05.08.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे – तिमीले
आफ्नो योगबलले यस पुरानो दुनियाँलाई परिवर्तन गरेर नयाँ बनाउँछौ , तिमी रुहानी
सेवाको लागि प्रकट भएका हौ। ”
प्रश्न:–
इमानदार सच्चा
पुरुषार्थी बच्चाहरूका निसानी के हुन्छन्?
उत्तर:–
इमानदार
बच्चाहरूले कहिल्यै पनि आफ्नो भुललाई लुकाउँदैनन्। तुरुन्तै बाबालाई सुनाउँछन्।
उनीहरू धेरै धेरै निरहङ्कारी हुन्छन्, उनीहरूको बुद्धिमा सदा यही विचार रहन्छ जस्तो
कर्म मैले गर्छु...। २- उनीहरूले कसैको डिससर्भिसको गायन गर्दैनन्। आफ्नो सेवामा
लागिरहन्छन्। उनीहरूले कसैको पनि अवगुण हेरेर आफ्नो दिमाग बिगार्दैनन्।
गीत:–
धीरज धर मनुवा...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूप्रति रुहानी बाबाले धैर्य दिनुहुन्छ। जसरी लौकिक पिताले पनि धैर्य
दिनुहुन्छ नि! कोही बिरामी भएछ भने उसलाई सान्त्वना दिन्छन्, तिम्रो रोगका दुःखका
दिन परिवर्तन भएर सुखका दिन आउनेछन्। ती हदका पिताले हदको धैर्य दिन्छन्। अब उहाँ त
बेहदका बाबा हुनुहुन्छ, जसले बच्चाहरूलाई बेहदको धैर्य दिइरहनुभएको छ। प्यारा
बच्चाहरू! अब तिम्रा सुखका दिन आइरहेका छन्। यी दु:खका दिन थोरै दिन बाँकी छन्। अब
तिमी बाबाको यादमा रहेर अरूलाई पनि सिकाऊ। तिमी पनि शिव शक्तिहरू हौ नि! शिवबाबाको
शक्ति सेना फेरि प्रकट भएको छ। यी (गोप) पनि आत्माहरू हुन्। यिनीहरू सबैले शिवबाट
शक्ति लिन्छन्। तिमीले पनि शक्ति लिन्छौ। बाबाले सम्झाउनुभएको छ, यसमा कृपा वा
आशीर्वादको कुनै कुरा छैन। यादमा रहेर शक्ति लिँदै जाऊ। यादबाट नै तिम्रो विकर्म
विनाश हुन्छ र तिमी शक्तिमान् बन्दै जानेछौ। शिवको शक्ति सेना यति सर्वशक्तिमान्
थियो, जसले पुरानो दुनियाँलाई परिवर्तन गरेर नयाँ बनाइदियो। तिमीलाई थाहा छ, योगबलले
हामीले यस पुरानो दुनियाँलाई परिवर्तन गर्छौँ। मानिसहरूले पनि औँलाले यसरी इसारा
गरेर अल्लाहलाई, भगवानलाई याद गर भन्छन्। तिमी बच्चाहरूले अहिले बुझेका छौ– बाबाको
यादले यो ढुङ्गाहरूको पहाड अर्थात् दुनियाँ परिवर्तन हुनेछ। अहिले हामीले परिस्तान
स्थापन गरिरहेका छौँ। बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– प्रदर्शनीमा खुब सेवा गर,
मेहनत गर, जति समय मिल्छ त्यसमा बसेर सिक। यो धेरै सहज छ। तिमी बच्चाहरूलाई हर
प्रकारको शिक्षा मिलिरहन्छ। हरेकको कर्मको हिसाब हुन्छ। कन्याहरूको कर्म राम्रो
हुन्छ। जसको विवाह भएको छ, उनीहरूले भन्छन्– यस समयमा हामी कन्या हुन्थ्यौँ भने यी
सबै जन्जिरहरूबाट छुटेका, स्वतन्त्र पन्छी (फ्री बर्ड) हुन्थ्यौँ। कन्याहरू
स्वतन्त्र पन्छी हुन्। तर नराम्रो सङ्गतमा आए भने नोक्सान हुन्छ। स्त्रीलाई पुरुष,
बच्चाहरू आदिका कति जन्जिरहरू छन्, यसमा रीतिरिवाज आदिको कति बन्धन हुन्छ।
कन्याहरूलाई कुनै बन्धन आदि हुँदैन। अहिले मुम्बईमा पनि कन्याहरू तयार भइरहेका छन्।
भन्छन्, हामीले आफ्नो प्रान्तलाई आफैले सम्हाल्नेछौँ। सबैले आफ्नो प्रान्तको लागि
कति मेहनत गर्छन्। भन्छन्, हाम्रो गुजरात, हाम्रो यु.पी.... तिमीले अहिले आफ्नो
स्वराज्य लिन्छौ, यसमा म फलानो हुँ, फलानो प्रान्तको हुँ, यो पनि नरहोस्। तिमीले
कसैसँग पनि ईर्ष्या गर्नुहुँदैन। कसैको अवगुण आदि देखेर विवेक गुमाउनुहुँदैन।
आफैलाई हेर्नुपर्छ, मैले कति आत्माहरूलाई, दिदीबहिनी, दाजुभाइहरूलाई सुखको बाटो
बताएको छु! बाटो बताएनौ भने तिमी कुनै कामको भएनौ। दिलमा चढ्न सक्दैनौ। बापदादाको
दिलमा चढेनौ भने तख्तमा बस्न सक्दैनौ। बाबालाई थाहा छ– कुनै कुनै बच्चालाई सेवाको
धेरै सोख हुन्छ। अलिकति पनि देहको अभिमान हुँदैन। कोही कोही त धेरै अहङ्कारमा
रहन्छन्। उनीहरूले आफैमाथि होइन, बाबामाथि कृपा गरेका छौँ भन्ने ठान्छन्। कहिल्यै
पनि कसैको अवगुणलाई देख्नुहुँदैन। फलानो यस्तो छ, यो गर्छ। आजकाल यस्ता बाठा पनि
हुन्छन्, जसले एकअर्काको डिससर्भिसको कुरा गर्छन्। फलानोले यो गर्छ, यस्तो छ। अरे,
तिमीले आफ्नो सेवा गर। ब्राह्मण बच्चाहरूको काम हो सेवामा लाग्नु। बाबा बस्नुभएको
छ, बाबाकहाँ सबै समाचार आउँछन्। हरेकको अवस्थालाई बाबाले जान्नुहुन्छ। बच्चाहरूको
सेवा देखेर महिमा पनि गर्नुहुन्छ। बच्चाहरूमा सेवाको जोस आउनुपर्छ। हरेकले आफ्नो
कल्याण गर्नु छ– यस रुहानी सेवाबाट। त्यो कामधन्दा आदि त जन्मजन्मान्तर गर्दै आयौ।
यो कामधन्दा कुनै विरलै व्यापारीले गर्छ। बाबाले सेवाको धेरै सहज तरिका बताउनुहुन्छ।
कहिल्यै पनि अरूको निन्दा नगर। यस्तो निन्दा धेरैले गर्छन्। राम्रा राम्रा
महारथीहरूलाई पनि मायाले नाकमा समात्छ। बाबालाई याद गरेनौ भने मायाले समात्नेछ।
बाबाले पनि भन्नुहुन्छ नि! मलाई साधारण तनमा आएको देखेर चिन्न सक्दैनन्। बाबालाई पनि
सल्लाह दिन्छन्, यस्तो यस्तो गर्नुपर्छ। अवस्था यस्तो छ, बाबाले अलिकति पनि यसरी
गर्नुभयो भने ट्रेटर बन्नेछन्। बाबालाई पनि आफ्नो मत पठाइदिन्छन्। भनाइ छ नि– चूहे
लदी.... (मुसाले बेसारको गानो पायो भने आफूलाई पन्सारी ठान्छ) हामीले डिससर्भिस
गर्छौँ भन्ने बुझ्दैनन्। भुलहरू त धेरैबाट भइरहन्छन्। कहिले अवस्था उच्च, कहिले नीच,
यो चल्दै आएको छ। हरेकले आफ्नो अवस्थालाई हेर्नुछ। इमानदार बच्चाहरूले आफ्नो अवस्था
तुरुन्तै बताउँछन्। कसैले त आफ्ना भुलहरू लुकाउँछन्, यसमा ठुलो निरहङ्कारीपन
चाहिन्छ। सेवालाई बढाउनमै लाग्नुपर्छ। सधैँ यो विचार हुनुपर्छ– जस्तो कर्म मैले
गर्छु, मलाई देखेर अरूले गर्नेछन्। मैले कसैको निन्दा गरेँ भने अरूले पनि निन्दा
गर्न थाल्नेछन्। धेरैलाई यो विचार आउँदैन। बाबा सम्झाउनुहुन्छ– तिमी आफ्नो सेवामा
लाग। नत्र धेरै पछुताउनेछौ। दुस्मन पनि धेरै बन्छन्।
तिमी अहिले शूद्रबाट
परिवर्तन (ट्रान्सफर) भएर ब्रह्मामुख वंशावली ब्राह्मण भएका छौ। जसमा ५ विकार छन्–
उनीहरू हुन् आसुरी सम्प्रदाय, तिमी हौ दैवी सम्प्रदाय। तिमीले देवता बन्नको लागि
विकारहरूमाथि विजय प्राप्त गरिरहेका छौ। देवताहरू त यहाँ छैनन्। देवताहरू हुनेछन्
सत्ययुगमा। तिमी अहिले दैवी सम्प्रदाय बनिरहेका छौ।
तिमी बच्चाहरूलाई
अहिले सम्झाउनको लागि चान्स मिल्छ। प्रदर्शनीमा सम्झाइराख। प्रदर्शनी, मेलामा हरेकको
लक्षण थाहा हुन्छ। प्रोजेक्टरमा त कसैलाई सम्झाउन सक्दैनौ। सामुन्ने सम्झाएमा नै
बुझ्न सक्नेछन्। प्रदर्शनी मेला राम्रो कुरा हो, त्यसमा लेख्न पनि सक्छन्। प्रदर्शनी
मेलाको सोख हुनुपर्छ। नियमित पढेमा नै नसा चढ्नेछ। बाँधेली हौ, घरैमा बसेर बाबालाई
याद गरिरह्यौ भने विकर्म विनाश हुनेछन्। घरमा बसेर याद गर्नु पनि राम्रो हो। तर
बच्चाहरूको लागि याद गर्न धेरै मुस्किल कुरा भएको छ। बाबा जसबाट २१ जन्मको वर्सा
मिल्छ, उहाँलाई याद गर्दैनन्। राम्रा राम्रा भाषण गर्ने महारथीहरूले पनि बाबालाई
याद गर्दैनन्। न सवेरै उठ्न सक्छन्। उठे भने पनि यादमा बसेपछि उङ्न थाल्छन्। याद
गर्नको लागि सवेरैको समय नै राम्रो हुन्छ। भक्तिमार्गमा पनि सवेरै उठेर यादमा
लाग्छन्। उनीहरूको त गिर्तीकला हो। यहाँ त चढ्ने कुरा नै हो। मायाले कति विघ्न
पार्छ। सवेरै उठेर बाबालाई याद गरेनौ भने धारणा कसरी हुन्छ, विकर्म विनाश कसरी
हुन्छन्। बाँकी केवल मुरली चलाउनु– त्यो त साना बच्चाहरूले पनि सिकेर सम्झाउन
थाल्छन्। यो पढाइ ठुलाहरूको लागि हो। यो कति ठुलो युनिभर्सिटी हो। हामीलाई कसले
पढाउनुहुन्छ– यसमा बच्चाहरूलाई नसा हुँदैन। मायाले कसैलाई धोका दिएछ भने पनि हामी
त्यसलाई नहेरी आफ्नो सेवामा लागिरहनुछ। बाबा समक्ष सबै समाचार आइरहन्छन्। कोही देह
अभिमानमा आउछन् र भन्छन्, यिनीहरूले यस्तो गर्छन्, यो गर्छन्, अरूको नै निन्दा गर्दै
समय बर्बाद (टाइम वेस्ट) गर्छन्। तिम्रो काम हो सेवामा रहनु। कुनै पनि कुरा भयो भने
बाबालाई इसारा देऊ, बस्। परचिन्तन गर्नुहुँदैन। तिमी बच्चाहरू दिनरात सेवामा
लाग्नुपर्छ। तिम्रो काम नै यही हो। दिनहुँ प्रदर्शनीमा सम्झाऊ, उहाँ शिवबाबा
हुनुहुन्छ, यी प्रजापिता ब्रह्मा हुन्। कल्प पहिला पनि प्रजापिता ब्रह्माको गायन
गरिएको थियो। बाबाले प्रजापिता ब्रह्माद्वारा मनुष्य सृष्टि रच्नुहुन्छ। यस्तो होइन
त्यतिबेला मानिसहरू नै थिएनन्। मनुष्य सृष्टि रच्नुहुन्छ अर्थात् काँडाहरूलाई फूल
बनाउनुहुन्छ। ब्रह्माद्वारा सृष्टि रच्नुहुन्छ भने माथि कहाँ सृष्टि रच्नुहुन्छ र!
ब्रह्मा त यहाँ हुनुहुन्छ नि! कति स्पष्ट सम्झाइन्छ।
बाबा भन्नुहुन्छ– म
धेरै जन्महरूको अन्त्यको जन्ममा ब्रह्मा तनमा प्रवेश गरेर मानिसलाई देवता बनाउँछु।
त्यसैले बच्चाहरूले सेवामा रातदिन मेहनत गर्नुपर्छ। कामधन्दा आदिबाट अलिकति समय
निकालेर यसमा लाग्नुपर्छ। यस्तो होइन फुर्सत मिल्दैन। बिरामी परेछौ भने के फेरि
भन्छौ फुर्सत छैन! पुरुषार्थ गर्नुपर्छ। प्रेरणाबाट केही पनि हुन सक्दैन। भगवानबाट
नै प्रेरणाद्वारा काम हुन सक्दैन भने अरूबाट फेरि कसरी हुन्छ। मानिसहरूले भगवानले
के गर्न सक्नुहुन्न भन्ने ठान्छन्। मरेकोलाई बिउँताउन सक्नुहुन्छ। अरे, भगवानलाई
तिमीले भन्छौ, हे पतित-पावन आएर हामीलाई पतितबाट पावन बनाउनुहोस्! बस् अरू कुनै कुरा
गर्नुपर्दैन। यस्तो कहाँ भन्छौ र, आएर मरेकोलाई बिउँताउनुहोस्। उहाँ हुनुहुन्छ नै
पतित-पावन। भारतवर्ष पावन थियो नि! बाबा भन्नुहुन्छ- म कल्प कल्प आएर पावन बनाउँछु।
माया फेरि आएर पतित बनाउँछ। अब फेरि म आएको छु पावन बनाउन। बाबाले कति सहज कुरा
बताउनुहुन्छ। युनानी वैद्य (हकिम) हरूले ठुलो रोगलाई पनि जडीबुटीहरूद्वारा सञ्चो
पारिदिन्छन्, फेरि उनीहरूको महिमा पनि हुन्छ। कसैलाई बच्चा वा धन मिल्यो भने भन्छन्,
गुरु कृपा भयो। अच्छा, बच्चा मरेछ भने भन्छन्, भावी। यी सबै कुरालाई अहिले तिमी
बच्चाहरूले बुझेका छौ। संन्यासीहरू पवित्र बन्छन्, त्यसैले उनीहरूको आदर (मान्यता)
हुन्छ। तर उनीहरू हुन् हठ योगी, उनीहरूले राजयोग सिकाउन सक्दैनन्। उनीहरू संन्यासी,
हामी गृहस्थी, फेरि हामीले आफूलाई उनीहरूका फलोअर कसरी भन्न सक्छौँ। बाबा त
भन्नुहुन्छ, बच्चाहरूले पूरा फलो गर्नु छ– मनमनाभव। मलाई याद गरेमा तिमी पवित्र
बन्नेछौ र मसँगै जानेछौ। म त सदा पावन हुँ। मानिसहरूले पतित बनाउँछन्, बाबा आएर
पावन बनाउनुहुन्छ। उहाँ पवित्रता, शान्ति, सुखको सागर हुनुहुन्छ। तिमीलाई पनि
त्यस्तै बनाइरहनुभएको छ। तिमीले योगबलद्वारा आत्मालाई पवित्र बनाउँछौ। जान्दछौ,
हामीलाई फस्टक्लास शरीर मिल्नेछ। यथार्थमा मानिसलाई देवता बनाउनु छ। यस्तो कहाँ हो
र, केवल देवताको लुगा आदि लगाउँछौ, यहाँ त आफैमाथि पूरा ध्यान दिनु छ। देह अभिमान
नआओस्। बाबा, हामीले त हजुरबाट वर्सा लिएरै छोड्छौँ। तिमीले पनि भन्छौ, हामीले सारा
विश्वलाई श्रेष्ठाचारी बनाएरै छोड्छौँ। निश्चय हुनेहरूले नै भन्छन् नि! कसैले त
भन्छन्, यति थोरै समयमा कसरी हुन्छ। वास्तवमा कहिल्यै पनि यो संशय ल्याउनुहुँदैन।
संशय आएपछि फेरि सेवामा ढिलासुस्ती गर्छन्। समय धेरै कम छ। जति सकिन्छ खुब
पुरुषार्थ गर्नुपर्छ। अलिकति लडाइँ आदिको कहीँ हङ्गामा भयो भने फेरि हेर कति मेहनत
गर्न थाल्छन्। यो कुरा बुझ्छन् नि– हामी पूरा यादमा रहँदैनौँ, फेरि त्यस समयमा
सङ्घर्ष (कसमकस) गर्न त सक्दैनौँ। त्यस समयमा त धेरै आपतहरू आदि आइपर्छन्, त्यसैले
बाबा भन्नुहुन्छ, जति सकिन्छ छलाङ् मार्दै (ग्यालप) जाऊ। यो आत्माहरूको दौड (रेस)
हो। बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ। निसानामा गएर अर्थात् बाबाको घर गएर फेरि
आउनु छ नयाँ दुनियाँमा। यो धेरै राम्रो (फाइन) दौड हो। बाबा भन्नुहुन्छ– मलाई
स्पर्श (टच) गरेर अर्थात् मूलवतनमा गएर फेरि आउनु छ। पहिला सुरुमा उनीहरू आउनेछन्,
जो योगयुक्त हुनेछन्। सबैले चाहन्छन्, हामी मुक्तिधाममा जाऊँ। त्यसैले बाबा
भन्नुहुन्छ, मलाई याद गर्छौ भने मुक्तिधाम जानेछौ। मुक्तिधाम त सबैलाई मन पर्छ, फेरि
आउनेछौ पार्ट खेल्न। मोक्ष कसैलाई मिल्दैन। ईश्वरीय इतिहास भूगोलमा मोक्ष शब्द छैन।
एक सेकेन्डमा तिमीलाई जीवनमुक्ति मिल्छ, बाँकी सबै मुक्त हुनेछन्। रावण राज्यबाट
मुक्त हुनु नै छ, जसले पुरुषार्थ गर्छ उसैले उच्च पद पाउनेछ। तिमी बच्चाहरू धेरै
मीठो बन्नु छ। स्वभाव धेरै मीठो हुनुपर्छ। क्रोधी बन्नुहुँदैन, दुर्वासाको नाम छ
नि! यी राजऋषिहरूमा पनि कोही कोही यस्ता छन्। सदैव आफ्नो दिलमा हात राख्नुपर्छ मैल
के गर्छु! यसबाट मलाई के पद मिल्छ! सेवा गरेनौ, आफूसमान बनाएनौ भने के पद मिल्छ।
थोरैमा राजी हुनुहुँदैन। बाबा भन्नुहुन्छ– म आएको छु बच्चाहरूलाई पूरा बादसाही दिन।
त्यसैले हिम्मत राखेर देखाउनुपर्छ। केवल भनाइले मात्र त हुन सक्दैन। बाबाको सेवामा
त हड्डी पनि दिनु छ। सेवा पनि गर्छन्, फेरि कहीँ देह अभिमान आएपछि नसा आउँछ र
गिर्छन्। माया पनि कम पहलवान् छैन। बाबाको श्रीमतमा नचलेमा मायाले आक्रमण गर्छ, अनि
बाबालाई छोडपत्र दिन्छन्। बाबाले सुखधामको मालिक बनाउनुहुन्छ त्यसैले आफैमाथि दया
आउनुपर्छ। बाबाले धेरै सजिलो सल्लाह दिनुहुन्छ। मायाका तुफान त धेरै आउनेछन् तर
महावीर बन्नु छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) सेवाको सोख राखेर आफ्नो र अरूको कल्याण गर्नु छ। कसैको डिससर्भिसको गायन गर्नु
छैन। परचिन्तनमा आफ्नो समय गुमाउनु छैन।
२) इमानदार र
निरहङ्कारी बनेर सेवालाई बढाउनु छ। सवेरै सवेरै उठेर बाबालाई प्यारले याद गर्नु छ।
भनाइ र गराइ समान बनाउनु छ।
वरदान:–
मनमनाभवको
स्थितिद्वारा मनका भावहरूलाई जान्ने सफलता स्वरूप भव
जुन बच्चाहरू
मनमनाभवको स्थितिमा स्थित रहन्छन्, उनीहरूले अरूको मनको भावलाई जान्न सक्छन्। बोली
चाहे जेसुकै होस् तर त्यसको भाव के हो, त्यसलाई जान्ने अभ्यास गर्दै जाऊ। हरेकको
मनको भावलाई बुझेमा उनीहरूको जुन चाहना वा प्राप्तिको इच्छा छ, त्यो पूरा गर्न
सक्नेछौ। यसबाट उनीहरू अविनाशी पुरुषार्थी बन्नेछन्, फेरि सेवाको सफलता थोरै समयमा
धेरै देखिनेछ र तिमी पुरुषार्थी स्वरूपको सट्टा सफलता स्वरूप बन्नेछौ।
स्लोगन:–
सुत्नेबेलामा
सबै कुरा बाबाको जिम्मा लगाएर खाली होऊ, अनि व्यर्थ वा विकारी स्वप्न आउनेछैनन्।
अव्यक्त इसारा :–
अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ ( पवित्र ) बन
तिमी आत्माहरू
ब्राह्मण जीवनमा यस्तो पवित्र बन्छौ, जसले शरीर पनि, प्रकृति पनि पवित्र बनाइदिन्छौ,
त्यसैले शरीर पनि पवित्र हुन्छ भने आत्मा पनि पवित्र हुन्छ। सम्पूर्ण पवित्र अर्थात्
अपवित्रताको अंश मात्र पनि हुनुहुँदैन किनकि जति पवित्रता छ, त्यति ब्राह्मण जीवनको
पर्सनालिटी हुन्छ। यदि पवित्रता कम छ भने पर्सनालिटी सामान्य। यो प्युरिटीको
पर्सनालिटीले सेवामा पनि सहजै सफलता दिलाउनेछ।