07.01.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– कहिल्यै पनि आफ्नो हातमा कानुन न लेऊ , यदि कसैको भुल भयो भने बाबालाई रिपोर्ट गर , बाबाले सावधानी दिनुहुन्छ।”

प्रश्न:–
बाबाले कुन ठेक्का लिनुभएको छ?

उत्तर:–
बच्चाहरूको अवगुण निकाल्ने ठेक्का एक बाबाले नै लिनुभएको छ। बच्चाहरूको कमीकमजोरी बाबाले सुन्नुहुन्छ त्यसैले त्यो निकाल्नको लागि प्यारले ज्ञान दिनुहुन्छ। यदि तिमी बच्चाहरूले कसैको कमीकमजोरी देख्यौ भने पनि तिमीले आफ्नो हातमा कानुन नलेऊ। कानुन हातमा लिनु यो पनि भुल हो।

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरू आउँछन् बाबाबाट रिफ्रेस हुन किनकि बच्चाहरूलाई थाहा छ– बेहदका बाबाबाट बेहद विश्वको बादसाही लिनुछ। यो कहिल्यै भुल्नुहुँदैन तर भुल्छन्। मायाले भुलाइदिन्छ। मायाले भुलाएन भने धेरै खुसी हुन्छ। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! यो ब्याजलाई घरी घरी हेरिरहनुछ। चित्रहरूलाई पनि हेरिरहनुछ। घुम्दा फिर्दा ब्याजलाई हेरिरह्यौ भने थाहा हुन्छ, बाबाद्वारा बाबाको यादले हामी यस्ता बनिरहेका छौँ। दैवीगुण पनि धारण गर्नुछ। यही समय हो ज्ञान मिल्ने। बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू... रातदिन मीठा-प्यारा भनिरहनुहुन्छ। बच्चाहरूले भन्न सक्दैनन्– मीठा-प्यारा बाबा। भन्न त दुवै बाबाले पर्छ। दुवै नै मीठा हुनुहुन्छ नि। बेहदका बापदादा। तर कोही देह अभिमानीले केवल बाबालाई मीठो मीठो भन्छन्। कुनै बच्चाहरू त रिसमा आएर फेरि कहिलेकाहीँ बापदादालाई पनि केही भनिदिन्छन्। कहिल्यै बाबालाई भने भने दादालाई पनि भने, कुरा एउटै हुन्छ। कहिले ब्राह्मणीसँग, कहिले आपसमा रिसाउँछन्। त्यसैले बेहदका बाबा बसेर बच्चाहरूलाई शिक्षा दिनुहुन्छ। गाउँ गाउँमा बच्चाहरू त धेरै छन्, सबैलाई लेखिरहनुहुन्छ। तिम्रो रिपोर्ट आउँछ, तिमी रिसाउँछौ। बेहदका बाबाले यसलाई देह अभिमान भन्नुहुन्छ। बाबाले सबैलाई भन्नुहुन्छ– प्यारा बच्चाहरू! देहीअभिमानी भव। सबै बच्चाहरू तलमाथि भइरहन्छन्, यसमा पनि मायाले जसलाई समर्थ पहलमान देख्छ, उसैसँग लडाइँ गर्छ। महावीर, हनुमानको लागि देखाइएको छ मायाले उनलाई पनि हल्लाउने कोसिस गर्छ। यस समयमा नै सबैको परीक्षा लिन्छ। सबैको मायाबाट हारजित भइरहन्छ। लडाइँमा स्मृति विस्मृति सबै हुन्छ। जो जति स्मृतिमा रहन्छन्, निरन्तर बाबालाई याद गर्ने कोसिस गर्छन् उनीहरूले राम्रो पद पाउन सक्छन्। बाबा आउनुभएको छ बच्चाहरूलाई पढाउन, त्यो त पढाइरहनुहुन्छ। श्रीमतमा चलिरहनुछ। श्रीमतमा चलेमा नै श्रेष्ठ बन्नेछौ, यसमा कसैसँग बिग्रने कुरा नै छैन। बिग्रनु अर्थात् रिसाउनु। भुल आदि गरे भने बाबालाई रिपोर्ट गर्नुछ। स्वयं कसैलाई भन्नुहुँदैन फेरि मानौँ कानुन हातमा लियो। सरकारले कानुन हातमा लिन दिँदैन। कसैले मुड्की हान्यो भने उसलाई मुड्की हान्दैनन्। रिपोर्ट गर्छन् फेरि उसको मुद्दा चल्छ। यहाँ पनि बच्चाहरूले कहिल्यै कसैलाई अगाडि केही भन्नुहुँदैन, बाबालाई भन। सबैलाई सावधानी दिने एक बाबा हुनुहुन्छ। बाबाले युक्ति धेरै मीठो बताउनुहुन्छ। मीठाससँग शिक्षा दिनुहुन्छ। देह अभिमानी बनेमा आफ्नै पद घटाइदिन्छन्। आफैले किन घाटा पार्ने। जति हुन सक्छ बाबालाई धेरै प्यारले याद गरिराख। बेहदका बाबा, जुन बाबाले विश्वको बादसाही दिनुहुन्छ उहाँलाई धेरै प्यारले याद गर। केवल दैवीगुण धारण गर्नुछ। कसैको पनि निन्दा गर्नुहुँदैन। देवताहरूले कसैको निन्दा गर्छन् र? कति बच्चाहरू त निन्दा नगरी रहन सक्दैनन्। तिमीले बाबालाई भनेमा बाबाले धेरै प्यारले सम्झाउनुहुन्छ! नत्र टाइम वेस्ट हुन्छ। निन्दा गर्नुभन्दा बाबालाई याद गरेमा धेरै धेरै फाइदा हुन्छ। कसैसँग पनि वादविवाद नगर्नु धेरै राम्रो हो।

तिमी बच्चाहरूले दिलैदेखि बुझेका छौ– हामीले नयाँ दुनियाँको बादसाही स्थापना गरिरहेका छौँ। भित्र कति शुद्ध गर्व हुनुपर्छ। मुख्य हो नै याद र दैवीगुण। बच्चाहरूले चक्रलाई याद गर्छन् नै, त्यो त सहजै याद आउँछ। ८४ को चक्र हो नि। तिमीलाई सृष्टिको आदि-मध्य-अन्त्य, अवधि थाहा छ, फेरि अरूलाई पनि धेरै प्यारले परिचय दिनुछ। बेहदका बाबाले हामीलाई विश्वको मालिक बनाइरहनुभएको छ। राजयोग सिकाइरहनुभएको छ। विनाश पनि सामुन्ने उभिएको छ। यो हो पनि सङ्गमयुग, जुनबेला नयाँ दुनियाँ स्थापना हुन्छ र पुरानो दुनियाँ समाप्त हुन्छ। बाबाले बच्चाहरूलाई सावधान गरिरहनुहुन्छ– सिमर-सिमर सुख पाओ, कलह क्लेष मिटे सब तन के...। आधाकल्पको लागि मेटिनेछन्। बाबाले सुखधाम स्थापना गर्नुहुन्छ। माया रावणले फेरि दुःखधाम स्थापना गर्छ। यो पनि तिमी बच्चाहरूलाई थाहा छ– नम्बरवार पुरुषार्थ अनुसार। बाबाको बच्चाहरूमा कति लभ हुन्छ। सुरुदेखि बाबाको लभ छ। बाबालाई थाहा छ, मैले जान्दछु– बच्चाहरू जो काम चितामा चढेर कालै भएका छन्, उनीहरूलाई गोरा बनाउन जान्छु। बाबा त ज्ञानको सागर हुनुहुन्छ, बच्चाहरूले बिस्तारै बिस्तारै ज्ञान लिन्छन्। मायाले फेरि भुलाउँछ। खुसी हुनै दिँदैन। बच्चाहरूलाई त दिनप्रतिदिन खुसीको पारा चढिरहनुपर्छ। सत्ययुगमा खुसीको पारा चढेको थियो। अब फेरि चढाउनुछ यादको यात्राले। त्यो बिस्तारै बिस्तारै चढ्नेछ। हारजित हुँदाहुँदा फेरि नम्बरवार पुरुषार्थ अनुसार कल्प पहिलाजस्तै आफ्नो पद पाउनेछन्। बाँकी टाइम त त्यही लाग्छ जुन कल्प कल्प लाग्छ। पास पनि उनै हुन्छन् जो कल्प कल्प हुन्छन् होला। बापदादा साक्षी भएर बच्चाहरूको अवस्थालाई हेर्नुहुन्छ र ज्ञान दिइरहनुहुन्छ। बाहिर सेन्टर आदिमा रहनेहरू त्यति रिफ्रेस हुँदैनन्। सेन्टरबाट निस्किएर फेरि बाहिरको वायुमण्डलमा जान्छन्, त्यसैले यहाँ बच्चाहरू आउँछन् नै रिफ्रेस हुनको लागि। बाबाले लेख्नु पनि हुन्छ– परिवारसहित सबैलाई याद प्यार दिनु। उनी हुन् हदका पिता, यहाँ हुनुहुन्छ बेहदका पिता। बाबा र दादा दुवैको धेरै लभ छ किनकि कल्प कल्प लभली सेवा गर्नुहुन्छ र धेरै प्यारले गर्नुहुन्छ। भित्र दया लाग्छ। पढ्दैनन् वा आचरण राम्रो छैन, श्रीमतमा चल्दैनन् भने दया लाग्छ– यिनीहरूले सानो पद पाउनेछन्। बाबाले के गर्न सक्नुहुन्छ! त्यहाँ र यहाँ बस्नुमा धेरै फरक छ। तर सबै त यहाँ बस्न सक्दैनन्। बच्चाहरू वृद्धि भइरहन्छन्। प्रबन्ध पनि भइरहन्छ। यो पनि बाबाले सम्झाउनुभएको छ– यो आबू सबैभन्दा ठुलो तीर्थ हो। बाबा भन्नुहुन्छ– म यहीँ आएर सारा सृष्टिलाई, ५ तत्त्वसहित सबैलाई पवित्र बनाउँछु। कति सेवा छ। एउटै बाबा हुनुहुन्छ जो आएर सर्वको सदगति गर्नुहुन्छ। त्यो पनि अनेक पटक गर्नुभएको छ। यो जान्दाजान्दै पनि फेरि भुल्छन्– त्यसैले त बाबा भन्नुहुन्छ– माया धेरै जबर्जस्त छ। आधाकल्प यसको राज्य चल्छ। मायाले हराउँछ फेरि बाबाले उभ्याउनुहुन्छ। धेरैले लेख्छन्– बाबा म गिरेँ। अच्छा, फेरि नगिर्नु। फेरि पनि गिर्छन्। यसरी गिरे भने फेरि चढ्नै छोडिदिन्छन्। कति चोट लाग्छ। सबैलाई चोट लाग्छ। सारा आधार पढाइमाथि छ। त्यो पढाइमा योग भइ नै हाल्छ। फलानाले मलाई यो पढाइरहेका छन्। अब तिमीले बुझेका छौ– बाबाले हामीलाई पढाइरहनुभएको छ। यहाँ तिमी धेरै रिफ्रेस हुन्छौ। गायन पनि छ– निंदा हमारी जो करे मित्र हमारा सो। भगवानुवाच– मेरो ग्लानि धेरै गर्छन्। म आएर मित्र बन्छु। कति निन्दा गर्छन्, मैले त सम्झन्छु– सबै मेरा बच्चाहरू हुन्। यिनीहरूसँग मेरो कति प्रित छ । निन्दा गर्नु राम्रो होइन। यस समयमा त धेरै होसियारी राख्नुपर्छ। भिन्न भिन्न अवस्था भएका बच्चाहरू छन्, सबैले पुरुषार्थ गरिरहन्छन्। कुनै भुल भयो भने पनि पुरुषार्थ गरेर सच्चिनुछ। मायाले सबैसँग भुल गराउँछ। बक्सिङ हो नि। कुनै समयमा यस्तो चोट लाग्छ जसले गर्दा गिराइदिन्छ। बाबाले सावधानी दिनुहुन्छ– प्यारा बच्चाहरू! यसरी हारेमा गरेको कमाइ नास हुन्छ। ५ तलाबाट गिरिन्छ। भन्छन्– बाबा यस्तो भुल फेरि कहिल्यै हुँदैन। अब क्षमा गर्नुहोस्। बाबाले के क्षमा गर्नुहुन्छ। बाबाले त भन्नुहुन्छ– पुरुषार्थ गर। बाबालाई थाहा छ– माया धेरै प्रबल छ। धेरैलाई हराउँछ। टिचरको काम हो भुल भएकोमा शिक्षा दिएर सच्याइदिनु। यस्तो होइन कसैले भुल गरेपछि सदैव उसको त्यही भुल भइरहन्छ। होइन, राम्रा गुण गायन गरिन्छ। भुलको गायन गरिँदैन। अविनाशी वैद्य त एउटै बाबा हुनुहुन्छ। उहाँले दबाइ गर्नुहुन्छ। तिमी बच्चाहरूले किन कानुन आफ्नो हातमा लिन्छौ। जसमा क्रोधको अंश हुन्छ उसले ग्लानि नै गरिरहन्छ। सुधार्नु बाबाको काम हो, तिमी सुधार्नेवाला कहाँ हौ र। कसैमा क्रोधको भूत हुन्छ। स्वयं बसेर कसैको ग्लानि गरे भने अर्थात् आफ्नो हातमा कानुन लिए, यसबाट उनीहरू सुध्रिँदैनन्। झन् झगडा हुन्छ। मनमुटाव हुन्छ। सबै बच्चाहरूको लागि एक बाबा बस्नुभएको छ। कानुन आफ्नो हातमा लिएर कसैको ग्लानि गर्नु, यो ठुलो भुल हो। कुनै न कुनै खराबी त सबैसँग हुन्छ। सबै सम्पूर्ण त बनेका छैनन्। कसैमा के अवगुण छ, कसैमा के छ। त्यो सबै निकाल्ने ठेक्का बाबाले लिनुभएको छ। यो तिम्रो काम होइन। बच्चाहरूको कमी कमजोरी बाबाले सुन्नुभयो भने त्यसलाई निकाल्नको लागि प्यारले ज्ञान दिनुहुन्छ। अहिलेसम्म सम्पूर्ण कोही बनेको छैन। सबै श्रीमतमा सुध्रिरहेका छन्। सम्पूर्ण त अन्त्यमा बन्नुछ। यस समयमा सबै पुरुषार्थी छन्। बाबा सदैव अडोल रहनुहुन्छ। बच्चाहरूलाई प्यारले शिक्षा दिइरहनुहुन्छ। शिक्षा दिनु बाबाको काम हो। फेरि त्यसमा चल्ने नचल्ने, त्यो भयो उसको तकदिर। कति पद सानो हुन्छ। श्रीमतमा नचलेमा केही पनि यस्तो गरेमा पद भ्रष्ट हुन्छ। दिल भित्र खान्छ, मैले यो भुल गरेँ। मैले धेरै मेहनत गर्नुपर्छ। कसैको पनि अवगुण छ भने त्यो बाबालाई सुनाउनुछ। ठाउँ ठाउँमा सुनाउनु यो देह अभिमान हो। बाबालाई याद गर्दैनन्। अव्यभिचारी बन्नुपर्छ नि। एकलाई सुनायो भने उनी झट्टै सुध्रिन्छन्। सुधार्नेवाला एकै बाबा हुनुहुन्छ। बाँकी त सबै छन् नसुध्रिएका। तर माया यस्तो छ– जसले शिर मोडिदिन्छ। बाबाले एकातिर मुख फर्काउनुहुन्छ, मायाले फेरि घुमाएर आफैतिर फर्काउँछ। बाबा आउनुभएको नै छ सुधारेर मनुष्यबाट देवता बनाउन। तर ठाउँ ठाउँमा कसैको नाम बदनाम गर्नु यो काइदा विपरीत हो। तिमीले शिवबाबालाई याद गर। निर्णय पनि उहाँले गर्नुहुन्छ नि। कर्मको फल पनि बाबाले दिनुहुन्छ। हुन त ड्रामामा हुन्छ तर कसैको नाम त लिइन्छ नि। बाबाले त बच्चाहरूलाई सबै कुरा सम्झाइरहनुहुन्छ। तिमी कति भाग्यशाली छौ। कति पाहुनाहरू आउँछन्। जसकहाँ धेरै पाहुना आउँछन्, तिनीहरू खुसी हुन्छन्। यी बच्चाहरू पनि हुन् भने पाहुना पनि हुन्। टिचरको बुद्धिमा त यही हुन्छ– मैले बच्चाहरूलाई यिनीहरू जस्तो सर्वगुण सम्पन्न बनाऊँ। यो ठेक्का बाबाले लिनुभएको छ, ड्रामा प्लान अनुसार। बच्चाहरूले मुरली पनि कहिल्यै मिस गर्नुहुँदैन। मुरलीको नै त गायन छ नि– एउटा पनि मुरली मिस गरेमा मानौँ स्कुलमा गयल भयो। यो हो बेहदका बाबाको स्कुल, यसमा त एक दिन पनि मिस गर्नुहुँदैन। बाबा आएर पढाउनुहुन्छ, दुनियाँमा कसैलाई थाहा कहाँ छ र। स्वर्गको स्थापना कसरी हुन्छ, यो पनि कसैले जान्दैनन्। तिमीले सबै कुरा जानेका छौ। यो पढाइ धेरै धेरै अथाह कमाइको हो। जन्मजन्मान्तरको लागि यो पढाइको फल मिल्छ। विनाशको सारा सम्बन्ध तिम्रो पढाइसँग छ। तिम्रो पढाइ पूरा हुन्छ र यो लडाइँ सुरु हुन्छ। पढ्दापढ्दै बाबालाई याद गर्दा नम्बर पूरा हुन्छ, परीक्षा हुन्छ त्यसपछि लडाइँ हुन्छ। तिम्रो पढाइ पूरा भयो भने लडाइँ हुन्छ। यो नयाँ दुनियाँको लागि बिल्कुल नयाँ ज्ञान हो त्यसैले मानिसहरू बिचरा दिक्क हुन्छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) कसैको अवगुण देखेर उसको निन्दा गर्नुछैन। ठाउँ ठाउँमा उसको अवगुण सुनाउनुछैन। आफ्नो मीठोपन छोड्नुछैन। क्रोधमा आएर कसैको विरोध गर्नुछैन।

२) सबैलाई सुधार्नेवाला एक बाबा हुनुहुन्छ, त्यसैले एक बाबालाई नै सबै सुनाउनुछ, अव्यभिचारी बन्नुछ। मुरली कहिल्यै पनि मिस गर्नुछैन।

वरदान:–
सदा साथीपनको स्मृति र साक्षी स्थिति को अनुभव गर्ने शिवम य शक्ति स्वरूप कम्बाइन्ड भव

जसरी आत्मा र शरीर दुवै साथै हुन्छन्, यो सृष्टिमा पार्ट भएसम्म छुट्टिन सक्दैनन्, त्यसैगरी नै शिव र शक्ति दुवैको त्यति नै गहिरो सम्बन्ध छ। जो सदा शिवमय शक्तिस्वरूपमा स्थित भएर चल्छन् भने उनीहरूको लगनमा मायाले विघ्न पार्न सक्दैन। उनीहरूले सदा साथीपनको र साक्षी स्थितिको अनुभव गर्छन्। यस्तो अनुभव हुन्छ जसरी कोही साकारमा साथमा छ।

स्लोगन:–
निर्विघ्न र एकरस स्थितिको अनुभव गर्नको लागि एकाग्रताको अभ्यास गर।

अव्यक्त इसारा:– यो अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर

आफूलाई वर्तमान समयमा म टिचर हुँ, म विद्यार्थी हुँ, म सेवाधारी हुँ, यो सम्झनुको सट्टा अमृतवेलादेखि यो अभ्यास गर म श्रेष्ठ आत्मा माथिबाट आएको हुँ– यो पुरानो दुनियाँमा, पुरानो शरीरमा सेवाको लागि। म आत्मा हुँ– यो पाठ अब झन् पक्का गर। म सेवाधारी हुँ, यो पाठ पक्का छ तर म आत्मा सेवाधारी हुँ यो पाठ पक्का गरेमा जीवनमुक्त बन्नेछौ।