12.08.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीलाई सेवा को धेरै उमङ्ग आउनुपर्छ , तिमीसँग ज्ञान र योग छ भने अरूलाई पनि सिकाऊ , सेवा को वृद्धि गर।”

प्रश्न:–
सेवामा उमङ्ग नआउनुको कारण के हो? कुन विघ्नको कारणले उमङ्ग आउँदैन?

उत्तर:–
सबैभन्दा ठुलो विघ्न हो विकारी दृष्टि। यो बिमारीले सेवामा उमङ्गमा आउन दिँदैन। यो धेरै कडा बिमारी हो। यदि विकारी दृष्टि शीतल भएको छैन, गृहस्थ व्यवहारमा दुवै पाङ्ग्रा ठिकसँग चल्दैनन् भने गृहस्थको बोझ हुन्छ, फेरि हल्का भएर सेवामा उमङ्गमा आउन सक्दैनौ।

गीत:–
जाग सजनियाँ जाग...

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरूले यो गीत सुन्यौ। यस्ता दुई-चार राम्रा गीतहरू छन्, ती गीतहरू सबैसँग हुनुपर्छ वा टेपमा भर्नुपर्छ। तर यो गीत त मानिसहरूले बनाएको भनिन्छ। ड्रामा अनुसार अनुभूति भएको छ, जुन फेरि बच्चाहरूलाई काम लाग्छ। यस्ता गीतहरू सुन्दा बच्चाहरूलाई नशा चढ्छ। बच्चाहरूलाई त नशा चढिरहनुपर्छ– अहिले हामीले नयाँ राज्य स्थापना गरिरहेका छौँ। रावणबाट लिइरहेका छौँ। जस्तै कसैलाई लड्नेबेलामा ख्याल हुन्छ नि– यिनीहरूको राज्य हडप गरिहालौँ। यिनीहरूको गाउँ हामीले आफ्नो हातमा पारौँ। तर उनीहरू सबै हदको लागि लड्छन्। तिमी बच्चाहरूको लडाइँ मायासँग छ, जसको बारेमा तिमी ब्राह्मणहरू बाहेक अरू कसैलाई थाहा छैन। तिमीलाई थाहा छ– हामीले यस विश्वमा गुप्त रीतिले राज्य स्थापना गर्नुछ अथवा बाबाबाट वर्सा लिनुछ। यसलाई वास्तवमा लडाइँ पनि भनिँदैन। ड्रामा अनुसार तिमी जो सतोप्रधानबाट तमोप्रधान बनेका छौ, फेरि सतोप्रधान बन्नुछ।

तिमीले आफ्ना जन्महरूलाई जानेका थिएनौ। अहिले बाबाले सम्झाउनुभएको छ। अरू जुनसुकै पनि धर्मका हुन्, तिनीहरूलाई यो ज्ञान मिल्दैन। बाबाले तिमी बच्चाहरूलाई नै बसेर सम्झाउनुहुन्छ। गायन पनि छ– धर्ममा नै तागत छ। भारतवर्षका मानिसहरूलाई यो थाहा छैन– हाम्रो धर्म के हो। तिमीलाई बाबाद्वारा थाहा भएको छ– हाम्रो धर्म आदि सनातन देवी-देवता धर्म हो। बाबा आएर फेरि तिमीलाई त्यस धर्ममा ट्रान्सफर गर्नुहुन्छ। तिमीलाई थाहा छ– हाम्रो धर्म कति सुखदायक छ। तिमीले कसैसँग लडाइँ आदि गर्नुछैन। तिमी त आफ्नो स्वधर्ममा टिक्नुछ र बाबालाई याद गर्नुछ, यसमा पनि समय लाग्छ। यस्तो होइन– केवल भनेर मात्रै टिक्छौ। भित्र यो स्मृति रहनुपर्छ– म आत्मा शान्त स्वरूप हुँ। म आत्मा अहिले तमोप्रधान पतित बनेको छु। म आत्मा शान्तिधाममा भएको बेलामा पवित्र थिएँ, फेरि पार्ट खेल्दाखेल्दै तमोप्रधान बनेको छु। अहिले फेरि पवित्र बनेर हामीहरू घर फर्किनुछ। बाबाबाट वर्सा लिनको लागि आफूलाई आत्मा निश्चय गरेर बाबालाई याद गर्नुछ। तिमीलाई नशा चढ्छ– हामी ईश्वरका सन्तान हौँ। बाबालाई याद गरेमा नै विकर्म विनाश हुन्छन्। कति सहज छ– यादद्वारा हामी पवित्र बनेर फेरि शान्तिधाममा जान्छौँ। दुनियाँले यो शान्तिधाम, सुखधामलाई पनि जान्दैन। यी कुरा कुनै शास्त्रमा छैनन्। ज्ञान सागरको छ नै एउटै गीता, जसमा केवल नाम परिवर्तन गरिएको छ। सर्वका सद्गतिदाता, ज्ञानका सागर उहाँ परमपिता परमात्मालाई भनिन्छ। अरू कसैलाई ज्ञानवान् भन्न सकिँदैन। उहाँले ज्ञान दिइसकेपछि मात्रै तिमी ज्ञानवान् बन्छौ। अहिले सबै भक्तिमा छन्। तिमी पनि भक्तिमै थियौ। अहिले फेरि ज्ञानवान् बन्दै गइरहेका छौ। पुरुषार्थ अनुसार नम्बरवार कसैमा ज्ञान छ, कसैमा छैन। त्यसैले के भन्ने? त्यो हिसाबले उच्च पद पाउन सक्दैनन्। बाबाले सेवाको लागि कति छलाङ् लगाउँछन्। बच्चाहरूमा अहिले त्यो तागत आएको छैन, जसले कसैलाई राम्रोसँग सम्झाउँछन्। यस्ता युक्तिहरू रच्नुछ। हुन त बच्चाहरूले मेहनत गरेर सम्मेलन आदि गरिरहेका छन्, गोपहरूमा केही तागत हुन्छ, उनीहरूको सङ्कल्प हुन्छ– सङ्गठन यस्तो होस् जसमा युक्तिहरू निकाल्न सकिन्छ। सेवा वृद्धि कसरी हुन्छ? मेहनत गरिरहेका छन्। नाम हुन त शक्ति सेना हो तर यिनीहरूले पढेलेखेका छैनन्। कोही फेरि अनपढले पनि पढेलेखेकालाई राम्रोसँग पढाउँछन्। बाबाले सम्झाउनुभएको छ– विकारी दृष्टिले ठुलो नोक्सान पार्छ। यो बिमारी धेरै कडा छ त्यसैले छलाङ् लगाउँदैनन्। अनि बाबा सोध्नुहुन्छ– तिमीहरू युगल दुवै पाङ्ग्रा राम्रोसँग चलिरहेका छौ? उतातिर कति ठुला ठुला सेनाहरू छन्, स्त्रीहरूको पनि झुन्ड हुन्छ, पढेलेखेका छन्। उनीहरूलाई मद्दत पनि मिल्छ। तिमी त गुप्त छौ। कसैलाई पनि थाहा छैन– यी ब्रह्माकुमार कुमारीहरूले के गर्छन्। तिमीहरूमा पनि नम्बरवार छौ। गृहस्थ व्यवहारका बोझहरूले मानिस थकित र झुकेका देखिन्छन्। ब्रह्माकुमार कुमारी कहलाउँछन् तर त्यो विकारी दृष्टि शीतल हुँदैन। दुवै पाङ्ग्रा एकैनासका हुन धेरै मुस्किल छ। बाबा बच्चाहरूलाई सेवा गर्नको लागि सम्झाइरहनुहुन्छ। कोही धनवान भएपनि उमङ्गमा आउँदैनन्। धनका भोका हुन्छन्, तिनीहरूले आफ्नो बच्चा नभए पनि गोद लिन्छन्। उमङ्ग आउँदैन– बाबा हामी बसेका छौँ। हामीले ठुलो भवन लिएर दिन्छौँ।

दिल्लीमाथि बाबाको विशेष नजर छ किनकि दिल्ली भारतको राजधानी, मुख्य कार्यालय हो। बाबा भन्नुहुन्छ– दिल्लीमा विशेष सेवाको घेराऊ हाल। कसैलाई पनि सम्झाउनको लागि भित्र पस्नुपर्छ। गायन पनि छ– पाण्डवहरूलाई कौरवहरूबाट ३ पाउ पृथ्वी पनि मिलेको थिएन। यो कौरव शब्द त गीताको हो। भगवानले आएर राजयोग सिकाउनुभयो, त्यसको नाम गीता राखिएको छ। तर गीताका भगवानलाई बिर्सिएका छन् त्यसैले बाबा घरी घरी भनिरहनुहुन्छ– मुख्य यही प्वाइन्टलाई नै लिनुछ। पहिला बाबा भन्नुहुन्थ्यो– बनारसका विद्वत् मण्डलीलाई सम्झाऊ। बाबाले युक्तिहरू त बताइरहनुहुन्छ। फेरि राम्रोसँग कोसिस गर्नुछ। बाबा बारम्बार सम्झाइरहनुहुन्छ। दिल्लीको लागि नम्बर वन युक्ति रच। सङ्गठनमा पनि यो विचार गर। मूल कुरा हो– दिल्लीमा ठुलो मेला आदि कसरी गर्ने। उनीहरूले त दिल्लीमा धेरै नै भोक हड्ताल आदि गर्छन्। तिमीले त यस्तो कुनै काम गर्दैनौ। लडाइँ झगडा केही गर्नुछैन। तिमीले त केवल सुतेकालाई जगाउँछौ। दिल्लीवासीहरूले नै मेहनत गर्नुछ। तिमीलाई त थाहा छ– हामी ब्रह्माण्डका पनि मालिक फेरि कल्प पहिला अनुसार सृष्टिका पनि मालिक बन्छौँ। यो अवश्य पक्का निश्चय छ। विश्वको मालिक बन्नु नै छ। अहिले तिमीलाई ३ पाउ पृथ्वी पनि राजधानीमा नै चाहिन्छ, जहाँ ज्ञानका गोला छोड्नुछ। नशा हुनुपर्छ नि! यसमा ठुलाबडाहरूको आवाज चाहिन्छ नि! यस समयमा सारा भारतवर्ष गरिब छ। गरिबहरूको सेवा गर्नको लागि नै बाबा आउनुहुन्छ। दिल्लीमा त धेरै राम्रो सेवा हुनुपर्छ। बाबाले इसारा दिइरहनुहुन्छ। दिल्लीका मानिसहरूले जान्दछन्– बाबाले हाम्रो ध्यान खिचाउनुहुन्छ। आपसमा क्षीरखण्ड हुनुपर्छ। पाण्डवहरूले आफ्नो किल्ला त बनाऊ। दिल्लीमा नै किल्ला बनाउनुपर्छ। यसमा दिमाग धेरै राम्रोसँग लगाउनुपर्छ। धेरै कुरा गर्न सक्छौ। उनीहरूले त धेरै गाउँछन् – भारत हाम्रो देश हो, हामीले यसो गर्छौँ। तर आफैमा केही दम हुँदैन। विदेशको मद्दत बिना उन्नती गर्न सक्दैनन्। तिमीलाई त बेहदका बाबाबाट धेरै मद्दत मिलिरहेको छ। यति मद्दत कसैले दिन सक्दैन। अब छिटै किल्ला बनाउनुछ। तिमी बच्चाहरूलाई बाबाले विश्वको बादसाही दिनुहुन्छ, त्यसैले धेरै हौसला हुनुपर्छ। परचिन्तनमा धेरैको बुद्धि अल्झिन्छ। माताहरूमाथि बन्धनको दिक्दारी हुन्छ। पुरुषहरूमा कुनै बन्धन हुँदैन। माताहरूलाई अबला भनिन्छ। पुरुष बलवान् हुन्छन्। पुरुषले विवाह गरेपछि उनीहरूलाई शक्ति दिइन्छ– तिमी नै गुरु, ईश्वर सबैथोक हौ। स्त्री त पुच्छरजस्तै हुन्। पछाडि झुन्डिनेहरू त साँच्चै पुच्छर भएर नै झुन्डिन्छन्। पतिमा मोह, बच्चामा मोह, पुरुषहरूलाई त्यति मोह हुँदैन। उनीहरूको त एउटा जुत्ता गयो भने दोस्रो तेस्रो लिइदिइन्छन्। यस्तै बानी परेको हुन्छ। बाबाले त सम्झाइरहनुहुन्छ– यो यो कुरा अखबारमा छपाइदेऊ। बच्चाहरूले बाबाको प्रत्यक्षता गर्नुछ। यो सम्झाउने तिमीहरूको काम हो। बाबासँग त दादा पनि हुनुहुन्छ। त्यसैले उहाँ जान सक्नुहुन्न। भन्छन्– शिवबाबा यो बताउनुहोस्, हामीमाथि यी आपतहरू आएका छन्, यसमा हजुरले राय सल्लाह दिनुहोस्। यस्ता यस्ता कुरा सोध्छन्। बाबा त आउनुभएको छ पतितहरूलाई पावन बनाउन। बाबा भन्नुहुन्छ– तिमी बच्चाहरूलाई सबै ज्ञान मिल्छ। कोसिस गरेर आपसमा मिलेर राय सल्लाह गर। तिमी बच्चाहरूले अहिले विहङ्ग मार्गको सेवाको अनौठो खेल देखाउनुपर्छ। कमिलाको जस्तो ढिलो सेवा त हुँदै आएको छ। तर यस्तो तमासा देखाऊ, जसबाट धेरैको कल्याण हुन्छ। बाबाले यो कुरा कल्प पहिला पनि सम्झाउनुभएको थियो, अहिले पनि सम्झाउनुहुन्छ। धेरैको बुद्धि कहीँ न कहीँ फसेको छ। उमङ्ग हुँदैन। तुरुन्त देह अभिमान आइहाल्छन्। देह अभिमानले नै सत्यानाश गरेको छ। अब बाबाले सत्यता र इमान्दारीतालाई उच्च बनाउने कति सहज कुरा बताउनुहुन्छ। बाबालाई याद गरेमा त्यो शक्ति आउँछ। नत्र शक्ति आउँदैन। हुन त सेवाकेन्द्र सम्हाल्छन्, तर नशा हुँदैन किनकि देह अभिमान हुन्छ। देहीअभिमानी बन्यौ भने नशा चढ्छ। हामी कुन बाबाका बच्चा हौँ। बाबा भन्नुहुन्छ– जति तिमी देहीअभिमानी हुन्छौ, त्यति शक्ति आउँछ। आधाकल्पको देह अभिमानको नशा छ, त्यसैले देहीअभिमानी बन्नमा धेरै मेहनत लाग्छ। यस्तो होइन– बाबा ज्ञानका सागर हुनुहुन्छ, हामीले पनि ज्ञान लिएका छौँ, धेरैलाई सम्झाउँछौँ तर यादको धार पनि चाहिन्छ। ज्ञान तरबार हो। याद फेरि यात्रा हो। दुवै अलग चीज हुन्। ज्ञानमा यादको यात्राको धार चाहिन्छ। त्यो छैन भने काठको तरबार हुन्छ। सिखहरूले तरबारको कति मान राख्छन्। त्यो त हिंसक थियो, जसबाट लडाइँ गरे। वास्तवमा गुरुहरूले लडाइँ कहाँ गर्न सक्छन् र! गुरु त अहिंसक हुनुपर्छ नि! लडाइँबाट कहाँ सद्गति हुन्छ र! तिम्रो त हो योगको कुरा यादको बल बिना ज्ञानको तरबारले काम गर्दैन। विकारी दृष्टिले ठुलो नोक्सान पार्छ। आत्माले कानबाट सुन्छ, बाबा भन्नुहुन्छ– तिमी यादमा मस्त रह्यौ भने सेवा बढ्दै जान्छ। कहिलेकाहीँ भन्छन्– बाबा, आफन्तले सुन्दैनन्। बाबा भन्नुहुन्छ– यादको यात्रामा कच्चा छौ, त्यसैले ज्ञानको तरबारले काम गर्दैन। याद गर्ने मेहनत गर। यो हो गुप्त मेहनत। मुरली चलाउनु त प्रत्यक्ष कुरा हो। यादमा नै गुप्त मेहनत छ, जसबाट शक्ति मिल्छ। ज्ञानबाट शक्ति मिल्दैन। तिमी पतितबाट पावन यादको बलले बन्छौ। कमाइको नै पुरुषार्थ गर्नुछ।

बच्चाहरूको याद एकरस हुन्छ, अवस्था राम्रो छ भने धेरै खुसी हुन्छ र याद ठीक छैन, कुनै कुरामा शङ्कामा परे भने खुसी गायब हुन्छ। के विद्यार्थीलाई टिचरको याद आउँदैन होला र! यहाँ त घरमा बसेर, सबैकुरा गरेर टिचरलाई याद गर्नुछ। यहाँ टिचरबाट त धेरै धेरै उच्च पद मिल्छ। गृहस्थ व्यवहारमा पनि रहनुछ। टिचरको याद रह्यो भने पनि बाबा र गुरुको याद अवश्य आउँछ। कति प्रकारले सम्झाइरहनुहुन्छ। तर घरमा फेरि धनदौलत, बालबच्चा आदि देखेर बिर्सिन्छन्। सम्झाउन त धेरै सम्झाउनुहुन्छ। तिमीले रुहानी सेवा गर्नुछ। बाबाको याद नै सर्वश्रेष्ठ सेवा हो। मनसा-वाचा-कर्मणा बुद्धिमा बाबाको याद रहोस्। मुखबाट पनि ज्ञानकै कुरा सुनाऊ। कसैलाई दुःख दिनुछैन। कुनै गर्न नहुने काम गर्नुछैन। पहिलो कुरा अल्फ नचिन्दा अरू केही पनि बुझ्दैनन्। पहिला अल्फ को विषयमा पक्का निश्चय गराऊ, त्यो भन्दा पहिला अगाडि बढ्नुहुँदैन। शिवबाबाले राजयोग सिकाएर विश्वको मालिक बनाउनुहुन्छ। यो फोहोरी दुनियाँमा मायाको प्रदर्शन (सो) धेरै हुन्छ। कति फेसन निस्किएको छ। यस्तो फोहोरी दुनियाँदेखि घृणा आउनुपर्छ। एक बाबालाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन्। पवित्र बन्छौ। समय ब्यर्थमा नगुमाऊ। राम्रोसँग धारणा गर। माया दुस्मनले धेरैको अक्कल खाइदिन्छ। कमान्डरले गल्ती गरे भने उनीहरूलाई बर्खास्त पनि गर्छन्। स्वयं कमान्डरलाई पनि लाज लाग्छ, फेरि राजिनामा पनि दिन्छन्। यहाँ पनि यस्तै हुन्छ। राम्रा राम्रा कमान्डरहरू कहिलेकाहीँ हिम्मतहीन बन्न पुग्छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यादको गुप्त मेहनत गर्नुछ। यादको मस्तीमा रहेमा सेवा स्वतः नै बढ्दै जानेछ। मनसा-वाचा-कर्मणा यादमा रहने पुरुषार्थ गर्नुछ।

२) मुखबाट ज्ञानका कुरा नै सुनाउनुछ, कसैलाई दुःख दिनुछैन। कुनै पनि गर्न नहुने कार्य गर्नुछैन। देहीअभिमानी बन्ने मेहनत गर्नुछ।

वरदान:–
फलाम समान आत्मालाई पारस बनाउने मास्टर पारसनाथ भव

तिमीहरू सबै पारसनाथ बाबाका बच्चा मास्टर पारसनाथ हौ– त्यसैले जस्तोसुकै फलामसमान आत्मा होस् तर तिम्रो सङ्गतले फलाम पनि पारस बनोस्। यो फलाम हो– यस्तो कहिल्यै नसोच। पारसको काम नै हो फलामलाई पारस बनाउनु। यही लक्ष्य र लक्षण सदैव स्मृतिमा राखेर हर सङ्कल्प, हर कर्म गर्नुछ, त्यसपछि अनुभव हुनेछ– म आत्माको प्रकाशको किरणले अनेक आत्माहरूलाई स्वर्णिम सत्ययुगी बनाउने शक्ति दिइरहेको छ।

स्लोगन:–
हरेक कार्य साहसले गरेमा सबैको सम्मान प्राप्त हुनेछ।

अव्यक्त इसारा:– सहजयोगी बन्नुछ भने परमात्म प्रेमको अनुभवी बन

परमात्म प्रेम यो श्रेष्ठ ब्राह्मण जन्मको आधार हो। भनिन्छ पनि– प्रेम छ भने दुनियाँ छ, जीवन छ। प्रेम छैनभने जीवन पनि हुँदैन, दुनियाँ पनि हुँदैन। प्रेम मिल्यो अर्थात् दुनियाँ मिल्यो। दुनियाँ एक थोपाको प्यासी छ र तिमी बच्चाहरूको यो प्रभु प्रेम सम्पत्ति हो। यही प्रभु प्रेमले पालिन्छौ अर्थात् ब्राह्मण जीवनमा अगाडि बढ्छौ। त्यसैले सदैव प्रेमको सागरमा लवलीन रहने गर।