11.10.26 Avyakt Bapdada Nepali Murli 18.01.2012 Om Shanti Madhuban
सेवाको साथसाथै
एकअर्काको सहयोगी बनेर वायुमण्डलमा तीव्र पुरुषार्थको लहर फैलाऊ , मनजित बनेर
आत्माहरूको मनसा सेवा गर
आज विशेष स्नेहको दिन
हो। चारैतिरका बच्चाहरूले स्नेह स्वरूपले मिलन मनाइरहेका छौ। तिमीहरू सबै पनि
स्नेहस्वरूपमा मग्न छौ। आज अमृतवेलादेखि चारैतिरका बच्चाहरू अमृतवेलाभन्दा पनि पहिला
स्नेहरूपले मनका स्नेहका मोतीका मालाहरू लिएर आइपुगेका थिए। अनेक प्रकारका मनका
भिन्न भिन्न भावहरूलाई बाबाको अगाडि वर्णन गरिरहेका थिए। तिमीलाई थाहा छ, बच्चाहरूको
स्नेह कति प्यारो हुन्छ। भिन्न भिन्न भाषाहरू, भिन्न भिन्न भावले बापदादाको अगाडि
आफ्नो मनको कुरा भनिरहेका पनि थिए र नयनले, मुखले आफ्नो भाव पनि स्पष्ट पारिरहेका
थिए। बापदादा चारैतिरका बच्चाहरूको स्नेहको भाव देखेर सबैको स्नेहमा समाहित हुनुभयो
र मनबाट यही बोली निस्कियो– वाह बच्चा वाह! अनि बच्चाहरूको मुखबाट वाह बाबा वाह! को
गीत सुनिइरहेको थियो। बापदादा हरेक बच्चालाई देखेर बच्चाहरूको स्नेहमा लीन
हुनुहुन्थ्यो र तिमी बच्चाहरू बाबाको प्यारमा लीन थियौ।
आजको दिन बाबाले
बच्चाहरूलाई बालकबाट मालिक बनाउने दृष्टिले देखिरहनुभएको थियो। आजको दिन बच्चाहरूको
राजतिलकको दिन हो। आजको दिन बापदादा स्वयं फरिस्तारूपमा स्थित भएर बच्चाहरूलाई
विश्व सेवाको लागि निमित्त बनाउनुभयो। स्वयं मेरुदण्ड बन्नुभयो, तिमी बच्चाहरूलाई
विश्वको स्टेजमा प्रत्यक्ष गर्नुभयो र बापदादा अहिले बच्चाहरूको सेवालाई देखेर, जुन
जिम्मेवारी दिनुभयो त्यसको रिजल्टलाई देखेर बच्चाहरूमाथि धेरै धेरै खुसी हुनुहुन्छ
र मनबाट बधाई दिइरहनुभएको छ। बधाई छ, बधाई छ।
बापदादाले देख्नुभयो,
अहिले पनि बाबाद्वारा दिइएको विश्व सेवाधारीको वरदान अनुसार हरेक बच्चाले अति स्नेह
र दिलले सेवा गरेका छौ र गरिरहेका पनि छौ। परिणाम पनि बापदादाले देख्नुभयो, हरेक
बच्चाको मनमा लगन छ, मेरो बाबा! र बाबाको मनमा स्नेह छ, वाह मेरा बच्चा! वर्तमान
समयमा अधिकांश सानाठुला सेन्टरनिवासी बच्चाहरूमा उमङ्ग छ, अहिले छिटोभन्दा छिटो
चारैतिर बाबालाई प्रत्यक्ष गर्नु नै छ। यो उमङ्ग, बापदादाले चक्कर लगाउँदा यो
उत्साह देख्नुभयो, सानाठुला सेवाकेन्द्रका बच्चाहरूको सेवाको उमङ्ग धेरै-धेरै-धेरै
राम्रो छ र पछाडि पनि राम्रो नै रहनेछ। त्यसैले बापदादा आज स्नेहको दिन चारैतिरका
चाहे देश, चाहे विदेश सबैतिरका बच्चाहरूलाई आफ्नो दृष्टिले, मनले स्नेह र सेवाको
सट्टा पदमगुणा दिलको स्नेह, याद-प्यार दिइरहनुभएको छ।
अहिले समय अनुसार जुन
बाबालाई प्रत्यक्ष गर्नु छ भन्ने उमङ्ग छ, त्यो बिस्तारै-बिस्तारै आत्माहरूको मनमा
पनि आउन थालेको छ। मानिसहरूले बुझेका छन्, ब्रह्माकुमारीहरूले केही पाएका छन्,
परिवर्तन भइरहेको छ। पहिला जसले सम्झन्थे, थाहा छैन के गर्छन्, अहिले यहाँसम्म आएका
छन्, यो राम्रो कार्य गरिरहेका छन्। जुन हामीले गर्न सक्दैनौँ, त्यो यिनीहरूले आफ्नो
सङ्गठनमा सफलता पाएका छन्, त्यसैले आज बापदादाले सामुन्ने बसेका बच्चाहरूलाई वा
चारैतिर जति पनि बच्चाहरूले सुनिरहेका छौ, देखिरहेका छौ, सबै बच्चाहरूलाई मनको
स्नेह, विशेष मनको प्यार दिइरहनुभएको छ। अब अगाडि के गर्नु छ? सेवाको लागि त
बापदादाले बधाई दिनुभयो, अब बापदादा यही चाहनुहुन्छ, अब हरेक बच्चाले उमङ्ग-उत्साहका
साथ, दृढ निश्चयसँग यो तीव्र पुरुषार्थ गर्नु छ, अब बाबासमान फरिस्ता बन्नु नै छ
किनकि अब सबै बाबासँग फिर्ति यात्रामा जानुछ। बाबासमान फरिस्ता बन्नु नै छ किनकि
सबैको वाचा छ, सँगै जानेछौँ, सँगै राज्य गर्नेछौँ। त्यसैले त ब्रह्माबाबा पनि
फरिस्ता बन्नुभयो, त्यसोभए ब्रह्माबाबासँगै कसरी जान्छौ? ब्रह्माबाबाले उहाँको
जीवनमा नै फरिस्तापनको स्वरूप देखाउनुभयो। ब्रह्माबाबाको कति जिम्मेवारी रह्यो!
सबैलाई योगी बनाउनु नै छ तर यति जिम्मेवारी हुँदा पनि तिमीहरू सबैले देख्यौ, बाबा
न्यारा र प्यारा रहनुभयो। सदा बेफिक्र बादसाह रहनुभयो, फिक्र होइन बेफिक्र बादसाह।
त्यसैगरी तिमी बच्चाहरू पनि अब बाबासमान बेफिक्र बादसाह फरिस्ता बन्नु नै छ। यो दृढ
सङ्कल्प गर्नु छ, बन्नु नै छ! कि यो सोच्छौ, बनि नै हाल्छौँ!
अहिले बापदादाले
देख्नुभयो, अहिले समय अनुसार यथार्थमा जति सेवाको उमङ्ग-उत्साह छ, त्यति नै अहिले
तीव्र पुरुषार्थी बन्नु र बनाउनु छ, सम्पन्न बन्नु र बनाउनु छ, यस प्वइन्टमाथि पनि
अहिले स्वयं पनि उमङ्ग-उत्साहमा रहनु छ र वायुमण्डलमा पनि उमङ्ग-उत्साह दिलाउनु छ।
एकअर्काको सहयोगी बनेर अब वायुमण्डलमा तीव्र पुरुषार्थको लहर फैलाऊ। जसरी एकअर्कामा
वायुमण्डलमा सेवाको उमङ्ग फैलायौ, त्यसरी नै अहिले बापदादा तिमी बच्चाहरूमा यही शुभ
आशा राख्नुहुन्छ, यो लहर वायुमण्डलमा फैलिओस्। बापदादा खुसी हुनुहुन्छ तर अझै पनि
पुरुषार्थ त भएको छ, अब तीव्र पुरुषार्थ गर्नु छ। अहिले हरेक बच्चामा बापदादाको यही
आशा छ, हरेक बच्चा बाबाको आशाहरूको सितारा बनोस्। यस्ता सितारा हौ? जसले हामी बाबाको
आशाहरूका सितारा बनेर यो वायुमण्डलमा उमङ्ग-उत्साह फैलाउनेछौँ भन्ने ठान्दछौ
तिमीहरूले हात उठाऊ। अच्छा। हात त धेरै राम्रो उठाउँछौ। बापदादा हात उठाएको देखेर
खुसी हुनुहुन्छ। धेरैजसोले हात उठाएका छौ, पछाडि बस्नेहरूका हात देखिँदैन तर अगाडि
बस्नेहरूका हात देखिएका छन्। अब पछाडि बस्नेहरूले पनि उठाइरहेका छौ, बधाई छ, बधाई
छ। अच्छा।
बापदादाले देख्नुभएको
छ, मनमा कुनै पनि विशेष कुराको उमङ्ग-उत्साह आयो भने त्यो कार्य साकार रूपमा राम्रो
हुन्छ, त्यसैले बापदादा यसपटक आजको यो स्नेहको दिनमा यो होमवर्क दिइरहनुभएको छ,
हरेक बच्चाको मनको कारणले जुन सङ्कल्प र समय व्यर्थ जान्छ, यदि कहिल्यै कुनै व्यर्थ
सङ्कल्प आइहाल्यो भने सबैलाई अनुभव होला, त्यसमा समय कति खेर जान्छ, शक्ति कति खेर
जान्छ। त्यसैले बापदादाले यो होमवर्क दिन चाहनुहुन्छ, हरेक बच्चाले यी दुई महिना
मनको व्यर्थ सङ्कल्प र व्यर्थ समयको बचतको लागि आफ्नै विधि बनाउन्। यी दुई महिनामा
हरेकले आफ्नो चार्ट राखुन्, व्यर्थ समय, व्यर्थ सङ्कल्पमाथि कति कन्ट्रोल गरियो?
किनकि अब समय अनुसार तिमीहरू सबैले मनसा शक्तिद्वारा आत्माहरूको मनसा सेवा गर्ने
समय आउनेछ। यसको लागि सदा मनमाथि अटेन्सन दिन आवश्यक छ। भनिएको पनि छ, मनजित जगतजित।
त्यसैले मनमनाभवको वायुमण्डलमा मनको व्यर्थलाई समाप्त गर्नु छ। गर्न सक्छौ? गर्नेछौ?
जसले गर्न सक्छौ तिमीहरूले हात उठाऊ। बापदादाले इनाम दिनुहुनेछ। आफ्नो रिजल्ट तिमी
आफैले हेर्नु। तिम्रो मन खुसी भयो भने मनको खुसी बाँड्न सक्नेछौ। यो पुरुषार्थमा
सबैले सबैभन्दा पहिलो नम्बर लिन अटेन्सन देऊ। भविष्यमा वायुमण्डलमा सङ्कल्प, समय
दुवैबाट व्यर्थ समाप्त हुनेछ र समर्थ सङ्कल्प, समर्थ समय फैलिनेछ।
बापदादा एक कुरामा
बच्चाहरूलाई देखेर खुसी हुनुहुन्छ। कुन कुरामा? हरेक बच्चाले सेवा त गरेका छौ तर
त्यसको साथै बापदादाको जुन इसारा छ, बच्चाहरू डबल राजा बनुन्। जान्दछौ नि! एक
स्वराज्य अधिकारी र अर्को भविष्य राज्य अधिकारी। स्वराज्य अधिकारी हुने कुरामा
बाबालाई नसा छ, यस्ता अरू कुनै बाबा छैनन्, जसको हरेक बच्चा स्वराज्य अधिकारी हुन्छ।
तिमीहरू सबै स्वराज्य अधिकारी हौ नि! स्वमाथि आत्माले राज्य गर्छ। कर्मेन्द्रियहरूको
वशमा होइन, राज्य अधिकारी। त्यसैले बाबा यही चाहनुहुन्छ, हरेक बच्चा सदा स्वराज्य
अधिकारी रहोस्, कहिलेकाहीँ होइन। बन्न सक्छौ? यो जुन दुई महिना दिइएको छ, यसमा नोट
गर्नु छ, स्वराज्य अधिकारी रह्यौ? वा कर्मेन्द्रियहरूको वशमा रह्यौ? अब कर्मातीत
बन्नु छ, समय समीप आइरहेको छ। त्यसैले के गर्नु छ? हिँड्दाडुल्दा स्वराज्य अधिकारी
बन्नु नै छ। यो संस्कार तिमी ब्राह्मण बच्चाहरूको नै हो। डबल राज्य, स्वराज्य र फेरि
भविष्यमा विश्व राज्य। बापदादाले चक्कर लगाउँदा बच्चाहरूको परिणाम नोट गर्नुहुन्छ,
त्यसैले सदा स्वराज्य अधिकारी, यसमा अब अटेन्सन दिनुपर्छ। त्यसैले बापदादाले दुई
कार्य दिनुभएको छ, एउटा यो दुई महिना स्वराज्य अधिकारी कहाँसम्म रहन्छौ? त्यो आफैले
आफ्नो परिणाम हेर्नु छ र साथसाथै मनको कन्ट्रोलिङ पावर, रुलिङ पावरद्वारा व्यर्थ
समाप्त गर्नु छ। यसमा जसले नम्बर लिन्छौ, तिमीहरूलाई बापदादाले इनाम दिनुहुनेछ।
राम्रो लाग्यो? गर्नु छ नि! गर्नेछौ? गर्नेछौ नि! शिर हल्लाऊ। अच्छा।
सबैको जुन स्नेह छ,
आज बापदादाले त्यो स्वीकार गर्नुभयो। अमृतवेला त वतनमा पनि धेरै बच्चाहरूको रिमझिम
थियो। एडभान्स पार्टी पनि वतनमा आज आफ्नो मनको स्नेह दिनको लागि, लिनको लागि आएका
थिए। अब उनीहरूले बाबासँग सोध्छन्, आखिर हाम्रो यो पार्ट कहिलेसम्म? के जवाफ दिऊँ?
पहिलो लाइनमा बस्नेहरूले बताऊ, के जवाफ दिऊँ? के भन्यौ? (दादी जानकीले भन्नुभयो, म
तयार छु) तिमी एक्लै जाने हो? (सबै जानेछौँ) तिम्रो प्यार छ नि, यत्तिकै छोडेर
राज्य कसरी गर्नेछौ। (एडभान्स पार्टीवालाहरूले हामीलाई किन छोडेर गए) उनीहरूको
पार्ट थियो नि! उनीहरूलाई जानु नै थियो। अहिले तिमीले यो कोसिस गर, छिटो छिटो
सङ्गठन तयार गर। जुन दुई महिना काम दिइएको छ नि, यो काम तिमीहरू सबैले गराइदियौ,
रिजल्ट निकाल्यौ भने छिटो हुनेछ। (बाबाको स्नेहमा गरिहाल्छौँ) स्नेह त छ, स्नेहमा
सबै पास छौ। बापदादाले पनि देख्नुभएको छ, स्नेह सबैको छ तर स्नेहको साथै शक्ति पनि
हुनुपर्छ। यसको लागि अमृतबेलालाई पावरफुल बनाऊ, अमृतवेला यादमा बस्छौ, बापदादाले
यादमा बसेकोमा बधाई दिनुहुन्छ यादमा बस्नको लागि जुन शक्तिशाली वायुमण्डल हुनुपर्छ,
तर कोही कसरी बस्छौ, कोही कसरी बस्छौ। तिमीले फोटो खिच्यौ भने तिमी आफैलाई लाग्नेछ,
अरू केही हुनुपर्छ। जुन बापदादाले ज्वालामुखी योग भन्नुभयो, त्यसमाथि अब अझै गहिरो
अटेन्सन देऊ। पुरुषार्थ सबैले गर्छौ तर पुरुषार्थको अगाडि तीव्र शब्द जोड। अहिले
बापदादाले हरेक बच्चालाई यो दुई महिना दिनुभएको छ, यसमा जति अटेन्सन दिन्छौ, त्यति
अटेन्सनको साथसाथै बापदादाले पनि तिमीहरूलाई थप सहयोग दिनुहुनेछ। तिमी मनको मालिकले
मनलाई यसरी चलाऊ, जसरी पाइला र हातलाई चलाउँछौ। जे चाहन्छौ, त्यो गर्छन् नि! अहिले
तिमीले चाहन्छौ, यहाँ होइन त्यहाँ राखुँ भन्ने चाहन्छौ भने त्यहीँ राख्न सक्छौ नि!
यसरी नै माइन्ड कन्ट्रोल, जे चाह्यो त्यही मनले सङ्कल्प गरोस्। हरेक रात परिणाम हेर,
आज कहाँसम्म मनको रुलिङ पावर, कन्ट्रोलिङ पावर रह्यो? अब व्यर्थलाई छिटो छिटो
समाप्त गर्नुपर्छ, अब समर्थ बनेर वायुमण्डलमा सामर्थ्यको शक्ति फैलाऊ। बापदादा त
बच्चाहरूको दुःखदर्द, पुकार सुनेर बच्चाहरूद्वारा अब छिटो समाप्ति गराउन चाहनुहुन्छ।
सुनाइयो नि, पुरुषार्थ सबैले गरिरहेका छौ तर अब थप तीव्र बनाऊ। गर्नु नै छ, गर्नेछौँ,
हेर्नेछौँ... यो नेछौँ नेछौँ चल्दैन।
आज स्नेहको दृश्य पनि
देखियो, हरेकको मनमा कति प्यार छ तर जति प्यार छ नि, प्यारको साथै त्यति शक्ति पनि
हुनुपर्छ। अब शक्तिले भर। कहिल्यै पनि कुनै पनि बहिनीहरूले आफूलाई केवल शक्ति होइन,
शिवशक्ति सम्झ। शिवशक्ति, बाबा साथमा हुनुहुन्छ। पाण्डवहरूसँग पाण्डवपति साथमा
हुनुहुन्छ। त्यसैले अब के गर्नेछौ? जुन बापदादाले भन्नुभएको छ, पुरुषार्थको अगाडि
तीव्र शब्द लगाऊ। वायुमण्डल बनाऊ। एकअर्काको सहयोगी बनेर हरेकले जुन आआफ्नो स्थानमा
रहन्छौ, त्यस स्थानलाई शक्तिशाली बनाऊ, साथीहरूलाई शक्तिशाली बनाऊ। त्यसैले के
गर्नेछौ अहिले? नवीनता ल्याउनेछौ नि! मेरो बाबा भन्छौ भने ‘मेरो’ बाबाजस्तै बन्न त
पर्छ नि! हरेकले आफ्नो मनमा दृढ सङ्कल्प गर, सङ्कल्प राम्रा राम्रा गर्छौ, अमृतवेला
बापदादाले देख्नुहुन्छ, सङ्कल्प राम्रा गर्छौ, यो गर्नेछौँ, यो गर्नेछौँ, यो गर्नेछौँ
तर कर्मयोगी बनेपछि सम्बन्ध-सम्पर्कमा आउँछौ अनि त्यसमा फरक हुन्छ। कर्मयोगीको
स्थिति, यसमा धेरै अटेन्सन चाहिन्छ। अच्छा।
सबै खुसी त छौ नि!
खुसी छौ? हेर, नयाँ नयाँ पनि कति आएकाछौ। जो नयाँ पहिलोपटक आएका छौ, तिमीहरूले हात
उठाऊ। हेर कति छौ? आधा क्लास नयाँ आएका छौ। बापदादा आज आएका नयाँ बच्चाहरूलाई देखेर
खुसी हुनुहुन्छ किनकि लास्ट समाप्तिको समयभन्दा त पहिला आइपुगेका छौ। तर जति ढिलो
आयौ, त्यति नै तीव्र पुरुषार्थ गर्नुपर्नेछ किनकि यो थोरै समयमा तिमीले पूरा २१
जन्मको भविष्य बनाउनु छ। यति अटेन्सन राख्नुपर्नेछ। समयलाई बचाउनु, सेकेन्ड पनि
व्यर्थ नगुमाउनु। तीव्र पुरुषार्थी हुनुछ, साधारण पुरुषार्थले पुग्न मुस्किल हुन्छ।
तैपनि बापदादा आज आएका बच्चाहरूलाई मनबाट बधाई दिइरहनुभएको छ। अच्छा।
टिचर बहिनीहरू धेरै
आएका छन्:–
टिचरहरूलाई देखेर त बापदादा धेरै खुसी हुनुहुन्छ किनकि जो निमित्त टिचर बनेका छौ,
तिमीहरू बापदादालाई प्रत्यक्ष गर्न निमित्त बनेका छौ। बापदादा कुनै पनि टिचरलाई
देखेर खुसी हुनुहुन्छ किनकि टिचर अर्थात् जसको अनुहारबाट भविष्य देखिन्छ। तिम्रो
भविष्य के हो? भविष्य हो सदा प्रसन्न, सदा अधिकारी, अधीन हुनेवाला होइन। त्यसैले
टिचरको स्वरूपरले यो साक्षात्कार गराउँछ। हरेक टिचरले सदा यही सम्झनुछ, कहीँ बोल्यौ,
कहीँ बोलेन्यौ, जे होस्, तर वर्तमान समयको प्राप्ति र भविष्यको प्राप्ति तिम्रो
स्वरूपले, तिम्रो चेहराले देखाउँछ। सदा यो अटेन्सन राख, हाम्रो अनुहार यस्तो
साक्षात्कार गराउनेवाला बनाउनुछ। जोसुकै टिचरको सामुन्ने आए पनि टिचरलाई देखेर एक त
प्रसन्नचित्त होस् अनि उसको जीवनमा खुसी देखियोस्। यस्तो प्रसन्न र सौभाग्यशाली होस्।
बापदादाले देख्नुभएको छ, हरेक टिचरको लक्ष्य राम्रो छ। गर्नु नै छ। बन्नु नै छ।
यस्तै हो नि? लक्ष्य के हो? यही लक्ष्य हो नि! त्यसैले यो लक्ष्य लक्षणमा देखिन्छ
पनि र अझै धेरै देखिनुपर्छ। जोसुकै आए पनि, खुसी अवश्य लिएर जाओस् किनकि हरेक
मानिसलाई खुसी आवश्यक छ। चाहन्छन् तर बन्न सक्दैनन्, त्यसैले टिचर अर्थात्
अनुहारद्वारा पनि सेवा गर्ने। अनुभव गरून्, यिनी के बनेकी छिन्! अब पछि गएर तिम्रो
चेहरा र चलनले यो सेवा धेरै गर्नेछ किनकि जसरी समय नाजुक आउनेछ, अनि समय कम मिल्नेछ
तर केही मिलोस्, केही मिलोस् भन्ने चाहना बढ्नेछ। यसको लागि टिचर सदा यस्तो एभर रेडी
रहनुपर्छ, जो कोही आए पनि उसले कम्तीमा केही लिएर नै जाओस्। चेहरा र चलनद्वारा पनि
केही न केही लिएर जाओस्। दाताका बच्चा हौ नि! बापदादा त टिचरहरूलाई देखेर धेरै खुसी
हुनुहुन्छ। मनैमनमा गुण गाउनुहुन्छ, वाह टिचर वाह! किनकि हरेक टिचरले सेवा त गर्छौ
नै र आफ्नो रिजल्ट राति पनि हेर्छौ होला, आजको के सेवा भयो! आफ्नो चार्ट त आफै
हेर्छौ। जुन सेवाको लक्ष्य राख्यौ, त्यो पूरा भयो? कारणवश भएन भने अर्को दिन डबल
सेवा गर। खाली नछोड किनकि टिचर अर्थात् निमित्त, दाताका बच्चा दाता। त्यसैले बापदादा
त खुसी हुनुहुन्छ, चाहे साना सेन्टरका हुन्, चाहे ठुला सेन्टरका हुन् तर त्याग गरेर
सेवास्थानमा आउनु, यो पनि हिम्मत हो नि! त्यसैले बापदादा तिम्रो हिम्मतमा त खुसी
हुनुहुन्छ। अब अरू साथी बनाऊ। अरू पनि टिचर निकाल किनकि सेवा बढ्नु नै छ। अहिले
अलिकति हङ्गामा हुनेछ र सबै उत्कण्ठाले तिम्रो अगाडि आउनेछन्। सेवा बढ्ने छ, घट्ने
छैन। अच्छा।
वरदान:–
स्वमानको सिटमा
स्थित रहेर मायालाई सरेन्डर गराउने श्रेष्ठ स्वमानधारी भव
सङ्गमयुगको सबैभन्दा
श्रेष्ठ स्वमान हो मास्टर सर्वशक्तिमानको स्मृतिमा रहनु। जसरी कुनै ठुलो अफिसर वा
राजा स्वमानको सिटमा स्थित हुँदा अरूले पनि उनलाई सम्मान दिन्छन्, स्वयं सिटमा छैनन्
भने उनको अर्डर कसैले मान्दैनन्, त्यसैगरी तिमी पनि स्वमानधारी बनेर आफ्नो श्रेष्ठ
स्वमानको सिटमा सेट रह्यौ भने माया तिम्रो अगाडि सरेन्डर हुनेछ।
स्लोगन:–
साक्षीपनको
स्थितिमा स्थित भएर दिलारामको साथको अनुभव गर्नेहरू नै लवलीन आत्मा हुन्।
अव्यक्त इसारा:–
परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर।
अपकारीमाथि पनि उपकार
गर्नु, यही ज्ञानी आत्माको कर्तव्य हो। जसरी बाबाले ग्लानिलाई पनि कल्याणकारी
दृष्टिले हेर्नुभयो। उपकारीमाथि उपकार त दुनियाँका मानिसहरूले पनि गर्छन्, भक्त
आत्माहरूले पनि गर्छन् तर ज्ञानी आत्माको अर्थ हो सबैप्रति कल्याणको भावना, अकल्याण
सङ्कल्प मात्र पनि नहोस्। अपकारीहरूमाथि पनि उपकार गरेमा भनिन्छ विश्व कल्याणकारी।