07.12.25    Avyakt Bapdada     Nepali Murli    02.02.2008     Om Shanti     Madhuban


सम्पूर्ण पवित्रताद्वारा रुहानी रोयल्टी र पर्सनालिटीको अनुभव गर्दै आफ्नो मास्टर ज्ञान सूर्य स्वरूपलाई इमर्ज गर


आज बापदादा चारैतिरका आफ्नो रोयल्टी र पर्सनालिटीको परिवारलाई देखिरहनुभएको छ। यो रोयल्टी वा रुहानी पर्सनालिटीको फाउन्डेसन हो सम्पूर्ण प्योरिटी। प्योरिटीको निसानी सबैको मस्तकमा, सबैको शिरमा लाइटको ताज चम्किरहेको छ। यस्ता चम्किरहेका ताजधारी रुहानी रोयल्टी, रुहानी पर्सनालिटी भएका केवल तिमी ब्राह्मण परिवार नै हौ किनकि प्योरिटीलाई अपनाएका छौ। तिमी ब्राह्मण आत्माहरूको प्योरिटीको प्रभाव आदिकालदेखि प्रसिद्ध छ। याद आउँछ आफ्नो अनादि र आदिकाल! याद गर अनादिकालमा पनि तिमी प्योर आत्माहरू, आत्मारूपमा पनि विशेष चम्किरहेका सितारा, चम्किरहन्छौ र अरू पनि आत्माहरू छन् तर तिमी सिताराहरूको चमक सबैसँगै हुँदा पनि विशेष चम्किन्छ। जसरी आकाशमा सिताराहरू अनेक हुन्छन् तर कुनै कुनै सिताराहरू स्पेसल चम्किने हुन्छन्। देखिरहेका छौ सबैले आफूलाई? फेरि आदिकालमा तिम्रो प्योरिटीको रोयल्टी र पर्सनालिटी कति महान् रहेको छ! सबै पुग्यौ आदिकालमा? त्यहाँ पुगिहाल। चेक गर मेरो चम्किने रेखा कति पर्सेन्ट चम्किलो छ? आदिकालदेखि अन्तिम कालसम्म सदा तिम्रो प्योरिटीको रोयल्टी, पर्सनालिटी कायम रहन्छ। अनादि कालदेखि चम्किरहेको आत्मा सितारा, चम्किरहेका बाबा सँगै निवास गर्ने भर्खरै आफ्नो विशेषता अनुभव गर। पुग्यौ सबै अनादिकालमा? फेरि सारा कल्पमा तिमी पवित्र आत्माहरूको रोयल्टी भिन्न-भिन्नरूपमा रहन्छ किनकि तिमी आत्माहरू जस्तो अरू कोही सम्पूर्ण पवित्र बनेकै छैनन्। पवित्रताको जन्मसिद्ध अधिकार बाबाद्वारा तिमी विशेष आत्माहरूलाई प्राप्त भएको छ। अहिले भर्खरै आदिकालमा आऊ। अनादिकाल पनि देख्यौ, अब हेर आदिकालमा तिम्रो पवित्रताको रोयल्टीको स्वरूप कति महान् छ! सबै पुग्यौ सत्ययुगमा। पुग्यौ! आयौ? देवतारूप कति प्यारो स्वरूप छ। देवताहरूको जस्तो रोयल्टी र पर्सनालिटी सारा कल्पमा अरू कुनै पनि आत्माको हुँदैन। देवता रूपको चमक अनुभव गरिरहेका छौ नि! यत्रो रुहानी पर्सनालिटी, यो सबै पवित्रताको प्राप्ति हो। अब देवतारूपको अनुभव गर्दै मध्यकालमा आऊ। आयौ? आउन अनुभव गर्न सहज छ नि। त्यसैले मध्यकालमा पनि हेर, तिम्रा भक्तहरूले तिमी पूज्य आत्माहरूको पूजा गर्छन्, चित्र बनाउँछन्। कति रोयल्टीका चित्र बनाउँछन् र कति रोयल्टीसँग पूजा गर्छन्। आफ्नो पूज्य चित्र अगाडि आयो नि! चित्र त धर्मात्माहरूका पनि बन्छन्। धर्म पिताहरूका पनि बन्छन्, अभिनेताहरूका पनि बन्छन् तर तिम्रा चित्रको रुहानियत र विधिपूर्वक पूजामा फरक हुन्छ। त्यसैले आफ्नो पूज्यस्वरूप अगाडि आयो! अच्छा फेरि आऊ अन्त्यकाल सङ्गममा, यो रुहानी ड्रिल गरिरहेका छौ नि! चक्कर लगाऊ र आफ्नो प्योरिटीको, आफ्नो विशेष प्राप्तिको अनुभव गर। अन्तिमकाल सङ्गममा तिमी ब्राह्मण आत्माहरूको परमात्म पालनाको, परमात्म प्यारको, परमात्म पढाइको भाग्य तिमी करोडौँमा कोही आत्माहरूलाई मात्र मिल्छ। परमात्माका डाइरेक्ट रचना, पहिलो रचना तिमी पवित्र आत्माहरूलाई नै प्राप्त हुन्छ। जसबाट तिमी ब्राह्मणले नै बाबाबाट विश्वका आत्माहरूलाई पनि मुक्तिको वर्सा दिलाउँछौ। त्यसैले यो सारा चक्रमा अनादिकाल, आदिकाल, मध्यकाल र अन्तिमकाल सारा चक्रमा यति श्रेष्ठ प्राप्तिको आधार पवित्रता हो। सारा चक्कर लगायौ अब आफूलाई चेक गर, आफूलाई हेर, हेर्ने ऐना छ नि! आफूलाई हेर्ने ऐना छ? जसको ऐना छ तिनले हात उठाऊ। ऐना छ, क्लियर छ ऐना? त्यसैले ऐनामा हेर मेरो पवित्रता कति पर्सेन्ट छ? पवित्रता केवल ब्रह्मचर्य होइन तर ब्रह्माचारी। मन-वचन-कर्म, सम्बन्ध-सम्पर्क सबैमा पवित्रता छ? कति पर्सेन्टमा छ? पर्सेन्टेज निकाल्न आउँछ नि! टिचरहरूलाई आउँछ? पाण्डवहरूलाई आउँछ? अच्छा होसियार छौ। माताहरूलाई आउँछ? आउँछ माताहरूलाई? अच्छा।

पवित्रताको परख– वृत्ति, दृष्टि र कृति तीनैमा चेक गर, सम्पूर्ण पवित्रताको जुन वृत्ति हुन्छ, त्यो बुद्धिमा आयो नि। सोच, सम्पूर्ण पवित्रताको वृत्ति अर्थात् हरेक आत्माप्रति शुभभावना, शुभकामना। अनुभवी छौ नि! त्यसपछि दृष्टि के हुन्छ? हरेक आत्मालाई आत्मारूपमा हेर्नु। आत्मिक स्मृतिले बोल्नु, चल्नु। छोटकरीमा सुनाइरहेको छु। डिटेल त तिमीले भाषण गर्न सक्छौ र कृति अर्थात् कर्ममा सुख लिनु सुख दिनु। यो चेक गर– मेरो वृत्ति, दृष्टि, कृति यसै प्रमाण छ? सुख लिनु, दुःख नलिनु। त्यसैले चेक गर कहिल्यै दुःख त लिँदैनौ! कहिलेकाहीँ, अलिअलि लिन्छौ? दुःख दिनेहरू पनि त हुन्छन् नि। मानौँ कसैले दुःख दियो भने के तिमीले उसलाई फलो गर्नुछ! फलो गर्नुछ कि छैन? फलो कसलाई गर्नुछ? दुःख दिनेलाई वा बाबालाई? बाबाले, ब्रह्माबाबाले निराकारको त कुरा छँदैछ, तर ब्रह्माबाबाले कुनै बच्चाको दुःख लिनुभयो? सुख दिनुभयो र सुख लिनुभयो। फलो फादर हो वा कहिलेकाहीँ लिनैपर्छ? नाम नै हो दुःख, कसैले दुःख दिन्छन्, इन्सल्ट गर्छन्, तिमीलाई थाहा छ– यो नराम्रो चीज हो, कसैले तिम्रो इन्सल्ट गर्छ भने त्यसलाई तिमीले राम्रो सम्झन्छौ? नराम्रो सम्झन्छौ नि! त्यसैले कसैले तिमीलाई दुःख दिन्छ वा इन्सल्ट गर्छ, नराम्रो चीज तिमीलाई कसैले दिन्छ भने तिमीले लिन्छौ? लिन्छौ? थोरै समयका लागि, धेरै समय होइन थोरै समयका लागि लिन्छौ? नराम्रो चीज लिनहुन्छ? त्यसैले दुःख वा इन्सल्ट किन लिन्छौ? अर्थात् मनमा फिलिङको रूपमा किन राख्छौ? त्यसैले आफूसँग सोध– मैले दुःख लिन्छु? वा दुःखलाई परिवर्तनको रूपमा हेर्छु? के सम्झन्छौ– दुःख लिनु सही हो? हो सही? मधुबनवालाहरू सही हो? अलिअलि लिनुपर्छ? दुःख लिनुपर्छ नि! लिनुहुँदैन तर लिन्छौ। गल्तीले लिन्छौ। दुःखको फिलिङ आयो भने हैरान को हुन्छ? मनमा फोहोर राख्यौ भने हैरान को हुन्छ? जहाँ फोहोर हुन्छ त्यहाँ नै हैरान हुन्छन् नि! त्यसैले त्यस समयमा आफ्नो रोयल्टी र पर्सनालिटीलाई अगाडि ल्याऊ र आफूलाई कुन स्वरूपमा हेर्छौ? थाहा छ तिम्रो टाइटल के हो? तिमीहरूको टाइटल हो सहनशीलताकी देवी, सहनशीलताका देवता। त्यसैले तिमीहरू को हौ? सहनशीलताकी देवी हौ, सहनशीलताका देवता हौ वा होइनौ? कहिलेकाहीँ हुन्छौ। आफ्नो पोजिसन याद गर, स्वमान याद गर। म को हुँ! यो स्मृतिमा ल्याऊ। सारा कल्पको विशेष स्वरूपको स्मृतिलाई ल्याऊ। स्मृति त आउँछ नि!

बापदादाले देख्नुभयो– जसरी मेरो शब्दलाई सहजै यादमा परिवर्तन गरेका छौ। त्यसैले मेरोको विस्तारलाई समेट्नका लागि के भन्छौ? मेरो बाबा। जहिले पनि मेरो मेरो आउँछ त्यतिबेला मेरो बाबामा समेट्छौ। र बारम्बार मेरो बाबा भन्नाले याद पनि सहज हुन्छ र प्राप्ति पनि धेरै हुन्छ। त्यसरी नै सारा दिनमा यदि कुनै पनि प्रकारको समस्या वा कारण आयो भने त्यसका यी दुई शब्द विशेष छन्– म र मेरो। त्यसैले जसरी बाबा शब्द भन्नासाथ मेरो शब्द पक्का याद भएको छ। भएको छ नि? सबैले अहिले बाबा बाबा भन्दैनन्, मेरो बाबा भन्छन्। त्यसरी नै यो जुन म शब्द छ, यसलाई पनि परिवर्तन गर्नका लागि जहिले पनि म शब्द भन्छौ त्यसबेला आफ्नो स्वमानको लिस्ट अगाडि ल्याऊ। म को हुँ? किनकि म शब्द गिराउनका लागि निमित्त पनि बन्छ र म शब्दले स्वमानको स्मृतिले माथि पनि उठाउँछ। त्यसैले जसरी मेरो बाबाको अभ्यास भएको छ, त्यसरी नै म शब्दलाई देह अभिमानको स्मृतिको सट्टा आफ्नो श्रेष्ठ स्वमानलाई अगाडि ल्याऊ। म श्रेष्ठ आत्मा हुँ, तख्तनसिन आत्मा हुँ, विश्वकल्याणी आत्मा हुँ, यस्तै कुनै न कुनै स्वमान मसँग जोड। त्यसपछि म शब्द उन्नति को साधन बन्छ। जसरी मेरो शब्दले अहिले मेजोरिटीले बाबा शब्द याद दिलाउँछ त्यसरी नै म शब्दले स्वमानको याद दिलाओस् किनकि अहिले समयले प्रकृतिद्वारा आफ्नो चुनौती दिइरहेको छ।

समयको समीपतालाई साधारण कुरा नसम्झ। अचानक र एभररेडी शब्दलाई आफ्नो कर्मयोगी जीवनमा हर समय स्मृतिमा राख। आफ्नो शान्तिको शक्तिको स्वयंप्रति पनि भिन्न भिन्न रूपले प्रयोग गर। जसरी साइन्सले आफ्नो नयाँ नयाँ प्रयोग गरिरहन्छ। जति स्वप्रति प्रयोग गर्ने प्राक्टिस गरिरहन्छौ त्यति नै अरूप्रति पनि शान्तिको शक्तिको प्रयोग भइरहनेछ।

अहिले विशेष आफ्ना शक्तिहरूको सकाश चारैतिर फैलाऊ। तिम्रो प्रकृति सूर्यको शक्ति, सूर्यको किरणले आफ्नो कार्य कति रूपले गरिरहेको छ। पानी बर्साउँछ पनि, पानी सुकाउँछ पनि। दिनबाट रात, रातबाट दिन बनाएर देखाउँछ। त्यसैले के तिमीले आफ्ना शक्तिहरूको सकाश वायुमण्डलमा फैलाउन सक्दैनौ? आत्माहरूलाई आफ्ना शक्तिहरूको सकाशद्वारा दुःख अशान्तिबाट छुटाउन सक्दैनौ! ज्ञान सूर्यस्वरूपलाई इमर्ज गर। किरणहरू फैलाऊ, सकाश फैलाऊ। जसरी स्थापनाको आदिकालमा बापदादाको तर्फबाट अनेक आत्माहरूलाई सुख-शान्तिको सकाश मिलेको कुरा घर बसेर अनुभव भयो। सङ्कल्प मिल्यो– जाऊ। त्यसरी नै अब तिमी मास्टर ज्ञान सूर्य बच्चाहरूद्वारा सुख शान्तिको लहर फैलाएको अनुभूति हुनुपर्छ। तर त्यो त्यसपछि नै हुन्छ, यसको साधन हो मनको एकाग्रता, यादको एकाग्रता। एकाग्रताको शक्तिलाई स्वयंमा बढाऊ। जहिले चाहन्छौ जसरी चाहन्छौ जबसम्म चाहन्छौ तबसम्म मनलाई एकाग्र गर्न सक्ने होऊ। अब मास्टर ज्ञान सूर्यको स्वरूपलाई इमर्ज गर र शक्तिहरूको किरण, सकाश फैलाऊ।

बापदादाले सुन्नुभयो र यसमा खुसी हुनुहुन्छ– बच्चाहरूले सेवाको उमङ्ग-उत्साहमा ठाउँ ठाउँमा राम्रो सेवा गरिरहेका छन्, बापदादासँग सबैतिरका सेवाका राम्रा राम्रा समाचार आइपुगेका छन्, चाहे प्रदर्शनी गर्छन्, चाहे समाचार पत्रद्वारा, टिभीद्वारा सन्देश दिने कार्य बढाइरहेका छन्। सन्देश पनि पुग्छ, सन्देश राम्रो पुर्याइरहेका छौ। गाउँमा पनि जो जहाँ रहेका छन्, हरेक जोनले आआफ्नो एरियालाई राम्रोसँग बढाइरहेका छन्। अखबारद्वारा टिभीद्वारा भिन्न भिन्न साधनद्वारा उमङ्ग-उत्साहले गरिरहेका छौ। त्यसको सबै कार्य गर्ने बच्चाहरूलाई बापदादाले धेरै स्नेहयुक्त आशीर्वाद भरिएको बधाई दिइरहनुभएको छ। तर अहिले सन्देश दिनमा त राम्रो उमङ्ग-उत्साह छ र चारैतिर ब्रह्माकुमारीज के हो, धेरै राम्रो शक्तिशाली कार्य गरिरहेका छन्, यो आवाज पनि राम्रो फैलिरहेको छ र बढ्दै गइरहेको छ। तर, तर सुनाउँ के? सुनाउँ तर... तर ब्रह्माकुमारीहरूको बाबा कति राम्रो हुनुहुन्छ, त्यो आवाज अब बढ्नुपर्छ। ब्रह्माकुमारीहरूले राम्रो काम गरिरहेका छन् तर गराउनेवाला को हुनुहुन्छ, अहिले यसको प्रत्यक्षता हुनुपर्छ। बाबा आउनुभएको छ, यो समाचार मनसम्म पुग्नुपर्छ। यसको योजना बनाऊ।

बापदादालाई बच्चाहरूले प्रश्न सोधे– वारिस वा माइक कसलाई भन्ने? माइक निस्किएका पनि छन्, तर बापदादाले माइक अहिलेको समय अनुसार यस्तो चाहनुहुन्छ वा आवश्यक छ जसको आवाजमा महानता होस्। साधारण बाबा शब्द बोलि पनि दिन्छन्, राम्रो गर्छन् यतिसम्म पनि ल्याएका छन् त्यसमा बापदादाले बधाई दिनुहुन्छ तर अहिले यस्ता माइक चाहिन्छन् जसको भनाइको पनि मानिसहरूमा महत्त्व होस्। यस्ता प्रसिद्ध होऊन्, प्रसिद्धको मतलब यो होइन– उच्च पदको होस् तर उसको आवाज सुनेर बुझुन्– यो भन्नेवालाले जे भन्छ, यसको आवाजमा महत्त्व छ। यदि यो अनुभवले भन्छ भने त्यसको महत्त्व होस्। जसरी माइक त धेरै हुन्छन् तर माइक पनि कुनै कति पावरको हुन्छ, कुनै कति पावरको हुन्छ, त्यसरी नै यस्तो माइक खोज, जसको आवाजमा शक्ति हुन्छ। उसको आवाजलाई सुनेर समझमा आओस्– यसले अनुभव गरेर आएको छ त्यसैले अवश्य कुनै कुरा छ तर फेरि पनि वर्तमान समयमा हरेक जोन, हरेक वर्गमा माइक अवश्य निस्किएका छन्। बापदादाले यो भन्नुहुन्न– सेवाको प्रत्यक्ष रिजल्ट निस्किएको छैन, निस्किएको छ। तर अहिले समय कम छ र सेवाको महत्त्व भएका आत्माहरूलाई अहिले निमित्त बनाउनुपर्छ। जसको आवाजको महत्त्व हुन्छ। पद नभए पनि उनको प्राक्टिकल लाइफ र प्राक्टिकल अनुभवको अथोरिटी होस्। उनको बोलीमा अनुभवको अथोरिटी होस्। बुझ्यौ कस्ता माइक चाहिन्छन्? वारिसलाई त जान्दछौ नै। जसको हरेक श्वासमा, हरेक कदममा बाबा, कर्तव्य र साथसाथै मन-वचन-कर्म, तन-मन-धन सबैमा बाबा र यज्ञ समाहित भएको होस्। बेहदको सेवा समाहित भएको होस्। सकाश दिने सामर्थ्य होस्। अच्छा।

अहिले एक सेकेन्डमा, एक सेकेन्ड भयो, एक सेकेन्डमा सारा सभा जति पनि जहाँ पनि छन् त्यहाँ मनलाई एउटै सङ्कल्पमा स्थित गर– बाबा र म परमधाममा अनादि ज्योतिबिन्दुस्वरूप हुँ, परमधाममा बाबाको साथमा बस। अच्छा। अब साकारमा आऊ।

अहिले वर्तमान समयको हिसाबले मन-बुद्धिलाई एकाग्र गर्ने अभ्यास, जुन कार्य गरिरहेका छौ त्यही कार्यमा एकाग्र गर, कन्ट्रोलिङ पावरलाई धेरै बढाऊ। मन-बुद्धि संस्कार तीनैमाथि कन्ट्रोलिङ पावर। यो अभ्यासले आउने समयमा धेरै सहयोग दिनेछ। वायुमण्डल अनुसार एक सेकेन्डमा कन्ट्रोल गर्नुपर्छ। जे चाहन्छौ त्यही होस्। त्यसैले यो अभ्यास धेरै आवश्यक छ, यसलाई सामान्य नबनाऊ किनकि यसैले अन्तिम समयलाई सुखमय बनाउँछ। अच्छा!

चारैतिरका डबल तख्तनसिन, बापदादाका दिलतख्तनसिन, साथमा विश्व राज्य तख्त अधिकारी, सदा आफ्नो अनादिस्वरूप, आदिस्वरूप, मध्यस्वरूप, अन्तिमस्वरूपमा जहिले चाहे पनि स्थित रहने, सदा सर्व खजानालाई स्वयं कार्यमा लगाउने र अरूलाई पनि खजानाले सम्पन्न बनाउने, सर्व आत्माहरूलाई बाबाबाट मुक्तिको वर्सा दिलाउने यस्ता परमात्म प्यारका पात्र आत्माहरूलाई बापदादाको यादप्यार, दिलको आशीर्वाद एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
साथी र साक्षीपनको अनुभवद्वारा सदा सफलतामूर्त भव

जुन बच्चाहरू सदा बाबाको साथमा रहन्छन् उनीहरू स्वतः साक्षी बन्छन् किनकि बाबा स्वयं साक्षी भएर पार्ट खेल्नुहुन्छ भने उहाँको साथमा रहनेहरू पनि साक्षी भएर पार्ट खेल्छन् र जसको साथी स्वयं सर्वशक्तिमान् बाबा हुनुहुन्छ उनीहरू सफलतामूर्त पनि स्वतः बन्छन् नै। भक्तिमार्गमा त पुकार्छन्– केही समयको साथको अनुभव गराइदिनुहोस्, झलक देखाइदिनुहोस् तर तिमी सर्व सम्बन्धले साथी भयौ त्यसैले यही खुसी र नसामा रहने गर– जे पाउनु थियो त्यो पाइयो।

स्लोगन:–
व्यर्थ सङ्कल्पहरूको निसानी हो– मन उदास र खुसी गायब।

अव्यक्त इशारा:– अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

धेरै समय अचल-अडोल, निर्विघ्न, निर्बन्धन, निर्विकल्प, निर्विकर्म (निष्कलङ्क) अर्थात् निराकारी, निर्विकारी र निरङ्हकारी स्थितिमा रह्यौ भने कर्मातीत बन्न सक्छौ। सेवाको विस्तार जतिसुकै बढाऊ तर विस्तारमा जाँदा सारको स्थितिको अभ्यास कम नहोस्, विस्तारमा सार नबिर्सियोस्। खाऊ-पिऊ, सेवा गर तर न्यारापनलाई नबिर्स।