08.08.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे – शान्त रहने स्वभाव धेरै राम्रो हो , शान्त स्वभाव हुनेहरू धेरै मीठा लाग्छन् , फालतु बोल्नुभन्दा नबोल्नु राम्रो हो। ”

प्रश्न:–
कुन बच्चाहरूलाई सबैले प्यार गर्छन्? स्वयंलाई सुरक्षित (सेफ) राख्ने उपाय के हो?

उत्तर:–
जसले सबैको धेरै रुचिबाट, प्यारले सेवा गर्छन्, उनीहरूलाई सबैले प्यार गर्छन्। तिमीलाई कहिल्यै पनि सेवाको अहङ्कार आउनुहुँदैन। बाबाद्वारा जुन ज्ञानको कस्तुरी मिलेको छ, त्यो अरूलाई दिनु छ, सबैलाई शिवबाबाको याद दिलाउनु छ। यस यादको यात्राबाट नै तिमी धेरै धेरै सुरक्षित रहनेछौ। जति यादमा रहन्छौ, त्यति खुसी पनि हुनेछ र आचरण पनि सुध्रिँदै जानेछ।

ओम् शान्ति ।
रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ, बाबाले सम्झाइ-सम्झाइ कति समझदार बनाइदिनुहुन्छ। पढाइ पनि सहज छ नि! त्यो हो स्थूल पढाइ र यो हो सूक्ष्म पढाइ। तिमी बच्चाहरूलाई थाहा छ, यो पढाइ बाबाबाहेक अरू कसैले पढाउन सक्दैनन्। बाबा आउनुभएको नै हो पवित्र बनाउन र पढाउन। लक्ष्य-उद्देश्य हाम्रै सामुन्ने छ, त्यसैले यस्ता बाबालाई याद गरेर खुसीमा रोमाञ्चित हुनुपर्छ। यो पनि बच्चाहरूलाई थाहा छ दिनप्रतिदिन हामी शान्तिमा नै जानु छ। शान्ति त सबैलाई धेरै मन पर्छ। ठुला मानिसहरू धेरै बोल्दैनन् र ठुलो स्वरले पनि बोल्दैनन्। तिमी धेरै धेरै ठुला मानिस बन्छौ, वास्तवमा मानिस पनि भनिँदैन, तिमी त देवता बन्छौ। देवताहरूको धेरै कम बोल्छन्। तिमी पनि देवता बन्नु छ भने आवाजबाट परिवर्तन भएर साइलेन्समा रहने अभ्यास गर। शान्तिमा रहनेहरूको लागि यिनीहरूको आफूमाथि अटेन्सन छ भन्ने ठान्नेछन्, तिमी शान्तिधाम जानु छ भने बोल्नु पनि धेरै बिस्तारै छ। बिस्तारै बोल्दा बोल्दै शान्तिधाममा जानु छ। जति तिमी शान्तिमा रहन्छौ, त्यति शान्ति फैलाउँछौ। तिमी धेरै शान्तिमा रहनुपर्छ। चर्को आवाजले कुरा गर्नु राम्रो लाग्दैन। क्रोध पनि राम्रो होइन। बच्चाहरूमा कुनै पनि विकार हुनुहुँदैन। हेर्नु छ- हामी कसैसँग लडाइँ झगडा गर्ने त गर्दैनौँ! बाबाले सम्झाउनुभएको छ, हियर नो इभिल, टक नो इभिल... जुन कुराहरू तिमीलाई मन पर्दैनन्, ती नराम्रा कुराहरूबाट तिमीले आफैलाई किनारा गर्नुपर्छ, अनि दुवैको मुख बन्द हुनेछ। हरेक कुरामा दैवी गुणहरूलाई धारण गर्नु छ। कसैले चर्को आवाजले कुरा गर्छ भने भन शान्त बस, चर्को आवाज ननिकाल। तिमीलाई थाहा छ, हामीले शान्ति स्थापन गर्छौँ। सत्ययुगमा शान्ति हुन्छ नि! मूलवतनमा त शान्ति नै हुन्छ। शरीर नै छैन भने बोल्ने पनि फेरि कसरी। बाबाले बच्चाहरूलाई श्रीमत त धेरै राम्रो दिनुहुन्छ, सम्झाउनुहुन्छ– मीठा-प्यारा बच्चाहरू! अब तिमीहरू आफ्नो घर जानु छ, आवाज (टकि) बाट इसारा (मुभी)मा आउनु छ, फेरि साइलेन्समा जानेछौ। जति पनि मिल्छन्, उनीहरूलाई यही सन्देश दिनु छ। तिमी जति साइलेन्समा रहन्छौ, त्यति यिनीहरू कुनै धुनमा छन् भन्ने ठान्नेछन्। शान्त रहने स्वभाव धेरै राम्रो हो। उनीहरू धेरै मीठा लाग्छन्। फालतु बोल्नुभन्दा नबोल्नु राम्रो हो।

तिमी सच्चा सच्चा पैगम्बर हौ। तिम्रो सबैमाथि कृपा हुनुपर्छ। कृपा गर्ने बच्चाहरू धेरै शान्तिमा बाबाको यादमा रहनेछन्। केवल सन्देश दिनु छ, बेहदका बाबालाई याद गरेमा बेहदको सुखशान्ति मिल्नेछ। लौकिक पितासँग धेरै धन छ भने धेरै वर्सा मिल्छ नि! बेहदका बाबासँग त विश्वको बादसाही छ, जसबाट हर ५००० वर्षपछि तिमीलाई विश्वको बादसाही मिल्छ।

तिमी बच्चाहरूले धेरै रुचिबाट सबैको सेवा गर्नु छ। हरेक आत्मा सेवाको लायक बन्नु छ। जसले अरूको प्यारले सेवा गर्छन्, उनीहरूलाई सबैले प्यार गर्छन्। कहिल्यै पनि सेवाको अहङ्कार आउनुहुँदैन। तिमीलाई बाबाद्वारा ज्ञानको कस्तुरी मिलेको छ, त्यो अरूलाई दिनु छ। एकअर्कालाई शिवबाबाको याद छ? यो याद दिलाइराख। यसमा खुसी पनि हुन्छ। याद दिलाउनेलाई धन्यवाद (थ्याङ्क्स) दिनुपर्छ। यादको यात्राबाट तिमी बच्चाहरू धेरै धेरै सुरक्षित (सेफ) रहनेछौ। जति यादमा रहन्छौ, त्यति खुसी पनि हुनेछ र आचरण पनि सुध्रिँदै जानेछन्। तिमीले आफ्नो चरित्र अवश्य-अवश्य सुधार्नु छ। हरेकले आफ्नो दिललाई सोध्नुछ, मेरो स्वभाव धेरै धेरै मीठो छ? कहिल्यै कसैलाई नाराज त बनाउँदैनौ। यस्तो वातावरण कहिल्यै नहोस्, जसबाट कोही नाराज हुन्छ। यस्तो कोसिस गर्नुपर्छ किनकि तिमी बच्चाहरू धेरै उच्च सेवामा छौ। तिमीले यस सारा मण्डपलाई उज्यालो दिनु छ। तिमी धरतीका चैतन्य सितारा हौ। भनिन्छ पनि नक्षत्र देवता... अब ती सितारा कुनै देवता होइनन्, तिमी त उनीहरूभन्दा महान् बलवान् छौ किनकि तिमीले सारा विश्वलाई उज्यालो बनाउँछौ, तिमी नै देवता बन्नेछौ। जसरी माथि आकाशमा सिताराहरूको झिलमिल छ, कुनै सितारा धेरै चम्किलो हुन्छ र कुनै साधारण। कोही चन्द्रमाको नजिक हुन्छ। तिमी बच्चाहरू पनि योगबलले सम्पूर्ण पवित्र बन्यौ भने चम्कन्छौ। अहिले तिमी बच्चाहरूलाई अविनाशी ज्ञान रत्नहरूको चिट्ठा मिलिरहेको छ त्यसैले कति खुसी रहनुपर्छ। भित्र खुसीको लहरमा लहराइराख। यो तिम्रो जन्मलाई हिराजस्तो भनिन्छ। तिमी ब्राह्मण नै नलेजफुल, ज्ञानस्वरूप बन्छौ त्यसैले तिमीलाई ज्ञान (नलेज) को नै खुसी हुन्छ। यी देवताहरूभन्दा पनि तिमी श्रेष्ठ हौ। त्यसैले तिम्रो अनुहार सदा खुसीले मुस्कुराइरहोस्। बाबाले बच्चाहरूलाई आशीर्वाद दिनुहुन्छ– मीठा-प्यारा बच्चाहरू, सदा शान्त भव! चिरञ्जीवी भव! अर्थात् धेरै जन्म बाँच। आशीर्वाद त बाबाबाट मिल्छ, तैपनि हरेकले हामी चिरञ्जीवी कसरी बनौँ भनेर स्वयंले पुरुषार्थ गर्नु छ । बाबालाई याद गरेर तिमी चिरञ्जीवी बनिरहेका छौ। यो आशीर्वाद बाबाले दिनुहुन्छ। ब्राह्मणहरूले पनि भन्छन्, आयुष्मान् भव। बाबा पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू! सदा जीवित रहू। तिमीलाई आधाकल्पको लागि कालले खानेछैन। सत्ययुगमा मर्ने नाम हुँदैन। यहाँ त मानिसहरू मृत्युदेखि डराउँछन् नि! तिमीले त पुरुषार्थ गरिरहेका छौ मर्नको लागि। तिमीलाई थाहा छ, बाबालाई याद गर्दागर्दै हामी यो शरीर छोडेर आफ्ना शिवबाबाको समीप जानेछौँ, फेरि स्वर्गवासी बन्नेछौँ।

अहिले तिमीहरू मोस्ट बिलभ्ड बाबाका बच्चा बनेका छौ त्यसैले तिमी पनि बाबाजस्तै धेरै-धेरै मीठो, धेरै प्यारो बन्नु छ। बाबाले पत्रहरूमा पनि लेख्नुहुन्छ– मीठे-मीठे लाडले सिकीलधे बच्चाहरू... बाबा धेरै मीठो हुनुहुन्छ नि! यथार्थमा अनुभव गर्छौ बाबा कति मीठो, कति प्यारो हुनुहुन्छ। हामीलाई पनि त्यस्तै मीठा बनाउनुहुन्छ। यो पनि तिमीलाई थाहा छ हामी कति मीठा, कति प्यारा थियौँ। हामी नै पूज्यबाट फेरि पुजारी बन्यौँ, अनि आफैलाई पुजिरह्यौँ। यी पनि धेरै बुझ्नुपर्ने अद्भुत कुरा हुन्।

तिमी बच्चाहरूलाई थाहा छ, आधाकल्पको हाम्रो सबै दुःख हटाउने बाबा अहिले आउनुभएको छ। भन्छन्, हर-हर महादेव। अब उहाँ महादेव त हुनुहुन्न। दुःख त बाबाले नै हर्नुहुन्छ। दुःख हरेर सुख दिने बाबा हुनुहुन्छ। आधाकल्प तिमीले धेरै दुःख देखेका छौ। ५ विकारहरूको रोग धेरै बढेको छ, यस रोगले धेरै दुःखी बनाएको छ, त्यसैले बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! यो जुन कर्महरूको खाता छ, त्यसलाई अब ठीक गर। व्यापारीहरूले पनि १२ महिनाको खाता राख्छन् नि!

बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! अहिले सारा सृष्टिमा हेर कति फोहोर छ, यो त नर्क नै हो, त्यसैले बाबा आउनुपर्छ नर्कलाई स्वर्ग बनाउन। बाबा धेरै प्रेमले आउनुहुन्छ, जान्नुहुन्छ, म बच्चाहरूको सेवामा आउनु छ। म कल्प कल्प तिमी बच्चाहरूको सेवामा उपस्थित हुन्छु। बाबा स्वयं आउनुहुन्छ अनि मात्र बच्चाहरूले बुझ्छन्, बाबा हाम्रो सेवामा उपस्थित हुनुभएको छ। यहाँ बसेका सबैको सेवा हुन्छ। सारा सृष्टिको कल्याणकारी दाता त एक बाबा नै हुनुहुन्छ नि! बाबालाई थाहा छ, सारा दुनियाँमा जति पनि आत्माहरू छन्, सबैलाई म नै वर्सा दिन आउँछु। बेहदका बाबाको नजर दुनियाँका आत्माहरूतर्फ जान्छ। बाबा बस्न त यहाँ बस्नुभएको छ तर नजर सारा विश्वमा र सारा विश्वका मानिस मात्रमा छ, किनकि सारा विश्वलाई नै निहाल गर्नु छ। ड्रामा प्लान अनुसार कल्प पहिलाजस्तै सारा विश्वका आत्माहरू निहाल हुनेवाला छन्। बाबाले सबै बच्चाहरूलाई याद गर्नुहुन्छ, बाबाको नजर त जान्छ नि! सङ्गमयुगमा नै बाबा बच्चाहरूको सेवामा उपस्थित हुनुहुन्छ, उहाँको तुलनामा कसैले पनि सेवा गर्न सक्दैनन्। उहाँको हो बेहदको सेवा। तिमी बच्चाहरूले पनि उहाँलेजस्तै सेवा गरेपछि मात्रै बाबाको प्रत्यक्षता गर्न सक्नेछौ। सेवा गर्नेहरूलाई फल पनि धेरै ठुलो मिल्छ। बच्चाहरूलाई नसा पनि चढ्छ हामीले श्रीमतमा सारा विश्वका मानिसहरूलाई सुख दिन्छौँ।

बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! अब ज्ञान रत्नहरूले आफ्नो झोली खुब भर, जति भर्नु छ भर। आफ्नो समय बर्बाद नगर। बाबाको यादमा समयलाई आबाद (सम्पन्न) बनाऊ। जसले राम्रोसँग धारणा गर्छन्, उनीहरूले फेरि अरूको पनि अवश्य राम्रो सेवा गर्नेछन्। समय बर्बाद गर्नेछैनन्। तिमी बच्चाहरू पुरुषार्थ गरेर अन्तर्मुखी बन्नु छ। भित्र आत्मा छ नि! यो निश्चय गर्नु छ हामी आत्माहरूलाई बाबाले सम्झाइरहनुभएको छ। देही अभिमानी भएर रहनु नै सच्चा सच्चा अन्तर्मुखी बन्नु हो। अन्तर्मुखी अर्थात् भित्र जुन आत्मा छ, त्यसले सबै कुरा बाबाबाट नै सुन्नु छ। बाबाले प्यारले बारम्बार सम्झाउनुहुन्छ। मातापिता र जति पनि राम्रा अनन्य ठुला दाजु दिदीहरू छन्, जसले राम्रो सेवा गर्छन्, उनीहरूबाट सिक्दै जाऊ। भित्र यो निश्चय गर हामीले फालतु समय गुमाउनु छैन। शरीर निर्वाह पनि गर्नु छ, आफ्नो रचनालाई पनि हेर्नु छ। केवल ममत्व राख्नुहुँदैन। ममत्व राखेमा नोक्सान हुनेछ। ममत्व एक बाबामा राख। यहाँ तिमी बाबाको सामुन्ने छौ। परमात्मा र आत्माहरू सम्मुख छन् किनकि यहाँ स्वयं बाबाले आत्माहरूलाई पढाउनुहुन्छ। त्यहाँ आत्माहरूले आत्माहरूलाई पढाउँछन्।

यी सबै कुराहरू तिमी बच्चाहरूको मनभित्र मन्थन हुनुपर्छ। विद्यार्थी (स्टुडेन्ट) को बुद्धिमा सारा दिन पढाइ हुन्छ नि! तिम्रो बुद्धिमा पनि सारा पढाइ छ। यो हो रुहानी पढाइ। जो राम्रा विद्यार्थी हुन्छन्, उनीहरू सदैव एकान्तमा गएर पढ्छन्। विद्यार्थीहरू आपसमा भेटघाट गर्दा पनि पढाइकै कुराकानी गर्छन्। यस बेहदको पढाइमा त झन् खुसीले लाग्नुपर्छ। तिमी बच्चाहरू अहिले बाबाको मदतगार बन्छौ। यादमा रहनु नै मदत गर्नु हो किनकि यादको यात्रा अर्थात् शान्तिको यात्रा, त्यसैले भनिन्छ, हरेकले आफ्नो घरलाई स्वर्ग बनाऊ। हरेकको बुद्धिमा अल्फ र बे छ। अल्फलाई याद गरेमा बादसाही मिल्नेछ। अरू केही गर्नु छैन। केवल आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेमा राज्य भाग्य तिम्रो। तिमी बच्चाहरूले सबैलाई यही सन्देश दिइराख बाबालाई याद गरेमा स्वर्गको राज्य मिल्नेछ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति मातापिता बापदादाको दिलो ज्यान र अत्यन्तै प्रेमले याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबाको यादमा आफ्नो समय सफल गर्नु छ। यो अमूल्य समय कहीँ पनि बर्बाद गर्नु छैन। पुरुषार्थ गरेर अन्तर्मुखी अर्थात् देही अभिमानी भएर रहनु छ।

२) हामी देवताहरूभन्दा पनि श्रेष्ठ ब्राह्मण हौँ, अहिले बाबाद्वारा अविनाशी ज्ञान रत्नहरूको चिट्ठा मिलेको छ, हामी नलेजफुल बनेका छौँ त्यसैले अनुहार सदा खुसीले फक्रिरहोस्। भित्र खुसीले उमङ्गमा आउनुछ।

वरदान:–
मनसाको महादानद्वारा हर सङ्कल्पको सिद्धि प्राप्त गर्ने मास्टर सर्वशक्तिमान् भव

जुन बच्चाहरूले मनसाद्वारा शक्तिहरूको दान गर्छन्, उनीहरूलाई मास्टर सर्वशक्तिमानको वरदान प्राप्त हुन्छ किनकि मनसाद्वारा शक्तिहरूको दान गरेमा सङ्कल्पमा यति शक्ति जम्मा हुन्छ, जसले हरेक सङ्कल्पको सिद्धि प्राप्त हुन्छ। उनीहरूले आफ्ना सङ्कल्पहरूलाई जहाँ चाहन्छन् त्यहाँ एक सेकेन्डमा टिकाउन सक्छन्, सङ्कल्प उनीहरूको वशमा हुन्छन्। उनीहरू आफ्नो सङ्कल्पहरूमा विजयी भएका हुनाले चञ्चल सङ्कल्प भएकालाई पनि थोरै समयको लागि अचल वा शान्त बनाउन सक्छन्।

स्लोगन:–
निरन्तर एक बाबाको सङ्गमा रह्यौ भने सङ्गको दोषबाट बच्नेछौ।

अव्यक्त इसारा :– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ ( पवित्र ) बन

कुनै पनि विकर्म वा व्यर्थ कर्म बारम्बार हुन्छन् भने यसको कारण हो सदा बाबा साथीलाई साथमा राख्दैनौ अथवा साथको अनुभव गर्दैनौ। जसरी शक्तिहरूले एक सेकेन्डको दृष्टिले असुरको संहार गर्छन्, त्यसैगरी कम्बाइन्ड रूपको स्मृतिले आफ्नो आसुरी संस्कार वा अपवित्रताका सङ्कल्पहरूलाई सेकेन्डमा संहार गर।