10.06.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– शिवबाबा
र ब्रह्माबाबा दुवैको मत प्रसिद्ध छ , तिमीले दुवैको मतमा चलेर आफ्नो कल्याण गर्नुछ
।”
प्रश्न:–
नम्बरवन
ट्रष्टी को हुनुहुन्छ र कसरी?
उत्तर:–
शिवबाबा
हुनुहुन्छ नम्बरवन ट्रष्टी, उहाँमा कुनै आसक्ति छैन। भक्तिमार्गमा पनि तिमीले उहाँको
लागि जे जति दानपुण्य आदि गर्छौ, त्यो सबै सुरक्षित (बिमा) हुन्छ, जसको फल अर्को
जन्ममा मिल्छ। अहिले पनि जसले बाबाको लागि आफ्नो सबैथोक बिमा गर्छन् उनीहरूलाई
बाबाले पूरा प्रतिफल दिनुहुन्छ किनकि बाबा भन्नुहुन्छ– म स्वयमले त सुख भोग्दिनँ।
मैले तिम्रो लिएर के गर्छु र!
गीत:–
दर पर आये हैं
कसम लेके...
ओम् शान्ति ।
मीठा-प्यारा
सिकिलधे बच्चाहरूले गीत सुन्यौ। बच्चा उनीहरूलाई भनिन्छ जो बाबाका बन्छन्। बाबाले
सम्झाउनुभएको छ यो हो अन्तिम मरजीवा जन्म। जीवन छँदै बाबाको बन्नुछ। यो त
बच्चाहरूलाई थाहा छ, श्रीमतको गायन गरिएको छ। श्रीमत भगवानुवाच। गीतामा श्रीकृष्णको
नाम राखिदिएका छन् तर हुनुहुन्छ शिवबाबा। उहाँपछि ब्रह्मा फेरि श्रीकृष्ण। श्रीमत
श्रीकृष्णको भनिँदैन। श्रेष्ठभन्दा श्रेष्ठ हाम्रा शिवबाबा हुनुहुन्छ। पतितपावन
श्रीकृष्ण अथवा राधा आदिलाई भनिँदैन। उनीहरू दैवीगुण भएका मानिस हुन्। मानिसलाई
पतितपावन भनिँदैन। सत्ययुगमा यस्तो भन्दैनन् पतितपावन आउनुहोस्! पतितहरूलाई पावन
बनाउने एक मात्र बाबा हुनुहुन्छ, जसको श्रीमतमा तिमी चलिरहेका छौ। प्रजापिता
ब्रह्माको मत पनि प्रसिद्ध छ। श्रीमत पनि प्रसिद्ध छ। शिवबाबा आएर तिमीलाई आफ्नो
बनाउनुहुन्छ। भन्छन्, शिर हत्केलामा राखेर बाबाका बनेका छौँ। उहाँको डाइरेक्सनमा
चल्नुपर्छ। तिमीले बाबालाई आफ्नो मत दिने आवश्यकता पर्दैन। उहाँले स्वयम् मत
दिनुहुन्छ। यी त सबै बच्चाहरू हुन्। शिवबाबा प्रसिद्ध हुनुहुन्छ। उहाँले जुन मत
दिनुहुन्छ, जे जति गर्नुहुन्छ त्यो सही हुन्छ। यी ब्रह्मालाई पनि मत दिनुहुन्छ– यो
गर। तिम्रो कनेक्सन नै शिवबाबासँग छ। कसैको पनि अवगुण हेर्नुहुँदैन, श्रीमतमा
चल्नुछ। शिवबाबा त हुनुहुन्छ निराकार। यो घर त उहाँको होइन। तिमी यहाँ पुरानो घरमा
बस्छौ फेरि स्वर्गमा गएर आफ्नो घरमा बस्छौ। शिवबाबा भन्नुहुन्छ म त बस्दिनँ। म त यसै
समयमा थोरै टाइमको लागि आउँछु।
तिमी हौ सच्चा सच्चा
रुहानी मुक्तिसेना। सुप्रीम रुह (बाबा) ले डाइरेक्सन दिइरहनुभएको छ, हुबहु ड्रामा
प्लान अनुसार कल्प पहिला अनुसार। कल्प कल्प जुन डाइरेक्सन दिनुहुन्छ त्यही
दिनुहुन्छ। रातदिन गहन कुरा सुनाइरहनुहुन्छ। नयाँ कसैले यो कुरा बुझ्न सक्दैन। हुन
त कोही ३५-४० वर्षदेखि ज्ञानमा छन् तर धेरै छन् जसले यी गम्भीर कुराहरूलाई बुझ्दैनन्।
बाबाले त दिनहुँ नयाँ कुरा सुनाइरहनुहुन्छ। कराँचीदेखि मुरली निस्कँदै आएको छ। पहिला
बाबाले मुरली चलाउनुहुन्नथ्यो। राति २ बजे उठेर १०-१५ पाना लेख्नुहुन्थ्यो। बाबाले
लेखाउनुहुन्थ्यो फेरि त्यसका प्रतिलिपिहरू निकालिन्थ्यो। भक्तिमार्गमा त शास्त्र
आदिका कागज सम्हाल्छन्। दिनप्रतिदिन ठुला ठुला किताबहरू बनाउँदै आउँछन्। कति जीवनी
बनाउँदै जान्छन्। त्यसलाई फेरि पढेर राख्छन्। तिमीले त मुरली पढेर फ्याँकिदिन्छौ।
नत्र यी महावाक्यहरू राख्नुपर्छ सदाको लागि। तर होइन, थाहा छ यी सबै विनाश हुन्छन्।
चित्र आदि जे जति तिमीले बनाउँछौ थोरै समयको लागि हुन्। फेरि यी दबिन्छन् फेरि त्यहाँ
न शास्त्र, न चित्र आदि केही पनि रहँदैनन् फेरि यो जे जति चलिरहेको छ, कल्प पछि पनि
हुन्छ। शास्त्र आदि फेरि द्वापरबाट सुरुहुन्छन्। ग्रन्थ पनि पहिला त हातले लेखिएको
धेरै सानो थियो। अहिले ठुलो बनाएका छन्। दिनप्रतिदिन ठुलो बनाउँदै जान्छन्। नत्र
शिवबाबाको जीवन कहानी कति लेख्नुपर्छ। अहिले तिमी बच्चाहरूले भन्छौ– परमपिता
परमात्माको जीवन कहानी हामीलाई थाहा छ। बाबा बसेर सम्झाउनुहुन्छ– मैले भक्तिमार्गमा
के गर्छु। भक्तिमार्गमा पनि बिमा गर्छु। ईश्वर अर्थ मानिसले दानपुण्य गर्छन् नि!
भन्छन् यसले ईश्वर अर्थ दानपुण्य गरेको छ। ईश्वरले ठुलो घरमा जन्म दिनुभएको छ।
भक्तिमार्गमा धेरै धर्मात्मा हुन्छन्। ईश्वर अर्थ, श्रीकृष्ण अर्थ दानपुण्य गर्छन्।
फेरि बाबा सम्झाउनुहुन्छ– मैले तिमी बच्चाहरूलाई अर्को जन्ममा अल्पकालको लागि फल
दिँदै आएको छु। राम्रो वा नराम्रो फल त मिल्छ नि। कति बिमा भयो। जसले जस्तो कर्म
गर्छन्, त्यस अनुसार फल मिल्छ। मायाले उल्टो काम गराउँछ, जसबाट तिमीले दुःख पाउँछौ।
अब मैले तिमीलाई यस्तो कर्म सिकाउँछु जसबाट कहिल्यै दुःख हुँदैन र माया पनि त्यहाँ
हुँदैन। बाँकी हुन्छ पद, जसले जति बिमा गर्छ। शिवबाबा पनि ट्रष्टी हुनुहुन्छ नि।
बाबा नम्बरवन ट्रष्टी हुनुहुन्छ। कुनै ट्रष्टीले त आसक्ति भयो भने कसैको सत्यानाश
नै गरिदिन्छन्। बाबा त हेर कस्तो ट्रष्टी हुनुहुन्छ, भन्नुहुन्छ यो सबैथोक
बच्चाहरूको लागि हो। तिम्रो सारा कनेक्सन शिवबाबासँग छ। बाबा भन्नुहुन्छ म सच्चा
ट्रष्टी हुँ। मैले स्वयम् सुख लिन्नँ, बच्चाहरूलाई सारा राजधानी दिन्छु। लौकिक
पिताले पनि बच्चाहरूलाई सबैथोक वर्सामा दिएर जान्छन्। मैले त स्वर्गमा गएर केही पनि
लिन्नँ। तिमीलाई नै सबै दिन्छु। त्यसैले तिम्रो सारा कनेक्सन शिवबाबासँग छ। यी
ब्रह्माले भन्छन् मैले पनि पूरै बिमा गरिदिएँ। तन-मन-धन सबै बाबाको सेवामा छ।
सिन्धीमा एउटा उखान छ– हाथ जिसका ऐसे (दाता रूपमा) पहला पूर वह पहुँचेंगे (जसको हात
सदैव दान वा वरदान दिनमा अग्रसर हुन्छ, उनीहरू प्राप्तिको अग्रपङ्क्तिमा हुन्छन्)।
बाबाले त सबै बिमा गर्नुछ। दुई मुठी चामल दिए भने महल मिल्छ। अहिले हेर भवन बनेको
छ, कसैले एक रूपैयाँ पठायो, हाम्रो पनि एउटा इँटा लगाइदिनुहोस्। बाबाले लेख्नुभयो
तिमीलाई त सबैभन्दा राम्रो महल मिल्छ किनकि तिमी गरिब छौ। म हुँ नै गरिबको नाथ।
गरिबको एक रूपैयाँ त धनवानको १० हजार। दुवैलाई एउटै पद मिल्छ। धनवान धेरै मुस्किलले
आउँछन्। सबैभन्दा धेरै कन्याहरू त बिल्कुलै मुक्त छन्। हेर नम्बरवनमा मम्मा गइन्।
उनीसँग त केही पनि थिएन। गरिब घरकी थिइन् तैपनि नम्बरवन गइन्। यिनीले सबैथोक दिए
तैपनि पहिला लक्ष्मी फेरि नारायण। कति वन्डरफुल (अनौठो) खेल छ। त्यसैले कहिल्यै कुनै
कुरामा संशय हुनुहुँदैन। बापदादा कुनै कम हुनुहुन्छ र! यसमा अलिकति पनि संशय
ल्याउनुहुँदैन। धेरै मीठो पनि बन्नुछ। पाइला पाइलामा श्रीमत लिनुछ। नत्र मायाले धेरै
नोक्सान गराउँछ। बच्चाहरूलाई कति डाइरेक्सन दिनुपर्छ। बाबा भन्नुहुन्छ– पूरा समाचार
लेख। बाबाले हरेक प्रकारको सम्हाल गर्नुहुन्छ। बाबालाई धेरै ख्याल हुन्छ। यो बच्चाले
पनि कतै उन्नति गरोस्। पढाइमा पूरा अटेन्सन हुनुपर्छ। हामी हौँ मोस्ट बिलभ्ड गड
फादरली स्टुडेन्ट (अति प्यारा परमपिता परमात्माका विद्यार्थी)। भगवानुवाच पनि
लेखिएको छ तर श्रीकृष्णको नाम राखिदिएका छन्। श्रीकृष्ण पनि सबै मानिसहरूमा
उच्चभन्दा उच्च ठहरिए नि! उनी प्रथम राजकुमार हुन्। श्रीकृष्णको नाम लिन्छन्,
श्रीनारायणको किन लिँदैनन्! श्रीकृष्ण हुन् बालक। सानैदेखि बालक सतोप्रधान हुन्छ।
फेरि बचपनबाट युवा, फेरि वृद्ध अवस्था आउँछ। बच्चाहरूको नै महिमा गर्छन् किनकि
पवित्र हुन्छन् नि। बालकलाई ब्रह्मज्ञानीसमान भन्छन्। बच्चाबाट कुनै पाप हुँदैन।
त्यसैले श्रीकृष्ण पनि सानो बच्चा भएका हुनाले उनको जन्मदिन मनाउँछन्। तैपनि
श्रीकृष्णलाई द्वापरमा देखाइदिएका छन्। यो सबै कुरा बाबा बसेर सम्झाउनुहुन्छ। तिमी
ब्राह्मणहरू बाहेक दुनियाँमा यस्तो अरू कोही हुँदैन जसलाई यी सबै कुराहरू थाहा
हुन्छ। ब्राह्मण हुन् उत्तम। तिमी ब्राह्मण हौ ईश्वरीय सन्तान। सत्ययुगमा ईश्वरीय
सन्तान भनिँदैन। ईश्वरबाट अवश्य स्वर्गको प्राप्ति हुन्छ। यो हो तिम्रो अति दुर्लभ
अमूल्य जीवन। सबैको जीवन त यस्तो हुन सक्दैन। ड्रामा यस्तै बनेको छ। कल्प पहिला जसले
पढे, उनीहरूले नै पढिरहेका छन्। भगवानले अवश्य भगवान-भगवती पैदा गर्नुभयो। तर
भगवान-भगवती भन्न सकिँदैन। गड इज वन, ईश्वर एक हुनुहुन्छ। निराकारको महिमा छ।
साकारको कहाँ महिमा हुन्छ र! यी लक्ष्मीनारायणलाई निराकारले यस्ता बनाउनुभयो। अहिले
राजयोग सिकिरहेका छन्। राजधानी स्थापन भएपछि त्यसै समयमा विनाश पनि भयो। बाबाले
अवश्य स्वर्गको वर्सा दिनुहुन्छ। अहिले त सङ्गमको कुरा हो। शिवबाबा आउनुहुन्छ अनि
खेल पूरा हुन्छ, फेरि श्रीकृष्णको जन्म हुन्छ। बिचरा मानिसहरू त अलमलिएका छन्,
त्यसैले त बाबा आएर सम्झाउनुहुन्छ। परमपिता परमात्माले ब्रह्माद्वारा सबै
शास्त्रहरूको सार बताउनुहुन्छ। अहिले मानौँ तिमी मास्टर ज्ञानको सागर भएका छौ।
आत्माको नै महिमा छ। ज्ञानको सागर, आनन्दको सागर, ब्लिसफुल, यो बाबाको महिमा हो।
बाबा भन्नुहुन्छ– यो भारतवर्ष त सबैभन्दा ठुलो तीर्थस्थान हो। तर श्रीकृष्णको नाम
राखिदिएकाले सारा महिमा गुम पारिदिएका छन्। नत्र सबैको सद्गतिदाता त उहाँ एक
हुनुहुन्छ, सबैले शिवको मन्दिरमा फूल चढाउँथे। आधाकल्प तिमी प्रारब्ध भोगेर फेरि तल
आउँछौ। सबैलाई तमोप्रधान बन्नु नै छ। अब बाबा भन्नुहुन्छ– तिमी बच्चाहरूको लागि नयाँ
दुनियाँ स्थापन गरिरहेको छु। त्यस नयाँ दुनियाँमा म स्वयम् आउँदिनँ, सबैथोक तिमी
बच्चाहरूको लागि हो। स्पष्ट कुरा छ। मानिसहरूले त आफ्नो लागि गर्छन् फेरि भन्छन्
हामीले निष्काम सेवा गर्छौँ। तर निष्काम सेवा त कसैले गर्न सक्दैन। हरेक कुराको फल
अवश्य मिल्छ। मैले त तिमी बच्चाहरूलाई अविनाशी ज्ञान रत्न दिन्छु। तिम्रो लागि नै
वैकुण्ठ ल्याएको छु। बाबाले बच्चाहरूलाई स्वराज्यको सौगात दिनुहुन्छ। त्यसैले त्यो
सौगात लिनको लागि त्यस्तै लायक बन्नुपर्छ। स्वर्गको मालिक बन्नुछ। हत्केलामा स्वर्ग
मिल्छ। सेकेन्डमा जीवनमुक्ति अथवा सेकेन्डमा बादसाही मिल्छ। दिव्य दृष्टिदाता
शिवबाबा हुनुहुन्छ। सेकेन्डमा वैकुण्ठमा लैजानुहुन्छ, यी ब्रह्माबाबाको हातमा केहीको
पनि साँचो छैन। बाबा भन्नुहुन्छ मैले तिमी बच्चाहरूलाई राज्य भाग्य दिन्छु। मैले
राज्य गर्दिनँ। फेरि तिमी भक्तिमार्गमा गएपछि तिमीलाई दिव्य दृष्टिबाट बहलाउनुपर्छ।
कति राम्रोसँग सम्झाउनुहुन्छ। यस्ता बाबा कल्प कल्प, कल्पको सङ्गमयुगमा एकैपटक
आउनुहुन्छ। बनी बनाई बन रही अब कुछ बननी नाहि... जे जति हुन्छ, त्यो ड्रामामा
पहिल्यै निश्चित छ। त्यसलाई साक्षी भएर हेर। बाबाले धेरै राम्रोसँग सम्झाउनुहुन्छ।
प्यारा बच्चाहरू! तिमीहरूको पाई पाई सफल गराउने म तिम्रो इन्स्योरेन्स म्याग्नेट (बिमा
चुम्बक) हुँ। मैले तिम्रो एक पैसा पनि गुमाउँदिनँ। तिमीलाई कौडीबाट हिरातुल्य
बनाउँछु। यो सबै कर्तव्य शिवबाबाले गर्नुहुन्छ यिनीद्वारा, शिवबाबा करनकरावनहार
हुनुहुन्छ। उहाँ निराकार, निरहङ्कारी हुनुहुन्छ। परमपिता परमात्मा बसेर कसरी
पढाउनुहुन्छ। यस्तो भन्नुहुन्न मेरो चरणमा पर। बाबा आज्ञाकारी सेवक हुनुहुन्छ। बाबा
भन्नुहुन्छ– जसलाई मालिक बनाएँ, उनीहरू नै सुख भोग्दाभोग्दै अहिले दुःखी भएका छन्।
सुख पनि धेरै मिल्छ। यति सुख अरू कुनै धर्मका मानिसहरूलाई मिल्दैन। यस्तो भन्न
सकिँदैन अरूले के गरे र तिमी भारतवर्षका मानिसहरूलाई मात्रै किन मिल्यो? अरे यति
धेरै मानिस छन्, सबै त आउन सक्दैनन्। ड्रामा यस्तै बनेको छ। भारतवर्षमा नै आदि
सनातन देवीदेवता धर्म थियो। भगवानले आएर सहज राजयोग सिकाउनुभएको थियो। बाबा
भन्नुहुन्छ– म फेरि आएको छु। तिमीलाई पनि थाहा छ ८४ जन्मको पार्ट खेल्यौँ अब फेरि
हामी घर जान्छौँ। यो चोला धेरै पुरानो भएको छ (सर्पको उदाहरण)। संन्यासीहरूले फेरि
भन्छन् आत्मा सो परमात्मामा लीन हुन्छ। यस्तै अवस्थामा रहँदा रहँदै फेरि शरीर
छोडिदिन्छन्। तर ब्रह्ममा त कोही लीन हुँदैन। उनीहरूमा पनि कोही कोही धेरै तीक्ष्ण
हुन्छन्। शान्त बसेर शरीर छोडेर गए भने त्यसको प्रभावले वायुमण्डलमा २-३ दिनसम्म
सन्नाटा हुन्छ। त्यसैले तिमीलाई थाहा छ यो पुरानो शरीर छोडेर बाबाकहाँ जान्छौँ।
ब्रह्म त बाबा होइन, यो ती बिचराहरूको भ्रम हो। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) यस ड्रामाको हरेक दृश्य साक्षी भएर हेर्नुछ किनकि बनी बनाउ बनिरहेको छ। कहिल्यै
कुनै कुरामा संशय उठाउनुछैन।
२) बाबा तिम्रो सबै
सफल गराउने इन्स्योरेन्स म्याग्नेट हुनुहुन्छ, त्यसैले तन-मन-धन बाबाको सेवामा सफल
गरेर आफ्नो भविष्य बनाउनुछ। बाबासँग पूरा पूरा कनेक्सन राख्नुछ। बाबालाई पूरा
समाचार दिनुछ।
वरदान:–
मर जी वा
स्थितिद्वारा हिम्मत र उ ल्लासको अविनाशी छाप लगाउने प्राप्ति सम्पन्न भव
जो प्राप्तिहरूबाट
सम्पन्न हुन्छन् उनीहरूको हर आचरण, नयन र चालचलनबाट उमङ्ग-उत्साह देखिन्छ। तर
हिम्मत र उल्लासको अविनाशी छाप लगाउनको लागि आफ्नो विगतको वा ईश्वरीय मर्यादाहरूका
विपरीत कुनै संस्कार, स्वभाव, सङ्कल्प वा कर्म रहेछ भने त्यसबाट मरजीवा बन।
प्रतिज्ञारूपी स्विचलाई सेट गरेर प्राक्टिकलमा प्रतिज्ञा अनुसार चलिरहनुछ। हिम्मतको
साथै उल्लास भयो भने प्राप्तिको झलक टाढाबाट नै देखिन्छ।
स्लोगन:–
मेला वा
झमेलामा पनि डबल लाइट रहने नै धारणामूर्त हो।
अव्यक्त इसारा:– सदा
हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।
तिम्रो हरेक सङ्कल्प,
हरेक वचनमा विशेषता होस्। सदा सरल स्वभाव, सरल वचन, सरलता सम्पन्न कर्म हुन्, यस्तो
सरल स्वरूपमा रहनुछ। सदा एकको मतमा, एकसँग सर्व सम्बन्ध, एकबाट सर्व प्राप्ति, यसरी
एकद्वारा सदा एकरस रहने सहज अभ्यासी हुनुछ। सदा खुसी होऊ, खुसीको खजाना बाँड। सबैमा
खुसीको लहर फैलाऊ, यही वास्तविक सेवा हो।