10.08.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– जसरी
बाबा अपकारीहरूमाथि पनि उपकार गर्नुहुन्छ , त्यसरी नै तिमीले पनि फलो फादर गर ,
सुखदायी बन , यो देहलाई भुल्दै जाऊ।”
प्रश्न:–
देही-अभिमानी
रहने बच्चाहरूका मुख्य निसानीहरू के हुन्छन्?
उत्तर:–
१) उनीहरूको
आपसमा धेरै-धेरै रुहानी प्रेम हुन्छ। २) उनीहरूले कहिल्यै एक-अर्काको
कमी-कमजोरीहरूको वर्णन गर्दैनन्। ३) उनीहरू धेरै-धेरै सुखदायी हुन्छन्। ४) उनीहरूको
खुसी कहिल्यै गायब हुँदैन। सदा अपार खुसीमा रहन्छन्। ५) कहिल्यै मतभेदमा आउँदैनन्।
६) हामी आत्मा भाइ-भाइ हौँ, यो स्मृतिले गुणग्राही हुन्छन्, उनीहरूलाई सबैको गुण नै
देखिन्छ। उनीहरू स्वयं पनि गुणवान हुन्छन् र अरूलाई पनि गुणवान बनाउँछन्। ७)
उनीहरूलाई एक बाबाबाहेक अरू कोही याद आउँदैन।
ओम् शान्ति ।
उच्चभन्दा
उच्च बेहदका बाबाको सम्मुख तिमी सबै बच्चाहरू बसेका छौ। तिमी कति भाग्यशाली छौ,
जसलाई यस्तो बाबा मिल्नु भएको छ। तिमी ज्ञान सागर बाबाको समीपमा आएका छौ, ज्ञान
रत्नले झोली भर्न, कमाइ गर्न। बाबाले तिमी मीठा-प्यारा बच्चाहरूलाई कति उच्च
लैजानुहुन्छ। बाबाले त केवल तिमी बच्चाहरूलाई नै हेर्नुहुन्छ, उहाँलाई त कसैलाई याद
गर्नु छैन। यिनको आत्माले त बाबालाई याद गर्नु छ। बाबा भन्नुहुन्छ– हामी दुवै तिमी
बच्चाहरूलाई नै हेर्छौं। म आत्माले त साक्षी भएर हेर्नु छैन तर बाबाको सङ्गमा म पनि
यस्तै हेर्छु। बाबाको साथमा रहन्छु नि त! उहाँको बच्चा हुँ, त्यसैले साथमा हेर्छु।
म विश्वको मालिक बनेर घुम्छु। मानौँ म नै यो गर्छु। म दृष्टि दिन्छु। देहसहित सबै
कुरा भुल्नुपर्छ। बाँकी बाबा र बच्चा मानौँ एक हुन्छन्। त्यसैले बाबा सम्झाउनुहुन्छ–
प्यारा बच्चाहरू, खूब पुरुषार्थ गर। जसरी बाबा अपकारीहरूमाथि पनि उपकार गर्नुहुन्छ,
त्यसरी नै तिमीले पनि फलो फादर गर, सुखदायी बन। आपसमा कहिल्यै लडाइँ-झगडा नगर।
आफूलाई आत्मा सम्झेर यो देहलाई भुल्दै जाऊ। एक बाबाबाहेक अरू कोही याद नआओस्। यो पनि
मानौँ जीवन छँदै मृत्युको अवस्था हो। यो दुनियाँबाट मानौँ मरिसक्यौ। भन्छन् पनि– आप
मुये मर गई दुनिया। यहाँ तिमीलाई जीवन छँदै मर्नु छ, शरीरको भान उडाउँदै जाऊ।
एकान्तमा बसेर अभ्यास गरिराख। बिहान एकान्तमा बसेर आफूसँग कुरा गर। धेरै उमङ्गले
बाबालाई याद गर। बाबा, बस् अब म हजुरको काखमा आएँ कि आएँ। बस् एकको यादमा नै शरीरको
अन्त्य होस्... यसलाई भनिन्छ एकान्त। बाबालाई याद गर्दा-गर्दै यो शरीर रूपी छाला
छुट्नेछ।
तिमीलाई थाहा छ, यो
पुरानो दुनियाँ, पुरानो देह खत्तम हुनु छ। बाँकी पुरुषार्थको लागि थोरै सङ्गमको समय
छ। बच्चाहरूले सोध्छन्– बाबा यो पढाइ कहिलेसम्म चल्छ? बाबा भन्नुहुन्छ– जबसम्म दैवी
राजधानी स्थापना हुन्छ, तबसम्म सुनाइरहन्छु, फेरि ट्रान्सफर हुन्छौ नयाँ दुनियाँमा।
यो पुरानो शरीर हो, केही न केही कर्मभोग पनि चलिरहन्छ, यसमा बाबाले मदत गरून्– यो
आशा राख्नु हुँदैन। टाट पल्टियो, बिरामी भयो, बाबा भन्नुहुन्छ– यो तिम्रो
हिसाब-किताब हो। हो, तैपनि योगले आयु लामो हुन्छ। आफ्नो मेहनत गर, कृपा नमाग।
बाबालाई जति याद गर्छौ, यसैमा कल्याण छ, जति हुन सक्छ योगबलले काम लेऊ। भक्ति
मार्गमा गाउँछन्– मलाई पलकमा लुकाउनुहोस्... प्रिय चीजलाई नूरे रत्न, प्राण प्यारा
भन्छन्। यी बाबा त धेरै प्रिय हुनुहुन्छ, तर गुप्त हुनुहुन्छ। उहाँको लागि प्रेम
यस्तो हुनुपर्छ, जसको कुरा नगर। बच्चाहरूलाई त बाबाले आफ्नो पलकमा लुकाउनु नै हुन्छ।
पलक भनेको यी आँखाहरू होइनन्, यो त बुद्धिको कुरा हो। अति प्रिय (मोस्ट बिलभ्ड)
निराकार बाबाले हामीलाई पढाइरहनुभएको छ। उहाँ ज्ञानको सागर, सुखको सागर, प्यारको
सागर हुनुहुन्छ। यस्ता अति प्रिय बाबासँग कति प्यार हुनुपर्छ। बच्चाहरूको कति
निष्काम सेवा गर्नुहुन्छ। तिमी बच्चाहरूलाई हीरा समान बनाउनुहुन्छ। कति मीठा बाबा
हुनुहुन्छ। कति निरहङ्कारी बनेर तिमी बच्चाहरूको सेवा गर्नुहुन्छ, त्यसैले तिमी
बच्चाहरूले पनि यति प्यारले सेवा गर्नुपर्छ। श्रीमतमा चल्नुपर्छ। कहीँ आफ्नो मत
देखायौ भने तकदिरमा रेखा लाग्नेछ।
तिमी बच्चाहरूको आपसमा
धेरै-धेरै रुहानी प्रेम हुनुपर्छ, तर देह-अभिमानमा आउनाले त्यो प्यार एक-अर्कामा
रहँदैन। एक-अर्काको कमी-कमजोरी नै निकालिरहन्छन्, फलानो यस्तो छ, उसले यो गर्छ...
तिमी जब देही-अभिमानी थियौ, तब कसैको कमी-कमजोरी निकाल्दैनथ्यौ। आपसमा धेरै प्यार
थियो, अब फेरि त्यही अवस्था धारण गर्नु छ। पहिला तिमी कति मीठा थियौ, फेरि त्यस्तै
मीठो, सदा सुखदायी बन। देह-अभिमानमा आउनाले दुःखदायी बन्यौ, त्यसैले तिम्रो रुहानी
खुसी गायब भयो। लाइफ पनि छोटो भयो। अब फेरि बाबा आउनुभएको छ, तिमीलाई सतोप्रधान
बनाएर सदा सुखदायी बनाउन। तिमीले जति बाबालाई याद गरिराख्छौ, त्यति कमी-कमजोरीहरू
निस्कँदै जान्छन्। मतभेद निस्कँदै जान्छ। यो पक्का याद रहोस्– हामी भाइ-भाइ हौँ।
आत्मा भाइ-भाइलाई देख्नाले सदैव गुण नै देखिन्छ। सबैलाई गुणवान बनाउने कोसिस गर।
अवगुणहरूलाई छोडेर गुणहरूलाई धारण गर। कहिल्यै कसैको निन्दा नगर। कोही-कोहीमा यस्ता
कमी-कमजोरीहरू छन्, जो स्वयं पनि बुझ्न सक्दैनन्, उनीहरू त आफूलाई धेरै राम्रो
ठान्छन् तर कमी-कमजोरी हुनाले कहीँ न कहीँ उल्टो बोल निस्किहाल्छ। सतोप्रधान
अवस्थामा यी कुराहरू हुँदैनन्। आफूलाई हेर– म कति मीठो बनेको छु? मेरो बाबासँग कति
प्रेम छ? बाबासँग प्रेम यस्तो होस्, जो एकदम आकर्षण रहोस्। बाबा, हजुरले हामीलाई कति
उच्च समझदार बनाउनुहुन्छ, स्वर्गको मालिक बनाउनुहुन्छ। यस्तै भित्र-भित्र बाबाको
महिमा गरेर गद्गद् हुनुपर्छ। रुहानी खुसीमा रहनुपर्छ। गाउँछन् पनि– खुसी जस्तो
खुराक छैन। बाबासँगको मिलनको पनि कति खुसी रहनुपर्छ। सङ्गममा नै तिमी बच्चाहरूलाई
२१ जन्मको लागि सदा खुसीमा रहने खुराक मिल्छ, फेरि कसैलाई कुनै कुराको चिन्ता
रहँदैन। अहिले कति चिन्ताहरू छन्, त्यसैले त्यसको असर शरीरमा पनि आउँछ। तिमीलाई त
कुनै कुराको चिन्ता छैन। यो खुसीको खुराक तिमीले एक-अर्कालाई खुवाइराख। एक-अर्काको
यो उत्तम सत्कार गर्नु छ। यस्तो सत्कार कसैले गर्न सक्दैन। तिमीले बाबाको श्रीमतमा
यो खातिरदारी गर्छौ। परोपकार पनि यही हो– कसैलाई बाबाको परिचय दिनु। यो ज्ञान र
योगको फस्टक्लास वन्डरफुल खुराक हो। यो खुराक एउटै रुहानी सर्जनद्वारा मिल्छ।
मनमनाभव, मध्याजी भव– बस्, दुई वचनको यो खुराक हो। अति प्रिय बाबाबाट विश्वको
बादसाही मिल्छ, यो कुनै कम कुरा हो र! यी दुई वचन नै प्रसिद्ध छन्। यी दुई वचनले
तिमी एभरहेल्दी, एभरवेल्दी बन्छौ। त्यसैले तिमी बच्चाहरूले यी कुराहरूको स्मरण गरेर
हर्षित रहनुपर्छ। ईश्वरीय विद्यार्थी जीवन नै सर्वश्रेष्ठ हो (गडली स्टुडेन्ट लाइफ
इज द बेस्ट), यो गायन पनि अहिलेको हो। जति हुन सक्छ, एक-अर्कालाई यो रुहानी खुराक
पुर्याऊ, एक-अर्काको उन्नति गर, समय खेर नफाल। बडो धीरजले, गम्भीरताले, समझले
बाबालाई याद गर, आफ्नो जीवन हीरा समान बनाऊ।
प्यारा बच्चाहरू,
बाबाको जुन श्रीमत मिल्छ, त्यसमा लापरबाही गर्नु हुँदैन। बाबाको सन्देश सबैलाई
पुर्याउनु छ। बाबाको सन्देश सबैलाई मिल्नु त छ नि। सन्देश धेरै सहज छ– केवल भन,
आफूलाई आत्मा सम्झेर बाबालाई याद गर र कर्मेन्द्रियहरूद्वारा मनसा-वाचा-कर्मणा कुनै
पनि नराम्रो कर्म नगर। एक दिन तिम्रो यो शान्तिको शक्तिको आवाज निस्कनेछ।
दिन-प्रतिदिन तिम्रो उन्नति हुँदै जानेछ। तिम्रो नाम प्रसिद्ध हुँदै जानेछ। सबैले
बुझ्नेछन्– यो राम्रो संस्था हो, राम्रो काम गरिरहेका छन्, बाटो पनि धेरै सहज
बताउँछन्। यो ब्राह्मणहरूको वृक्ष धेरै बढ्दै जानेछ, प्रजा बन्दै रहनेछ। सेन्टरहरू
धेरै वृद्धि हुँदै जानेछन्। तिम्रो प्रदर्शनी पनि गाउँ गाउँमा हुनेछ। तिमी
बच्चाहरूले धेरै ठुलो सर्भिस गर्नु छ। तिम्रा नयाँ-नयाँ सेन्टहरू खुल्दै जानेछन्,
जसमा अनेक मानिसहरू आएर आफ्नो जीवन हीरा समान बनाइरहनेछन्। तिमीले धेरै प्यारले
एक-एकको सम्भाल गर्नु छ। कहीँ कुनै बिचराको खुट्टा नखस्कियोस्। जति धेरै सेन्टर
हुन्छन्, त्यति धेरै आएर जीवनदान पाउँछन्। जब तिमी बच्चाहरूको प्रभाव निस्कन्छ, तब
धेरैले बोलाउनेछन्– यहाँ आएर हामीलाई मानिसबाट देवता बनाउने राजयोग सिकाउनुहोस्। पछि
गएर धेरै धुमधाम हुनेछ– उनै भगवान आबुमा आउनु भएको छ।
तिमी बच्चाहरूले
देखिरहेका छौ– यतिबेला पुरानो दुनियाँमा अनेक अन्तर्राष्ट्रिय समस्या छन्। अब यी सबै
समस्या खत्तम हुनु छ, यसको तिमीले कुनै पनि चिन्ता गर्नु छैन। तिमीले सबैलाई सुनाऊ–
यसको परवाह नगर, अब यो पुरानो दुनियाँ गयो कि गयो, यसमा मोह राख्नु हुँदैन, यदि मोह
भयो, हृदय शुद्ध भएन भने अपार खुसी पनि रहनेछैन। बच्चाहरूलाई अथाह ज्ञान धनको खजाना
मिलिरहन्छ, त्यसैले अपार खुसी हुनुपर्छ। जति हृदय शुद्ध हुन्छ, त्यति अरूलाई पनि
शुद्ध बनाउँछौ। योगको स्थितिले नै हृदय शुद्ध बन्छ। तिमी बच्चाहरूलाई योगी बन्ने,
बनाउने पनि सोख हुनुपर्छ। यदि देहमा मोह छ, देह-अभिमान रहन्छ भने सम्झ– मेरो अवस्था
धेरै कच्चा छ। देही-अभिमानी बच्चाहरू नै सच्चा हीरा बन्छन्, त्यसैले जति हुन सक्छ
देही-अभिमानी बन्ने अभ्यास गर। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) बाबा समान निरहङ्कारी बनेर धेरै प्यारले सबैको सेवा गर्नु छ। श्रीमतमा चल्नु छ।
आफ्नो मतमा चलेर तकदिरमा रेखा लगाउनु छैन।
२) सङ्गममा बाबाद्वारा
जुन खुसीको खुराक मिलेको छ, त्यही खुराक खाने र खुवाइरहनु छ। आफ्नो समय खेर फाल्नु
छैन। बडो धीरजले, गम्भीरताले, समझले बाबालाई याद गरेर आफ्नो जीवन हीरा समान बनाउनु
छ।
वरदान:–
आसक्तिलाई
अनासक्तिमा परिवर्तन गर्ने शक्ति स्वरूप भव
शक्ति स्वरूप बन्नको
लागि आसक्तिलाई अनासक्तिमा बदल। आफ्नो देहमा, सम्बन्धहरूमा, कुनै पनि पदार्थमा यदि
कहीँ पनि आसक्ति छ भने माया पनि आउन सक्छ र शक्ति रूप बन्न सक्दैनौ, त्यसैले पहिला
अनासक्त बन, तब मायाका विघ्नहरूको सामना गर्न सक्नेछौ। विघ्नहरू आउँदा चिच्याउने वा
आत्तिनुको सट्टा शक्ति रूप धारण गर्यौ भने विघ्न-विनाशक बन्नेछौ।
स्लोगन:–
दया
निःस्वार्थ र लगावमुक्त होस्– स्वार्थवाला होइन।
मातेश्वरीजीका अनमोल
महावाक्य:–
“जीवनको आश पूर्ण हुने
मनोहर समय”
हामी सबै आत्माहरूको
धेरै समयदेखि यो आश थियो– जीवनमा सदा सुख शान्ति मिलोस्, अब धेरै जन्मको आशा कहिले
त पूर्ण होला! अब यो हो हाम्रो अन्तिम जन्म, त्यो अन्त्यको जन्मको पनि अन्त्य हो।
यस्तो कोही नसम्झून्– म त अहिले सानो छु, साना-ठुलालाई सुख त चाहिन्छ नि, तर दुःख
कुन चीजबाट मिल्छ, त्यसको पनि पहिला ज्ञान चाहिन्छ। अब तिमीलाई ज्ञान मिलेको छ– यी
पाँच विकारहरूमा फस्नाले यो जुन कर्मबन्धन बनेको छ, त्यसलाई परमात्माको याद अग्निले
भस्म गर्नु छ, यो हो कर्मबन्धनबाट छुट्ने सहज उपाय। उहाँ सर्वशक्तिमान बाबालाई
हिँड्दा-डुल्दा श्वास-श्वासमा याद गर। अब यो उपाय बताउने सहायता स्वयं परमात्मा आएर
गर्नुहुन्छ, तर यसमा पुरुषार्थ त हरेक आत्माले गर्नु छ। परमात्मा त बाबा, टिचर,
गुरुको रूपमा आएर हामीलाई वर्सा दिनुहुन्छ। त्यसैले पहिला उहाँ बाबाको हुनु छ, फेरि
टिचरबाट पढ्नु छ, जुन पढाइले भविष्य जन्म-जन्मान्तर सुखको प्रारब्ध बन्नेछ अर्थात्
जीवनमुक्ति पदमा पुरुषार्थ अनुसार पद मिल्छ। र, गुरुको रूपले पवित्र बनाएर मुक्ति
दिनुहुन्छ। त्यसैले यो रहस्यलाई बुझेर यस्तो पुरुषार्थ गर्नु छ। यही समय हो पुरानो
खाता खत्तम गरेर नयाँ जीवन बनाउने, यही समय जति पुरुषार्थ गरेर आफ्नो आत्मालाई
पवित्र बनाउँछौ, त्यति नै शुद्ध रेकर्ड भरिन्छ, फेरि सारा कल्प चल्छ। त्यसैले सारा
कल्पको आधार यही समयको कमाइमा छ। हेर, यही समय नै तिमीलाई आदि-मध्य-अन्तको ज्ञान
मिल्छ, हामी सो देवता बन्नु छ र आफ्नो चढ्ती कला छ, फेरि त्यहाँ गएर प्रारब्ध
भोग्नेछौ। त्यहाँ देवताहरूलाई पछिको कुरा थाहा हुँदैन– हामी गिर्छौं, यदि यो थाहा
हुन्थ्यो– सुख भोग्नु छ, फेरि गिर्नु छ भने गिर्ने चिन्तामा सुख पनि भोग्न सक्दैनथे।
त्यसैले यो ईश्वरीय काइदा रचिएको छ– मानिस सदा चढ्ने पुरुषार्थ गर्छ अर्थात् सुखको
लागि कमाइ गर्छ। तर ड्रामामा आधा-आधा पार्ट बनेको छ, जुन रहस्य हामी जान्दछौँ, तर
जुन समय सुखको पालो छ, त्यसबेला पुरुषार्थ गरेर सुख लिनु छ, यो हो पुरुषार्थको खुबी।
एक्टरको काम हो एक्ट गर्ने समय सम्पूर्ण खुबीले पार्ट खेल्नु, जो हेर्नेहरूले वाह
वाह (हेयर हेयर) गरून्, त्यसैले हिरो-हिरोइनको पार्ट देवताहरूलाई मिलेको छ, जसको
यादगार चित्र गाइन्छ र पूजा गरिन्छ। निर्विकारी प्रवृत्तिमा रहेर कमल फूल समान
अवस्था बनाउनु, यही देवताहरूको खुबी हो। यो खुबीलाई भुल्नाले नै भारतवर्षको यस्तो
दुर्दशा भएको छ, अब फेरि यस्तो जीवन बनाउने स्वयं परमात्मा आउनुभएको छ, अब उहाँको
हात समात्नाले जीवन नैया पार हुनेछ। अच्छा, ओम् शान्ति।
अव्यक्त इसारा:–
अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन।
म सङ्गमयुगी ब्राह्मण
हुँ। यी व्यर्थ सङ्कल्प, अपवित्रताका संस्कार शूद्रका संस्कार वा स्वरूप हुन्। यस्तो
अनुभव होस्– यो अपवित्रता र विस्मृतिका संस्कार, जो मेरो अर्थात् ब्राह्मणपनको होइन
तर शूद्रपनको हो, त्यसलाई मेरो सम्झन्छौ भने मायाको वश भएर हैरान हुन्छौ।