09.08.26    Avyakt Bapdada     Nepali Murli    02.03.2011     Om Shanti     Madhuban


“ मास्टर सर्वशक्तिमानको स्वमानको सिटमा स्थित भएर एकअर्कालाई उमङ्ग-उत्साह दिलाउँदै सहयोगी बनेर व्यर्थ सङ्कल्पहरूको आँकको फूल अर्पण गरेर नम्बरवन इनाम लेऊ।”


आज तिमी सबैका साथै चारैतिरका सर्व बच्चाहरूले अमृतवेलादेखि लिएर धेरै स्नेहपूर्ण आफ्नो प्रेम र खुसीको बधाई दिइरहेका छौ। त्यसैले बाबा पनि तिमी सबै सिकीलधे बच्चाहरूलाई यस जयन्तीको बधाई दिन आउनुभएको छ। एक एक बच्चा बाबाको लागि अति प्रिय, दिलको प्रिय छ। त्यसैले बापदादाले आफ्नो अङ्कमालको मालाद्वारा तिमी सबैलाई बधाई दिइरहनुभएको छ।

बापदादाले देखिरहनुभएको छ, तिमीले त सामुन्ने बधाई दिइरहेका पनि छौ, लिइरहेका पनि छौ तर चारैतिरका बच्चाहरूले कैयौँ स्थानहरूमा बधाई दिइरहेका छन् र बाबाले पनि देशविदेश सबैतिरका बच्चाहरूलाई अति स्नेहपूर्वक बधाई दिइरहनुभएको छ। बापदादाले देखिरहनुभएको छ, हरेक बच्चा हर्षित अनुहारले प्यारको सागरमा लहराइरहेका छन्। बाबालाई खुसी छ, बाबा एक्लै आउनुहुन्न, बच्चाहरूको साथमा नै आउनुहुन्छ किनकि बाबा आउनु हुन्छ नै यज्ञ रच्न। यज्ञमा को हुन्छन्? ब्राह्मण, त्यसैले बाबा एक्लै आउनुहुन्न तर बच्चाहरूको साथमा आउनुभएको छ किनकि यही जयन्ती सबै जयन्तीहरूभन्दा अद्भुत (वन्डरफुल) छ। सारा कल्पमा यो एउटै जयन्ती हो, जसमा बाबा र बच्चाहरूको सँगसँगै जन्म हुन्छ। त्यसैले यस जयन्तीलाई भनिन्छ नै हिरातुल्य जयन्ती। बाबाले पनि विशेष आदि रत्न बच्चाहरूलाई विशेष बधाई दिइरहनुभएको छ। त्यसैले तिमी सबै बच्चाहरू पनि आज बधाई दिन आएका हौ वा लिन पनि आएका हौ! बाबाले भन्नु भएकै छ– साथै रहनेछौँ, साथै उड्नेछौँ, साथै आउनेछौँ र ब्रह्माबाबाको साथमा राज्य गर्नेछौँ। साथै रहने वाचा छ। तिमीले पनि के भन्छौ? हामी पनि जहाँ बाबा त्यहाँ साथसाथै हुनेछौँ। यो हो बच्चाहरूको बाबासँग, बाबाको बच्चाहरूसँग वाचा। शरीरद्वारा जहाँसुकै रहँदा पनि दिलमा सदा बाबा साथै हुनुहुन्छ, त्यसैले बाबालाई दिलाराम भनिन्छ। यहाँ यादगार देलवाडा मन्दिर पनि छ। त्यसैले सबैको दिलमा साथमा दिलाराम हुनुहुन्छ नि! अनि बाबाले सदा बच्चाहरूलाई भन्नुहुन्छ– कहिल्यै पनि एक्लो नबन। बाबा सदा साथ हुनुहुन्छ, साथ रहनु नै छ। एक्लै भयौ भने मायाले आफ्नो चान्स लिन्छ र साथमा हुनुहुन्छ भने स्वयं लाइट हाउस साथ हुनुहुन्छ, उहाँको अगाडि माया टाढैबाट भाग्छ, नजिक आउन पनि सक्दैन। त्यसैले बच्चाहरूको बाबासँग, बाबाको बच्चाहरूसँग सदा साथको वाचा छ। तिमी सबैको पनि वाचा छ नि! साथै छौँ, साथै रहनेछौँ। साथमा रहनु राम्रो लाग्छ नि। हुन्छ त्यसोभए हात उठाऊ।

बापदादाले देख्नुभयो, हरेक बच्चाले अमृतवेला बाबासँग धेरै दिलका कुराहरू गर्छन्। त्यसो त समय मिल्दैन तर अमृतवेला हरेकले धेरै मीठा-मीठा दिलका कुराहरू गर्छन् र बाबाले पनि हरेक बच्चाको दिलका कुराहरू सुनेर सबै कुराहरूको उत्तर पनि दिनुहुन्छ। सबैलाई यही एउटा कुराको धेरै खुसी छ हामीले दिलबाट भन्छौँ मेरो बाबा, अनि बाबा हाजिर हुनुहुन्छ। हजुर हाजिर हुनुहुन्छ। यसमा केवल दिलको कुरा हो र अरू केही गर्नुपर्ने आवश्यकता छैन, दिलबाट भन्यौ मेरो बाबा, हजुर हाजिर।

त्यसैले आज चारैतिरबाट बापदादाको कानमा मीठो गीत बजिरहेको थियो। कुन चाहिँ गीत? मेरो बाबा, प्यारो बाबा, मीठो बाबा अनि बापदादा पनि बच्चाहरूको स्नेहमा समाहित हुनुहुन्थ्यो, समाहित हुनुहुन्छ। अहिले बापदादाले तिम्रो स्नेहको दिव्य कर्तव्यलाई देखेर भन्नुहुन्छ तिम्रा भक्तहरू उनीहरू पनि कम बुद्धिका छैनन्। उनीहरूले पनि तिम्रो यादगारको धेरै राम्रो कपी बनाएका छन्। द्वापरमा आए, पहिलो सुरुको जन्म त्यसो त सतोप्रधान हुन्छ किनकि परमधामबाट आत्मा आउँछ। त्यसैले भक्तहरूतिर पनि आज दृष्टि गयो। त्यसैले कपी धेरै युक्तियुक्त गरेका छन् किनकि तिम्रा सुरु सुरुका विशेष भक्तहरू जस्तो तिम्रो यथार्थ (प्राक्टिकल) कर्म छ, त्यस्तै उनीहरूले पनि यादगारको कपी राम्रो बनाएका छन् तर तिम्रो यथार्थ हो, उनीहरूको यादगार हो। जसरी तिमीले व्रत लियौ, कुन चाहिँ व्रत लियौ? पवित्रताको। त्यसैले उनीहरूले पनि व्रत लिन्छन्, व्रतको कपी गरेका छन् तर तिम्रो व्रत एक जन्म लिएका हुनाले अनेक जन्म त्यो व्रत चल्छ। उनीहरू एक दिनको लागि पवित्र पनि रहन्छन् र खानपान पनि शुद्ध बनाउँछन्। तिम्रो हो २१ जन्महरूको व्रत, उनीहरूको अल्पकालको लागि हो। त्यसैगरी जागरण पनि हुन्छ, तिमी उज्यालोमा आयौ त्यसैले सारा विश्व भित्रको अन्धकार मेटायौ। आधाकल्प अन्धकार आउन सक्दैन। मनको अन्धकार मेटायौ र बाहिर प्रकृतिको दुःख, त्यो अन्धकार मेटायौ। त्यो पनि कपी गरेका छन्, जागरण गर्छन्। अनि अर्को कुरा, तिमी बाबामाथि बलिहार भयौ, बलि चढ्यौ। पूर्ण समर्पण भयौ भने उनीहरूले पनि कपी गरेका छन् तर आफूलाई गर्दैनन्, आफूलाई बलि चढाउँदैनन्, कसलाई चढाउँछन्? जान्दछौ नि! बोकालाई चढाउँछन्। बोकालाई किन खोजे र अरू कसैलाई किन खोजेनन्। सबै हाँसिरहेका छन्, जान्दछौ! जुन बाबाले तिमी बच्चाहरूलाई बारम्बार इसारा दिनुहुन्छ– मैपन छोडेर निमित्त भाव धारण गर, त्यसैले उनीहरूले पनि बोकालाई खोजेका छन् किनकि उसले पनि म्याँ-म्याँ (मैं-मैं) गर्छ। भक्तहरूको बुद्धि कमालको त छ नि! तिम्रा भक्त हुन् नि। बाबाका, तिम्रा भक्त हुन्। त्यसैले बाबाले तिम्रा भक्तहरूलाई पनि जसले सच्चा दिलले भक्ति गर्छन्, उनीहरूलाई केही न केही भक्तिको फल दिनुहुन्छ। उनीहरू पनि सदा सच्चा र सात्त्विक रहन्छन्, खुसी रहन्छन्। दुःखमा दुःखी हुँदैनन् किनकि भक्ति सच्चा दिलले गर्छन्। त्यसैले बाबाले पनि आजकाल तिमी बच्चाहरूलाई यही इसारा दिनुहुन्छ कि मैपन नल्याऊ। मैले जे भन्छु त्यही होस्। मैले नै ठिक भन्छु, त्यही हुनुपर्छ। यो म म, एउटा साधारण हो म शरीरधारी हुँ, देहधारी हुँ, त्यसैले एउटा हो साधारण म र अर्को हो सूक्ष्म म, त्यसमा बाबाको देनलाई पनि मैले गरेँ, मैले बोलेँ, म गर्छु, बाबाका विशेषताहरूमा पनि मैपन आउँछ। ज्ञानको समझ, विशेषताहरूको समझ त्यसमा पनि सूक्ष्म मैपन आउँछ। त्यसैले बाबाले इसारा दिइरहनुहुन्छ कि म र मेरो, सदा मेरो बाबा, त्यतैतिर दिलको लगाव होस्। हदको मेरो, मेरो नाम, मेरो सान, यसलाई समाप्त गरेर म बाबाको, बाबा मेरो, कति खुसी हुन्छ! भगवान् मेरो हुनुभयो अरू के चाहियो! त्यसैले एउटा हुन्छ साधारण मेरो, एउटा हुन्छ सूक्ष्म मेरो। यो सूक्ष्म मेरोले मैलो पारिदिन्छ र मेरो बाबाले मालामाल बनाइदिन्छ।

त्यसैले आज जन्मदिन (बर्थडे) मनाउन आएका छौ। आफ्नो पनि जन्मदिन मनाउन आएका छौ नि! बाबा बच्चाहरूविना केही गर्नुहुन्न, त्यसैले आज बाबा बच्चाहरूको जन्म उत्सवको बधाई दिन आउनुभएको छ, वाह मेरा बच्चाहरू वाह! अहिले एउटा कुरा भनौँ, तयार छौ! भनौँ? गर्नुपर्नेछ। हात उठाऊ, गर्नेछौ? डबल फरेनरहरूले गर्नेछौ? टिचरहरूले गर्नेछौ? अच्छा। त्यसोभए आज बापदादा जसरी यादगारमा शिव परमात्माको यादगारमा आँकको फूल चढाउँछन्, गुलाबको होइन, अरू कुनै फूल चढाउँदैनन्, आँकको फूल चढाउँछन्। आज बापदादा तिमीहरूलाई कुन चाहिँ कुरा अर्पण गर्न, त्यो होमवर्क दिन चाहनुहुन्छ। तयार छौ नि! अच्छा।

बच्चाहरूको यो कुरा त बाबालाई धेरै राम्रो लाग्छ, हस् हजुर सबैले भन्छन्। त्यसैले आज जन्मदिनमा बाबाको यो सङ्कल्प छ कि सबैले एकअर्कालाई उमङ्ग-उत्साह दिलाउँदै, एकअर्काको सहयोगी बन्दै व्यर्थ सङ्कल्पको आँकको फूल अर्पण गर। व्यर्थ सङ्कल्प न गर्नु छ, न सुन्नु छ र न सङ्गतमा आएर व्यर्थ सङ्कल्पहरूको सङ्गतको रङ लगाउनु छ किनकि व्यर्थ सङ्कल्प जहाँ हुन्छ, त्यहाँ यादको सङ्कल्प, ज्ञानका मधुर बोली, जसलाई मुरली भन्छौ, त्यो शुद्ध सङ्कल्प स्मृतिमा रहनेछैन। सुन्न त मुरली पनि सुन्छौ, पढ्छौ पनि त्यो त आवश्यक छ। ब्राह्मणहरूको नियम हो तर सुन्नुसम्म रहनेछ। मनमा मनन चल्नेछैन। सोच्नेछन्, भन्छन् आजको मुरली धेरै राम्रो थियो। सोचिरहेकी छु के थियो...। वरदान पनि धेरै राम्रो थियो, तर याद आउनेछ...। व्यर्थ सङ्कल्पले मन बुद्धिलाई आफूतर्फ आकर्षित गर्छन्। थाहा छ तिमीलाई के भन्छन् बाबाको अगाडि? बाबा, चाखलाग्दो समाचार त सुन्नुपर्छ नि! नलेजफुल बन्नुपर्छ तर व्यर्थ कुराहरूले पदको प्राप्तिमा नोक्सान पारिदिनेछन्। त्यसैले के तिमीहरू सबैले व्यर्थ सङ्कल्प मेटाउने बाबासँग वाचा गर्छौ? तिमीले भन्छौ हामी त चाहँदैनौँ तर ती आउँछन्। चाहँदैनौँ तर आउँछन्। त्यसैले बाबालाई दृढ सङ्कल्पले दिनु, पहिला दिन आउँछ? बाबालाई दियौ। दिएको चिज तिमीसँग फिर्ता पनि आयो भने दिएको चिज तिमीले राख्छौ, कि फिर्ता गर्छौ? दिएको चिज तिमीले आफूसँग राख्यौ भने तिम्रो टाइटल के हुनेछ? त्यसैले बाबालाई एकपटक आफ्नो रुचिबाट दृढताले देऊ र चेक गर बारम्बार दिएको चिज मसँग फिर्ता त आएन! अरूको चिज आफ्नो बनाउनु, यसलाई राम्रो मानिँदैन। त्यसैले दिनहुँ आराम गर्नुभन्दा पहिला, आराम पछि गर्नु पहिला चेक गर्नु– आज सारा दिनमा कुनै पनि व्यर्थ सङ्कल्प त आएन? व्यर्थ सङ्कल्प गरेका त छैन? दिएको चिज फिर्ता त लिएनौ?

त्यसोभए आज जन्मदिनको सौगात दिने हिम्मत छ नि! छ हिम्मत? हात उठाऊ, हिम्मत छ? जहाँ हिम्मत छ, त्यहाँ बापदादाले पनि तिमीलाई सौगात दिनुहुनेछ। तिमीले दिलबाट भन्नु मेरो बाबा, दयालु कृपालु बाबा, हजुरले यो चिज लिनुहोस्! दिलबाट भन्यौ भने बाबाले एक्स्ट्रा गिफ्ट दिनुहुनेछ किनकि हिम्मत तिम्रो, अतिरिक्त मदत बाबाले दिनुहुनेछ। जहाँ हिम्मत छ, त्यहाँ बाबाको मदत अवश्य भइ नै हाल्छ, यो त अनुभव गरेका छौ नि किनकि बापदादाले धेरै समयदेखि सूचना दिइरहनुभएको छ कि अब तीव्र पुरुषार्थको बाटो हो तीन बिन्दु लगाउनु। बिन्दु हुँ, बाबा बिन्दुलाई याद गर्नु छ र बितेकोलाई बिन्दु लगाउनु, फुलस्टप बिन्दु हो, जसलाई बापदादा भन्नुहुन्छ मनन गर, बिन्दु बन्नु छ, बिन्दु देख्नु छ र बिन्दु लगाउनु छ, त्यसैले बिन्दुको धेरै महत्त्व छ। आजकालको जमानामा पनि बिन्दुको महत्त्व छ। हेर पैसा गन्ती गर्छन् नि! आजकाल सबैको प्यार, सबैभन्दा बढी केसँग छ? पैसासँग। त्यसोभए पैसा बढ्छ कसरी? बिन्दु लगाउँदै जाऊ, १० लाई बिन्दु लगाऊ १०० हुनेछ। अर्को बिन्दु लगायौ भने १००० हुनेछ। त्यसैले बिन्दुको महत्त्व छ तर असली बिन्दु कुन हो त्यो भुलेका छन्। आज बाबालाई जन्मदिनको सौगात दियौ? दियौ? दिलबाट दियौ? किन, के त भन्दैनौ? कसरी गरूँ, के गरूँ? यो के के भन्ने भाषा नराम्रो हो। किन गरूँ, कसरी गरूँ, किन के, के के गर्नुहुँदैन। त्यसैले सौगात दिनको लागि खुसी खुसीले हात उठाएका छौ वा सङ्गठनको बाध्यताले? किनकि बाध्यताले गर्नेहरूको सदा हुँदैन, कहिलेकाहीँ हुन्छ। दिलबाट गर्नेले गर्नु नै छ, बन्नु नै छ। सौगात दियौ, दिनु नै छ। यस्तो खुसी खुसीले सङ्कल्प गरेका छौ भने तिमी सर्वशक्तिमान् बाबाका बच्चाहरू मास्टर सर्वशक्तिमानको लागि के ठुलो कुरा हो र! सिटमा स्थित हुनु, मास्टर सर्वशक्तिमानको सिटमा सदा सेट रहनु। नभुल्नु। स्वमान हो नि यो। आफ्नो स्वमान छोडिँदैन। स्वमानको लागि त लड्छन्। त्यसैले आज बाबालाई प्यार आयो साना साना कुराहरूमा आफ्नो स्वमान, परमात्माद्वारा मिलेको स्वमान, मानिसहरूद्वारा मिलेको स्वमान त्यसमा पनि कति नसा हुन्छ! यो मास्टर सर्वशक्तिमानको स्वमान परमात्माद्वारा मिलेको हो। जे चाहन्छौ त्यो गर्न सक्छौ। छ नि हिम्मत? शिर हल्लाऊ। हात नहल्लाऊ शिर हल्लाऊ। हिम्मत छ? टिचरहरू। तिमीले गराउनुपर्नेछ, ध्यान दिनुपर्नेछ। तिमीले गर्नेछौ र अटेन्सन दिलाएर गराउनेछौ। निमित्त हौ नि। फेरि हेरिनेछ कुन चाहिँ क्लास, कसको क्लासले नम्बर लिन्छ? फेरि राम्रो इनाम दिइनेछ। कुन चाहिँ इनाम दिनेछौ त्यो बताइँदैन। बढिया इनाम दिइनेछ। क्लासको क्लास कोसिस गर्नु। यस्तो होइन एक जनाले गरे, होइन। धेरैजसोले (मेजोरिटीले) गरून्।

त्यसैले आज बापदादालाई एक एक बच्चाप्रति प्यार आइरहेको छ कि नम्बरवनमा आऊन्। दोश्रोमा पनि होइन। पहिलो राजगद्दीमा बस्दैनौ, तख्तमा त दुई जना बस्नेछन् तर पहिलो राजधानी, पहिलो राजघरानाको सम्बन्धमा आऊन्। दुई नम्बर त भयौ तर राज्य गर्नु छ, राज्य अधिकारी बन्नु छ भने पहिलो राज्यमा आऊन्। त्यसैले बापदादाको यही बच्चाहरूसँग प्यार छ एक एक बच्चा कुनै न कुनै विशेषतामा नम्बरवन आऊन्। नम्बरवार होइन, नम्बरवन। छ उमङ्ग? नम्बरवनमा आउनु छ कि जे मिल्छ त्यही राम्रो? अच्छा, अच्छा गर्नुहुँदैन। बाबाको आशा छ एक एक बच्चा कुनै न कुनै कमालमा नम्बरवन आऊन्। चार विषय (सब्जेक्ट) छन्, कुनै न कुनै विषयमा नम्बरवन बन्नु नै छ। बन्नु नै छ, यसलाई अन्डरलाइन गर। मानौँ धेरै मेहनत दिइन्न, कुनै न कुनै विषयमा नम्बरवन। यो त सहज छ नि! बाँकी आजको दिन अमृतवेला एक एक बच्चा जति पनि मिलन मनाइरहेका थिए, बडो खुसी, खुसीमा हाँसिरहेको, खुसी अनुहार देखिइरहेको थियो। अनि बाबाले पनि हरेक बच्चालाई सदा उड्तीकलाको वरदान दिनुभयो। चल्तीकला होइन, उड्तीकला। त्यसैले बापदादाको आज यो वरदान याद राख्नु। बापदादाले तिम्रो र आफ्नो जयन्तीमा के वरदान दिनुभयो? उड्तीकला भव। तिमीले पनि सारा दिन शिवरात्रि उत्सव दिलमा मनाएका छौ नि! त्यसैले सबै राम्रा छन्, राम्रै रहनेछन्, राम्रोभन्दा राम्रो राज्य पद प्राप्त गर्नेछन्। सबै राम्रा छन् नि! बाबाले त राम्रो नै देख्नुहुन्छ। अच्छा।

चारैतिरका चाहे सामुन्ने बसेका छन् चाहे आआफ्नो स्थानमा बसेर मनाइरहेका छन्, बापदादाले पनि सबैलाई देखेर हर्षित भइरहनुभएको छ र बच्चाहरू पनि बाबाको मिलन देखेर खुसी भइरहेका छन्। तर आजको सङ्कल्प राख्नु सदा खुसी। कहिलेकाहीँ होइन, सदा खुसी। कसैले पनि देख्यो भने तिम्रो अनुहारलाई देखेर सोचोस् यी धेरै भाग्यवान् आत्मा देखिन्छन्। तिम्रो भाग्य चालचलन र अनुहारबाट देखियोस्। यस्तो होइन केवल मनमा धेरै छ, होइन। तिम्रो भाग्यवान् अनुहारले खुसी अनुहारले अरूलाई परिचय गराउनेछ। अनुहारले बोल्नेछ यिनीहरूमा केही छ। तिम्रो अनुहारले सेवा गरोस्। बाबासम्म ल्याओस्। खुसी रहनु, यो पनि सेवाको साधन हो। त्यसैले चारैतिरका बच्चाहरूलाई तिम्रो पनि जन्मदिनको पदमगुणा बधाई छ, बधाई छ, बधाई छ। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति मातापिता बापदादाको दिलो ज्यान र अत्यन्तै प्रेमले याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

वरदान:–
संशयका सङ्कल्पहरूलाई समाप्त गरेर मायाजित बन्ने विजयी रत्न भव

कहिल्यै पनि पहिल्यैदेखि यो संशयको सङ्कल्प उत्पन्न नहोस् खै हामी फेल पो हुन्छौँ कि, संशयबुद्धि भएमा नै हार हुन्छ, त्यसैले सदा यही सङ्कल्प गर हामीले विजय प्राप्त गरेरै देखाउनेछौँ। विजय त हाम्रो जन्मसिद्ध अधिकार हो, यस्तो अधिकारी बनेर कर्म गरेमा विजय अर्थात् सफलताको अधिकार अवश्य प्राप्त हुन्छ, यसैबाट विजयी रत्न बन्नेछौ, त्यसैले मास्टर नलेजफुलको मुखबाट खै (थाहा छैन) शब्द कहिल्यै निस्कनुहुँदैन।

स्लोगन:–
रहमको भावनाले सहजै निमित्त भाव इमर्ज गरिदिन्छ।

अव्यक्त इसारा:– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन

जसरी लज्जावती झार अलिकति पनि हात लगाउने बित्तिकै शक्तिहीन हुन्छ, त्यसमा समय लाग्दैन। त्यसैगरी तिमीले एक सेकेन्डको शुद्ध सङ्कल्पको शक्तिले मायालाई लज्जावती झार जस्तै मूर्छित बनाइदेऊ। आफ्नो निजी स्वरूप, वरदानी स्वरूप, सदैव स्मृतिमा रहोस्, अनि अपवित्रता वा विस्मृतिको नामनिसान पनि रहनेछैन।