09.06.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबासँग उड्नको लागि पूर्ण पवित्र बन , सम्पूर्ण सरेन्डर होऊ , यो देह मेरो होइन– बिल्कुल अशरीरी बन।”

प्रश्न:–
उच्च लक्ष्यमा पुग्नको लागि कुन डर निस्कनुपर्छ?

उत्तर:–
कैयौँ बच्चाहरू मायाको तुफानसँग धेरै डराउँछन्। भन्छन् बाबा तुफानले धेरै हैरान पार्छ यसलाई रोकिदिनुहोस्! बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो त बक्सिङ हो। त्यो बक्सिङमा पनि यस्तो हुँदैन एकातिरबाट मात्र प्रहार भइरहोस्। एकले १० थप्पड हान्यो भने अर्काले ५ अवश्य हान्छ, त्यसैले तिमी डराउनुहुँदैन। महावीर बनेर विजयी बन्नुछ, त्यसपछि नै उच्च लक्ष्यमा पुग्न सक्छौ।

गीत:–
दर पर आये हैं कसम लेके...

ओम् शान्ति ।
बच्चाहरूले गीत सुन्यौ। अवश्य गीतमा कुनै रहस्य भरिएको छ। जुन गीतको रेकर्ड खरिद गरेर बाबा बसेर यसको अर्थ सम्झाउनुहुन्छ। यसलाई भनिन्छ– जीवन छँदै मरेर बाबाको बन्नु। बाबाको बनेपछि टिचरको बन्नु, टिचरका बनेपछि फेरि अधिकांशले गुरु बनाउँछन्। क्रिस्चियनहरू (ईसाईहरू) को बच्चा पैदा भएपछि पनि ईसाईकरण गर्छन्। गुरुको काखमा लगेर दिन्छन्। चाहे पादरी होस् वा कोही पनि होस्। पादरी त क्राइस्ट होइनन्। भन्छन् उनको नाममा हामी क्रिस्चियन बन्छौँ।

अहिले तिमी बच्चाहरू पहिला बाबाका बन्छौ, अशरीरी बन्छौ। हाम्रो तन-मन-धन जे जति छ त्यो बाबालाई अर्पण गर्छौँ। जीवन छँदै मर्छौँ अर्थात् हामी आत्मा उहाँका बन्छौँ। यो कुरा बुद्धिमा रहनुपर्छ। जे जति आफ्नो वस्तु छ, आफ्नो शरीर, आफ्नो धन, दौलत, सम्बन्धी आदि जे जति छन् सबैलाई भुल्छौँ। मरेपछि सबै भुलिन्छ नि। कति ठुलो लक्ष्य छ। म अशरीरी आत्मा हुँ। यसको पक्का अभ्यास गर्नुछ। यस्तो होइन तिमी शरीर छोडेर मर्छौ। होइन, आत्मा पूर्ण पवित्र कहाँ बनेको छ र! बन्न त बाबाका बनेका छौ तर बाबा भन्नुहुन्छ– तिम्रो आत्मा अपवित्र छ। आत्माको पखेटा टुटेको छ। अहिले आत्मा उड्न सक्दैन। तमोप्रधान भएको कारण एकजना मानिस पनि फर्किएर जान सक्दैनन्। मायाले एकदम पखेटा तोडिदिएको छ। बाबाले सम्झाउनुभएको छ आत्मा सबैभन्दा तीव्र गतिमा जान्छ। त्योभन्दा तीव्र कुरा कुनै हुँदैन। आत्मासम्म कोही पुग्न सक्दैन। अन्त्यमा लामखुट्टे सदृश सबै आत्माहरू उडेर जान्छन्। कहाँ जान्छन्? धेरै टाढा टाढा सूर्य-चन्द्रमाभन्दा पनि पर। त्यहाँबाट फेरि फर्कनुछैन। उनीहरूका रकेट आदि त गएर फेरि फर्केर आउँछन्। सूर्यसम्म त पुग्न सक्दैनन्। तिमी त त्योभन्दा धेरै टाढा जानुछ। सूक्ष्मवतनभन्दा माथि मूलवतनमा जानुछ। आत्मालाई पखेटा मिल्छ। हिसाबकिताब चुक्ता गरेर आत्मा पवित्र बन्छ। प्रलयको समयको महिमा धेरै लेखिएको छ। सबै आत्माहरूले हिसाबकिताब चुक्ता गरेर जानुछ। अहिले त सबै आत्माहरू मैला, पाप आत्मा छन्। चाहे ठुला गुरु साधुसंन्यासी आदि हुन्। सम्झन्छन् हामी गुरु हौँ। अहम् ब्रह्मस्मि... अहम् ब्रह्मोह्म। हामी ब्रह्ममा पुगेका छौँ। अहिले यहाँ बसेका छन्, फेरि ब्रह्ममा कहाँ पुगेका छन् र! अहिले तिमीलाई थाहा छ हामी आत्माहरू ब्रह्मनिवासी हौँ। तर अहिले त्यहाँ कोही पनि जान सक्दैनन्। सबै आत्माहरूले यहाँ पुनर्जन्म लिन्छन्। यो बेहदको ड्रामा हो। सबै कलाकारहरूले पार्ट खेल्न अवश्य त्यहाँबाट आउनुछ। सबै आत्माहरू स्टेजमा आएका छन्। विनाशको समय भएपछि सबै आउँछन्, त्यहाँ बसेर के गर्छन्! कलाकार पार्ट नखेली घरमा कहाँ बस्छ र! नाटकमा अवश्य आउनुपर्छ। त्यहाँबाट सबै आइसकेपछि फेरि बाबाले सबैलाई लैजानुहुन्छ। बाबा भन्नुहुन्छ म हुन त यहाँ छु तैपनि आत्माहरू नम्बरवार आइरहन्छन्, वृद्धि भइरहन्छन्। फेरि तिमी पनि नम्बरवार जान्छौ। सारा कुरा तिम्रो अवस्थामा आधारित छ, त्यसैले तिमी मरजीवा बन्नुछ। हामी आत्मा हौँ यो निश्चय गर्न मेहनत हुन्छ। बच्चाहरू घरी घरी देह अभिमानमा आएर भुल्छन्। पूर्ण समर्पित भएपछि मात्रै देहीअभिमानी हुन्छौ। बाबा यो सबै हजुरको हो। म पनि हजुरको हुँ। मानौँ यो देह मेरो होइन, यसलाई मैले छोडिदिन्छु। बाबा म हजुरको हुँ। बाबा भन्नुहुन्छ मेरो बन र सबैसँग ममत्व मेटाइदेऊ। बाँकी यस्तो होइन यहाँ आएर बस्नुछ। तिमीले आफ्नो कामधन्दा गर्नुछ। घर सम्हाल्नुछ। बच्चाले माता-पिताको ॠण तिर्नुछ। उनीहरूको सेवा गरेर ऋण तिर्नुछ। बच्चाहरूमाथि माता-पिताको पालनाको ऋण चढ्छ। अब बाबाले तिम्रो पालना गरिरहनुभएको छ। सुरुमा जति पनि आएका थिए ती सबैले तुरुन्तै सरेन्डर गरिदिए। आफूसँग केही राखेनन्, सरेन्डर गरे, त्यो धनबाट तिमी बच्चाहरूले विश्वलाई पावन बनाइरहेका छौ। भारतवर्ष नै बिल्कुल पवित्र थियो। तिमीहरूजस्तो पवित्र सुखी अरू कोही हुन सक्दैन। भारतवर्ष सबैभन्दा ठुलो तीर्थ हो। जहाँ पतितपावन बाबा आएर सारा सृष्टिलाई र पतित आत्माहरूलाई पनि पवित्र बनाउनुहुन्छ। अहिले यी तत्त्व आदि सबै दुस्मन भएका छन्। भूकम्प जान्छ, तुफान आउँछ किनकि तमोप्रधान छन्। प्राकृतिक प्रकोपहरू आउँछन्, धेरै दुःख दिन्छन्। यतिबेला सबै दुःखका कुराहरू मात्र छन्। सत्ययुगमा हुन्छन् सबै सुखका कुराहरू। त्यहाँ यी तुफान वा तातो हावा आदि केही हुँदैनन्। तिमीहरूमध्ये पनि यी कुराहरू धेरै कमले मात्र बुझ्छौ। आज छन् भोलि छैनन् भने भनिन्छ केही बुझेनन्। आउन त यहाँ आउँछन् तर कहाँ सबै स्थिर रहन्छन् र! यहाँबाट गएको १० दिनपछि समाचार लेख्छन्– बाबा, फलानालाई मायाले खायो। यस्तो भइरहन्छ। साना फूलहरू ठुला भएपछि मात्र त्यसमा फल फल्छ। उनीहरूमा फेरि अरूलाई आफूसमान बनाउने शक्ति हुन्छ। त्यसको फल निस्कन्छ।

बाबाका बन्यौ फेरि प्रजा पनि बनाउनुछ, वारिस पनि बनाउनुछ। पण्डा बनेर बाबाकहाँ आएँ, बस् हामी पुग्नुपर्ने ठाउँमा पुग्यौँ। त्यसो होइन, लक्ष्य ठुलो छ। भन्छन् मायाका तुफान धेरै आउँछन्। तिमी बाबाका बनेका छौ, तुफान त आउँछन्। भन्छन्, बाबा हामी हजुरका थियौँ। हजुरसँग वर्सा लिएका थियौँ फेरि पुनर्जन्म लिँदालिँदा ८४ जन्म बितायौँ फेरि आएर हजुरका बनेका छौँ। हामीले त हजुरसँग वर्सा लिएरै छोड्छौँ। त्यसैले यस्ता बाबालाई यति धेरै याद गर्नुपर्छ र आफूसमान बनाएर फल दिनुपर्छ। नत्र माला कसरी बन्छ। बाबाका वारिस कसरी बनाउँछौ। प्रजा पनि चाहिन्छ, वारिस पनि चाहिन्छ, जो गद्दीमा बसुन्। बाबाकहाँ त धेरै आउँछन् फेरि सम्बन्ध तोड्छन्। बुद्धिको योग टुट्यो, खेल समाप्त।

धेरै बच्चाहरूले बाबासँग आएर सोध्छन्– बाबा आफ्नो अवस्थालाई कसरी स्थिर बनाऊँ, कुनै तुफान नआओस्। बाबाले त यसको बाटो बताइरहनुहुन्छ, बाबालाई याद गर। तुफान त आउँछ। बक्सिङमा यस्तो कहिल्यै देखेका छौ जहाँ कुनै एकले मात्र थप्पड खाइरहन्छ। अवश्य दुवैमा नै हिम्मत हुन्छ। एउटाले ५ थप्पड हान्यो भने अर्काले १० थप्पड हान्छ होला। यो पनि बक्सिङ हो। बाबालाई याद गरिरह्यौ भने माया भाग्दै जान्छ तर तुरुन्तै त हुँदैन। मायासँग कुस्ती लड्नुछ। यस्तो नसम्झ मायाले थप्पड हान्दैन। जोसुकै भए पनि , ठुलो बक्सिङ हुन्छ। धेरै डराउँछन्, मायाले एकदम हैरान पारिदिन्छ। युद्धस्थल हो नि। बुद्धियोग लगाउँदा मायाले ठुलो विघ्न पार्छ। मेहनत सारा योगमा छ। भन्न त बाबाले भन्नुहुन्छ ज्ञानी तू आत्मा मलाई प्रिय छ। तर यस्तो होइन केवल ज्ञान दिनेहरू प्रिय छन्। पहिला त पूरा योग हुनुपर्छ। बाबालाई याद गर्नुछ। मायाका विघ्नहरूसँग डराउनुहुँदैन। विश्वको मालिक बन्छौ नि! सबै बन्छन्? १६१०८ को माला त धेरै ठुलो हुन्छ। अन्त्यमा आएर पूरा हुन्छ। त्रेता अन्त्यसम्म कति राजकुमार-राजकुमारी बन्छन्, केही त निसानीहरू छन् नि। ८ को मालाका पनि निसानी छ। १०८ को मालाका पनि निसानी छन्। यो बिल्कुल ठिक हो। त्रेता अन्त्यमा यति १६१०८ राजकुमार-राजकुमारी हुन्छन्। सुरुमा त हुँदैनन्। पहिला थोरै हुन्छन् फेरि वृद्धि हुँदै जान्छ। ती सबै बन्छन् यहाँ। चान्स धेरै राम्रो छ तर मेहनत धेरै छ। गीतमा पनि भन्छन्, बाबालाई कहिल्यै छोड्दिनँ, मरिदिन्छु...। बाबा यो तन-मन-धन सबै हजुरको हो। हामी अशरीरी बनेर हजुरलाई याद गर्छौँ। बुद्धियोग हजुरसँग लगाउँछौँ। बाबा फेरि भन्नुहुन्छ यो सबै तिमी बच्चाहरूको लागि नै हो। बच्चाहरूले भन्छन्– हाम्रो सबैथोक हजुरको हो। भन्छन् नि, यो सबै भगवानले दिनुभएको हो! अब बाबा भन्नुहुन्छ– यो सबै समाप्त हुनुछ। तिमीसँग के छ? यो शरीर पनि समाप्त हुन्छ। अब मैले फेरि तिमीलाई रूपान्तरण गरिदिन्छु। केवल साटासाट गर्छौ नि। त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू अशरीरी बन। मलाई याद गर। बुद्धिबाट सबैथोक सरेन्डर गर। राजा हरिश्चन्द्रको कथा छ नि। उनले भने अमानत (नासो) राखिदेऊ।

बाबा भन्नुहुन्छ– यी सबै शास्त्र आदिको सार तिमीलाई सम्झाउँछु। मैले नै तिमीलाई ब्रह्मामुखद्वारा राजा-रानी बनाएको थिएँ अब फेरि बनाउँछु। कहिल्यै पनि मानिसले, मानिसलाई गीता सुनाएर, राजयोग सिकाएर राजारानी बनाउन सक्दैनन्। फेरि गीता सुनेर के फाइदा! बाबा भन्नुहुन्छ– म स्वयम् कल्प कल्प आएर तिमीलाई स्वर्गको मालिक बनाउँछु। मेरा बनेपछि त वारिस बन्छौ नि। त्यसैले जति योगमा रहन्छौ त्यति शुद्ध बन्दै जान्छौ। बाबा यो सबै हजुरको हो। म त ट्रष्टी हुँ। हजुरको हुकुमबिना मैले केही पनि गर्दिनँ। शरीर निर्वाह कसरी गर्नुछ– त्यो मत पनि लिन्छन्। प्रायः जसो गरिबले नै पूरा चार्ट लेख्छन्। धनवानले चार्ट लेखेर दिन सक्दैनन्। सरेन्डर हुन सक्दैनन्, कोही विरलै निस्कन्छन्। जस्तै एक जनक राजाको नाम छ। बालबच्चा छन्, साझा सम्पत्ति छ भने उनी अलग कसरी हुन्छन्। धनवान मानिसहरूले आफ्नो सम्पत्ति निकाल्छन् कसरी, जसबाट सरेन्डर हुन्छन्? बाबा हुनुहुन्छ नै गरिबको नाथ। सबैभन्दा गरिब माताहरू छन्, उनीहरूभन्दा बढी कन्याहरू गरिब छन्। कन्यालाई कहिल्यै वर्साको नसा हुँदैन। बच्चालाई पिताको जागिरको नसा हुन्छ। त्यसैले त्यो सबैलाई छोडेर फेरि वैकुण्ठको वर्सा लिनुपर्छ। दान सदैव गरिबलाई नै दिइन्छ। भारत छ सबैभन्दा गरिब छ, अमेरिका धेरै धनवान छ। बाबाले उनीहरूलाई वर्सा दिनुहुन्छ र? भारतवर्ष सबैभन्दा धनवान थियो अरू कुनै धर्म थिएन। केवल तिमीहरू नै थियौ, एक भाषा थियो। गड इज वन (परमात्मा एक हुनुहुन्छ)। मैले एक राज्य, एक धर्म, एक भाषा स्थापन गर्छु। एक सर्वशक्तिमान्, एक सरकार स्थापन गर्छु। एकबाट फेरि दुई, तीन हुन्छ। अहिले कति धर्म छन् फेरि अवश्य एक धर्म आउनुपर्छ। ५ हजार वर्षको कुरा हो। एक धर्म थियो। विद्वानहरूले सत्ययुगको अवधि लाखौँ वर्ष राखिदिएका छन्। बुझ्दैनन् सत्ययुगमा के हुन्छ। सम्झन्छन्, स्वर्गवासी भयो, सायद माथि गयो। दिलवाडा मन्दिरमा पनि स्वर्ग माथि छतमा देखाइएको छ। त्यसैले मानिसहरू अलमलिन्छन्। वास्तवमा स्वर्ग कुनै माथि हुँदैन। तिमीलाई अहिले थाहा भएको छ बाबाकहाँ गएर फेरि यहाँ नै आएर राज्य गर्छौँ। यो ज्ञान बुद्धिमा रहनुपर्छ, जसले जसलाई पनि सम्झाउन सक्छौ। काँचालाई त माया चराले खाइदिन्छ त्यसैले फोटो पनि मगाइन्छ। रजिस्टर राखिन्छ।

बाबाकहाँ समाचार आउँछन् फलानाले एउटै यस्तो ज्ञानको तीर हान्यो जसले म बाबाको बनेँ। शास्त्रहरूमा पनि लेखिएको छ– कुमारीहरूद्वारा बाण हान्न लगाउनुभयो। अरे, बाबालाई किन भुलेका छौ? यसलाई ज्ञान बाण भनिन्छ। केवल बाबाको याद दिलाउनुछ। बाँकी कुनै हिंसक बाणको कुरा होइन। बाबा भन्नुहुन्छ– मैले, ब्रह्मामुखबाट सबै शास्त्रहरूको रहस्य तिमीलाई सम्झाउँछु। ब्रह्मा त अवश्य यहाँ हुनुपर्छ। उनीहरूले फेरि विष्णुको नाभि कमलबाट ब्रह्मा निस्किएको देखाएका छन्। केही पनि जान्दैनन्। मानिसहरूले त जे आयो त्यही लेखिदिए। फोहोर त धेरै छ। रिद्धि-सिद्धिवाला पनि धेरै भएका छन्। सत्य निस्कएपछि झुटाहरूले त्यसको सामना गर्छन्। अहिले तिमीले बुझेका छौ, शिवबाबा हुनुहुन्छ निराकार र यी ब्रह्मा हुन् साकार। बाँकी नाभि आदिको त कुनै कुरै छैन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) अब ज्ञानी तू आत्मा बन्नुछ, केवल ज्ञान सुन्ने र सुनाउने मात्र होइन। यादको पनि मेहनत गर्नुछ। अशरीरी भएर अशरीरी बाबालाई याद गर्नुछ।

२) बाबाको बनेर अरू सबै कुराहरूबाट ममत्व मेटाइदिनुछ। यो देह पनि मेरो होइन। पूरा देहीअभिमानी बनेर पूर्ण सरेन्डर हुनुछ।

वरदान:–
मास्टर अलमाइटी अथोरिटीको सिटमा सेट रहने सहज र सदाका कर्मयोगी भव

जसरी कुनै मेसिनरीलाई सेट गर्दा एक पटक सेट गरेपछि फेरि स्वचालित रूपमा चलिरहन्छ, यसै रीतिले मास्टर अलमाइटी अथोरिटीको स्टेजमा स्वयमलाई एक पटक सेट गरिदियौ भने कहिल्यै कमजोरीको शब्द निस्कँदैन। हर सङ्कल्प, शब्द वा कर्म त्यही सेटिङ अनुसार स्वचालित रूपमा चलिरहन्छ। यही सेटिङले सहज र सदाको लागि कर्मयोगी, निरन्तर निर्विकल्प समाधिमा रहने सहजयोगी बनाइदिन्छ।

स्लोगन:–
“म” को सट्टा बाबा-बाबा भन्नु– यही यादको प्रमाण हो।

अव्यक्त इसारा:– सदा हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।

जो सहनशील छ उही ड्रामाको कवच लगाएर टिक्न सक्छ र हर्षित रहन सक्छ। सहनशीलता छैन भने ड्रामाको कवच लगाउन पनि मुस्किल हुन्छ। यस समयमा जे जति कर्म गर्छौ त्यसमा करनकरावनहारको स्मृति सदा रहोस्। गराउने बाबा हुनुहुन्छ, गर्ने निमित्त हो, यो स्मृतिमा राखेर कर्म गरेमा अनुभव हुन्छ, मानौँ साक्षी भएर पार्ट खेलिरहेका छौँ।