13.01.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबाको
श्रीमत को आदर गर्नु अर्थात् मुरली कहिल्यै पनि नछुटाउनु , हरेक आज्ञाको पालन गर्नु
हो ।”
प्रश्न:–
यदि तिमी
बच्चाहरूसँग कसैले सोध्यो– राजीखुसी छौ? त्यतिबेला तिमीले शुद्ध गर्वसँग कुनचाहिँ
जवाफ दिनुपर्छ?
उत्तर:–
भन– परबाह थियो
पारब्रह्ममा रहनेको, उहाँ मिल्नुभयो, बाँकी के चाहियो। जे पाउनु थियो त्यो पाइयो...।
तिमी ईश्वरीय बच्चाहरूलाई कुनै कुराको परबाह हुँदैन। तिमीलाई बाबाले आफ्नो बनाउनुभयो,
तिम्रो शिरमा ताज राखिदिनुभयो, फेरि परबाह कुन कुराको।
ओम् शान्ति ।
बाबा
सम्झाउनुहुन्छ– बच्चाहरूको बुद्धिमा अवश्य होला– बाबा, बाबा पनि हुनुहुन्छ, टिचर पनि
हुनुहुन्छ, सुप्रिम गुरु पनि हुनुहुन्छ, बच्चाहरू अवश्य यही यादमा होलान्। यो याद
कहिल्यै पनि कसैले सिकाउन सक्दैनन्। बाबाले नै कल्प कल्प आएर सिकाउनुहुन्छ। उहाँ नै
ज्ञान सागर पतितपावन पनि हुनुहुन्छ। उहाँ बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ,
गुरु पनि हुनुहुन्छ। यो अहिले मात्रै बुझिन्छ, जुनबेला ज्ञानको तेस्रो नेत्र मिलेको
छ। बच्चाहरूले बुझेका होलान् तर बाबालाई नै भुले भने फेरि टिचर, गुरुको याद कसरी
आउला। माया धेरै नै प्रबल छ, जसले बाबाको महिमा तीन रूपमा हुँदाहुँदै पनि तीनैलाई
भुलाइदिन्छ, यति सर्वशक्तिमान छ। बच्चाहरूले पनि लेख्छन्– बाबा, मैले भुल्छु। माया
यति प्रबल छ। ड्रामा अनुसार छ धेरै सहज। बच्चाहरूले बुझेका छौ– यस्तो कहिल्यै अरू
कोही हुन सक्दैन। उहाँ नै बाबा, टिचर, सदगुरु हुनुहुन्छ– साँच्चिकै, यसमा गफ आदिको
कुनै कुरा छैन। दिलैदेखि बुझ्नुपर्छ नि! तर मायाले भुलाइदिन्छ। भन्छन्– मैले हार
खाएँ, त्यसोभए कदम कदममा पदम कसरी होला! देवताहरूलाई नै पदमको निसानी दिन्छन्।
सबैलाई त दिन सकिँदैन। यो पढाइ ईश्वरको हो, मानिसको होइन। यो पढाइ कहिल्यै मानिसको
हुन सक्दैन। हुन त देवताहरूको महिमा गरिन्छ तर पनि उच्चभन्दा उच्च एक बाबा
हुनुहुन्छ। बाँकी उनीहरूको के बडाइ छ, आज गधाई भोलि राजाई। अहिले तिमीले पुरुषार्थ
गरिरहेका छौ यस्ता (लक्ष्मीनारायण) बन्नको लागि। थाहा छ– यस पुरुषार्थमा धेरै फेल
हुन्छन्। पढ्छन् फेरि पनि त्यतिले नै जति कल्प पहिला पास भएका थिए। वास्तवमा ज्ञान
छ पनि धेरै सहज तर मायाले भुलाइदिन्छ। बाबा भन्नुहुन्छ– आफ्नो चार्ट लेख तर लेख्न
सक्दैनन्। कहाँसम्म बसेर लेख्ने। यदि लेखे भने पनि जाँच गर्छन्– दुई घण्टा यादमा रहेँ?
फेरि त्यो पनि उनीहरूलाई थाहा हुन्छ, जो बाबाको श्रीमतलाई व्यवहारमा ल्याउँछन्।
बाबाले त बुझ्नुहुन्छ– यी बिचराहरूलाई लाज लाग्छ होला। नत्र श्रीमत व्यवहारमा
ल्याउनुपर्छ। तर दुई प्रतिशतले मुस्किलले चार्ट लेख्छन्। बच्चाहरूले श्रीमतको त्यति
आदर गर्दैनन्। मुरली मिल्दा पनि पढ्दैनन्। दिलमा अवश्य लाग्छ होला– बाबाले भन्न त
सत्य भन्नुहुन्छ, मैले मुरली नै पढ्दिनँ भने बाँकी अरूलाई के सम्झाउँछु?
(यादको यात्रा) ओम्
शान्ति। रुहानी बाबाले रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ, यो त बच्चाहरूले बुझ्छन्–
अवश्य हामी आत्मा हौँ, हामीलाई परमपिता परमात्माले पढाइरहनुभएको छ। बाबाले के
भन्नुहुन्छ? मलाई याद गरेमा तिमीहरू स्वर्गका मालिक बन्छौ। यसमा बाबा पनि आउनुभयो,
पढाइ र पढाउनेवाला टिचर पनि आउनुभयो। सदगतिदाता पनि आउनुभयो। थोरै शब्दमा सारा
ज्ञान आउँछ। यहाँ तिमी आउँछौ नै यसलाई रिभाइज गर्नको लागि। बाबाले पनि यही
सम्झाउनुहुन्छ किनकि तिमी आफैले भन्छौ– मैले भुल्छु, त्यसैले यहाँ आउँछु रिभाइज
गर्न। कोही यहाँ बसेका भए भने पनि रिभाइज हुँदैन। तकदिरमा हुँदैन। तदबिर (पुरुषार्थ)
त बाबाले गराउनु नै हुन्छ। तदबिर गराउने एक बाबा मात्रै हुनुहुन्छ। यसमा कसैको
खातिरी पनि हुन सक्दैन। न स्पेसल पढाइ हुन्छ। त्यो पढाइमा स्पेसल पढ्नको लागि
टिचरलाई बोलाउँछन्। यहाँ त तकदिर बनाउनको लागि सबैलाई पढाउनुहुन्छ। एक एकलाई
छुट्टाछुट्टै कहाँसम्म पढाउनुहुन्छ। कति धेरै बच्चाहरू छन्। त्यो पढाइमा कोही
ठुलाबडा मानिसका बच्चा रहेछन् भने उनीहरूलाई स्पेसल पढाउँछन्। टिचरलाई थाहा हुन्छ–
यो कमजोर छ, त्यसैले उसलाई छात्रवृत्तिलायक बनाउँछन्। यहाँ बाबाले यस्तो गर्नुहुन्न।
उहाँले त सबैलाई एकनाससँग पढाउनुहुन्छ। त्यो भयो टिचरले अतिरिक्त पुरुषार्थ गराउनु।
उहाँले त कसैलाई छुट्टै अतिरिक्त पुरुषार्थ गराउनुहुन्न। अतिरिक्त पुरुषार्थ अर्थात्
मास्टरले केही कृपा गर्नुहुन्छ। त्यसो त पैसा लिन्छन्, खास समय दिएर पढाउँछन् जसबाट
उनीहरू धेरै पढेर होसियार हुन्छन्। यहाँ त धेरै पढ्ने कुरा केही नै छैन। उहाँको त
कुरा नै नयाँ छ। एउटै महामन्त्र दिनुहुन्छ– “मनमनाभव”। यादबाट के हुन्छ, यो त जानेका
छौ– बाबा नै पतितपावन हुनुहुन्छ। तिमीलाई थाहा छ– उहाँलाई याद गरेमा नै पावन बनिन्छ।
अहिले तिमी
बच्चाहरूलाई ज्ञान छ, जति याद गर्छौ त्यति पावन बन्छौ। थोरै याद गरेमा थोरै पावन
बन्छौ। यो कुरा तिमी बच्चाहरूको पुरुषार्थमा आधारित छ। बेहदका बाबालाई याद गरेर हामी
यी (लक्ष्मीनारायण) बन्नुछ। उनीहरूको महिमा त हरेकले जान्दछन्। भन्छन् पनि– तपाईं
पुण्य आत्मा हुनुहुन्छ, हामी पाप आत्मा हौँ। धेरै मन्दिर बनेका छन्। त्यहाँ सबै के
गर्न जान्छन्? दर्शनबाट फाइदा त केही पनि हुँदैन। एकअर्कालाई हेरेर जान्छन्। बस्
दर्शन गर्न जान्छन्। फलानो यात्रामा जाने भए म पनि जाऊँ। यसबाट के हुन्छ? केही पनि
हुँदैन। तिमी बच्चाहरूले पनि यात्राहरू गरेका छौ। जस्तै अरूले चाड मनाउँछन्, त्यस्तै
यात्रा पनि एउटा चाड सम्झन्छन्। अहिले तिमीले यादको यात्रा पनि एउटा चाड सम्झन्छौ।
तिमी यादको यात्रामा रहन्छौ। शब्द नै एउटा छ– मनमनाभव। यो तिम्रो यात्रा अनादि हो।
उनीहरूले पनि भन्छन्– हामीले त्यो यात्रा अनादिदेखि गर्दै आएका हौँ। तर तिमीले अहिले
ज्ञानसहित भन्छौ– हामीले कल्प कल्प यो यात्रा गर्छौं। बाबाले नै आएर यो यात्रा
सिकाउनुहुन्छ। उनीहरूले जन्मजन्मान्तर चारै धामको यात्रा गर्छन्। यहाँ त बेहदका बाबा
भन्नुहुन्छ– मलाई याद गरेमा तिमी पावन बन्छौ। यस्तो त अरू कसैले कहिल्यै भन्दैनन्–
यात्राबाट तिमी पावन बन्छौ। मानिसहरू यात्रामा जाँदा त्यो समयमा पावन रहन्छन्,
आजकाल त त्यहाँ पनि अपवित्रता देखिन लागेको छ, त्यहाँ पावन रहँदैनन्। यो रुहानी
यात्राको विषयमा त कसैलाई थाहा छैन। तिमीलाई अहिले बाबाले बताउनुभएको छ– यो सत्य
यादको यात्रा हो। त्यो यात्राको चक्कर लगाउन जान्छन्, फेरि पनि जस्ताको त्यस्तै
बन्छन्। चक्कर लगाइरहन्छन्। जसरी वास्कोडिगामाले सृष्टिको चक्कर लगाए, तिनीहरूले पनि
चक्कर लगाउँछन् नि। गीत पनि छ नि– चारैतिर लगाये फन्को... फेरि पनि सदा टाढै रहे।
भक्तिमार्गमा त कसैले भगवानसँग मिलाउन सक्दैनन्। भगवान कसैलाई मिल्नुभएन। तिनीहरू
भगवानबाट टाढै रहे। तीर्थ यात्राको फन्को लगाएर फेरि पनि घरमा आएर ५ विकारमा फस्छन्।
ती सबै झुटा यात्राहरू हुन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– यो हो पुरुषोत्तम
सङ्गमयुग, जुनबेला बाबा आउनुभएको छ। एक दिन सबैले जान्नेछन्– बाबा आउनुभएको छ।
भगवान अन्त्यमा मिल्नुहुनेछ, तर कसरी? यो त कसैले पनि जान्दैनन्। यो त मीठा-प्यारा
बच्चाहरूले जान्दछौ– हामीले श्रीमत अनुसार यो विश्वलाई फेरि स्वर्ग बनाइरहेका छौँ।
तिमीले भारतवर्षको नै नाम लिन्छौ। त्यस समयमा अरू कुनै धर्म हुँदैन। सारा विश्व
पवित्र बन्छ। अहिले त धेरै धर्म छन्। बाबा आएर तिमीलाई सारा वृक्षको ज्ञान
सुनाउनुहुन्छ। तिमीलाई स्मृति दिलाउनुहुन्छ। तिमी सो देवता थियौ, फेरि सो क्षत्रिय,
सो वैश्य, सो शूद्र बन्यौ। अहिले तिमी सो ब्राह्मण बनेका छौ। यो हम सो को अर्थ
बाबाले कति सहजै सम्झाउनुहुन्छ। ओम् अर्थात् म आत्मा, फेरि हामी आत्माले यसरी नै
चक्कर लगाउँछौँ। उनीहरूले त भनिदिन्छन्– हामी आत्मा सो परमात्मा, परमात्मा सो हामी
आत्मा। एक जना पनि छैन जसलाई हम सो को यथार्थ अर्थ थाहा छ। त्यसैले बाबा भन्नुहुन्छ–
यो जुन मन्त्र छ, यो जुनसुकै बेला याद राख्नुपर्छ। चक्र नै बुद्धिमा छैन भने
चक्रवर्ती राजा कसरी बन्छौ? अहिले हामी ब्राह्मण आत्मा हौँ, फेरि हामी नै देवता
बन्नेछौँ। यो कुरा तिमी गएर जोसुकैसँग सोधे पनि कसैले बताउँदैनन्। उनीहरूले त ८४ को
अर्थ पनि बुझ्दैनन्। भारतवर्षको उत्थान र पतन गायन गरिएको छ। यो ठीक छ। सतोप्रधान,
सतो, रजो, तमो, सूर्यवंशी, चन्द्रवंशी, वैश्यवंशी... अहिले तिमी बच्चाहरूलाई सबै
थाहा भएको छ। बीजरूप बाबालाई नै ज्ञानको सागर भनिन्छ। उहाँ यो चक्रमा आउनुहुन्न।
यस्तो होइन, हामी जीव आत्मा नै परमात्मा बन्छौँ। होइन, बाबाले आफूसमान नलेजफुल
बनाउनुहुन्छ। आफूसमान भगवान बनाउनुहुन्न। यी कुराहरूलाई धेरै राम्रोसँग बुझ्नुछ,
त्यसपछि बुद्धिमा चक्र चल्न सक्छ, जसको नाम स्वदर्शन चक्र राखिएको छ। तिमीले
बुद्धिले बुझ्न सक्छौ– हामी कसरी यो ८४ को चक्रमा आउँछौँ। यसमा सबै आउँछ। समय पनि
आउँछ, वर्ण पनि आउँछन्, वंशावली पनि आउँछ।
अब तिमी बच्चाहरूको
बुद्धिमा यो सारा ज्ञान हुनुपर्छ। ज्ञानबाट नै उच्च पद मिल्छ। ज्ञान भयो भने अरूलाई
पनि दिन्छौ। यहाँ तिमीसँग कुनै जाँचको प्रश्नपत्र आदि भराइँदैन। ती स्कुलहरूमा
परीक्षा हुने बेलामा प्रश्नपत्र बेलायतबाट आउँछन्। जसले बेलायतमा पढ्छन् होला
उनीहरूको रिजल्ट त त्यहीँ निकाल्छन् होला। उनीहरूमा पनि कुनै ठुलो शिक्षा अधिकारी
होलान् जसले परिक्षाका उत्तर पुस्तिकाको जाँच गर्छन् होला। तिम्रो उत्तर पुस्तिकाको
जाँच कसले गर्छ? तिमी आफैले गर्छौ। आफूलाई जे चाहन्छौ, त्यही बनाऊ। पुरुषार्थबाट जे
चाहे त्यही पद बाबाबाट लेऊ। प्रदर्शनी आदिमा बच्चाहरूले सोध्छन् नि– के बन्नेछौ?
देवता बन्नेछौ, ब्यारिस्टर बन्नेछौ... के बन्नेछौ? जति बाबालाई याद गर्छौ, सेवा
गर्छौ त्यति फल मिल्नेछ। जसले राम्रोसँग बाबालाई याद गर्छन्, तिनीहरूले बुझ्छन्–
हामीले सेवा पनि गर्नुछ। प्रजा बनाउनुछ नि! यो राजधानी स्थापना भइरहेको छ। त्यसैले
त्यसमा सबै चाहिन्छ। त्यहाँ मन्त्री हुँदैनन्। मन्त्रीको आवश्यकता उनीहरूलाई हुन्छ
जसको बुद्धि मन्द हुन्छ। तिमीलाई त्यहाँ रायको आवश्यकता हुँदैन। बाबाको पासमा राय
लिन आउँछन्– स्थूल कुराहरूको राय लिन्छन्, पैसा के गर्ने? कामधन्दा कसरी गर्ने? बाबा
भन्नुहुन्छ– यी दुनियाँका कुराहरू बाबाको पासमा नल्याऊ। हो, कतै निराश नबनुन् भनेर
केही न केही धैर्यता दिएर बताइदिनुहुन्छ। यो कुनै मेरो काम होइन। मेरो त ईश्वरीय
काम हो तिमीलाई मार्ग बताउने। तिमी विश्वको मालिक कसरी बन्छौ? तिमीलाई मिलेको छ
श्रीमत। बाँकी सबै हुन् आसुरी मत। सत्ययुगमा भनिन्छ श्रीमत। कलियुगमा भनिन्छ आसुरी
मत। त्यो हो नै सुखधाम। त्यहाँ यस्तो पनि भनिँदैन– राजीखुसी छौ? स्वास्थ्य ठीक छ?
यी शब्द त्यहाँ हुँदैनन्। यी कुरा यहाँ सोधिन्छ। कुनै तकलिफ त छैन? राजीखुसी छौ?
यसमा पनि धेरै कुरा आउँछन्। त्यहाँ दुःख हुँदैहुँदैन, जसले गर्दा सोध्नुपर्छ। यो हो
नै दुःखको दुनिया। वास्तवमा तिमीसँग कसैले सोध्न सक्दैन। भलै मायाले गिराउन सक्छ
तैपनि बाबा त मिल्नुभएको छ नि। तिमीले त भन्छौ–तपाईंले के कुशल-मंगल सोध्नहुन्छ!
हामी त ईश्वरका बच्चा हौँ, हामीसँग के कुशल-मंगल सोध्नुहुन्छ। परबाह थियो
पारब्रह्ममा रहने बाबाको, उहाँ मिल्नुभयो, फेरि कसको परबाह! यो सदैव याद गर्नुपर्छ–
हामी कसका बच्चा हौँ! यो ज्ञान पनि तिम्रो बुद्धिमा छ– जुनबेला हामी पावन बन्नेछौँ
त्यसपछि फेरि लडाइँ सुरु हुनेछ। त्यसैले जहिले पनि तिमीसँग कसैले सोध्यो– तपाईं
राजीखुसी हुनुहुन्छ? तिमीले भन– हामी त सदैव राजीखुसी छौँ। बिरामी भयौ भने पनि
बाबाको यादमा हुन्छौ। तिमी स्वर्गमाभन्दा पनि यहाँ धेरै राजीखुसी छौ। स्वर्गको
बादसाही दिने बाबा मिल्नुभएको छ, जसले हामीलाई यति लायक बनाउनुहुन्छ भने हामीलाई के
परबाह छ र! ईश्वरका बच्चाहरूलाई के परबाह! त्यहाँ देवताहरूलाई पनि परबाह हुँदैन।
देवताहरूभन्दा माथि त हुनुहुन्छ ईश्वर। त्यसैले ईश्वरका बच्चाहरूलाई के परबाह हुन
सक्छ। बाबाले हामीलाई पढाउनुहुन्छ। बाबा हाम्रो टिचर, सदगुरु हुनुहुन्छ। बाबाले
हाम्रो शिरमा ताज राखिरहनुभएको छ, हामी ताजधारी बनिरहेका छौँ। तिमीलाई थाहा छ–
हामीलाई विश्वको ताज कसरी मिल्छ। बाबा आफैले ताज लगाउनुहुन्न। यो पनि तिमीलाई थाहा
छ– सत्ययुगमा पिताले आफ्नो ताज आफ्ना बच्चाहरूको शिरमा राख्छन्, जसलाई अङ्ग्रेजीमा
भनिन्छ युवराज। यहाँ बाबाको ताज बच्चालाई नमिल्दासम्म बच्चालाई उत्सुकता हुन्छ– कतै
पिता बाबा मरेपछि ताज हाम्रो शिरमा आउनेछ। आशा हुन्छ– राजकुमारबाट महाराजा बनुँ।
त्यहाँ त यस्तो कुरा हुँदैन। आफ्नो समयमा काइदा अनुसार पिताले बच्चाहरूलाई ताज दिएर
फेरि किनारा लाग्छन्। त्यहाँ वानप्रस्थको चर्चा हुँदैन। बच्चाहरूलाई महल आदि बनाएर
दिन्छन्, आशाहरू सबै पूरा हुन्छन्। तिमीले बुझ्न सक्छौ– सत्ययुगमा सुखै सुख हुन्छ।
यथार्थमा सबै सुख त त्यहाँ गएपछि नै पाउनेछौ। त्यो त तिमीले नै जान्दछौ, स्वर्गमा
के होला? एक शरीर छोडेर फेरि कहाँ जानेछौ? अहिले तिमीलाई यथार्थमा बाबाले
पढाइरहनुभएको छ। तिमीलाई थाहा छ– हामी साँच्चिकै सच्चा स्वर्गमा जानेछौँ। उनीहरूले
त भनिदिन्छन्– हामी स्वर्गमा जान्छौँ, उनीहरूलाई थाहा पनि हुँदैन स्वर्ग केलाई
भनिन्छ। जन्मजन्मान्तर यो अज्ञानको कुरा सुन्दै आयौ, अहिले बाबाले तिमीलाई सत्य कुरा
सुनाउनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) सदा राजीखुसी रहनको लागि बाबाको यादमा रहनुछ। पढाइबाट आफ्नो शिरमा राज्य भाग्यको
ताज राख्नुछ।
२) श्रीमतमा विश्वलाई
स्वर्ग बनाउने सेवा गर्नुछ। सदा श्रीमतको आदर गर्नुछ।
वरदान:–
श्रेष्ठ
तकदिरको स्मृतिद्वारा आफ्नो समर्थ स्वरूप मा रहने सूर्यवंशी पदका अधिकारी भव
जसले आफ्नो श्रेष्ठ
तकदिरलाई सदा स्मृतिमा राख्छन्, उनीहरू समर्थस्वरूपमा रहन्छन्। उनीहरूलाई सदा आफ्नो
अनादि असली स्वरूप स्मृतिमा रहन्छ। कहिल्यै नक्कली अनुहार धारण गर्दैनन्। कैयौँ पटक
मायाले नक्कली गुण र कर्तव्यको स्वरूप बनाइदिन्छ। कसैलाई क्रोधी, कसैलाई लोभी,
कसैलाई दु:खी, कसैलाई अशान्त बनाइदिन्छ– तर असलीस्वरूप यी सबै कुराहरूबाट पर हुन्छ।
जुन बच्चाहरू आफ्नो असली स्वरूपमा स्थित रहन्छन्, उनीहरू सूर्यवंशी पदका अधिकारी
बन्छन्।
स्लोगन:–
सबैमाथि दयालु
बन्यौ भने अहम् र वहम् (शङ्का) समाप्त हुन्छन्।
अव्यक्त इसारा:– यस
अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
तिम्रो रचना कमल
पुष्प जलमा रहेरै जलको बन्धनबाट मुक्त हुन्छ, तिम्रो रचनामा यो विशेषता छ भने के
तिमी मास्टर रचयितामा हुन सक्दैन? कहिल्यै बन्धनमा फस्यौ भने आफ्नो सामुन्ने कमल
पुष्पको दृष्टान्त राख– कमल पुष्प न्यारा-प्यारा बन्न सक्छ भने के मास्टर
सर्वशक्तिमान बन्न सक्दैनौ! त्यसपछि सदा तिमी पनि त्यस्तै बन्नेछौ।