12.10.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी धेरै उच्च जातिका हौ , तिमी ब्राह्मणबाट देवता बन्नु छ त्यसैले फोहोरी विकारी बानीहरूलाई मेटाउनु छ।”

प्रश्न:–
कुन कुराको सम्बन्ध यो पढाइसँग छैन?

उत्तर:–
पोसाक आदिको सम्बन्ध यो पढाइसँग छैन, यसमा कुनै पोसाक परिवर्तन गर्ने कुरा नै छैन। बाबाले त आत्माहरूलाई पढाउनुहुन्छ। आत्मालाई थाहा छ, यो पुरानो पतित शरीर हो, यसलाई जस्तोसुकै साधारण लुगा लगाइदिए पनि फरक पर्दैन। शरीर र आत्मा दुवै नै काला छन्। बाबाले श्यामलाई नै सुन्दर (गोरो) बनाउनुहुन्छ।

ओम् शान्ति ।
रुहानी बाबाको सामुन्ने तिमी रुहानी बच्चाहरू रुहानी पाठशालामा बसेका छौ। यो जिस्मानी पाठशाला होइन। रुहानी पाठशालामा रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई राजयोग सिकाइरहनु भएको छ। तिमी बच्चाहरूलाई थाहा छ, हामी फेरि नरबाट नारायण अथवा देवीदेवता पद प्राप्त गर्नको लागि रुहानी बाबाको साथमा बसेका छौँ। यो नयाँ कुरा हो। तिमीलाई यो पनि थाहा छ, लक्ष्मीनारायणको राज्य थियो, तिनीहरू डबल शिरताज थिए। लाइटको ताज र रत्नजडित ताज दुवै थिए। पहिला सुरुमा लाइटको ताज हुन्छ, उनीहरूको सेतो लाइट देखाउँछन्। यो पवित्रताको निसानी हो। अपवित्रलाई कहिल्यै लाइट देखाउँदैनन्। तिमीहरूका फोटा निकाल्ने हो भने तिनमा लाइट देखाउन सकिँदैन। यो लाइट पवित्रताको निसानी देखाएका हुन्। उज्यालो र अँध्यारो। ब्रह्माको दिन उज्यालो, ब्रह्माको रात अँध्यारो। अँध्यारो अर्थात् उनीहरूमा लाइट छैन। तिमी बच्चाहरूलाई थाहा छ– बाबा नै आएर, यति जो पतित अर्थात् अँध्यारै अँध्यारा छन्, बाबाले तिनीहरूलाई पावन बनाउनुहुन्छ। अहिले त पवित्र राजधानी छैन। सत्ययुगमा थिए जस्तो राजा रानी त्यस्तै प्रजा, सबै पवित्र थिए। यी लक्ष्मीनारायणको राज्य थियो। यो चित्रमा तिमी बच्चाहरूले धेरै राम्रोसँग सम्झाउनु छ। यो तिम्रो लक्ष्य हो। सम्झाउनको लागि अरू पनि राम्रा चित्रहरू छन् त्यसैले यति चित्रहरू राखिएका हुन्। हामी यो यादको यात्राबाट तमोप्रधानबाट सतोप्रधान बन्छौँ, फेरि मुक्ति वा जीवनमुक्तिमा जान्छौँ भनेर मानिसहरूले कहीँ तुरुन्तै बुझ्दैनन्। जीवनमुक्ति केलाई भनिन्छ, दुनियाँमा यो कुरा कसैलाई थाहा छैन। लक्ष्मीनारायणको राज्य कहिले थियो– यो पनि कसैलाई थाहा छैन। अहिले तिमीलाई थाहा छ, हामीले बाबाबाट पवित्रताको दैवी स्वराज्य लिइरहेका छौँ। यी चित्रहरूमा तिमीले राम्रोसँग सम्झाउन सक्छौ। भारतवर्षमा नै डबल शिरताज हुनेहरूको पूजा गर्छन्। यस्तो चित्र सिँढीमा पनि छ। त्यो ताज हो तर लाइटको ताज होइन। पवित्रको नै पूजा हुन्छ। लाइट पवित्रताको निसानी हो। बाँकी यस्तो होइन, कोही तख्तमा बस्दैमा लाइट निस्कन्छ। होइन, यो पवित्रताको निसानी हो। तिमी अहिले पुरुषार्थी हौ त्यसैले तिमीलाई लाइट दिन सकिँदैन। देवीदेवताहरूका आत्मा र शरीर दुवै पवित्र हुन्छन्। यहाँ त कसैको शरीर पनि पवित्र छैन त्यसैले लाइट दिन सकिँदैन। तिमीहरूमध्ये कोही त पूरा पवित्र रहन्छौ। कोही फेरि आधा पवित्र रहन्छौ। जसलाई मायाका तुफान धेरै आउँछन् तिनीहरूलाई आधा पवित्र भनिन्छ। कोही त एकदम पतित बन्न पुग्छन्। आफैले पनि सम्झन्छन्, हामी पतित बनेका छौँ। आत्मा नै पतित बन्छ, उनीहरूलाई लाइट दिन सकिँदैन।

तिमी बच्चाहरूले यो भुल्नुहुँदैन, हामी सर्वोच्च बाबाका बच्चाहरू हौँ, त्यसैले हामीमा कति रोयल्टी हुनुपर्छ। मानौँ कोही कुचिकार छ, ऊ सांसद बन्यो वा पढाइ पढेर कुनै पद पायो भने ऊ टिपटप हुन्छ। यस्ता धेरै भएका छन्। जाति चाहे त्यही होस् तर पोजिसन मिलेपछि नसा चढ्छ। त्यसपछि फेरि पोसाक आदि पनि त्यस्तै लगाउँछन्। त्यस्तै अहिले तिमीले पनि पतितबाट पावन बन्नको लागि पढिरहेका छौ। उनीहरू पनि पढाइबाट डाक्टर, वकिल आदि बन्छन्। तर पतित त हुन् नि, किनकि उनीहरूको पढाइ कुनै पावन बन्नको लागि होइन। तिमीलाई त थाहा छ, हामी भविष्यमा पवित्र देवीदेवता बन्छौँ, त्यसैले शूद्रपनका बानीहरू मेटिँदै जान्छन्। भित्र यो नसा हुनुपर्छ– हामीलाई परमपिता परमात्माले डबल शिरताज बनाउनुहुन्छ। हामी शूद्रबाट ब्राह्मण बन्छौँ फेरि देवता बन्छौँ अनि फेरि ती फोहोरी विकारी बानीहरू मेटिन्छन्। आसुरी कुराहरू सबै छोड्नुपर्छ। कुचिकारबाट प्रतिनिधिसभा सदस्य बने भने रहनसहन, घर आदि सबै फस्टक्लासका बन्छन्। उनीहरूको त यतिबेलाको लागि मात्र हो। तिमीलाई त थाहा छ, हामी भविष्यमा के बन्नेवाला छौँ। आफैसँग यस प्रकारले कुराहरू गर्नुपर्छ। हामी के थियौँ, हामी अहिले के बनेका छौँ। तिमी पनि शूद्र जातिका थियौ, अहिले विश्वका मालिक बन्छौ। कसैले उच्च पद पायो भने फेरि उसलाई शुद्ध गर्व हुन्छ। अनि तिमी पनि के थियौ? (पतित) फोहोरी थियौ। अहिले तिमीलाई भगवानले पढाएर बेहदको मालिक बनाउनुहुन्छ। तिमीले यो पनि बुझेका छौ, परमपिता परमात्माले अवश्य यहाँ नै आएर राजयोग सिकाउनुहुन्छ। मूलवतन वा सूक्ष्मवतनमा त सिकाउनुहुन्न। दूरदेशमा रहने आत्माहरू तिमी सबै हौ, यहाँ आएर पार्ट खेल्छौ। ८४ जन्मको पार्ट खेल्नु नै छ। उनीहरूले त भनिदिन्छन् ८४ लाख योनि। कति घोर अन्धकारमा छन्। अहिले तिमीले बुझेका छौ– ५ हजार वर्ष पहिला हामी देवीदेवता थियौँ। अहिले त पतित बनेका छौँ। गाउँछन् पनि हे पतितपावन आउनुहोस्, हामीलाई पावन बनाउनुहोस्! तर बुझ्दैनन्। अहिले बाबा स्वयं पावन बनाउन आउनुभएको छ। राजयोग सिकाइरहनुभएको छ। पढाइबिना कसैले उच्च पद पाउन सक्दैन। तिमीलाई थाहा छ, बाबाले हामीलाई पढाएर नरबाट नारायण बनाउनुहुन्छ। लक्ष्य तिम्रो सामुन्ने छ। प्रजा पद कुनै लक्ष्य होइन। चित्र पनि लक्ष्मीनारायणको छ। यस्ता चित्र कहाँ राखेर पढाउँछन् होला? तिम्रो बुद्धिमा सम्पूर्ण ज्ञान छ। हामी ८४ जन्म लिएर पतित बनेका छौँ। सिँढीको चित्र धेरै राम्रो छ। यो पतित दुनियाँ हो नि! यसमा साधुसन्त सबै आउँछन्। उनीहरू आफैले पनि भनिरहन्छन् पतितपावन आउनुहोस्! पतित दुनियाँलाई पावन दुनियाँ भनिँदैन। नयाँ दुनियाँ हो पावन दुनियाँ। पुरानो पतित दुनियाँमा कोही पावन हुन सक्दैन।

अहिले तिमी बच्चाहरूलाई हामी ईश्वरीय विद्यार्थी हौँ, ईश्वरले हामीलाई पढाउनुहुन्छ भन्ने कति नसा हुनुपर्छ। गरिबहरूलाई नै बाबा आएर पढाउनुहुन्छ। गरिबहरूका लुगा आदि मैला हुन्छन् नि! तिम्रो आत्माले त पढ्छ नि! आत्मालाई थाहा छ, यो पुरानो शरीर हो। यसलाई त कुनै साधारण लुगा लगाइदिए पनि फरक पर्दैन। यसमा कुनै पोसाक आदि फेर्ने वा भड्किलो बन्ने कुरा छैन। पोसाकसँग कुनै सम्बन्ध नै छैन। बाबाले त आत्माहरूलाई पढाउनुहुन्छ। शरीर त पतित छ, यसमा जतिसुकै राम्रो लुगा लगाऊ। तर आत्मा र शरीर पतित छन् नि! श्रीकृष्णलाई गोरो देखाउँछन् नि! उनका आत्मा र शरीर दुवै काला थिए। उनी गाउँले केटा थिए, तिमीहरू सबै गाउँले थियौ। दुनियाँमा मनुष्य मात्र अनाथ छन्। बाबालाई चिनेकै छैनन्। हदका पिता त सबैका हुन्छन्। बेहदको बाबा तिमी ब्राह्मणहरूले मात्रै पाएका छौ। अहिले बेहदको बाबाले तिमीलाई राजयोग सिकाइरहनुभएको छ। भक्ति र ज्ञान। भक्तिको अन्त्य भएपछि फेरि बाबा आएर ज्ञान दिनुहुन्छ। अहिले हुन्छ अन्त्य। सत्ययुगमा यो केही पनि हुँदैन। अब पुरानो दुनियाँको विनाश आइपुगेको छ। पावन दुनियाँलाई स्वर्ग भनिन्छ। चित्रहरूमा कति स्पष्ट सम्झाइन्छ। राधाकृष्ण नै फेरि लक्ष्मीनारायण बन्छन्। यो पनि कसैलाई थाहा छैन। तिमीलाई थाहा छ, तिनीहरू दुवै छुट्टाछुट्टै राजधानीका थिए। तिमीले स्वर्गको स्वयंवर पनि देखेका छौ। पाकिस्तानमा तिमी बच्चाहरूलाई बहलाउनको लागि सबै साधन थिए, तिमीहरूलाई सबै साक्षात्कार हुन्थ्यो।

अहिले तिमीलाई थाहा भएको छ– हामीले राजयोग सिकिरहेका छौँ, यो भुल्नुहुँदैन। गर्न त भान्साको काम गर्छौ अथवा भाँडा माझ्छौ तर पढ्ने त सबैको आत्माले हो नि! यहाँ सबै आएर बस्छन् त्यसैले ठुलाबडा मानिसहरू आउँदैनन्– सम्झन्छन् यहाँ त सबै गरिब नै हुन्छन्, त्यसैले उनीहरूलाई लाज लाग्छ। बाबा त हुनुहुन्छ नै गरिब निवाज। कुनै कुनै सेन्टरहरूमा कुचिकार पनि आउँछन्। कुनै मुसलमान पनि आउँछन्। बाबा भन्नुहुन्छ– देह र देहका सबै धर्म छोड। हामी गुजराती हौँ, हामी फलाना हौँ– यो सबै देहअभिमान हो। यहाँ त आत्माहरूलाई परमात्माले पढाउनुहुन्छ। बाबा भन्नुहुन्छ– म पनि आएको छु साधारण तनमा। त्यसैले साधारणको साथमा साधारण नै आउँछन्। यिनले त जान्दछन्, यिनी त जौहरी थिए। बाबा स्वयं याद दिलाउनुहुन्छ, कल्प पहिला पनि मैले भनेको थिएँ, म साधारण वृद्ध तनमा आउँछु। धेरै जन्महरूको अन्त्यको पनि अन्तिम जन्ममा म प्रवेश गर्छु। यिनलाई भन्नुहुन्छ, तिमीले आफ्ना जन्मलाई जान्दैनौ। केवल एक अर्जुनलाई घोडागाडीको रथमा बसेर ज्ञान दिनुभएको त होइन नि! त्यसलाई पाठशाला भनिँदैन। न त्यो युद्धको मैदान हो, यो त पढाइ हो। बच्चाहरूले पढाइमा पूरा ध्यान दिनुपर्छ। पूरा पढेर हामी डबल शिरताज बन्नु छ। अहिले त कुनै ताज छैन। भविष्यमा डबल ताजधारी बन्नु छ। द्वापरदेखि लाइट जान्छ अनि सिङ्गल ताज रहन्छ। सिङ्गल ताज हुनेहरूले डबल ताज हुनेरूलाई पुज्छन्। यो निसानी पनि अवश्य हुनुपर्छ। बाबाले चित्रहरूको लागि निर्देशन दिइरहनुहुन्छ, त्यसैले चित्र बनाउनेहरूले त मुरलीमा धेरै अटेन्सन दिनुपर्छ। चित्रहरूमा कसैलाई पनि सम्झाउन धेरै सहज हुन्छ। जसरी कलेजमा नक्सामा देखाइयो भने बुद्धिमा आउँछ। युरोप यतातिर छ, टापु हो, लन्डन उतातिर छ। नक्सा नै देखेको छैन भने उसलाई के थाहा युरोप कहाँ छ। नक्सा देख्नेबित्तिकै तुरुन्त बुद्धिमा आउँछ। अहिले तिमीलाई थाहा छ, माथि छन् पूज्य डबल शिरताज देवीदेवताहरू। फेरि तल आउँछन् अनि पुजारी बन्छन्। सिँढी झर्छन् नि! यो सिँढी त धेरै सहज छ। जुन जसले पनि बुझ्न सक्छन्। तर कसैकसैको बुद्धिमा केही पनि बस्दैबस्दैन। तकदिर नै यस्तो हुन्छ। स्कुलमा पास फेल त हुन्छन् नै! तकदिरमा छैन भने पुरुषार्थ पनि हुँदैन, बिरामी पर्छन्। पढ्न सक्दैनन्। कसैले त पूरा पढ्छन्। तर फेरि पनि त्यो जिस्मानी पढाइ हो, यो रुहानी पढाइ हो। यसको लागि सुनको बुद्धि चाहिन्छ। बाबा सुन जो सदा पवित्र हुनुहुन्छ, उहाँलाई याद गरेमा तिम्रो आत्मा सुन बन्दै जान्छ। भनिन्छ, यो त मानौँ एकदम पत्थर बुद्धि छ। त्यहाँ यस्तो भनिँदैन। त्यो त स्वर्ग थियो। यो भुलेका छन्, प्राचीन भारतवर्ष स्वर्ग थियो। यो कुरा पनि कतै प्रदर्शनीमा सम्झाउन सक्छौ, फेरि रिपिट पनि गराउन सक्छौ। प्रोजेक्टरमा यो हुन सक्दैन। सबैभन्दा पहिला त यो त्रिमूर्ति, लक्ष्मीनारायण र सिँढीको चित्र धेरै जरुरी छ। यो लक्ष्मीनारायणको चित्रमा सम्पूर्ण ८४ जन्मको ज्ञान आउँछ। सारा दिन तिमी बच्चाहरूको यही चिन्तन चल्नुपर्छ। हरेक सेन्टरमा मुख्य चित्र त अवश्य राख्नु छ। चित्रहरूमा राम्रोसँग बुझ्न सक्नेछन्। ब्रह्माद्वारा यो राजधानी स्थापना भइरहेको छ। हामी प्रजापिता ब्रह्माका बच्चा ब्रह्माकुमार-कुमारीहरू हौँ। पहिला हामी शूद्र वर्णका थियौँ, अहिले हामी ब्राह्मण वर्णका बनेका छौँ फेरि देवता बन्नु छ। शिवबाबाले हामीलाई शूद्रबाट ब्राह्मण बनाउनुहुन्छ। हाम्रो लक्ष्य उद्देश्य सामुन्ने छ। यी लक्ष्मीनारायण स्वर्गका मालिक थिए फेरि यो सिँढी कसरी झरे। केबाट के बन्छन्। मानौँ एकदम बुद्धू बन्छन्। यी लक्ष्मीनारायणले भारतवर्षमा राज्य गर्थे। यहाँका मानिसहरूलाई थाहा हुनुपर्छ नि! फेरि के भयो, कहाँ गए! के यिनीहरूलाई कसैले जित्यो? उनीहरूले लडाइँमा कसैलाई हराए? न कसैलाई जिते, न हारे। यो त सबै मायाको कुरा हो। रावण राज्य सुरु भयो र ५ विकारहरूमा गिरेर राज्य भाग्य गुमाए, फेरि ५ विकारहरूमाथि विजय पाएपछि उनीहरू लक्ष्मीनारायण बन्छन्। अहिले रावण राज्यको तडकभडक छ। हामीले गुप्तरूपले आफ्नो राजधानी स्थापना गरिरहेका छौँ। तिमी कति साधारण छौ। पढाउने व्यक्ति कति उच्चभन्दा उच्च हुनुहुन्छ र निराकार बाबा पतित शरीरमा आएर बच्चाहरूलाई यस्ता (लक्ष्मीनारायण) बनाउनुहुन्छ। दूरदेशबाट पतित दुनियाँ पतित शरीरमा आउनुहुन्छ। तैपनि आफूलाई लक्ष्मीनारायण बनाउनुहुन्न, तिमी बच्चाहरूलाई बनाउनुहुन्छ। तर त्यस्ता बन्नको लागि तिमी बच्चाहरूले पूरा पुरुषार्थ गर्दैनौ। दिनरात पढ्नु र पढाउनु छ। बाबाले दिनप्रतिदिन धेरै सहज युक्तिहरू सम्झाइरहनुहुन्छ। लक्ष्मीनारायणबाट नै सुरु गर्नुपर्छ। यिनीहरूले ८४ जन्म कसरी लिए। फेरि अन्तिम जन्ममा पढिरहेका छन् फेरि यिनीहरूको राजवंश बन्छ। सम्झाउने कुराहरू कति छन्। चित्रहरूको लागि बाबाले निर्देशन दिनुहुन्छ। कुनै चित्र तयार गरेपछि तुरुन्तै बाबाको समीप दौडेर आउनुपर्छ। बाबाले सुधार गरेर सबै निर्देशन दिनुहुन्छ।

बाबा भन्नुहुन्छ, म साँवलशाह हुँ, हुन्डी भरिनेछ। कुनै कुराको परवाह हुँदैन। यति धेरै बच्चाहरू बसेका छौ। बाबालाई थाहा छ, कोसँग हुन्डी भराउन सक्नुहुन्छ। बाबाको विचार छ, जयपुरलाई जोडले उठाउनु छ। त्यहाँ नै हठयोगीहरूको म्युजियम छ। तिम्रो फेरि राजयोगको म्युजियम यस्तो राम्रो बनेको होस्, जहाँ कोही पनि आएर हेर्न सक्छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) पवित्र ज्ञानलाई बुद्धिमा धारण गर्नको लागि आफ्नो बुद्धिरूपी बर्तनलाई सुनको बनाउनु छ। यादबाट नै बर्तन सुनको हुन्छ।

२) अहिले ब्राह्मण बनेका छौ त्यसैले शूद्रपनका सबै बानीहरू मेटाउनु छ। धेरै रोयल्टीले रहनु छ। हामी विश्वका मालिक बनिरहेका छौँ– यही नसामा रहनु छ।

वरदान:–
सङ्गमयुगमा एकको सयगुणा प्रत्यक्षफल प्राप्त गर्ने पदमापदम भाग्यशाली भव

सङ्गमयुगले नै एकको सयगुणा प्रत्यक्षफल दिन्छ, केवल एकपटक म बाबाको हुँ, म मास्टर सर्वशक्तिमान हुँ भन्ने सङ्कल्प गर्छौ भने मायाजित बनेको, विजयी बनेको नसाको अनुभव हुन्छ। श्रेष्ठ सङ्कल्प गर्नु– यही नै बीज हो र त्यसको सबैभन्दा ठुलो फल हो, जसबाट स्वयं परमात्मा बाबा पनि साकार मनुष्य रूपमा मिल्न आउनुहुन्छ, यो फलमा सबै फल आउँछन्।

स्लोगन:–
सच्चा ब्राह्मण तिनीहरू हुन्, जसको चेहरा र चरित्रबाट पवित्रताको व्यक्तित्व वा रोयल्टीको अनुभव हुन्छ।

अव्यक्त इसारा:– परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर

वर्तमान समयमा अनेक आत्माहरूमा स्वउपकार गर्ने इच्छा त छ तर हिम्मत र शक्ति छैन। यस्ता निर्बल आत्माहरूको उपकार गर्न तिमी परोपकारी बच्चाहरू निमित्त हौ। उपकार सच्चा दिलबाट हुन्छ। विश्व राज्य अधिकारी बन्नु छ भने स्वउपकारीको साथसाथै परोपकारी पनि बन।