05.10.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– आजसम्म
तिमीले जसको महिमा गाउँथ्यौ , उहाँ नै अब तिम्रो सामुन्ने हाजिर हुनुहुन्छ , त्यसैले
सदैव खुसीमा नाचिराख , कुनै कुराको दुःख नहोस्”
प्रश्न:–
पुरुषार्थी
बच्चाहरूले आफ्नो दिलमा कुन कुराको जाँच अवश्य गर्छन्?
उत्तर:–
अहिलेसम्म म
आत्मामा कुनै सानोतिनो काँडा त छैन? कामको काँडा सबैभन्दा तीखो हुन्छ। क्रोधको काँडा
पनि धेरै खराब छ। देवताहरू क्रोधी हुँदैनन्, त्यसैले प्यारा बच्चाहरू! कुनै काँडा छ
भने त्यसलाई निकालिदेऊ। आफूले आफूलाई घाटा नपार।
गीत:–
तुम मात पिता...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले आफ्नो बाबाको महिमा सुन्यौ। उनीहरूले पुकारिरहन्छन्, यहाँ तिमीले
यथार्थमा उहाँ बाबाबाट वर्सा लिइरहेका छौ। तिमीलाई थाहा छ, बाबाले हामीद्वारा
विश्वलाई स्वर्ग बनाइरहनुभएको छ। जसद्वारा बनाइरहनुभएको छ, अवश्य उनीहरू नै सुखधामका
मालिक बन्छन्। तिमी बच्चाहरूलाई त धेरै खुसी हुनुपर्छ। बाबाको महिमा अपरम्पार छ,
उहाँबाट हामीले वर्सा पाइरहेका छौँ। अहिले तिमी बच्चाहरूमाथि मात्र होइन, सारा
दुनियाँमाथि बृहस्पतिको दशा छ। अहिले यो कुरा तिमी ब्राह्मणहरूले नै जान्दछौ। सारा
विश्वमाथि बृहस्पतिको दशा रहेको छ किनकि अब तिमीहरू १६ कला सम्पूर्ण बन्छौ। यतिबेला
त कुनै कला छैन। तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। यस्तो हुनुहुँदैन, यहाँ खुसी
छ, बाहिर जाँदा हराउँछ। जसको महिमा गाइरहन्छौ, उहाँ अब तिम्रो सामुन्ने हाजिर
हुनुहुन्छ। बाबा सम्झाउनुहुन्छ– ५ हजार वर्ष पहिला पनि तिमीहरूलाई राज्य भाग्य दिएर
गएको थिएँ। अहिले तिमीले देख्छौ, बिस्तारै बिस्तारै सबैले पुकार्दै जानेछन्। तिम्रा
स्लोगन पनि निस्कँदै जानेछन्। जसरी कसैले भन्छन्, एक धर्म होस्, एक राज्य होस्, एक
भाषा होस्। त्यो पनि आत्माले नै भन्छ नि! तिमी आत्मालाई थाहा भएको छ, अवश्य प्राचीन
भारतवर्षमा देवीदेवताहरूको एउटा राजधानी थियो। यो सुगन्ध फैलिँदै जानेछ। तिमीले
सुगन्ध फैलाउँदै जान्छौ। ड्रामा प्लान अनुसार लडाइँका सङ्केतहरू पनि सामुन्ने
देखिएका छन्। यो कुनै नयाँ कुरा होइन। यो विश्व १६ कला सम्पूर्ण अवश्य बन्नु छ।
तिमीलाई थाहा छ, हामी यस योगबलद्वारा १६ कला सम्पूर्ण बनिरहेका छौँ। भनिन्छ नि– दे
दान तो छूटे ग्रहण। बाबा पनि भन्नुहुन्छ– विकारहरूको, अवगुणहरूको दान देऊ। यो रावण
राज्य हो नि! बाबा आएर यसबाट छुटाउनुहुन्छ, यसमा पनि काम विकार धेरै ठुलो अवगुण हो।
तिमी देह अभिमानी बनेका छौ। अब देहीअभिमानी बन्नुपर्छ। शरीरको पनि भान छोड्नुपर्छ।
यी कुराहरू तिमी बच्चाहरूले नै जान्दछौ, दुनियाँले जान्दैन। प्राचीन भारतवर्ष जुन
१६ कला सम्पूर्ण थियो, सम्पूर्ण देवताहरूको राज्य थियो। यी लक्ष्मीनारायणको राजधानी
थियो। प्राचीन भारतवर्ष स्वर्ग थियो। अब ५ विकारहरूको ग्रहण लागेको छ, त्यसैले बाबा
भन्नुहुन्छ– दे दान तो छूटे ग्रहण। यो काम विकारले नै गिराउने भएकाले बाबा
भन्नुहुन्छ– यो काम विकार दान दियौ भने १६ कला सम्पन्न बन्नेछौ। दिएनौ भने बन्दैनौ।
आत्माहरूलाई आ-आफ्नो पार्ट मिलेको छ नि! यो पनि तिम्रो बुद्धिमा छ। तिम्रो आत्मामा
कति पार्ट छ। तिमीले विश्वको राज्य भाग्य लिन्छौ। यो बेहदको ड्रामा हो, अथाह
कलाकारहरू छन्। यसमा यी लक्ष्मीनारायण फस्टक्लास कलाकारहरू हुन्, यिनीहरूको नम्बरवन
पार्ट छ। विष्णु नै ब्रह्मा सरस्वती, फेरि ब्रह्मा सरस्वती नै विष्णु बन्छन्।
यिनीहरूले ८४ जन्मको चक्कर कसरी लगाउँछन्, त्यो सबै तिम्रो बुद्धिमा आउँछ।
व्यापारीहरूले खाता राख्छन्, त्यसमा स्वस्तिक बनाउँछन्। गणेशको पूजा गर्छन्। यो
बेहदको खाता हो। स्वस्तिकमा ४ भाग हुन्छन्। जसरी पुरीमा चामलको हण्डी राख्छन्। त्यो
चामल पाकेपछि ४ भाग हुन्छ। त्यहाँ चामलको नै भोग लाग्छ। अहिले तिमी बच्चाहरूलाई कसले
पढाइरहनुभएको छ? परमप्रिय प्यारा बाबा आएर तिम्रो सेवक बन्नुभएको छ, उहाँले तिम्रो
सेवा गर्नुहुन्छ। मानिसहरूले त भनिदिन्छन्, आत्मा निर्लेप छ। अहिले तिमीलाई थाहा छ–
आत्मामा ८४ जन्मको पार्ट सदा रहिरहन्छ। त्यसलाई फेरि निर्लेप भन्नु कति रातदिनको
फरक हुन्छ। कसैले राम्रोसँग महिना, डेढ महिना बसेर बुझे भने पोइन्टहरू बुद्धिमा
बस्छन्। दिनप्रतिदिन धेरै पोइन्टहरू निस्कँदै जान्छन्। यो कस्तुरीजस्तै हो।
शास्त्रहरूमा त केही पनि सार छैन। बाबा भन्नुहुन्छ– त्यो अब बुद्धिबाट निकालिदेऊ।
ज्ञान सागर एक म नै हुँ। पूरा निश्चय बसिसकेपछि बुझ्छन्– अवश्य यी सबै भक्तिमार्गका
लागि हुन्। परमपिता परमात्माले नै आएर दुर्गतिबाट सद्गति दिनुहुन्छ। सिँढीमा पनि
स्पष्ट देखाउनु छ। भक्तिमार्ग सुरु भएपछि रावण राज्य सुरु हुन्छ। अहिले गीताको
अध्याय दोहोरिइरहेको छ। बाबा भन्नुहुन्छ– म कल्प कल्प, कल्पको सङ्गमयुगमा आउँछु।
उनीहरूले फेरि कछुवा, माछा अवतार हुन्छ भनिदिएका छन्। २४ अवतार भनिदिन्छन्। बाबा
भन्नुहुन्छ– अहिले तिमीलाई बृहस्पतिको दशा लागेको छ। मैले तिमीलाई स्वर्गको मालिक
बनाएँ। अहिले रावणले राहुको दशा लगाइदिएको छ। अब फेरि बाबा आउनुभएको छ स्वर्गको
मालिक बनाउन। त्यसैले आफूलाई घाटा पार्नुहुँदैन। व्यापारीहरूले आफ्नो खाता सदैव ठीक
राख्छन्। घाटा पार्नेलाई मूर्ख भनिन्छ। अब त उहाँ सबैभन्दा ठुलो व्यापारी हुनुहुन्छ।
कुनै विरलै व्यापारीले व्यापार गर्छन्। यही अविनाशी व्यापार हो, अरू व्यापार त सबै
माटोमा मिल्नेछन्। अहिले तिम्रो सच्चा व्यापार भइरहेको छ। बाबा बेहदको सौदागर,
रत्नागर हुनुहुन्छ... अनि उहाँलाई ज्ञानको सागर भनिन्छ। प्रदर्शनीमा हेर कति आउँछन्।
सेन्टरमा मुस्किलले कोही आउँछन्। भारतवर्ष त धेरै विशाल छ नि! सबै ठाउँमा तिमी जानु
छ। सारा दुनियाँमा पानीका गङ्गाहरू त छैनन्। यो पनि तिमीले सम्झाउनुपर्छ, पानीको
गङ्गा कुनै पतितपावनी होइन। तिमी ज्ञान गङ्गाहरू जानुपर्नेछ। चारैतिर प्रदर्शनी
मेलाहरू गरिरहनेछन्। दिनप्रतिदिन चित्रहरू पनि राम्रा राम्रा बन्दै जानेछन्। चित्र
यस्ता आकर्षक हुन् जसलाई देख्नेबित्तिकै खुसी मानुन् र भनुन् यिनीहरूले त राम्ररी
सम्झाउँछन्। अहिले लक्ष्मीनारायणको राजधानी स्थापन भइरहेको छ र ब्राह्मण धर्मको पनि
स्थापना भइरहेको छ। यी ब्राह्मणहरू नै देवीदेवता बन्छन्।
तिमीले अहिले
पुरुषार्थ गरिरहेका छौ, त्यसैले मनमा आफूलाई सोधिरहने गर– ममा कुनै सानोतिनो काँडा
त छैन! कामको काँडा त छैन! क्रोधको सानो काँडा, त्यो पनि धेरै खराब हुन्छ। देवताहरू
क्रोधी हुँदैनन्। शङ्करको आँखा खुलेपछि विनाश हुन्छ भन्ने देखाउँछन्। यो पनि एउटा
कलङ्क लगाएका छन्। विनाश त हुनु नै छ। सूक्ष्मवतनमा शङ्करले कुनै सर्प आदिको माला
कहाँ लगाउन सक्छन् र! त्यहाँ धरती नै कहाँ हुन्छ र, जहाँ सर्प आदि निस्किन्छन्।
आकाशमा सर्प कहाँ घुम्छन् र! सूक्ष्मवतन र मूलवतनमा बागबगैँचा, सर्प आदि केही पनि
हुँदैनन्। यी सबै यहाँ हुन्छन्। स्वर्ग पनि यहाँ नै हुन्छ। यतिबेला मानिसहरू
काँडासमान छन्, त्यसैले यसलाई काँडाहरूको जङ्गल भनिन्छ। सत्ययुग फूलहरूको बगैँचा
हो। तिमीले देख्छौ– बाबाले कसरी बगैँचा बनाउनुहुन्छ। सुन्दर बगैँचा बनाउनुहुन्छ।
सबैलाई सुन्दर बनाउनुहुन्छ। स्वयं त सदा सुन्दर हुनुहुन्छ। तिमी सबै सजनीहरूलाई
अर्थात् बच्चाहरूलाई सुन्दर बनाउनुहुन्छ। रावणले एकदम कालो बनाइदिएको छ। अब तिमी
बच्चाहरूलाई खुसी हुनुपर्छ– हामीलाई बृहस्पतिको दशा लागेको छ। आधा समय दुःख, आधा
समय सुख भयो भने यसबाट फाइदा नै के भयो र? हुँदैन, ३ चौथाइ सुख हुन्छ। ड्रामा यस्तै
बनेको छ। धेरै मानिसहरूले सोध्छन्, ड्रामा यस्तो किन बनाइएको हो? अरे, यो त अनादि
हो नि! ड्रामा यस्तो किन बन्यो, यो प्रश्न उठ्न सक्दैन। यो अनादि अविनाशी बनिबनाउ
ड्रामा हो। बनी बनाई बन रही... कसैलाई मोक्ष मिल्न सक्दैन। यो सृष्टि त अनादिदेखि
चलिआएको छ, चलिरहनेछ। प्रलय हुँदैन। बाबाले नयाँ दुनियाँ बनाउनुहुन्छ, तर यसमा कति
गुञ्जाइस छ। मानिसहरू पतित दुःखी भएपछि मात्रै पुकार्छन्। बाबा आएर सबैको काया
कल्पवृक्षसमान बनाउनुहुन्छ। तिम्रो आत्मा पवित्र बन्छ, त्यसपछि शरीर पनि पवित्र
मिल्छ। त्यसैले बाबाले तिम्रो काया कल्पवृक्ष बनाउनुहुन्छ। आधाकल्प कहिल्यै तिम्रो
अकालमा मृत्यु हुँदैन। तिमीले कालमाथि विजय प्राप्त गर्छौ। तिमी बच्चाहरूले धेरै
पुरुषार्थ गर्नुपर्छ। जति उच्च पद पाउँछौ, त्यति राम्रो हुन्छ। हरेकले धेरै कमाइको
लागि पुरुषार्थ गर्छन्। दाउरा बेच्नेले पनि भन्छन्, हामीले धेरै दाउरा लग्यौँ भने
धेरै कमाइ हुन्छ। कसैले त ठगी गरेर पनि कमाइ गर्छन्। त्यहाँ यस्तो कुनै दुःखको कुरा
हुँदैन। अब तिमीले बाबाबाट कति वर्सा लिन्छौ। आफै जाँच गर्नुपर्छ– के म स्वर्गमा
जानलायक छु? (नारदको उदाहरण) शास्त्रहरूमा त धेरै कुराहरू लेखिदिएका छन्। यी
तीर्थयात्रा आदि सबै छोड। गीत पनि छ नि– चारों तरफ लगाये फेरे फिर भी... अब बाबाले
तिमीलाई कति राम्रो यात्रा सिकाउनुहुन्छ, यसमा कुनै कष्ट छैन। केवल बाबा भन्नुहुन्छ–
म एकलाई याद गर, अनि विकर्म विनाश हुन्छ। तिमीलाई धेरै राम्रो युक्ति सुनाउँछु।
प्यारा बच्चाहरू तिमीहरूले सुन्छौ! यो मैले ऋण लिएको रथ हो। यी बाबालाई कति खुसी
हुन्छ। मैले बाबालाई आफ्नो शरीर ऋणमा दिएको छु। बाबाले मलाई विश्वको मालिक
बनाउनुहुन्छ। यिनको नाम पनि भागीरथ हो। तिमीलाई थाहा छ, बम आदि तयार भइरहेका छन्।
आगो लाग्नु छ। रावणको पुत्ला पनि बनाउँछन्, मार्नको लागि। यहाँ मार्ने आदिको त कुरा
छैन। कहाँ मार्ने आदिको कुरा, कहाँ यो रावणपुरी खतम भइरहेको छ। तिमी बच्चाहरूले
रामपुरीमा जानको लागि पुरुषार्थ गरिरहेका छौ। त्यसैले पूरा पुरुषार्थ गर्नु छ, काँडा
बन्नु छैन।
तिमीहरू
ब्राह्मण-ब्राह्मणी हौ। सबै कुरा मुरलीमा आधारित छ। तिमीलाई मुरली मिलेन भने तिमीले
के गर्छौ। यस्तो होइन, केवल एक ब्राह्मणीले मात्रै मुरली सुनाउनुपर्छ। जोसुकैले पनि
मुरली पढेर सुनाउन सक्छौ। भन्नुपर्छ– आज तिमीले सुनाऊ। अब त सम्झाउनको लागि चित्रहरू
पनि राम्रा बनेका छन्। यी मुख्य चित्रहरू आफ्नो पसलमा राखेर धेरैको कल्याण गर्नु छ।
त्यो व्यापारको साथसाथै यो व्यापार पनि गर। यो बाबाको अविनाशी ज्ञान रत्नहरूको पसल
हो। बाबाले कुनै भवन आदि नबनाऊ भनेर मनाही गर्नुहुन्न। ठिकै छ, बनाऊ। पैसा त माटोमा
मिल्नेछ। त्यसबाट किन भवन बनाएर आरामसँग नबस्ने! पैसा काममा लगाउनुपर्छ। भवन पनि
बनाऊ, खानको लागि पनि राख, दानपुण्य पनि गर। कस्मीरको राजा मर्दा जति उनको निजी
सम्पत्ति थियो, त्यो सबै आर्य समाजीहरूलाई दान दिएर गए। आफ्नो धर्मको लागि गर्छन्
नि! यहाँ त त्यो कुनै कुरा छैन। तिमी सबै बच्चाहरू हौ, दान आदिको कुरा छैन। त्यो हो
हदको दान। मैले त तिमीलाई विश्वको बादसाही दिन्छु। ड्रामा अनुसार तिमीहरूले नै
राज्य भाग्य लिन्छौ। भक्तिमार्गमा व्यापारीहरूले केही न केही धर्माउ अवश्य निकाल्छन्।
त्यसको प्रतिफल पनि अल्पकालको लागि अर्को जन्ममा मिल्छ। अब त म डाइरेक्ट आएको छु,
त्यसैले तिमीले यस कार्यमा लगाऊ। मलाई त केही चाहिँदैन। शिवबाबाले आफ्नो लागि भवन
बनाउनु पर्छ र! यो सबै ब्राह्मणहरूको हो। गरिब, धनवान सबै सँगै बस्छन्। त्यसैले यो
सबै बच्चाहरूकै हो। बुझिन्छ, घरमा यिनीहरू कसरी आरामसँग बस्छन्, त्यो प्रबन्ध
गरिदिनुपर्छ, त्यसैले भनिन्छ सबैको सत्कार गर। कुनै चिज नभए मिल्न सक्छ। बाबाको त
बच्चाहरूप्रति स्नेह हुन्छ। यति स्नेह अरू कसैको हुन सक्दैन। बाबाले तिमी
बच्चाहरूलाई कति सम्झाउनुहुन्छ– पुरुषार्थ गर, अरूको लागि पनि युक्ति रच। यसमा केवल
३ पाइला पृथ्वी चाहिन्छ, जसमा बच्चीहरूले सम्झाउँदै जान्छन्। कुनै ठुला मानिसको हल
रहेछ भने भन– हामीले जरुरी चित्रहरू राखिदिन्छौँ। बिहानबेलुका एक दुई घण्टा क्लास
गरेर जान्छौँ। खर्च सबै हाम्रो, नाम तपाईंको हुनेछ। धेरै आएर कौडीबाट हिराजस्तै
बन्नेछन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) अविनाशी बाबासँग सच्चा सच्चा अविनाशी व्यापार गर्नु छ। त्यो व्यापारको साथसाथै
यो व्यापारमा पनि समय दिनु छ। ज्ञान गङ्गा बनेर सबैलाई पावन बनाउनु छ।
२) ब्राह्मण जीवनको
आधार मुरली हो, जुन मुरली प्यारले सुन्नु र सुनाउनु छ। भित्र कुनै पनि काँडा छ भने
त्यसलाई निकालिदिनु छ। अवगुणहरूको दान गर्नु छ।
वरदान:–
रहमदिलको
भावनाद्वारा अपकारीमाथि पनि उपकार गर्ने शुभचिन्तक भव
कुनै आत्मा, जस्तोसुकै
चाहे सतोगुणी, चाहे तमोगुणी सम्पर्कमा आउन् तर सबैप्रति शुभचिन्तक अर्थात्
अपकारीमाथि पनि उपकार गर्ने व्यक्ति बन। कहिल्यै कुनै आत्माप्रति घृणाको दृष्टि
नहोस् किनकि तिमीलाई थाहा छ, यो अज्ञानको वशीभूत छ, बेसमझ छ। उनीहरूमाथि रहम वा
स्नेह गर, घृणा होइन। शुभचिन्तक आत्माले यस्तो सोच्दैन यसले यस्तो किन गर्छ, तर यस
आत्माको कल्याण कसरी हुन्छ– यही हो शुभचिन्तक स्टेज।
स्लोगन:–
तपस्याको
बलद्वारा असम्भवलाई सम्भव बनाएर सफलतामूर्त बन।
अव्यक्त इसारा:–
परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर।
परोपकारी आत्माहरू
त्रिकालदर्शी हुने भएकाले आत्माको सम्पूर्ण सहयोगलाई सामुन्ने राख्दै, हरेक आत्माको
कमजोरीलाई पहिचान गरेर उसको कमजोरीलाई स्वयंमा धारण गर्दैनन्, वर्णन गर्दैनन् तर
अन्य आत्माहरूको कमजोरीको काँडा कल्याणकारी स्वरूपद्वारा समाप्त पारिदिन्छन्।
काँडाको सट्टा– काँडालाई पनि फूल बनाइदिन्छन्।