06.10.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– श्रीमतमा
विश्वलाई स्वर्ग बनाउने सेवा गर्नुछ , पहिला स्वयं निर्विकारी बन्नुछ फेरि अरूलाई
भन्नुछ ।”
प्रश्न:–
तिमी महावीर
बच्चाहरूले कुन कुराको परवाह गर्नुछैन? केवल कुनचाहिँ चेकिङ गर्दै स्वयंलाई
सम्हाल्नुछ?
उत्तर:–
यदि कसैले
पवित्र बन्नमा विघ्न पार्छ भने तिमीले त्यसको परवाह गर्नुछैन। केवल चेक गर– म
महावीर हुँ? मैले आफैलाई ठग्दै त छैन? मलाई बेहदको वैराग्य छ? मैले अरूलाई आफूसमान
बनाउँछु? ममा क्रोध त छैन? जुन कुरा अरूलाई भन्छु त्यो आफैले पनि गर्छु?
गीत:–
तुम्हें पाके
हमने...
ओम् शान्ति ।
यसमा भन्ने
कुरा हुँदैन, यो बुझ्ने कुरा हो। मीठा-प्यारा रुहानी बच्चाहरूले बुझिरहेका छौ– हामी
फेरि देवता बनिरहेका छौँ। सम्पूर्ण निर्विकारी बनिरहेका छौँ। बाबा आएर भन्नुहुन्छ–
प्यारा बच्चाहरू! कामलाई जित अर्थात् पवित्र बन। बच्चाहरूले गीत सुन्यौ। अब फेरि
बच्चाहरूलाई स्मृति आएको छ– हामीले बेहदका बाबाबाट बेहदको वर्सा लिन्छौँ, जुन कसैले
खोस्न सक्दैन, त्यहाँ अर्को कोही खोस्नेवाला हुँदैन। त्यसलाई अद्वैत राज्य भनिन्छ।
फेरि त्यसपछि अरूको रावण राज्य हुन्छ। अहिले तिमीले बुझिरहेका छौ। सम्झाउनु पनि यसरी
नै छ। हामीले फेरि विश्वलाई श्रीमतमा निर्विकारी बनाइरहेका छौँ। उच्चभन्दा उच्च
भगवान त सबैले भन्छन्। उहाँलाई नै बाबा भनिन्छ। त्यसैले यो पनि सम्झाउनुछ, लेख्नु
पनि छ– विश्व जुन सम्पूर्ण निर्विकारी स्वर्ग थियो त्यो अहिले विकारी नर्क बनेको छ।
फेरि हामीले श्रीमतमा विश्वलाई स्वर्ग बनाइरहेका छौँ। बाबाले जे बताउनुहुन्छ
त्यसलाई नोट गरेर फेरि त्यसमाथि विचार सागर मन्थन गरेर लेख्नमा मद्दत गर्नुपर्छ।
यस्तो के के लेखौँ जसबाट मानिसहरूले बुझ्नेछन्– विश्व अवश्य स्वर्ग थियो? रावणको
राज्य थिएन। बच्चाहरूको बुद्धिमा छ– अहिले हामी भारतवर्षका मानिसहरूलाई बाबाले
निर्विकारी बनाउँदै हुनुहुन्छ। पहिला आफूलाई हेर्नुछ– हामी निर्विकारी बनेका छौँ?
हामीले ईश्वरलाई ठग्दै त छैनौँ? यस्तो होइन– ईश्वरले हामीलाई कहाँ देख्नुहुन्छ र।
तिम्रो मुखबाट यो शब्द निस्कन सक्दैन। तिमीलाई थाहा छ– पवित्र बनाउने पतित-पावन एउटै
बाबा हुनुहुन्छ। विश्व निर्विकारी थियो त्यतिबेला स्वर्ग थियो। यी देवताहरू
सम्पूर्ण निर्विकारी थिए नि। यथा राजा, रानी तथा प्रजा हुन्छन्, त्यसैले त सारा
विश्वलाई स्वर्ग भनिन्छ नि। अहिले नर्क छ। यो ८४ जन्मको सिँढी धेरै राम्रो चिज हो।
कोही राम्रो मानिस रहेछ भने उसलाई सौगात पनि दिन सक्छौ। ठुला ठुला मानिसहरूलाई
विशेष सौगात मिल्छ नि। त्यसैले तिमीले पनि जो आउँछन्, उनीहरूलाई सम्झाएर यस्ता यस्ता
सौगात दिन सक्छौ। चिज सदा दिनको लागि तयार हुन्छ। तिमीमा पनि यो ज्ञान तयार
रहनुपर्छ। सिँढीमा पूरा ज्ञान छ। हामीले कसरी ८४ जन्म लियौँ– यो याद रहनुपर्छ। यो
बुझ्ने कुरा हो नि। अवश्य जो पहिला आएका छन् उनीहरूले नै ८४ जन्म लिएका छन्। बाबाले
८४ जन्मको विषयमा बताएर फेरि भन्नुहुन्छ– यिनको धेरै जन्मको अन्त्यमा साधारण तनमा
प्रवेश गर्छु। फेरि यिनको नाम राख्छु ब्रह्मा। यिनीद्वारा ब्राह्मण रच्छु। नत्र
ब्राह्मण कहाँबाट ल्याऊँ। ब्रह्माको पिता को हुनुहुन्छ यो कहिल्यै सुनेका छौ र?
अवश्य भगवान नै हुनुहुन्छ भन्नेछन्। ब्रह्मा र विष्णुलाई सूक्ष्मवतनमा छन् भनेर
देखाउँछन्। बाबा त भन्नुहुन्छ– म यिनको ८४ जन्मको अन्त्यमा प्रवेश गर्छु। धर्मपुत्र
बनाएपछि नाम परिवर्तन गरिन्छ। संन्यास पनि गराइन्छ। संन्यासीले पनि संन्यास
गर्नेबित्तिकै तुरुन्तै घर परिवार बिर्सिँदैनन्, अवश्य याद हुन्छ। तिमीलाई पनि याद
हुन्छ तर तिमीलाई उनीहरूसँग वैराग्य छ किनकि तिमीलाई थाहा छ– यिनीहरू सबै मर्ने
चिहानमा नै छन् त्यसैले मैले उनीहरूलाई किन याद गरूँ! ज्ञानबाट सबै कुरा राम्रोसँग
बुझ्नुछ। उनीहरूले पनि ज्ञानबाटै घरबार छोड्छन्। उनीहरूलाई घरबार कसरी छोड्यौ भनेर
सोधियो भने बताउँदैनन्। फेरि उनीहरूलाई युक्तिले भनिन्छ– तपाईलाई कसरी वैराग्य आयो,
हामीलाई सुनाउनुहोस् जसबाट हामीले पनि त्यस्तै गर्न सक्छौँ। तिमीलेपवित्र बन्न
प्रलोभन देखाउँछौ। बाँकी तिमीलाई सबै याद छ। सानैदेखिको सबै बताउन सक्छौ। बुद्धिमा
सारा ज्ञान हुन्छ। कसरी यी सबै ड्रामाका कलाकारहरू हुन् जसले पार्ट खेल्दै आएका छन्।
अहिले सबैको कलियुगी कर्मबन्धन टुट्नुछ। फेरि जानेछन् शान्तिधाम। त्यहाँबाट फेरि
सबैको नयाँ सम्बन्ध जुट्नेछ। सम्झाउने प्वइन्टहरू पनि बाबाले राम्रा राम्रा
दिइरहनुहुन्छ। यिनै भारतवर्षवासी आदि सनातन देवी-देवता धर्ममा हुँदा निर्विकारी थिए
फेरि ८४ जन्मपछि विकारी बने। अब फेरि निर्विकारी बन्नुछ। तर पुरुषार्थ गराउनेवाला
चाहिन्छ। अहिले तिमीलाई बाबाले बताउनुभएको छ। बाबा भन्नुहुन्छ– तिमीहरू उनै हौ नि।
बच्चाहरू पनि भन्छन्– बाबा हजुर उहाँ नै हुनुहुन्छ। बाबा भन्नुहुन्छ– कल्प पहिला पनि
तिमीलाई पढाएर राज्य भाग्य दिएको थिएँ। कल्प कल्प यस्तै गरिरहन्छु। ड्रामामा जे जति
भयो, विघ्न पर्यो, फेरि पनि पर्नेछ। जीवनमा के के हुन्छ, याद त हुन्छ नि। यिनलाई त
सबै याद छ। बताउँछन् पनि– गाउँको केटो थिएँ र वैकुण्ठको मालिक बनेँ। वैकुण्ठ गाउँ
कसरी हुन्छ– यो तिमीले अहिले जानेका छौ। यस समयमा तिम्रो लागि पनि यो पुरानो दुनियाँ
गाउँ हो नि। कहाँ वैकुण्ठ, कहाँ यो नर्क। मानिसहरूले त ठुला ठुला महल बिल्डिङ आदि
देखेर सम्झन्छन् यही स्वर्ग हो। बाबा भन्नुहुन्छ– यो त सबै माटो, पत्थर हो,
यिनीहरूको कुनै मूल्य छैन। मूल्य सबैभन्दा धेरै हीराको हुन्छ। बाबा भन्नुहुन्छ–
विचार गर सत्ययुगमा तिम्रा सुनका महल कस्ता थिए। त्यहाँ त सबै खानीहरू भरपुर हुन्छन्।
अत्याधिक मात्रामा सुन हुन्छ। त्यसैले बच्चाहरूलाई कति खुसी हुनुपर्छ। कुनै समयमा
दिक्क लाग्यो भने बाबाले सम्झाउनुभएको छ– कयौँ यस्ता गीतहरू छन् जसले तिमीलाई
तुरुन्त खुसीमा ल्याइदिन्छन्। सारा ज्ञान बुद्धिमा आउँछ। तिमीले बुझेका छौ– बाबाले
हामीलाई विश्वको मालिक बनाउनुहुन्छ। त्यो कहिल्यै कसैले खोस्न सक्दैन। आधाकल्पको
लागि हामी सुखधामको मालिक बन्छौँ। राजाको बच्चाले सम्झन्छ– हामी यस हदको राज्यको
वारिस हौँ। तिमीलाई कति नशा रहनुपर्छ– हामी बेहदका बाबाका वारिस हौँ। बाबाले
स्वर्गको स्थापना गर्नुहुन्छ, हामी २१ जन्मको लागि वारिस बन्छौँ। कति खुसी हुनुपर्छ।
जसको वारिस बन्छौँ उहाँलाई अवश्य याद गर्नुछ। याद नगरी त वारिस बन्न सकिँदैन। याद
गरेमा पवित्र बनिन्छ अनि मात्रै वारिस बन्न सकिन्छ। तिमीलाई थाहा छ– श्रीमतमा हामी
विश्वको मालिक डबल शिरताज बन्छौँ। जन्मजन्मान्तर हामीले राज्य गर्नेछौँ।
भक्तिमार्गमा मानिसहरूको विनाशी दानपुण्य हुन्छ। यो तिम्रो अविनाशी ज्ञान धन हो।
तिमीलाई कति ठुलो चिट्ठा मिल्छ। कर्म अनुसार फल मिल्छ नि। कोही ठुलो राजाको बच्चा
बन्यो भने ठुलो हदको चिट्ठा भनिन्छ। सिङ्गल ताजवाला सारा विश्वको मालिक त बन्न
सक्दैनन्। तिमी विश्वको डबल ताजवाला मालिक बन्छौ। त्यस समयमा अर्को कुनै राज्य
हुँदैन। फेरि अरू धर्म पछि आउँछन्। उनीहरू वृद्धि हुनुभन्दा पहिला ती पहिलाका
राजाहरू विकारी बनेर मतभेदमा टुक्रा टुक्रा हुन्छन्। पहिला त सारा विश्वमा एउटै
राज्य थियो। त्यहाँ यस्तो भनिँदैन– यो अघिल्लो जन्मको कर्मको फल हो। अहिले बाबाले
तिमी बच्चाहरूलाई श्रेष्ठ कर्म सिकाइरहनुभएको छ। जजसले जस्तो कर्म गर्छ, सेवा गर्छ
त्यसको प्रतिफल पनि त्यस्तै मिल्छ। राम्रो कर्म मात्रै गर्नुछ। कसैले कर्म गर्छन्,
तर यो कुरा बुझ्न सकेनन् भने त्यसको लागि श्रीमत लिनुछ। घरी घरी पत्रमा सोध्नुपर्छ।
मानौँ अहिले कोही प्रधानमन्त्री छन्, तिमीले जान्दछौ उनका कति चिठीपत्र (पोस्ट )
आउँदा हुन्। तर उनले एक्लै पढ्दैनन्। धेरै सेक्रेटरी हुन्छन् उनले भन्दा पहिला ती
सेक्रेटरीहरूले सारा चिठी हेर्छन्। जुन चिठी एकदमै महत्त्वको हुन्छ, त्यस्ता चिठी
छानेपछि प्रधानमन्त्रीको टेबलमा राख्छन्। यहाँ पनि यस्तै हुन्छ। मुख्य मुख्य
पत्रहरूको त तुरुन्तै जवाफ दिइन्छ। बाँकीको लागि यादप्यार लेखिदिइन्छ। एक एकलाई
अलग्गै बसेर पत्र लेख्ने यो त हुन सक्दैन, धेरै मुस्किल छ। बच्चाहरूलाई कति खुसी
हुन्छ– ओहो! आज बेहदका बाबाको चिठी आएको छ। शिवबाबाले ब्रह्माद्वारा जवाफ दिनुहुन्छ।
बच्चाहरूलाई धेरै खुसी हुन्छ। सबैभन्दा धेरै खुसीले गदगद हुन्छन् बाँधेलीहरू। ओहो!
हामी बन्धनमा छौँ, बेहदका बाबाले हामीलाई कसरी चिठी लेख्नुहुन्छ। नयनमा राख्छन्।
अज्ञानकालमा पनि पतिलाई परमात्मा सम्झनेहरूलाई पतिको चिठी आएको बेलामा त्यसलाई
चुम्बन गर्छन्। तिमीहरूमा पनि बापदादाको पत्र देखेर कयौँ बच्चाहरूको एकदम रोमाञ्च
खडा हुन्छ। प्रेमका आँसु आउँछन्। चुम्बन गर्छन्, आँखामा राख्छन्। धेरै प्रेमले पत्र
पढ्छन्। बाँधेलीहरू कहाँ कम छन् र। कयौँ बच्चाहरूलाई मायाले जित्छ। कसैले त
सम्झन्छन्– हामी त पवित्र अवश्य बन्नुछ। भारतवर्ष निर्विकारी थियो नि। अहिले विकारी
छ। अब जो निर्विकारी बन्नेवाला छन्, उनीहरूले नै पुरुषार्थ गर्नेछन्– कल्प पहिला
जस्तै। तिमी बच्चाहरूलाई सम्झाउन धेरै सहज छ। तिम्रो पनि यो योजना छ नि। गीताको युग
चलिरहेको छ। गीताको नै पुरुषोत्तम युग गायन गरिन्छ। तिमीले लेख पनि यस्तै– गीताको
यो पुरुषोत्तम युग हो, जब पुरानो दुनियाँ परिवर्तन भएर नयाँ हुन्छ। तिम्रो बुद्धिमा
छ– बेहदका बाबा जो हाम्रो टिचर पनि हुनुहुन्छ, उहाँबाट हामीले राजयोग सिकिरहेका
छौँ। राम्रोसँग पढ्यौ भने डबल सिरताज बन्नेछौ। यो कति ठुलो विद्यालय हो। राज्य
स्थापना हुन्छ। प्रजा पनि अवश्य अनेक प्रकारका हुन्छन्। राज्यमा उन्नति हुँदै जानेछ।
थोरै ज्ञान लिनेहरू पछि आउनेछन्। जसले जति राम्रो पुरुषार्थ गर्छन् उनीहरू पहिला
आइरहन्छन्। यो सबै बनिबनाउ खेल हो। यो ड्रामाको चक्र दोहोरिन्छ नि। अहिले तिमीले
बाबाबाट वर्सा लिइरहेका छौ। बाबा भन्नुहुन्छ– पवित्र बन। यसमा कसैले विघ्न पारेछ भने
पनि परवाह गर्नुहुँदैन। रोटी टुक्रा त मिल्न सक्छ नि। बच्चाहरूले पुरुषार्थ
गर्नुपर्छ अनि याद रहनेछ। बाबाले भक्तिमार्गको उदाहरण बताउनुहुन्छ– पूजाको समयमा
बुद्धियोग बाहिर गयो भने आफ्नो कान समात्थे, आफैलाई थप्पड लगाउँथे। अहिले त यो हो
ज्ञान। यसमा पनि मुख्य कुरा यादको हुन्छ। याद रहेन भने आफूलाई थप्पड मार्नुपर्छ।
मायाले किन मलाई जित्छ। के म यति कच्चा छु! मैले त यस मायालाई जित्नुछ। आफूलाई
राम्रोसँग सम्हाल्नुछ। आफैसँग सोध– म यति महावीर छु? अरूलाई पनि महावीर बनाउने
पुरुषार्थ गर्नुछ। जति धेरैलाई आफूसमान बनाउँछौ त्यति उच्च पद हुन्छ। आफ्नो राज्य
भाग्य लिनको लागि दौड गर्नुछ। यदि म भित्र नै क्रोध छ भने अर्कोलाई कसरी भन्ने–
क्रोध गर्नुहुँदैन। सच्चाइ भएन नि। लाज लाग्नुपर्छ। अरूलाई सम्झाऊँ र उनीहरू उच्च
बनुन्, आफू तलै भइराखुँ, यो पनि कुनै पुरुषार्थ हो! (पण्डितको कहानी) बाबालाई याद
गर्दा तिमी यस विषय सागरबाट क्षीर सागरमा जान्छौ। बाँकी यी सबै उदाहरण बाबा बसेर
सम्झाउनुहुन्छ, जुन फेरि भक्तिमार्गमा दोहोरिन्छन्। कुमालकोटीको पनि उदाहरण छ। तिमी
ब्राह्मणीहरू हौ नि– बी.के., तिमीहरू त सच्चा सच्चा ब्राह्मण भयौ। प्रजापिता ब्रह्मा
कहाँ छन्? अवश्य यहाँ हुन्छन् नि। त्यहाँ कहाँ हुन्छन् र। तिमी बच्चाहरू धेरै
होसियार बन्नुपर्छ। बाबाको योजना छ– मनुष्यबाट देवता बनाउने। यी चित्र पनि छन्
सम्झाउनको लागि। यिनीहरूमा लेखाइ पनि यस्तै हुनुपर्छ। गीताका भगवानको यो योजना हो
नि। हामी ब्राह्मण हौँ टुपी। एकको कुरा कहाँ हुन्छ र। प्रजापिता ब्रह्मा, टुपी
ब्राह्मणहरूको भयो नि। ब्रह्मा ब्राह्मणहरूका पिता हुन्। यस समयमा धेरै ठुलो
कुटुम्ब (परिवार) हुन्छ नि। जो फेरि तिमी दैवी कुटुम्बमा आउँछौ। यस समयमा तिमीलाई
धेरै खुसी हुन्छ किनकि तिमीलाई चिट्ठा मिल्छ। तिम्रो धेरै नाम चल्छ। वन्दे मातरम्,
शिवको शक्तिसेना तिमी हौ नि। उनीहरू त सबै झुटा हुन्। झुटा धेरै भएका कारण
अलमलिन्छन् त्यसैले राजधानी स्थापना गर्नमा मेहनत लाग्छ। बाबा भन्नुहुन्छ– ड्रामा
यस्तै बनेको छ। यसमा मेरो पनि पार्ट छ। म सर्वशक्तिमान् हुँ। मलाई याद गरेमा तिमी
पवित्र बन्छौ। सबैभन्दा ठुलो चुम्बक शिवबाबा हुनुहुन्छ, उहाँ नै उच्चभन्दा उच्च
हुनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सदा यसै नशा वा खुसीमा रहनुछ– हामी २१ जन्मको लागि बेहद बाबाको वारिस बनेका छौँ,
जसको वारिस बनेका छौँ उहाँलाई याद पनि गर्नुछ र पवित्र पनि अवश्य बन्नुछ।
२) बाबाले जुन
श्रेष्ठ कर्म सिकाइरहनुभएको छ, त्यही कर्म गर्नुछ। श्रीमत लिइरहनुछ।
वरदान:–
स्थूल देश र
शरीरको स्मृतिबाट पर सूक्ष्म देशको भेषधारी भव
जसरी आजकालको
दुनियाँमा जस्तो कर्तव्य त्यस्तै भेष धारण गर्छन्, त्यसैगरी तिमीले पनि जुन समयमा
जस्तो कर्म गर्न चाहन्छौ त्यस्तै भेष धारण गर। अहिले भर्खरै साकारी र अहिले भर्खरै
आकारी। यस्तो बहुरूपी बन्यौ भने सर्वस्वरूपको सुखको अनुभव गर्न सक्नेछौ। यो
आफ्नैस्वरूप हो। अर्काको वस्त्र फिट भए पनि नभए पनि आफ्नो वस्त्र सहजै धारण गर्न
सक्छौ त्यसैले यस वरदानलाई यथार्थ अभ्यासमा ल्याऊ त्यसपछि अव्यक्त मिलनको विचित्र
अनुभव गर्न सक्नेछौ।
स्लोगन:–
सबैलाई आदर
गर्नेहरू नै आदर्श बन्न सक्छन्। सम्मान दियौ भने सम्मान मिल्नेछ।
अव्यक्त इसारा:– स्वयं
र सर्वप्रति मनसा द्वारा योगका शक्तिहरूको प्रयोग गर
जसरी आफ्नो स्थूल
कार्यको प्रोग्रामलाई दिनचर्या अनुसार सेट गर्छौ, त्यसैगरी आफ्नो मनसा समर्थ
स्थितिको प्रोग्राम सेट गर त्यसपछि कहिल्यै अपसेट (दु:खी) हुनेछैनौ। जति आफ्नो
मनलाई समर्थ सङ्कल्पहरूमा व्यस्त राख्छौ त्यति मनलाई अपसेट हुने समय नै मिल्दैन। मन
सदा सेट अर्थात् एकाग्र छ भने स्वत: राम्रो भाइब्रेसन फैलिन्छ। सेवा हुन्छ।