11.08.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बापदादाको याद-प्यार लिनु छ भने सेवाधारी बन , बुद्धिमा ज्ञान भरपुर छ भने वर्षा गर।”

प्रश्न:–
कुन नसाले भरिएका बादलहरूलाई पनि उडाएर लैजान्छ, बर्सिन दिँदैन?

उत्तर:–
यदि व्यर्थ देह-अभिमानको नसा आयो भने भरिएका बादलहरू पनि उड्नेछन्। बर्सिए पनि सेवाको सट्टा डिससर्भिस गर्नेछन्। यदि बाबासँग प्रेम छैन, उहाँसँग योग छैन भने ज्ञान भए तापनि मानौँ खाली छन्। यस्ता खाली बादलहरूले अनेकौँको कल्याण कसरी गर्छन् र?

ओम् शान्ति ।
बाँकी थोरै बादल बचेका छन्। जसरी वर्षा जब कम हुन्छ, तब सागरको माथि बादल हुँदैनन्, निष्क्रिय हुन्छन्। त्यसैगरी यहाँ पनि निष्क्रिय हुन्छन्। बादल उनीहरूलाई भनिन्छ, जो रिफ्रेस भएर वर्षा बर्साउँछन्। यदि कसैले वर्षा गर्दैनन् भने उनीहरूलाई बादल कहाँ भनिन्छ र। यी हुन् ज्ञानका बादल। ती हुन् पानीका बादल। ज्ञानका बादल आउँछन्, जब सिजन हुन्छ। रिफ्रेस भएर अरूलाई रिफ्रेस गर्छन्। बादल पनि नम्बरवार हुन्छन्। कोही त धेरै जोडले बर्सिन्छन्। बादलहरूको काम नै हो बर्सिनु र ओइलाएका बिरुवाहरूलाई रिफ्रेस गर्नु। जसमा पूरा ज्ञान छ, उनीहरू लुकेर बस्दैनन्। उनीहरूलाई बाबाको डाइरेक्सन पनि चाहिँदैन। हुन् नै बादल। आउँछन् नै भरिएर बर्सिनको लागि। जहाँ देख्छन् बाँझो जमिन छ, त्यहाँ गएर हराभरा गर्नुपर्छ। महारथी बच्चाहरूले त सबै सेन्टरहरूलाई राम्रोसँग जान्दछन्। कुन सेन्टर निष्क्रिय छ? कुन सेन्टरका बच्चाहरूलाई बढी तुफान आउँछन्? महारथी सर्भिसएबलले राम्रोसँग जान्दछन्। बाबा पनि सधैँ भन्नुहुन्छ– सर्भिसएबल बच्चाहरूलाई याद-प्यार दिनु। राम्रा-राम्रा बादलहरू सेवामा जानेछन्। प्रदर्शनीमा पनि सबैले एकरस सम्झाउँदैनन्। मुख्य कुरा नै यही हो। गीताका भगवान् निराकार परमपिता परमात्मा हुनुहुन्छ, न कि साकारी श्रीकृष्ण। सम्झाउने धेरै राम्रो तरिका चाहिन्छ। दिनभरि यही विचार रहनुपर्छ– सबैलाई गएर जगाऊँ। सबै घोर अन्धकारमा परेका छन्। सबैलाई प्रेमले सम्झाइराख– दुई पिता छन्। एक हदका र अर्को बेहदका। बेहदका पितालाई नै पतित-पावन भनिन्छ। अब तिमी बच्चाहरूलाई बुद्धि मिलेको छ। दुनियाँका मानिसहरू हेर्दा चाहे जतिसुकै व्यक्तित्व भएका हुन् तर पत्थरबुद्धि छन्। बाबा स्वयं भन्नुहुन्छ– यी साधु नामधारीहरूको पनि मैलै नै उद्धार गर्नु छ। उनीहरूले पनि रचयिता र रचनालाई जान्दैनन्। सत्ययुगदेखि फेरि यो ज्ञान प्रायः लोप हुन्छ। तर यो कसैलाई पनि थाहा छैन। शास्त्रहरूमा यो ज्ञान छैन। त्यसबाट कसैको सद्गति हुन सक्दैन, गीताको मान कति छ, तर त्यो त भक्तिमार्ग हो। बाबा त पतित-पावन हुनुहुन्छ, उहाँले बसेर राजयोग सिकाउनुहुन्छ। त्यसैले अवश्य राजाइको लागि नयाँ दुनियाँ चाहिन्छ। बाबाले नै आएर राजयोग सिकाउनुहुन्छ। यो पनि अहिले तिमीलाई थाहा भएको छ, जसलाई कल्प पहिला सम्झाउनुभएको थियो, उनीहरूलाई नै अहिले सम्झाउनुहुन्छ, अनि बुझ्नेछन्। यो लडाइँ कुनै त्यस्तो होइन। जस्तो सधैँ चल्दै आएको छ। ८-१० वर्ष चलेर फेरि बन्द हुनेछ। ड्रामा अनुसार बमहरू जुन बनेका छन्, ती कुनै राख्नको लागि होइनन्। पतित मानिसहरूको मृत्यु नभईकन सत्ययुग आउँदैन। शान्ति कसरी स्थापना हुन्छ– यो पनि सम्झाउनुपर्छ। शान्ति स्थापना गर्नु वा श्रेष्ठाचारी दुनियाँ बनाउनु, यो त एक बाबाको नै काम हो। बाबा भन्नुहुन्छ– अरूसँग बुद्धिको योग तोडेर एकसँग जोड्नु छ। देहसहित जे जति देखिन्छ, यी सबैसँग तोड्नु छ। अब हामी फिर्ता जानु छ, त्यसैले घरलाई नै याद गर्नु छ। अहिले तिमीले बुझेका छौ, यो मृत्युलोक हो। हामी अमरलोकमा जानको लागि अमरकथा सुनिरहेका छौँ। देवताहरूलाई दैवी गुण भएका मानिस भनिन्छ। यहाँ त एक जना पनि हुन सक्दैनन्। श्रीकृष्णको लागि पनि कति ग्लानि लेखिदिएका छन्। केही पनि बुद्धिमा आउँदैन।

अहिले तिमी बच्चाहरूले राम्रोसँग पुरुषार्थ गर्नु छ, दैवी गुण धारण गर्नु छ। दैवी गुण केलाई भनिन्छ– त्यो पनि सम्झाइन्छ। सम्पूर्ण निर्विकारी अवश्य बन्नु छ। यो हो मुख्य पहिलो गुण। जहाँतहीँ तिमीले देख्नेछौ, पवित्रको अगाडि अपवित्रले शिर झुकाउँछन्। सत्ययुगमा पवित्र नै हुन्छन्, त्यसैले त्यहाँ मन्दिर हुँदैनन्। फेरि जब पुजारी बन्छन्, तब मन्दिर बनाउँछन्, जो पावन थिए उनीहरू नै पतित बन्छन्। यो धेरै जन्महरूको अन्त्यको जन्म हो। बाबा भन्नुहुन्छ– यो पुरानो दुनियाँलाई, पुरानो शरीरलाई पनि भुल्नु छ। यो पुरानो दुनियाँ अब खत्तम हुनु छ। यो खत्तम हुनमा समय लाग्दैन। यो पुरानो दुनियाँ, धन, दौलत, माल-सम्पत्ति सबै गयो कि गयो। थोरै दिन बाँकी छन्। दुनियाँमा कसलाई थाहा छ र, यो पुरानो दुनियाँ खत्तम हुन्छ। तिमीले सुनाउँछौ तर जब विश्वास त बसोस्। भगवानुवाच, जब सम्झन्छन् तब बुद्धिमा बस्छ।

बाबा तिमी बच्चाहरूलाई भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर। बच्चाहरूलाई थाहा छ, बेहदका बाबाले हामीलाई राजयोग सिकाउनुहुन्छ। उहाँ सबै आत्माहरूका पिता हुनुहुन्छ। सबै भाइ-भाइ हुन्। स्वर्गमा सबै भाइ-भाइ सुखी थिए, कलियुगमा सबै भाइ-भाइ दुःखी छन्। सबै आत्माहरू नर्कवासी छन्। केवल आत्मा त हुँदैन नि। शरीर पनि त चाहिन्छ नि। अब तिमी बच्चाहरू आत्म-अभिमानी बन्नु छ, यसैमा मेहनत छ। यो सामान्य कुरा होइन। यो अवस्था पक्का तब हुन्छ, जब पहिला यो निश्चय होस्– परमपिता परमात्माले हामीलाई पढाउनुहुन्छ। शिवबाबा आउनु नै हुन्छ यस शरीरद्वारा पढाउन। हामी पनि शरीरद्वारा सुन्छौँ, धारण गर्छौं। संस्कार अनुसार नै एक शरीर छोडेर अर्को धारण गर्छन्। जस्तै बाबाले लडाइँ गर्नेहरूको उदाहरण दिनुहुन्छ। लडाइँको संस्कार लिएर जान्छन् अनि फेरि त्यसमै आउँछन्। अब बाबाका संस्कारहरूको बारेमा पनि तिमीलाई थाहा छ– निराकार बेहदका बाबामा कस्ता संस्कार छन्! उहाँ मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। पतित-पावन, ज्ञानको सागर हुनुहुन्छ। उहाँले नै आएर पावन बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने तिम्रा जन्म-जन्मान्तरका विकर्म विनाश हुन्छन्। नत्र धेरै सजाय खानुपर्नेछ। पद केही पनि मिल्दैन।

अब बच्चाहरूलाई थाहा छ, बाबाले हामीलाई सहज बाटो बताइदिनुहुन्छ। भन्नुहुन्छ– मनमनाभव। यो शब्द पनि गीतामा छ, तर यसको अर्थ बुझ्दैनन्। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। देहसहित देहका सबै धर्महरूलाई छोडेर आफूलाई आत्मा सम्झी म परमपिता परमात्मालाई याद गर। यादलाई नै योग अग्नि भनिन्छ। योग कमन शब्द हो। गीतामा पनि छ तर केवल श्रीकृष्णको नाम राखिदिनाले घोर अन्धकार गरिदिएका छन्। अब तिमीले सम्झाउँछौ भने भनिदिन्छन्, यो तिम्रो कल्पना हो। केही पनि जान्दैनन्। उनीहरूले वर्सा त लिनु नै छैन। पहिला त जब यो बुझून्– यी बेहदका बाबा, पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ, उहाँले हामीलाई पढाउनुहुन्छ। यो पक्का निश्चय चाहिन्छ। नयाँ मानिसलाई निश्चय बसोस्, असम्भव छ। कोही-कोही नयाँ-नयाँ पनि समझदार हुन्छन्, त्यसैले बुझ्छन्। कोही त यहाँ आउन पनि चाहँदैनन्, केही पनि बुझ्दैनन्। अलिकति पनि बुद्धिमा आउँदैन। यति धेरै बीके छन्, अवश्य पनि यिनीहरूलाई बाबाबाट वर्सा मिलेको हुनुपर्छ। त्यो परिवार भयो। नाम नै लेखिएको छ ब्रह्माकुमार-कुमारीहरू, त्यसैले परिवार भयो नि। प्रजापिता ब्रह्माको परिवार कति ठुलो छ तर यो कुरा कसैको बुद्धिमा आउन सक्दैन। कसैले सोध्यो भने तपाईहरूको लक्ष्य-उद्देश्य (एम अब्जेक्ट) के हो? भन, बाहिर बोर्डमा लेखिएको छ– प्रजापिता ब्रह्माकुमार-कुमारीहरू, त्यसैले परिवार भयो। हजुरबुबाबाट वर्सा मिल्छ। प्रजापिता ब्रह्माको मुखद्वारा शिवबाबाले रचना रच्नुहुन्छ। त्यसैले उहाँ क्रिएटर ठहरिनुभयो, स्वर्ग रच्नुहुन्छ भने अवश्य बच्चाहरूलाई स्वर्गको वर्सा दिनुहुन्छ। त्यसैले यो परिवार भयो नि। बाबा, बच्चाहरू, बच्चीहरू र दादा हुनुहुन्छ। ब्रह्मा पनि हुनुहुन्छ, शिव पनि हुनुहुन्छ। उहाँ रचयिता हुनुहुन्छ। निराकार हुनुहुन्छ, त्यसैले बच्चाहरूलाई वर्सा कसरी दिनुहुन्छ। ब्रह्माद्वारा वर्सा दिनुहुन्छ। यो राम्रोसँग सम्झाउनुपर्छ। भन, यो हाम्रो बाबाको घर हो। यसलाई भनिन्छ रुद्र ज्ञान यज्ञ। हामी ब्राह्मण हौँ, बाबाबाहेक अरू कसैले राजयोग सिकाउन सक्दैन। गीतामा पनि छ नि– मनमनाभव अर्थात् म एकलाई याद गर। त्यसैले हामी ती एक बाबालाई नै याद गर्छौं। भक्तिमार्गमा गाउँछन्– बाबा, हजुर आउनुभयो भने हामी बलिहार हुनेछौँ, हामी हजुरको बन्नेछौँ। हामी आत्मा यो देहलाई छोडेर हजुरको साथमा जानेछौँ। हजुरको बनेकाले अवश्य हजुरको साथमा पनि जानेछौँ। इन्गेजमेन्ट गर्छन् भने साजनले साथमा लैजान्छन् नि। यी शिव साजनले पनि भन्नुहुन्छ, म तिमीलाई यो दुःखबाट छुटाएर सुखधाममा लैजान्छु। फेरि आ-आफ्नो पुरुषार्थ अनुसार गएर राजाइ गर्नेछौँ, जसले जति ज्ञान धन धारण गर्छन्, त्यति उच्च पद पाउँछन्। साना-साना कुमारीहरूले पनि सेवा गरिरहेका छन्। उनीहरूले नै ठुला-ठुला विद्वान्, पण्डितहरू आदिलाई सम्झाउनु छ, सोख हुनुपर्छ। कुस्ती हुँदा ठुला-ठुला च्यालेन्ज दिन्छन्– यिनीसँग म लड्छु। सर्भिसएबल बच्चाहरू आरामले सुत्नुहुँदैन। आराम हराम हो। जो पनि आफूलाई महारथी सम्झन्छन्, उनीहरू सुखले सुत्नु हुँदैन। सेवामा चक्कर लगाउनुपर्छ। आजकल बाबाले प्रदर्शनीहरू धेरै बनाउन लगाइरहनुहुन्छ। ठुला-ठुला व्यक्तिहरूलाई निमन्त्रणा पठाइदेऊ। अहिले नभए पछि आउनेछन्। साधु-सन्त, महात्मा कोही पनि होऊन्, जगाइराख, तर कुरा गर्ने महारथी चाहिन्छ। जसको बाबासँग योग छैन, प्रेम छैन, उनीहरू त मानौँ खाली बादल हुन्। उनीहरूले के गर्छन् र! यो त जान्दछौ, पढेकाको अगाडि नपढेका भरिया बन्छन्। हरेकले आफूलाई बुझ्न सक्छन्– म कतिसम्म पढेको छु। सेवा गरेर देखाउँछु। यदि बादल भरिएको छ र बर्सिएन भने त्यो बादल नै के कामको। हरेकलाई आफ्नो समझ चाहिन्छ। व्यर्थ देह-अभिमानको नसामा रह्यौ भने उच्च पद सधैँको लागि गुमाउनेछौ। बाबालाई सेवाको कति सोख छ। सरकारलाई सम्झाउनुपर्छ– हामीलाई हल दिनुहोस्। जहाँ हामी यो रुहानी सेवा गरेर मानिसलाई देवता बनाइदिऊँ। बाबा आउनु नै भएको छ राजयोग सिकाउन, तर युक्तियुक्त सम्झाउनुपर्छ। जसले भाषण नै जान्दैनन्, उनीहरूले कहाँ सम्झाउन सक्छन् र। उच्च पद पाउन सक्दैनन्। पद उनीहरूले पाउन सक्छन्, जसले सेवा गर्छन्। ठुला-ठुला व्यक्तिहरूलाई लेख– यो ज्ञानविना दुनियाँको कल्याण हुन सक्दैन। शिक्षा मुख्य हो। यी लक्ष्मी-नारायणले पनि पढाइबाट नै पद पाए नि। अघिल्लो जन्ममा राजयोग सिकेका हुन्। हामी पनि अहिले यहाँ पढिरहेका छौँ। स्कुलमा विद्यार्थीले बुझ्छन्, हामी यो परीक्षा दिएर फेरि गएर यो बन्छौँ। यो तिमीलाई ज्ञान मिल्छ, त्यो यस दुनियाँको लागि होइन। तिमीले पनि पढ्छौ भविष्य २१ जन्मको लागि, प्रारब्ध बनाउनको लागि। उनीहरू पढ्छन् यस जन्मको सुखको लागि। त्यसैले त्यो पनि पढ्नु छ र साथसाथै यो शिक्षा पनि सिक्नु छ, यसमा डराउनुपर्ने कुरा छैन। आध्यात्मिक ज्ञान किन लिनुहुँदैन। चित्र लिएर गएर सम्झाउनुपर्छ। भन– ज्ञान सबैको लागि धेरै आवश्यक छ, तर बच्चाहरू अझै खडा हुँदैनन्। नोकरी-चाकरीमा फसेका हुन्छन्। बन्धनमुक्त छौ भने फेरि सेवामा लाग्नुपर्छ। श्रीमतमा सबै चल्ने त छैनन्। बीचमा मायाले गडबड गरिदिन्छ। कोही-कोही बच्चाहरूलाई सोख धेरै छ, तर नसा चढ्दैन– हामी गएर धेरैको कल्याण गरौँ। त्यसैले बाबाले पनि बुझ्नुहुन्छ, जब बालिग भयौ भने ठक्कर किन खानुपर्छ! भन्न सक्छन्– हामीले त विश्वको उद्धार गर्नु छ। सच्चा सेवा गरेर मानिसलाई देवता बनाउनु छ। बाबालाई त अचम्म लाग्छ, नसा चढ्दैन त्यसैले बाबा भन्नुहुन्छ– रजो बुद्धि छन्। चान्स धेरै राम्रो छ। यस्ता पनि धेरै छन्, जसलाई ज्ञानको घमण्ड धेरै छ तर डिससर्भिस धेरै गर्छन्। यो त गुड जाने गुड की गोथरी जाने। राहुको ग्रहण बस्छ। बृहस्पतिको दशा उत्रिएर राहुको बस्छ। भर्खरै हेर राम्रो चलिरहेको हुन्छ। भर्खरै हेर फेरि ग्रहदशा बस्छ, गिर्छन्। बच्चाहरू त धेरै बहादुर हुनुपर्छ। जिम्मेवारी लिनु छ। हामी यस विश्वलाई स्वर्गवासी बनाएरै छोड्नेछौँ। तिम्रो धर्म हो नर्कवासीलाई स्वर्गवासी बनाउनु, भ्रष्टाचारीलाई श्रेष्ठाचारी बनाउनु। बाबाले नसा त धेरै राम्रो चढाउनुहुन्छ तर बच्चाहरूमा नम्बरवार चढ्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बन्धनमुक्त बनेर विश्वको सच्चा सेवा गर्नु छ। रुहानी सेवा गरेर मानिसलाई देवता बनाउनु छ। ज्ञानको घमण्डमा आउनुहुँदैन। रुहानी नसामा रहनु छ।

२) निश्चयबुद्धि बनेर पहिला आफ्नो अवस्था पक्का गर्नु छ। देहसहित जे जति देखिन्छ, ती सबैसँग तोड्नु छ र एक बाबासँग जोड्नु छ।

वरदान:–
गर्नु र भन्नु– यी दुईलाई समान बनाएर क्वालिटीको सेवा गर्ने सच्चा सेवाधारी भव

सदा अटेन्सन रहोस् पहिला गर्नु छ, फेरि भन्नु छ। भन्न त सहज हुन्छ, गर्नमा मेहनत छ, मेहनतको फल राम्रो हुन्छ। तर यदि अरूलाई भन्छौ, स्वयं गर्दैनौ भने सेवाको साथसाथै डिससर्भिस पनि प्रत्यक्ष हुन्छ। जसरी अमृतको बीचमा विषको एक थोपा पनि पर्नाले सारा अमृत विष बन्छ, त्यसैगरी जतिसुकै सेवा गर तर एउटा सानो गल्तीले सेवालाई समाप्त गरिदिन्छ, त्यसैले पहिला आफूमाथि अटेन्सन देऊ, तब भनिन्छ सच्चा सेवाधारी।

स्लोगन:–
अनेकतामा एकता ल्याउनु, बिग्रिएकोलाई बनाउनु– यो सबैभन्दा ठुलो विशेषता हो।

अव्यक्त इसारा:– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन

जब अपवित्रता अर्थात् काम महाशत्रुले स्वप्न वा सङ्कल्पमा पनि वार गर्दैन, तब भनिन्छ डबल अहिंसक। सदा भाइ-भाइको स्मृति सहज र स्वतः स्मृति स्वरूपमा रहोस्। कहिल्यै आफ्नो सम्पूर्ण सतोप्रधान स्टेजबाट तल गिरेर आफ्नो घात नगर्नु। आत्माको असली गुण-स्वरूप र शक्ति-स्वरूप स्थितिबाट तल आउनु अर्थात् विस्मृत हुनु, यो पनि पापको खातामा जम्मा हुन्छ।