11.06.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– पूरा
वर्सा लिनको लागि एक बाबासँग पूरा प्रीत राख , तिम्रो प्रीत कुनै पनि देहधारीसँग
हुनुहुँदैन।”
प्रश्न:–
जो आफ्नो दैवी
सम्प्रदायका हुन्छन् उनीहरूको अगाडि कुन शब्द घुमिरहन्छन्?
उत्तर:–
तिमीले
उनीहरूलाई बाबालाई याद गरेमा विकर्म विनाश हुन्छ र देवीदेवता धर्मको स्थापना हुन्छ
भन्ने कुरा बतायौ भने यी शब्द उनीहरूका अगाडि घुमिरहन्छन्। उनीहरूको बुद्धिमा आउँछ
हामी देवता बन्नुछ त्यसैले हाम्रो खानपान शुद्ध हुनुपर्छ।
गीत:–
भोलेनाथ से
निराला...
ओम् शान्ति ।
भोलानाथका
बच्चाहरूले गीत सुनिरहेका छौ। कोसँग? भोलानाथसँग। भोलानाथ शिवलाई नै भनिन्छ। उहाँको
नाम नै शिव हो। भोलानाथका बच्चाहरू अर्थात् शिवका बच्चाहरू। आत्माहरूले तिम्रा
कानहरूबाट सुनिरहेका छौ। अहिले तिमी बच्चाहरू आत्म अभिमानी बनेका छौ। बच्चाहरूले
टेपमा मुरली सुन्यौ भने पनि सम्झन्छौ शिवबाबाले हामीलाई आफ्नो परिचय दिनुहुन्छ- म
सबै आत्माहरूको पिता हुँ। जसलाई तिमीले परमपिता परम आत्मा अर्थात् परमात्मा भन्छौ।
उहाँलाई सदैव फादर नै भन्छन्। कसले भन्छ उहाँ फादर हुनुहुन्छ? आत्माले। आत्मालाई अब
यो ज्ञान मिलेको छ अरू कुनै मानिस मात्रमा यो ज्ञान छैन। हामी आत्माहरूका दुई पिता
हुनुहुन्छ। एक साकार, अर्का हुनुहुन्छ निराकार। उहाँ परमपिता हुनुहुन्छ, यो ज्ञान
अरू अरू कसैले दिन सक्दैन। बाबा बाहेक अरू कसैले यो कुरा सोध्न सक्दैन। बाबाले नै
सोध्नुहुन्छ तिमीले जुन भन्छौ परमपिता परमात्मा, गड फादर, त्यो तिमीले कसको लागि
भन्छौ? के लौकिक पिताको लागि वा पारलौकिक पिताको लागि? लौकिक पितालाई परमपिता
परमात्मा भनिन्छ र? हिन्दीमा पनि परमपिता शब्द छ। उहाँ त एक मात्र निराकार
हुनुहुन्छ। ईश्वर, प्रभु वा भगवान भनेर बाबा सिद्ध हुनुहुन्न। परमपिता परमात्मा
शब्द राम्रा छन्। आत्माले भन्यो उहाँ हाम्रो परमपिता परमात्मा हुनुहुन्छ। लौकिक पिता
त केवल शरीरका पिता हुन्। तिमी सबैसँग सोधिन्छ, तिम्रा कति पिताहरू हुनुहुन्छ? एक
हुन् लौकिक, अर्का हुनुहुन्छ पारलौकिक। दुवैमा ठुलो को हुनुहुन्छ? अवश्य भन्छौ
पारलौकिक पिता। उहाँ बाबाको महिमा हो– सबै पतितहरूलाई पावन बनाउने पारलौकिक बाबा।
यो पनि अहिले तिमीले बुझेका छौ। दुनियाँमा यो कुरा कसैले पनि बुझ्दैनन्। बाबाले
सम्झाउनुभएको छ– तिम्रो पारलौकिक बाबासँग प्रीत छ। अरूको छ विनाश काले विपरीत बुद्धि।
अहिले विनाशको समय हो। अब त्यही महाभारतको लडाइँ लाग्नेछ। लडाइँको लागि एकअर्कालाई
एरोप्लेन, ट्याङ्क आदि आपूर्ति गरिरहेका छन्। सबैलाई दिँदै जान्छन्। पैसाले जसलाई
जे चाहिन्छ उनीहरूलाई त्यो दिँदै जान्छन्। ॠणमा पनि लिन्छन्। त्यसैबाट प्लेन,
हतियार (बारुद) आदि यी सबै चिज खरिद गर्छन्। यी सबै कुराहरू धेरै महँगा हुन्छन्।
बेलायतमा बनाउँछन्, तिनीहरूले फेरि बेचिरहन्छन्। यहाँका मानिसहरूले कहाँ एरोप्लेन
आदि बेच्छन् र! यी सबै कुराहरू बाहिरबाट आएका हुन्। अब जुन कुरा खरिद गर्छन् त्यो
अवश्य काममा ल्याउँछन्। फ्याँक्नको लागि कहाँ लिन्छन् र! उनीहरू हुन् विनाश काले
विपरीत बुद्धि यादव सम्प्रदाय, जो युरोपमा बस्छन्। त्यसमा सबै आउँछन्। भारतवर्ष त
अविनाशी खण्ड हो किनकि यो अविनाशी बाबाको जन्मस्थान हो। बाबा आउनु हुन्छ नै
त्यतिबेला जुनबेला पुरानो दुनियाँ समाप्त हुनुछ र बाबाले जन्म त्यहाँ लिनुहुन्छ जुन
कहिल्यै विनाश हुँदैन। बाबा आउनुभएको थियो त्यसैले त शिवजयन्ती मनाउँछन् तर
उनीहरूलाई यो थाहा छैन शिवबाबा कहिले आउनुहुन्छ। आउन पनि त्यस समयमा आउनुहुन्छ
जुनबेला विनाशको लागि तयारीहरू भइरहेका हुन्छन्।
अब बाबा भन्नुहुन्छ
उनीहरू हुन् युरोपवासी यादव सम्प्रदाय जो सत्ययुगमा हुँदैनन्। त्यहाँ न बौद्धी, न
क्रिस्चियन आदि हुन्छन्। अब बाबा भन्नुहुन्छ तिनीहरूको हुन्छ विनाश काले विपरीत
बुद्धि किनकि परमात्मा बाबालाई सर्वव्यापी भनिदिन्छन्। तिमीहरू हौ विनाश काले प्रीत
बुद्धि। तिमीले बाबालाई चिनेका छौ। तिमीलाई थाहा छ हामीले ८४ जन्म लिएका छौँ। ८४
जन्ममा पाप आत्मा, तमोप्रधान बनेका छौँ। तिमीहरूले नै ८४ जन्म लिएका छौ। अब नाटक
पूरा हुन्छ, सबैले फर्किएर जानुछ। तिमीलाई बाबाले राजयोग सिकाइरहनुभएको छ। यो हो
सबैको कयामतको समय अर्थात् मृत्युको समय। ती यादवहरूको पनि ईश्वरसँग प्रीत छैन,
त्यसैले विनाश काले विपरीत बुद्धि भनिन्छ। कुनै पनि देहधारी मानिससँग प्रीत
लगाउनुहुँदैन। उनीहरू त हुन् रचना, उनीहरूबाट वर्सा मिल्न सक्दैन। भाइले भाइसँग
वर्सा कहाँ पाउँछ र! यो त राम्रोसँग सम्झाइएको छ।
तिमी बच्चाहरूले अहिले
जानेका छौ– उनीहरूको हुन्छ विनाश काले विपरीत बुद्धि र तिम्रो हुन्छ प्रीत बुद्धि।
यसमा पनि जो तीव्र प्रीतवाला छन्, तिनीहरूले बाबासँग पूरा प्रीत राख्छन्। हामीले
बाबासँग २१ जन्म स्वर्गको वर्सा लिन्छौँ। उहाँ बाबाले नै सत्य बताउनुहुन्छ अरू
कसैसँग प्रीत राख्नुहुँदैन। नयाँ भवन बनाउँदा फेरि नयाँ भवनसँग प्रीत लाग्छ।
सम्झन्छन् पुरानो भवन भत्काइनेछ। त्यसैले हामी पनि पुरानो दुनियाँबाट दिल तोड्दै
जान्छौँ। बाबा सम्झाउनुहुन्छ– दिनप्रतिदिन वायुमण्डल बिग्रिँदै जान्छ। तिमीले
देख्नेछौ कति हङ्गामा हुन्छ अनि सम्झन्छौ बस् अब यी समाप्त हुन्छन्। हामी जानुछ नयाँ
दुनियाँमा। त्यसैले नयाँ दुनियाँलाई याद गर्नुपर्छ। बेहदको बाबा र वर्सालाई याद
गर्नुछ अरू कसैलाई याद गरेर केही मिल्दैन। मानिसले भक्तिमार्गमा त कति याद गर्छन्।
आमाबुबा मित्र-सम्बन्धीहरूलाई याद गर्दा पनि फेरि देवीदेवताहरूलाई पनि कति याद
गर्छन्। पानीमा स्नान गर्छन्, त्यसलाई पतितपावनी भन्छन्। देखाउँछन्, तीर हाने र
गङ्गा निस्किन्। गङ्गाजल मुखमा राखिदिन्छन्। सम्झन्छन् अलिकति मात्रै भए पनि गङ्गा
जल मिल्यो भने मुक्ति पाउँछौँ। बाबा भन्नुहुन्छ यहाँ छन् ज्ञानका कुराहरू। तिमीले
अलिकति मात्रै ज्ञान सुन्यौ भने पनि फल मिल्छ। यो ज्ञान सुन्ने कुरा हो। अमृत पिउने
कुरा होइन, यो ज्ञान हो। यस्तो नसम्झ भोगको दिन अमृत पिलाउँछन्। होइन, त्यो त गुलियो
पानी हो। बाँकी यो हो ज्ञानको कुरा। ज्ञान अर्थात् बाबा र सृष्टिको
आदि-मध्य-अन्त्यलाई जान्नु। यो सृष्टि चक्र कसरी घुम्छ, कसले ८४ जन्म लिन्छन्। सबैले
त ८४ जन्म लिन सक्दैनन्। पहिला सुरुमा तिमीहरू नै आउँछौ। तिमीहरूले नै पूरा ८४ जन्म
लिन्छौ। जो देवता थिए उनीहरू नै ८४ जन्म भोगेर पतित बन्छन्। बाबा आएर फेरि काँडाबाट
फूल बनाउनुहुन्छ। मानिस देह अभिमानमा आएर ५ विकारहरूमा फस्छन्। अहिले छ रावण राज्य।
सत्ययुगमा थियो दैवी राज्य। शिवबाबाले नै स्वर्ग पुरी रच्नुहुन्छ। त्यहाँ सूर्यवंशी
लक्ष्मीनारायणको राज्य थियो। अहिले तिमीलाई थाहा छ त्यो सूर्यवंशी राज्यको स्थापना
भइरहेको छ। तिम्रो विनाश काले प्रीत बुद्धि छ, त्यसैले विजयी हुन्छौ। सारा विश्वमाथि
तिमीले विजय पाउँछौ। यो कुरा राम्रोसँग याद राख्नुछ। हामी बच्चाहरू जो अहिले
कलियुगमा छौँ हामी नै फेरि परिवर्तन भएर स्वर्गमा जान्छौँ। पुरानो दुनियाँलाई
छोड्नुछ। यो विकारी सम्बन्ध, यसलाई बन्धन भनिन्छ। तिमी विकारी बन्धनबाट निस्केर
निर्विकारी सम्बन्धमा जान्छौ फेरि अर्को जन्ममा तिमी विकारी बन्धनमा आउँदैनौ। त्यहाँ
हुन्छ नै निर्विकारी सम्बन्ध, यस समयमा आसुरी बन्धन छ। आत्माले भन्छ शिवबाबासँग
हाम्रो प्रीत छ। तिमी ब्राह्मणहरूको शिवबाबासँग प्रीत छ किनकि तिमीहरूले बाबालाई
यथार्थ रीतिले चिनेका छौ। बाबालाई र सृष्टि चक्रलाई जानेर तिमीले फेरि अरूलाई
सम्झाउँछौ। जसले जति अरूलाई सम्झाउँछन् त्यति धेरैको कल्याण गर्छन्। जसले बढी
बुझ्छन् उनीहरू नै होसियार हुन्, उच्च पद पनि उनीहरूले नै पाउँछन्। सेवा थोरै गरे
भने पद पनि सानो पाउँछन्। सारा दुनियाँ त पतित छ। हरेकलाई पतितबाट पावन हुने बाटो
बताउनुछ अरू कुनै उपाय छैन। यादबाट नै विकर्म विनाश हुन्छ। जो दैवी सम्प्रदायका छन्
उनीहरूको अगाडि यी शब्दहरू गुञ्जन्छन्, सम्झन्छन् यो त ठिक कुरा हो। अवश्य हामी
देवीदेवता बन्छौँ। हाम्रो भोजन पनि शुद्ध हुनुपर्छ। दैवीगुण पनि यहीँ धारण गर्नुछ,
सर्वगुण सम्पन्न बन्नुछ। अहिले तिमी त्यस्तै बनिरहेका छौ। यी लक्ष्मीनारायण देवताहरू
हुन्, यिनीहरूलाई भोग लगाउँदा के सिगरेट आदिको भोग लगाउँछन्? सिगरेट पिउनेले उच्च
पद पाउन सक्दैन। यो सिगरेट कुनै दैवी चिज होइन। सिगरेट पिए वा लसुन-प्याज आदि खाए
भने झन् गिर्छन्। भन्छन् यो खान छोडेमा स्वास्थ्य बिग्रिन्छ। बाबा भन्नुहुन्छ–
शिवबाबालाई याद गर। यी बानीहरू सबै छोडिदियौ भने तिम्रो सद्गति हुन्छ। सिगरेट पिउने
बानी त धेरैमा हुन्छ। ज्ञान दिइन्छ, देवताहरूलाई कहिल्यै पनि यसको भोग लगाइँदैन।
त्यसैले तिमी यी देवताहरूजस्तै यहाँ नै बन्नुछ। तिमीले अशुद्ध फोहोरी कुराहरू
खाइरह्यौ भने त्यसको गन्ध आइरहन्छ। सिगरेट वा मदिरा पिउनेहरूबाट टाढैदेखि गन्ध आउँछ।
त्यसैले तिमी बच्चाहरूले दैवीगुण धारण गर्नुछ, वैष्णव बन्नुछ। जसरी विष्णुका सन्तान
हुन्छन्, तिमी विष्णु अर्थात् दैवी सन्तान बन्छौ। तिमी यहाँ हौ ईश्वरीय सन्तान। यो
तिम्रो सर्वोत्तम जन्म हो। तिमी देवताहरूभन्दा पनि उत्तम हौ। तिमीले अरूलाई पनि
उत्तम बनाउँछौ। यो हो बेहदको बाबाको मिसिनरी। क्रिस्चियनहरूको धर्म प्रचार गर्ने
मिसिनरी हुन्छ नि। आफ्नो क्रिस्चियन धर्ममा धेरैलाई परिवर्तन गर्छन्। यो हो ईश्वरीय
मिसिनरी। तिमी शूद्रबाट ब्राह्मण धर्ममा परिवर्तन हुन्छौ फेरि देवता धर्ममा
परिवर्तन हुन्छौ। तिमीलाई थाहा छ अहिले हामी शूद्रबाट ब्राह्मण बनेका छौँ। तिमी
जीवन छँदै मरेका छौ फेरि गएर देवता बन्छौ। गर्भबाट जन्म मिल्छ।
यहाँ तिमीलाई बाबाले
धर्मको बच्चा बनाउनुभएको छ, धर्मात्मा बनाउन। बाबाले तिमीलाई आफ्नो बनाउनुभएको छ।
बच्चाहरूलाई बाबाले सिकाउनुहुन्छ, अनि ब्राह्मणबाट फेरि देवता बन्छन्। यी मानिस कति
उच्च छन्, यिनीहरूमा सबै दैवीगुण छन्। तिमी आत्माहरू पवित्र बनेपछि फेरि शरीर पनि
पवित्र हुनुपर्छ। पुरानो शरीर समाप्त हुनेछ फेरि तिम्रो शरीर नयाँ सतोप्रधान
हुनुपर्छ। सत्ययुगमा ५ तत्त्व पनि सतोप्रधान बन्छन्। बाबा भन्नुहुन्छ– तिमी शूद्र
वर्णमा थियौ। अब फेरि ब्राह्मण वर्णका बनेका छौ फेरि दैवी वर्णमा आउँछौ। तिमीहरूले
८४ जन्म लिन्छौ नि! ब्राह्मण वर्णलाई लोप गरिदिएका छन्। अब बाबाले शूद्रबाट
ब्राह्मण बनाएर फेरि देवता बनाउनुहुन्छ। अहिले तिमी ब्राह्मण हौ चोटी। बाजोली हुन्छ
नि। अहिले ब्राह्मण हौ फेरि देवता, क्षत्रिय... फेरि ब्राह्मण बन्छौ। यसलाई चक्र
भनिन्छ। अहिले तिमी ब्राह्मण वर्णमा छौ। यो ज्ञान अहिले हुन्छ यसपछि त तिमीलाई
प्रारब्ध मिल्छ। त्यहाँ स्वर्गमा २१ जन्म नम्बरवार सदा सुखी हुन्छौ, यस समयको
पुरुषार्थ अनुसार। कोही राजघरानामा, कोही प्रजामा जान्छन्। राजघरानामा सुख धेरै
हुन्छ फेरि कलाहरू कम हुँदै जान्छन्। तिमीलाई ८४ जन्मको ज्ञान मिलेको छ। त्यसको
स्मृति आएको छ। बाबा आएर सम्झाउनुहुन्छ मीठा-प्यारा बच्चाहरू! तिम्रा अब ८४ जन्म
पूरा भएका छन्। कसैले ८४ जन्म, ८०, ५०, वा ६० जन्म पनि लिएका छन्। सबैभन्दा बढी सुख
तिमीहरूले देख्छौ। यस ड्रामामा तिम्रो नाम प्रसिद्ध छ। देवताहरूभन्दा पनि तिमी उच्च
छौ। तिमीलाई थाहा छ हामी नै पूज्य बन्छौँ। सत्ययुगमा हामीले कसैलाई पनि पुज्दैनौँ,
न हामीलाई कसैले पुज्छन्। त्यहाँ हामी हुन्छौँ नै पूज्य फेरि कलाहरू कम हुँदै
जान्छन्। हामी पूज्यबाट फेरि पुजारी बनेर ढोग्न थाल्छौँ। द्वापरमा हामी पुजारी बन्न
सुरु गर्छौँ। अन्त्यमा फेरि सबै व्यभिचारी बन्छन्। यो शरीर पाँच तत्त्वले बनेको छ,
बसेर कसैले यस शरीरको पूजा गरे भने त्यसलाई भनिन्छ भूत पूजा। हरेकमा ५ भूत छन्। देह
अभिमानको भूत फेरि काम क्रोधको भूत। भूत सम्प्रदाय भन अथवा आसुरी सम्प्रदाय भन, कुरा
एउटै हो। बाबा आएर फेरि दैवी सम्प्रदाय बनाउनुहुन्छ। बाबा आउनुहुन्छ भूतहरूबाट
छुटाउन र उहाँ बाबासँग योग लगाएर देवता बनाउन। गुरुनानकले पनि महिमा गाएका छन्
परमपिता परमात्माले मानिसलाई देवता बनाउनुभयो। पतितहरूलाई पावन बनाउने उहाँ बाबा नै
हुनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) ब्राह्मणबाट देवता बन्नको लागि जे जति फोहोरी बानीहरू छन् ती सबैलाई छोड्नुछ।
शूद्रहरूलाई ब्राह्मण धर्ममा परिवर्तन गरेर देवता बनाउनको लागि ईश्वरीय मेसिनरीको
कार्यमा सहयोगी बन्नुछ। मदिरा, सिगरेट पिउने वा जे जति खराब बानी छन् त्यो
निकाल्नुछ।
२) यस विनाश कालको
समयमा एक बाबासँग सच्चा प्रीत राख्नुछ। पुरानो भवन भत्किनेछ त्यसैले यसबाट दिल
निकालेर नयाँसँग लगाउनुछ।
वरदान:–
श्रेष्ठ
कर्मद्वारा याद गर्न योग्य बन्ने योगयुक्त , युक्तियुक्त भव
तिम्रो एक एक कर्म जति
श्रेष्ठ हुन्छ त्यति नै श्रेष्ठ आत्माहरूमा याद गरिन्छ। भक्तिमा नामको जप गर्छन्,
तर यहाँ जुन श्रेष्ठ आत्माहरू छन् तिनीहरूको गुण र कर्मलाई उदाहरण बनाउनको लागि याद
गर्छन्। त्यसैले तिमी श्रेष्ठ कर्मको आधारमा याद गर्न योग्य बन्दै जान्छौ, यसको लागि
योगयुक्त बन। योगयुक्त बनेमा नै अवश्य हर सङ्कल्प, शब्द वा कर्म युक्तियुक्त हुन्छ,
उनीहरूबाट अनुपयुक्त कर्म वा सङ्कल्प हुनै सक्दैन– यसको पनि कनेक्सन छ।
स्लोगन:–
निमित्त र
निर्माणचित्त– यही सच्चा सेवाधारीको लक्षण हो।
अव्यक्त इसारा:– सदा
हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।
सरलचित्त स्वभाव भयो
भने हर्षित रहनाको साथसाथै नयनबाट, मुखबाट र चालचलनबाट मधुरता प्रत्यक्ष रूपमा
देखिन्छ। कहिल्यै मुखबाट कटुवचन निस्कँदैन। उनीहरूको दिल, दिमाग, बोली सबै समान
हुन्छ। दिलमा एउटा, बोलीमा अर्को– यो सरलताको निसानी होइन। सरल स्वभाव हुनेहरू सदा
निर्माणचित्त, निरहङ्कारी, निःस्वार्थी हुन्छन्।