06.10.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– अब
सिक्नुको साथसाथै टिचर बनेर सिकाउनु पनि छ , यो पढाइ यस अन्तिम जन्मको लागि नै हो ,
त्यसैले राम्रोसँग पढ र पढाऊ।”
प्रश्न:–
कुन आधारमा
सत्ययुगी राजधानी स्थापन हुन्छ?
उत्तर:–
सङ्गमको पढाइको
आधारमा। जसले राम्रोसँग पढ्छन् अथवा जसको बृहस्पतिको दशा छ, उनीहरू सूर्यवंशीमा
आउँछन्। जसले पढ्दैनन्, सेवा गर्दैनन्, उनीहरूको बुधको दशा हुन्छ, उनीहरू मानौँ
बुद्धू हुन्। उनीहरू प्रजामा आउँछन्। उच्च प्रजा, नोकरचाकर आदि सबै यतिबेलाको पढाइको
आधारमा नै बन्छन्।
ओम् शान्ति ।
रुहानी
बच्चाहरूप्रति अथवा आत्माहरूप्रति रुहानी बाबा अर्थात् परमात्मा बसेर सम्झाइरहनुभएको
छ। रुहानी बाबालाई परमात्मा भनिन्छ। सबै आत्माहरूका पिता एक परमपिता परमात्मा
हुनुहुन्छ। उहाँ बसेर ब्रह्माको तनद्वारा सम्झाउनुहुन्छ। भक्तिमार्गमा मानिसहरूले
त्रिमूर्ति ब्रह्मा भन्छन्। अहिले तिमी ब्राह्मणहरूले यस्तो भन्दैनौ। तिमीले त भन्छौ,
त्रिमूर्ति शिव अर्थात् ब्रह्मा, विष्णु, शङ्करका रचयिता शिव। त्रिमूर्ति ब्रह्माको
कुनै अर्थ निस्कँदैन। यी तीनै देवताहरूका रचयिता शिव नै हुनुहुन्छ, त्यसैले
त्रिमूर्ति शिव भनिन्छ। एक हुनुहुन्छ रचयिता, बाँकी सबै रचना हुन्। बेहदका बाबा एउटै
हुनुहुन्छ। लौकिक पिता त हरेकका आआफ्ना हुन्छन्। यतिबेला त सबै शिवबाबाका बच्चा
बनेका छन्। तिमी बच्चाहरूलाई थाहा छ, हामी आत्माहरूले ८४ को चक्कर लगाउँछौँ। त्यसैले
हदका पिता ८४ हुन्छन्। सत्ययुगमा पनि मातापिताले कुनै बेहदको वर्सा दिँदैनन्। अहिले
त तिमीलाई सत्ययुगको लागि बेहदको वर्सा मिल्छ। त्यहाँ लक्ष्मीनारायणको राजधानी
हुन्छ अनि जति पनि राज्य पाउने रजौटाहरू हुन्छन्, तिनीहरूका बच्चाहरूलाई आफ्नो
पिताको वर्सा मिल्छ। तैपनि त्यहाँ धेरै सुख हुन्छ। यतिबेला तिमीलाई बेहदका बाबाले
बेहद विश्वको मालिक बनाउनुहुन्छ। तिमीलाई २१ जन्मको लागि सदा सुखको वर्सा मिल्छ।
त्यहाँ दुःखको नामनिसान हुँदैन। वाममार्ग सुरु हुनासाथ दुःख सुरु हुन्छ। जति पनि
आउँछन्, उनीहरूलाई यो सम्झाउनु छ– तिम्रा दुई पिता हुनुहुन्छ। ८४ जन्ममा त हदका ८४
पिता मिल्छन्। बेहदका बाबा त एउटै हुनुहुन्छ।
मूलवतन के हो, अहिले
तिमी बच्चाहरूको बुद्धिमा यसको पनि समझ छ। जुन चित्रमा मूलवतन देखाउँछौ, त्यो पनि
अझ ठुलो बनाउनुपर्छ, त्यसमा साना साना आत्माहरू सिताराजस्तै चम्किरहेका हुन्। जसरी
पहिला तिमीले जुनकिरीको हार बनाउँथ्यौ, त्यसरी नै यो मूलवतनको चित्र पनि बनाउनुपर्छ।
प्रोजेक्टर शो देखाउँछौ, त्यसमा पनि मूलवतनको चित्र यस्तो देखाउनुपर्छ। वृक्ष ठुलो
भयो भने स्पष्ट देखिन्छ– हामी आत्माहरू त्यहाँ रहन्छौँ। बच्चाहरूलाई बुझ्न पनि सहज
हुनेछ। उहाँ बेहदका बाबा हुनुहुन्छ, जसले ब्रह्माद्वारा दैवी सम्प्रदायको स्थापना
गरिरहनुभएको छ। तिमी अहिले ब्राह्मण हौ, फेरि दैवी गुणयुक्त देवता बन्नेछौ। अहिले
सबैमा आसुरी दुर्गुण छन्, त्यसलाई आसुरी अवगुण भनिन्छ। वाममार्गबाट दुःख सुरु हुन्छ।
यस्तो होइन, रजोप्रधान बन्नासाथ तुरुन्तै दुःखी हुन्छन्। होइन, अलिअलि कला कम
हुँदैजान्छन्। मुख्य चित्रहरू हुन् नै त्रिमूर्ति, गोला र नर्क-स्वर्गका गोलाहरू।
यी चित्रहरू सुरु सुरुमा सम्झाउनको लागि धेरै आवश्यक छन्। वृक्षको चित्रमा पनि
कल्पको अवधि पूरा आधा आधा छ। यथार्थ भयो भने पूरा सम्झाउन सकिनेछ। यो ज्ञान
बाबाबाहेक अरू कसैले सम्झाउन सक्दैन। सम्झाउनको लागि घरी घरी त्रिमूर्तिको चित्र
अवश्य चाहिन्छ। उहाँ बेहदका निराकार बाबा हुनुहुन्छ, जसलाई सबैले याद गर्छन्।
आत्मालाई थाहा भएको छ, उहाँ हाम्रो बेहदका बाबा हुनुहुन्छ, उहाँलाई दुःखमा सबैले
याद गर्छन्। सत्ययुगमा याद गर्ने आवश्यकता नै हुँदैन। त्यो त सुखधाम नै हो।
देवताहरूले नै पुनर्जन्म लिँदै आएका छन्। यो पनि कसैलाई थाहा छैन।
तिमीलाई थाहा छ–
सतोप्रधानबाट फेरि हामी कसरी सतो, रजो, तमोमा आउँछौँ। आत्मामा खाद पर्दैजान्छ।
तिम्रो आत्मालाई थाहा छ, हामीले ८४ जन्मको पार्ट खेल्नु छ। त्यो कुरा यथार्थरूपमा
हाम्रो आत्मामा पहिल्यै निश्चित छ। कति सानो आत्मामा सारा पार्ट भरिएको छ। यी हुन्
बुझ्नुपर्ने गुह्यभन्दा गुह्य कुराहरू। कुनै पनि मनुष्य मात्र, संन्यासी, उदासी
आदिको बुद्धिमा यी कुराहरू आउन सक्दैनन्। भन्न त नाटक भन्छन्, नाटकलाई ड्रामा
भनिँदैन। यो ड्रामा हो। ड्रामा, सिनेमा आदि पहिला थिएनन्। पहिला मुभी (इसाराबाट
चल्ने) थिए, अहिले आवाज आउने (टकी) बनेका छन्। हामी आत्माहरू पनि साइलेन्सबाट आवाजमा
आउँछौँ। आवाजबाट फेरि मुभीमा गएर पछि साइलेन्समा जान्छौँ, त्यसैले तिमी बच्चाहरूलाई
सिकाइन्छ– धेरै कुरा नगर। रोयल मानिसहरू धेरै बिस्तारै बोल्छन्। तिमी सूक्ष्मवतनमा
जानु छ। अहिले बाबाले सूक्ष्मवतनको ज्ञान सम्झाउनुभएको छ। यो हो आवाजको दुनियाँ,
त्यो हो मुभी। त्यहाँ ईश्वरसँग कुराकानी चल्छ। त्यहाँ सेतो लाइटको स्वरूप हुन्छ,
आवाज हुँदैन। त्यहाँको मुभी भाषा एकअर्काले बुझ्छन्। त्यसैले अहिले तिमी साइलेन्समा
मुभी हुँदै जानु छ। बाबा भन्नुहुन्छ– मैले सुरु सुरुमा सूक्ष्म सृष्टि रच्नुपर्छ,
त्यसपछि स्थूलवतन। भनिन्छ पनि मूलवतन, सूक्ष्म, स्थूल... मानिसहरूलाई यो पनि थाहा
छैन, ब्रह्मा, विष्णु, शङ्कर सूक्ष्मवतनवासी हुन्। त्यहाँ कुनै दुनियाँ हुँदैन।
केवल ब्रह्मा, विष्णु, शङ्कर देखिन्छन्। ४ भुजा भएका विष्णु देख्छौ, यसबाट सिद्ध
हुन्छ, त्यो प्रवृत्तिमार्ग हो। संन्यासीहरूको निवृत्तिमार्ग हो। यो पनि ड्रामा हो,
जसको वर्णन गरेर बाबाले सम्झाउनुहुन्छ। मुख्य कुरा त बाबा भन्नुहुन्छ– मनमनाभव।
बाँकी हो विस्तार। त्यसलाई बुझ्न समय लाग्छ। छोटकरीमा बीज र वृक्ष हो। बीजलाई
देखेपछि सारा वृक्ष बुद्धिमा आउँछ। बाबा बीजरूप हुनुहुन्छ, उहाँलाई यस वृक्षको र
सृष्टि चक्रको सारा ज्ञान छ, सम्झाउनको लागि सृष्टि चक्र छुट्टै छ। वृक्ष छुट्टै छ।
वृक्षमा यी सबै चित्र देखाइदिइएका छन्। कुनै पनि धर्मका आत्माहरूलाई देखाइयो भने
बुझ्न सक्छन्। हामी स्वर्गमा त आउन सक्दैनौँ। प्राचीन भारतवर्ष हुँदा केवल
देवीदेवताहरू नै थिए। बाँकी सबै शान्तिधाममा हुन्छन्।
तिमीले बीज र वृक्ष
दुवैलाई जान्दछौ। बीज माथि हुनुहुन्छ, जसलाई वृक्षपति भनिन्छ। अब तिमी बाबाका बनेका
छौ, त्यसैले तिमीलाई बृहस्पतिको दशा लागेको छ। जो बाबाका बन्छन्, उनीहरूको
बृहस्पतिको दशा छ भनिन्छ। फेरि हुन्छ शुक्रको दशा, बुधको दशा। बृहस्पतिको दशा
हुनेहरू सूर्यवंशी बन्छन्। बुधको दशा हुनेहरू प्रजामा जान्छन्, सेवा गर्न सक्दैनन्।
बाबालाई याद गर्न सक्दैनन् भने बुद्धु ठहरिए, यसमा पनि नम्बरवार बुद्धु बन्छन्। कोही
उच्च प्रजा, कोही साधारण प्रजा। कहाँ धनवान् प्रजा, फेरि कहाँ उनीहरूका पनि
नोकरचाकर। सबै पढाइमा आधारित हुन्छ। पढाइ पनि सतोगुणी, रजोगुणी, तमोगुणी हुन्छ।
राजधानी स्थापन भइरहेको छ। जो होसियार छन्, उनीहरू बाबाको यादमा पनि रहन्छन्। सारा
वृक्ष बुद्धिमा रहन्छ। पढाइबाट नै टिचर, वकिल बन्छन्। टिचरले फेरि अरूलाई पनि
पढाउँछन्। पढ्न त सबैले पढ्छन्। पढाइ एउटै छ, फेरि कोही त पढेर माथि चढ्छन्, कोही
फेरि त्यहीँ नै टिचर बन्छन्। जे सिकेका छन्, त्यही उनीहरूले पढाउँछन्। अहिले तिमीले
पनि पढ्छौ। कोही त पढ्दापढ्दै टिचर बन्छन्। स्वयं भन्छन्, टिचरको काम हो आफूसमान
टिचर बनाउनु। टिचर बनेनौ भने कसरी अरूको कल्याण गर्छौ। समय थोरै छ, विनाश
नहुँदासम्म सिकिरहनेछौ। त्यसपछि त सिक्न बन्द हुनेछ। फेरि बाबाले ५ हजार वर्षपछि
आएर सिकाउनुहुनेछ। यो पढाइ कुनै सयौँ वर्ष चल्नेवाला छैन। यो पढाइ त यस अन्तिम
जन्मको लागि नै हो। पढ्नु र पढाउनु छ। सबै त टिचर बन्न सक्दैनन्। सबै टिचर बने भने
त धेरैले उच्च पद पाउँछन्। नम्बरवार त हुन्छन् नै। सुरु सुरुमा जसलाई पनि दुई पिताको
परिचय देऊ। चित्र भयो भने राम्रोसँग बुझ्छन्। त्रिमूर्तिको चित्र त अवश्य साथमा
हुनुपर्छ। उहाँ शिवबाबा, यिनी प्रजापिता ब्रह्मा। सबैका आदि पिता। त्यसैले अवश्य
पहिला आएको हुनुपर्छ नि! सबैभन्दा अगाडि ब्रह्मा छन्। अहिले रचना रचिरहेका छन्।
अहिले तिमी ब्राह्मण बनेका छौ, फेरि ब्राह्मण नै देवता बन्छौ। ब्राह्मणहरूको वृक्ष
सानो छ। देवताहरू थोरै हुन्छन्, फेरि पछि वृद्धि हुँदैजान्छन्। यो तिम्रो नयाँ
वृक्ष स्थापन भइरहेको छ। ती अरू धर्मका आत्माहरू त माथिबाट पार्ट खेल्न आउँछन्,
गिर्ने कुरा होइन। यहाँ त तिम्रो नयाँ वृक्ष स्थापन हुन्छ। माया पनि सामुन्ने छ।
तिमी तमोप्रधानबाट सतोप्रधान बन्नु नै छ। ट्रान्स्फर हुनु छ किनकि दुनियाँ परिवर्तन
भइरहेको छ, त्यसैले मेहनत हुन्छ। यहाँ सङ्गमयुगमा देवीदेवता धर्मको स्थापना हुन्छ।
तिमीले यो पनि बताउँछौ, सत्ययुग कति वर्षको हुन्छ। सत्ययुगबाट फेरि कलियुग कसरी
बन्छ। कलियुगमा तमोप्रधान त हुनु नै छ। तमोप्रधान भएपछि मात्रै फेरि सतोप्रधान
बन्छन्। तिमी सतोप्रधान थियौ, फेरि खाद जम्दै गएको छ। अहिले कुनै नयाँ आत्माले २-३
जन्म लिए भने पनि तुरुन्तै खाद जम्छ। त्यति जन्ममा नै सुख, दुःख भोग्छ। कसैको एक
जन्म पनि हुन्छ। आउन बन्द भएपछि विनाश हुनेछ। त्यसपछि सबै आत्माहरू फर्केर
जानुपर्नेछ। पाप आत्माहरू र पुण्य आत्माहरू सँगै जान्छन्। फेरि पुण्य आत्माहरू तल
ओर्लन्छन्। सङ्गममा सबै परिवर्तन हुन्छ। त्यसैले बच्चाहरूले सारा ड्रामा बुद्धिमा
राख्नुपर्छ। बाबासँग यो सारा ज्ञान छ नि! बाबा भन्नुहुन्छ– म आएर सृष्टि चक्रको
आदि-मध्य-अन्त्यको सारा रहस्य सम्झाउँछु। भक्तिमार्गमा कहाँ यो ज्ञान सुनाउँछु र!
भक्तहरूले याद गर्छन्, त्यसैले उनीहरूलाई साक्षात्कार गराउँछु। भक्तिमार्ग सुरु
हुन्छ त्यसपछि मेरो पार्ट पनि सुरु हुन्छ। सत्ययुग-त्रेतामा म वानप्रस्थमा रहन्छु।
बच्चाहरूलाई सुखमा पठाइदिएँ, बाँकी के चाहियो र! मैले वानप्रस्थ लिन्छु। यो
वानप्रस्थ लिने प्रचलन भारतवर्षमा नै छ। बेहदका बाबा भन्नुहुन्छ– म वानप्रस्थमा
बस्छु। गुरुको रूपमा बेहदका बाबाले नै आएर वानप्रस्थमा लैजानुहुन्छ। मानिसहरूले
गुरुहरूको सङ्गत गर्छन्– भगवानसँग मिल्नको लागि। शास्त्र पढ्छन्, तीर्थहरूमा जान्छन्,
गङ्गा स्नान गर्छन्। तर उनीहरूलाई त केही पनि मिलेको छैन। अहिले तिमीलाई बेहदका बाबा
मिल्नुभएको छ। बाबाले तिमीलाई दुःखबाट छुटाएर, रावण राज्यबाट निकालेर रामराज्यमा
लैजानुहुन्छ। बेहदका बाबाले एकैपटक आएर रावणको दुःखबाट छुटाउनुहुन्छ, त्यसैले
उहाँलाई मुक्तिदाता भनिन्छ। सत्ययुगमा हुन्छ नै रामराज्य। बाँकी आत्माहरू शान्तिधाम
जान्छन्। यो कुरा पनि कसैलाई थाहा छैन। हामी आत्माको स्वधर्म नै हो– शान्ति। यहाँ
पार्टमा आएपछि अशान्त बनेका हौँ, फेरि शान्ति याद आउँछ। वास्तवमा हामी आत्माहरू
शान्तिधाम निवासी हौँ। अब भन्छन्, मलाई शान्ति चाहिन्छ। मनलाई शान्ति चाहिन्छ।
सम्झाइन्छ– आत्मा मन-बुद्धिसहित छ। आत्मा शान्तस्वरूप नै हो, फेरि यहाँ कर्ममा आउँछ।
यहाँ शान्ति कसरी मिल्छ। यो त हो नै अशान्तिधाम। सत्ययुगमा सुखशान्ति दुवै हुन्छ।
पवित्रता पनि हुन्छ, धनदौलत पनि हुन्छ।
बाबा सम्झाउनुहुन्छ–
तिमीसँग कति सुखशान्ति, धनदौलत आदि सबैथोक थियो। अब फेरि तिमीले अरूलाई सम्झाउनु छ।
जसले कल्प पहिला वर्सा लिएका थिए, उनीहरूले नै राम्रोसँग बुझ्ने कोसिस गर्नेछन्।
आउन त ढिलो आउँछन् तर पुरानाहरूभन्दा तुरुन्तै अगाडि जान्छन्। ढिलो आउनेहरूलाई झन्
राम्रा पोइन्टहरू मिल्छन्। दिनप्रतिदिन सहज हुँदैजान्छ। यो पनि बुझ्नेछन्, अहिले
हामीले बुझ्न त सबै बुझेका छौँ, फेरि तमोप्रधानबाट सतोप्रधान बन्ने मेहनत पनि गर्नु
छ। त्यसको लागि तीव्र पुरुषार्थ गर्न थाल्नेछन् किनकि बुझ्नेछन्, समय थोरै छ, जति
सकिन्छ पुरुषार्थमा लागौँ। मृत्युभन्दा पहिला हामीले पुरुषार्थ गरौँ। उनीहरूले आफ्नो
चार्ट पनि राख्नेछन्। पढाइ त सहज छ। बाँकी हो यादको कुरा। गायन गरिएको पनि छ– राम
सुमिर प्रभात मोरे मन... आत्माले भन्छ, हे मेरो मन, रामको स्मरण गर। भक्तिमार्गमा त
यो पनि कसैलाई थाहा छैन, राम को हुनुहुन्छ। उनीहरूले रघुपति राघव राजाराम भनिदिन्छन्।
कति गडबड गरिदिएका छन्। सबैका भगवान् उहाँ राम को हुनुहुन्छ, मानिसहरूले केही पनि
जान्दैनन्। समयको बर्बादी, धनको बर्बादी गरिराखेका छन्। तिमी बच्चाहरूलाई मैले
विश्वको राज्य भाग्य दिएको थिएँ, फेरि त्यसलाई के गरिदियौ? ५ हजार वर्ष पहिला
तिमीलाई स्वर्गको राज्य भाग्य दिएको थिएँ, त्यो फेरि कसरी गुमायौ? अहिले तिमीले
बुझेका छौ– कसरी हामी तल गिर्दै आएका छौँ। अब फेरि चढ्नु छ। चढ्तीकला एक सेकेन्डमा,
गिर्तीकला ५ हजार वर्षमा। ब्रह्मा नै विष्णु बन्न एक सेकेन्ड, विष्णुबाट ब्रह्मा
बन्न ५ हजार वर्ष लाग्छ। बाबाले कति पोइन्टहरू सम्झाउनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) अब आवाजबाट मुभी, मुभीबाट साइलेन्समा जानु छ, त्यसैले कुराकानी धेरै कम गर्नु छ।
धेरै बिस्तारै सभ्यतापूर्वक बोल्नु छ।
२) ज्ञान बुझेपछि
तीव्र पुरुषार्थ गरेर सतोप्रधान बन्नु छ। यादको चार्ट राख्नु छ।
वरदान:–
यस लोकको
लगावबाट मुक्त बनेर अव्यक्त वतनको सयर गर्ने उड्ने पन्छी भव
बुद्धिरूपी
विमानद्वारा अव्यक्त वतन वा मूलवतनको सयर गर्नको लागि उड्ने पन्छी बन। बुद्धिद्वारा
जहिले चाहन्छौ, जहाँ चाहन्छौ त्यहाँ पुग। यो अवस्था यस लोकको लगावबाट एकदमै टाढा
रहेपछि मात्र सम्भव हुन्छ। यो असार संसार हो, यस असार संसारसँग कुनै काम छैन, कुनै
प्राप्ति छैन भने बुद्धिद्वारा पनि यस संसारमा जान बन्द गर। यो रौरव नर्क हो, यसमा
जाने सङ्कल्प र स्वप्नमा पनि नआओस्।
स्लोगन:–
आफ्नो चेहरा र
चलनद्वारा सत्यताको सभ्यताको अनुभव गराउनु नै श्रेष्ठता हो।
अव्यक्त इसारा:–
परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर।
जो परोपकारको भावनाले
सम्पन्न छ, ऊ सदा सन्तुष्टमणिसमान स्वयं पनि सन्तुष्ट हुन्छ र सबैलाई पनि सन्तुष्ट
पार्छ। कमाल त यो हो, जसले निराश आत्मामा आशा पैदा गरिदिन्छ, जसप्रति सबैले निराशा
देखाउँछन्, त्यस्ता व्यक्ति वा यस्तो स्थितिमा सदाको लागि उनीहरूको आशाको दियो
जगाइदिन्छ। आफ्नो उपकारको शुभभावनाद्वारा, स्नेहद्वारा, शक्तिद्वारा, मीठो वचनद्वारा,
उत्साह-उमङ्गको सहयोगद्वारा निराश आत्माहरूलाई शक्तिवान् बनाइदिन्छ अर्थात्
भिखारीलाई बादसाह बनाइदिन्छ।