06.08.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे – आफूले
आफैसँग वाचा गर म धेरै धेरै मीठो बन्नु छ , सबैलाई सुखको , प्यारको दृष्टिले हेर्नु
छ , कसैको नाम रूपमा फस्नु छैन। ”
प्रश्न:–
योगको सिद्धि
के हो? पक्का योगीका निसानी सुनाऊ?
उत्तर:–
सबै
कर्मेन्द्रियहरू एकदम शान्त, शीतल हुन्– यो हो योगको सिद्धि। पक्का योगी बच्चा
उनीहरू हुन्, जसका कर्मेन्द्रियहरू अलिकति पनि चञ्चल हुँदैनन्। अलिकति पनि कुनै
देहधारीमा आँखा डुब्दैन। मीठा-प्यारा बच्चाहरू, अब तिमी जवान छैनौ, तिम्रो यो
वानप्रस्थ अवस्था हो।
गीत:–
जाग सजनियाँ
जाग...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले गीत सुन्यौ। यसको अर्थलाई बुझेर मनमा विचार सागर मन्थन गर्नु छ र
खुसीमा आउनु छ किनकि यो नयाँ दुनियाँको लागि नयाँ कुरा हो। यी नयाँ कुराहरू अहिले
नै सुन्नु छ। बच्चाहरूलाई अब थाहा भएको छ, नयाँ दुनियाँ स्थापन गर्ने कुनै मानिस
हुन सक्दैन। तिमीले यी कुराहरू सुन्छौ र बुझ्छौ, यी त ५ हजार वर्ष पहिलाका पुराना
कुराहरू हुन्, जुन फेरि नयाँ सुरुबाट सुनाइन्छ। त्यसैले पुरानो नै नयाँ, नयाँ नै
पुरानो हुन्छ। अहिले तिमीलाई थाहा छ, ५ हजार वर्ष पहिलाका तिनै कुराहरू बाबाले नयाँ
बनाएर सुनाउनुहुन्छ। कुराहरू तिनै हुन्। किन सुनाउनुहुन्छ? नयाँ दुनियाँको वर्सा
दिन। यसमा ज्ञान डान्स गर्नुपर्छ। भक्तिमा पनि धेरै डान्स गर्छन्। चारैतिर फन्को
मार्दै डान्स गर्छन्। ज्ञानको डान्स त एकदम सहज छ। त्यसमा कर्मेन्द्रियहरू धेरै
चल्छन्, मेहनत गर्नुपर्छ। यो त केवल मनभित्र ज्ञान डान्स चल्छ। सृष्टि चक्र कसरी
घुम्छ– त्यो ज्ञान बुद्धिमा छ। यसमा कुनै तकलिफ छैन। हो, यादमा मेहनत लाग्छ।
बच्चाहरू कतिपय फेल हुन्छन्, कहीँ न कहीँ खस्छन्। सबैभन्दा मुख्य कुरा हो– नाम रूपमा
फस्नु छैन। स्त्री पुरुष कामवश नाम रूपमा फस्छन् नि! क्रोधले नाम रूपमा फसाउँदैन।
पहिला सुरुमा यही हो, जसको धेरै सम्हाल्नु छ, कसैको पनि नाम रूपमा फस्नु छैन।
आफूलाई आत्मा सम्झनु छ। हामी आत्मा अशरीरी आएका थियौँ, अब अशरीरी भएर जानु छ। यस
शरीरको भान तोड्नु छ। यो नाम रूपमा फस्नु धेरै नराम्रो रोग हो। बाबाले तिमी
बच्चाहरूलाई सावधानी दिनुहुन्छ। कोही कोहीले यस कुरालाई बुझ्दैनन्। भन्छन्, बाबाले
विनाकारण यस्तो भन्नुहुन्छ नाम रूपमा फसेका छौ। तर यो गुप्त रोग हो, त्यसैले साजनले
सजनीहरूलाई अथवा बाबाले बच्चाहरूलाई जगाउनुहुन्छ। प्यारा बच्चाहरू! अब जाग, अब फेरि
कलियुगपछि सत्ययुग आउनु छ। बाबा ज्योति जगाउन आउनुहुन्छ। मानिसहरू मरे भने उनीहरूको
ज्योति जगाउँछन्। आत्मालाई अन्धकार नहोस्, ननिभोस् भनेर फेरि दियो सम्हाल्छन्।
वास्तवमा यी सबै भक्तिमार्गका कुरा हुन्। आत्मा त सेकेन्डमा गइहाल्छ। कतिपय
मानिसहरूले ज्योतिलाई पनि भगवान् मान्छन्। ब्रह्मलाई ठुलो ज्योति भन्छन्। ब्रह्म
समाजीहरूको मन्दिर हुन्छ, जहाँ रातदिन ज्योति बल्छ। कति खर्च हुन्छ। फालतु घिउ
जान्छ। यहाँ त्यो केही पनि गर्नु छैन। यादले घिउको काम गर्छ। याद रूपी घिउ हो।
त्यसैले मीठा-प्यारा बच्चाहरूले यो कुरा जान्दछौ। नयाँ कुरा भएको कारण नै झगडा
हुन्छ। बाबा भन्नुहुन्छ– म प्यारा बच्चाहरू (स्विट चिल्ड्रेन) को समीप आउँछु।
भारतभूमिमा नै आउँछु। आफ्नो जन्मस्थान सबैलाई प्यारो लाग्छ नि! बाबालाई त सबै प्यारा
लाग्छन्। तैपनि म भारतभूमिमा नै आउँछु। गीतामा श्रीकृष्णको नाम नभएको भए सबै
मानिसहरूले शिवबाबालाई मान्थे। शिवको मन्दिरमा कति जान्छन्। सबैभन्दा ठुलो मन्दिर
सोमनाथको थियो। अहिले त कति धेरै मन्दिरहरू बनेका छन्। श्रीकृष्णलाई त्यति सबैले
मान्दैनन्, जति बेहदका बाबालाई मान्छन्। त्यसैले यस समयमा तिमीलाई यिनीजस्तो प्यारो
वस्तु अरू कुनै छैन। यसमा कुनै साकारको महिमा छैन। यो त निराकारको महिमा हो, जो
अभोक्ता हुनुहुन्छ। बाबा बेहदका बाबा स्वर्गको रचयिता हुनुहुन्छ भने उहाँबाट
स्वर्गको वर्सा लिने पुरुषार्थ गर्नुपर्छ नि!
आजभोलि गर्दागर्दै
कालले खानेछ। समय बाँकी थोरै छ। बाबाबाट वर्सा त लेऊ। फारम भर्दा त्यतिबेला सम्झाउनु
पनि पर्छ। उहाँ बेहदका बाबा हुनुहुन्छ भन्ने निश्चय गरेकाछौ भने बाबाबाट वर्सा लिने
पुरुषार्थ गर, नत्र बाहिर जानासाथ तुरून्तै भुल्नेछौ। बाबा त कल्याणकारी हुनुहुन्छ
नि! बाबा भन्नुहुन्छ, यस योगबाट नै २१ जन्मको लागि तिम्रो सबै दुःख हट्नेछ।
बच्चीहरूले घरमा पनि सम्झाइरहनुछ अब सबै दुःख हटाउने बेहदका बाबालाई याद गरेमा नै
तमोप्रधानबाट सतोप्रधान बन्नेछौ। पवित्र त अवश्य रहनुपर्छ। मूल कुरा हो पवित्रताको।
जति जति धेरै यादमा रहन्छौ, त्यति इन्द्रियहरू पनि शान्त हुनेछन्। योगको सिद्धि पूरा
नहुँदासम्म इन्द्रियहरू पनि शान्त हुँदैनन्। हरेकले आफ्नो जाँच गर्नुछ, काम विकारले
मलाई कुनै धोका त दिँदैन? म पक्का योगी हुँ भने कुनै चञ्चलता हुनुहुँदैन। यो मानौँ
वानप्रस्थ अवस्था हो– बाबालाई नै याद गरिरहनु छ। बाबाले सबै बच्चाहरूलाई
सम्झाउनुहुन्छ। तिमी राम्रो योगी बन्यौ भने कहीँ पनि आँखा डुब्नेछैन र फेरि तिम्रा
इन्द्रियहरू शान्त हुनेछन्। मुख्य हुन् यी इन्द्रियहरू जसले सबैलाई धोका दिन्छन्।
योगमा राम्रोसँग अवस्था जमेछ भने फेरि महसुस हुनेछ– हामी मानौँ जवानीमा नै
वानप्रस्थ अवस्थामा आयौँ। बाबा भन्नुहुन्छ– काम महाशत्रु हो। त्यसैले आफ्नो जाँच
गरिराख। जति यादमा रहन्छौ त्यति कर्मेन्द्रियहरू शान्त हुनेछन् र तिम्रो स्वभाव धेरै
मीठो बन्नेछ। महसुस हुनेछ, म पहिला कति कठोर थिएँ, अब कति मीठो बनेको छु। बाबा
प्रेमको सागर हुनुहुन्छ नि! तिमी बच्चाहरू पनि त्यस्तै बन्नु छ। बाबा भन्नुहुन्छ,
सबैसँग प्यारको दृष्टि राख्नुछ। कसैलाई दुःख दियौ भने दुःखी भएर मर्नेछौ, त्यसैले
धेरै मीठो बन्नु छ।
बाबा भन्नुहुन्छ, म
रूप बसन्त हुँ नि! बाबाबाट कति अमूल्य ज्ञान रत्न मिल्छन्, जसबाट तिमीले झोली भर्छौ।
उनीहरू फेरि शङ्करको अगाडि गएर भन्छन्, भरिदेऊ झोली। उनीहरूलाई यो थाहा छैन शङ्करले
झोली भर्दैनन्। अहिले तिमीले बुझेका छौ, ज्ञान सागर बाबाले ज्ञान रत्नहरूले हामी
बच्चाहरूको झोली भर्नुहुन्छ। तिमी पनि रूप बसन्त हौ। हरेकको आत्मा रूप बसन्त हो।
आफैलाई हेरिराख, हामी कति ज्ञान रत्न धारण गरेर ज्ञान डान्स गर्छौँ अथवा रत्नहरूको
दान गर्छौँ। सबैभन्दा राम्रो रत्न हो मनमनाभव। बाबालाई याद गरेमा बाबाबाट वर्सा
पाउँछौ। जसरी बाबामा ज्ञान भरिएको छ, त्यसैगरी बाबा बसेर बच्चाहरूलाई आफूसमान
बनाउनुहुन्छ। गुरुहरूले पनि आफूसमान बनाउँछन्। उहाँ बेहदका बाबा हुनुहुन्छ, जसको
रूप बिन्दु हो। तिम्रो रूप पनि बिन्दु हो। तिमीलाई आफूसमान ज्ञानको सागर
बनाउनुहुन्छ। जति धारणा गर्छन्, गराउँछन्..., उनीहरूले सम्झनुछ, हाम्रो पद उच्च
हुन्छ। धेरैको कल्याणकारी बन्यौ भने धेरैको आशीर्वाद मिल्नेछ। बाबाले पनि दिनहुँ
सेवा गर्नुहुन्छ नि! यी गुल्जार बच्ची हुन्, कति मीठो सम्झाउँछिन्। सबैलाई मन पर्छ।
दिल हुन्छ, यस्ती ब्राह्मणी हामीलाई पनि मिलुन्। अब एक ब्राह्मणी सबै ठाउँमा त जान
सक्दिनन्। तैपनि बाबा भन्नुहुन्छ, जसले, मैले राम्रो सम्झाउँछु भन्ने ठान्छन्
उनीहरूले अलराउन्ड सेवा गर्नुपर्छ। आफै सोख हुनुपर्छ। मैले सेन्टरहरूको चक्कर लगाऊँ...।
जस जसले सम्झन्छन् मैले धेरैको कल्याण गर्न सक्छु, मेरो राम्रो सुगन्ध निस्कन्छ,
उनीहरूमा सेवा गर्ने धेरै सोख हुनुपर्छ। १०-१५ दिन गएर सेन्टरहरूमा चक्कर लगाएर आऊँ।
एउटालाई देखेर फेरि अरूले पनि सिक्नेछन्, जसले गर्छ उसैले पाउँछ। यो सेवा धेरै
कल्याणकारी छ। तिमीले मानिसहरूलाई जीवनदान दिन्छौ। यो धेरै उत्तमभन्दा उत्तम काम
हो। कामधन्दा गर्नेहरू पनि युक्तिले समय निकालेर सेवामा जान सक्छन्। सर्भिसएबल
बच्चाहरूलाई त बाबाले पनि प्यार गर्नुहुन्छ, पालना पनि गर्नुहुन्छ। जसलाई सेवाको
सोख हुन्छ, उनीहरू सेवाबिना रहन सक्दैनन्। बाबाले मदत पनि गर्नुहुन्छ नि! तिमी
बच्चाहरू धेरै रहमदिल बन्नु छ। बिचराहरूको जीवन धेरै दुःखी छ। तिमीले जीवनदान दिन्छौ,
कसैलाई अविनाशी ज्ञान रत्नहरूको दान गर्नु, यो जस्तो सर्वोत्तम ज्ञान दान अरू कुनै
छैन। धेरै रहमदिल बन्नु छ। ब्राह्मणी कमजोर भएमा सेवामा लापर्बाही हुन्छ, त्यसैले
राम्री टिचरको माग गर्छन्। जहिले पनि विचार आयो भने गइहाल्नुपर्छ। बाबा, कुन चाहिँ
सेन्टर पुरुषार्थमा कमजोर छ, त्यहाँ हामी गएर चक्कर लगाएर आऊँ। प्रदर्शनीका चित्र
पनि छन्। चित्रमा बढी राम्रोसँग बुझ्नेछन्। विचार चलाउनुपर्छ, हामीले सेवा कसरी
बढाऊँ। बाबाले पनि सबैको जीवन हिराजस्तो बनाउनुहुन्छ। तिमी बच्चाहरूले पनि सेवा
गर्नु छ। वन्दे मातरम् गायन गरिन्छ। तर अर्थ बुझ्दैनन्। पतित मानिसहरूको अथवा पृथ्वी
आदिको कहिल्यै वन्दना गरिँदैन। यी त ५ तत्त्व हुन्, यिनीहरूको के वन्दना गर्छन्।
शरीर ५ तत्त्वबाट बनेको हो भने शरीरको पूजा गर्नु भनेको मूर्तिपूजा भयो। शिवबाबाको
त शरीर छैन। उहाँको पूजा हो सबैभन्दा उत्तम। बाँकी हुन मध्यम। आजकाल त मानिसहरूलाई
पनि पुजिरहन्छन्, उनीहरू हुन् पतित। महान् आत्मा त देवताहरू हुन्छन्।
संन्यासीहरूभन्दा तिनीहरू बढी पवित्र हुन्छन्।
अहिले तिमी
बच्चाहरूलाई थाहा छ, हामी देवता बनिरहेका छौँ। बाबाले हामीलाई यो अविनाशी ज्ञान
रत्न दान गर्न सिकाउनुहुन्छ। यो जस्तो उच्च दान अरू कुनै हुँदैन। एक बाबालाई नै याद
गर्नु छ। शिव र लक्ष्मीनारायणको चित्र त छ। हरेकले आफ्नो घरमा राखिदियौ भने याद
रहनेछ। शिवबाबाले हामीलाई यी लक्ष्मीनारायण बनाउनुहुन्छ। यस समयमा तिमी यस्तो
बनिरहेका छौ। स्वर्गको रचयिता शिवबाबा नै हुनुहुन्छ। सत्ययुगमा त वर्सा दिनुहुन्न।
यस अन्तिम जन्ममा शिवबाबा भन्नुहुन्छ, मलाई याद गरेमा तिमी यी लक्ष्मीनारायण बन्नेछौ।
अरू सबै कुरा छोड, बस् सेवा अनि सेवा। बाबालाई याद गर्छौ– यो पनि ठुलो सेवा गर्छौ।
तत्त्व आदि सबै पावन बन्छन्। योगको महिमा धेरै ठुलो छ। दुनियाँमा योग आश्रम त धेरै
छन् तर ती सबै हुन् जिस्मानी हठयोग, तिम्रो यो हो राजयोग, जसबाट तिम्रो बेडा पार
हुन्छ। ती अनेक प्रकारका हठयोग आदिबाट सिँढी ओर्लँदै आएका छौ। मूल कुरा हो यादको।
आफैले हेर्नु छ, मेरो मन कहीँ विकारतिर त जाँदैन? विकारीलाई नै पतित भनिन्छ अर्थात्
कौडीजस्तै भनिन्छ। विकारमा गिरेमा आफ्नै नोक्सान पार्नेछौ। जसले गर्छ उसैले पाउँछ।
बाबाले देखे पनि वा नदेखे पनि। आफैलाई चेक गर्नु छ– मैले बाबाको सेवा गरेको छु! म
भित्र कुनै अवगुण त छैन! छ भने निकालिदिनुपर्छ। आफूबाट अवगुणहरूलाई निकाल्नको लागि
बाबाले धेरै सम्झाइरहनुहुन्छ। निर्गुणको अर्थ पनि कसैले बुझ्दैनन्। निर्गुण बालकको
मण्डलीले के गर्न सक्नेछ, जसमा कुनै गुण छैनन्। विना अर्थ जे आयो त्यही भनिदिन्छन्।
अनेक मत छन् नि! तिमीलाई एक मत मिल्छ, जसबाट तिमीलाई त अथाह खुसी हुनुपर्छ। बाबा
केवल भन्नुहुन्छ, मलाई याद गर र कमल फूलसमान बन। मनसा-वाचा-कर्मणा पवित्र बन। तिमी
बच्चाहरूलाई थाहा छ, हामी ब्राह्मणहरू श्रीमतमा आफ्नै तन-मन-धनले आफ्नो र सारा
विश्वको सेवा गरिरहेका छौँ। बाबा यहाँ नै त आउनुहुन्छ नि! तिमी पाण्डवले सारा
विश्वलाई स्वर्ग बनाउने सेवा गरिरहेका छौ। तिमीले आफ्नो काम गर्छौ। आखिर विजय त
पाण्डवहरूकै हुनु छ, यसमा लडाइँको कुरा छैन। तिमी हौ डबल ननभायोलेन्स, अहिंसक। न
विकारमा जान्छौ, न गोली चलाउँछौ। हिंसाबाट कसैले पनि विश्वमा बादसाही पाउन सक्दैनन्।
बाबाले सम्झाउनुभएको छ– ती दुवै (क्रिस्चियनहरू) आपसमा मिले भने विश्वमा राज्य गर्न
सक्छन्। तर ड्रामामा यस्तो छैन। क्रिस्चियनले नै कृष्णपुरीलाई हडपेका हुन्। वास्तवमा
भारतवर्ष त श्रीकृष्णकै पुरी थियो नि! लडेर बादसाही लिए, धेरै धन लगे। अब फेरि धन
फिर्ता हुँदै जान्छ र फेरि तिमी विश्वको मालिक बन्छौ। बाबाले कति युक्तिहरू
बताउनुहुन्छ। उनीहरूले नै तिम्रो राज्य खोसेका हुन्, फेरि उनीहरू आपसमा लड्छन् र
विश्वको मालिक तिमी बन्छौ। कति ठुलो बादसाही छ। मेहनत केवल यसमा छ– बाबाको याद
गरिराख र आफ्नो वर्सा लेऊ। यसमा हैरान हुनुहुँदैन। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) अरू सबै कुराहरूलाई छोडेर ज्ञान दान गर्नु छ। रूप बसन्त बन्नु छ। आफ्ना
अवगुणहरूलाई निकाल्ने पुरुषार्थ गर्नु छ। अरूलाई हेर्नु छैन।
२) आफ्नो स्वभाव धेरै
मीठो बनाउनु छ। सबैप्रति प्यारको दृष्टि राख्नु छ। कसैलाई पनि दुःख दिनु छैन।
कर्मेन्द्रियजित बन्नु छ।
वरदान:–
सम्पूर्ण
समर्पणको विधिद्वारा सर्वगुण सम्पन्न बन्ने पुरुषार्थमा सदा विजयी भव
सम्पूर्ण समर्पण
त्यसलाई भनिन्छ, जसको सङ्कल्पमा पनि देह भान हुँदैन। आफ्नो देहको भान पनि अर्पण
गरिदिनु, म फलानी हुँ- यो सङ्कल्प पनि अर्पण गरेर सम्पूर्ण समर्पण हुनेहरू
सर्वगुणहरूमा सम्पन्न बन्छन्। उनीहरूमा कुनै पनि गुणको कमी हुँदैन। कसैले सर्व
समर्पण गरेर सर्वगुण सम्पन्न वा सम्पूर्ण बन्ने लक्ष्य राख्छन् भने यस्ता
पुरुषार्थीहरूलाई बापदादाले सदा विजयी भवको वरदान दिनुहुन्छ।
स्लोगन:–
मनलाई वशमा
पार्ने नै मनमनाभव रहन सक्छ।
अव्यक्त इसारा :–
अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ ( पवित्र ) बन
पवित्रता र
अपवित्रताको कारण हो ‘स्मृति’। यिनी देवी हुन् भन्ने स्मृति रहन्छ भने यसले स्मृति,
दृष्टि र वृत्तिलाई पवित्र बनाउँछ र यो फिमेल हो भन्ने स्मृति भयो भने त्यो स्मृति,
वृत्ति र दृष्टिले अपवित्रतातर्फ तान्छ। त्यहाँ रूपलाई हेर्छन् र यहाँ रुहानियतलाई
हेर्छन्।