक्ष्मीनारायणको राजवंशको राज्य थियो। आजभन्दा ५ हजार वर्ष पहिला सत्ययुगमा श्री लक्ष्मीनारायणको राज्य थियो। यो कुरा तिमी बच्चाहरूलाई स्मृति दिलाउनुहुन्छ। तिमीहरू आजभन्दा ५ हजार वर्ष पहिला स्वर्गवासी थियौ। अहिले त सबै नर्कवासी छन्। आजभन्दा ५ हजार वर्ष पहिला विश्व स्वर्ग थियो। यसको धेरै महिमा थियो, हीरा सुनका महल थिए। अहिले त केही पनि छैन। त्यस समयमा अरू कुनै धर्म थिएन, केवल सूर्यवंशी मात्रै थिए। चन्द्रवंशी पनि पछि आउँछन्। बाबा सम्झाउनुहुन्छ– तिमी सूर्यवंशी राजवंशका थियौ। अहिलेसम्म पनि यी लक्ष्मीनारायणका मन्दिर बनाइरहन्छन्। तर लक्ष्मीनारायणको राज्य कहिले थियो, कसरी त्यो राज्य पाए, यो कसैलाई थाहा छैन। पूजा गर्छन्, चिन्दैनन्। त्यसैले अन्धविश्वास भयो नि। शिवको, लक्ष्मीनारायणको पूजा गर्छन्, तर उहाँहरूको जीवनीलाई पनि जान्दैनन्। अहिले आफैले भन्छन्– हामी पतित छौँ। हामी पतितहरूलाई पावन बनाउने बाबा आउनुहोस्। आएर हामीलाई दुःखबाट, रावण राज्यबाट मुक्त गर्नुहोस्। बाबाले नै आएर सबैलाई मुक्त गर्नुहुन्छ। बच्चाहरूलाई थाहा छ– सत्ययुगमा अवश्य एक राज्य थियो। महात्मा गान्धीजी पनि भन्नुहुन्थ्यो– हामीलाई फेरि रामराज्य चाहिन्छ, गृहस्थ धर्म जुन पतित बनेको छ, त्यो पावन हुनुपर्छ। हामी स्वर्गवासी बन्न चाहन्छौँ। अहिले नर्कवासीहरूको के हाल छ, देखिरहेका छौ नि। यसलाई भनिन्छ नर्क, आसुरी विश्व। यही विश्व दैवी दुनियाँ थियो। बाबा बसेर सम्झाउनुहुन्छ– तिमीले ८४ जन्म लिएका छौ, न कि ८४ लाख । बाबा सम्झाउनुहुन्छ– तिमी वास्तवमा शान्तिधामका निवासी हौ। तिमी यहाँ पार्ट खेल्न आएका हौ। ८४ जन्मको पार्ट खेलेका छौ। पुनर्जन्म त अवश्य लिनुपर्छ नि। पुनर्जन्म ८४ हुन्छन्।

अब बेहदका बाबा आउनुभएको छ तिमी बच्चाहरूलाई बेहदको वर्सा दिन। बाबाले तिमी बच्चाहरू (आत्माहरू) सँग कुरा गरिरहनुभएको छ। अरू सतसङ्गहरूमा मनुष्यले मनुष्यलाई भक्तिमार्गका कुरा सुनाउँछन्। आधाकल्प विश्व स्वर्ग भएको बेलामा एक जना पनि पतित थिएनन्। यस समयमा एक जना पनि पावन छैनन्। यो हो नै पतित दुनियाँ। गीतामा श्रीकृष्ण भगवानुवाच लेखिदिएका छन्। उहाँले त गीता सुनानुभएन। यिनीहरूले आफ्नो धर्मशास्त्रलाई पनि जान्दैनन्। आफ्नो धर्मलाई नै भुलेका छन्। हिन्दु कुनै धर्म होइन। धर्म मुख्य चार छन्। पहिला हो आदि सनातन देवीदेवता धर्म। सूर्यवंशी र चन्द्रवंशी दुवैलाई मिलाएर भनिन्छ देवीदेवता धर्म, डिटिज्म। त्यहाँ दुःखको नाम थिएन। २१ जन्म त तिमी सुखधाममा थियौ, फेरि रावण राज्य, भक्तिमार्ग सुरु हुन्छ। भक्तिमार्ग हो नै तल झर्ने मार्ग। भक्ति हो रात, ज्ञान हो दिन। अहिले छ घोर अन्धकार रात। शिवजयन्ती र शिवरात्रि, दुवै शब्द आउँछन्। शिवबाबा कहिले आउनुहुन्छ? जुनबेला रात्रि हुन्छ, सबै घोर अन्धकारमा हुन्छन् त्यसपछि बाबा आउनुहुन्छ। गुडियाहरूको पूजा गरिरहन्छन्, एउटाको पनि जीवनी जान्दैनन्। यी भक्तिमार्गका शास्त्रहरू पनि बन्नु नै छ। यो ड्रामा, सृष्टि चक्रलाई पनि बुझ्नुछ। शास्त्रहरूमा यो ज्ञान छैन। त्यो हो भक्तिको ज्ञान, दर्शन। त्यो कुनै सदगतिमार्गको ज्ञान होइन। बाबा भन्नुहुन्छ– म आएर तिमीलाई ब्रह्माद्वारा यथार्थ ज्ञान सुनाउँछु। पुकार्छन् पनि, हामीलाई सुखधाम, शान्तिधामको बाटो बताउनुहोस्। बाबा भन्नुहुन्छ– आजभन्दा ५ हजार वर्ष पहिला सुखधाम थियो, जसमा तिमीले सारा विश्वमा राज्य गर्थ्यौ। सूर्यवंशी राजवंशको राज्य थियो। बाँकी सबै आत्माहरू शान्तिधाममा थिए। त्यहाँ ९ लाखको गायन गरिन्छ। तिमी बच्चाहरूलाई आजभन्दा ५ हजार वर्ष पहिला धेरै धनवान बनाएको थिएँ। यति धन दिएँ, फेरि तिमीले त्यो कहाँ गुमायौ? तिमी कति धनवान थियौ। यही भारतखण्ड सबैभन्दा उच्चभन्दा उच्च खण्ड हो। सबैको वास्तवमा यो तीर्थ हो, किनकि पतितपावन बाबाको जन्मस्थान हो। जुनसुकै धर्मका हुन्, सबैको बाबा आएर सदगति गर्नुहुन्छ। अहिले रावणको राज्य सारा सृष्टिमा छ, केवल लङ्कामा थिएन। सबैमा ५ विकार प्रवेश छन्। सूर्यवंशी राज्य हुँदा यी विकार नै थिएनन्। विश्व निर्विकारी थियो। अहिले विकारी छ। सत्ययुगमा दैवी सम्प्रदाय थियो। उनीहरू नै फेरि ८४ जन्म भोगेर अहिले आसुरी सम्प्रदाय बनेका छन्, फेरि दैवी सम्प्रदाय बन्छन्। भारतवर्ष धेरै धनवान थियो। अहिले गरिब बनेको छ, त्यसैले भीख मागिरहेका छन्।

बाबा भन्नुहुन्छ– तिमी कति धनवान थियौ। तिम्रोजस्तो सुख अरू कसैलाई पनि मिल्न सक्दैन। तिमी सारा विश्वका मालिक थियौ, धरती आकाश सबै तिम्रा थिए। बाबाले स्मृति दिलाउनुहुन्छ, स्वर्ग शिवबाबाबाट स्थापना गरिएको शिवालय थियो। त्यहाँ पवित्रता थियो, त्यो नयाँ दुनियाँमा देवीदेवताहरूले राज्य गर्थे। मानिसहरूलाई त यो पनि थाहा छैन– राधाकृष्णको आपसमा के सम्बन्ध छ? दुवै अलग अलग राजधानीका थिए, फेरि स्वयंवरपछि लक्ष्मीनारायण बनेका हुन्। यो ज्ञान कुनै मनुष्यमा छैन। परमपिता परमात्मा नै ज्ञानको सागर हुनुहुन्छ, उहाँले नै तिमीलाई यो रुहानी ज्ञान दिनुहुन्छ, यो आध्यात्मिक ज्ञान केवल एक बाबाले नै दिन सक्नुहुन्छ। अब बाबा भन्नुहुन्छ– आत्म अभिमानी बन। म तिम्रो परमपिता परमात्मा शिवलाई याद गर। यादबाट नै सतोप्रधान बन्छौ। तिमी यहाँ आउँछौ नै मनुष्यबाट देवता अथवा पतितबाट पावन बन्न। अहिले यो हो रावण राज्य। भक्तिमार्गमा रावण राज्य सुरुहुन्छ। रावणले कुनै एक सीतालाई चोरेको होइन। तिमी सबै भक्ति गर्नेहरू, रावणको चङ्गुलमा छौ। सारा सृष्टि ५ विकाररूपी रावणको कैदमा छ। सबै शोक वाटिकामा दुःखी छन्। बाबा आएर सबैलाई मुक्त गर्नुहुन्छ। अब बाबाले फेरि स्वर्ग बनाइरहनुभएको छ। यस्तो होइन– अहिले जोसँग धेरै धन छ, उनीहरू स्वर्गमा छन्। होइन, अहिले हो नै नर्क। सबै पतित छन्, त्यसैले गङ्गामा गएर स्नान गर्छन्, सम्झन्छन्– गङ्गा पतितपावनी हो। तर पावन त कोही बन्दैनन्। पतितपावन त बाबालाई नै भनिन्छ, नदीहरूलाई होइन। यो सबै भक्तिमार्ग हो। बाबाले नै यी कुराहरू आएर सम्झाउनुहुन्छ। अब तिमीलाई यो त थाहा छ– एक हुनुहुन्छ लौकिक बाबा, अर्को फेरि प्रजापिता ब्रह्मा हुनुहुन्छ अलौकिक बाबा र उहाँ पारलौकिक बाबा। तीन बाबा हुनुहुन्छ। शिवबाबाले प्रजापिता ब्रह्माद्वारा ब्राह्मण धर्म स्थापना गर्नुहुन्छ। ब्राह्मणहरूलाई देवता बनाउनको लागि राजयोग सिकाउनुहुन्छ। एकैपटक बाबा आएर आत्माहरूलाई राजयोग सिकाउनुहुन्छ। आत्माहरूले पुनर्जन्म लिन्छन्। आत्माले नै भन्छ– मैले एक शरीर छोडेर अर्को लिन्छु। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर, अनि तिमी पावन बन्छौ। कुनै पनि देहधारीलाई याद नगर। अहिले यो हो मृत्युलोकको अन्त्य। अमरलोकको स्थापना भइरहेको छ। बाँकी सबै अनेक धर्म खतम हुनेछन्। सत्ययुगमा एउटै देवता धर्म थियो। फेरि त्रेतामा चन्द्रवंशी रामसीता। तिमी बच्चाहरूलाई सारा चक्रको याद दिलाउनुहुन्छ। शान्तिधाम, सुखधामको स्थापना गर्नुहुन्छ नै बाबाले। मनुष्यले मनुष्यलाई सदगति दिन सक्दैन। ती सबै भक्तिमार्गका गुरु हुन्। भक्तिमार्गमा मनुष्यले अनेक प्रकारका चित्र बनाएर पूजा गरेर फेरि गएर भन्छन्– डुब, डुब। धेरै पूजा गर्छन्, खुवाउँछन् पिलाउँछन्, तर खान्छन् त ब्राह्मणहरूले। यसलाई भनिन्छ गुडियाको पूजा। कति अन्धश्रद्धा छ। अब उनीहरूलाई कसले सम्झाउने।

बाबा भन्नुहुन्छ– अहिले तिमी हौ ईश्वरीय सन्तान। तिमीले अहिले बाबाबाट राजयोग सिकिरहेका छौ। यहाँ राजधानी स्थापना भइरहेको छ। प्रजा त धेरै बन्नुछ। करोडौँमा कोही राजा बन्छन्। सत्ययुगलाई भनिन्छ फूलहरूको बगैँचा। अहिले छ काँडाहरूको जङ्गल। अहिले रावण राज्य परिवर्तन भइरहेको छ। यो विनाश हुनु नै छ। यो ज्ञान अहिले केवल तिमी ब्राह्मणहरूलाई मिल्छ। लक्ष्मीनारायणलाई पनि यो ज्ञान हुँदैन। यो ज्ञान प्रायः लोप हुन्छ। भक्तिमार्गमा कसैले पनि बाबालाई चिन्दैनन्। बाबा नै रचयिता हुनुहुन्छ। ब्रह्मा-विष्णु-शङ्कर पनि रचना हुन्। परमात्मालाई सर्वव्यापी भन्नाले सबै बाबा हुन्छन्। वर्साको हक हुँदैन। बाबा त आएर सबै बच्चाहरूलाई वर्सा दिनुहुन्छ। सबैका सदगतिदाता एउटै बाबा हुनुहुन्छ। यो पनि सम्झाइएको छ– ८४ जन्म उनीहरूले लिन्छन् जो पहिला सुरुमा सत्ययुगमा आउँछन्। क्रिस्चियनहरूको कति जन्म हुन्छ? लगभग ४० जन्म हुन्छ। यसरी हिसाब निकालिन्छ। एक भगवानलाई खोज्नको लागि कति ठक्कर खान्छन्। अहिले तिमीले ठक्कर खाँदैनौ। तिमीले केवल एक बाबालाई याद गर्नुछ, यो हो यादको यात्रा। यो हो पतितपावन परमपिता परमात्माले स्थापना गर्नुभएको ईश्वरीय विश्व विद्यालय। तिम्रो आत्माले पढ्छ। साधुसन्तले फेरि भनिदिन्छन्– आत्मा निर्लेप छ। अरे आत्माले नै कर्म अनुसार अर्को जन्म लिनुपर्छ। आत्माले नै राम्रो वा नराम्रो काम गर्छ। यस समयमा तिम्रो कर्म विकर्म हुन्छ। सत्ययुगमा कर्म अकर्म हुन्छन्। त्यहाँ विकर्म हुँदैन। त्यो हो पुण्य आत्माहरूको दुनियाँ। यी सबै बुझ्ने र बुझाउने कुराहरू हुन्। अच्छा!

मीठे-मीठे सिकिलधे नम्बरवार पुरुषार्थ अनुसार काँडाबाट फूल बन्ने बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) काँडाबाट फूल बनेर फूलहरूको बगैँचा (सत्ययुग) स्थापना गर्ने सेवा गर्नुछ। कुनै पनि नराम्रो कर्म गर्नुछैन।

२) रुहानी ज्ञान जुन बाबाबाट सुनेको छौ, त्यही सबैलाई सुनाउनुछ। आत्म अभिमानी बन्ने मेहनत गर्नुछ एक बाबालाई नै याद गर्नुछ, कुनै देहधारीलाई होइन।

वरदान:–
निन्दा - स्तुति , जयपराजयमा समान स्थिति मा रहने बाबासमान सम्पन्न ए व ं सम्पूर्ण भव

आत्माको सम्पूर्ण एवं सम्पन्न स्थिति बनिसकेपछि निन्दास्तुति, जयपराजय, सुख-दुःख सबैमा समानता हुन्छ। दुःखमा पनि अनुहार एवं मस्तकमा दुःखको लहरको सट्टा सुख वा हर्षको लहर देखिनु, निन्दा सुन्दा पनि अनुभव हुनु– यो निन्दा होइन, सम्पूर्ण स्थितिलाई परिपक्व बनाउनको लागि यो महिमायोग्य शब्द हो– यस्तो समानता रह्यो भने भनिन्छ बाबासमान। अलिकति पनि वृत्तिमा यो नआओस्– यो दुस्मन हो, गाली गर्नेवाला हो र यो महिमा गर्नेवाला हो।

स्लोगन:–
निरन्तर योग अभ्यासमा अटेन्सन दियौ भने फस्ट डिभिजनको नम्बर मिल्छ।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन

ब्राह्मण परिवारको विशेषता हो– अनेक हुँदा पनि एक। तिम्रा सबै सेवाकेन्द्रहरूको भाइब्रेसन यस्तो होस्, जसले गर्दा सबैलाई महसुस होस्– यिनीहरू अनेक होइनन् तर एक छन्। तिम्रो एकताको भाइब्रेसनले सारा विश्वमा एक धर्म, एक राज्य स्थापना गर्छ। त्यसैले विशेष अटेन्सन दिएर भिन्नतालाई मेटाएर एकता कायम गर।