13.08.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अकालमूर्त बाबाको बोल ी च ाली गर्ने तख्त य िनी (ब्रह्मा) ह ुन् , उहाँ बाबा ब्रह्मामा आ इसकेपछि मात्र तिमी ब्राह्मणहरूलाई रच्नुहुन्छ।”

प्रश्न:–
बुद्धिमान बच्चाहरूले कुन रहस्यलाई बुझेर राम्रोसँग सम्झाउन सक्छन्?

उत्तर:–
ब्रह्मा को हुन् र यिनी ब्रह्माबाट नै विष्णु कसरी बन्छन्। प्रजापिता ब्रह्मा यहाँ छन्, यिनी कुनै देवता होइनन्। ब्रह्माले नै ब्राह्मणहरूद्वारा ज्ञान यज्ञ रचेका हुन्... यी सबै रहस्य बुद्धिमान बच्चाहरूले नै बुझेर सम्झाउन सक्छन्। घोडसवार र प्यादा त यसमा अलमलिन्छन्।

गीत:–
ओम् नम: शिवाय...

ओम् शान्ति ।
भक्तिमा महिमा गर्छन् एकको। महिमा त गाउँछन् नि। तर न उहाँलाई चिन्छन्, न उहाँको यथार्थ परिचय जान्दछन्। यदि यथार्थ महिमा जानेको भए अवश्य वर्णन गर्थे। तिमी बच्चाहरूलाई थाहा छ– सर्वोच्च हुनुहुन्छ भगवान। मुख्य चित्र उहाँकै हो। ब्रह्माका सन्तान पनि हुन्छन् नि। तिमीहरू सबै ब्राह्मण भयौ। ब्रह्मालाई पनि ब्राह्मणले नै चिन्छन्, अरू कसैले चिन्दैनन्, त्यसैले अलमलिन्छन्। यी ब्रह्मा कसरी हुन सक्छन्। ब्रह्मालाई सूक्ष्मवतनवासी देखाइएको छ। तर प्रजापिता सूक्ष्मवतनमा हुन सक्दैनन्। त्यहाँ रचना हुँदैन। यस विषयमा तिमीसँग धेरै वादविवाद पनि गर्छन्। सम्झाउनुपर्छ– ब्रह्मा र ब्राह्मणहरू छन् भने, दिव्य स्थापनाको कार्य चलिरहेको कुरा पनि यथार्थ नै हो। जसरी क्राइस्टबाट क्रिश्चियन शब्द निस्किएको छ। बुद्धबाट बौद्धी, इब्राहमबाट इस्लामी। त्यसैगरी प्रजापिता ब्रह्माबाट ब्राह्मण प्रख्यात छन्। आदि देव ब्रह्मा। वास्तवमा ब्रह्मालाई देवता भन्न सकिँदैन। यो पनि गलत हो। जसले आफूलाई ब्राह्मण भनाउँछन् उनीहरूलाई सोध्नुपर्छ– ब्रह्मा कहाँबाट आए? यो कसको रचना हो? ब्रह्मालाई कसले रचना गर्नुभयो? कहिल्यै कसैले बताउन सक्दैन, जान्दै जान्दैनन्। यो पनि तिमी बच्चाहरूलाई थाहा छ– शिवबाबाको जुन रथ छ, जसमा उहाँ प्रवेश गर्नुहुन्छ, यिनी त्यही आत्मा हुन् जुन श्रीकृष्ण राजकुमार बनेका थिए। ८४ जन्मपछि आएर यिनी (ब्रह्मा) बनेका हुन्। जन्मपत्रिकाको नाम त यिनको आफ्नो अलग हुन्छ नि किनकि हुन् त मनुष्य नै। फेरि यिनमा प्रवेश गरेपछि यिनको नाम ब्रह्मा राखिदिनुहुन्छ। यो पनि बच्चाहरूलाई थाहा छ– उनै ब्रह्मा, विष्णुको रूप हो। नारायण बन्छन् नि। ८४ जन्मको अन्त्यमा पनि साधारण रथ छ नि। यी (शरीरहरू) सबै आत्माहरूका रथ हुन्। अकालमूर्तको बोलीचाली गर्ने तख्त हो। सिखहरूले फेरि त्यो तख्त बनाएका छन्। त्यसलाई अकालतख्त भन्छन्। यी त सबै अकाल तख्त हुन्। आत्माहरू सबै अकालमूर्त हुन्। सर्वोच्च भगवानलाई यो रथ त चाहिन्छ नि। रथमा प्रवेश भएर बसेर नलेज दिनुहुन्छ। उहाँलाई नै नलेजफुल भनिन्छ। रचयिता र रचनाको आदि-मध्य-अन्त्यको नलेज दिनुहुन्छ। नलेजफुलको अर्थ कुनै अन्तर्यामी वा जानी जाननहार होइन। सर्वव्यापीको अर्थ अर्कै छ, जानी जाननहारको अर्थ अर्कै छ। मानिसहरूले त सबैलाई मिसाएर जे मुखमा आउँछ त्यही भन्दै जान्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी सबै ब्राह्मणहरू ब्रह्माका सन्तान हौँ। हाम्रो कुल सबैभन्दा उच्च छ। उनीहरूले देवताहरूलाई उच्च भन्छन् किनकि सत्ययुग आदिमा देवताहरू थिए। प्रजापिता ब्रह्माका सन्तान ब्राह्मण हुन्छन्– यो कुरा तिमी बच्चाहरू बाहेक अरू कसैले जान्दैनन्। उनीहरूलाई थाहा पनि कसरी हुन्छ। जब कि ब्रह्मालाई सूक्ष्मवतनमा छन् भनेर सम्झन्छन्। ती जिस्मानी ब्राह्मण अलग हुन् जसले पूजा गर्छन्, श्राद्ध (धामा) खान्छन्। तिमीले त श्राद्ध आदि खाँदैनौ। ब्रह्माको रहस्य अहिले राम्रोसँग सम्झाउनुपर्छ। भन– अरू कुरा छोडेर बाबा जसबाट पतितबाट पावन बन्नुछ, पहिला उहाँलाई त याद गर। फेरि यी कुराहरू पनि बुझ्नेछन्। सानो कुरामा संशय भएमा बाबालाई नै छोडिदिन्छन्। पहिलो मुख्य कुरा हो अल्फ र बे। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। म अवश्य कसैमा त आउँछु नि। उनको नाम पनि हुनुपर्छ। उनलाई आएर रच्दछु। ब्रह्माको बिषयमा तिमीले सम्झाउनको लागि धेरै बुद्धि चाहिन्छ। प्यादा, घोडसवार अलमलिन्छन्। अवस्था अनुसार सम्झाउँछन् नि। प्रजापिता ब्रह्मा त यहाँ छन्। ब्राह्मणहरूद्वारा ज्ञान यज्ञ रच्नुहुन्छ भने अवश्य ब्राह्मण नै चाहिन्छ नि। प्रजापिता ब्रह्मा पनि यहाँ हुनुपर्छ, जसबाट ब्राह्मण उत्पन्न हुन्छन्। ब्राह्मणहरूले भन्छन् पनि– हामी ब्रह्माका सन्तान हौँ। सम्झन्छन्– परम्परादेखि हाम्रो कुल चल्दै आएको छ। तर ब्रह्मा कहिले थिए त्यो थाहा छैन। अहिले तिमी ब्राह्मण हौ। ब्राह्मण त्यो हो जो ब्रह्माको सन्तान हो। उनीहरूले त बाबाको कर्तव्यलाई जान्दै जान्दैनन्। भारतखण्डमा पहिला ब्राह्मण नै हुन्छन्। ब्राह्मणहरूको हो सर्वोच्च कुल। ती ब्राह्मणहरूले पनि सम्झन्छन्– हाम्रो कुल अवश्य ब्रह्माबाटै निस्किएको होला। तर कसरी, कहिले... त्यो वर्णन गर्न सक्दैनन्। तिमीले बुझेका छौ– प्रजापिता ब्रह्माले नै ब्राह्मणहरूलाई रच्नुहुन्छ। जुन ब्राह्मणहरू नै फेरि देवता बन्नुछ। ब्राह्मणहरूलाई आएर बाबाले पढाउनुहुन्छ। ब्राह्मणहरूको पनि राजवंश (डिनायस्टी) हुँदैन। ब्राह्मणहरूको कुल हुन्छ,राजा-रानी बनेपछि मात्र राजवंश भनिन्छ। जस्तै सूर्यवंशी राजवंश। तिमी ब्राह्मणहरू राजा त बन्दैनौ। जसले भन्छन् कौरव र पाण्डवको राज्य थियो, दुवै गलत हुन्। राज्य त दुवैको हुँदैन। प्रजाको प्रजामाथि राज्य हुन्छ, त्यसलाई राजधानी भनिँदैन। ताज हुँदैन। बाबाले सम्झाउनुभएको थियो– पहिला डबल सिरताज भारतवर्षमा नै थिए, फेरि सिङ्गल ताज भए। यस समयमा त कुनै ताज छैन। यो पनि राम्रोसँग सिद्ध गरेर बताउनुछ, जो बिल्कुल राम्रो धारणावाला हुन्छ उसले राम्रोसँग सम्झाउन सक्छ। ब्रह्माको विषयमा नै ज्यादा कुरा सम्झाउनुपर्ने हुन्छ। विष्णुलाई पनि चिन्दैनन्। यो पनि सम्झाउनुपर्छ। वैकुण्ठलाई विष्णुपुरी भनिन्छ अर्थात् त्यहाँ लक्ष्मी-नारायणको राज्य थियो। श्रीकृष्ण राजकुमार भए भने भन्छन् नि– हाम्रो बाबा राजा हुनुहुन्छ। यस्तो होइन कि श्रीकृष्णका पिता राजा हुन सक्दैनन्। श्रीकृष्ण राजकुमारलाई भनिन्छ भने अवश्य राजाको घरमा जन्म भएको हुनुपर्छ। धनवानको घरमा जन्म लिए भने राजकुमार कहाँ भनिन्छ र। राजाको पद र धनवानको पदमा रातदिनको फरक हुन्छ। श्रीकृष्णका पिता राजाको नाम नै छैन। श्रीकृष्णको नाम कति प्रसिद्ध छ। उहाँका पिताको पद त्यति उच्च भनिँदैन। त्यो सेकेन्ड क्लासको पद हो जो केवल श्रीकृष्णलाई जन्म दिन निमित्त बन्छन्। यस्तो होइन, श्रीकृष्णको आत्माले भन्दा उनले धेरै पढेका छन्। होइन। श्रीकृष्ण नै फेरि नारायण बन्छन्। बाँकी पिताको नाम नै गुम हुन्छ। हुन् अवश्य ब्राह्मण। तर पढाइमा श्रीकृष्णभन्दा कम हुन्छन्। श्रीकृष्णको आत्माको पढाइ आफ्नो पिताको भन्दा श्रेष्ठ थियो, त्यसैले त यति नाम हुन्छ। श्रीकृष्णका पिता को थिए– यो कसैलाई थाहा छैन। पछि गएर थाहा हुनेछ। बन्नु त यहाँबाटै छ। राधेका पनि आमा-बुबा त हुन्छन् नि। तर उनीहरूभन्दा राधेको नाम ज्यादा छ किनकि आमाबुबा कम पढेका हुन्छन्। राधेको नाम उनीहरूको भन्दा उच्च हुन्छ। यी हुन् विस्तारका कुरा– बच्चाहरूलाई सम्झाउनको लागि। सारा कुरा पढाइमाथि आधारित छ। ब्रह्माको विषयमा पनि सम्झाउनको लागि बुद्धि चाहिन्छ। जो श्रीकृष्ण हुन् उनैको आत्माले ८४ जन्म भोग्छ। तिमीले पनि ८४ जन्म लिन्छौ। सबै सँगै त आउँदैनन्। जो पढाइमा सबैभन्दा पहिला हुन्छन्, त्यहाँ पनि उनीहरू नै पहिला आउँछन्। नम्बरवार त आउँछन् नि। यी धेरै सूक्ष्म कुराहरू हुन्। कम बुद्धि भएकाले त धारणा गर्न सक्दैनन्। नम्बरवार जान्छन्। तिमी नम्बरवार ट्रान्सफर हुन्छौ। कति ठुलो लाइन छ, जसले गर्दा पछाडिसम्म लाइन जान्छ। नम्बरवार आआफ्नो स्थानमा गएर निवास गर्नेछन्। सबैको स्थान बनेको छ। यो ठुलो आश्चर्यजनक खेल हो। तर कसैले बुझ्दैनन्। यसलाई काँडाको जङ्गल भनिन्छ। यहाँ सबैले एकअर्कालाई दुःख दिइरहन्छन्। त्यहाँ त स्वभाविक सुख हुन्छ। यहाँ बनावटी सुख छ। वास्तविक सुख एक बाबाले नै दिनुहुन्छ। यहाँ काग विष्टासमान सुख छ। दिनप्रतिदिन तमोप्रधान बन्दै जान्छन्। कति दुःख छ। भन्छन्– बाबा मायाका तुफान धेरै आउँछन्। मायाले अल्झाउँछ, दुःखको फिलिङ धेरै आउँछ। सुखदाता बाबाका बच्चा बनेर पनि दुःखको फिलिङ आउँछ भने बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो तिम्रो ठुलो कर्मभोग हो। बाबा मिल्नुभयो भने दुःखको फिलिङ आउनुहुँदैन। जुन पुरानो कर्मभोग छ त्यसलाई योगबलले चुक्ता गर। यदि योगबल छैन भने सजाय खाएर चुक्ता गर्नुपर्छ। सजाय अनि पद राम्रो होइन। (सजाय खाएर पद पाउनु राम्रो होइन) पुरुषार्थ गर्नुपर्छ नत्र फेरि ट्रिब्युनल (धर्मसभा) बस्छ। प्रजा त धेरै छन्। यहाँ त ड्रामा अनुसार सबैले गर्भजेलमा धेरै सजाय भोग्छन्। आत्माहरू भट्किन्छन् पनि धेरै। कुनै कुनै आत्माले धेरै नोक्सान पार्छन्– कसैमा अशुद्ध आत्माको प्रवेश भएपछि कति हैरान हुन्छन्। नयाँ दुनियाँमा यी कुराहरू हुँदैनन्। अहिले तिमीले पुरुषार्थ गर्छौ– हामी नयाँ दुनियाँमा जाऔँ भनेर। त्यहाँ गएर नयाँ नयाँ महल बनाउनुपर्छ। राजाहरूको घरमा जन्म लिन्छौ, जसरी श्रीकृष्णले जन्म लिन्छन्। तर यति महल आदि सबै पहिलादेखि कहाँ हुन्छन् र। ती त फेरि बनाउनुपर्यो। कसले रच्छन्, जसको घरमा जन्म लिन्छन्। गायन पनि छ– राजाहरूको घरमा जन्म हुन्छ। के हुन्छ त्यो त पछि गएर हेर्नुछ। अहिले नै बाबाले कहाँ बताउनुहुन्छ र। त्यो फेरि बनाबटी नाटक हुन्छ, त्यसैले केही पनि बताउनुहुन्न। ड्रामामा बताउने कुरा निश्चित छैन। बाबा भन्नुहुन्छ– म पनि पार्टधारी हुँ। पछिका कुरा पहिलादेखि नै जानेको भए त धेरै कुरा बताउँथेँ। बाबा अन्तर्यामी हुनुभएको भए पहिलादेखि बताउनुहुन्थ्यो। बाबा भन्नुहुन्छ– होइन, ड्रामामा जे हुन्छ, त्यसलाई साक्षी भएर हेर्दै जाऊ र साथसाथै यादको यात्रामा मस्त होऊ। यसैमा फेल हुन्छन्। ज्ञान कहिल्यै घटी बढी हुँदैन। यादको यात्रा नै कहिले घटी, कहिले बढी हुन्छ। ज्ञान त जे मिलेको छ त्यो छँदैछ। यादको यात्रामा कहिले उमङ्ग हुन्छ, कहिले आलस्य। यात्रा तल-माथि हुन्छ। ज्ञानमा तिमी सिँढी चढ्दैनौ। ज्ञानलाई यात्रा भनिँदैन। यात्रा हो यादको। बाबा भन्नुहुन्छ– यादमा रहँदा तिमी सेफ्टीमा हुनेछौ। देह अभिमानमा आउनाले तिमीले धेरै धोका खान्छौ। विकर्म गरिदिन्छौ। काम महा शत्रु हो, त्यसमा फेल भइदिन्छौ। क्रोध आदिको बाबाले त्यति कुरा गर्नुहुन्न।

ज्ञानबाट या त छ सेकेन्डमा जीवनमुक्ति या त फेरि भनिन्छ सागरलाई मसी बनाऊँ तैपनि पूरा हुँदैन। या त केवल भनिन्छ अल्फलाई याद गर। याद गर्नु केलाई भनिन्छ, यो कहाँ जान्दछन् र। भन्छन्– कलियुगबाट हामीलाई सत्ययुगमा लैजानुहोस्। पुरानो दुनियाँमा दुःख छ। देख्छौ वर्षामा कति भवनहरू ढल्छन्, कति डुब्छन्। वर्षा आदि यी प्राकृतिक प्रकोपहरू पनि हुनेछन्। यो सबै अचानक भइरहन्छ। कुम्भकर्णको निद्रामा सुतेका छन्। विनाशको समयमा जाग्नेछन् फेरि के गर्न सक्नेछन्! मर्नेछन्। धरती पनि जोडले हल्लिन्छ। तुफान, वर्षा आदि सबै हुन्छ। बमहरू पनि फ्याँक्छन्। तर यहाँ थपिनेछ गृहयुद्ध... रगतका नदीहरू बग्ने कुरा भनिएको छ। यहाँ मारामार हुन्छ। एकअर्कामाथि मुद्दा हालिरहन्छन्। त्यसैले लड्छन् पनि अवश्य। सबै अनाथ छन्, तिमी धनीका हौ। तिमीले कुनै लडाइँ आदि गर्नुछैन। ब्राह्मण बनेका हुनाले तिमी धनीका बन्यौ। धनी बाबालाई वा पतिलाई भनिन्छ। शिवबाबा त पतिहरूका पति हुनुहुन्छ। मगनी भयो भने फेरि भन्छन्– हामी यस्तो पतिसँग कहिले मिल्नेछौँ। आत्माहरूले भन्छन्– शिवबाबा, हाम्रो त हजुरसँग मगनी भयो। अब हजुरसँग हामी कसरी मिल्ने? कसैले त साँचो लेख्छन्, कसैले त धेरै लुकाउँछन्। सच्चाइले लेख्दैनन्- बाबा हामीबाट यो भुल भयो। क्षमा गर्नुहोस्। यदि कोही विकारमा गिर्यो भने बुद्धिमा धारणा हुन सक्दैन। बाबा भन्नुहुन्छ– तिमीले यस्तो कडा भुल गरेमा चकनाचुर हुनेछौ। म तिमीलाई गोरो बनाउन आएको छु, फेरि तिमीले कसरी कालो मुख पार्छौ। हुन त स्वर्गमा आउँछन्, पाई पैसाको पद पाउँछन्। राजधानी स्थापना भइरहेको छ नि। कोही त हार खाएर जन्मजन्मान्तर पद भ्रष्ट हुन्छन्। भन्छन्– बाबाबाट तिमी यो पद पाउन आएका हौ, बाबा यति उच्च बन्नुहुन्छ, हामी बच्चाहरू फेरि प्रजा कहाँ बन्छौँ र। बाबा गद्दीमा हुनुहुन्छ र बच्चा दासदासी बन्यो भने कति लाजको कुरा हो। पछाडि तिमीलाई सबै साक्षात्कार हुनेछ। फेरि धेरै पछुताउनेछौ। अनाहकमा यस्तो गरेँ। संन्यासी पनि ब्रह्मचर्यमा रहन्छन्, त्यसपछि विकारी सबैले उनीहरूलाई ढोग्छन्। पवित्रताको मान हुन्छ। कसैको तकदिरमा छैन भने बाबा आएर पढाउनुहुन्छ तैपनि लापरबाही गरिरहन्छन्। याद नै गर्दैनन्। धेरै विकर्म बन्छन्।

तिमी बच्चाहरूको अहिले बृहस्पतिको दशा छ। योभन्दा उच्च दशा अरू कुनै हुँदैन। दशाहरूले तिमी बच्चाहरूमाथि चक्कर लगाइरहन्छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यो ड्रामाको हरेक दृश्यलाई साक्षी भएर हेर्नुछ, एक बाबाको यादमा मस्त रहनुछ। यादको यात्रामा उमङ्ग कहिल्यै कम हुन दिनुछैन।

२) पढाइमा कहिल्यै लापरबाही गर्नुछैन, आफ्नो तकदिर उच्च बनाउनको लागि पवित्र अवश्य बन्नुछ। हार खाएर जन्मजन्मान्तरको लागि पद भ्रष्ट पार्नुछैन।

वरदान:–
सच्चा सेवाद्वारा अविनाशी , अलौकिक खुसीको सागरमा लहराउने खुसनसिब आत्मा भव

जुन बच्चाहरूले सेवाहरूमा बापदादा र निमित्त ठुलाबडाहरूको स्नेहको आशीर्वाद प्राप्त गर्छन् उनीहरूलाई भित्रबाट अलौकिक, आत्मिक खुसीको अनुभव हुन्छ। उनीहरू सेवाहरूद्वारा आन्तरिक खुसी, रुहानी मौज, बेहदको प्राप्तिको अनुभव गर्दै सदैव खुसीको सागरमा लहराइरहन्छन्। सच्चा सेवाले सबैको स्नेह, सबैद्वारा अविनाशी सम्मान र खुसीको आशीर्वाद प्राप्त हुने खुसनसिबीको श्रेष्ठ भाग्यको अनुभव गराउँछ। जो सदैव खुसी छन् उही खुसनसिब हुन्।

स्लोगन:–
सदैव हर्षित र आकर्षणमूर्त बन्नको लागि सन्तुष्टमणि बन।

अव्यक्त इसारा:– सहजयोगी बन्नुछ भने परमात्म प्रेमको अनुभवी बन

सहजयोगी बन्नुछ भने परमात्मा प्यारको अनुभवी बन। कर्ममा, वाणीमा, सम्पर्क र सम्बन्धमा प्रेम अनि स्मृति र स्थितिमा लवलीन रहनुछ, जो जति प्यारो हुन्छ, ऊ त्यति नै लवलीन रहन सक्छ। यस लवलीन स्थितिलाई मनुष्य आत्माहरूले लीन अवस्था भनिदिएका छन्। बाबामा प्रेम समाप्त गरेर केवल लीन शब्दलाई समातेका छन्। तिमी बच्चाहरू बाबाको प्रेममा लवलीन रह्यौ भने अरूलाई पनि सहजै आफूसमान र बाबासमान बनाउन सक्नेछौ।