07.10.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– ढिलो आए
पनि तीव्र पुरुषार्थ गरेमा धेरै अगाडि जान सक्छौ , अरूको चिन्ता छोडेर आफ्नो
पुरुषार्थमा लाग।”
प्रश्न:–
कुन कर्तव्य
एक बाबाको हो, जुन कुनै मानिसको हुन सक्दैन?
उत्तर:–
मानिसलाई देवता
बनाउनु, त्यस आत्मालाई शान्तिधाम, सुखधामको मालिक बनाइदिनु, यो कर्तव्य एक बाबाको
मात्रै हो, जुन कुनै मानिसले गर्न सक्दैन। तिमीलाई निश्चय छ, सङ्गममा नै हामीले
भगवानुवाच भनेको सुन्छौँ। अहिले स्वयं भगवानले कल्प पहिलाजस्तै राजयोग सिकाइरहनुभएको
छ।
ओम् शान्ति ।
रुहानी बेहदका
बाबाले बेहदका रुहानी बच्चाहरूप्रति सम्झाउनुहुन्छ। यी एक एक अक्षर वा ज्ञान रत्न
लाखौँ रुपैयाँका छन्। बाबाले सम्झाउनुभएको छ– परमात्मालाई रूप बसन्त पनि भनिन्छ।
उहाँको रूप पनि छ, नाम शिवबाबा हो। उहाँ ज्ञानको सागर हुनुहुन्छ, जुन ज्ञानद्वारा
सद्गति हुन्छ। ज्ञान धन पनि हो, ज्ञान पढाइ पनि हो। यो ज्ञान आध्यात्मिक पिता (स्पिरिचुअल
फादर) ले दिनुहुन्छ । आत्मालाई भनिन्छ– आध्यात्मिक रुह। भक्तिमार्गमा आत्माहरू
बाबासँग मिल्नको लागि कति भट्किन्छन्। उहाँलाई खोज्छन्। भगवान् एक शिव हुनुहुन्छ
भन्ने पनि जान्दछन् तैपनि हण्डर खाइरहन्छन्। बाबा आएर सम्झाउनुहुन्छ– प्यारा रुहानी
बच्चाहरू! तिमीहरू त अविनाशी हौ, परमधाम निवासी हौ, जहाँबाट फेरि आउँछौ यहाँ पार्ट
खेल्न। तिमी दूरदेशका बासिन्दा हौ। यो ड्रामा हो, यसको नाम हो हारजितको खेल।
सुखदुःखको खेल। बाबा सम्झाउनुहुन्छ– म र तिमी सबै शान्तिधामका बासिन्दा हौँ।
त्यसलाई निर्वाणधाम पनि भनिन्छ। पहिला त यो निश्चय गर्नु छ, हामी त्यहाँका बासिन्दा
हौँ। हामी आत्माको स्वधर्म हो शान्ति। आत्मा बिन्दुमा सारा अविनाशी पार्ट भरिएको छ।
बाबाले पढाउनुहुन्छ पनि तिमीलाई , तिमीले दुनियाँका मानिसहरूको चिन्ता गर्छौ।
तिमीलाई निश्चय छ नि, भगवानुवाच सङ्गममा नै हुन्छ, फेरि कहिल्यै हुँदैन। कुनै पनि
मानिसले देवता बनाउन सक्दैन। शान्तिधाम, सुखधामको मालिक बनाउन सक्दैन। कल्प पहिला
पनि बाबाले यस्तो बनाउनुभएको थियो। अहिले जो राष्ट्रपति बनेका छन्, ५ हजार वर्षपछि
उनी नै बन्नेछन्। सारा दुनियाँका जुन दृश्यहरू छन्, ५ हजार वर्षपछि तिनै दृश्य
दोहोरिनेछन्। वृद्ध माताहरूले त्यति सबै धारण गर्न सक्दैनन्, त्यसैले उनीहरूलाई
भनिन्छ, केवल ३ कुरा याद गर– हामी आत्मा शान्तिधामका बासिन्दा हौँ, फेरि सुखधाममा
आउँछौँ, फेरि आधाकल्पपछि रावण राज्य सुरु भएपछि विकारी बन्छौँ, यसलाई भनिन्छ
दुःखधाम। दुःखधाम पूरा भइसकेपछि बाबा आएर मलाई याद गर भन्नुहुन्छ। म आउनुपर्छ
तिमीलाई शान्तिधाम, सुखधाममा लैजानको लागि।
अहिले जो आएर बाबाका
बनेका छन्, तिनीहरूले नै वर्सा पाउनेछन्। यहाँ सूर्यवंशी, चन्द्रवंशी राजधानी
स्थापन भइरहेको छ। करोडौँ मानिसहरू आएर बाबाबाट केही न केही सुन्नेछन्, बुझ्नेछन्।
वृद्धि हुँदैजानेछ। तिमी गएर सबैतिर सम्झाउनुपर्नेछ। पत्रिकामार्फत पनि धेरैले
बुझ्नेछन्, पाकिस्तानमा पनि पत्रिकामा पढ्नेछन्। त्यहाँ बसेर पनि यो ज्ञान सुन्नेछन्।
सारा दुनियाँमा गीताको धेरै प्रचार भएको छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर र
वर्सालाई याद गर। यो लेखाइ पत्रिकामा पढ्नेछन्, त्यसैले पनि धेरै ब्राह्मण बन्नेछन्,
जसले वर्सा लिनु छ उनीहरू आएर अवश्य वर्सा लिनेछन्। अब समय थोरै बाँकी छ, वृद्धि
हुँदैजानेछ। ढिलो आए भने फेरि तीव्र पुरुषार्थ गर्नुपर्नेछ। कल्प पहिला जति
स्वर्गवासी बनेका थिए, त्यति अहिले पनि अवश्य बन्नेछन्। यसमा अलिकति पनि फरक पर्न
सक्दैन। शान्तिधाम जाने आत्माहरू शान्तिधाममा जानेछन्। फेरि आआफ्नो समयमा पार्ट
खेल्न आउनेछन्। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई याद गरेमा तिमी आफ्नो घर
पुग्नेछौ। संन्यासीहरूले मुक्तिको लागि मेहनत गर्छन्, त्यसैले सबैलाई भन्छन्, मुक्ति
नै ठीक छ। सुख त काग विष्टासमान छ। शास्त्रहरूमा लेखिदिएका छन्, सत्ययुगमा पनि
दुःखका कुराहरू थिए, केही पनि बुझ्दैनन्। उनीहरूले भन्छन्, परमात्मालाई आउनैपर्छ।
पतितपावन परमात्मा आउनुहोस्, आएर हामीलाई बाटो देखाउनुहोस्! अर्कातिर भन्छन्, गङ्गा
पतितपावनी हुन्। गङ्गास्नान, यज्ञ, तप, तीर्थ यात्रा गर्नु यी सबै भगवानसँग मिल्ने
बाटाहरू हुन्। परमात्मालाई पुकार्छौ भने फेरि किन हण्डर खान्छौ! यी सबै भक्तिमार्गका
पहिल्यै निश्चित कुरा हुन्। मानिसहरूलाई जे आउँछ, त्यही भनिरहन्छन्। कति मेहनत
गर्छन् परमात्मासँग मिल्नको लागि। अब भगवानसँग मिल्न भक्तहरू जान्छन् वा भगवान् यहाँ
आउनुपर्नेछ? पतित आत्मा त जान सक्दैन। बाबा आउनुहुन्छ लैजानको लागि। सबै आत्माहरूका
पण्डा एक बाबा मात्रै हुनुहुन्छ। तिमी पनि पवित्र बनेर उहाँको पछाडि लागेर जानेछौ।
साजनले तिमीलाई ज्ञान रत्नहरूद्वारा सिँगार्नुहुन्छ– महारानी-महाराजा बनाउन। बाँकी
श्रीकृष्णको लागि देखाउँछन्– फलानीलाई भगाए, पटरानी बनाए। यी कुराहरू मिल्दैनन्।
तिमी बच्चाहरूलाई थाहा छ, हामी स्वर्गकी महारानी बन्नेछौँ। तिमी नै स्वर्गवासी थियौ।
अब बाबा फेरि त्यस्तै बनाउन आउनुभएको छ। ८४ जन्मको कुरा हो। ८४ लाख जन्म कसैले याद
गर्न सक्दैन। सत्ययुगका लाखौँ वर्ष हुन्छन् भनिदिएका छन्, त्रेताका थोरै भनिदिएका
छन्। यो त हिसाब नै मिल्दैन। बाबाले कति सहज बनाएर बताउनुहुन्छ, केवल दुई कुरा याद
गर्नु छ– अल्फ र बे। त्यसपछि तिमी पवित्र पनि बन्छौ, उड्न पनि सक्छौ र उच्च पद पनि
पाउँछौ। अब यो चिन्ता गर्नुपर्छ, जसरी भए पनि बाबालाई याद गर्नु छ। मायाका तुफानहरू
पनि आउँछन्, तर हार खानुहुँदैन। कसैले क्रोध गरे पनि तिमी नबोल। संन्यासीहरूले पनि
भन्छन्– मुखमा मुहलरा राखिदेऊ, अनि ऊ बोल्दा बोल्दा थाकेर चुप लाग्नेछ। बाबा पनि
भन्नुहुन्छ– कोही रिसाएर बोल्यो भने तिमी शान्त भएर हेरिराख। जस्तोसुकै अवस्थामा पनि
तिमीले शिवबाबालाई याद गर्नु छ। बाबाको यादबाट नै वर्सा पनि याद आउनेछ। तिम्रो
अतीन्द्रिय सुखको गायन छ, हामी २१ जन्मको लागि स्वर्गका राजकुमार बन्नेछौँ। त्यहाँ
दुःखको नाम पनि हुँदैन। तिमीले ५०-६० जन्म सुख भोग्छौ, सुखको हिसाब धेरै हुन्छ।
सुखदुःख बराबर भयो भने फाइदा नै के भयो र! तिमीसँग धन पनि धेरै हुन्छ। केही समय
पहिला यहाँ पनि अन्न धेरै सस्तो थियो। राजाहरूको ठुलो राज्य थियो। यी बाबाले १० आना
मन बाजरा बेचेका छन्। त्यसैले त्योभन्दा पहिला कति सस्तो होला। मानिसहरू थोरै
हुन्छन्, अन्नको परवाह हुँदैन। अब यो त याद रहनुपर्छ, पहिला हामी घर गएर फेरि नयाँ
दुनियाँमा आएर नयाँ पार्ट खेल्नेछौँ। त्यहाँ हाम्रो शरीर पनि सतोप्रधान
तत्त्वहरूबाट बन्नेछ। अब ५ तत्त्व एकदमै तमोप्रधान पतित बनेका छन्। आत्मा र शरीर
दुवै पतित छन्। त्यहाँ शरीर रोगी हुँदैन। यी सबै बुझ्ने कुराहरू हुन्। बाबाले तिमी
बच्चाहरूलाई यहाँ राम्रोसँग सम्झाउनुहुन्छ– फेरि घरमा गएर भुल्छन्। यहाँ बादल भरेर
कति खुसी हुन्छन्, बाहिर जाँदा भुल्छन्। पहिला धेरै रासविलास चल्थ्यो। फेरि त्यो सबै
बन्द गरिएको छ। मानिसहरूले सम्झन्थे– यो जादु हो। भक्तिमा नवधा भक्ति गर्दा
मुस्किलले साक्षात्कार हुन्छ। यहाँ भक्तिको त कुरै छैन, बसिरहेकै बेला साक्षात्कारमा
जान्थे, त्यसैले जादु हो भन्ने सम्झन्थे।
आजकाल दुनियाँमा कति
भगवान् बनेका छन्। नाम राख्छन् सीताराम, राधेकृष्ण आदि। कहाँ ती स्वर्गका मालिक, कहाँ
यी नर्कवासी। यतिबेला सबै नर्कवासी हुन्। सिँढीमा स्पष्ट देखाइएको छ। बच्चाहरूले
आफैले विचार सागर मन्थन गरेर सिँढी बनाएका हुन्। बाबाले देखेर खुसी हुनुभयो। सिँढीमा
सबै कुराहरू आउँछन्। द्वापरदेखि विकारी राजाहरू कसरी भक्ति गर्दागर्दै तल आएका हुन्।
अहिले त कुनै ताज छैन। चित्रमा सम्झाउन सहज हुन्छ। ८४ जन्ममा कसरी गिर्तीकला हुन्छ,
फेरि चढ्तीकला कसरी हुन्छ। गाउँछन् पनि चढती कला तेरे भाने सर्व का भला। बाबा आएर
सबैलाई सुख दिनुहुन्छ। सबैले हे बाबा हाम्रो दुःख हर्नुहोस्, सुख दिनुहोस् भनेर
पुकार्छन्। तर कसरी दुःख हर्नुहुन्छ, सुख कसरी मिल्छ, यो कसैलाई थाहा छैन।
आजकाल मानिसहरूले गीता कण्ठ गरेर सुनाउँछन्, छोटकरीमा अर्थ सम्झाइदिन्छन्। संस्कृतमा
श्लोक कण्ठ गरेर सुनाए भने भनिदिन्छन्, यी महात्मा राम्रा रहेछन्। लाखौँ मानिसहरू
गएर पाउ पर्छन्। त्यो पढाइमा (लौकिक पढाइमा) त १५-२० वर्ष लाग्छ। उनीहरूमध्ये कोही
बुद्धिमान् रहेछन् भने तुरुन्तै श्लोक आदि कण्ठ गरेर सुनाउन थाल्छन्, अनि उनीहरूसँग
धेरै पैसा जम्मा हुन्छ। यी सबै कमाइका बाटाहरू हुन्। कोही टाट पल्टियो भने पनि गएर
संन्यास धारण गर्छ, अनि सबै चिन्ताहरू हट्छन्, फेरि केही न केही तन्त्रमन्त्र याद
गर्छन्, चक्कर लगाइरहन्छन्। ट्रेनमा पनि चक्कर लगाइरहन्छन्। यहाँ त बाबा भन्नुहुन्छ–
आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। बाबा र आत्माहरू सबै निराकारी दुनियाँमा
रहन्छन्। त्यहाँबाट साकारी दुनियाँमा पार्ट खेल्न आउँछन्। अब नाटक पूरा हुनु छ। तिमी
तमोप्रधान भएका भएका हुनाले फर्केर जान सक्दैनौ। अब बाबा आउनुभएको छ– तिमीलाई
सतोप्रधान बनाउन। सबै आफ्नो घर जान्छन्। बाँकी स्वर्गमा केवल देवीदेवताहरूको राज्य
हुनेछ। शान्तिधाम, सुखधाम, दुःखधाम... कहिले कहिले थियो– यो पनि कसैको बुद्धिमा
आउँदैन किनकि घोर अन्धकारमा हुन्छन्। सम्झन्छन्, कलियुगको अन्त्य अझै यति हजार
वर्षपछि हुनेछ। कुनै हिसाब नै छैन। मानिसहरू बढ्दैजान्छन्, अन्न मिल्दैन। ४० हजार
वर्ष अझै भयो भने थाहा छैन के होला। जे भन्छन्, त्यो एकदमै झुटो हो। सत्यको रत्तीभर
पनि हुँदैन। अब बाबा सिकाउनुहुन्छ, रावणमाथि कसरी विजय प्राप्त गर्नु छ। रावणमाथि
तिमीले नै विजय प्राप्त गर्छौ। सारा दुनियाँलाई रावणबाट छुटाइदिन्छौ। तिम्रो यो
शक्तिसेना हो, तिमीले विश्वलाई स्वर्ग बनाइरहेका छौ। कति राम्रा राम्रा कुराहरू
सम्झाउनुहुन्छ। फेरि तिमी बाबा र वर्सालाई याद गरेर कति खुसी हुनुपर्छ। ज्ञानमार्गमा
धेरै खुसी हुन्छ। अहिले बाबा आउनुभएको छ, अब हामी यस पुरानो दुनियाँबाट जसरी पनि
जान्छौँ। बाबालाई याद गरेमा सतोप्रधान बन्नेछौ। नत्र सजाय खानुपर्नेछ, फेरि गएर
रोटीको टुक्रा मिल्नेछ, यसबाट के फाइदा! जति सकिन्छ आफैले पुरुषार्थ गर्नु छ।
श्रीमतमा चल्नु छ। पाइला पाइलामा बाबासँग सल्लाह लिनु छ। कसैले भन्छन्, बाबा
व्यापारमा झुटो बोल्नुपर्छ। बाबा भन्नुहुन्छ– व्यापारमा त झुटो हुन्छ नै, तिमीले
बाबालाई याद गरिराख। यस्तो होइन, विकारमा गएर फेरि भन म बाबाको यादमा थिएँ। होइन,
विकारमा गयौ भने मर्छौ। यो त बाबासँग प्रतिज्ञा गरेका छौ नि! पवित्रताको लागि नै
राखी बाँधिन्छ। क्रोधको लागि कहिल्यै राखी बाँधिँदैन। राखी बन्धनको अर्थ नै हो,
विकारमा जानु छैन। मानिसहरूले भन्छन्, पतितपावन आउनुहोस्!
तिमी बच्चाहरू भित्र
धेरै खुसी हुनुपर्छ। बाबाले हामीलाई पढाइरहनुभएको छ, फेरि बाबाले साथै लैजानुहुन्छ।
त्यहाँबाट स्वर्गमा जानेछौँ। जति सकिन्छ सबेरै उठेर बाबालाई याद गर्नु छ। याद गर्नु
अर्थात् कमाइ गर्नु, यसमा आशीर्वादले के गर्छ। यस्तो कहाँ भन्नु छ र– हजुरले
आशीर्वाद दिनुहोस् अनि हामीले याद गर्छौँ। सबैमाथि आशीर्वाद दिने हो भने सबै
स्वर्गमा जानेछन्। यहाँ त मेहनत गर्नु छ। जति सकिन्छ बाबालाई याद गर्नु छ। बाबा
अर्थात् वर्सा। जति याद गर्छौ, त्यति राज्य भाग्य मिल्नेछ, यादबाट धेरै फाइदा हुन्छ।
यो सस्तो व्यापार हो। यस्तो सस्तो व्यापार अरू कसैले गर्न सक्दैन। यो व्यापार पनि
कुनै विरलैले गर्छन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) कसैले क्रोध गर्छ भने धेरै नै शान्त रहनु छ। क्रोधीसँग क्रोधी बन्नु छैन। मायाको
कुनै पनि तुफानबाट हार्नु छैन।
२) सबेरै सबेरै
बाबालाई याद गर्नु छ, आफ्नो कमाइ जम्मा गर्नु छ। पवित्रताको पक्का राखी बाँध्नु छ।
वरदान:–
आफ्नो अव्यक्त
शान्त स्वरूपद्वारा वायुमण्डललाई अव्यक्त बनाउने साक्षात् मूर्त भव
जसरी सेवाका अरू
प्रोग्राम बनाउँछौ, त्यसरी नै सबेरैदेखि रातिसम्म यादको यात्रामा कसरी र कहिले
रहन्छौ, यो प्रोग्राम पनि बनाऊ र बीच बीचमा दुई तीन मिनेटको लागि सङ्कल्पहरूको
ट्राफिक बन्द गर, कोही व्यक्त भावमा धेरै देखियो भने उसलाई नभनीकन आफैले यस्तो
अव्यक्त शान्तरूप धारण गर, जसले गर्दा उसले पनि इसाराबाटै बुझ्छ, यसबाट वायुमण्डल
अव्यक्त हुनेछ। अनौठोपन देखिनेछ र तिमी साक्षात्कार गराउने साक्षात्मूर्त बन्नेछौ।
स्लोगन:–
सम्पूर्ण
सत्यता नै पवित्रताको आधार हो।
अव्यक्त इसारा:–
परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर।
कुनै तिम्रा सहयोगी
भाइ वा बहिनी, परिवारका आत्माहरूले अज्ञानता वा बालहठले अल्पकालको वस्तुलाई सदाकालको
प्राप्ति सम्झेर, अल्पकालको मान-सान-नाम वा अल्पकालको प्राप्तिको इच्छा राख्छन् भने
अरूलाई मान दिएर स्वयं निर्माण बन्नु नै परोपकार हो। यसरी दिनु नै सदाको लागि लिनु
हो।