05.10.25 Avyakt Bapdada Nepali Murli 03.03.2007 Om Shanti Madhuban
परमात्म सङ्गमा ,
ज्ञानको , गुण र शक्तिहरूको रङ्ग लगाउनु नै सच्चा होली मनाउनु हो
आज बापदादा आफ्ना
लकिएस्ट र होलिएस्ट बच्चाहरूसँग होली मनाउन आउनुभएको छ। दुनियाँकाले त केवल कुनै पनि
उत्सव मनाउँछन् तर तिमी बच्चाहरूले केवल मनाउँदैनौ, मनाउँछौ अर्थात् बन्छौ। त्यसैले
तिमी होली अर्थात् पवित्र आत्माहरू बन्यौ। तिमीहरू सबै कुन आत्मा हौ? होली अर्थात्
महान पवित्र आत्माहरू। दुनियाँकाले त शरीरलाई स्थूल रङ्गले रङ्गाउँछन् तर तिमी
आत्माहरूले आत्मालाई कुन रङ्गमा रङ्गायौ? सबैभन्दा राम्रोभन्दा राम्रो रङ्ग कुन हो?
अविनाशी रङ्ग कुन हो? तिमीलाई थाहा छ, तिमीहरू सबैले आत्मालाई परमात्म सङ्गको रङ्ग
लगायौ जसबाट आत्मा पवित्रताको रङ्गमा रङ्गियो। यो परमात्म सङ्गको रङ्ग कति महान र
सहज छ त्यसैले परमात्म सङ्गको महत्त्व छ र अहिले अन्त्यमा पनि सतसङ्गको महत्त्व छ।
सतसङ्गको अर्थ नै हो परमात्म सङ्गमा रहनु, जो सबैभन्दा सहज र उच्चभन्दा उच्च
हुनुहुन्छ, यस्तो सङ्गमा रहन मुस्किल छ र? र यस सङ्गको रङ्गमा रहेमा जसरी परमात्मा
उच्चभन्दा उच्च हुनुहुन्छ त्यसैगरी तिमी बच्चाहरू पनि उच्चभन्दा उच्च पवित्र महान
आत्मा पूज्य आत्मा बन्यौ। यो अविनाशी सङ्गको रङ्ग प्यारो लाग्छ नि! दुनियाँकाले कति
प्रयत्न गर्छन् परम आत्माको सङ्गको त कुरै छोडौँ उनीहरूले केवल याद गर्नमा पनि कति
मेहनत गर्छन्। तर तिमी आत्माहरूले बाबालाई चिन्यौ, दिलबाट भन्यौ “मेरो बाबा”! बाबाले
भन्नुभयो “मेरो बच्चा!” र रङ्ग लाग्यो। बाबाले कुन रङ्ग लगाउनुभयो? ज्ञानको रङ्ग
लगाउनुभयो, अर्थात् गुणहरूको रङ्ग लगाउनुभयो, शक्तिहरूको रङ्ग लगाउनुभयो, जुन रङ्गले
तिमी त देवता बन्यौ तर अब कलियुग अन्त्यसम्म पनि तिम्रा पवित्र चित्र देव आत्माहरूका
रूपमा पुजिन्छन्। पवित्र आत्माहरू धेरै बन्छन्, महान आत्माहरू धेरै बन्छन्, धर्म
आत्माहरू धेरै बन्छन् तर तिम्रो पवित्रता, देव आत्माहरूको रूपमा आत्मा पनि पवित्र
बन्छ र आत्माको साथै शरीर पनि पवित्र बन्छ। यति श्रेष्ठ पवित्रता बन्यो कसरी? केवल
सङ्गको रङ्गले। तिमीहरू सबैले शुद्ध गर्वले भन्छौ, यदि कसैले तिमी बच्चाहरूलाई
सोध्यो, परमात्मा कहाँ रहनुहुन्छ? परमधाममा त हुनुहुन्छ नै तर अहिले सङ्गममा
परमात्मा तिम्रो साथमा कहाँ रहनुहुन्छ? तिमीले के जवाफ दिन्छौ? परमात्मालाई अहिले
हामी पवित्र आत्माहरूको दिलतख्त नै राम्रो लाग्छ। त्यस्तै हो नि? तिम्रो दिलमा बाबा
बस्नुहुन्छ, तिमी बाबाको दिलमा बस्छौ। जो बाबाको दिलमा बस्छौ तिमीहरूले हात उठाऊ।
दिलमा बस्छौ? (सबैले हात उठाए) अच्छा। धेरै राम्रो। शुद्ध गर्वले भन्छौ–
परमात्मालाई मेरो दिल सिवाय अरू कहीँ राम्रो लाग्दैन किनकि कम्बाइन्ड रहन्छौ नि!
कम्बाइन्ड रहन्छौ? कयौँ बच्चाहरूले कम्बाइन्डभन्दा पनि सदा बाबाको साथको लाभ
लिँदैनन्। साथी त बनायौ, पक्का छ। मेरो बाबा भन्यौ भने साथी त बनायौ तर हरेक समय
कम्पनीको अनुभव गर्नु, यसमा अन्तर पर्छ। यसमा बापदादाले देख्नुहुन्छ– नम्बर अनुसार
फाइदा उठाउँछन्। कारण के हुन्छ? तिमीहरू सबैले राम्रोसँग जान्दछौ।
बापदादाले पहिला पनि
सुनाउनुभएको छ– यदि दिलमा रावणको कुनै पुरानो जायदाद, पुरानो संस्कारको रूपमा रह्यो
भने रावणको चीज पराइ चीज भयो नि! पराइ चीजलाई कहिल्यै पनि आफुसँग राखिँदैन।
निकालिदिइन्छ। तर बापदादाले हेर्नुभएको छ, रुहरिहानमा सुन्नुहुन्छ पनि– बच्चाहरूले
के भन्छन्, बाबा मैले के गरूँ, मेरो संस्कार नै यस्तो छ। के यो संस्कार तिम्रो हो,
जे भन्छौ त्यो मेरो संस्कार हो? यो भन्नु सही हो– मेरो पुरानो संस्कार हो, मेरो
नेचर हो, सही हो? सही हो? जसले सम्झन्छौ सही हो, तिमीहरूले हात उठाऊ। कसैले उठाएनन्।
त्यसैले किन भन्छौ? गल्तीले भनिदिन्छौ? मरजीवा बन्यौ भने अहिले तिम्रो उपनाम (सरनेम)
के हो? पुरानो जन्मको उपनाम हो वा बी. के. को उपपनाम हो? आफ्नो उपनाम के लेख्छौ?
बी. के. वा फलानो, फलानो...? जब मरजीवा बन्यौ भने पुरानो संस्कार मेरो संस्कार कसरी
भयो? यो पुरानो त पराइ संस्कार भयो। मेरो त भएन नि! त्यसैले यस होलीमा केही त
जलाउँछौ नि! होली पनि जलाउँछन् र रङ्ग पनि लगाउँछन्, त्यसैले तिमीहरू सबैले यस
होलीमा के जलाउँछौ? मेरो संस्कार, यो आफ्नो ब्राह्मण जीवनको डिक्सनरीबाट समाप्त
गर्नु। जीवन पनि एक डिक्सनरी हो नि! त्यसैले अहिले कहिल्यै सपनामा पनि यो नसोच,
सङ्कल्पको त कुरा नै छोड तर पुरानो संस्कारलाई मेरो संस्कार मान्नु, यो सपनामा पनि
नसोच। अब त जुन बाबाको संस्कार त्यो तिम्रो संस्कार, सबैले भन्छौ नि हाम्रो लक्ष्य
हो बाबासमान बन्नु। त्यसैले सबैले आफ्नो दिलमा दृढ सङ्कल्पको यो प्रतिज्ञा आफैसँग
गरेका छौ? गल्तीले पनि मेरो नभन। मेरो मेरो भन्छौ नि, त्यसैले जो पुरानो संस्कार छ
त्यसले फाइदा उठाउँछ। मेरो भनेपछि त्यो संस्कार बस्छ, निस्किँदैन। बापदादाले सबै
बच्चाहरूलाई कुन रूपमा हेर्न चाहनुहुन्छ? जान्दछौ र मान्दछौ पनि। बापदादाले हरेक
बच्चालाई भ्रृकुटीको तख्तनसिन, स्वराज्य अधिकारी राजा बच्चा, अधीन बच्चा होइन, राजा
बच्चा, कन्ट्रोलिङ पावर, रुलिङ पावर, मास्टर सर्वशक्तिमान स्वरूपमा देखिरहनुभएको छ।
तिमीले आफ्नो कुन रूप देख्छौ? यही हो नि, राज्य अधिकारी हौ नि! अधीन त छैनौ नि?
अधीन आत्माहरूलाई तिमीहरू सबैले अधिकारी बनाउँछौ। आत्माहरूमाथि रहमदिल बनेर अधीनबाट
उनीहरूलाई पनि अधिकारी बनाउँछौ। त्यसोभए तिमीहरू सबै होली मनाउन आएका हौ नि?
बापदादालाई पनि खुसी छ– सबै स्नेहको विमानद्वारा आइपुग्यौ, सबैसँग विमान छ नि!
बापदादाले हरेक ब्राह्मणलाई जन्मिने बित्तिकै मनको विमानको उपहार दिनुभयो। त्यसैले
सबैसँग मनको विमान छ? विमानमा पेट्रोल भरीएको छ? पखेटा ठीक छन्? स्टार्ट गर्न चाहिने
सबै कुरा (आधार) ठीक छ? चेक गरेका छौ? यस्तो विमान जुन तीनै लोकमा सेकेन्डमा जान
सक्छ। यदि हिम्मत र उमङ्ग-उत्साहका दुवै पखेटा यथार्थमा छन् भने एक सेकेन्डमा
स्टार्ट हुन सक्छ। स्टार्ट गर्ने चाबी के हो? मेरो बाबा! मेरो बाबा भन्यौ भने मन जहाँ
पुग्न चाहन्छ त्यहाँ पुग्न सक्छ। दुवै पखेटा ठीक हुनुपर्छ। हिम्मत कहिल्यै
छोड्नुहुँदैन। किन? बापदादाको प्रतिज्ञा छ, वरदान छ, तिम्रो हिम्मतको एक कदम र हजार
कदम मद्दत बाबाको। चाहे जस्तोसुकै कडा संस्कार होस्, हिम्मत कहिल्यै नहार। कारण?
सर्वशक्तिमान बाबा मदतगार हुनुहुन्छ र कम्बाइन्ड हुनुहुन्छ, सदा हाजिर हुनुहुन्छ।
तिमीले हिम्मतले सर्वशक्तिमान कम्बाइन्ड बाबामाथि अधिकार राख र दृढ होऊ, हुनु नै छ,
बाबा मेरो, म बाबाको हुँ, यो हिम्मत नहार। त्यसैले के हुन्छ? जुन कसरी गरूँ, यो
सङ्कल्प उठ्छ, त्यो कसरी शब्द परिवर्तन गरेर यसरी भन्ने हुन्छ। कसरी गरूँ, के गरूँ,
होइन। यस्तो भइ नै सकेको छ। सोच्यौ, गर्छौं नै, हुन्छ, हुनु नै पर्छ, अनि बाबाले
मद्दत त दिनुहुन्छ...। भएकै छ, बाबा बाँधिनुभएको छ, दृढ निश्चयबुद्धिवानलाई मद्दत
दिनको लागि। केवल रूप अलिकति परिवर्तन गरिदिन्छौ, बाबामाथि हक राख्छौ तर रूप
परिवर्तन गरिदिन्छौ। बाबा हजुरले त मद्दत गर्नुहुन्छ नि! हजुर त बाँधिनुभएको छ नि!
त्यसैले ‘नि’ लगाइदिन्छौ। निश्चयबुद्धि, निश्चित विजय भइ नै हाल्छ किनकि बापदादाले
हरेक बच्चालाई जन्मिने बित्तिकै मस्तकमा विजयको तिलक लगाइदिनुभएको छ। दृढतालाई आफ्नो
तीव्र पुरुषार्थको चाबी बनाऊ। योजना धेरै राम्रो बनाउँछौ। बापदादाले जब रुहरिहान
सुन्नुहुन्छ, त्यतिबेला रुहरिहान धेरै हिम्मतको गर्छौ, योजना पनि धेरै शक्तिशाली
बनाउँछौ तर योजनालाई यथार्थमा लागू गर्दा प्लेन बुद्धि भएर गर्दैनौ। त्यसमा अलिकति
त भन्छौ, हुनु त पर्छ... यो स्वयंमा निश्चययुक्त सङ्कल्प होइन, तर व्यर्थ सङ्कल्प
मिसाइदिन्छौ।
अहिले समय अनुसार
स्पष्ट बुद्धि बनेर सङ्कल्पलाई साकार रूपमा ल्याऊ। अलिकति पनि कमजोर सङ्कल्प प्रकट
(इमर्ज) नगर। स्मृति राख– अहिले एकपटक गरिरहेका छैनौ, अनेकपटक गरेको कुरा केवल
रिपीट गरिरहेका छौ। याद गर कति पटक कल्प कल्प विजयी बनेका छौ! अनेकपटकका विजयी हौ,
विजय तिम्रो अनेक कल्पको जन्मसिद्ध अधिकार हो। यस अधिकारले निश्चयबुद्धि बनेर
दृढताको चाबी लगाऊ, विजय तिमी ब्राह्मण आत्माहरू बिना कहाँ जान्छ! विजय तिमी
ब्राह्मणहरूको जन्मसिद्ध अधिकार हो, गलामा लगाउने माला हो। यसको नशा छ नि? हुन्छ,
हुँदैन, होइन। भइ नै सकेको छ। यति निश्चयबुद्धि बनेर हरेक कार्य गरेमा विजय निश्चित
भइ नै हाल्छ। यस्ता निश्चयबुद्धि आत्माहरूले, यही नशा राख– विजय भइ नै हाल्छ, जेसुकै
भए पनि भइ नै हाल्छ, भइ नै हाल्छ। यही नशा राख। थियौ, छौ र हुन्छौ। त्यसैले यस्तो
होली भइसक्यौ नि! होलिएस्ट त हौ नै। त्यसोभए ज्ञानको गुलालको होली बापदादाबाट खेल्यौ,
अब अरू के खेल्छौ?
बापदादाले देख्नुभयो–
धेरैजसो सबैलाई उमङ्ग-उत्साह धेरै राम्रो आउँछ, यो गरिहाल्छौँ, यो गरिहाल्छौँ, यो
हुन्छ। बापदादा पनि धेरै खुसी हुनुहुन्छ तर यो उमङ्ग-उत्साह सदा इमर्ज रहोस्,
कहिलेकाहीँ मर्ज हुन्छ, कहिलेकाहीँ इमर्ज हुन्छ। मर्ज नहोस्, इमर्ज नै रहोस् किनकि
पूरा सङ्गमयुग नै तिम्रो उत्सव हो। उनीहरूले त कहिलेकाहीँ उत्सव त्यसैले मनाउँछन्,
किनकि धेरै समय टेन्सनमा रहन्छन् नि, त्यसैले सम्झन्छन्– उत्साहमा नाचौँ, गाऔँ, खाऔँ,
अनि परिवर्तन हुन्छ। तर तिमीहरूसँग त हर पल नाच्नु र गाउनु छँदैछ। तिमी सदा मनमा
खुसीले नाचिरहन्छौ नि! कि होइन! नाच्छौ, खुसीमा नाच्न जान्दछौ? नाच्न जान्दछौ? जसले
जान्दछौ तिमीहरूले हात उठाऊ। नाच्न जान्दछौ, अच्छा। जान्दछौ भने बधाई छ। त्यसोभए सदा
नाचिरहन्छौ वा कहिलेकाहीँ?
बापदादाले यस वर्षको
होमवर्क दिनुभएको थियो, दुई शब्द कहिल्यै नसोच, समटाइम (कुनै बेला), समथिङ (केही)।
त्यो गरेका छौ? कि अहिले पनि समटाइम छ? समटाइम, समथिङ समाप्त गर। यस नचाइमा थाक्ने
त कुनै कुरा नै छैन। चाहे सुतिरहे पनि, चाहे काम गरे पनि, चाहे पैदल हिँडे पनि, चाहे
बसे पनि, खुसीको नाच त नाच्न सक्छौ र बाबाको प्राप्तिहरूको गीत पनि गाउन सक्छौ। गीत
पनि आउँछ नि, यो गीत त सबैलाई आउँछ। मुखको गीत त कसैलाई आउँछ कसैलाई आउँदैन तर
बाबाको प्राप्तिहरूको, बाबाको गुणहरूको गीत त्यो त सबैलाई आउँछ नि! त्यसैले बस् हर
दिन उत्सव हो, हर घडी उत्सव हो, र सदा नाच र गाऊ अरू काम त दिएकै छैन। यिनै दुई काम
हुन् नि– नाच र गाऊ। त्यसैले मौज गर। बोझ किन उठाउँछौ? मौज गर, नाच गाऊ बस्। अच्छा।
होली त मनायौ नि! अब रङ्गको होली पनि मनाउँछौ? अच्छा तिम्रै भक्तले त नक्कल गर्छन्
नि! तिमीले भगवानसँग होली खेल्छौ भने भक्तहरूले पनि कुनै न कुनै तिमी देवी
देवताहरूसँग होली खेलिरहन्छन्। अच्छा।
आज कयौँ बच्चाहरूका
इमेल पनि आएका छन्, पत्र पनि आएका छन्, फोन पनि आएका छन्, जे जति साधन छन् तिनबाट
होलीको बधाई पठाएका छन्। बापदादासँग त सङ्कल्प गर्ने बित्तकै पुगिहाल्छ। तर
चारैतिरका बच्चाहरूले विशेष याद गर्छन् र गरेका छन्, बापदादाले पनि हरेक बच्चालाई
रिटर्नमा पदम पदम आशीर्वाद र पदमगुणा दिलको यादप्यार हरेकको नामसहित विशेषतासहित
दिइरहनुभएको छ। जब सन्देशी जान्छन् नि, त्यतिबेला हरेकले आआफ्नो तर्फको याद दिन्छन्।
कसैले दिन नपाएका भए पनि बापदादाको पासमा पुगिसकेको हुन्छ। यही त परमात्म प्यारको
विशेषता हो। यो एक एक दिन कति प्यारो छ। चाहे गाउँमा छन्, चाहे धेरै ठुला ठुला
सहरहरूमा छन्, गाउँवालेहरूको पनि याद साधन नहुँदा पनि बाबा समक्ष पुगिहाल्छ किनकि
बाबासँग आध्यात्मिक साधन त धेरै छन् नि! अच्छा।
आजकालको जमानामा
डाक्टरहरूले भन्छन्– औषधी छोड, एक्सरसाइज गर, त्यसैले बापदादाले पनि भन्नुहुन्छ–
युद्ध गर्न छोड, मेहनत गर्न छोड, सारा दिनमा ५-५ मिनेट मनको एक्सरसाइज गर। एक
मिनेटमा निराकारी, एक मिनेटमा आकारी, एक मिनेटमा सबै किसिमको सेवाधारी, यो ५ मिनेटको
मनको एक्सरसाइज सारा दिनमा भिन्न भिन्न समयमा गर। त्यसपछि सदा तन्दुरुस्त हुन्छौ,
मेहनतबाट बच्छौ। हुन सक्छ नि! मधुबन निवासी हुन सक्छ? मधुबन हो फाउन्डेसन, मधुबनको
भाइब्रेसन चारैतिर नचाहँदा पनि पुग्छहाल्छ। मधुबनमा कुनै पनि कुरा हुन्छ नि, त्यसपछि
सारा भारतवर्षमा, ठाउँ ठाउँमा अर्को दिन पुगिहाल्छ। मधुबनमा यस्ता कुनै साधन जडिएका
छन्, कुनै कुरा लुक्दैन, राम्रो पुरुषार्थ पनि त गरेका थियौ नि! त्यसैले मधुबनले जे
गर्छ त्यो भाइब्रेसन स्वत: र सहजै फैलिन्छ। पहिला मधुबन निवासीले व्यर्थ
विचारहरूलाई रोक, हुन सक्छ? हुन सक्छ? यहाँ अगाडि अगाडि बसेका छौ नि! मधुबन निवासीले
हात उठाऊ। त्यसैले मधुबन निवासीले आपसमा कुनै यस्तो योजना बनाऊ– व्यर्थ समाप्त होस्।
बापदादाले यो भन्नुहुन्न– सङ्कल्प नै बन्द गर। व्यर्थ सङ्कल्प समाप्त होस्। व्यर्थ
सङ्कल्पमा फाइदा त छैन। परेशानी नै छ। हुन सक्छ? जे मधुबन निवासीले सम्झन्छन्– आपसमा
मिटिङ गरेर यो गर्छौँ, तिमीहरूले हात उठाऊ। गर्छौ, गर्नुछ भने पूरा उठाऊ। दुई दुई
हात उठाऊ। बधाई छ। बापदादाले दिलबाट आशीर्वाद दिइरहनुभएको छ। बधाई दिनुहुन्छ।
हिम्मत छ मधुबन निवासीहरूमा, जे चाहन्छन् त्यो गर्न सक्छन्। गराउन पनि सक्छन्।
मधुबनका बहिनीहरू पनि छन्, बहिनीहरूले हात उठाऊ। पूरा हात उठाऊ। मिटिङ गर्नु।
दादीहरू, तिमीहरूले मिटिङ गराउनु। हेर हात सबैले उठाइरहेका छन्। अब हातको लाज राख्नु।
अच्छा।
ब्रह्माबाबाले लास्टमा
जुन वरदान दिनुभयो– निराकारी, निर्विकारी, निरहङ्कारी, यो ब्रह्माबाबाको लास्ट
वरदान, बच्चाहरूप्रलाई यो एक धेरै ठुलो सौगात हो। त्यसैले के अहिलेको अहिल्यै मनले
सेकेन्डमा ब्रह्माबाबाको सौगात स्वीकार गर्न सक्छौ? दृढ सङ्कल्प गर्न सक्छौ– बाबाको
सौगातलाई सदा यथार्थ जीवनमा ल्याउनुछ? किनकि आदि देवको सौगात कम छैन। ब्रह्मा ग्रेट
ग्रेट ग्रेन्ड फादर हुन्, उनको सौगात कम छैन। त्यसैले आआफ्नो पुरुषार्थ अनुसार
सङ्कल्प गर– आजको दिन होली अर्थात् जे बितिसक्यो, हो ली, भइसक्यो। तर अबदेखि
सौगातलाई बारम्बार इमर्ज गरेर ब्रह्माबाबालाई सेवाको रिटर्न दिन्छौँ। हेर
ब्रह्माबाबाले अन्तिम दिन, अन्तिम समयसम्म सेवा गरे। यो ब्रह्माबाबाको बच्चाहरूसँग
प्यार, सेवासँग प्यारको निसानी हो त्यसैले ब्रह्माबाबालाई रिटर्न दिनु अर्थात्
बारम्बार जीवनमा दिएको सौगातलाई रिभाइज गरेर यथार्थमा ल्याउनु। त्यसैले सबैले आफ्नो
दिलमा ब्रह्माबाबासँग स्नेहको रिटर्नमा दृढ सङ्कल्प गर, यो हो ब्रह्माबाबाको स्नेहको
सौगातको रिटर्न। अच्छा।
चारैतिरका लकीएस्ट,
होलीएस्ट बच्चाहरूलाई सदा दृढ सङ्कल्पको चाबी यथार्थमा लगाउने हिम्मतवाला
बच्चाहरूलाई, सदा आफ्नो मनलाई भिन्न भिन्न प्रकारको सेवामा व्यस्त राख्ने, कदममा
पदमहरूको कमाइ जम्मा गर्ने बच्चाहरूलाई, सदा हर दिन उत्साहमा रहने, हर दिनलाई उत्सव
सम्झेर मनाउने, सदा सौभाग्यशाली बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी
बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
लव र लवलीन
स्थितिको अनुभवद्वारा सबथोक भुल्ने सदा देहीअभिमानी भव
कर्ममा, वाणीमा,
सम्पर्कमा वा सम्बन्धमा लव र स्मृति वा स्थितिमा लवलीन रह्यौ भने सबथोक भुलेर
देहीअभिमानी बन्छौ। लवले नै बाबाको समीप सम्बन्धमा ल्याउँछ, सर्वस्व त्यागी बनाउँछ।
यस लवको विशेषताले वा लवलीन स्थितिमा रहेमा नै सर्व आत्माहरूको भाग्य वा लकलाई
जगाउन सक्छौ। यो लव नै लक वा भाग्यको लकको चाबी हो। यो मास्टर की हो। यसबाट
जस्तोसुकै दुर्भाग्यशाली आत्मालाई पनि सौभाग्यशाली बनाउन सक्छौ।
स्लोगन:–
स्वयंको
परिवर्तनको घडी निश्चित गरेमा विश्व परिवर्तन स्वत: हुन्छ।
अव्यक्त इसारा:– स्वयं
र सबैप्रति मनसाद्वारा योगको शक्तिहरूको प्रयोग गर
मनसा शक्तिको दर्पण
हो– बोली र कर्म। चाहे अज्ञानी आत्माहरू, चाहे ज्ञानी आत्माहरू– दुवैको
सम्बन्ध-सम्पर्कमा बोली र कर्म शुभभावना, शुभकामनाका हुन्। जसको मनसा शक्तिशाली वा
शुभ हुन्छ उसको वाचा र कर्मणा स्वत: नै शक्तिशाली शुद्ध हुन्छ, शुभचिन्तक हुन्छ।
मनसा शक्तिशाली अर्थात् यादको शक्ति श्रेष्ठ हुन्छ, शक्तिशाली हुन्छ, सहजयोगी
हुन्छन्।