12.08.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यादमा रहनाले राम्रो दशा बस्छ , अहिले तिमीमाथि बृहस्पतिको दशा छ , त्यसैले तिम्रो चढ्ती कला छ।”

प्रश्न:–
यदि योगमा पूरा अटेन्सन छैन भने त्यसको परिणाम (रिजल्ट) के हुन्छ? निरन्तर यादमा रहने युक्तिहरू के हुन्?

उत्तर:–
यदि योगमा पूरा अटेन्सन छैन भने चल्दा-चल्दै मायाको प्रवेशता हुन्छ, गिर्छन्। २) देह-अभिमानी बनेर अनेक भुलहरू गरिरहन्छन्। मायाले उल्टो कर्म गराइरहन्छ। पतित बनाइदिन्छ। निरन्तर यादमा रहनको लागि मुखमा मुहलरा लगाऊ (मौन बस), क्रोध नगर, देहसहित सबै थोक भुलेर म आत्मा हुँ, परमात्माको बच्चा हुँ– यो अभ्यास गर। योगबलबाट के-के प्राप्तिहरू हुन्छन्, तिनलाई स्मृतिमा राख।

गीत:–
ओम् नमो शिवाय...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले आफ्ना रुहानी बाबा शिवबाबाको महिमा सुन्यौ। जब पाप बढ्छ अर्थात् मानिसहरू पाप आत्मा बन्छन्, तब मात्र पतित-पावन बाबा आउनुहुन्छ, आएर पतितहरूलाई पावन बनाउनुहुन्छ। उहाँ बेहदका बाबाको नै महिमा छ, उहाँलाई वृक्षपति पनि भनिन्छ। यस समय बेहदका बाबाद्वारा बेहदको दशा, बृहस्पतिको दशा तिमीमाथि बसेको छ। विशेष र समान्य दुई शब्दहरू हुन्छन् नि। यिनको पनि अर्थ यहाँ नै सिद्ध हुन्छ। बृहस्पतिको दशाले विश्व जीवनमुक्त बन्छ अर्थात् आफ्नो स्वराज्य पद पाउँछन् किनकि सच्चा बाबा जो हुनुहुन्छ, जसलाई ट्रुथ भनिन्छ, उहाँले आएर हामीलाई नरबाट नारायण बनाउनुहुन्छ। बाँकी जो छन्, उनीहरू नम्बरवार आ-आफ्नो धर्मको सेक्सनमा गएर बस्नेछन् र आउँछन् पनि नम्बरवार। कलियुगको अन्त्यसम्म आइरहन्छन्। हरेक आत्मालाई आ-आफ्नो धर्ममा आ-आफ्नो पार्ट मिलेको छ। राजाइमा राजादेखि लिएर प्रजासम्म सबैलाई आ-आफ्नो पार्ट मिलेको छ। नाटक छ पनि राजादेखि लिएर प्रजासम्म। सबैले आ-आफ्नो पार्ट खेल्नुपर्छ। अब बच्चाहरूलाई थाहा छ, हाम्रो माथि अहिले बृहस्पतिको दशा बसेको छ। यस्तो होइन एकै दिन बस्छ। होइन, तिम्रो बृहस्पतिको दशा चलिरहेको छ। अहिले तिम्रो चढ्ती कला छ। जति याद गर्छौ, त्यति चढ्ती कला हुन्छ। याद भुल्नाले मायाका विघ्नहरू आउँछन्। यादले दशा राम्रो बस्छ। राम्रोसँग याद गरेनौ भने अवश्य गिर्ने छौ। फेरि उनीहरूबाट केही न केही भुलहरू हुनेछन्। बाबाले सम्झाउनुभएको छ, ड्रामा अनुसार सबै धर्मवाला जो पनि छन्, एक-अर्काको पछाडि पार्ट खेल्नको लागि आउँछन्। बच्चाहरूलाई थाहा छ, स्वर्गको दशा अर्थात् जीवनमुक्तिको दशा अब हाम्रो माथि बसेको छ। यो ड्रामाको चक्र कसरी घुम्छ, यसलाई पनि डिटेलमा बुझ्नु छ। यो सृष्टि ड्रामाको चक्र खास यहाँ बनेको छ। बाबा पनि भारतभूमिमा नै आउनुहुन्छ। गाइएको छ– आश्चर्यवत् सुनन्ती, कथन्ती, भागन्ती... चल्दा-चल्दै मायाको प्रवेशता हुनाले गिर्छन्। योगमा पूरा अटेन्सन दिँदैनन्, फेरि बाबा आएर सञ्जीवनी बुटी दिनुहुन्छ अर्थात् पुनर्जीवित गर्ने बुटी दिनुहुन्छ। हनुमान पनि तिमी नै हौ। बाबाले सम्झाउनुभएको छ, यस समय रावणलाई भगाउनको लागि यो बुटी सुँघाइदिन्छु।

बाबाले तिमीलाई सबै सत्य कुराहरू बताउनुहुन्छ। सत्य हुनुहुन्छ नै एक बाबा, जसले आएर तिमीलाई सत्यनारायणको कथा सुनाएर सत्ययुगको स्थापना गर्नुहुन्छ। उहाँलाई भनिन्छ नै ट्रुथ, सत्य बताउनेवाला। तिमीलाई भन्छन्– तिमी शास्त्रहरूलाई मान्छौ? भन– हो, हामी शास्त्रहरूलाई किन मान्दैनौँ र। जान्दछौँ, यी सबै भक्तिमार्गका शास्त्र हुन्। यो त हामी मान्छौँ। ज्ञान र भक्ति दुई कुरा हुन्। जब ज्ञान मिल्छ, फेरि भक्तिको के दरकार छ र। भक्ति अर्थात् गिर्ती कला। ज्ञान अर्थात् चढ्ती कला। यस समय भक्ति चलिरहेको छ। अहिले हामीलाई ज्ञान मिलेको छ, जसबाट सद्गति हुन्छ। भक्तहरूको रक्षा गर्ने एक मात्र भगवान् हुनुहुन्छ। रक्षा दुश्मनबाट गरिन्छ नि। बाबा भन्नुहुन्छ– म आएर तिम्रो रावणबाट रक्षा गर्छु। देख्छौ नि– रावणबाट कसरी रक्षा हुन्छ। यस रावणमाथि जित पाउनु छ। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू, यस रावणले तिमीलाई तमोप्रधान बनाएको छ। सत्ययुगलाई भनिन्छ सतोप्रधान, स्वर्ग। फेरि कला कम हुँदै जान्छ। अन्त्यमा जब बिल्कुलै देह-अभिमानमा आउँछन्, तब पतित बन्छन्। नयाँ घर बन्छ। महिनापछि अथवा ६ महिनापछि केही न केही कला कम हुन्छ। हरेक वर्ष घरलाई पोत्छन्। कला त कम हुँदै जान्छ नि। नयाँबाट पुरानो, पुरानोबाट फेरि नयाँ, यो सुरुदेखि लिएर हरेक कुराको हुँदै आएको छ। सम्झिइन्छ, यो घर १००, १५० वर्षसम्म चल्छ। बाबा सम्झाउनुहुन्छ, सत्ययुग भनिन्छ नयाँ दुनियाँलाई। फेरि त्रेता २५ प्रतिशत कम भनिन्छ किनकि अलिकति पुरानो हुन्छ। त्यो हो चन्द्रवंशी। उनीहरूको निसानी दिन्छन् क्षत्रिय किनकि नयाँ दुनियाँको लायक बनेनन्, त्यसैले पोजिसन कम भयो। सबै चाहन्छन् कृष्णपुरीमा जाऊँ। यस्तो कहिल्यै भन्दैनन्– रामपुरी जाऊँ। सबैले कृष्णपुरीको लागि भन्छन्। गाउँछन् पनि नि– चलो वृन्दावन भजो राधे-गोविन्द... वृन्दावनको कुरा हो। अयोध्याको लागि भन्दैनन्। श्रीकृष्णमाथि सबैको धेरै प्रेम रहन्छ। श्रीकृष्णलाई धेरै प्रेमले याद गर्छन्। श्रीकृष्णलाई देख्छन् भने भन्छन्– यस्तै पति मिलोस्, यस्तै बच्चा मिलोस्, यस्तै भाइ मिलोस्। सेन्सिबल बच्चाहरू अथवा बच्चीहरू जो हुन्छन्, उनीहरूले श्रीकृष्णको मूर्ति अगाडि राख्छन् ताकि यस्तै बच्चा मिलोस्। श्रीकृष्णको प्रेममा धेरै रहन्छन् नि। सबै चाहन्छन् कृष्णपुरी। अहिले त छ कंसपुरी, रावणको पुरी। कृष्णपुरीको धेरै महत्त्व छ। श्रीकृष्णलाई सबैले याद गर्छन्। तब बाबा भन्नुहुन्छ– तिमीले यति समय याद गर्दै आएका छौ। अब कृष्णपुरीमा जाने पुरुषार्थ गर, यिनको घरानामा त जाऊ। सूर्यवंशी ८ घराना छन्, त्यसैले यति पुरुषार्थ गर, जसले गर्दा राजाइमा आएर राजकुमार बनेर झुल। यो समझको कुरा हो नि।

बाबा भन्नुहुन्छ– बच्चाहरू, जति सकिन्छ मनमनाभव रहनु छ। यादमा नरहनाले गिर्छन्। ज्ञानले कहिल्यै गिराउँदैन। यादमा रहँदैनन् भने गिर्छन्। यसैमाथि अल्लाह अवलदीन, हातमताईका नाटक पनि बनेका छन्। यादमा रहनको लागि नै मुखमा मुहलरा लगाइदिन्थे। कसैलाई क्रोध आउँछ भने बोलिहाल्छन्, त्यसैले भन्छन् मुखमा केही राखिदेऊ। कुरा गरेनन् भने क्रोध आउँदैन। बाबा भन्नुहुन्छ– कहिल्यै पनि कोहीमाथि क्रोध नगर। तर यी कुराहरूलाई पूरा नबुझेर शास्त्रहरूमा केही न केही राखिदिएका छन्। बाबाले यथार्थ बसेर सम्झाउनुहुन्छ। बाबा जब आउनुभयो, तब त आएर सम्झाउनुभयो। जो भएर जान्छन्, उनीहरूको महिमा गाइन्छ। ट्यागोर, झाँसीकी रानी भएर गए, उनीहरूको फेरि नाटक बनाउँछन्। अच्छा, शिव पनि भएर जानुभएको छ, तब त शिव जयन्ती मनाउँछन् नि। तर शिव कहिले आउनुभयो, के आएर गर्नुभयो, यो थाहा छैन। उहाँ त सारा सृष्टिका पिता हुनुहुन्छ। अवश्य आएर सबैलाई सद्गति दिनुभएको होला। इस्लामी, बौद्धी आदि जो पनि धर्म स्थापना गरेर गएका छन्, उनीहरूको जयन्ती मनाउँछन्। तिथि-मिति सबैको छ, यिनको कसैलाई थाहा छैन। भन्छन् पनि– क्राइस्टभन्दा यति वर्ष पहिला भारतवर्ष प्याराडाइज थियो। स्वस्तिक जब बनाउँछन्, तब त्यसमा पूरा ४ भाग गर्छन्। ४ युग छन्। आयु कम-बढी हुन सक्दैन। जगन्नाथ पुरीमा चामलको हण्डा बनाउँछन्। पूरा ४ भाग हुन्छन्। बाबा भन्नुहुन्छ– यो भक्तिमार्गमा गडबड गरिदिएका छन्। अब बाबा भन्नुहुन्छ– देहसहित यी सबै कुरा भुल। म आत्मा हुँ, परमपिता परमात्माको बच्चा हुँ। यो अभ्यास राख। बाबा स्वर्गको रचयिता हुनुहुन्छ, त्यसैले अवश्य हामीलाई स्वर्गमा पठाउनुभएको होला। नर्कमा त पठाउनुहुन्न। बाबाले कसैलाई पनि नर्कमा पठाउनुहुन्न। पहिला-पहिला सबैले सुख भोग्छन्। पहिला सुख पछि दुःख। बाबा त सबैको दुःख हर्ता सुख कर्ता हुनुहुन्छ नि। आत्माले पहिला सुख फेरि दुःख देख्छ। विवेकले पनि भन्छ– हामी पहिला सतोप्रधान फेरि सतो, रजो, तमोमा आउँछौँ। मानिसहरूले पनि बुझ्छन्– विलायतवालाहरू सेन्सिबल छन्। त्यहाँ त बमहरू यस्ता बनाउँछन्, जुन फ्याट्टै खत्तम हुनेछन्। जसरी आजकल मुर्दालाई बिजुलीमा फ्याट्टै खत्तम गरिदिन्छन्, त्यसैगरी बमहरू फ्याँक्नाले आगो लाग्छ, अनि मानिसहरू पनि झट्टै खत्तम हुनेछन्। भम्भोरमा आगो लाग्नु छ। तुफान यस्ता आउँछन्, जसले गाउँका गाउँ खत्तम हुन्छन्। फेरि त्यस समय यस्तो कुनै प्रबन्ध रहँदैन, जसले बचाउ गर्न सकून्। विनाश त हुनु नै छ। पुरानो दुनियाँ खत्तम हुनु छ। गीतामा पनि वर्णन छ। बाबाले सम्झाउनुभयो– युरोपवासीले बमहरू यस्ता छोड्नेछन्, जसको पत्तो पनि हुनेछैन। तिमी बच्चाहरूलाई थाहा छ, कल्प पहिला पनि विनाश भएको थियो, अब पनि हुनेवाला छ। तिमी पनि कल्प पहिला अनुसार पढिरहेका छौ। बिस्तारै-बिस्तारै वृक्षले वृद्धि पाउँदै जान्छ। वृद्धि हुँदा-हुँदै फेरि स्थापना हुन्छ। मायाका तुफानहरूले धेरै राम्रा-राम्रा फूलहरूलाई पनि गिराइदिन्छन्। योगमा पूरा रहँदैनन् भने फेरि मायाले विघ्न पार्छ।

बाबाको बच्चा बनेर पवित्रताको प्रतिज्ञा गरी फेरि यदि विकारमा गिर्छन् भने नाम बदनाम गरिदिनेछन्। फेरि धक्का धेरै जोडले आउँछ। बाबा भन्नुहुन्छ– यो कामको चोट कहिल्यै नखानु। बच्चाहरूलाई थाहा छ, यहाँ रगतका नदीहरू बग्नु छ। सत्ययुगमा दूधका नदीहरू बग्छन्। त्यो हो नयाँ दुनियाँ, यो हो पुरानो दुनियाँ। कलियुगमा हेर के छ, नयाँ दुनियाँका वैभव त हेर। यहाँ त केही पनि छैन। बच्चीहरू साक्षात्कारमा गएर देखेर आउँछन्। सूक्ष्मवतनमा सुबीरस पिए, यो गरे, ती सबै साक्षात्कार हुन्छन्। बताउँछन्– हामी मूलवतनमा जान्छौँ। बाबाले वैकुण्ठमा पठाइदिनुहुन्छ। यी सबै साक्षात्कार आदिको ड्रामामा निश्चित छ, यसबाट केही मिल्दैन। धेरै बच्चीहरू सूक्ष्मवतनमा जान्थे, सुबीरस आदि पिउँथे। आज छैनन्। राम्रा-राम्रा फस्टक्लास बच्चाहरू गुम भए। धेरै ध्यान-साक्षात्कारमा जानेहरूले गएर बिहे गरे। अचम्म लाग्छ– माया कस्तो छ। तकदिर कसरी उल्टो पल्टिन्छ। धेरैले राम्रा-राम्रा पार्ट खेले। धेरै मदत पनि गरे सही समयमा। तैपनि आज छैनन्। तब बाबा भन्नुहुन्छ– माया तिमी धेरै जबर्जस्त छौ। मायासँग तिम्रो युद्ध चल्छ। यसलाई भनिन्छ योगबलको लडाइँ। योगबलबाट के प्राप्ति हुन्छ– यो कसैलाई थाहा छैन। केवल भारतको प्राचीन योग भन्छन्। मीठा-प्यारा बच्चाहरूलाई योगको लागि सम्झाइन्छ– प्राचीन राजयोग गाइएको छ। जो पनि फिलोसोफर आदि छन्, यो स्पिरिचुअल ज्ञान त कोहीमा छैन। रुहानी बाबा नै ज्ञानको सागर हुनुहुन्छ। उहाँलाई नै शिवाय नमः गाउँछन्। उहाँको नै महिमा गाइएको छ। बाबाले आएर तिमीलाई कति ज्ञान सम्झाउनुहुन्छ। यसलाई ज्ञानको तेस्रो नेत्र भनिन्छ र अरू कसैको तागत छैन, जसले आफूलाई त्रिकालदर्शी भन्न सकोस्। त्रिकालदर्शी केवल ब्राह्मण नै हुन्छन्, जुन ब्राह्मणहरूद्वारा यज्ञ रचिएको छ। रुद्र ज्ञान यज्ञ हो नि। रुद्र शिवलाई पनि भनिन्छ। अनेक नाम राखिदिएका छन्। हरेक देशमा नाम अलग-अलग धेरै छन्। एक बाबाबाहेक अरू कसैको यति धेरै नाम छैनन्। बबुलनाथ पनि उहाँलाई भनिन्छ। बबुल उसलाई भनिन्छ, जसमा काँडाहरू हुन्छन्। बाबा काँडाहरूलाई फूल बनाउने हुनुहुन्छ, त्यसैले उहाँको नाम बबुलनाथ राखिएको छ। बम्बेमा त्यहाँ धेरै मेला लाग्छ। अर्थ केही बुझ्दैनन्। बाबा बसेर सम्झाउनुहुन्छ, उहाँको राइट नाम हो शिव। व्यापारीहरूले पनि बिन्दुलाई शिव भनिदिन्छन्। एक-दुई गन्ती जब गर्छन्, १० मा पुग्दा भन्छन् शिव। बाबा पनि भन्नुहुन्छ– म बिन्दु हुँ, स्टार। धेरै मानिसहरूले यस्तो डबल तिलक पनि दिन्छन्। माता र पिता। ज्ञान सूर्य, ज्ञान चन्द्रमाको निसानी हो। उनीहरू अर्थ जान्दैनन्। त्यसैले बाबा योगमाथि सम्झाइरहनुभएको थियो। योग कति प्रसिद्ध छ। अहिले तिमी बच्चाहरूले योग शब्द छोडिदेऊ, याद गर। बाबा भन्नुहुन्छ– योग शब्दले बुझ्दैनन्, यादले बुझ्नेछन्। बाबालाई धेरै याद गर्नु छ। उहाँलाई साजन पनि भनिन्छ। पटरानी बनाउनुहुन्छ नि। विश्वको राजधानीको वर्सा बाबाले दिनुहुन्छ। सत्ययुगमा एक पिता हुन्छन्। भक्तिमा दुई पिता र ज्ञानमार्गमा अहिले तिमीलाई तीन पिता छन्। कति अचम्म छ। तिमी अर्थसहित जान्दछौ– सत्ययुगमा सबै सुखी नै हुन्छन्, त्यसैले पारलौकिक पितालाई जान्दै जान्दैनन्। अहिले तिमीले तीनै पितालाई जान्दछौ। कति सहज बुझ्ने कुराहरू छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) यादमा रहनको लागि मुखबाट केही पनि नबोल। मुखमा मुहलरा लगायौ भने क्रोध खत्तम हुन्छ। कोहीमाथि पनि क्रोध गर्नुहुँदैन।

२) यस दुःखधाममा अब आगो लाग्नु छ, त्यसैले यसलाई भुलेर नयाँ दुनियाँलाई याद गर्नु छ। बाबासँग जुन पवित्र रहने प्रतिज्ञा गरेका छौ, त्यसमा पक्का रहनु छ।

वरदान:–
निराकारी स्थितिको अभ्यासद्वारा मै-पनलाई समाप्त गर्ने निरहङ्कारी भव

वर्तमान समय सबैभन्दा मसिनो र सुन्दर धागो– यो मै-पन हो। यो ‘म’ शब्द नै देह-अभिमानबाट पार लैजाने पनि हो भने देह-अभिमानमा ल्याउने पनि हो। जब मै-पन उल्टो रूपमा आउँछ, तब बाबाको प्यारो बनाउनुको सट्टा कुनै न कुनै आत्माको, नाम-मान-शानको प्यारो बनाइदिन्छ। यस बन्धनबाट मुक्त बन्नको लागि निरन्तर निराकारी स्थितिमा स्थित भएर साकारमा आऊ– यस अभ्यासलाई नेचुरल नेचर बनायौ भने निरहङ्कारी बन्नेछौ।

स्लोगन:–
कसैको नराम्रो वा राम्रो कुरा सुनेर सङ्कल्पमा पनि घृणा भाव आउनु– यो पनि परमत हो।

अव्यक्त इसारा:– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन

सङ्कल्प वा स्वप्नमा पनि जब अपवित्रताको अंशमात्र नहोस्, तब भनिन्छ सच्चा ब्राह्मण, यही धारणाको लागि नै गायन छ ‘प्राण जाए पर धर्म नजाए।’ यस्तो हिम्मत, यस्तो दृढ निश्चय गर्नेहरूले कुनै पनि प्रकारको परिस्थितिमा आफ्नो धर्म अर्थात् धारणाप्रति केही पनि त्याग गर्नुपरोस्, सहन गर्नुपरोस्, सामना गर्नुपरोस्, साहस राख्नुपरोस् भने खुसी-खुसीले गर्छन्, पछि हट्दैनन्।