13.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी बाबाको पासमा आएका छौ आफ्नो जीवन हिरासमान बनाउन, बाबाको यादले नै जीवन यस्तो बन्छ।”

प्रश्न:–
नयाँ दुनियाँमा उच्च पदको लागि कुन एउटा मुख्य पुरुषार्थ गर्नुछ?

उत्तर:–
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! जुन पुराना सम्बन्धीहरूले यति दुःखी बनाए, अब उनीहरूको मोहजालबाट बुद्धिलाई निकालेर म एक बाबालाई याद गर। उनीहरूको साथमा रहेर पनि मन ममा लगाऊ। मनमनाभवको मन्त्र सदा याद गरेमा तिमीले नयाँ दुनियाँमा उच्च पद पाउनेछौ।

गीत:–
तूने रात गँवाई...

ओम् शान्ति ।
जसरी बाबाले बच्चाहरूलाई सबै शास्त्रहरूको सार सम्झाउनुहुन्छ, त्यसरी नै यी गीतहरूको सार पनि तिमीहरूलाई सम्झाउनुहुन्छ। उहाँ सबैका रुहानी बाबा बसेर तिमी रुहानी बच्चाहरूलाई ब्रह्माको तनद्वारा सम्झाइरहनुभएको छ। बाबा सम्झाउनुहुन्छ हे प्यारा बच्चाहरू! तिमीलाई थाहा छ, तिम्रो जन्म हिराजस्तो बनिरहेको छ। बाबा समक्ष आउँछौ नै हिराजस्तो जन्म बनाउन। हिराजस्तो जन्म भनिन्छ स्वर्गवासीहरूको। कौडीजस्तो जन्म हुन्छ नर्कवासीहरूको। तिमीलाई सङ्गमयुगको विषयमा पनि थाहा छ। हामी अहिले सङ्गमयुगवासी हौँ। यो सङ्गमयुग सबैको लागि कल्याणकारी छ। यस सङ्गमयुगमा नै सबैको गति सद्गति हुन्छ। गति सद्गति कसले गर्नुहुन्छ? परमधामबाट आउने मुसाफिर (यात्री) ले। उहाँ बाबा मुसाफिर हुनुहुन्छ नि! तिमी मुसाफिर होइनौ, तिमी आएर जाँदैनौ। बाबा भन्नुहुन्छ– म पुरानो दुनियाँमा आएर फेरि फर्केर जान्छु। बच्चाहरूलाई थाहा छ, यो सेवा गर्ने केवल एक मुसाफिर हुनुहुन्छ, जसले आएर हामी बच्चाहरूको धेरै सेवा गर्नुहुन्छ। यस्तो सेवा अरू कसैले गर्न सक्दैन। सेवाको लागि नै पुकार्छन्– आएर हामी पतितहरूको सेवा गर्नुहोस्! बाबा पनि भन्नुहुन्छ– म प्यारा बच्चाहरूको सेवामा आएको छु किनकि बच्चाहरू धेरै दुःखी छन्। पुकार्छन् पनि– हाम्रो दुःख हर्नुहोस् र शान्ति दिनुहोस्! दुई कुरा सदैव याद हुन्छ– सुख र शान्ति। यहाँ दुःख र अशान्ति छ, त्यसैले पुकार्छन्। बाबा नै आएर सृष्टिचक्रको सारा रहस्य तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ। तिमी बच्चाहरूले बुझेका छौ– अब भक्तिमार्ग खतम हुन्छ। कलियुगको अन्त्य अर्थात् भक्ति तल ओर्लिँदै आउँछ। ज्ञानले तिम्रो चढ्तीकला हुन्छ। तिमीले उच्चभन्दा उच्च पद पाउँछौ फेरि त्यो प्रारब्धको सुख घट्दै जान्छ। भक्ति त यहाँ जति हुन्छ त्यति अरू कहीँ हुँदैन। भक्ति आधाकल्प चल्छ, द्वापर सुरु हुन्छ र अरू धर्म स्थापना हुन सुरु हुन्छ, त्यसैबेलादेखि भक्ति सुरु हुन्छ। भक्ति पनि पहिला धेरै राम्रो हुन्छ। जसरी स्वर्ग पहिला धेरै राम्रो हुन्छ फेरि बिस्तारै बिस्तारै कला कम हुँदै जान्छ। भक्ति सुरु हुँदा पहिला सुरुमा शिवका पुजारी बन्छन्। आधाकल्प कुनै पूजा हुँदैन। फेरि भक्तिमार्ग सुरु हुन्छ र अरू धर्म पनि सुरु हुन्छन्। यति भक्ति अरू कसैले गर्न सक्दैन, पूरा आधाकल्प भक्ति चल्छ। यो पनि तिमी बच्चाहरूलाई थाहा छ, बाबा, जसले सारा विश्वलाई सद्गति दिनुहुन्छ, स्वर्गको मालिक बनाउनुहुन्छ। उहाँ दूरदेशको मुसाफिर बाबा आउनुभएको छ नै हामी बच्चाहरूलाई फेरि स्वर्गको बादसाही दिन। वर्सा पनि कति जबरजस्त छ। तर एउटा कुरा पनि कसैको बुद्धिमा बस्दैन। यहाँ कति भक्ति गर्छन्। कति मन्दिर छन्। यहाँ त धेरै मन्दिर छन्। अहिले तिमीलाई थाहा छ, यी कसका मन्दिर हुन्। पहिला सुरुमा त शिवबाबाका मन्दिर बन्छन्, फेरि बन्छन् देवताहरूका। ती मन्दिर पनि तिम्रो सामुन्ने देखिएका छन्। एकातिर शिवबाबाको पूजा गरिरहन्छन्, अर्कातिर शिवबाबाले तिमीलाई पूज्य बनाइरहनुभएको छ। तिमी यहाँ आएका छौ पूज्य देवता बन्न। जति पनि देवताका पुजारीहरू छन्– वास्तवमा तिनीहरू पनि यहाँ आएर ब्राह्मण बन्छन्। बिस्तारै बिस्तारै वृद्धि हुँदै जान्छ। सबैले सँगसँगै त पढ्न सक्दैनन्। समय लाग्छ। कल्प पहिला पनि जसले पढेका थिए तिनीहरूले नै फेरि पढ्छन्। एकअर्कालाई पढाइरहनुछ। सबैलाई बाबा र सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुहुन्छ, जसबाट मानिस स्वर्गका मालिक बन्न सक्छन्। भन्नुहुन्छ, त्यही ज्ञान आएर बुझ। तिमी बच्चाहरूको बुद्धिमा छ– यो नाटकले कसरी चक्कर लगाउँछ। कसैले पनि लाखौँ वर्षको कहानी त सुनाउन सक्दैनन्। तिमीलाई थाहा छ, ५ हजार वर्ष पहिला के थियो, कसको राज्य थियो! यहीँ हामी पूज्य देवीदेवताहरूको राज्य थियो। याद आयो नि– हामी पूज्य थियौँ, फेरि पुजारी बन्यौँ। पहिला यो थाहा थिएन– हामी नै पूज्य देवता थियौँ, फेरि हामीले ८४ जन्म लियौँ। ८४ जन्मको कहानी लक्ष्मीनारायणको हो। तिमीले आफ्नो ८४ जन्मको कहानी सुनाउँछौ। उनीहरूलाई त बसेर आफ्नो कहानी लेख्न धेरै समय लाग्छ। तिमीले एक मिनेटमा ८४ जन्मको कहानी बताउन सक्छौ। उनीहरूले त एक जन्मको कहानी लेख्छन्। बचपनमा के के गरे। यसको पनि आफ्नो कहानी बताउँछन्। हामीले ८४ को चक्कर कसरी लगाउँछौँ। एकको त कुरा होइन, धेरै ब्राह्मण छन्। तिमीले नै यो चक्रको विषयमा बुझेका छौ। यो चक्रको विषयमा बुझेपछि तिमी राजारानी बन्छौ र फेरि अरूलाई पनि बनाउँछौ। भक्ति पनि तिमीहरूलेजस्तो अरू कसैले गर्दैनन्। अरू जति पनि मठ, पन्थ, धर्म आदि छन्, ती हाम्रै भक्तिको समयमा स्थापन हुन्छन्। पहिला सुरुमा हामी फूलहरूको वृक्ष कति सानो थियो, रुहानी गार्डेन थियो। तिमी चैतन्य फूल थियौ। यसलाई भनिन्छ फूलहरूको बगैँचा। फेरि त्यही बगैँचा काँडाहरूको जङ्गल बन्दै जान्छ। यस समयमा सबै काँडा बनेका छन्। फेरि काँडाबाट फूल कसरी बन्नुछ, यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ। एकअर्कालाई दुःख दिनु काँडा लगाउनु हो। विद्यार्थी जीवन सबैभन्दा श्रेष्ठ हो (स्टुडेन्ट लाइफ इज द बेस्ट) भनिन्छ। त्यो जीवन धेरै राम्रो हुन्छ। बच्चा बच्चीहरूले धेरै खुसीमा पढिरहन्छन्। विवाह गरे पछि एकअर्कालाई काँडा लगाउन सुरु गर्छन्। सत्ययुगमा कसैले काँडा लगाउँदैनन्। अहिले तिमी फेरि फूल बन्छौ। तिमीलाई थाहा छ, यहाँ स्वर्ग हुँदा कति अपार सुख थियो। सुनका खानीहरू थिए। अहिले ती खानीहरू खाली भएका छन्। फेरि तिमीलाई भरपुर सुन मिल्छ। यहाँ नै सुन, हिरा, जुहारतका खानीहरू थिए। त्यस समयमा अमेरिका आदि केही पनि हुँदैन। मुम्बई पनि हुँदैन। बडो अचम्म छ नि! कलियुगको अन्त्यमा कत्ती पनि सुन देखिँदैन फेरि सत्ययुगको आदिमा यति सुनका खानीहरू भरपुर हुन्छन्। सुनका महलहरू बन्छन्। बडो अचम्म छ नि! त्यहाँ खानीहरूबाट कति धेरै सुन निकाल्छन्। जसरी यहाँ माटाका इँटा बन्छन्, त्यसरी नै त्यहाँ सुनका इँटा बन्छन्। माया मच्छन्दरको खेल देखाउँछन् नि! ध्यानमा देख्थ्यौ यहाँ त सुन नै सुन छ। अवश्य सत्ययुगमा सुन हुन्छ। यहाँ त हेर माटाका इँटा पनि मिल्दैनन्। जति इँटा यहाँ पैसाले मिल्छन्, त्यति त्यहाँ सुनका इँटाहरू सित्तैमा मिल्छन्। रातदिनको फरक छ। त्यसैले किन पुरुषार्थ नगर्ने– नयाँ दुनियाँमा उच्च पद पाउनको लागि! यहाँ मोहजालमा किन फस्ने!

बाबा भन्नुहुन्छ– पुराना सम्बन्धहरूमा तिमीले कति दुःख पाउँछौ! बाबा यस्तो भन्नुहुन्न– यिनीहरूलाई छोडिदेऊ। केवल बुद्धियोग एक बाबासँग लगायौ भने तिमी विश्वको मालिक बन्छौ। मनमनाभवको अर्थ नै हो– मलाई याद गर र विष्णु चतुर्भुजलाई अर्थात् विष्णुपुरीलाई याद गर। मूल हो नै एउटा शब्द। भक्तिमार्गमा त धेरै पञ्चायत हुन्छन्। अहिले तिमी सबै आत्माहरू आसिक हौ एक मासुक परमपिता परमात्माका। उहाँले तिमीलाई सुखधामको मालिक बनाउनुहुन्छ। सबै आत्माहरूले उहाँलाई याद गर्छन्। तिमी रुहानी आसिकहरू, रुहानी मासुकका एकपटक मात्र बन्छौ। बाँकी त सबै मानिस हुन् जिस्मानी आसिक मासुक। अहिले आएर बेहदका आसिकहरूलाई बेहदको मासुक मिल्नुभएको छ। उहाँलाई भन्छन् पनि– आउनुहोस् आएर हामीलाई पतितबाट पावन बनाउनुहोस्! उहाँ एकलाई नै पुकार्छन्। तिमीलाई थाहा छ, हाम्रो आत्मा पतित बनेको छ त्यसैले पुकार्छन् पतितपावन आउनुहोस्! कुम्भको मेला लाग्छ, कतिले गएर गङ्गास्नान गर्छन्। फाइदा केही पनि हुँदैन। पावन कोही पनि बन्दैन। अहिले बाबा आएर ज्ञान वर्षा गर्नुहुन्छ। तिमीमाथि ज्ञानको वर्षा भइरहेको छ, जसबाट फेरि काँडाको जङ्गल फूलको बगैँचा बन्छ।

तिमीलाई थाहा छ– हाम्रो राज्य हुँदा, त्यतिबेला त्यहाँ कोही पतित हुँदै हुँदैन। सारा विश्वमा ज्ञान वर्षा हुन्छ। सबैथोक हराभरा हुन्छ। हिरा जुहारतका खानीहरू पनि नयाँ बन्छन्। अब तिमी बच्चाहरू कति खुसी हुनुपर्छ। सामुन्ने देख्छौ, बेहदको बाबाले बसेर सम्झाउनुहुन्छ– तिमीले मलाई याद गरेमा तिम्रो विकर्म विनाश हुन्छ। तिमी जहाँ बसे पनि ज्ञान स्नान गर, बुद्धिमा बाबाको याद भइरहोस्। त्यहाँ त याद गर्ने फुर्सत हुन्छ। बाबालाई जति याद गर्छौ त्यति कमाइ हुन्छ। यादबाट नै कमाइ हुन्छ। यस्तो कहिल्यै सुन्यौ– यादबाट कमाइ हुन्छ! कति ठुलो कमाइ छ, तिमी विष्णुपुरीको मालिक बन्छौ। तिमीलाई थाहा छ, हामी आत्माहरूका पिता निराकार हुनुहुन्छ। उहाँले यस शरीरको आधार लिनुभएको छ। भगीरथको पनि वर्णन छ नि! भाग्यशाली रथ, जुन रथमा परमपिताको परम आत्मा विराजमान हुनुहुन्छ। आत्माको रथ तयार भइसकेपछि तुरुन्तै आत्मा आएर प्रवेश गर्छ। बाबाले त केवल यस रथमा आएर ज्ञान दिनुछ। यिनको पनि धेरै जन्महरूको अन्त्यको जन्ममा वानप्रस्थ अवस्था भएपछि, बाबा भन्नुहुन्छ– म आएर यिनमा प्रवेश गर्छु अथवा यस रथमा विराजमान हुन्छु। बाँकी कुनै घोडागाडीको रथको कुरा होइन। अहिले तिमीलाई यो ज्ञान मिलेको छ। बाबा सामुन्ने बसेर तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ। तिमीलाई त धेरै खुसी हुनुपर्छ। लोकसेवाको परीक्षाको लागि पढेका रहेछन् भने बडो नसा हुन्छ। त्यो हो सबैभन्दा उच्च परीक्षा। तिम्रो पनि यो पढाइ हो। यो भगवानको पाठशाला हो। अब प्रश्न उठ्छ भगवान को हुनुहुन्छ? के श्रीकृष्ण वा शिवबाबा भगवान हुनुहुन्छ? सबैका भगवान को हुनुहुन्छ? एक निराकार बाहेक श्रीकृष्णलाई त सबैले मान्दैनन्। सबै आत्माहरूका पिता उहाँ निराकार परमपिता परमात्मा हुनुहुन्छ। उहाँ सदैव परमधाममा रहनुहुन्छ। बाबा एकैपटक आउनुहुन्छ– बच्चाहरूलाई स्वर्गको मालिक बनाउन। तिमीलाई थाहा छ, उहाँ बाबाले नै कल्प कल्प आएर हामीलाई रङ्कबाट राव (राजा) बनाउनुहुन्छ। भारत अहिले रङ्क छ नि! फेरि अर्को जन्ममा के बन्नुछ, तिमीलाई सबै साक्षात्कार भएको छ। विनाशको पनि साक्षात्कार गरेका छौ। स्थापनाको पनि साक्षात्कार गरेका छौ। भगवानुवाच मैले तिमीलाई राजाहरूको राजा बनाउँछु। धेरै दानपुण्य गरेको रहेछ भने कसैलाई अल्पकालको सुख मिल्छ। राजापरिवारमा जन्म लिएर फेरि तुरुन्तै मर्छन्। कोही गर्भमा पनि मर्छन्। कोही लुलालङ्गडा, काना बन्छन्। जस्तो कर्म गर्छन् त्यस्तै पद पाउँछन्। अब बाबाले तिमीलाई त राजाहरूको राजा बनाउनुहुन्छ। तिमीले भन्छौ– बाबा हामी बलिहार जान्छौँ। त्यसोभए अवश्य राज्य भाग्य पनि तिमीले पाउँछौ। यो भारतखण्डलाई महादानी खण्ड भनिन्छ। यहाँ धेरै दानपुण्य गर्छन्। त्यो दानपुण्य फेरि सुरु हुन्छ भक्तिमार्गमा। तर बाबाले तिमीलाई २१ जन्मको लागि दान दिनुहुन्छ। अब तिमी बाबामाथि बलिहार जान्छौ। तन-मन-धन सबैथोक दियौ। अब बाबा भन्नुहुन्छ– ट्रस्टी भएर रहनुछ। आफ्नो घरबार सम्हाल। सबै शिवबाबाको हो। म हजुरको हुँ, हजुरलाई नै याद गर्छु। दिलबाट समर्पण गर्छन्। बाबा भन्नुहुन्छ– बस्न त महलमा बस, घुम, फिर मोज मनाऊ, केवल मलाई याद गर्छौ भने तिमी धेरै खुसी हुनेछौ। तिमी विश्वको मालिक थियौ। अब फेरि तिमीले पुरुषार्थ गरेर त्यही विश्वको मालिक बन्छौ। बाबा सम्झाउनुहुन्छ– मीठा-प्यारा बच्चाहरू! यस योगबलले नै तिमी विकर्माजित बन्छौ। बाबाको यादले तिमी विश्वको मालिक बन्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) राजाई पद पाउनको लागि बाबामाथि पूरा पूरा बलिहार जानुछ। तन-मन-धन सबै समर्पण गरेर ट्रस्टी भएर रहनुछ। विकर्माजित बन्ने पुरुषार्थ गर्नुछ।

२) यादमा नै कमाइ छ, त्यसैले निरन्तर यादमा रहने पुरुषार्थ गर्नुछ। यस्तो रुहानी फूल बन्नुछ जसबाट फूलको दुनियाँका अधिकारी बन्छौ। भित्र कुनै पनि काँडा रहनुछैन।

वरदान:–
एक बाबामा सारा संसारको अनुभव गर्ने बेहदका वैरागी भव

बेहदका वैरागी उनीहरू नै बन्न सक्छन् जसले बाबालाई नै आफ्नो संसार मान्छन्। जसको बाबा नै संसार हुनुहुन्छ, उनीहरू आफ्नो संसारमा नै रहन्छन्, अरूतिर जाँदै जाँदैनन् अनि स्वतः किनारा हुन्छ। संसारमा व्यक्ति र वैभव सबै आउँछ। बाबाको सम्पत्ति नै तिम्रो सम्पत्ति हो– यही स्मृतिमा रहेमा बेहदका वैरागी बन्छौ। कसैलाई देख्दादेख्दै पनि देख्दैनौ। देखा नै पर्दैनन्।

स्लोगन:–
पावरफुल स्थितिको अनुभव गर्नको लागि एकान्त र रमणीकताको सन्तुलन राख।

अव्यक्त इसारा:– ज्वाला स्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर

जसरी किल्ला बाँधिन्छ, जसबाट किल्लाभित्र प्रजाहरू सुरक्षित रहन सक्छन्। एक राजाको लागि सानो कोठा बनाउँदैनन्, किल्ला बनाउँछन्। तिमीहरू सबैले पनि स्वयंको लागि, साथीहरूको लागि, अन्य आत्माहरूको लागि ज्वाला रूप यादको किल्ला बाँध। यादको शक्तिको ज्वाला भयो भने हरेक आत्माले सुरक्षाको अनुभव गर्नेछ।