08.06.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यो सारा विश्व ईश्वरीय परिवार हो त्यसैले गाउँछन् हजुर माता - पिता हामी बालक हजुरका । तिमी अहिले यथा र्थ मा ईश्वरीय परिवारका बनेका छौ।”

प्रश्न:–
बाबासँग २१ जन्मको पूरा वर्सा लिने सहज विधि कुन हो?

उत्तर:–
सङ्गममा शिवबाबालाई आफ्नो वारिस बनाऊ। तन-मन-धनले बलिहार गयौ भने २१ जन्मको लागि पूरा वर्सा प्राप्त हुन्छ। बाबा भन्नुहुन्छ– जुन बच्चाहरूले सङ्गममा आफ्नो पुरानो सबैथोक बिमा गर्छन्, तिनीहरूलाई मैले २१ जन्मसम्म त्यसको प्रतिफल दिन्छु।

गीत:–
नयन हीन को राह दिखाओ...

ओम् शान्ति ।
बच्चाहरूले गीत सुन्यौ। यो गीतमा भक्तहरूले भगवानलाई पुकार्छन्। भगवानलाई पूरा नचिनेका हुनाले मानिसहरू कति दुःखी छन्। भक्तिमार्गमा कति भौँतारिन्छन्। केवल यो जीवनको कुरा होइन। भक्ति सुरु भएदेखि नै ठक्कर खाइरहन्छन्। भारतवर्षमा नै देवीदेवताहरूको राज्य थियो, जसलाई स्वर्ग, सचखण्ड भनिन्थ्यो। भारतवर्ष सचखण्ड हो, भारतवर्षको महिमा अति महान छ किनकि भारतवर्ष परमपिता परमात्माको जन्मस्थान हो। उहाँको मूल नाम शिव हो। शिवजयन्ती मनाउँछन्। रुद्र वा सोमनाथ जयन्ती भनिँदैन। शिवजयन्ती वा शिवरात्रि भनिन्छ। स्वर्गको स्थापना गर्ने एक मात्र स्वर्ग स्थापक परमपिता परमात्मा हुनुहुन्छ। अब सबै भक्तहरूको भगवान त अवश्य एक हुनुपर्छ। सबै नयनहीन छन् अर्थात् कसैको ज्ञानचक्षु वा दिव्यदृष्टि छैन। भगवानुवाच– मैले तिमीलाई राजयोग सिकाउँछु, श्रीमत भगवत गीता नै मुख्य हो। श्री अर्थात् श्रेष्ठ मत। अब तिमीलाई बुद्धिमान बनाइन्छ। दिव्यचक्षु अर्थात् ज्ञानको तेस्रो नेत्र देखाउँछन्। वास्तवमा ज्ञानको तेस्रो नेत्र तिमी ब्राह्मणहरूलाई मिल्छ जसबाट तिमीले बाबालाई र बाबाको रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछौ। यस समयमा सबैमा देह अहङ्कार वा ५ विकार छ त्यसैले सबै घोर अन्धकारमा छन्। तिमी बच्चाहरूसँग प्रकाश छ। तिम्रो आत्माले सारा विश्वको इतिहास-भूगोललाई जानेको छ। पहिला तिमी सबै अज्ञानमा थियौ। ज्ञान अंजन सतगुरू दिया अज्ञान अन्धेर विनाश। जो पूज्य थिए उनीहरू नै फेरि पुजारी बनेका छन्। पूज्य छन् उज्यालोमा। पुजारी छन् अन्धकारमा। परमात्मालाई आफै पूज्य, आफै पुजारी भन्न सकिँदैन। उहाँ त हुनुहुन्छ नै परमपूज्य। सबैलाई पूज्य बनाउने उहाँ नै हुनुहुन्छ। उहाँलाई भनिन्छ परमपूज्य, परमपिता परम आत्मा अर्थात् परमात्मा। श्रीकृष्णलाई कहाँ यस्तो भनिन्छ र! उनलाई सबैले परमपिता परमात्मा भन्दैनन्। निराकार भगवानलाई नै सबैले परमपिता परमात्मा भन्छन्। हुनुहुन्छ उहाँ पनि आत्मा तर परम हुनुहुन्छ त्यसैले उहाँलाई परमात्मा भनिन्छ। उहाँ परम आत्मा सदैव परमधाममा निवास गर्नुहुन्छ। अङ्ग्रेजीमा उहाँलाई सुप्रीम सोल भनिन्छ। बाबा भन्नुहुन्छ– तिमीले गायन पनि गर्छौ आत्मा परमात्मा अलग रहे बहुकाल...। यस्तो होइन परमात्मा, परमात्मासँग अलग रहे बहुकाल...। होइन, आत्मा सो परमात्मा, परमात्मा सो आत्मा भन्नु पहिलो नम्बरको अज्ञान हो। आत्मा त जन्ममरणमा आउँछ। परमात्मा कहाँ पुनर्जन्ममा आउनुहुन्छ र! बाबा बसेर सम्झाउनुहुन्छ– तिमीहरू स्वर्गवासी पूज्य थियौ। सबै देवी-देवताहरू मानव जातिमा पूज्य थिए। यो सारा ईश्वरको परिवार हो। ईश्वर हुनुहुन्छ रचयिता। गायन गरिन्छ– तिमी माता पिता हामी बालक तिम्रो... त्यसैले परिवार भयो नि! ठिकै छ, भन त तिमीले मातपिता कसलाई भन्छौ? यो कसले भन्छ? आत्माले भन्छ हजुर मातापिता... हजुरको कृपाले हामीलाई स्वर्गमा स्वर्गको अपार सुख मिलेको थियो। हजुर मातपिता आएर स्वर्गको स्थापना गर्नुहुन्छ। हामी हजुरका बच्चाहरू बन्छौँ। बाबा भन्नुहुन्छ– म सङ्गममा नै आएर राजयोग सिकाउँछु, नयाँ दुनियाँको लागि। मानिसहरूको बुद्धि पूर्णरूपले भ्रष्ट बनेको छ। स्वर्गलाई नर्क सम्झन्छन्। भन्छन् त्यहाँ पनि कंस, जरासन्ध, हिरण्यकशिपु आदि थिए। बाबा आएर सम्झाउनुहुन्छ– के तिमीले भुल्यौ? मेरो शिवजयन्ती पनि तिमीहरूले त यहाँ नै मनाउँछौ। गायन गरिन्छ पनि– शिवरात्रि। कुन चाहिँ रात्रि? यो हो ब्रह्माको बेहदको रात्रि। बाबा सङ्गममा आएर रातबाट दिन अर्थात् नर्कबाट स्वर्ग बनाउनुहुन्छ। शिवरात्रिको अर्थ पनि कसैलाई थाहा छैन। भगवान हुनुहुन्छ निराकार। मानिसहरूको त हरेक जन्ममा शरीरको नाम परिवर्तन हुन्छ। परमात्मा भन्नुहुन्छ– मेरो कुनै शरीरको नाम छैन। मेरो नाम शिव नै हो। मैले केवल वृद्ध वानप्रस्थ तनको आधार लिन्छु। यिनी पूज्य थिए, अहिले पुजारी बनेका छन्। शिवबाबा आएर स्वर्ग रच्नुहुन्छ, हामी उहाँका बच्चाहरू हौँ भने अवश्य हामी स्वर्गका मालिक हुनुपर्छ नि! शिवबाबा हुनुहुन्छ उच्चभन्दा उच्च। ब्रह्मा-विष्णु-शङ्करको आआफ्नो पार्ट छ। हरेक आत्मामा आफ्नो सुखदुःखको पार्ट पहिल्यै निश्चित छ। तिमीलाई थाहा छ हामी शिवबाबाका वारिस बनेका थियौँ। शिवबाबाले स्वर्गवासी बनाउनुभएको थियो, त्यसैले त सबैले उहाँलाई याद गर्छन्। हे भगवान कृपा गर्नुहोस्! साधुले पनि साधना गर्छन् किनकि यहाँ दुःख छ त्यसैले निर्वाणधाम जान चाहन्छन्। आत्मा, परमात्मामा लीन हुन्छ वा हामी आत्मा सो परमात्मा– यसरी सम्झनु गलत हो। अब तिमीले भन्छौ, हामी आत्माहरू परमधामवासी हौँ फेरि देवता कुलमा आउँछौँ त्यसपछि फेरि ८४ जन्म लिन्छौँ। हामी आत्माहरू वर्णमा आउँछौँ। शिवबाबा जन्ममरणमा आउनुहुन्न। केवल नारायणको वंश थियो। जसरी क्रिस्चियन घरानामा एडवर्ड प्रथम, द्वितीय, तृतीय चल्छ। त्यसरी नै त्यहाँ पनि लक्ष्मीनारायण प्रथम, लक्ष्मीनारायण द्वितीय, तृतीय, यसरी ८ वंश चल्छ। अहिले तिमी ब्राह्मणहरूको तेस्रो नेत्र खुलेको छ। बाबा बसेर आत्माहरूसँग कुरा गर्नुहुन्छ। तिमीले यसरी ८४ को चक्कर लगाएर यति यति जन्म लिँदै आएका छौ। वर्णहरूको पनि एउटा चित्र बनाउँछन् जसमा देवता, क्षत्रिय, वैश्य, शूद्र, ब्राह्मण बनाउँछन्। अहिले तिमी बच्चाहरूलाई थाहा भएको छ हामी नै ब्राह्मण चोटी हौँ। यस समयमा हामी यथार्थमा ईश्वरीय सन्तान हौँ। यो सहज राजयोग र ज्ञानबाट हामीलाई अपार सुख मिल्छ। कसैले त सूर्यवंशी राजधानीको वर्सा लिन्छन्, कसैले चन्द्रवंशीको। सारा राज्य स्थापन भइरहेको छ। हरेकले आफ्नो पुरुषार्थबाट त्यो पद पाउँछन्। कसैले सोध्यो अहिले पढ्दापढ्दै मेरो शरीर छुट्यो भने के पद मिल्छ? बाबाले बताउन सक्नुहुन्छ। योगबाट नै आयु बढ्छ, विकर्म विनाश हुन्छ। पतितबाट पावन बन्ने अरू कुनै उपाय छैन। पतितपावन भन्नासाथ भगवानको याद आउँछ। तर भगवान को हुनुहुन्छ? यो चिन्दैनन्। बाबा भन्नुहुन्छ– म आउँछु नै भारतवर्षमा। यो मेरो जन्मस्थान हो। सोमनाथको मन्दिर कति भव्य छ– यो कुरा बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। भक्तिमार्गमा फेरि यादगार बन्न सुरुहुन्छ। पुजारी बन्न सुरु भएपछि पहिला सुरुमा सोमनाथको मन्दिर बनाउँछन्। भारतवर्ष त सत्ययुग त्रेतामा धेरै धनवान थियो। मन्दिरहरूमा पनि अथाह धन थियो। भारतवर्ष हिरातुल्य थियो। अहिले त भारतवर्ष कङ्गाल कौडीतुल्य छ। फेरि बाबा आएर भारतवर्षलाई हिरातुल्य बनाउनुहुन्छ। जसलाई पनि सोध– रचयिता को हुनुहुन्छ? भन्छन् परमात्मा। उहाँ कहाँ हुनुहुन्छ? उहाँ त सर्वव्यापी हुनुहुन्छ। बाबा भन्नुहुन्छ– यो सारा वृक्ष जीर्ण अवस्थामा पुगेको छ।

आफैलाई हेर्नुछ– के म लायक बनेको छु जसबाट बाबा-मम्माको गद्दीनसिन बन्न सक्छु? यो त पतित दुनियाँ हो। पवित्रता नै मुख्य हो। अहिले न स्वास्थ्य, न सम्पत्ति, न खुसी छ। यो राज्य मृगतृष्णाको पानीजस्तै हो। यसमाथि पनि शास्त्रमा दुर्योधनको कहानी लेखिएको छ। दुर्योधन विकारीलाई भनिन्छ। द्रौपदीहरूले भन्छन् हाम्रो लाज बचाउनुहोस्। सबै द्रौपदीहरू हुन् नि। यी बच्चीहरू स्वर्गका द्वार हुन्। बाबा कति राम्रोसँग सम्झाउनुहुन्छ। कसैको बुद्धियोग पूर्णरूपले लागेको रहेछ भने धारणा पनि हुन्छ। पढाइ ब्रह्मचर्यमा नै पढिन्छ। बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान रहनुछ। दुवैतिर कर्तव्य निर्वाह गर्नुछ। मर्नु पनि अवश्य छ। मर्नेबेलामा मानिसलाई मन्त्र दिन्छन्। बाबा भन्नुहुन्छ– तिमीहरू सबै पनि मर्नु नै छ। म कालहरूको काल सबैलाई फर्काएर लैजान आएको हुँ। यसमा खुसी हुनुपर्छ नि! फेरि जसले राम्रोसँग पढ्छन् उनीहरू स्वर्गका मालिक बन्छन्। पढेनन् भने प्रजा पद पाउँछन्। यहाँ तिमी आएका छौ राज्य पद पाउन। यो पढाइ हो, यसमा अन्धश्रद्धाको त कुरै छैन। यो पढाइ हो राज्य भाग्यको लागि। जसरी पढाइको लक्ष्य-उद्देश्य वकिल बन्ने छ भने योग अवश्य पढाउने टिचरसँग लगाउनुपर्छ। यहाँ तिमीलाई भगवानले पढाउनुहुन्छ भने उहाँसँगै योग लगाउनुछ। बाबा भन्नुहुन्छ– म परमधाम, धेरै टाढाबाट आउँछु। परमधाम कति उच्च छ। सूक्ष्मवतनभन्दा पनि उच्च त्यस परमधामबाट आउन मलाई सेकेन्ड लाग्छ। त्यसभन्दा तीब्र अरू कोही हुन सक्दैन। सेकेन्डमा जीवनमुक्ति दिन्छु। जनकको उदाहरण छ नि। अहिले त नर्क पुरानो दुनियाँ हो। नयाँ दुनियाँ स्वर्गलाई भनिन्छ। बाबाले नर्कको विनाश गराएर स्वर्गको मालिक बनाउनुहुन्छ। बाँकी सबै आत्माहरू शान्तिधाममा जान्छन्। आत्मा अमर हुन्छ। आत्मालाई पार्ट पनि अमर मिलेको छ। फेरि आत्मा ठुलोसानो कसरी हुन सक्छ अथवा जलेर मर्न कसरी सक्छ? हुन्छ नै तारासमान। ठुलोसानो हुन सक्दैन। अहिले तिमी हौ परमपिता परमात्माका ईश्वरीय विद्यार्थी। परमपिता परमात्मा ज्ञानका सागर, आनन्दका सागर हुनुहुन्छ। उहाँले तिमीलाई पढाइरहनुभएको छ। तिमीलाई थाहा छ यस पढाइबाट हामी नै देवीदेवता बन्छौँ। तिमीले विश्वको सेवा गरिरहेका छौ। पहिला सुरुमा त बाबाको बन्नुछ। अरू ठाउँ त गुरुकहाँ जान्छन्, उनका बन्छन् अथवा उनलाई आफ्नो गुरु बनाउँछन्। यहाँ त हुनुहुन्छ बाबा। पहिला बाबाको बच्चा बन्नुपर्छ। बाबाले बच्चाहरूलाई आफ्नो सम्पत्ति दिनुहुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले साटासाट वा लेनदेन गर। तिम्रो कखपन (अवगुण) मेरो, मेरो सबैथोक तिम्रो। देहसहित जे जति छ त्यो सबै मलाई देऊ। मैले तिम्रो आत्मा र शरीर दुवैलाई पवित्र बनाइदिन्छु र फेरि राजकीय पद पनि दिन्छु। तिमीसँग जे जति छ त्यो तिमीले बलि चढायौ भने जीवनमुक्ति मिल्छ। बाबा यो सबै हजुरको हो। बाबा भन्नुहुन्छ– तिमीले मलाई वारिस बनाऊ। मैले २१ जन्म तिमीलाई वारिस बनाउँछु। केवल मेरो मतमा चल। भलै धन्दा आदि गर। बेलायत जाऊ, जेसुकै गर। केवल मेरो मतमा चल। होसियार रहनुछ नत्र मायाले घरी घरी पछार्छ। कुनै पनि विकर्म नगर्नु। श्रीमतमा चल्यौ भने श्रेष्ठ बन्छौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आत्मा र शरीर दुवैलाई पावन बनाउनको लागि देहसहित जे जति छ त्यसलाई बाबालाई समर्पण गरेर उहाँको श्रीमतमा चल्नुछ।

२) माता-पिताको गद्दीनसिन बन्नको लागि स्वयमलाई लायक बनाउनुछ। लायक बन्नको लागि मुख्य पवित्रताको धारणा गर्नुछ।

वरदान:–
सङ्गमयुगमा अतीन्द्रिय सुखको अनुभव गर्ने डबल प्राप्तिका अधिकारी भव

जुन बच्चाहरूले सङ्गमयुगमा अतीन्द्रिय सुखको अनुभव गर्छन् उनीहरूलाई सदा शान्ति र खुसीको डबल प्राप्तिको नसा हुन्छ किनकि अतीन्द्रिय सुखमा यी दुवै प्राप्तिहरू समाहित छन्। अहिले तिमी बच्चाहरूलाई जुन बाबा र वर्साको प्राप्ति भएको छ यो प्राप्ति सारा कल्पमा हुन सक्दैन। यस समयको प्राप्ति अतीन्द्रिय सुख र ज्ञान पनि फेरि कहिल्यै मिल्न सक्दैन। त्यसैले यस डबल प्राप्तिको अधिकारी बन।

स्लोगन:–
एकअर्काको संस्कारलाई जानेर उनीहरूसँग मिलेर चल्नु– यही उन्नतिको साधन हो।

मातेश्वरी जीका अनमोल महावाक्य– “सच्चा पातसाह परमात्मासँग सच्चा भएर रहनु”

यसै समयमा आफूलाई बाबा परमात्माद्वारा यो आदेश मिलेको छ निरन्तर मेरो यादमा रहनु। योगको अर्थ हो ईश्वरीय यादमा रहनु, योगको अर्थ कुनै ध्यान होइन। हाम्रो यो सहजयोग जुन हिँड्दाडुल्दा, कामकाज गर्दा उहाँको यादमा रहनु हो, जसलाई नै अटुट अखण्ड योग भनिन्छ, तर यस यादमा निरन्तर रहने अभ्यासको आवश्यकता छ। उहाँको आदेशमा आज्ञाकारी भएर रहेनौँ, केही लापरबाही गरियो (अवज्ञा गरियो) भने दण्ड अवश्य भोग्नुपर्छ। उहाँको आदेश छ जस्तो कर्म मैले गर्छु मलाई देखेर तिमीले पनि कदममा कदम मिलाऊ, नत्र मायाको चोट खान्छौ। सच्चा पातसाह (बादसाह) सँग सच्चा भएर रहनुछ, जे जति मायाको विघ्नले सताउँछ त्यो पनि उहाँको अगाडि राख्नुपर्छ, उहाँको मदतले माया हट्छ, बाटो सफा हुन्छ, फेरि जहाँ बसाउनुहुन्छ, जसरी चलाउनुहुन्छ, जे खुवाउनुहुन्छ बाटो सफा हुन्छ। यसरी साथ दिनको लागि धेरै हिम्मत चाहिन्छ। यस्ता महान सौभाग्यशाली एकदमै थोरै निस्कन्छन्, उनीहरू विजयमालामा जान्छन्। बाँकी भाग्यशाली हुन्छन् जसले अलिअलि लिएर गएर प्रजा बन्छन्, थोरै मिल्दा खुसी हुनुछैन। आफ्नो इच्छा त सम्पूर्ण बन्ने हो, त्यसको लागि साहस राखेर अगाडि बढ्नुछ। मायाले विघ्न पार्छ तर त्यसमाथि विजय पाउनुछ, यसमा यदि भुल गर्छौ भने निश्चयको कमी छ, केही आफ्नो धारणामा कमी छ यो त आफ्नै गल्ती हो, यसमा लोकलाज, कुलमर्यादालाई तोड्नुपर्छ, यो लोकलाज र कुल मर्यादालाई तोडेपछि मात्र सच्चा पारलौकिक दैवी मर्यादा प्राप्त गर्छौ। यो विकारी दुनियाँ त समाप्त हुनेछ, हेर मीराले पनि लोकलाज गुमाइन् अनि गिरधरलाई पाइन्। यदि त्यो लोकलाजलाई राख्यौ भने यस दैवी लोकको योग्य बन्न सक्दैनौ। अब कल्याण अर्थ ईश्वरीय राय त दिइन्छ, अब यो आफ्नो बुद्धिले निर्णय गर्नुछ। के गर्नुछ, के उचित छ?

अव्यक्त इसारा:– सदा हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।

जो सरलचित्त छन् उनीहरू नै सदा हर्षित रहन्छन्। हर्षितचित्त छौ भने सबैलाई आकर्षित गर्छौ। हर्षितको अर्थ नै हो अतीन्द्रिय सुखमा झुम्नु। ज्ञानको याद गर्दै, अव्यक्त स्थितिको अनुभव गर्दै अतीन्द्रिय सुखमा झुम्नु, यसलाई भनिन्छ हर्षित हुनु। यसको लागि साक्षीपनको स्थितिमा स्थित रहेर माया र प्रकृतिका कठपुतलीहरूलाई मनोरञ्जनको रूपमा हेर।