12.07.26    Avyakt Bapdada     Nepali Murli    31.12.2010     Om Shanti     Madhuban


पुरानो वर्षलाई बिदाइ दिनुको साथै पुराना संस्कारहरूलाई बिदाइ दिएर निर्विघ्न रहने दृढ सङ्कल्प लेऊ र रहमदिल, मास्टर दाता बनेर मनसा सेवाद्वारा दुःखी अशान्त आत्माहरूलाई सहारा देऊ


आज बापदादा चारैतिरका बच्चाहरूलाई नयाँ वर्ष र नयाँ दुनियाँको बधाई सहित, सूक्ष्म वतनबाट स्थूल वतनमा बधाई दिन आउनुभएको छ। सबै बच्चाहरू पनि स्नेह र प्यारले आफ्नो मधुबन घरमा आइपुगेका छौ। दुनियाँका आत्माहरूले त केवल नयाँ वर्ष मनाउँछन्, जुन एक दिनको हुन्छ। सङ्गममा तिमीहरूले सदा नयाँ दुनियाँको उत्सव मनाइरहन्छौ। तिम्रो सामुन्ने नयाँ दुनियाँ तिम्रा नयनमा सदा समाहित छ। याद गर अनि सङ्गममा पुगिहाल्छौ। सङ्गमयुग नयनमा समाहित छ नि! अनुभव हुन्छ, अहिलेको अहिल्यै सङ्गममा छौँ, आज सङ्गममा छौँ अनि भोलि आफ्नो राज्यमा गइ नै हाल्छौँ! यसरी तिम्रो नयनमा सङ्गमयुग स्पष्ट देखिन्छ। दुनियाँका आत्माहरूले त एकअर्कालाई एक दिनको बधाई दिन्छन्, तर तिमीलाई बापदादाले स्वर्णिम दुनियाँको उपहार दिनुभएको छ, जुन धेरै समय चल्नेछ। यस्तो स्वर्ग तिम्रो नयनमा समाहित छ, जसबाट तिमी त्यहाँ एक सेकेन्डमा पुग्न सक्छौ। सबैको सामुन्ने तिमीहरूको स्वर्णिम दुनियाँ नयनमा समाहित छ। एक सेकेन्डमा पुग्न सक्छौ नि! आज सङ्गममा छौ, भोलि राज्य अधिकारी बनेर राज्य गर्नेछौ।

अहिले समय अनुसार तिमीलाई थाहा छ, तिमी पूर्वजहरूका भक्तहरू दुःखी र अशान्त भएका कारण, तिमी पूर्वज आत्माहरूलाई कति पुकारिरहेका छन्। आवाज सुनिन्छ, कसरी दुःख अशान्तिबाट पुकारिरहेका छन्? हामीलाई शान्ति देऊ, सुख देऊ, खुसी देऊ! आवाज सुनिन्छ? देऊ, देऊ... त्यसैले अहिले तिमी आत्माहरूले रहमदिल, कल्याणकारी दाताको बच्चाको रूपमा आत्माहरूलाई मनसा सेवाद्वारा दिने दाताको कार्य गर्नुछ। बापदादालाई त यी दुःखी, अशान्त आत्माहरूमाथि धेरै करूणा उत्पन्न हुन्छ। तिमीलाई पनि करूणा उत्पन्न हुन्छ नि! (खोकी लाग्यो) (आज ब्रह्मा बाबाको जस्तो खोकी लागेको छ) तिमीलाई पनि अहिले यस वर्षमा आत्माहरूमाथि करूणा उत्पन्न भइरहेको छ नि! किनकि आजको दिनमा नयाँ वर्ष पनि आइरहेको छ र पुरानो वर्ष जानेवाला पनि छ। त्यसैले जानेवाला वर्षको लागि तिमीले के प्लान बनाएका छौ? वर्ष त जानेछ, तर तिमी सबैले आफ्नो लागि जान लागेको वर्ष सँगै के बिदाइ दिनेछौ? जसरी वर्षले बिदाइ लिनेछ, त्यसरी नै तिमीले आफ्नो जीवनमा के बिदाइ दिनेछौ? अनि नयाँ कुरा के भर्नेछौ? सदाको लागि बिदाइ दिनेछौ वा केही समयको लागि? किनकि बापदादाले इसारा दिनुभएको छ, अहिलेसम्म जति पनि पुराना संस्कार रहेका छन्, ती संस्कारहरूलाई मनले देखेर, जानेर समाप्त गर्नु नै छ। बापदादालाई यी पुराना संस्कार पुरुषार्थमा विघ्नरूप देखिन्छन्। बच्चाहरूले एकातिर भन्छन् बाबा नै मेरो संसार हुनुहुन्छ, फेरि पुराना संस्कार कहाँबाट आए? संसार नै बाबा हुनुहुन्छ भने यी पुराना संस्कार जसले पुरुषार्थमा विघ्न पार्छन्, यी संस्कार त खतम हुनुपर्छ नि! अमृतवेला सबैले रुहरिहान गर्दा बाबाले देख्नुभयो सबैले आफ्नो चार्ट दिन्छन्, त्यसैले अहिलेसम्म पुराना संस्कारले नै पुरुषार्थमा अल्छी बनाइदिन्छन्।

त्यसैले आजको दिनमा वर्षलाई बिदाइ दिँदा यी संस्कारहरूलाई पनि बिदाइ दिन सक्छौ? बिदाइ दिन सक्छौ? हात उठाऊ। दिनुपर्छ। हात उठाउन त धेरै सहज छ, तर मनको हात उठाउनुछ। मनको हत उठाइरहेका छौ। पुराना संस्कारहरूलाई सदाको लागि बिदाइ दिनेछौ, त्यसैले हात उठाइरहेका छौ। फेरि उठाऊ। अच्छा। धेरैजसो बच्चाहरूले हात उठाएर बापदादालाई खुसी पारिदियौ। बापदादालाई यही खुसी छ, बच्चाहरू हिम्मतवान छन्। जहाँ हिम्मत छ, सदा त्यहाँ बापदादाको सहयोग हुन्छ। त्यसैले अहिले हात उठायौ भने बाबाको हरेक सानोठुलो स्थान सदाको लागि निर्विघ्न भयो नि! किनकि बापदादाको नजिक जुन नतिजा आउँछ, त्यसको कारण पुराना संस्कार हुन्छन्। त्यसैले आज संस्कार सङ्कल्पबाट समाप्त गरिदियौ अर्थात् निर्विघ्न भवको वरदान लियौ। लियौ? वरदान लियौ? हिम्मतको फल त मिल्छ नि! अनि बापदादाको वरदान मिलेको छ– एक कदम बच्चाहरूको हिम्मतको अनि अनेक कदम बाबाको मदतको भइ नै हाल्छ। त्यसैले यो सङ्कल्प आजैदेखि याद राख्नुछ, हामीले पुराना संस्कार दियौँ। यदि मानौँ तिम्रो नजिक फिर्ता आए भने के गर्छौ? के गर्छौ? फिर्ता दिएको चिज आफूसँग राखिँदैन किनकि दिइसक्यौ अर्थात् त्यो तिम्रो होइन। त्यसैले तिम्रो होइन भने आफूसँग कसरी राख्न सक्छौ? बाबालाई दियौ भने बाबालाई नै दिन्छौ नि। पक्का हो नि, दिइसक्यौ नि! पक्का? अब दुई दुई हात उठाऊ। पक्का। पछाडिका आत्माहरूले पनि उठाइरहेका छन्।

बापदादालाई यही खुसी छ, कलियुगमा रहेर पनि बाबाद्वारा जुन प्राप्ति भएको छ, त्यसको अनुभव अहिले सङ्गममा गर्नेछौ। दुनियाँको लागि यो कलियुग हो, तर तिम्रो लागि यो सङ्गमयुग अर्थात् सर्व प्राप्तिहरूको युग हो। परमात्म प्राप्तिहरू, जुन सर्वशक्तिहरू, सर्वगुण, सर्वज्ञानको खजाना प्राप्त भएका छन्, त्यसको यथार्थ अनुभव गर्नेछौ। त्यसैले आजको दिन जसले पनि हात उठाएका छौ, तिमी सबै बच्चाहरूलाई चाहे यहाँ सामुन्ने बसेका छौ, चाहे टाढा बसेर देश विदेशमा सुनिरहेका छौ, तिमी सबै बच्चाहरूलाई दिलबाट बापदादाले के धेरै दिइरहनुभएको छ? बधाई त दिइरहनुभएको छ, तर बधाईको साथसाथै सबैको मस्तकमाथि हात पनि राखिरहनुभएको छ। तिमी पनि र बापदादा पनि मनमनै डान्स गरिरहनुभएको छ “वाह बच्चाहरू वाह!” अहिले तिमीले पनि मनैदेखि डान्स गरिरहेका छौ नि! भन, हो हजुर। अहिले टिचरहरूले हेर। जति पनि टिचरहरू छौ, तिमीहरूले हात उठाऊ। विदेशका टिचरहरू पनि छौ नि! बापदादालाई त हरेक बच्चाको यो दृढ सङ्कल्प सुनेर खुसी लाग्छ, तिमी बच्चाहरूले जुन लक्ष्य राखेका छौ– बाबासमान सम्पन्न र सम्पूर्ण बन्ने, त्यसमा यो निर्विघ्न रहने दृढ सङ्कल्पले सम्पन्न समयलाई पनि समीप ल्याउनेछ। बापदादालाई यो पनि खुसी छ, सबै बच्चाहरूले जुन सङ्कल्प गरेका छन् त्यो सम्पन्न गर्नेछन् अनि दुनियाँवाका आत्माहरू जो दुःखी छन्, अशान्त छन्, तिनीहरूको मनसा सेवा गरेर तिनीहरूलाई पनि केही न केही सहारा दिइरहनेछन् किनकि बापदादालाई बच्चाहरूको पुकार, चिच्याहट सहन हुँदैन। हुन् त तिम्रै परिवार नि! दुःख अशान्ति धेरै बढिरहेको छ, त्यसैले अब रहमदिल बन। साथै यो सङ्कल्प पनि गर– हिँड्दाडुल्दा र विशेष अमृतवेला आत्माहरूको मनसा सेवा पनि अवश्य गर्नेछौँ, यो सङ्कल्प लिन सक्छौ? जसरी यो सङ्कल्प लियौ– सदाको लागि पुराना संस्कारहरूलाई समाप्त गर्नेछौँ, सदाको लागि समाप्त गर्ने सङ्कल्प लिएका छौ नि! केही समयको लागि त होइन! त्यसैले जसरी संस्कारलाई समाप्त गरेर बाबासमान बन्नेछौ, त्यसरी नै दाताको बच्चा बनेर मास्टर दातास्वरूपबाट मनसा सेवा पनि गर्नुछ। यसको लागि तयार छौ? मनसा सेवा गर्नको लागि तयार छौ? हात उठाऊ, मनसा सेवा पनि गर्नेछौ? दिनभरिमा जति पनि टाइम मिल्छ, त्यसमा मनसा सेवा अवश्य गर्नुछ किनकि तिमी बच्चाहरूले नै सुखमय संसार ल्याउनुछ। बाबाले तिमी बच्चाहरूलाई यसै सेवाको लागि आफ्नो दाहिने हात बनाउनुभएको छ। हातबाट दिइन्छ नि। तिमी बाबाका राइट ह्यान्ड हौ। त्यसैले बापदादा तिमी राइट ह्यान्ड अर्थात् दाहिने हातहरूद्वारा सबैलाई यो सेवा दिलाउन चाहनुहुन्छ– केही न केही दिइराख। उनीहरू दिनुहोस्! दिनुहोस्! भनेर चिच्याइरहेका छन्, अनि तिमीहरूले दुःखी आत्माहरूलाई सुख दिएर, व्याकुल आत्माहरूलाई केही शक्ति दिएर पुण्यको काम गर। अहिले तिमी बच्चाहरू जसले आफूले आफैलाई चिनेका छौ, बाबालाई चिनेका छौ, वर्साको अधिकारी बनेका छौ त्यसैले अरूलाई पनि आफूसमान बनाऊ किनकि अहिले सबैले मुक्ति चाहन्छन्। सबैलाई मुक्तिमा पठाएर तिमी बाबाको वरदानबाट राज्य अधिकारी बन्नेछौ, त्यसैले बाबाले हरेक बच्चालाई यही सङ्कल्प दिइरहनुभएको छ– निर्विघ्न भव, सेवाधारी भव। जुन बच्चाहरू बाबाका बनेका छौ, तिमी बच्चाहरूलाई सङ्गमयुगी ब्राह्मण जीवनको मजा अनुभव भइरहेको छ र भइरहनेछ। त्यसैले चाहे नयाँ आएका छौ, चाहे पुराना पनि छौ, तर जसले आफूलाई सम्झन्छौ बाबाको वर्साको अधिकारी हौँ, तिमी बच्चाहरू अतीन्द्रिय सुखमा झुलिरहन्छौ र पहिला पनि जुन सङ्कल्प गरेका छौ, संस्कारमाथि विजयी बन्ने सङ्कल्प लिएका छौ, त्यस्ता तिमी सबै आत्माहरू करोडौँमा कोही बनेका छौ वा कोहीमा पनि कोही बनेका छौ? जनक बच्चीले भनेकी छन् नि, खासगरी १०८ को माला, १६ हजारको मालाको मिलन गर्ने। तिमीहरू जसले सम्झन्छौ– म १६ हजार वा १०८ यी मालामा अवश्य आउने छु, उनले हात उठाऊ।

नयाँ नयाँले पनि उठाइरहेका छन्। बधाई छ। निश्चयबुद्धि विजयी हुन्छन्। बापदादालाई पनि थाहा छ, जो निश्चयबुद्धि छन् तिनीहरू अगाडि बढ्न सक्छन्, बढ्नेछन्। अच्छा। जो पहिलोपटक आएका छौ, तिमीहरूले हात उठाऊ। सबैको तर्फबाट बापदादाले तिमीहरूलाई बधाई दिइरहनुभएको छ। जुन निश्चय गरेका छौ नि, यसलाई अमृतवेला सदा रिभाइज गरिराख्नुछ। अच्छा। बापदादालाई बच्चाहरूलाई देखेर खुसी हुन्छ, समय टु-लेट हुनुभन्दा पहिला आफ्नो वर्साको अधिकारी बनेका छौ। त्यसैले यहाँ आएका सबै परिवारको तर्फबाट वा आआफ्ना सेन्टरहरूमा रहने सबै बच्चाहरूको तर्फबाट पनि बापदादाले तिमी सबैलाई बधाई दिइरहनुभएको छ। अब तिमीले एउटा कमाल गर्नुछ, हिम्मत छ? भन, हिम्मत छ? तिमीहरू पहिलेदेखि नै निर्विघ्न रहनुछ। निश्चय र नसामा नम्बरवनमा आउनुछ। बापदादालाई खुसी हुन्छ, पुराना त पुराना हुन् तर नयाँले पनि छोटो समयमा कमाल देखाउनेछन्। अच्छा।

अहिले बापदादाले चाहे नयाँ हौ, चाहे पुराना हौ, सबैलाई एक सेकेन्डको कार्य दिनुहुन्छ। सबैले भर्खरै एक सेकेन्डमा आफूलाई र सबै सङ्कल्पहरूबाट टाढा राखेर एक सेकेन्डमा आफूलाई बिन्दुरूपमा स्थित गर्न सक्छौ, गर्नेछौ? एक सेकेन्डमा म बिन्दु हुँ, कुनै सङ्कल्प छैन बिन्दु हुँ। (ड्रिल गराउनुभयो) जसले सेकेन्डमा आफूलाई बिन्दु स्थितिमा स्थित गरेका छौ, उनीहरूले हात उठाऊ। सेकेन्डमा बिन्दु लगायौ। अच्छा। अहिले यो प्राक्टिस १५ दिन, दिनभरिमा हरेक घण्टामा एक सेकेन्डमा बिन्दु लगाऊ, यो प्राक्टिस हरेकले गर्नु अनि त्यहाँ वातावरणमा रहेर, आफ्नो कार्यमा रहेर चेक गर्नु– एक सेकेन्डमा बिन्दु रूपमा स्थित हुनमा सफलता मिल्यो? किनकि यहाँ त वायुमण्डल पनि छ, तर आआफ्नो स्थानमा रहेर सेकेन्डमा बिन्दुस्वरूपमा स्थित हुन सक्छौ, यो अभ्यास गर्नु किनकि बापदादाले बताउनुभएको छ, जति अगाडि चल्दै जान्छौ त्यति यो एक सेकेन्डमा बिन्दु स्थितिमा स्थित हुन आवश्यक हुनेछ, त्यसैले आफूलाई नै चेक गर्नुछ अनि आआफ्नो स्थानमा रिपोर्ट लेखेर टिचरलाई दिनुछ। फेरि टिचरहरूद्वारा चाहे यहाँ छौ वा नभए पनि, सबै क्लासहरूको लागि यो होमवर्क हो, यसको नतिजा बापदादाको नजिक आउनेछ अनि हेर्नुहुनेछ, यसबाट थाहा हुनेछ– तिमी १०८ वा १६ हजारको माला, त्यसको अधिकारी हौ। सेकेन्डमा दैनिक दिनचर्यामा कति सफल भयौ, त्यसबाट थाहा हुनेछ– तिमी केको लागि योग्य छौ! किनकि अहिले हात उठाउन लगाउनुहुन्छ, कसले आफूलाई सम्झन्छन् यथार्थ धारणामा– म १०८ वा १६ हजारको मालामा आउनेछु, यसमा सबैले उठाइदिनेछन्, त्यसैले तिमीले केवल नतिजा लेख्नु त्यसबाट बुझ्नुहुनेछ किनकि दादीहरूले मानौँ नाम दिन्छन् भने कसैले सम्झनेछन् हामी पनि आउन सक्छौँ नि, त्यसैले यस रिपोर्टबाट थाहा हुनेछ।

बापदादा सोध्नुहुन्छ– सदा सेकेन्डमा जुन रूप अनुभव गर्न चाहन्छौ त्यो रूप अनुभव गर्न सक्छौ? सेकेन्डमा? जुन ५ स्वरूप सुनाइएको थियो, त्यो पनि जहिले चाहन्छौ त्यतिबेलै सेकेन्डमा ती स्वरूप बन्न सक्छौ? यो प्राक्टिस गरेमा आफैलाई थाहा हुन्छ– म जे चाहन्छु त्यस स्थितिमा सेकेन्डमा रहन सक्छु वा टाइम लाग्छ! बाँकी हात उठाएकोमा बापदादा खुसी हुनुहुन्छ, धेरैजसोले हात उठाउँछन्। अहिले यो हात उठाएका छौ, तर अभ्यास गर्दागर्दै यो यस्तो हुनेछ जसरी अहिले द्वापर कलियुगको अभ्यासमा देह अभिमानमा आउनु नेचुरल भएको छ, त्यसरी नै जुन स्वरूपमा पनि स्थित हुन चाहन्छौ त्यो त्यसरी नै सहज होस् किनकि समय यस्तो आउनेछ जसमा तिमीलाई यस अभ्यासको आवश्यकता पर्नेछ। त्यसैले यो अभ्यास हरेकले आआफ्नो कार्यमा हुँदा पनि गरिराख र नतिजा आफ्ना निमित्त टिचरहरूलाई दिँदै जाऊ। यस वर्षको समाप्तिमा यो प्राक्टिस गर्दै जानुछ। आफ्नो चेक आफैले गर, आफ्नो टिचर पनि आफै बन, तर नतिजा देखाउनको लागि आफ्नो चार्ट दिइरह्यौ भने त्यसमा अटेन्सन जानेछ। यस्तो अनुभव गर जसरी हातलाई जहाँ चाहन्छौ त्यहाँ रोक्न सक्छौ नि! त्यसरी नै मनलाई जुन स्थितिमा राख्न चाहन्छौ त्यस स्थितिमा रहोस्। यादगारमा महामन्त्र पनि मनमनाभव हो। यसको मनको ड्रिलमा सफलता कति छ, त्यो आफैले अनुभव गर। बापदादा यही चाहनुहुन्छ– एक एक बच्चा अहिले सङ्गमयुगको सुख, सङ्गमयुगका प्राप्तिहरू, हरेक प्राप्तिको अनुभवी बनुन्। आफैलाई चेक गर्नुछ, हर प्राप्ति, हर शक्ति, हर ज्ञानको रहस्यलाई, योगको हरेक विधिलाई, धारणामा पनि हरेक धारणामा अनुभवी बनेको छु? आफ्नो सारा चेकिङ गर्दै जाऊ अनि सबैभन्दा अगाडि बढाउँदै जाऊ। त्यसैले आज बापदादाले चेकिङ र प्राप्ति यसलाई चेक गर्नको लागि भनिरहनुभएको छ। कुनै पनि प्राप्तिमा कम भयौ भने ड्रामा अनुसार परीक्षाहरू पनि समय अनुसार तिनै आउनेछन्, त्यसैले सबै विषयमा सम्पन्न र सम्पूर्ण बन्ने कुराको चेक गर अनि चेन्ज गर।

आजको दिन बापदादाले तिमी सबैको साधारण स्वरूपमा पनि तिम्रो भविष्यको रूप, प्राप्तिहरूको रूप देखिरहनुभएको छ। अच्छा। सबैतिरका सिकिलधे, बापदादाका दिलतख्तनसिन, बापदादाका फरमानबरदार, आज्ञाकारी, तीव्र पुरुषार्थी बच्चाहरूलाई बापदादाको धेरै धेरै दिलको प्यार र बापदादाको बधाई छ, बधाई छ, बधाई छ। बापदादालाई पनि बच्चाहरूलाई देखेर खुसी हुन्छ वाह, वाह, वाह! मेरा बच्चाहरू वाह!

वर्षभरि नै निर्विघ्न र खुसमिजाज रहनु। आफ्नो चलन र चेहराबाट सबैलाई खुसी र मुस्कुराहट सिकाउनु। सदा उड्नु र उडाउनु। हिँड्ने होइन उड्नु छ। उड्तीकला सबैलाई प्रिय छ। त्यसैले उड्दा उड्दै सन्देश दिनुछ। सबै तिमीलाई देखेर खुसीको झुलामा झुलुन्। ह्याप्पी ह्याप्पी ह्याप्पी न्यु इयर। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

वरदान:–
ईश्वरीय भाग्यमा लाइटको क्राउन प्राप्त गर्ने सर्व प्राप्ति स्वरूप भव

दुनियाँमा भाग्यको निसानी राज्य भाग्य हुन्छ अनि राज्य भाग्यको निसानी ताज हुन्छ। त्यसरी नै ईश्वरीय भाग्यको निसानी लाइटको क्राउन हो। अनि यस क्राउनको प्राप्तिको आधार पवित्रता हो। सम्पूर्ण पवित्र आत्माहरू लाइटको ताजधारी हुनुको साथसाथै सर्व प्राप्तिहरूले पनि सम्पन्न हुन्छन्। कुनै पनि प्राप्तिको कमी छ भने लाइटको क्राउन स्पष्ट देखिँदैन।

स्लोगन:–
आफ्नो रुहानी स्थितिमा स्थित रहनेहरू नै मनसा महादानी हुन्।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर

अहिले राम्रो राम्रो भन्छन्, तर राम्रो बन्नुछ यो प्रेरणा मिलिरहेको छैन। त्यसको एउटै उपाय हो– सङ्गठित रूपमा ज्वालास्वरूप बन्नु। एकएक चैतन्य लाइट हाउस बन्नु। सेवाधारी हौ, स्नेही हौ, एक बल एक भरोसावाला हौ, यो त सबै ठिक छ, तर मास्टर सर्वशक्तिमानको स्थिति, तिम्रो स्थितिमा होस् अनि सबै तिम्रो अगाडि परवानासमान चक्कर लगाउन थाल्नेछन्।