10.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– देह
अभिमान छोडेर देही अभिमानी बन , देही अभिमानीहरूलाई नै ईश्वरीय सम्प्रदाय भनिन्छ।”
प्रश्न:–
तिमी
बच्चाहरूले अहिले जुन सतसङ्ग गर्छौ, यो अरू सतसङ्गहरूभन्दा भिन्न छ, कसरी?
उत्तर:–
यही एउटा
सतसङ्ग हो, जहाँ तिमीले आत्मा र परमात्माको ज्ञान सुन्छौ। यहाँ पढाइ हुन्छ। लक्ष्य
उद्देश्य पनि सामुन्ने छ। अरू सतसङ्गहरूमा न पढाइ हुन्छ, न कुनै लक्ष्य उद्देश्य छ।
ओम् शान्ति ।
रुहानी
बच्चाहरूप्रति रुहानी बाबाले सम्झाइरहनुभएको छ। रुहानी बच्चाहरूले सुनिरहेका छौ।
सबैभन्दा पहिला बाबाले सम्झाउनुहुन्छ– जहिले पनि बस्दा आफूलाई आत्मा सम्झेर बस। देह
नसम्झ। देह अभिमानीलाई आसुरी सम्प्रदाय भनिन्छ। देहीअभिमानीहरूलाई ईश्वरीय
सम्प्रदाय भनिन्छ। ईश्वरको देह हुँदैन। उहाँ सदैव आत्म अभिमानी हुनुहुन्छ। उहाँ
हुनुहुन्छ सुप्रिम आत्मा, सबै आत्माहरूका पिता। परम आत्मा अर्थात् सबैभन्दा उच्च।
मानिसहरूले सबैभन्दा उच्च भगवान भन्छन् तब बुद्धिमा आउँछ– उहाँ निराकार लिङ्ग रूप
हुनुहुन्छ। निराकार लिङ्गको पूजा पनि हुन्छ। उहाँ परमात्मा हुनुहुन्छ अर्थात् सबै
आत्माहरूभन्दा उच्च। हुनुहुन्छ उहाँ पनि आत्मा तर उच्च आत्मा हुनुहुन्छ। उहाँ
जन्ममरणमा आउनुहुन्न। बाँकी सबैले पुनर्जन्म लिन्छन् र सबै रचना हुन्। रचयिता त एक
बाबा मात्रै हुनुहुन्छ। ब्रह्मा-विष्णु-शङ्कर पनि रचना हुन्। मनुष्य सृष्टि पनि सबै
रचना हो। रचयितालाई पिता भनिन्छ। पुरुषलाई पनि रचयिता भनिन्छ। स्त्रीलाई दत्तक (एडप्ट)
लिन्छन् , फेरि उनीबाट रचना गर्छन्, पालना गर्छन्। बस् विनाश गर्दैनन्। जो धर्म
स्थापक हुन्छन्, उनीहरूले पनि रचना गर्छन्, फेरि उनीहरूको पालना गर्छन्। विनाश कसैले
पनि गर्दैनन्। बेहदका बाबा जसलाई परम आत्मा भनिन्छ, जसरी आत्माको रूप बिन्दु हो,
त्यसैगरी परमपिता परमात्माको रूप पनि बिन्दु हो। बाँकी जुन यति ठुलो लिङ्ग बनाउँछन्,
त्यो सबै भक्तिमार्गमा पूजाको कारणले हो। बिन्दुको पूजा कसरी हुन सक्छ। भारतवर्षमा
रुद्र यज्ञ गर्दा माटोको शिवलिङ्ग र शालिग्राम बनाएर फेरि तिनको पूजा गर्छन्।
त्यसलाई रुद्र यज्ञ भनिन्छ। वास्तवमा असली नाम हो– राजस्व अश्वमेध अविनाशी रुद्र
गीता ज्ञान यज्ञ। जुन शास्त्रहरूमा पनि लेखिएको छ। अब बाबाले बच्चाहरूलाई
भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। अरू जति पनि सतसङ्ग छन्, त्यसमा आत्मा वा परमात्माको
ज्ञान न कसैमा छ, न दिन सक्छन्। त्यहाँ त कुनै लक्ष्य उद्देश्य हुँदैन। तिमी
बच्चाहरूले त अहिले पढाइ पढिरहेका छौ। तिमीलाई थाहा छ– आत्मा शरीरमा प्रवेश गर्छ।
आत्मा अविनाशी छ, शरीर विनाशी छ, शरीरद्वारा पार्ट खेल्छ। आत्मा त अशरीरी छ नि।
भनिन्छ पनि– नाङ्गै आएका हौँ, नाङ्गै जानुछ। शरीर धारण गर्यो, फेरि शरीर छोडेर
नाङ्गै जानुछ। यो कुरा बाबा बसेर तिमी बच्चाहरूलाई नै सम्झाउनुहुन्छ। यो पनि तिमी
बच्चाहरूलाई थाहा छ– भारतवर्षमा सत्ययुग थियो त्यतिबेला देवी-देवताहरूको राज्य थियो,
एउटै धर्म थियो। यो कुरा पनि भारतवर्षका मानिसहरूले जान्दैनन्। बाबालाई जसले चिनेन,
उसले केही पनि जानेन। प्राचीन ऋषि मुनिहरूले पनि भन्थे– हामीले रचयिता र रचनालाई
जान्दैनौँ। रचयिता हुनुहुन्छ बेहदका बाबा, उहाँले नै रचनाको आदि-मध्य-अन्त्यलाई
जान्नुहुन्छ। आदि भनिन्छ सुरुलाई, मध्य बीचलाई। आदि हो सत्ययुग, जसलाई दिन भनिन्छ,
फेरि मध्यदेखि अन्त्यसम्म रात हो। दिन हो सत्ययुग-त्रेता, स्वर्ग हो विश्वको
आश्चर्य। भारतवर्ष नै स्वर्ग थियो, जसमा लक्ष्मी-नारायणले राज्य गर्थे, यो कुरा
भारतवर्षका मानिसहरूले जान्दैनन्। बाबाले अहिले स्वर्गको स्थापना गरिरहनुभएको छ।
बाबा भन्नुहुन्छ–
तिमीले आफूलाई आत्मा सम्झ। हामी फस्टक्लास आत्मा हौं। यस समयमा मनुष्य मात्र सबै
देह अभिमानी छन्। बाबाले आत्म अभिमानी बनाउनुहुन्छ। आत्मा के चीज हो, यो पनि बाबाले
बताउनुहुन्छ। मानिसहरूले केही पनि जान्दैनन्। भन्छन् पनि– भृकुटीको बीचमा चम्कन्छ
अजब सितारा, तर त्यो के हो, कसरी त्यसमा पार्ट भरिएको छ, त्यो केही पनि जान्दैनन्।
अहिले तिमीलाई बाबाले सम्झाउनुभएको छ, तिमी भारतवर्षका मानिसहरूले ८४ जन्मको पार्ट
खेल्नुपर्छ। भारतखण्ड नै उच्च खण्ड हो, जति पनि मनुष्य मात्र छन्, उनीहरूको यो
तीर्थ हो, सबैको सद्गति गर्न बाबा यहाँ आउनुहुन्छ। रावण राज्यबाट मुक्त गरेर गाइड
बनेर लैजानुहुन्छ। मानिसहरूले त यत्तिकै भनिदिन्छन्, अर्थ केही पनि जान्दैनन्। यहाँ
पहिला देवी-देवता थिए। उनीहरूले नै फेरि पुनर्जन्म लिनुपर्छ। भारतवर्षका मानिसहरू
नै देवता, फेरि क्षत्रिय, वैश्य, शूद्र बन्छन्। पुनर्जन्म लिन्छन् नि। यो ज्ञानलाई
राम्रोसँग बुझ्न ७ दिन लाग्छ। पतित बुद्धिलाई पावन बनाउनुछ। यी लक्ष्मी-नारायणले
पावन दुनियाँमा राज्य गर्थे नि। भारतवर्षमा उनीहरूको नै राज्य थियो त्यतिबेला अरू
कुनै धर्म थिएन। एउटै राज्य थियो। भारतवर्ष कति सम्पन्न थियो। हीरा-जुहारतका महल
थिए, फेरि रावण राज्यमा पुजारी बनेका छन्। भक्तिमार्गमा फेरि यी मन्दिर आदि बनाएका
छन्। सोमनाथको मन्दिर थियो नि। एउटा मन्दिर त थिएन होला। त्यहाँ शिवको मन्दिरमा पनि
यति धेरै हीरा जुहारत थिए, जुन मुहम्मद गजनवीले उँटमा बोकाएर लग्यो। यति धेरै माल
थियो, उँट त के, कुनै लाखौं उँट ल्याए पनि भर्न सक्दैनथे। सत्ययुगमा सुन,
हीरा-जुहारतका त अनेक महल थिए। मुहम्मद गजनवी त अहिले आएको हो। द्वापरमा पनि कति
महल आदि हुन्छन्। ती फेरि भूकम्पमा भित्र जान्छन्। रावणको कुनै सुनको लङ्का हुँदैन।
रावण राज्यमा त भारतवर्षको यो हाल हुन्छ। १०० प्रतिशत अधर्मी, दुराचारी, कङगाल,
पतित, विकारी। नयाँ दुनियाँलाई भनिन्छ निर्विकारी। भारतवर्ष शिवालय थियो, जसलाई
विश्वको आश्चर्य भनिन्छ। धेरै कम मानिसहरू थिए। अहिले त करोडौं मानिसहरू छन्। विचार
गर्नुपर्छ नि। अहिले तिमी बच्चाहरूको लागि यो पुरुषोत्तम सङ्गमयुग हो, जब बाबाले
तिमीलाई पुरुषोत्तम, पारसबुद्धि बनाइरहनुभएको छ। बाबाले तिमीलाई मनुष्यबाट देवता
बन्ने सुमत दिनुहुन्छ। बाबाको मतको लागि नै गायन पनि छ नि– तिम्रो गति-मति भिन्न
छ...। यसको पनि अर्थ कसैले जान्दैनन्। बाबा सम्झाउनुहुन्छ– मैले यस्तो श्रेष्ठ मत
दिन्छु, जसबाट तिमी देवता बन्छौ। अब कलियुग पूरा हुन्छ, पुरानो दुनियाँको विनाश
सामुन्ने खडा छ। मानिसहरू बिल्कुलै घोर अन्धकारमा कुम्भकर्णको निद्रामा सुतेका छन्
किनकि भन्छन्– शास्त्रहरूमा लेखिएको छ, कलियुग त अहिले बच्चा छ, ४० हजार वर्ष बाँकी
छ। ८४ लाख योनि सम्झनाले कल्पको अवधि पनि लम्बा-चौडा बनाइदिएका छन्। वास्तवमा हो ५
हजार वर्ष। बाबा सम्झाउनुहुन्छ– तिमीले ८४ जन्म लिन्छौ, न कि ८४ लाख। बेहदका बाबाले
त यी सबै शास्त्र आदिलाई जान्नुहुन्छ, तब त भन्नुहुन्छ– यी सबै भक्तिमार्गका हुन्,
जुन आधाकल्प चल्छन्, यसबाट कोही मसँग मिल्दैनन्। यो पनि विचार गर्ने कुरा हो– यदि
कल्पको अवधि लाखौं वर्ष हुने हो भने जनसङ्ख्या त धेरै हुनुपर्छ। जब कि क्रिश्चियनको
जनसङ्ख्या २ हजार वर्षमा यति भएको छ। भारतवर्षको असली धर्म देवी-देवता धर्म हो, त्यो
चल्दै आउनुपर्छ तर आदि सनातन देवी-देवता धर्मलाई बिर्सनाले भनिदिन्छन्– हाम्रो धर्म
हिन्दु हो। हिन्दु धर्म त हुँदैन। भारतवर्ष कति उच्च थियो। आदि सनातन देवी-देवता
धर्म थियो त्यतिबेला विष्णुपुरी थियो। अहिले छ रावणपुरी। उनै देवी-देवताहरू ८४
जन्मपछि के बनेका छन्। देवताहरूलाई निर्विकारी सम्झेर, आफूलाई विकारी सम्झेर
उनीहरूको पूजा गर्छन्। सत्ययुगमा भारतवर्ष निर्विकारी थियो, नयाँ दुनियाँ थियो,
जसलाई नयाँ भारतवर्ष भनिन्छ। यो हो पुरानो भारतवर्ष। नयाँ भारतवर्ष के थियो, पुरानो
भारतवर्ष के छ, नयाँ दुनियाँमा भारतवर्ष नै नयाँ थियो, अब पुरानो दुनियाँमा
भारतवर्ष पनि पुरानो छ। के गति भएको छ। भारतवर्ष नै स्वर्ग थियो, अहिले नर्क छ।
भारतवर्ष सबैभन्दा सम्पन्न थियो, भारतवर्ष नै सबैभन्दा कङगाल छ, सबैसँग भीख
मागिरहेको छ। प्रजासँग पनि भीख माग्छन्। यो त बुझ्ने कुरा हो नि। आजकालका देह
अभिमानी मानिसहरूलाई अलिकति पैसा मिल्यो भने सम्झन्छन्– हामी त स्वर्गमा बसेका छौं।
सुखधाम (स्वर्ग) लाई बिल्कुल जान्दैनन् किनकि पत्थरबुद्धि छन्। अब उनीहरूलाई
पारसबुद्धि बनाउनको लागि ७ दिनको भट्टीमा राख किनकि पतित छन् नि। पतितलाई यहाँ त
राख्न सकिँदैन। यहाँ पावन मात्र रहन सक्छन्। पतितलाई अनुमति दिन सकिँदैन।
तिमी अहिले
पुरुषोत्तम सङ्गमयुगमा बसेका छौ। तिमीलाई थाहा छ– बाबाले हामीलाई यस्तो पुरुषोत्तम
बनाउनुहुन्छ। यो सच्चा सत्यनारायणको कथा हो। सत्य बाबाले तिमीलाई नरबाट नारायण बन्ने
राजयोग सिकाइरहनुभएको छ। ज्ञान केवल एक बाबासँग छ, जसलाई ज्ञानको सागर भनिन्छ।
शान्तिको सागर, पवित्रताको सागर, यो उहाँ एकको नै महिमा हो। अरू कसैको महिमा हुन
सक्दैन। देवताहरूको महिमा अलग छ, परमपिता परमात्मा शिवको महिमा अलग छ। उहाँ
हुनुहुन्छ बाबा। श्रीकृष्ण हुन् देवता। सूर्यवंशी सो चन्द्रवंशी सो वैश्यवंशी...,
मानिसहरूले ‘हम सो’ को अर्थ पनि बुझ्दैनन्। हामी आत्मा सो परमात्मा भनिदिन्छन्, कति
गलत छ। अहिले तिमीले सम्झाउँछौ– भारतवर्षको चढ्ती कला र उतरती कला कसरी हुन्छ। यो
हो ज्ञान, त्यो सबै हो भक्ति। सत्ययुगमा सबै पावन थिए, राजा-रानीको राज्य चल्थ्यो।
त्यहाँ मन्त्री पनि हुँदैनन् किनकि राजा-रानी स्वयं नै मालिक हुन्छन्। बाबाबाट वर्सा
लिएका हुन्छन्। उनीहरूमा बुद्धि छ, लक्ष्मी-नारायणलाई कसैको राय लिने दरकार छैन।
त्यहाँ मन्त्री हुँदैनन्। भारतखण्डजस्तो पवित्र खण्ड कुनै थिएन। महान् पवित्र खण्ड
थियो। नाम नै थियो स्वर्ग, अहिले छ नर्क। नर्कबाट फेरि स्वर्ग बाबाले नै
बनाउनुहुनेछ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) एक बाबाको सुमतमा चलेर मनुष्यबाट देवता बन्नुछ। यो मनोहर सङ्गमयुगमा स्वयंलाई
पुरुषोत्तम पारसबुद्धि बनाउनुछ।
२) ७ दिनको भट्टीमा
बसेर पतित बुद्धिलाई पावन बुद्धि बनाउनुछ। सत्य बाबाबाट सत्यनारायणको सच्चा कथा
सुनेर नरबाट नारायण बन्नुछ।
वरदान:–
ह र खजानालाई
बाबाको डाइरेक्सन अनुसार कार्यमा लगाउने अनेस्ट वा इमानदार भव
अनेस्ट अर्थात्
इमानदार उसलाई भनिन्छ जसले बाबाबाट प्राप्त खजानाहरूलाई बाबाको डाइरेक्सन बिना कुनै
पनि कार्यमा लगाउँदैन। यदि समय, वाणी, कर्म, श्वास वा सङ्कल्प परमत वा सङ्गदोषमा
व्यर्थमा गुमाउँछौ, स्वचिन्तनको सट्टा परचिन्तन गर्छौ, स्वमानको सट्टा कुनै पनि
प्रकारको अभिमानमा आउँछौ, श्रीमतको सट्टा मनमतको आधारमा चल्छौ भने अनेस्ट भनिँदैन।
यी सबै खजाना विश्व कल्याणको लागि मिलेका छन्, त्यसैले त्यसैमा लगाउनु नै अनेस्ट
बन्नु हो।
स्लोगन:–
अपोजिसन (विरोध)
मायासँग गर्नुछ, दैवी परिवारसँग होइन।