12.07.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी सच्चा सच्चा वैष्णव बन्नुछ , सच्चा वैष्णव ले भोजनको परहेज गर्नु का साथसाथै पवित्र पनि हुन्छ न्।”

प्रश्न:–
कुन अवगुण गुणमा परिवर्तन भयो भने बेडा पार हुन सक्छ?

उत्तर:–
सबैभन्दा ठुलो अवगुण हो मोह। मोहको कारणले आफन्तहरूको यादले सताइरहन्छ। कसैको कुनै आफन्तको मृत्यु भयो भने १२ महिनासम्म उसलाई याद गरिरहन्छन्। मुख छोपेर रोइरहन्छन्, याद आइरहन्छ। यसरी नै यदि बाबाको यादले सतायो, दिनरात तिमीले बाबालाई याद गर्यौ भने तिम्रो बेडा पार हुनेछ। जसरी लौकिक आफन्तलाई याद गर्छौ, त्यसरी नै बाबालाई याद गर्यौ भने अहोसौभाग्य...।

ओम् शान्ति ।
बाबाले दिनहुँ बच्चाहरूलाई सम्झाउनुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबाको यादमा बस। आज त्यसमा थप्नुहुन्छ– केवल बाबा मात्र होइन, अर्को कुरा पनि बुझ्नुछ। मुख्य कुरा नै यो हो– परमपिता परमात्मा शिव, उहाँलाई गड फादर पनि भनिन्छ, ज्ञान सागर पनि हुनुहुन्छ। ज्ञान सागर हुनुभएको कारणले शिक्षक पनि हुनुहुन्छ, राजयोग सिकाउनुहुन्छ। यो कुरा सम्झाउनाले बुझ्नेछन्– सच्चा बाबाले यिनीहरूलाई पढाइरहनुभएको छ। यथार्थ कुरा सुनाउनुहुन्छ। उहाँ सबैका पिता पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, सद्गतिदाता पनि हुनुहुन्छ र फेरि उहाँलाई ज्ञानका सागर भनिन्छ। बाबा, शिक्षक, पतित-पावन, ज्ञान सागर हुनुहुन्छ। सबैभन्दा पहिला त बाबाको महिमा गर्नुपर्छ। उहाँले हामीलाई पढाइरहनुभएको छ। हामी हौँ ब्रह्माकुमार-कुमारीहरू। ब्रह्मा पनि शिवबाबाका रचना हुनुहुन्छ र अहिले हो पनि सङ्गमयुग। लक्ष्य-उद्देश्य पनि राजयोगको हो, हामीलाई राजयोग सिकाउनुहुन्छ। त्यसैले शिक्षक पनि सिद्ध हुनुभयो। र, यो पढाइ नयाँ दुनियाँको लागि नै हो। यहाँ बसेर यो पक्का निश्चय गर– हामीले के के सम्झाउनुछ। यो कुरा मनभित्र धारणा हुनुपर्छ। यो त थाहा छ, कसैलाई धेरै धारणा हुन्छ, कसैलाई कम। यहाँ पनि जो ज्ञानमा धेरै तीक्ष्ण छन्, उनीहरूको नाम हुन्छ। पद पनि उच्च हुन्छ। परहेज पनि बाबाले बताइरहनुहुन्छ। तिमी पूरा वैष्णव बन्छौ। वैष्णव अर्थात् जो शाकाहारी हुन्छन्। मांस-मदिरा आदि खाँदैनन्। तर विकारमा त जान्छन्, बाँकी वैष्णव बनेर के भयो र। वैष्णव कुलका कहलिन्छन् अर्थात् प्याज आदि तमोगुणी चीजहरू खाँदैनन्। तिमी बच्चाहरूलाई थाहा छ– तमोगुणी चीजहरू के के हुन्। कुनै राम्रा मानिसहरू पनि हुन्छन्, जसलाई धार्मिक विचारका वा भक्त भनिन्छ। संन्यासीहरूलाई भनिन्छ पवित्र आत्मा र जसले दान आदि गर्छन् उनीहरूलाई भनिन्छ पुण्य आत्मा। यसबाट पनि सिद्ध हुन्छ– आत्माले नै दानपुण्य गर्छ, त्यसैले पुण्य आत्मा, पवित्र आत्मा भनिन्छ। कुनै आत्मा निर्लेप छैन। यस्ता राम्रा राम्रा शब्द याद गर्नुपर्छ। साधुहरूलाई पनि महान् आत्मा भन्छन्। महान् परमात्मा भनिँदैन। त्यसैले सर्वव्यापी भन्नु गलत हो। सबै आत्माहरू हुन्, जति पनि छन् सबैमा आत्मा छ। जो पढेलेखेका छन्, उनीहरूले सिद्ध गरेर बताउँछन्– रुखबिरुवामा पनि आत्मा छ। भन्छन्, जुन ८४ लाख योनि छन्, तिनीहरूमा पनि आत्मा छ। आत्मा नहुँदो हो त वृद्धि कसरी हुन्थ्यो! जुन मानिसको आत्मा छ, त्यो त जडमा जान सक्दैन। शास्त्रहरूमा यस्ता यस्ता कुरा लेखिदिएका छन्। इन्द्रप्रस्थबाट धकेलिदिए, पत्थर बन्यो। अब बाबा बसेर सम्झाउनुहुन्छ, बाबाले बच्चाहरूलाई भन्नुहुन्छ– देहका सम्बन्ध तोडेर आफूलाई आत्मा सम्झ। म एकलाई याद गर। बस्, तिम्रा ८४ जन्म अब पूरा भए। अब तमोप्रधानबाट सतोप्रधान बन्नुछ। दु:खधाम हो अपवित्र धाम। शान्तिधाम र सुखधाम हो पवित्र धाम। यो त बुझ्छौ नि। सुखधाममा रहने देवताहरूको अगाडि शिर झुकाउँछन्। सिद्ध हुन्छ, नयाँ दुनियाँमा पवित्र आत्माहरू थिए, उच्च पदमा थिए। अहिले त गाउँछन्– मुझ निर्गुण हारे में कोई गुण नाही। छ पनि त्यस्तै। कुनै गुण छैन। मानिसहरूमा मोह पनि धेरै हुन्छ, मरेकाको पनि याद हुन्छ। बुद्धिमा आउँछ– यी मेरा बच्चा हुन्। पति अथवा बच्चाको मृत्यु भयो भने उनीहरूलाई याद गरिरहन्छन्। स्त्रीले १२ महिनासम्म त राम्रोसँग याद गर्छन्, मुख छोपेर रोइरहन्छन्। यसरी मुख छोपेर तिमीले बाबालाई दिन-रात याद गर्यौ भने बेडा नै पार हुन्छ। बाबा भन्नुहुन्छ– जसरी पतिलाई तिमीले याद गरिरहन्छौ, त्यसरी नै मलाई याद गर्यौ भने तिम्रा विकर्म विनाश हुन्छन्। बाबाले युक्तिहरू बताउनुहुन्छ– यसो यसो गर।

पोतामेल हेर्छन्– आज यति खर्च भयो, यति फाइदा भयो, दिनहुँ ब्यालेन्स निकाल्छन्। कसैले महिना महिनामा निकाल्छन्। यहाँ त यो धेरै जरुरी छ, बाबाले बारम्बार सम्झाउनुभएको छ। बाबा भन्नुहुन्छ– तिमी बच्चाहरू सौभाग्यशाली, हजार भाग्यशाली, करोड भाग्यशाली, पदम, अरब, खरब भाग्यशाली छौ। जुन बच्चाहरूले आफूलाई सौभाग्यशाली सम्झन्छन्, उनीहरूले अवश्य राम्रोसँग बाबालाई याद गरिहन्छन्। उनीहरू नै गुलाबका फूल बन्नेछन्। यो त सारमा सम्झाउनु हुन्छ। बन्नु त खुस्बुदार फूल छ। मुख्य हो यादको कुरा। संन्यासीहरूले योग शब्द भनिदिएका छन्। लौकिक पिताले यसो भन्दैनन्– मलाई याद गर वा सोध्दैनन्– मलाई याद गर्छौ? पितालाई बच्चा, बच्चालाई पिताको याद भइनै हाल्छ। यो त नियम हो। यहाँ सोध्नुपर्छ किनकि मायाले बिर्साइदिन्छ। यहाँ आउँछन्, बुझ्छन्– हामी बाबा समक्ष जान्छौँ, त्यसैले बाबाको याद रहनुपर्छ, त्यसैले बाबाले चित्र पनि बनाउनुहुन्छ, त्यो पनि साथमा होस्। पहिला सुरुमा सदा बाबाको महिमा सुरु गर। उहाँ हाम्रो बाबा हुनुहुन्छ, हुन त सबैका पिता हुनुहुन्छ। सबैका सद्गतिदाता, ज्ञानको सागर नलेजफुल हुनुहुन्छ। बाबाले हामीलाई सृष्टि चक्रको आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ, जसबाट हामी त्रिकालदर्शी बन्छौँ। यस सृष्टिमा कुनै मानिस त्रिकालदर्शी हुन सक्दैन। बाबा भन्नुहुन्छ– यी लक्ष्मी-नारायण पनि त्रिकालदर्शी छैनन्। यिनीहरू त्रिकालदर्शी बनेर के गर्छन् र! तिमी बन्छौ र बनाउँछौ। यी लक्ष्मी-नारायणमा ज्ञान हुन्थ्यो भने परम्परा चल्थ्यो। बीचमा त विनाश हुन्छ, त्यसैले परम्परा त चल्न सक्दैन। त्यसैले बच्चाहरूले यो पढाइको राम्रोसँग चिन्तन गर्नुपर्छ। तिम्रो पनि उच्चभन्दा उच्च पढाइ सङ्गममा नै हुन्छ। तिमीले याद गर्दैनौ, देह अभिमानमा आउँछौ, अनि मायाले थप्पड लगाइदिन्छ। जब १६ कला सम्पूर्ण बन्नेछौ, त्यसपछि विनाशको पनि तयारी हुनेछ। उनीहरूले विनाशको लागि र तिमीले अविनाशी पदको लागि तयारी गरिरहेका छौ। कौरव र पाण्डवहरूको लडाइँ भएको होइन, कौरव र यादवहरूको लडाइँ हुन्छ। ड्रामा अनुसार पाकिस्तान पनि भयो। त्यो पनि तिम्रो जन्म भएपछि सुरु भयो। अब बाबा आउनुभएको छ, त्यसैले सबै यथार्थमा हुनुपर्छ नि। यहाँको लागि नै भनिन्छ– रगतका नदीहरू बग्छन्, त्यसपछि फेरि घिउका नदी बग्नेछन्। अहिले पनि हेर, लडिरहन्छन्। फलानो सहर दिएनौ भने लडाइँ गर्नेछौँ। यहाँबाट पार नगर, यो हाम्रो मार्ग हो। अब उनीहरू के गरुन्। स्टिमर कसरी जान्छन्! फेरि राय-सल्लाह गर्छन्। अवश्य राय लिन्छन् होला। मद्दतको आशा मिलेको होला, उनीहरू आपसमा नै समाप्त गरिदिनेछन्। यहाँ फेरि ड्रामामा गृहयुद्ध निश्चित छ।

अहिले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! धेरै धेरै समझदार बन। यहाँबाट बाहिर घर गएपछि फेरि नबिर्स। यहाँ तिमी आउँछौ कमाइ जम्मा गर्न। साना साना बच्चाहरूलाई लिएर आउँछौ, त्यसैले उनीहरूको बन्धनमा रहनुपर्छ। यहाँ त ज्ञान सागरको किनारमा आउँछौ, जति कमाइ गर्यौ त्यति राम्रो हो। यसमा लाग्नुपर्छ। तिमी आउँछौ नै अविनाशी ज्ञान रत्नले झोली भर्न। गायन पनि छ नि– भोलानाथ भर दे झोली। भक्तहरूले त शङ्करको अगाडि गएर भन्छन्– झोली भरिदेऊ। उनीहरूले फेरि शिव-शङ्करलाई एउटै सम्झन्छन्। शिव-शङ्कर महादेव भनिदिन्छन्। त्यसोभए महादेव ठुलो हुने भए। यस्ता साना साना कुरा धेरै बुझ्नुपर्ने छन्।

तिमी बच्चाहरूलाई सम्झाइन्छ– अहिले तिमी ब्राह्मण हौ, तिमीलाई ज्ञान मिलिरहेको छ। पढाइले मानिस सुध्रिन्छन्। चालचलन पनि राम्रो हुन्छ। अहिले तिमीले पढ्छौ। जसले सबैभन्दा धेरै पढ्छन् र पढाउँछन्, उनीहरूको आचरण पनि राम्रो हुन्छ। तिमीले भन्नेछौ– सबैभन्दा राम्रो मम्मा-बाबाको आचरण छ। यिनी फेरि भइन् बडी मम्मा, जसमा प्रवेश गरेर बच्चाहरूलाई रच्नुहुन्छ। माता-पिता कम्बाइन्ड हुनुहुन्छ। कति गुप्त कुरा छन्। जसरी तिमीले पढ्छौ, त्यसरी नै मम्माले पनि पढ्नुहुन्थ्यो। उहाँलाई दत्तक (एडप्ट) लिनुभयो। बुद्धिमान थिइन्, त्यसैले ड्रामा अनुसार सरस्वती नाम रह्यो। ब्रह्मपुत्र ठुलो नदी हो। मेला पनि लाग्छ सागर र ब्रह्मपुत्रको। यिनी ठुलो नदी ठहरिइन् भने आमा पनि ठहरिइन् नि। तिमी मीठा-प्यारा बच्चाहरूलाई कति माथि लैजानुहुन्छ। बाबाले तिमी बच्चाहरूलाई नै हेर्नुहुन्छ। उहाँ बाबाले त कसैलाई याद गर्नुछैन। यिनको आत्माले त बाबालाई याद गर्नुछ। बाबा भन्नुहुन्छ– हामी दुवैले बच्चाहरूलाई हेर्छौँ। म आत्माले त साक्षी भएर हेर्नुछैन, तर बाबाको सङ्गमा मैले पनि त्यसरी नै हेर्छु। बाबाको साथमा त रहन्छु नि। उहाँको बच्चा हुँ, त्यसैले सँगसँगै हेर्छु। म विश्वको मालिक बनेर घुम्छु, मानौँ मैले नै यो गर्छु। मैले दृष्टि दिन्छु। देहसहित सबै कुरा भुल्नुपर्छ। बाँकी बच्चा र बाबा एकसमान हुन्छन्। त्यसैले बाबा सम्झाउनुहुन्छ– खुब पुरुषार्थ गर। अवश्य मम्मा-बाबाले सबैभन्दा धेरै सेवा गर्नुहुन्छ। घरमा पनि आमाबुबाले धेरै सेवा गर्छन् नि। सेवा गर्नेले अवश्य पद पनि उच्च पाउनेछन्, त्यसो हो भने फेरि फलो गर्नुपर्छ नि। जसरी बाबाले अपकारीहरूमाथि पनि उपकार गर्नुहुन्छ, त्यसरी नै तिमीले पनि बाबालाई फलो गर। यसको पनि अर्थ बुझ्नुछ। बाबा भन्नुहुन्छ– मलाई याद गर, अरू कसैको कुरा पनि नसुन। कसैले केही भन्यो भने सुनेको नसुने झैँ गरिदेऊ। तिमी मुस्कुराइराख, अनि ऊ आफै शान्त हुनेछ। बाबाले भन्नुभएको थियो– कसैले क्रोध गर्यो भने तिमीले उसमाथि फूल चढाऊ, भन– तपाईँले अपकार गर्नुहुन्छ, हामीले उपकार गर्छौँ। बाबा स्वयं भन्नुहुन्छ– सारा दुनियाँका मानिसहरूले मलाई अपकार गर्छन्, मलाई सर्वव्यापी भनेर कति गाली गर्छन्, म त सबैको उपकारी हुँ। तिमी बच्चाहरू पनि सबैका उपकारी हौ। तिमीले ख्याल गर– हामी के थियौँ, अहिले के बन्दैछौँ! विश्वको मालिक बन्दैछौँ। ख्याल सङ्कल्प-सपनामा पनि थिएन। धेरैलाई घर बसी बसी साक्षात्कार भएको छ। तर साक्षात्कारले केही हुने कहाँ हुन्छ र। बिस्तारै बिस्तारै वृक्ष वृद्धि हुँदै जानेछ। यो नयाँ दैवी वृक्ष स्थापना भइरहेको छ नि। बच्चाहरूलाई थाहा छ– हाम्रो दैवी फूलहरूको बगैँचा बनिरहेको छ। सत्ययुगमा देवताहरू नै हुन्छन्, उनीहरू फेरि आउनुछ, चक्र घुमिरहन्छ। ८४ जन्म पनि उनीहरूले नै लिनेछन्। अरू आत्माहरू फेरि कहाँबाट आउँछन्। ड्रामामा जति पनि आत्माहरू छन्, कोही पनि पार्टबाट छुट्न सक्दैनन्। यो चक्र घुमिरहन्छ। आत्मा कहिल्यै घट्दैन। सानोठुलो हुँदैन।

बाबा बसेर मीठा बच्चाहरूलाई सम्झाउनुहुन्छ, भन्नुहुन्छ– प्यारा बच्चाहरू! सुखदायी बन। आमाले भन्नुहुन्छ नि– आपसमा लडाइँझगडा नगर। बेहदका बाबाले पनि बच्चाहरूलाई भन्नुहुन्छ– यादको यात्रा धेरै सहज छ। त्यो यात्रा त जन्मजन्मान्तर गर्दै आएका छौ, फेरि पनि सिँढीबाट तल झर्दै पाप आत्मा बन्दै जान्छौ। बाबा भन्नुहुन्छ– यो हो रुहानी यात्रा। तिमी यस मृत्युलोकमा फर्कनुछैन। त्यो यात्राबाट त फर्केर आउँछन्, फेरि जस्ताको त्यस्तै बन्छन्। तिमीलाई त थाहा छ– हामी स्वर्गमा जान्छौँ। स्वर्ग थियो, फेरि हुनेछ। यो चक्र घुम्नुछ। दुनियाँ एउटै हो, बाँकी तारा आदिमा कुनै दुनियाँ छैन। माथि गएर हेर्नको लागि कति मेहनत गरिरहन्छन्। मेहनत गर्दागर्दै मृत्यु अगाडि आउनेछ। यो सबै हो विज्ञान। माथि जानेछन्, फेरि के हुन्छ। मृत्यु त सामुन्ने उभिएको छ। एकातिर माथि गएर खोज गर्छन्। अर्कोतिर मृत्युको लागि बम बनाइरहेका छन्। मानिसहरूको बुद्धि हेर कस्तो छ। बुझ्छन् पनि– कोही प्रेरक छ। आफै भन्छन्– विश्वयुद्ध अवश्य हुनुछ। यो त्यही महाभारत लडाइँ हो। अब तिमी बच्चाहरूले पनि जति पुरुषार्थ गर्छौ, त्यति नै कल्याण गर्नेछौ। खुदाका बच्चा त हौ नै। भगवानले आफ्नो बच्चा बनाउनुहुन्छ, त्यसबाट तिमी भगवान-भगवती (गड गडेज) बन्छौ। लक्ष्मी-नारायणलाई भगवान-भगवती भनिन्छ नि। कृष्णलाई भगवान मान्छन्, राधालाई त्यति मान्दैनन्। सरस्वतीको नाम छ, राधाको नाम छैन। कलश फेरि लक्ष्मीलाई देखाउँछन्। यो पनि भुल गरिदिएका छन्। सरस्वतीका पनि अनेक नाम राखिदिएका छन्। त्यो त तिमी नै हौ। देवीहरूको पनि पूजा हुन्छ, अर्थात् आत्माहरूको पूजा हुन्छ। बाबाले बच्चाहरूलाई हरेक कुरा सम्झाइरहनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) जसरी बाबाले अपकारीमाथि पनि उपकार गर्नुहुन्छ, त्यसरी नै बाबालाई फलो गर्नुछ। कसैले केही भन्यो भने सुनेको नसुने झैँ गरिदिनुछ, मुस्कुराइरहनुछ। एक बाबाबाट नै सुन्नुछ।

२) सुखदायी बनेर सबैलाई सुख दिनुछ, आपसमा लडाइँ झगडा गर्नुछैन। समझदार बनेर आफ्नो झोली अविनाशी ज्ञान रत्नले भरपुर बनाउनुछ।

वरदान:–
सागरको गहिराइमा गएर अनुभव रूपी रत्न प्राप्त गर्ने सदा समर्थ आत्मा भव

समर्थ आत्मा बन्नको लागि योगको हरेक विशेषताको, हरेक शक्तिको र हरेक ज्ञानको मुख्य प्वाइन्टको अभ्यास गर। अभ्यासी, लगनमा मग्न रहने आत्माको अगाडि कुनै पनि प्रकारको विघ्न टिक्न सक्दैन, त्यसैले अभ्यासको प्रयोगशालामा बस। अहिलेसम्म ज्ञानको सागर, गुणहरूको सागर, शक्तिहरूको सागरमा माथि माथिको लहरमा लहरायौ, तर अब सागरको गहिराइमा गयौ भने अनेक प्रकारका विचित्र अनुभवका रत्न प्राप्त गरेर समर्थ आत्मा बन्नेछौ।

स्लोगन:–
अशुद्धिले नै विकाररूपी भूतहरूको आह्वान गर्छ, त्यसैले सङ्कल्पहरूबाट पनि शुद्ध बन।