10.10.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे , मनसा , वाचा , कर्मणा कसैलाई पनि दुःख नदेऊ , कहिल्यै कसैमाथि रिस नगर , प्रेम धेरै प्यारो चिज हो , यसबाट कसैलाई पनि वशमा पार्न सक्छौ।”

प्रश्न:–
बाबाले बच्चाहरूलाई विश्वको मालिक डबल शिरताज बन्ने वा सबैभन्दा उत्तम बन्ने कुन युक्ति बताउनुहुन्छ?

उत्तर:–
दैवीगुण धारण गरेर धेरै धेरै मीठो बन। एकअर्कालाई भाइ भाइ अथवा भाइबहिनीको दृष्टिले हेर। आफ्नो पुरुषार्थद्वारा आफैलाई राजतिलक देऊ। २- स्वयं ईश्वर बाबाले तिमीलाई पढाइरहनुभएको छ, त्यसैले पढाइमा नियमित बन, जति पढ्छौ, पढाउँछौ, आफ्नो व्यवहार सुधार्छौ, त्यति नै सबैभन्दा उत्तम बन्नेछौ।

ओम् शान्ति ।
मीठा-प्यारा सिकिलधे बच्चाहरूलाई थाहा छ, अहिले हामी नर्कको किनारा छोडेर अगाडि गइरहेका छौँ, यो बीचको पुरुषोत्तम सङ्गमयुग एकदमै भिन्नै छ। दरिया (सागर) को बीचमा तिम्रो डुङ्गा छ। तिमी न सत्ययुगी हौ, न कलियुगी हौ। तिमी हौ पुरुषोत्तम सङ्गमयुगी सर्वोत्तम ब्राह्मण। सङ्गमयुग ब्राह्मणहरूको नै हुन्छ। ब्राह्मणहरू टुपी हुन्। यो ब्राह्मणहरूको धेरै सानो युग हो। यो एउटै जन्मको युग हुन्छ। यो तिम्रो खुसीको युग हो। खुसी कुन कुराको छ? भगवानले हामीलाई पढाउनुहुन्छ। यस्ता विद्यार्थीलाई कति खुसी होला! तिम्रो बुद्धिमा अहिले सारा चक्रको ज्ञान छ। अहिले हामी ब्राह्मण हौँ, फेरि हामी नै देवता बन्नेछौँ। पहिला आफ्नो घर स्विटहोममा जानेछौँ, फेरि नयाँ दुनियाँमा आउनेछौँ। हामी ब्राह्मण नै स्वदर्शन चक्रधारी हौँ। हामीले नै यो बजोलीको खेल खेल्छौँ। यस विराट रूपलाई पनि तिमी ब्राह्मण बच्चाहरूले नै जान्दछौ– बुद्धिमा दिनभरि यिनै कुराहरू स्मरण हुनुपर्छ।

यो तिम्रो धेरै धेरै प्यारो परिवार हो, तिमीहरू हरेक धेरै धेरै प्यारो हुनुपर्छ। बाबा पनि मीठो हुनुहुन्छ, त्यसैले बच्चाहरूलाई पनि यस्तै मीठो बनाउनुहुन्छ। कहिल्यै कसैमाथि रिस गर्नुहुँदैन। मनसा, वाचा, कर्मणा कसैलाई दुःख दिनुहुँदैन। बाबाले कहिल्यै कसैलाई दुःख दिनुहुन्न, जति बाबालाई याद गर्छौ, त्यति मीठो बन्दैजानेछौ। बस्, यस यादबाट नै बेडा पार हुन्छ– यो हो यादको यात्रा। बाबाको याद गर्दागर्दै शान्तिधाम हुँदै सुखधाम जानु छ। बाबा आउनुभएको हो नै तिमी बच्चाहरूलाई सदा सुखी बनाउन। भूतहरूलाई भगाउने युक्ति बाबाले बताउनुहुन्छ, मलाई याद गर, अनि यी भूतहरू निस्कँदैजानेछन्। कसैमा भूत छ भने यहीँ मेरो साथमा छोडेर जाऊ। तिमीले भन्छौ पनि, बाबा आएर हाम्रा भूतहरूलाई निकालेर पतितबाट पावन बनाउनुहोस्! त्यसैले बाबाले कति सुन्दर फूल बनाउनुहुन्छ। बाबा र दादा दुवै मिलेर तिमी बच्चाहरूको शृङ्गार गर्नुहुन्छ। उहाँ हुनुहुन्छ हदका पिता, यिनी हुन् बेहदका पिता। त्यसैले तिमी बच्चाहरू धेरै प्यारसँग चल्नु र चलाउनु छ। सबै विकारहरूको दान दिनुपर्छ, दे दान तो छूटे ग्रहण, यसमा कुनै बहाना आदिको कुरा छैन। प्यारले तिमीले कसैलाई पनि वश पार्न सक्छौ। प्यारले सम्झाऊ, प्यार धेरै मीठो चिज हो। सिंहलाई, हात्तीलाई... जनावरहरूलाई पनि मानिसले प्यारले वश पार्छन्। उनीहरू त फेरि पनि आसुरी मानिस हुन्, तिमी त अब देवता बनिरहेका छौ। त्यसैले दैवीगुण धारण गरेर धेरै धेरै मीठो बन्नु छ। एकअर्कालाई भाइ भाइ अथवा भाइबहिनीको दृष्टिले हेर। आत्माले आत्मालाई कहिल्यै दुःख दिन सक्दैन।

बाबा भन्नुहुन्छ, प्यारा बच्चाहरू! म तिमीलाई स्वर्गको राज्य भाग्य दिन आएको छु। अब तिमीलाई जे चाहिन्छ, त्यो मसँग लेऊ। म तिमीलाई विश्वको मालिक डबल शिरताज बनाउन आएको छु, तर मेहनत त तिमीले गर्नु छ, मैले कसैको शिरमा ताज राख्दिनँ, तिमीले आफ्नो पुरुषार्थद्वारा नै आफूलाई राजतिलक दिनु छ। बाबाले पुरुषार्थको युक्ति बताउनुहुन्छ, यसरी यसरी आफूलाई विश्वको मालिक डबल शिरताज बनाउन सक्छौ। पढाइमा पूरा ध्यान देऊ, कहिल्यै पनि पढाइ नछोड। कुनै पनि कारणले रिसाएर पढाइ छोड्यौ भने धेरै नै घाटा पर्नेछ। घाटा र फाइदालाई हेरिराख। तिमी ईश्वरीय विश्व विद्यालयका विद्यार्थी हौ, तिमीहरूले ईश्वर बाबाबाट पढिरहेका छौ। पढेर पूज्य देवता बनिरहेका छौ। त्यसैले विद्यार्थी पनि त्यस्तै नियमित बन्नुपर्छ, विद्यार्थी जीवन नै सबैभन्दा उत्तम हो। जति पढ्छौ, पढाउँछौ र व्यवहार सुधार्छौ, त्यति नै सबैभन्दा उत्तम बन्नेछौ।

प्यारा बच्चाहरू! अब तिम्रो यो फिर्ती यात्रा हो, जसरी सत्ययुगबाट त्रेता, द्वापर, कलियुगसम्म तल ओर्लँदै आयौ, त्यसरी नै अब तिमी कलियुगबाट माथि सत्ययुगसम्म जानु छ। त्रेतायुगमा पुगिसकेपछि फेरि यी कर्मेन्द्रियहरूको चञ्चलता खतम हुनेछ, त्यसैले जति बाबालाई याद गर्छौ, त्यति तिमी आत्माहरूबाट रजो, तमोको खिया निस्कँदै जानेछ र जति खिया निस्कँदै जान्छ, त्यति बाबा चुम्बकतिर आकर्षण बढ्दै जानेछ। आकर्षण हुँदैन भने अवश्य खिया लागेको छ, खिया एकदमै निस्केर शुद्ध सुन बन्नु, त्यो हो अन्तिम कर्मातीत अवस्था। प्यारा बच्चाहरूलाई बाबाले मूल कुरा सम्झाउनुहुन्छ, देहीअभिमानी बन। देहसहित देहका सबै सम्बन्धहरूलाई भुलेर म एकलाई याद गर, पावन पनि अवश्य बन्नु छ। कुमारी पवित्र हुँदासम्म सबैले उनलाई ढोग्छन्, विवाह गरेपछि तिनै कुमारी फेरि पुजारी बन्छिन्। सबैको अगाडि शिर झुकाउनुपर्छ। कन्या पहिला माइतीघरमा हुन्छिन्, त्यतिबेला यति धेरै सम्बन्धहरू याद आउँदैनन्। विवाहपछि देहका सम्बन्धहरू पनि बढ्दैजान्छन्, फेरि पति, बच्चाहरूमा मोह बढ्दैजान्छ। सासूससुरा आदि सबै याद आइरहन्छन्। पहिला त केवल आमाबुवामा नै मोह हुन्छ। यहाँ त फेरि ती सबै सम्बन्धहरूलाई भुल्नुपर्छ किनकि उहाँ एक मात्रै तिम्रा सच्चा-सच्चा मातापिता हुनुहुन्छ नि! यो हो ईश्वरीय सम्बन्ध। गाउँछन् पनि, हजुर नै माता, हजुर नै पिता हुनुहुन्छ... यी मातापिताले त तिमीलाई विश्वको मालिक बनाउनुहुन्छ, त्यसैले बाबा भन्नुहुन्छ, म बेहदका बाबालाई निरन्तर याद गर अनि अरू कुनै पनि देहधारीसँग ममत्व नराख। उहाँ बेहदका बाबा, जसले तिमीलाई स्वर्गमा लैजानुहुन्छ, यस्ता प्यारा बाबालाई धेरै प्यारले याद गरिराख र स्वदर्शन चक्र घुमाइराख। यही यादको बलद्वारा नै तिम्रो आत्मा कञ्चन बनेर स्वर्गको मालिक बन्नेछ। स्वर्गको नाम सुन्नासाथ नै दिल खुसी हुन्छ। जसले निरन्तर याद गर्छन् र अरूलाई पनि याद गराइरहन्छन्, उनीहरूले नै उच्च पद पाउनेछन्। यो पुरुषार्थ गर्दागर्दै अन्त्यमा तिम्रो त्यो अवस्था जम्नेछ। यो दुनियाँ पनि त पुरानो हो, देह पनि पुरानो हो, देहसहित देहका सबै सम्बन्धहरू पनि पुराना हुन्, ती सबैबाट बुद्धियोग हटाएर एक बाबासँग जोड्नु छ, जसले गर्दा अन्त्यकालमा पनि उहाँ एक बाबाको नै याद रहोस् र अरू कसैको सम्बन्ध याद भयो भने फेरि अन्त्यमा पनि त्यही याद आउनेछ र पद भ्रष्ट हुनेछ। अन्त्यकालमा जो बेहदका बाबाको यादमा रहन्छौ, तिमीहरू नै नरबाट नारायण बन्नेछौ। बाबाको याद छ भने फेरि शिवालय टाढा हुँदैन।

मीठा-प्यारा सिकिलधे बच्चाहरू बेहदका बाबाकहाँ आउँछन् नै रिफ्रेस हुनको लागि किनकि तिमी बच्चाहरूलाई थाहा छ, बेहदका बाबाबाट बेहद विश्वको बादसाही मिल्छ, यो कुरा कहिल्यै भुल्नुहुँदैन। त्यो सदैव याद रह्यो भने पनि बच्चाहरूलाई अपार खुसी हुन्छ। यो ब्याज हिँड्दाडुल्दा घरी घरी हेरिराख, एकदमै हृदयमा लगाऊ। ओहो! भगवानको श्रीमतद्वारा हामी यो बनिरहेका छौँ। बस्, ब्याजलाई हेरेर त्यसलाई प्यार गरिराख। बाबा, बाबा भनिरह्यौ भने सदैव स्मृति रहनेछ। हामी बाबाद्वारा यो बन्छौँ।

प्यारा बच्चाहरूको बुद्धि धेरै विशाल हुनुपर्छ। सारा दिन सेवाकै सङ्कल्प चलिरहोस्। बाबालाई त ती बच्चाहरू चाहिन्छन्, जो सेवाबिना रहन सक्दैनन्। तिमी बच्चाहरूले सारा विश्वमा घेरा हाल्नु छ अर्थात् पतित दुनियाँलाई पावन बनाउनु छ। सारा विश्वलाई दुःखधामबाट सुखधाम बनाउनु छ। टिचरलाई पनि पढाउनमा मजा आउँछ नि! तिमी त अब धेरै उच्च टिचर बनेका छौ। जति राम्रो टिचर, त्यति उसले धेरैलाई आफूसमान बनाउँछ। कहिल्यै थाक्दैन। ईश्वरीय सेवामा धेरै खुसी हुन्छ। बाबाको मदत मिल्छ। यो ठुलो बेहदको व्यापार पनि हो, व्यापारीहरू नै धनवान् बन्छन्। उनीहरू यस ज्ञानमार्गमा पनि धेरै उत्साहित हुन्छन्। बाबा पनि बेहदका व्यापारी हुनुहुन्छ नि! यो सौदा धेरै फस्टक्लास छ, तर यसमा ठुलो साहस धारण गर्नुपर्छ। नयाँ नयाँ बच्चाहरू पुरानाहरूभन्दा पनि पुरुषार्थमा अगाडि जान सक्छन्। हरेकको आफ्नै तकदिर हुन्छ, त्यसैले पुरुषार्थ पनि हरेकले आफैले गर्नु छ, आफ्नो पूरा चेकिङ गर्नुपर्छ। यस्तो चेकिङ गर्नेहरू एकदमै रातदिन पुरुषार्थमा लाग्छन्, भन्छन्, हामीले आफ्नो समय किन खेर फालौँ। जति सकिन्छ समय बचत गरौँ। आफैसँग दृढ प्रतिज्ञा गर्छन्, हामीले बाबालाई कहिल्यै भुल्दैनौँ, छात्रवृत्ति लिएरै छोड्छौँ। यस्ता बच्चाहरूलाई फेरि मदत पनि मिल्छ। यस्ता नयाँनयाँ पुरुषार्थी बच्चाहरू पनि तिमीले देख्नेछौ, तिनीहरूले साक्षात्कार गरिरहनेछन्। जसरी सुरुमा भयो, त्यही फेरि अन्त्यमा देख्नेछौ, जति नजिक हुँदैजान्छौ, त्यति खुसीमा नाचिरहनेछौ। उता अनाहकमा रक्तपातको खेल पनि चलिरहनेछ।

तिमी बच्चाहरूको ईश्वरीय दौड चलिरहेको छ, जति अगाडि दौडिँदैजान्छौ, त्यति नयाँ दुनियाँका दृश्यहरू पनि नजिक आउँदैजानेछन्। खुसी बढ्दैजानेछ, जसले दृश्यहरू नजिक देख्दैनन्, उनीहरूलाई खुसी पनि हुँदैन। अहिले त कलियुगी दुनियाँबाट वैराग्य र सत्ययुगी नयाँ दुनियाँसँग धेरै प्यार हुनुपर्छ। शिवबाबाको याद रह्यो भने स्वर्गको वर्सा पनि याद हुनेछ। स्वर्गको वर्सा याद रह्यो भने शिवबाबाको पनि याद हुनेछ। तिमी बच्चाहरूलाई थाहा छ, अहिले हामी स्वर्गतिर गइरहेका छौँ, खुट्टा नर्कतिर छन्, शिर स्वर्गतिर छ। अहिले त सानाठुला सबैको वानप्रस्थ अवस्था हो। बाबालाई सदैव यो नसा हुन्छ, ओहो! म गएर यो बालकृष्ण बन्नेछु, जसको लागि पहिल्यै सौगातहरू पनि पठाइरहन्छन्। जसलाई पूरा निश्चय छ, तिनै गोपिकाहरूले नै सौगातहरू पठाउँछन्, तिनीहरूलाई अतीन्द्रिय सुखको भासना आउँछ। हामी नै अमरलोकमा देवता बन्नेछौँ। कल्प पहिला पनि हामी नै बनेका थियौँ, फेरि हामीले ८४ पुनर्जन्म लिएका छौँ। यो बजोलीको खेल याद रह्यो भने पनि अहो सौभाग्य– सदैव अथाह खुसीमा हुनेछौ। तिमीलाई ठुलो चिट्ठा मिलिरहेको छ। ५००० वर्ष पहिला पनि हामीले राज्य भाग्य पाएका थियौँ, फेरि भोलि पनि पाउनेछौँ, यो कुरा ड्रामामा पहिल्यै निश्चित छ। जसरी कल्प पहिला जन्म लिएका थियौँ, त्यसरी नै लिनेछौँ, तिनीहरू नै हाम्रा आमाबुवा हुनेछन्। जो श्रीकृष्णका पिता थिए, उनी नै फेरि बन्नेछन्। जसले सारा दिन यस्तै कुराहरू विचार गरिरहन्छन्, उनीहरू धेरै रमणीयतामा रहनेछन्। विचार सागर मन्थन गर्दैनन् भने मानौँ अस्वस्थ छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) ईश्वरीय सेवामा कहिल्यै थाक्नु छैन, राम्रो टिचर बनेर आफूसमान बनाउने सेवा गर्नु छ।

२) यादको बलद्वारा आत्मालाई कञ्चन बनाउनु छ, कुनै पनि देहधारीमा ममत्व राख्नु छैन।

वरदान:–
साइलेन्सको शक्तिद्वारा सेकेन्डमा हरेक समस्याको समाधान गर्ने एकान्तवासी भव

कुनै पनि नयाँ वा शक्तिशाली आविष्कार गर्दा भूमिगत रूपमा गर्छन्। यहाँ एकान्तवासी बन्नु नै भूमिगत हुनु हो। जति पनि समय मिल्छ, कारोबार गर्दा पनि, सुन्दा-सुनाउँदा, निर्देशन दिँदा पनि यस देहको दुनियाँ र देहको भानबाट पर साइलेन्समा जाऊ। यो अभ्यास वा अनुभव गर्नेगराउने स्थितिले हरेक समस्याको समाधान गरिदिनेछ। यसबाट एक सेकेन्डमा कसैलाई पनि शान्ति वा शक्तिको अनुभूति गराइदिनेछौ। जोसुकै पनि सामुन्ने आउनेछ, उसले यही स्थितिमा साक्षात्कारको अनुभव गर्नेछ।

स्लोगन:–
व्यर्थ सङ्कल्प वा विकल्पबाट किनारा गरेर आत्मिक स्थितिमा रहनु नै योगयुक्त बन्नु हो।

अव्यक्त इसारा:– परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर।

ब्रह्माबाबाले बच्चाहरूलाई मालिक बनाउनुभयो र स्वयंलाई सेवाधारीको रूपमा राख्नुभयो। मालिकपनको मान पनि दिनुभयो, सान पनि दिनुभयो, नाम पनि दिनुभयो। कहिल्यै आफ्नो नाम राख्नुभएन– मेरा बच्चाहरू भन्नुभयो। त्यसैले जसरी बाबाले नाम, मान, सान सबैको त्याग गर्नुभयो, परोपकार गर्नुभयो, स्वयंको सुख बच्चाहरूको सुखमा सम्झनुभयो। बच्चाहरूको विस्मृतिको कारण दुःखको अनुभवलाई आफ्नो दुःख सम्झनुभयो। त्यसैगरी फलो फादर गरेर परोपकारको भावनाले सम्पन्न बन, अनि विश्वकल्याणको कार्य सम्पन्न हुनेछ।