06.06.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– भविष्य उच्च घराना मा आउने आधार हो पढाइ , यस पढाइले नै तिमी बेगर टु प्रिन्स बन्न सक्छौ।”

प्रश्न:–
गोल्डेन स्पुन इन माउथ दुई प्रकारले प्राप्त हुन सक्छ, कसरी?

उत्तर:–
एक भक्तिमा दानपुण्य गर्नाले, दोस्रो ज्ञानमा पढाइले। भक्तिमा दानपुण्य गर्छन् तब राजा वा धनवानको पासमा जन्म लिन्छन् तर त्यो भयो हदको। तिमीले ज्ञानको पढाइले गोल्डेन स्पुन इन माउथ पाउँछौ। यो हो बेहदको कुरा। भक्तिमा पढाइले राज्य मिल्दैन। यहाँ जसले जति राम्रोसँग पढ्छन्, त्यति उच्च पद पाउँछन्।

ओम् शान्ति ।
मीठा प्यारा सिकीलधे बच्चाहरूलाई रुहानी बाबा बसेर सम्झाउनुहुन्छ, यसलाई भनिन्छ रुहानी ज्ञान। बाबा आएर भारतवर्षका बच्चाहरूलाई सम्झाउनुहुन्छ, आफूलाई आत्मा सम्झ र बाबालाई याद गर, बाबाले यो खास आदेश दिनुभएको छ त्यसैले त मान्नुपर्छ नि। उच्चभन्दा उच्च बाबाको श्रीमत प्रसिद्ध छ। यो पनि तिमी बच्चाहरूलाई ज्ञान छ– केवल शिवबाबालाई नै श्री श्री भन्न सकिन्छ। उहाँले नै श्री श्री बनाउनुहुन्छ, श्री अर्थात् श्रेष्ठ। तिमी बच्चाहरूलाई अहिले थाहा भएको छ– यिनीहरूलाई बाबाले यस्तो बनाउनुभयो। हामीले अहिले नयाँ दुनियाँको लागि पढिरहेका छौँ। नयाँ दुनियाँको नाम नै हो स्वर्ग, अमरपुरी। महिमाको लागि नाम धेरै छन्। भन्छन् पनि– स्वर्ग र नर्क। फलाना स्वर्गवासी भयो अर्थात् नर्कवासी थियो नि। तर मानिसहरूमा यति पनि समझ छैन, स्वर्ग-नर्क, नयाँ दुनियाँ, पुरानो दुनियाँ कसलाई भनिन्छ, केही पनि जान्दैनन्। कति बाहिरको आडम्बर छ! तिमी बच्चाहरूमध्ये पनि थोरै छन् जसले सम्झन्छन्– अवश्य हामीलाई बाबाले पढाउनुहुन्छ। हामी यी लक्ष्मी-नारायण बन्नको लागि आएका हौँ। हामी बेगर टु प्रिन्स (भिखारीबाट राजकुमार) बन्छौँ। पहिला सुरुमा हामी गएर राजकुमार बन्छौँ। यो पढाइ हो, जस्तै इन्जिनियरिङ, ब्यारिस्टरी आदि पढ्छन् तब बुद्धिमा रहन्छ– हामीले घर बनाउँछौँ फेरि यो गर्छौँ... हरेकलाई आफ्नो कर्तव्य स्मृतिमा आउँछ। यस पढाइबाट तिमी बच्चाहरूले गएर धेरै उच्च घरमा जन्म लिनुछ। जसले जति धेरै पढ्छ त्यति धेरै उच्च घरमा जन्म लिन्छ। राजाको घरमा जन्म लिएर फेरि राज्य चलाउनुछ। गायन पनि गरिन्छ– गोल्डेन स्पुन इन माउथ। एक त ज्ञानद्वारा यो गोल्डेन स्पुन इन माउथ मिल्न सक्छ। अर्को, यदि दान-पुण्य राम्रोसँग गरे भने पनि राजाको पासमा जन्म मिल्छ। त्यो भयो हदको। यो हो बेहदको। हरेक कुरा राम्रोसँग बुझ। केही पनि समझमा आएन भने सोध्न सक्छौ। नोट गर– यी-यी कुराहरू बाबासँग सोध्नुछ। मुख्य हो नै बाबाको यादको कुरा। बाँकी कुनै संशय आदि छ भने त्यसलाई ठीक पारिदिनुहुन्छ। यो पनि बच्चाहरूलाई थाहा छ– जति भक्तिमार्गमा दानपुण्य गर्छन् त्यसबाट धनवानको पासमा जन्म लिन्छन्। जसले कुनै नराम्रो कर्म गरे भने फेरि त्यस्तै जन्म मिल्छ। कोही कोहीको त यस्तो कर्मबन्धन हुन्छ जो कुरा नगर। यो सबै हो पास्टको (विगतको) कर्मबन्धन। राजाहरू पनि कोही कोही यस्ता हुन्छन्, तिनको कर्मबन्धन कडा हुन्छ। यी लक्ष्मी-नारायणलाई त कुनै बन्धन छैन। त्यहाँ हुन्छ नै योगबलको रचना। योगबलले हामीले विश्वको राज्य लिन सक्छौँ भने के बच्चा पैदा हुन सक्दैन! पहिलादेखि नै साक्षात्कार हुन्छ। त्यहाँ त यो सामान्य कुरा हो। खुसीमा बाजा बजिरहन्छन्। वृद्धबाट बच्चा बन्छन्। महात्माभन्दा पनि बच्चालाई धेरै मान दिइन्छ किनकि ती महात्मा त फेरि पनि सारा लाइफ पास गरेर ठुला भएका हुन्। विकारलाई जान्दछन्। साना बच्चाहरूले जान्दैनन् त्यसैले महात्माभन्दा पनि उच्च भनिन्छ। त्यहाँ त सबै महात्माहरू हुन्छन्। श्रीकृष्णलाई पनि महात्मा भनिन्छ। उनी सच्चा महात्मा हुन्। सत्ययुगमा नै महान् आत्माहरू हुन्छन्। तिनीहरूजस्तो यहाँ कोही हुन सक्दैन।

तिमी बच्चाहरूको मनमा धेरै खुसी हुनुपर्छ। अब हामीले नयाँ दुनियाँमा जन्म लिन्छौँ। यो पुरानो दुनियाँ खतम हुनुछ। घर पुरानो भयो भने नयाँ घरमा जाने खुसी हुन्छ नि। कति राम्रा राम्रा मार्बल आदिका घर बनाउँछन्। जैनीहरूसँग पैसा धेरै हुन्छ, उनीहरूले आफूलाई उच्च कुलका सम्झन्छन्। वास्तवमा यहाँ त कुनै उच्च कुल छैन। उच्च कुलमा विवाहको लागि घर खोज्छन्। त्यहाँ कुल आदिको कुरा हुँदैन। त्यहाँ त एउटै देवताहरूको कुल हुन्छ, अरू कोही हुँदैन। यसको लागि तिमीले सङ्गममा अभ्यास गर्छौ– हामी एक बाबाका बच्चा सबै आत्मा हौँ। आत्मा हो फस्ट (पहिला), पछि हो शरीर। दुनियाँमा सबै देह अभिमानी रहन्छन्। तिमी अहिले देही अभिमानी बन्नुछ। गृहस्थ व्यवहारमा रहेर आफ्नो अवस्थालाई जमाउनुछ। बाबाका कति बच्चाहरू छन्, कति ठुलो गृहस्थ छ, उहाँको कति ख्याल चल्छ होला! यिनले पनि मेहनत गर्नुपर्छ। म कुनै संन्यासी होइन। बाबा यिनमा प्रवेश गर्नुभएको छ। ब्रह्मा-विष्णु-शङ्करको चित्र पनि छ नि। यिनीहरूमा ब्रह्मा हुन् सबैभन्दा उच्च। उनलाई छोडेर बाबा कसमा आउनुहुन्छ! ब्रह्मा कुनै नयाँ पैदा हुँदैनन्। देख्छौ नि– यिनलाई कसरी एडप्ट गर्छु! तिमी कसरी ब्राह्मण बन्छौ! यी कुरालाई तिमीले नै जान र अरूले के जानुन्! भन्छन्– यी त जुहारत बेच्ने थिए, यिनलाई तिमीले ब्रह्मा भन्छौ! उनीहरूलाई के थाहा यतिका ब्राह्मण-ब्राह्मणीहरू कसरी पैदा हुन्छन्! एक एक कुरामा कति सम्झाउनुपर्छ! यी धेरै गुह्य कुरा हुन् नि। यी ब्रह्मा व्यक्त, उनी अव्यक्त। यिनी पवित्र बनेर फेरि अव्यक्त हुन्छन्। यिनले भन्छन्– म यस समयमा पवित्र छैन। यस्तो पवित्र बनिरहेको छु। प्रजापिता त यहाँ हुनुपर्छ नि। नत्र कहाँबाट आए! बाबा स्वयं सम्झाउनुहुन्छ– म पतित शरीरमा आउँछु, अवश्य यिनलाई नै प्रजापिता भनिन्छ। सूक्ष्मवतनमा प्रजापिता भनिँदैन। त्यहाँ प्रजाले के गर्छन्! यिनी इन्डिपेन्डेन्ट (स्वतन्त्र) पवित्र बन्छन्। जसरी यिनले पनि पुरुषार्थ गर्छन् त्यसैगरी तिमी पुरुषार्थ गरेर इन्डिपेन्डेन्ट पवित्र बन्छौ। विश्वका मालिक बन्छौ नि। स्वर्ग अलग, नर्क अलग छ। अहिले त कति टुक्रा टुक्रा भएको छ! ५ हजार वर्ष पहिलाको कुरा हो त्यतिबेला यिनको राज्य थियो। ती मानिसहरूले फेरि लाखौँ वर्ष भनिदिन्छन्। यी कुराहरू बुझ्छन् पनि उनीहरूले नै, जसले कल्प पहिला बुझेका थिए। तिमीले देख्छौ– यहाँ मुसलमान, पारसी आदि सबै आउँछन्। स्वयम् मुसलमानले फेरि हिन्दुहरूलाई नलेज दिइरहेका छन्। आश्चर्य छ नि! मानौँ कोही सिख धर्मका छन्, उनीहरूले पनि बसेर राजयोग सिकाउँछन्। जो कन्भर्ट (धर्म परिवर्तन) भएका छन् उनीहरू फेरि ट्रान्सफर (स्थानान्तरण) भएर देवता कुलमा आउँछन्। स्यापलिङ (कलमी) लाग्छ। तिम्रो पासमा क्रिस्चियन, पारसी पनि आउँछन्, बौद्धी पनि आउँछन्। तिमी बच्चाहरूलाई थाहा छ– जब समय नजिक आउँछ तब चारैतिरबाट हाम्रो नाम निस्कन्छ। तिमीले एउटै भाषण गर्यौ भने धेरै तिम्रो पासमा आउनेछन्। सबैलाई स्मृति आउँछ– हाम्रो सच्चा धर्म यो हो। जो हाम्रो धर्मका हुन् उनीहरू सबै आउनेछन् त सही। लाखौँ वर्षको कुरा होइन। बाबा बसेर सम्झाउनुहुन्छ– तिमी हिजो देवता थियौ, अहिले फेरि देवता बन्नको लागि बाबाबाट वर्सा लिइरहेका छौ।

तिमी सच्चा सच्चा पाण्डव हौ, पाण्डव अर्थात् पण्डा। उनीहरू हुन् जिस्मानी पण्डा। तिमी ब्राह्मण हौ रुहानी पण्डा। तिमीले अहिले बेहदका बाबाबाट पढिरहेका छौ। तिमीलाई यो धेरै नशा हुनुपर्छ। हामी बाबाको पासमा जान्छौँ, जसबाट बेहदको वर्सा मिल्छ। उहाँ हाम्रो बाबा टिचर पनि हुनुहुन्छ, यसमा पढ्नको लागि कुनै टेबुल कुर्ची आदिको आवश्यकता छैन। यो तिमीले लेख्छौ, त्यो पनि आफ्नो पुरुषार्थको लागि। वास्तवमा यो बुझ्ने कुरा हो। शिवबाबाले तिमीलाई पत्र लेख्नको लागि यो पेन्सिल आदि लिनुहुन्छ, बच्चाहरूले सम्झन्छन्– शिवबाबाका राता अक्षर आएका छन्। बाबा लेख्नुहुन्छ– रुहानी बच्चाहरू। बच्चाहरूले पनि सम्झन्छन्– रुहानी बाबा। उहाँ धेरै उच्च भन्दा उच्च हुनुहुन्छ, उहाँको मतमा चल्नुछ। बाबा भन्नुहुन्छ– काम महाशत्रु हो। यो आदि-मध्य-अन्त्य दु:ख दिनेवाला हो। त्यस भूतको वशमा नपर। पवित्र बन। बोलाउँछन् पनि– हे पतित-पावन! तिमी बच्चाहरूलाई अहिले राज्य गर्ने धेरै ठुलो तागत मिल्छ, जुन राज्य कसैले जित्न सक्दैन। तिमी कति सुखी बन्छौ! त्यसैले यस पढाइमा कति अटेन्सन (ध्यान) दिनुपर्छ! हामीलाई बादसाही मिल्छ। तिमीलाई थाहा छ– हामी के बाट के बनिरहेका छौँ! भगवानुवाच हो नि। मैले तिमीलाई राजयोग सिकाउँछु, राजाहरूको राजा बनाउँछु। भगवान कसलाई भनिन्छ, यो पनि कसैलाई थाहा छैन। आत्माले पुकार्छ– ओ बाबा! तब थाहा हुनुपर्छ नि– उहाँ कहिले र कसरी आउनुहुन्छ? मानिसहरूले नै त ड्रामाको आदि-मध्य-अन्त्य, ड्युरेसन (अवधि) आदिलाई जान्दछन् नि। जान्नाले तिमी देवता बन्छौ। ज्ञान हो नै सद्गतिको लागि। यो समय हो कलियुगको अन्त्य। सबै दुर्गतिमा छन्। सत्ययुगमा हुन्छ सद्गति। अहिले तिमीलाई थाहा छ– बाबा आउनुभएको छ– सर्वको सद्गति गर्न। सबैलाई जगाउन आउनुभएको छ। कुनै कब्र (चिहान) कहाँ हुन्छ र! तर घोर अन्धकारमा पुगेका छन्, उनीहरूलाई जगाउन आउनुहुन्छ। जुन बच्चाहरू घोर निद्राबाट जाग्छन्, उनीहरूको मनभित्र धेरै खुसी हुन्छ, हामी शिवबाबाका बच्चा हौँ, कुनै किसिमको फिक्र हुँदैन। बाबाले हामीलाई विश्वको मालिक बनाउनुहुन्छ। रुने कुरै छैन। यो हो रुने दुनियाँ। त्यो हो हर्षित रहने दुनियाँ। उनीहरूका चित्र हेर कस्ता शोभनीय हँसमुख बनाउँछन्! ती फिचरहरू (मुहार) त यहाँ निकाल्न सक्दैनन्। बुद्धिले सम्झन्छन्– यस्ता फिचरहरू देखिन्छन्। तिमी मीठा-प्यारा बच्चाहरूलाई अहिले स्मृति आएको छ– भविष्यमा अमरपुरीका हामी प्रिन्स बन्छौँ। यस मृत्युलोकलाई, यस दुनियाँलाई आगो लाग्नुछ। सिभिल वारमा (गृहयुद्धमा) पनि एक-अर्कालाई मार्छन् कसरी, कसलाई हामीले मार्छौँ त्यो पनि थाहा हुँदैन। हाहाकारपछि जयजयकार हुनुछ। तिम्रो विजय हुन्छ, बाँकी सबै विनाश हुन्छन्। रुद्रको मालामा उनिएर फेरि विष्णुको मालामा उनिन्छन्। अहिले तिमीले पुरुषार्थ गर्छौ आफ्नो घर जानको लागि। भक्तिको कति फैलावट छ! जसरी वृक्षका अनेक पातहरू हुन्छन् त्यसैगरी भक्तिको फैलावट छ। बीज हो ज्ञान। बीज कति सानो छ! बीज हुनुहुन्छ बाबा, यस वृक्षको स्थापना, पालना र विनाश कसरी हुन्छ, यो तिमीलाई थाहा छ। यो भेराइटी धर्महरूको उल्टो वृक्ष हो। दुनियाँमा एक जनाले पनि जान्दैनन्। अब बच्चाहरूले बाबालाई याद गर्ने धेरै मेहनत गर्नुछ, तब विकर्म विनाश हुन्छ। ती गीता सुनाउनेहरूले पनि भन्छन्– मनमनाभव। सबै देहका धर्म छोडेर आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। मानिसहरूले यसको अर्थ कहाँ बुझेका छन् र! त्यो हो नै भक्तिमार्ग। यो हो ज्ञानमार्ग। यो राजधानी स्थापना भइरहेको छ। फिक्रको कुनै कुरा छैन, जसले अलिकति मात्र पनि ज्ञान सुन्छन्, ती प्रजामा आउँछन्। ज्ञानको विनाश हुँदैन। बाँकी जसले यथार्थ जानेर पुरुषार्थ गर्छन् उनीहरूले नै उच्च पद पाउँछन्। यो बुद्धिमा छ नि। हामी प्रिन्स बन्नेवाला छौँ, नयाँ दुनियाँमा। विद्यार्थीले परीक्षा पास गरे भने उनीहरूलाई कति खुसी हुन्छ! तिमीलाई त हजार गुणा धेरै अतीन्द्रिय सुख हुनुपर्छ। हामी सारा विश्वका मालिक बन्छौँ। कुनै पनि कुरामा कहिल्यै रिसाउनुहुँदैन। ब्राह्मणीसँग कुरा मिलेन भने पनि बाबासँग रिसाउँछन्, अरे तिमीले बाबासँग बुद्धिको योग लगाऊ न! उहाँलाई त प्यारले याद गर। बाबा बस् हजुरलाई नै याद गर्दै गर्दै हामी घर आउँछौँ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कुनै पनि कुराको फिक्र गर्नुछैन, सदैव हर्षित रहनुछ। स्मृति रहोस्– हामी शिवबाबाका बच्चा हौँ, बाबा आउनुभएको छ हामीलाई विश्वको मालिक बनाउन।

२) आफ्नो अवस्थालाई एकरस बनाउनको लागि देहीअभिमानी बन्ने पुरुषार्थ गर्नुछ। यो पुरानो घरबाट ममत्व निकालिदिनुछ।

वरदान:–
मनन शक्तिद्वारा बुद्धिलाई शक्तिशाली बनाउने मास्टर सर्वशक्तिमान भव

मनन शक्ति नै दिव्य बुद्धिको खुराक हो। जसरी भक्तिमा सिमरण (जप) गर्ने अभ्यासी छन्, त्यसैगरी ज्ञानमा स्मृतिको शक्ति छ। यस शक्तिद्वारा मास्टर सर्वशक्तिमान बन। दिनहुँ अमृतवेला आफ्नो एक टाइटललाई (स्वमानलाई) स्मृतिमा ल्याऊ र मनन गर्दै जाऊ तब मनन शक्तिले बुद्धि शक्तिशाली हुन्छ। शक्तिशाली बुद्धिमाथि मायाको वार हुन सक्दैन, परवश हुन सक्दैनौ किनकि मायाले सबैभन्दा पहिला व्यर्थ सङ्कल्प रूपी वाणद्वारा दिव्य बुद्धिलाई नै कमजोर बनाउँछ, यस कमजोरीबाट बच्ने साधन नै हो मनन शक्ति।

स्लोगन:–
आज्ञाकारी बच्चा नै आशीर्वादका पात्र हुन्छन्, आशीर्वादको प्रभावले दिललाई सदा सन्तुष्ट राख्छ।